Great Collection Of 60 Nepali Gazal Part ONE

 तिमी माग्यामाग्यै गर्छौ म टार्याटार्यै गर्छु

तिमी माग्यामाग्यै गर्छौ म टार्याटार्यै गर्छु
भाका नाघे के भयो र अझै सार्यासार्यै गर्छु

तिम्रा निम्ति जित्ने हिम्मत मारिसकें मैले
आफ्नो हित हुन्छ भने हार्याहार्यै गर्छु 

भयो मित्र टुप्पोतिर हेर्दै नहेरेको जाति
माथि चढ्न खोज्नेलाई झार्याझार्यै गर्छु

सबको हित चिताउँछु भन्ने भ्रम हटिसक्यो
बगुन अरु, आफ्नालाई चैं तार्यातार्यै गर्छु

राजनीति त आखिरीमा खाने भाँडो न हो
मिलेजति आफ्नै भागमा पार्यापार्यै गर्छु  
लेखकःजनक राज पौड्याल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   तिम्रो रुप धारिलो कि तरवार

तिम्रो रुप धारिलो कि तरवार म भन्नै सक्दिन 
किन रेटिन्छु म बारबार म भन्नै सक्दिन

सोध्नै परे तिमी सोध बरु समुन्द्रलाई सोध 
किन बग्दैछ नदी हतार म भन्नै सक्दिन

मानौ यहाँ फूल र भँवरा छन् म भँवरा झैं सोंच्न सक्छु 
तर के आइराछ फूलमा विचार म भन्नै सक्दिन

मेरो प्रस्ताव उनको समर्थन एक आपसमा लडेका छन् 
अब कसको जित हुन्छ कसको हार म भन्नै सक्दिन

पठाउन त मेरो सिङ्गै मुटु खाममा राखी पठाको थें 
उनलाई हुन्छ कि हुन्न स्विकार म भन्नै सक्दिन

यी यसरी नै तिम्रो पछि लागिरहे एकदिन हेर 
म जग्गेमा बस्छु कि कारागार म भन्नै सक्दिन

लेखकःदिपक समीप

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  दश छन्, सय छन्, लहर हजार छन्

दश छन्, सय छन्, लहर हजार छन् 
बाँच्नका लागि यहाँ शहर हजार छन्
 
बादलु र क्षितिजको लुकामारी खेलजस्तै 
नाच्नका लागि यहाँ बहर हजार छन्

 पानीजस्तै जिन्दगी बगिरहन्छ निरन्तर 
भाँच्नका लागि यहाँ जहर हजार छन्

 कैले आश कैले निराश, आउँछ सरोबरी 
जाँच्नका लागि यहाँ ठहर हजार छन्

एउटै आह्वान टेकेन्द्रको सकेसम्म हाँसौँ 
साँच्नका लागि यहाँ रहर हजार छन्
लेखकःटेकेन्द्र अधिकारी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 दुनियाँले देख्दो रै छ छुरा नजाती 

दुनियाँले देख्दो रै छ छुरा नजाती ।
नियत खराब हुने नै हो पूरा नजाती ॥

एकैछिनको साथ दियो जुनीभरको याद ।
मनपरेको मान्छेको यही कुरा नजाती ॥

कठै ! केही भएकै छैन चर्चा सुरु भो ।
यी बित्थैका गालपारा चुरा नजाती ॥

नजरबाटै नशा चढ्यो पागल थिएँ म,
जानाजानी मातेँ बन्यो सुरा नजाती ॥

मैले यस्सो के खोकेथेँ वाह ‘आवाज’ रे,
जेलाई पनि गजल भन्ने भुरा नजाती ॥
लेखकःआवाज शर्मा  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 धर्तीको उष्णतालाई भिजाउने बादल हुन्छ

धर्तीको उष्णतालाई भिजाउने बादल हुन्छ 
माया जब आँखा तर्छिन् रिझाउने गाजल हुन्छ

ए साउन तँ छिटो गै जा संसार रुन्छ उनी रुँदा 
जब माया मुस्कुराउँछिन् यो दिल साँच्चै पागल हुन्छ

बेला बिते रिसाउलिन् पिरतीकी देवी मेरी 
भेट्छु तर भेट्न आउँछु भन्दिनँ म भाकल हुन्छ

प्रितै पो हो कि त उनी सङ्गीतकी मुहान हुन् 
उनी बोले गीत बन्छ, उनले गाए गजल हुन्छ !

