Laxmi Prasad Devkota, born in 1909, played a pivotal role in shaping Nepal's literary landscape. In his early years, financial constraints limited his pursuit of higher education. Despite this, he ventured into the world of literature and law.
Devkota's literary journey began with epic poems, marking the inception of modern Nepali language movement. Inspired by Newar ballads, he wrote the renowned narrative poem "Muna Madan," a masterpiece that showcased the struggles of a traveling salesman.
His magnum opus, "Shakuntala," displayed his profound knowledge of Sanskrit music. It became the first narrative literature in Nepali and highlighted Devkota's remarkable literary prowess. His poems, influenced by English poets like Coleridge and Wordsworth, delved into the human experience and the natural world.
Not limited to poetry, Devkota pioneered modern Nepali essays. His articles, characterized by sharp humor and insightful analysis, challenged traditional norms and explored the impact of Western influence on Nepali society.
Devkota's involvement in politics became apparent during his resistance against the autocratic Rana dynasty. Exiled in Varanasi, he played a crucial role in Nepali Congress's newspaper, "Yugvani." After democracy was established in 1951, he served in various governmental roles.
Despite his literary and political contributions, Devkota faced personal struggles. His mental health deteriorated in 1930, and economic hardships prevented him from managing his daughters' marriages and properties.
Laxmi Prasad Devkota, a dedicated smoker, succumbed to cancer on September 14, 1959, leaving behind a rich legacy that transcends literature, politics, and personal trials. His life exemplifies the intricate connection between an individual's journey and the broader cultural and political landscapes of Nepal.
Chukulको यो फार्ने, को यो पार्ने मानिस, मानिसमा अन्तर ? यो हो चाँदी, या हो कागत, –बाट बनेको धूर्त चुकुल, जिउँदो निरन्तर ! यही हो नेता, यही हो विजेता, बाहु प्रबल ! मसिनो मुखको, मोटो जीउको घुस्न सफल ! हे बुभुक्षित ! वञ्चित ! कुण्ठित ! चिरियो तिम्रो दल ! लडाइँमा छौ नित्य विफल ! बुद्धि छ बोक्सी, चतुरी, फटाही, सोही चुकुलको चूल ! सम्मोहनमा पर्छौ राही स्वर्ग पुग्ने भन्छौ, उडाई जादू–कार्पेट, थोत्रो सुकुल ! सच्चा दिन के शक्ति होइन ? के जनताले राज हुँदैन ? माटोले के घर बन्दैन ? आगो पसीकन, हेरन मोल ! अविश्वास हो भयङ्कर भूल ! किन हालेका होउ छातीमा, सुनको चुकुल ! आर्तदत हो ! किन चिरिएका ? मुटुले खाई, झूठो कबूल ? जनतन्त्रलाई पूँजी राज्दछ ! पूँजी विभाज्दछ ! नेता भैकन पूँजी गाँज्दछ ! हाय ! सहेको किन यो भूल ? मिल ए गरीब ! मिल ए दीन ! मिल ए दुःखी ! मिल ए हीन ! फ्याँक, उखेल चुकुल ! यो पहाड हो, खाल्डाबीचको ! यो चुकुल हो डँडाल्नाबीचको ! तिम्रो भयङ्कर शूल ! बेहोश ! हटाऊ भूल ! |
