टंक सम्वाहाम्फे - मृत्यु श्रृंखला ,योगेन्द्र राज शर्मा - यस्तो सपना देख्छु , कृष्ण कला वनेम - गीत ,२०६९ को नव बर्ष , बैगुनी हौ तिमी, शीर्षक नै आएर

- गीत
कृष्ण कला वनेम

किन होला यो छातीमा यती धेरै ब्यथा
गीत बनाई सुनाई दिउकी मेरा जीवनकथा

उजाड देख्छु जताततै बसन्तको याम पनि
उदाएन जिन्दगीमा कहिल्यै न्याँनो घाम पनि
गह भरी आँसु लुकाई हाँस्न खोज्दा मैले
बिरहले छोपी दिन्छ यो तन मन जहिले
किन होला यो छातीमा ……………………………

हात छैन डोर्याई दिने हिडौ कस्को सारमा
हिड्दै जाँदा पाईला पर्छ खुकुरी कै धारमा
मरे जस्तै लाग्छ यहाँ पिरै पिरमा जिउँदा
सारा चोट भुली दिन्छु अलि कती पिउँदा
किन होला यो छातीमा ………………………………

माघ ६ गते २०६८ साल सुक्रबार


गीत
कृष्ण कला वनेम
कति बाँच्नु जिन्दगी आँसुसंग रुझेर
कति साँच्नु जिन्दगी खुसीलाई कुरेर

भेट्टाउँदिन गोरेटो
पाईला जता मोडे पनि
दिन यसै बिताउँदैछु
समयले छोडे पनि

कति भाग्नु जिन्दगी पिडासंग लुकेर
कति साँच्नु जिन्दगी खुसीलाई कुरेर

दुखियालाई मात्र दुख
जिउँने आशै मर्छ
मनका मिठा स्वप्नहरु
पीर बनि झर्छ

कति दुख्नु जिन्दगी ब्यथासंग जुधेर
कति साँच्नु जिन्दगी खुसीलाई कुरेर

२०६८ साल माघ २४ गते मंगलबार

 यस्तो सपना देख्छु

योगेन्द्र राज शर्मा -
 
तिमीले मलाई खोल्यौ कि
बन्द गर्न भुल्यौ कि
यस्तो सपना देख्छु
सपनामा भेट्छु
विपनामा तड्पिन्छु
डराउँछु, कराउँछु

तिमीले मलाई मबाटै खोस्यौ कि
तिमीले मेरो मायाको टौवामा
अगुल्टो झोस्यौ कि
यस्तो सपना देख्छु

फूलको पत्र रेटेर गीत गाएको
तिर्खालु भँमरासँग मीत लाएको

आफ्नो तिर्खा सम्झी सम्झी
मेरो तिर्खा बिर्सियौ कि
आफ्नो सुख ठुलो ठानी
मेरो दु:ख बिर्सियौ कि
धेरै माथि उडेर चङ्गा
धागोलाई बिर्सियौ
सागरमा पुगेर गंगा
हिउँलाई बिर्सियौ कि
दिनलाई सम्झिएर
घामलाई बिर्सियौ कि
जुनेली रात सम्झिएर
जूनलाई बिर्सियौ कि

धेरै माथि पुगेर चंगा
तिमीलाई उडाउने केटाकेटिहरुको
हातको आलो घाऊ बिर्सियौ कि
सागरमा पुगेर गंगा
हिउँको अस्तित्व बिर्सियौ कि

यस्तो सपना देख्छु
तिम्रो आँगनमा पाईला टेक्दा
मेरो खुट्टा काटिएको
तिमीलाई छुन खोज्दा
मेरो हात काटिएको
कतै नसुनेको
भगवानको भाकल गरिएको
मेरो मुटु बुच्चरको
अचानोमा राखिएको ।
 