लेखकःमिलन लम्साल  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  धुवाँ देखिन्छ आगो देखिन्न कस्तो अचम्म !

धुवाँ देखिन्छ आगो देखिन्न कस्तो अचम्म !
मनमा लुकेको कालो देखिन्न कस्तो अचम्म !

गाउँ खाली छ शहर शून्य भो युवा भेटिन्न
जता हेरे नि पाको देखिन्न कस्तो अचम्म !

आज पुरानो मेरो शहरको नक्सा जाँच्दै छु 
नक्साबमोजिम बाटो देखिन्न कस्तो अचम्म !

माया गर्नेको आँखै टालिन्छ जस्तो लाग्दछ
बाङ्गो सोचिन्न खाल्डो देखिन्न कस्तो अचम्म !

डाँडाकाँडा 'थ्यो सम्झी ल्याउँदा हुन्छ रमाइलो
याद अल्झेको पाखो देखिन्न कस्तो अचम्म !
लेखकःआनन्द श्रेष्ठ

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 धुवाँ धुवाँ जीवन मेरो, डढेलोले खाए जस्तै

धुवाँ धुवाँ जीवन मेरो, डढेलोले खाए जस्तै
मुस्कानपनि कस्तो खल्लो, आँसुमा डुबाएजस्तै ।

मेरो मायाँ सगर जस्तै, आँखामै नअटाउने
उसको त मायाँ पनि अड्कलेर लाए जस्तै ।

पढ्न खोज्छु चिठ्ठीहरु, पुराना ती सँगालेको
अपुरा छन् शब्दहरु, आँसुले बगाए जस्तै ।

देख्दिन म घाउ कुनै, आराम छैन जिन्दगीलाई
बाँच्ने निहुमा बिष पनि, औषधी झैं खाए जस्तै ।

अस्तब्यस्त मनको सहर, उस्को याद आएपछि
किन आउँछ मेरै मनमा, आँधी हुरी आए जस्तै ।

कस्ले बाँध्ने बाँध यहाँ, कस्ले थुन्ने यी आँसुलाई
लाग्छ अचेल आँसु पनि, गजल गुन्गुनाए जस्तै ।

कोही हुन्न अजम्वरी, जानुनै छ याद छोडी
कर्कलाको पातमा झरी, शीतको थोपा बिलाए जस्तै । 
लेखकःसानु शर्मा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 धेरै सोच्नु मात्र रहर हैन, बाँच्ने आधार हो।

धेरै सोच्नु मात्र रहर हैन, बाँच्ने आधार हो। 
राम्रो भनूँ कि नराम्रो भनूँ, आफ्नै विचार हो।

भावना यी जाग्ने गर्छन्, शब्द बेअर्थी उस्तै।
प्रलय यो तिम्रो लागि होला,मेरो बहार हो।

 जति डुब्दै जान्छु आफैभित्र,चिरा गहिरो देख्छु,
घाऊ जे जति छन् ती यहाँ, मेरै प्रहार हो।