Raja Kewal Ek Kalam Deuराजा, केवल एक कलम देऊ ! सावनमा ! कयाङकुरुङको प्वाँखको डन्डी, हिमाली बादल छोएको, मानसरोवर सलिल उछाली, धोएको ! निर्जन–बासा, एकलासी, प्रेमको बिन्दु रोएको, जीवनमा ! राजा, केवल एक कलम देऊ ! सावनमा ! घामछायाको विशाल वनमा, इन्द्रेणीको लच्कनमा, किरण–कणीको सुन्दर, सुन्दर, मिश्रणमा ! सुन्दरताको मिश्रणले बरबर, बरबर, क्वै भावुकको रोदनमा, मुजूरहरुको नर्तनमा, कमलको भाउ कीचडका, रमरममा तित्रा बादल तित्रा बादल तीन–तारे तितिरबितिरमा बोलिरहेको पक्रन्छु थोपल पङ्खी गगनमा, बेच्छु जुगान्जुग जनजनमा बोलुन् बराबर क्षणमा ! विजय धनुष तब लच्केला कालउपर ! कुवेर दीन हुन्, इन्द्र डाहामा, हाँस तिमी भर्दै उर, हे भर्दै उर ! अमरत्वको ली झम्के परेली कविता बोल्ली मलाई, “श्रृगार किन्दिनोस् बाबा सविता ! ” धाई बनाउँछु त्यल्लाई तालिम नरमले काँढा मरुन् सब पृथिवीका शीतल मलमले ! तीन–तारे तित्रा मर्दैनन् बोल्छन् जगजुग मर्दछ काल शरमले ! साँची राख्दछु आजको ढुकढुक, आजको बरबर, राजा ! कवि भै साउनचरी केवल एक कलमले ! |
Yatriकुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो? मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो? हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार ! मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार ! नसा-नदीका तरल तर, मन्दिर आफू अपार ! कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ? मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज ! चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज ! शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ। भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर? ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुर? खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर ? साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ । सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दु:खको गानामा दर्शन किन्तु कहिँ दिँदैन, चर्म-चछुले कानामा । कुन मन्दिरमा जान्छौ यात्री, कुन नव-देश बिरानामा? फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ ! मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ |
Sawanआज सावन पावन दिवस, धूमिल, शीतल प्रातः कलिला, नीला, सलिल–ललित अचल, सगर–स्नात चुलीकी मोहनी, शोभा सचेत, तानेर जलको जाली एकान्त स्वर्गमा मुस्किरहिछन्, नरम–शरम–निठुर मोहिनी, बढाउँदी तृष्णालाई, टाली तिमिरबाट किरणी–कदम अनिल लहर भरी भावुक हृदय घण्टध्वनिमा पछयाउँछ विनय गरी, निदाउँछ घुसेर अन्तस्तलमा मधुर घुन्घुन भरी, निद्रित आत्मा जागृत गरी, सिर्जको कुत्कुती छरी ! आज काँचको सङ्गीतमण्डल, लच्केको सगन झारी आज धरणी–स्वर्गको बिहा बिजुली झिल्कालाई झारी आज फूल र रेशमको दिवस विहगमालाको लुर्कन गा रे सावन–बादल पन्छी, परम, पागल मात ! आज सावन० । सबेरै जागी झोपडीद्धारमा जिज्ञासु किसानी बाला । हेर्दछे राष्ट्रलाई चामेर डोलेको मकैले श्रमको फल धोबिनी फुर्केर स्वर्गको धुलाई उद्धार गर्दछे गानमा बैंशको हाँगामा बयसी सुन्छे स्वपना लिएर कानमा चञ्चल धानका जमरा लहरे प्रथम मंसीरद्धारा परको खेतको जलाम्मे पाटामा, रोपिने शौकले सारा आज पृथिवी कलिली, पङ्किली, स्वपना, सङ्गीत झरझर । आज कविको उरमा सुन्दर कल्पवनको चाड आज करुण सागर गर्दछ ज्यलित धराको याद आज उपल कलकल मुखर, शिखरहरुको ताल ! आज इन्द्रधनुष दिवस स्वपन–वपन बेला आज नील सून्य उपर बादलहरुको मेला बाज् रे तार सदृश चिडिया स्वर्गका रङ्ग ती सात आज सावन पावन दिवस, धूमिल, शीतल प्रात |