 मृत्यु श्रृंखला
टंक सम्वाहाम्फे -

यता अलिकति बाँडिदै उता अलिकति चुडिदै
सम्झेर पुन बिर्सदै
हतारमा जीवन
मर्दैछौं हरेक दिन
क्रमश हिजो...आज...भोलि...पर्सी
धकेल्दै निरन्तर मृत्युयात्रामा पाइतालाहरु
त्यो मलाई थाहा छ
त्यो तपाईलाई थाहा छ
अथवा दुनियाँलाई थाहा छ
तर थाहा भएर पनि
जीउँनुको ब्यस्तताले
ती भूलिदिन्छौ
यहाँ मलामी बिनाका
जीउदो लाशहरु
हुलका हुल
वस्तिमा/गाउँमा/शहरमा
खचाखच
वेपर्वाह हिडीरहेका छन्
म जस्तै जीउँदो लाश वनेर
तिनीहरु सडकमा
जीवन कुनै दिन यो जगतमा
रहन्न भन्ने कुरा थाहा पाएर पनि
अनेकौ रोगब्याध कुल्चेर
अनेकौ घट्ना दुर्घटना नाघेर
वाच्ने म्याद थपीरहन्छौ वारम्वार
जीउँने वाहनामा
आफन्तहरु खोज्छौ
नाताहरु गाँस्छौ
धनसम्पति जोड्छौ
नाम सुवास रोप्छौ
र मानिसहरुसंग आत्मियताको न्यानो ओड्छौ
तत्क्षण पराजीत गरे झै लाग्छ मृत्यलार्इ
हो त्यसै वेला निशंकोच ओठमा फुल्छन्
असंख्यौ गुलावी मुस्कानहरु
तर त्यो एउटा मात्र आभाष रहेछ
वाचेकै छु कि भन्ने दुनियाँमा
आखीर कहाँ रोकिएको छ र ?
मृत्युश्रृङखला
आदि अनादी कालदेखि अहिलेसम्म
अव कहाँ रोकिन्छ होला र ?
आउँने समयहरुमा पनि
त्यसकारण हामी जो कोहीले
जन्मे कै दिन
सुभारम्भ गरेका हुँदा रहेछौ
मृत्युयात्रालाई
हामीले देख्दछौ
हामीले भोग्दछौ
र अन्त्यमा आफैले वरण गर्दछौ
यो ध्रुवसत्य कुरा हो
न त कसैले टार्न सक्छ
न त कसैले बार्न सक्छ
त्यसैले त रोक्दै नरोकिने श्रृङखला हो
मृत्युयात्रामा
निक्कै हिडी सकिएछ
आज मलाई थाहा भयो
किनभने
हिजो शिशु थिए
हिजो युवा थिए
हिजो वयस्क थिए
तर आज सामाजिक मान्यताले
नागरिक भएको छु
र भोलि प्रौढ हुनेछु
र भोलि वृद्धा बन्नेछु
किनकी ती सबै
समयले दिने उपहारहरु हुन्
आफैलाई उभ्याएर हेर्दा थाहा पाए
मृत्युको नजरबाट लुक्नलाई
अजम्वरीको वुटी खोज्दै
बाँचेको रहेछु
बाँचेका रहेछौ
किनभने अकाट्य कुरासंग
छलिन खोज्नु
एउटा असल प्रयास मात्र रहेछ
एउटा भ्रम मात्र रहेछ
हो त्यसैले हामी
रीस,राग,इश्या,लोभ,लालच
र भ्रम बाँचेका रहेछौ
बाँच्नुसंग
जीवन जोडिए पनि
ब्यावहार जोडिए पनि
परीवार जोडिए पनि
नाता सम्वन्ध जोडिए पनि
अथवा जोडिने कुरा सबै जोडिए पनि
त्यो वास्तवमा श्रृङखला नै हो
मृत्यु यात्राको
दुनियाँलाई देखेर
संसारीक मोहमा फस्दा
कहिले कहि आफैलाई भुल्छौ
त्यसवेला मात्र जीवन
जीवन पाए झैं लाग्दछ
जीवन बाँचे झैं लाग्दछ
अथवा जीवन
जीवन झैं लाग्दछ
जीवन जहाँसुकै भएपनि
जीवन जस्तोसुकै भएपनि
अलिकति हाँसेर बाँच्नुमा
कलिकति नाचेर हाँस्नुमा
कलिकति मिलेर बस्नुमा
सारा जीवन रहेछ
हुन त मृत्यु कहाँ छैन र ?
यत्रतत्र/सर्वत्र
र्सवकालिन फैलिएको छ जगतमा
लाग्छ यसैको पृष्ठभूमीमा
जीवन सौदा गरेर
यता अलिकति बाँडिदै उता अलिकति चुडिदै
सम्झेर पुन बिर्सदै
हतारमा जीवन
मर्दैछौं हरेक दिन
क्रमश हिजो...आज...भोलि...पर्सी …
धकेल्दै निरन्तर मृत्युयात्रामा पाइतालाहरु
 