 आँसु पछ्याउने गर्छ, हाँस्न खोज्दा पनि
दु:ख नै छ ठुलो सत्य, यस्तै संसार हो।

 छाँया जस्तो भागी दिन्छ,टिप्न खोजूँ भने,
ज्योतिपुञ्ज भनिदिएँ आफ्नै आकार हो।

लेखकःडा. सुरेश ज्योतिपुूञ्ज  

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 नआऊ न धेरै सहेली लिएर

नआऊ न धेरै सहेली लिएर 
हजारी र बेली चमेली लिएर 

कतै दूर एकान्तमा जाउँ लाग्छ 
तिमीमात्र केवल् अकेली लिएर 

सम्हाल्ला र कस्ले यहाँ मन् छ कच्चा 
नआऊ भिजेका परेली लिएर 

रुनेछन् बचेराहरू भोकभोकै 
नखेल्नू कसैले गुलेली लिएर 

उनी मौनतामा बसिन् आँगनीमा
सजाएँछु लाग्यो जुनेली लिएर 
तपेन्द्र घोडासैनी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   नपालेकै जाती भ्रम

नपालेकै जाती भ्रम ,केही बस्तैन कसैको फिक्रिमा
मान्छे नै हो परे राख्छ, भगवान समेत बिक्रिमा

जप्छन् राम कोही गर्छन् फेरि छलछाम पनि तिनै 
नियती त हो मान्छेको नबाँधिन्छ बाँधेर सिक्रिमा

पढेर पनि कोही बन्छन् अबुझ स्वाँठ घमन्डी यहाँ
नपसे 'छी ज्ञान बुद्दी सकिन्न हाल्न बिबेक डिग्रिमा

मतलबी छ यो दुनियाँ बिना स्वार्थ हुन्न केही पनि
लेनदेनको कुरा त उठछ भन्छन यारी दोस्ती जिक्रिमा

लेखकःभुपेन्द्र महत 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 नभन न जिन्दगीको कुनै रङ्ग छैन

नभन न जिन्दगीको कुनै रङ्ग छैन
यो जीवन रङ्गाउने हाम्रै ढङ्ग छैन 

सधैंभरि तनाव र अस्तव्यस्त मात्र
खुशीसँग बाँच्ने कला हामीसँग छैन 

मान्नुपर्छ आँशु पनि जीवनकै पाटो
हाँसोमात्र पाए पनि मन दङ्ग छैन 

के छैन र हामीसँग टिप्न सक्नुपर्छ
अँजुलीमा खुशी फुल्दा खै उमङ्ग छैन 

रीस राग दम्भ अनि हठ छाडेपछि
आपसमा लड्नुपर्ने कुनै जङ्ग छैन 
लेखकःनिर्मला अवस्थी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 नरोक भो जसोतसो जिन्दगी यो बहाबमा छ

नरोक भो जसोतसो  जिन्दगी यो बहाबमा छ 
नखोले कै जाती होला अचेल यो नकाबमा छ

तिमी उड्यौ आकाश छुन म रहे यही जमिनमा
उडुँ भने मेरो आकाश हाबाको अभाबमा छ 

बोली हुन्थ्यो हर हेराइमा चुपचाप सुन्थे ति नयन 
मौन मौन बस्छ आँखा अचेल यो दबाबमा छ

कहाँ छु म किन छु म बेखबर छु आँफैसित 
दिमागको के कुरा अब दिल पनि तनाबमा छ
लेखकःभुपेन्द्र महत 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  नलेखी बस्न खोज्दा के लेखियो जिन्दगी यो

नलेखी बस्न खोज्दा के लेखियो जिन्दगी यो 
बलेसी बग्न खोज्दा समेटियो जिन्दगी यो
हुँदैथें भावहीन झर्न खोज्यो आँशु किन ?
परेली खस्न खोज्दा  अँचेटियो जिन्दगी यो 

भरको त्यही मियो यो मनको माझ थियो   
मुटुमा पस्न खोज्दा लखेटियो जिन्दगी यो 

बाटोको ढुंगा सरि पीडै पिडा  छाती भरि 
मुठ्ठीमा कस्न खोज्दा काँ? देखियो जिन्दगी यो 

फुल्दैन फूल मित्र त्यो  उराठ बाग भित्र 
कालैले डस्न खोज्दा लौ भेटियो जिन्दगी यो
लेखकःआशांक उपाध्याय 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   नसोच पानी शान्त छ त्यसैले नदी उतारमा छ