Dui Prabritiछिः छिः जन्तु ! घीनलाग्दो तँ ! मैलो, रोगाहा, मगन्ता ! चिथ्रो कन्था ! भुस्याहा ! शण्ठ ! सिँगान कटकट, छाला चटचट धूलो लटपट ! नाली रट् ! किंकड ! शठ ! जा ! हावा गह्नायो मेरो वरिपरि ! दूर जा ! हट् ! नभए खान, ढुङ्गा चपा न ! या नालीमा गईकन हाम्फाल् ! झट् ! संसार केही हलुको होला, पैसा ? धत् ! हाइ हाइ मान्छे ! मेरो भाइ ! मेरो रगत ए ! मेरो मासु ! आ ! छातीमा एकबार टाँसूँ ! तेरो दशामा मानव आँशु ! हाय ! म तृप्त ! बेपर्वामा ? भाइ ! तँ भोको, पिपासु ? मेरो छानो ? तेरो आकाश ? मेरो प्राण ? र तेरो विश्वास ? मेरो आँखा, तिनमा चश्मा, तेरो प्रकृत दृग पनि भस्म ? तैँ न आफ्नो ? अरुको वशमा ? ओह रे संसार ? आह ! गति यो ? धन्य थिति यो ? मानिसप्रति के मानिस आफैँ मानिस छैन ? मानिस हुँदैन ? रात सधैँभर ? उज्यालो छैन ? मानव जाग्ला, दानव हुँदैन ! सडक किनारा मानव कोही रोइरहेछ, रोइरहेछ ! बहिरो दुनियाँ अन्धो गतिमा— सोइरहेछ, सोइरहेछ ! विभूति–ले तर पूर्व गगन यो ! छोइरहेछ, छोइरहेछ |
Saghan Tamisra Pratiए आलोक–विलोपिनी ! घन–कजली निशि ! लाश दिवसकी निस्पद ! रुप, रागका वैभव बहुविध अस्ताचलमा सल्काई, ध्वान्तजटा बाक्ला बिखरी, विश्वभस्मालेपा ? बाँध्यौ अचल समाधि, निस्तब्ध, विलीन हिमाली डाँडामा ? महामृत्युकी छाया सरि ए ! विशाल शून्य झैं साकार ! त्रासोत्पादक छायाहरुको तहबह मिसीकन बाक्लो तमको पारावार सदृश तिमी, आनाकधरा, हाम्रा चेतन–चट्टानहरुमा ठक्कर दिन्छयौ, प्रतिक्षण, प्रतिक्षण, झस्काई बराबर, भूबालब बिचरा ! ए महानिद्रा झरेकी, निश्चल पदमा, जग ढाकी ! यमलोकी ए शून्यालोक ! तिम्रो भीषणताका समक्ष आँखा चिम्ली जीवहरु मूर्छा पार्छन् चैतन्य ! यत्तिकै हो रङ्गीचङ्गी विविधतायुत जग इतिहास ? अनुसन्धान आशा, अभिलाषा ? मूक रहस्यकी मुटु ! ए अदुष्य ! बोल ! तमिस्रा ! निश्वास ! महाशून्य मात्रका अश्रुत छालले ठोस किनारा खान्छन् सारा ? बैरी, उक्ली, तमका धारा ? जीवनको यो भाँडोभरि के ? शून्य भरिन्छ ? आह ! सारा ? ओ मट्टी ! ओ मट्टी ! रायो–दाना थिचिएँ ! थिचिएँ ! किचिएँ ! लौन ! तालुपट्ट छु ! निस्पट्टी ! आलोककणी झैं स्वकीय पिलपिल–अस्तित्व उपर अशङ्क, निसास्सीँदो छु, तिमिरक्षारमा, त्यो क्षुद्र उडु झैं घन–धाँजामा, सानो, मानो आशाहीन ! ए मेरा हराएका धनकी चोर्नी ! गतवस्तुकी ए काली कारा ! चिरिई फुट् तँ निजी, निठुर उर फारी ! हेर् तँ ! तमिस्रा निश्चेता ! भित्र छ तारा, तारा !!! |
Huri Pachhi Grihagamanमीठो, मीठो, प्यारो गन्ध प्याज लसुनको आयो ! सूघँ बडो सरसरायो ! चट्याङ्गहरुमा जन्म लिएको, प्राणवायुको बाक्लो दाना त्रिकणी ओजोन्, माछा, माछा गह्नायो ! स्वर्गमा आज डीनर छ ! क्रान्तिपछि ! कि ? क्या हो ? देवासुरको युद्ध पछाडि विजयको भोज छ देउताको ! शुद्धीकृत यस वसुन्धराको स्वपना आउँछ कताकताको ! झुप्राहरु या अग्लेका, नौनी डल्ला पग्लेका ! ठूलो कराही, माछा झुरझुर ! रोटी कुरकुर ! चम्चा काँटाहरुको सङ्गीत ! एउटा मीठो नाच्ने गीत ! “हाम्रो लङ्का–जीत !” दुलही जस्ती पो छ त घुम्टो जाली डाल्ली, सजल सुस्मिता, चन्द्रवदनी कृषिवाला यो ल्यासे जस्ती रात ! रात्रि किसान्नी, तारा पारी, नीलो सारी, मुस्किन खोज्छे बादल उघारी ! माइती सम्झी तैपनि भारी, सुकुमारी ! अतिथि बनीकन आऊँ कि ? नानी ! तिम्रो बन्दो व्यञ्जन चाख्न, घरमा भारी ! हवाइ तलाउको माछा ! माछा ! मसलादार ! पखालिएको स्वस्थ गगनमनि चल्नु छ मानो यस याम ! कुपित क्रान्तिको कोप पछाडि छामछुम गर्नु क्यै रचनात्मक सुधारहरु क्यै प्रारम्भिक, स्वप्नगगनमा, ठाम, ठाम ! तर सुन ! तर सुन ! आर्कै गीत छ पृथिवीमा ए ? टुकुचा छयाङ्ग छयाङ्ग ! मैलो टुकुचा ! निम्न स्रोत छ ! गरीबहरुको गीतसरि छ जहाँ धनीको स्वाङ्ग ! साढे सात बज्यो ए टयाङ्ग ! टयाङ्ग ! “दुःखमा अरुका मुखमा पर्छौ” भनेर सुन हे ! गाउन लागे प्याज, लसुनका डयाँग ! दायाँपट्टि , फेरि कन्बक्रीट ? कसको घर यो ! बुलडग ह्वाङ् ह्वाङ् ? बायाँपट्टि, कसको छानो यस्तो छयाङ् छयाङ् ? कुन भूसे यो ? क्वाङ्, क्वाङ्, क्वाङ् ! “पुग्यो यतिले ?”