 
 बैगुनी हौ तिमी
पवित्रा राई -
संगै जीउने बाच्चा त होइन गारो भयो सहन्न
किन आयौ मेरो छाती भरी दु;खै दु;ख बिसाउन
बैगुनी हौ तिमी सधै हाँस्दै खेल्दै खोज्छौ रुवाउन
उदासिन्दै दु ;ख पोखेउ हृदयमा चोट पर्ने गरी
फेरी मन छामेउ जीवन भरी मरण पार्ने गरी
बैगुनी हौ तिमी सधै हाँस्छौ खेल्छौ रुवाउने गरी
हाँसेउ खेलेउ जीन्दगीलाई रमाईलो बगैचा सम्झेउ
फकाउने पारा गर्दै साइनो फेर्दै आफ्नो हुन चाहेउ
बैगुनी हौ तिमी हाँस्ने बहाना गर्दै रुदै रुदै हिडेउ
एक्लै बस्दा मुटु दुख्ने पिडा पर्ने ब्यथाहरु सुनाएउ
पापीनी नै लाग्छ अन्जानमै मेरो मन भुलाई दिएउ
बैगुनी हौ तिमी लुकी लुकी अभ्यारोमा पनि रुएउ
साथ खोज्दै आएउ दुःख पर्दा अनि मरण सरी हुदा
पर परै भाग्न खोज्दैछौ मेरो दुःख बताउन खोज्दा
बैगुनी हौ तिमी आतिन्दै बोलाइरहेउ एकान्तमा रुदा
हाँस्दा हाँस्दै बोल्दा बोल्दे हुन खोजछौ तिमी टाढा
बल्ला मात्र बुझ्न थाले तिम्रो त्यो बैगुनी पारा
बैगुनी हौ तिमी आपत बिपत पर्दा खोजेउ साहारा
भन भुल्न सक्छौ तिमी त्यो दुःखमा दिएको साथ
झुट्टो प्रेमी बन्दे किन तिमी अल्झी रहेछौ ब्यर्थ
बैगुनी हौ तिम रुदै हाँस्दै लुट्न खोज्दैछौ स्वार्थ
गीतसंग सगित रच्दै कबितामा भन्दै कथा सुनाउदै
भन्न खोजेउ सधै तिमी दिन्छु अनि देउ साहारा भन्दै
बैगुनी हौ तिमी घरि घरि रुवाइ दिएउ ब्यथा सुनाउदै
 
 
२०६९ को नव बर्ष
सावारा योङ्हाङ -
 
उल्लासमय
वातावरणमा हर्ष बिभोर भएर्
खुशिको दिबश मनाउदै मनाउदै
यस फिजोस चारै दिसा तृकाल झै

मनब मुक्ती र सभ्यताको मार्गमा
अदभुत्,आदम्य,निडर निस्वार्थ
अट्ल अजर अ्मर हिमाल जस्तो,
कोशी र कणालिको बेगवान छाल्
भएर्,पाखा पखेरा गाउ बस्तिमा
सप्त रङ्गी ईन्द्रेणिको मुस्कान्
छर्दै,छर्दै,निस्पस्ट निस्तब्धभित्र्
उज्यालो दिपज्योतिको पुल्टो बालेर्
ढृड सङ्कल्पको बाचा बाधेर्
आउ है ल २०६९ को नव बर्ष ,,,,,|

मानस्पट्लको
खुल्ला मैदानमा आश्राय दिएर्
राखेको,ईर्ष्या,घृणा,कुचेस्टा,डाहा,
कुबिचार्,नकरात्मक्,छलकपड्का
षड्यन्त्र,को जड्सुत्रहरु नरसङ्हार्
तिलान्जली सदा सर्बदा दिएर्
नवबर्षको पावन अवसरमा समग्रहले
मनब मुक्ती र आर्थिक बृदिको बिकुल्
फुक्दै,महान कार्यको सुप्राराम्भ गर्दै
महागुरु,बुद्ध्,शिता,भृकुटि,टेरेशा,नोर्गे,
हिलारि,पाशाङ्ग्,र पारिजात्,जस्तै
सफलताको शिखरमा पाइला राखेर्
मातृभुमिको प्रतिस्ठा बिस्वबिख्यात्
बनाउन्,झुपडिको पिडिमा,बलेसिमा,
मझेरिमा,गोधुलिमा,र आगनिमा,
बिहानिको उज्यालो किरण भएर्
आउ है ल २०६९को नव बर्ष ,,,,,|