नसोच पानी शान्त छ त्यसैले नदी उतारमा छ 
के थाहा यो पनि कुनै सुनामीको प्रहारमा छ ।
 
मर्न पनि सोचे जस्तै सजिलो काहाँ हुँदो रैछ 
जस्लाई हेऱ्यो देख्छु उही अघि पुग्ने हतारमा छ ।

बिपनासँग अघाएकाहरु नयाँ पन चाहँदा रैछन्
त्यसैले मान्छे पनि यहाँ सपना किन्ने कतारमा छ ।

चाहन्छु म ज़िन्दगीमा सबै सही सरल नै होस् 
थाहा छैन खै के कस्तो नियतीको उपहारमा छ ?

कसैको मन दुखेकोछ, कसैको जीवन दुखेकोछ
बिना दुखाई बाँच्नसक्ने यस्तो कोही संसारमा छ ?
लेखकःसानु शर्मा 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 नसोधी नजरले बताऊ मलाई

नसोधी नजरले बताऊ मलाई
र, पलक झुकाई सताऊ मलाई 

रिसाई बहानामा कोल्टे फेरूँ म
अँगाली मीठो हक जताऊ मलाई 

सुनेर ढुकढुकी म पग्लूँ मोमझैं
प्रेमको सेवक हुँ खटाऊ मलाई 

तिम्रा ती रहरका टिपी ल्याऊँ म तारा
मायालु आदेश दिई पठाऊ मलाई 

यो रात सजाऊ र दूरी घटाऊ
र, अझै यादले मताऊ मलाई 
लेखकःदीप्स शाह 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 नाली तिर बग्ने मुलधार चाहिन्न

नाली तिर बग्ने मुलधार चाहिन्न
भीरबाट खसाउने सवार चाहिन्न

जिन्दगीको अंगार गाजल बनाएँ
काईदा जाने सोह्र श्रृंगार चाहिन्न

ब्यथाले भरेको कथाको पात्र हुँ
कुनै भुमिका या पुछार चाहिन्न

लुकी छिपी पनि आएकै छु म
संकेत दिए पुग्छ पुकार चाहिन्न

गाला मुसारेर हातमा धार लाउ
गला रेट्न अर्को हतियार चाहिन्न !
लेखकःमबि सिंह 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  नियतै बिगार्ने, नियत मन पर्‍यो

नियतै बिगार्ने, नियत मन पर्‍यो
मेरो औकात फेर्ने, ताकत मन पर्‍यो

धन नभए के भो ? धनी अनुभब छ
मसितको तिम्रो सङगत मन पर्‍यो

निधारमा हत्केला, शीर काखमा तिम्रो 
बेहोसी हुँदाको हालत मन पर्‍यो

मायामा पनि त दूरी भैरहन्छ 
अंगालोले बाँध्ने हिम्मत मन पर्‍यो

खतहरु छोपिए अनुहार भरिका
ओठले गरेका दस्त्खत मन पर्‍यो

एक्लै हिँड्दा खेरि सिढी समेत ठाडो
हामीले उक्लेको पर्बत मन पर्‍यो

तिमीसित हिड्दा यात्रा बेग्लै रह्यो
तिर्खा लाग्दा दिने राहत मन पर्‍यो 
लेखकःमबि सिंह

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  परेलीमा आँसु रोक्ने, बार लाउन पाए

परेलीमा आँसु रोक्ने, बार लाउन पाए
चालिएका कदमको, सार लाउन पाए

भुमरीमा फसेको छ, बगिजाने खोला
अल्झाउने समस्यालाई, पार लाउन पाए

बगिजान्छन् हर्ष उल्लास, वर्षे भेल सरि
मौरीले झैँ मह राख्ने, घार लाउन पाए

जता पाउ चालेपनि, सधै अल्झिएका
अवरोधका फेदीमा नै, धार लाउन पाए

सफलताको शिखर चुमी, गर्व गरेर नै 
पित्तलकै भए पनि हार लाउन पाए
लेखकःअबिरल यात्री

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  पर्खाल नाघ्नलाई भागेर हुन्न साथी