— बिजुली गिल्ली ! सपना हुन गै जूनकी डल्लो ! कृषिवालाको स्वपना रल्ली ! असन्तोष डकार्छन् डाँडा, खाडी ! सडक उकालो बनेको पाउँछु ! चिसो हवाले आशा घन्क्यो ! चल्दछ निहुरी, जिल्ली, जिल्ली हावा बेखुश, के चम्क्यो ! मीठा परीले माछा भुट्छन् वैकुण्ठभरि ! एक चिथरीले हात पसार्छे एक पैसाको भटमास भनीकन, भूपुत्री, बिचरी ! थुरथुर, नाङ्गीवरी ! के आश्चर्य ? मेघ गर्जन्छ ! असुरहरुका जीत रहेछ ! बास्ना आयो उनकै माछा ख’री ! देउता भोकै मरी ! प्रथम सङ्घर्ष हार रहेछ देउताको ! बेस हो, चम्के हुरी ! |
Bhoot Sawarथिए सिकन्दरका जुँघा क्या बाघका ! करमा कस्तो करवाल ! मुठी कस्ता ! लाख, लाखका ! झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो, लहडी एक ! भाग्यो केही ? सब मोटाए चाटी, चाटी ! विश्वविजेताको छ उदेक ! “के चाहिन्छ ?” त्यो भन्छ, “हा ! हा ! हा ! हा ! घाम नछेक” शस्त्रअस्त्रको शेखीउपर हेर ! बुद्धिको कत्रो टेक ! दीवालाका दान गजब छन् ! स्वतन्त्र दिलको पुजारी हाँस्दछ, हाँस्दछ मेरा दिलमा पाजी, पूँजी, लूटहरुमा, इन्कार तथा धिक्कार नामका खुट्टा बजारी ! |
Jyoti Stambhaज्योति-स्तम्भ’ झैँ थिए उनी, उज्ज्वलता फैलाए- विचारले सुधारवादी ध्येय लिएर ‘दक्ष’ बने व्यवहारले “विचार घुस तेजिला, हृदयमा उज्यालो भर अँधेर-निशिमा परेँ, किरण छाऊ हे सुन्दर ” भन्दै, शिव-सुन्दर भावले-भित्री चेत उघारेर अथक परिश्रम कविले गरे-साहित्य-क्षेत्र सिँगारेर धनी थिए चेतनताका उनी, लागिपरेथे ‘ज्ञान-युद्धमा’ । प्रभाव पर्न गएथ्यो सबतिर-शोषित, पीडित, प्रबुद्धमा । अमर बनेथ्यो उनको चिन्तन, कहलिए- ‘लक्ष्मीप्रसाद’ भनी अपहेलित जीवनको उद्धार-गर्ने ठहरिन गए- ‘गुनी’ पहाड, उपत्यका, तराई सबैतिर, ‘कवि-नजर’ पुगेको देखिन्छ । सबै जात र वर्गहरूकन-कृतिले ब्यूँझाएको पाइन्छ । पूर्वीय संस्कार भएका मान्छे, पश्चिमतिर पनि लागे हेर्न । शिक्षा, दीक्षा, पठन-युक्त भई, लागे ‘अशोभनीयता’ फेर्न । ‘भुलभुल कविता मूल फुटे’ झैँ, उनको ‘भाव-प्रवाह’ फुटेथ्यो । प्रतिभाबाट छुटी छहरा, हृदय हृदयमा- ‘स्पर्श’ गरेथ्यो । उपत्यकाको गाथा उनले, छन्द झ्याउरेमा ब्यूँझाए । ‘मुना-मदन’ को रचेर काव्य, घर-घरलाई ‘द्रवित’ तुल्याए “ईश्वरको हाँसो पाएका फूल, छोएर नमार ” भनेर उनले अर्कै नै नयाँ देखाए संसार पूर्वीय गौरव दर्शाउँदै- उनले रचेथे- ‘शाकुन्तल’ मीठो लाग्छ भनी गाथा- थिए उठाएका यो भूतल पश्चिमी जगत्तिर हेरी कविले- ‘प्रमिथस’ काव्य रचेथे । पूर्व र पश्चिम दर्शनलाई- उनले ‘निकै’ मथेथे । ‘ल्हुनी’ र ‘म्हेन्दु’ सिर्जना गर्दै- शेर्पा र तामाङ वर्ग जगाए । गुँथेर गाथा- ‘कुञ्जिनी’को, ‘राउतहरूको’ हाल खुलाए आस्तिक-नास्तिकको गन्थन- ‘सुलोचनामा’ हेर्न सकिन्छ । बाहुन, राणा, क्षेत्रीहरूको गतिविधि जान्न र बुझ्न सकिन्छ । गोसाइँ-स्थानको निर्झर गान सुनेर उनले लेखे काव्य । उनको प्रतिभाले देखायो- ‘सुन्दर प्रकृति’ बनेको भव्य । ‘स्वदेश गौरव’ दर्शाउँदै- उनले चिनाए विविध स्थान । ‘भरेर चेत’ विशालताको, कविले गर्न खोजे उत्थान । वीरहरूको गाथालाई ‘लक्ष्मीले’ जगाएको पाइन्छ । वलिदानी, साहसीप्रति पनि कविले ‘सम्मान’ जताएको देखिन्छ । बोले धर्म- ‘कुन मन्दिरमा ‘पूजा’ गर्छौ- आऊ ‘ मैले बोलेँ- “वीरहरू वलिदान भएको ठाउँ ।” यस्ता उत्सर्गी भावमा- ‘सेवालाई’ महìव दिएर विवेक र पसिना ठूलो ठानी उनी हिँडेथे- ‘सत्य’ भजेर ‘वन कुसुम’ फुलेको देखाएर, रज-नायक त्यहाँ पुर्याएथे । दन्त्य कथाको पारी भान, कविले काव्य उब्जाएथे । विविध प्रकारका ‘रचना’ रच्दै-शिक्षणतिर पनि बढे उनी । अदक्षलाई ‘दक्ष’ बनाई-उच्च गराउन भिडे उनी । स्वतन्त्रताको महिमा सम्झी, ‘चौहान’ र ‘राणा प्रताप’ जगाए । जस्तै आपत् आइपरे पनि, हिम्मत नहार्नुको ‘होस’ खुलाए । ‘शाहजहाँको’ बुझेर इच्छा, ‘ताजमहलतिर’ दिए ध्यान सहृदयताको व्यापकतामा, यिनका कृतिहरू भर्थे ज्यान रजपूतहरूको साहस सम्झी, ‘नाटक’ रचिएथ्यो रमणी अरावलीको सुन्दरतामा, ‘भल्केथ्यो’ ‘जल दरबार’ ‘मणि’ । स्वदेश-सुधारक शिक्षासेवी, लेख्न तपस्वीतुल्य उनी, यत्रतत्र सगाइ हिँड्थे- ‘हित-चिन्तक’ भई, बनी ‘सगुनी’ । रोएको सारङ्गीमा देखे गायन गर्नेहरूको गीत । पिछडेका वर्गहरूमा उनले दर्शाएथे- आˆनो प्रीत । “के गरुँ त यसै सुतुँ ? अँध्यारैमा ? भन्थे- हजुर हिमालमा जब ‘धप्प’ बल्दो देखिइन्थ्यो गजुर ” पग्ले ‘सृजनघन’ भनेर उनले- इन्द्रेणीको रङ खुलाए यात्री बन्दै देश-विदेशको ‘पुकार-पहाडी’ पनि व्यक्ताए शिक्षा अनि साहित्य-क्षेत्रले उनको धेरै नाम चलायो । ‘नेपाल नानीतुल्य छ’ भन्दै ‘लक्ष्मी निबन्धले’ विश्व चिनायो ‘ज्ञान-ज्योति’ फैलाउन खातिर, बन्न गए ‘शिक्षा मन्त्री’ उनी त्रिभुवन विश्वविद्यालयको साथै ठडियो ‘प्रज्ञा निकाय’ पनि ‘हिमवत्खण्डी’- आदर्शसाथ पश्चिमको गुणलाई उघारी । भौतिक-आध्यात्मिकता दुवै-उग्राए उनले, खूब विचारी । सुनको बिहान उदाउने कुरा- बालक रमाउन गरेथे उनले । चरा र स्वर्गको मीठो गीत, उत्साह जगाउन कथेथे उनले । अङ्गे्रजी भाषामा भई प्रवीण, उनले त्यसमा पनि रचे कृति अङ्ग्रेजीका प्रख्यात सिर्जना अनुवाद गरेर- थपे द्युति नेपाल र नेपालीको गौरव, थियो ‘रहर’ बढाउने उनमा । रुस र अन्यत्र पुगेर पनि-देखाए चमत्कार सम्मेलनमा । ‘देश-सुधारक’ उनी हुँदा, लागे-राजनीतितर्फ पनि । ‘हैरानी’ भोग्न पर्यो यसबाट, घेरिन आए-धुर्त वैगुनी । धेरैले उनलाई ‘ढाल’ बनाए, चाहिने नचाहिने काम गराए । छलकपट र स्वार्थी घेरामा- उनको ‘यश’ जति धमिल्याए ‘अभिशाप’ हुन गयो गतिविधि सारा, यसबाट हुन गए ‘डण्डित’ पनि घायल पछीतुल्य बनेर- हुन गए बडो ‘पीडित’ उनी ईष्र्या द्वेषले थाल्यो डस्न, देखाए ‘दोष’ सहयोगीले नै । कुरा लगाई ‘जाति’ बन्ने- राखे इरादा उपयोगीले नै । तब लाग्यो उनलाई क्यान्सर रोग, कुपथ परेको ठानियो । सक्रिय हुन खोज्नेको ‘आन्द्रा’, भारततर्फ लगेर काटियो । ‘नेपालीमै’ स्वदेशभर पढाउने उनको ‘आदर्श’ थियो । विषाक्त कारण बन्न गएर-यसबाटै क्लेश उब्जन गयो । खेद मनाए साराले तब- कुटिल काम हुन गएकोमा ‘भौगोलिक त्रुटि भो’ भने कसैले- ‘गुणका वैरी’ बढेकोमा आखिर-निभ्न नै गए उनी, मर्न नचाहँदा नचाहँदै पनि । शिक्षक विद्यार्थीहरू झुमिए- ‘अन्तिम दर्शन’ गर्न भनी गरियो प्रार्थना पुगी चितामा- “देवदूत हे महान्” भनेर स्थानीय व्यक्तिहरू त्यहाँ झुके, गुम्यो उज्यालो भन्ठानेर श्रमिक थिए कवि उपकारी, हेर्न खोज्दथे ‘तम’ खारी कृतघ्नताको बनी शिकार, उल्टो ‘दोषी’ भई लाचार मुटुको धुकधुक बन्द भएको, आर्यघाटमा चिता जलेको देखे संवेदनशीलहरूले- ‘सत्व मिटी’ निर्द्वन्द्व भएको आज पचासौँ वर्षपछि- कविको मनाउन लागिँदैछ ‘शताब्दी मरेपछि गुण देखिन थाल्यो, अवगत हुँदैछ उनको ‘उपलब्धि’ ‘गुणको अन्त्य हुँदोरहेनछ’- भन्ने देखिन थाल्यो अहिले भित्र घुसेको ‘उज्ज्लताको’- सुकीर्ति फैलन थाल्यो अहिले ज्वालामुखी विस्फोट भएथ्यो कविलाई पागल ठानिँदा, छैटौँ इन्द्रीय बोलेथ्यो-रहस्य भित्री नजानिँदा । परिपञ्ची स्वार्थ विरुद्धमा जागृति- ‘अभियान’ थाल्नेलाई, ठान्दै-ईशा, गान्धीतुल्य- गरिदोरहेछ पछि हाई हाई गीतामा झैँ- सार कुरा जति ग्रहण गरौँ अब हामी सबले ‘विकार’ र ‘विकृति’ पन्छाएर- ‘शुभ-चिन्तन’ प्रबल गरौँ सबले उपसंहार- हानथापको खेलमा, पर्न गए कवि झेलमा । ‘मालिकवादी’ परिपञ्चीको फस्नगए- ठेलमठेलमा |