परिवरण नमिलेको
माटोमा दुखद जिबन ब्यतित गर्दै,
भोक प्यासमा छट्पटाउने असहाय,
असक्त्,निरिह्,अवला,र अपहेलितहरुको
सहारा सहानुभुती करुणा द्या माया,
मलम को कयौ हात बन्न सफल बनेर्
राज्यको नजरबाट ओझेल परेको
अन्कटार अभेग्,एबम अप्ठ्यारामा
पिर्,ब्यथा,बेदना र अन्धबिस्वासको
परकस्ट्,समाप्त हटाउदै,सेपिल्लो
चिस्यानिमा,पारिल्लो घाममले धर्तिमा
छोएर्,हसिलो मुहारमा चादनिको स्वारुप्
तिमी आउ है ल २०६९को नव बर्ष्,,,,,|

परिबर्तित्
ॠतुमा नौ शुबास चलाई राख्न्
पट्ट्बाझो मरुभुमिको छातिमा बसन्त
बनेर हराबारा सुन्दर बनाउन मनमोहक्
स्वार्गको अनुभुतिमा झुल्ने बगैचाको
मुस्कानमा,सैपत्री ,नागबेलि,रोजमेरी
गुलाब ,अन्द्ङ्ग्,चमेलि,चुवा,बुक्कि
चिमल धएरो आदी आदी अमर अजर्
बनेर आउ है ल २०६९को नव बर्ष ,,,,|

मृयुमा मलामि
बाच्दाको जन्ती दुख र शुखको
शाथी आत्मिय हितैसी पुरक बनेर्
गरीबको झुपडिमा आशा र अभिलाशाको
आय आर्जन ढिकुटी भकारिमा हिरा
मोती मणिको बतिस लक्षिणले युक्त
रुन्छे मुहारमा शृङ्गार पट्टार धपक्
भएर निरन्तर पाईला चाल्ने मार्गमा
पुस्प गुच्छा र अबिर जात्रामा सारी
कलस जोरगाग्री को शाथमा स्वागतको
चाहल पहल अनन्त यात्रामा लक्ष्यको
शिखर चुम्न शान्ती र आन्दको कर्म्
योगी मार्ग चित्र बनेर समग्रहमा
आउ है ल २०६९को नव बर्ष ,,,,|

पाँचथर नागी ५
 
 शीर्षक नै आएर
रुपेस रार्इ -
नियमित कार्यालय
बाटोमा। चर्चा हुन्छ, हाम्रो घर। बुहारीहरूको उपद्रव
जस्तो गाउँमा। भाले जुझाइ साँझमा, दम्पतीहरू।
थोत्रे कथा
सकिएको छैन गाउँमा। सहरमा
नयाँ-नयाँ कथाहरू जन्मिरहन्छन्।
शीर्षक नै आएन
थिम नुनको। चिनी पनि साथमै।
भएको क्वालेटी मुख, थुनाथुन। छेराउटी लागेका
श्वादहरू गुलाम बनिरहन्छ। इन्टरक्वीनलका।
पुरानै जस्तो
घटनाक्रम। दोहोरिन्छ गाउँमा। पुरानै जस्तो कार्यकलाप
भइरहन्छ गाउँमा। सहरले दिएको इरोटिक कथावस्तु। पाठकको माग।
शीर्षक नै आएन
इम्प्रेसन नुनको। अनेस्टी। चिनीको
हेल्दी इजेक्सन। क्लेभर मान्छ मेच्युर्ड प्लेयर्स।
निउड् चरित्र लजाउँछ,
फोरप्लेको रिस्क लिनै मान्दैन। मेरो गाउँ! सुशील
कामुक्ता सहरको लिस्टमा। पछार्छ गाउँकै क्वालेटी माल।
तिमी फ्लप त भएनौ...
मिडीया बजारमा। दृष्टीबिन्दु एड्स परेपछि। नुनको
अनेस्टीपन कण्डोम सरी। शीर्षक नै आएन पाठकवृन्द।
कविताको प्लट भत्किएको छ।