Basanta Purnima Pratiप्रतिविम्बिँदी कटु जगत् कलिलो अमृतजलमा चोभी कलकल ! जादू झार्दी सब जलथल ! गोलवदन ! तिमी, दिन–सुकला जो, ज्योतिचदरले मुख ढाकी, तुहिनाचलको चुली उपरमा निहुरी चियाउन आ’की ! देखी, पश्चिम आशाले दीप सुनौला निभा’की ! यथार्थताकी हे उपहासिनी ! ललितकलाकी धाई ! रससलिलाशय पारी फेरि नागह्रद यो, तुहिनकिनार, माछो बन तँ सुनौला भन्छयौ ? मुस्की, मलाई बोलाई ? आदिकालको रसमा लग्छयौ ? केलि–कुतूहल बनाई ? जादू जलपी हिउँका बार ?े अमरत्व दिंदी छौ दिवस दिवंगतकन पनि, अझ चिरनूतन, जीवन । प्रकाश–तपस्विन ! सती तिमी के कञ्चन ! सान्ध्यद्धन्द्धमा ध्वानभिध जो महादानवसँग दुर्दान्त हार दिवाकर, शहिद सुनौला, सकल चराचर नाम बने जब, बलिदान पयोधिप्राणान्त । उरमा प्रेमालिङ्गनले तब सुस्त उठायो दिनेश सती । प्रेमाऽमृतले जीवित पारी आफ्ना पकडमा मृत ती पति । तुषारस्तनी ए ! सजला ! शान्त ! दिन–मथनको गरलपानले छाती कलङ्कित सुन्दरी ! तिम्रो ! अमृत शेष भो संसार ! चन्दनशीतल शान्तिमहलको विभाविशिल्पित खुल्दछ द्धार ! स्वर्गको सन्चोको छ किनार श्रमले शिथिल पतबार ! स्वप्नकुञ्जका बास्ना सुमधुर मुसमुस चल्छन् विपनावार ! मस्ती खेल्छन् सुरेली तिम्रा कराली किरणमा पृथिवीवार ! जूनकीरी झिम्किन लाने नन्दनवनमा नीलाकार ! विश्रान्ति ओर्लिन् बादल–भुवामा भ¥याङ बनेको शैलकिनार ! कालो रेशम चोलि डाली, जादूगर्नी, निद्रा जाली, कालिकाठको डन्डा चाली, ओर्लिरहिछने मन्त्र प्रणाली सम्झी सम्झी, थोरै बिर्सी तिम्रा प्रभावले खालि ! उँग्दछ अनिल कुसुमदल माथि, फेर नफर्की, लट्ठ परी ! काँढा मर्छन् पृथ्वीका अब, फूल बन्दछ रातभरि ! श्रमको श्राप छ बरमा परिणत ! भू छन् स्वर्ग अपेक्षा उन्नत ! धमिला जलमा संलग्नजस्ती मानवजीवनमा आयो ! एकलासकी रानी ! उदायो ! बजाइरहिछौ मानो तिमीले अश्रुर–झङ्कृत मधु बेला ? मौनी धवल हिमाल–समाधि भित्र फुरेकी ज्योतिसरि, विष्णुवदनकी छवि मधुरी ! मृत्युभन्दा परतिर लग्ने तिम्रो मोहन, मृदु मुसकान ! औषधिका बिरुवा छछयौं रसले भिजाई हिमालभरि ! ज्वर जजैर यो जगमा दी अमृतमय वरदान ! अमृतवनकी मालिनी, मुस्क ! संसार निदाउँछ निर्भयतामा मृत्युलोकमा सुधा स्वपनी ! तिम्रो छहारीमनि ! चिन्ता हुन्छन् सब सुनसान ! उपल उज्याला पुलकी पलपल, फूल बनाई, तिनका मुटुमा दिन्छयौ बुलबुल ! शैलकराली नेपालीमा कहिले देखें स्वप्न–सोपान रचिरहेकी, करले कलकल ! देखिनँ यस्ती राम्री कहिल्यै, फुल्दी धरामा हाँस्दी कोमल ! कोमल खिलखिल ! यात्री बनाउँछयौ मानव–आत्मा, रसको सुदूर क्वै तीर्थतिर ! कविको हृदय दुगुर्दछ फेरि, अतीत युगका, आँसुहरुले प्यार फुलेका कुञ्जनिर ! अनङ्गसुतको स्वपना देखी उषामा स्तन चढ्छने, झर्छन् ! यथाथइलाई, प्यारकी देही, स्वपनाबीच निचोर्छिन् ! तिम्रा किरण जब मुखमा पर्छन् ! एक समरको कालो चदरको लामो फेर लतारी, उनका सँगमा हेलेन दुगुर्छिन्, बादलमा ! बादलस्पर्शी बुर्जाहरुमा अनुपम, अनुपम, विन्दुदृशी तारा गन्दै, मधुर वेदना, गीतमा झर्छन्, उडुमालाझैं लच्की, टुट्दै, बरबरमा ! होला तिनका छायाँ परेको, कतिका उरमा, घर, घरमा ! किनकि तिमी छौ प्यास जगाउँदी, प्रेमकी रानी, कथाकी खानी, भाव उछाल्दी, सागरजस्तो, सुन्दरमा ! सुन्दर, सुखकर उपहास सिकाऊ कुटीहरुकन साना । जलप परालका छाना ! मलम तिमी ए ! गिरिब्रणकी विजय तिमी ए ! दिन–रणकी ! दरिद्रताको सिंगार मुहार ! खुश पार ! समानताको तन्त्र फिंजार ! रङ्कहरुकन राजकुमारीहरुका सपना देऊ । दिनको खील झिकी लेऊ ! गरीबहरुको दरबार रच ! भविष्यको स्वयं फोटो खिच ! इच्छावरदे ! शूल फूल छन् तिम्रा सुन्दर शाासनमा ! आधा जीवन वैकुण्ठ बनाई, विराज स्वप्नका आसनमा । सुखकी ए हाँस्दी गजूर ! कसको अब ए कसमा उजूर ? अद्भुतताकी अप्सरा तिमी ! केश बदल्न सिपालु ! विविधकलामा चालू ! कहिले घूंघटपट– अभिरामा ! बादलवनका पुष्पलतामा, देखें मैले तिमीलाई ! कहिले, अहिले जस्तै फेरि, बेहोशीझैं वदनखुला, सुस्त चलेकी मुसकाई ! लुक्छयौ कहिले नीलोत्पलको विशाल दलमा भित्र घुसी ! शीत विन्दुको झूल कसी ! फूलसँगमा प्यार कथाका पाना मृदुल फुहेर, पढिरहन्छयौ राति कहिले, निश्चल, नुहेर ! कहिले दुगुर्दी देखें तिमीकन, हतपत खूब भएर ! कहिले देखें जलक्रीडामा– अमृतसिन्धुमा विश्वकी छायाँ ए रजनी ! यथार्थभन्दा तिमी छौ धनी ! कला–जगत्झै सुन्दर बन्छिन् अवनी ! मेरा पनि छन् उपासनाका हिउँका चुली, हिमगिरिवन ! अमृत सिंची, औषधि बिरुवा भरभर फुलाऊ जगतज्वरका ताप निवारक, कान्त सुमन ! शैशवदेखिन् कर फैलाई माग्थें तिमीकन, स्वर्गकी फूल ! दृगले पिइयौ, मुटुमा लिइयौ सिंच सुधाले भावका मूल ! |
1, Life and Legacy of Mahakabi Laxmi Prasad Devkota: A Pioneering Nepali Poet
2. Muna and Madan: A Romantic Tragedy that Captured Nepali Hearts
3. Devkota's Evolution: From English Romanticism to a Unique Nepali Voice
4. Devkota's Impact on Caste and Social Values in Nepali Literature
5. Devkota's Literary Legacy: Unveiling the Depths of Nepali Poetry
6, Frequntly Asked Question About Mahakabi Laxmi Prashad Devkota
ATIS (ACONITUM HETEROPHYLLUM )
BAJRADANTI (Potentilla fulgens )
BHUI AMALA (Phyllanthus urinaria )
BHUTKESH (SELINUM TENUIFOLIUM)
DHAINYARO (WOODFORDIA FRUTICOSA)
GAMDOL (BRACHYCORYTHIS OBCORDATA)
GHUCHI CHYAU (MORCHELLA ESCULENTA)
INDRAYANI (Trichosanthes tricuspidata )
JIWANTI (Ephemeranlha macrael)
JIWANTI (OTOCHILLUS PORRECTUS)
KAKAD SINGHI (Pistacia Khinjuk )
KHAS KHAS (Vetiveria zizanioides )
KUTKI (PICRORHIZA SCROPHULARIIFLORA)
PAINLETI / DESI NEEM (MURRAYA KOENIGII)
BHALAYO (SEMECARPUS ANACARDIUM)
BHALE-SUNPATI (RHODODENDRON LEPIDOTUM)
BHRINOAR.AJ (ECLIPTA PROSTRATA)
BHUI AMALA (PHYLLANTHUS AMARUS)
CHHATIWAN (ALSTONIA SCHOLARIS)
CHIRAITO (SWERTIA ANGUSTIFOLIA)
CHIRAITO (Swertia bimaculata )
CHIRAITO (Swertia multicaulis)
DATIWAN (ACHYRANTHES BIDENTATA )
DHASINGARE (Gaultheria fragrantissima)
DRONAPUSPA (LEUCAS CEPHALOTES)
GOBRESALLA / TALISPATRA (ABIES SPECTABILIS)
GUJARGANO (CISSAMPELOS PAREIRA)
INDRAJAU ( Holarrhena pubescens )
JAMANE MANDRO (MAHONIA NEPAULENSIS)
JATAMANSI (NARDOSTACHYS GRANDIFLORA)
KAKAD SINGHI (Pistacia chinensis)
KAKOLI ( Fritillaria cirrhosa)
KALO SHARIVA (CRYPTOLEPIS BUCHANANII)
KALO SHARIVA (ICHNOCARPUS FRUTESCENS)
KALO-BIKHA (ACONITUM LACINIATUM)
LAGHU PATRA (PODOPHYLLUM HEXANDRUM)
Medicinal Plants of Nepal! Preserving the Past, Healing
the Future
NAGEBELI (LYCOPODIUM CLAVATUM)
PANCHAUNLE (Dactylorhiza hatagirea)
https://easyayurveds.com/shop/
https://easyayurveds.com/neem-capsule-price-in-easy-ayurved-nepal/
https://easyayurveds.com/ajwain-oil-carom-oil-for-pain-relief-relaxation-improved-blood-circulation-stress-reduction-mental-relaxation-and-relief-from-arthritis-100ml/
https://easyayurveds.com/amla-powder-gooseberry-powder-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-powder-100gm/
https://easyayurveds.com/brahmi-bati-price-in-nepal/
https://easyayurveds.com/confido-tablets-for-libido-testosteron-and-erectile-dysfunction/
https://easyayurveds.com/arjuna-chaal-powder-supports-heart-health-manages-cholesterol-level-promotes-healthy-metabolism-diabetes-weight-loss-terminalia-arjuna-100gm/
https://easyayurveds.com/ashokarishta-ayurvedic-syrup-for-women-relief-from-irregular-and-heavy-menstruation-and-hormonal-imbalance-with-ashoka-dhataki-by-dabar-450ml/
https://easyayurveds.com/ashwagandha-withania-somnifera-ayurvedic-herbal-supplement-promotes-vitality-and-strength-support-for-stress-ashwagandha-powder-100gm/
https://easyayurveds.com/ashwagandharishta-helps-boost-immunity-stress-buster-for-health-strength-wellness-naturally-enhances-fertility-libido-by-baidyanath-450ml/
https://easyayurveds.com/avipattikar-churna-gastric-churna-for-hyperacidityflatulence-bloating-nausea-heart-burn-and-digestion-ayurvedic-abhipattikar-churna-100gm/
https://easyayurveds.com/brahmi-brahmi-powder-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-centella-asiatica-100gm/
https://easyayurveds.com/chyawanprash-with-yarshagumba/
https://easyayurveds.com/castor-oil-arandi-oil-price-in-nepal/
https://easyayurveds.com/yarshagumba-price-in-nepal/
https://easyayurveds.com/isabgol-bhusi-price-in-nepal/
https://easyayurveds.com/himcolin-gel-price-in-daraz-nepal/
https://easyayurveds.com/baidynath-shilajit-price-in-nepal/
https://easyayurveds.com/goksura-gokharu-powder-price-in-nepal/
https://easyayurveds.com/giloy-gurjo-gudduchi-powder-price-in-nepal/
https://easyayurveds.com/shilajit-capsule-price-in-nepal/
https://easyayurveds.com/dushmularishta-price-in-online-shopping-nepal/
https://easyayurveds.com/moringa-price-in-nepal/
https://easyayurveds.com/kaauso-price-in-nepal-mucuna/
https://easyayurveds.com/jethimadhu-price-in-nepal/
https://easyayurveds.com/jaiphal-oil-price-in-nepal/
https://easyayurveds.com/benefits-of-jamun-seed-powder-for-diabities-and-constipetion/
https://easyayurveds.com/liv52-price-in-nepal/
https://easyayurveds.com/shilajit-price-in-nepal/
https://easyayurveds.com/liv52-price-in-daraz-nepal/
https://easyayurveds.com/khadirarista-price-in-nepal/
https://easyayurveds.com/bramhi-oil-ghod-tapre-oil-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-bacopa-monnieri-oil-100ml/
https://easyayurveds.com/amla-juice-gooseberry-juice-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-juice-with-aloe-vera-100gm/