पर्खाल नाघ्नलाई भागेर हुन्न साथी
खोस्ने कुरा त खोसौं मागेर हुन्न साथी

फ्याँक्नै छ आज कालो, माटो रुँदै छ हेर
मान्छे सुतेर माटो जागेर हुन्न साथी

ताक्नै पर्‍यो निसानी हान्दा विचार गर्छौं
हो, फूलमाथि भाला दागेर हुन्न साथी

टल्केर जूनकीरी टाढा पुगेर हेर्दा
हो, जूनझैं सुनौलो लागेर हुन्न साथी

लामो छ जिन्दगानी टाढा छ लक्ष्य तिम्रो
खुट्टा उठाउँदैमा थाकेर हुन्न साथी

लेखकःपदम गौतम 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 पलभरका छन् रत्तिभरका यी शरीरहरु

पलभरका छन् रत्तिभरका यी शरीरहरु
त्यसपछि केका पाउ केका शिरहरु 

कसरी भन्छौ समय कैद हुँदैन
नियालेर हेर भित्ताका तस्बीरहरु

जिन्दगी मृत्यू भन्दा रंगीन हो भने
हर मौसममा किन उडाईन्छ अबीरहरु

 दैव पनि आखिर मालिक मात्रै रहेछ
छन् फकीरहरु त्यसैले फकीरहरु

उस्तै रहेछन हरेक मान्छे यहाँ
म छैन एक्लो छन् एक्ला भीडहरु
लेखकःडा. सुधा शाही 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 पानीको कुनै आकार नखोज्नू

पानीको कुनै आकार नखोज्नू !
मुठ्ठीमा सिङ्गै संसार नखोज्नू ।

नारीलाई ज्यूँदै जलाउने देश हो
नखोज्नू असल समाचार नखोज्नू ।

मुग्लानमा युद्ध छ नुनकै खातिर
घरकाले मोती जुहार नखोज्नू ।

डर्दछु सम्झी आमाका कुरा
"होलिस है कमजोर आधार नखोज्नू" ।

पत्थरले हान्यौ ? याद गर्नु अब
बस्नलाई काँचको दरबार नखोज्नू ।

लेखकःभगवती कडेँल 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   पुतली सधैँ बत्तीलाई ताक्छ

पुतली सधैँ बत्तीलाई ताक्छ ।
नबुझे पछि कसको के लाग्छ ।

नराम्रो एउटा बानी छ उसको,
सिरानी मुनि तस्बिर राख्छ ।

म लाटो मान्छे इश्वरलाई भाक्छु,
ऊ बाठो मान्छे नेतालाई भाक्छ ।

निभेको आगो फुक्दैछौ बीरबल !
खिचडी तिम्रो खै कहिले पाक्छ ?

फैलियोस् बादल, भाग्दैन ‘रवि’, 
न कहिले अड्छ न कहिले थाक्छ ।
लेखकःरवि प्राञ्जल 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 प्रेमलाई औकातमा हेरिन्छ तराजुमा जोखिन्छ

प्रेमलाई औकातमा हेरिन्छ तराजुमा जोखिन्छ
प्रेम गरिन्छ आजकल अनि प्रेमले नै दुखिन्छ

बाटोले यात्रीलाई कहिल्यै पनि बताएको छैन
यो बाटो हिँडेपछि आखिर कहाँसम्म पुगिन्छ

देखेँ त्यो सडक अझै उस्तै उखडबाखड रहेछ
हो केही चीजहरु गएर हेरेपछि मात्र देखिन्छ

बर्सौँ बेमौसमको ठानिएला नबर्सौँ अझ पीडा
किताबको पन्नामा जब शेर र फूल भेटिन्छ

ऊ त मेरो लागि बिल्कुल अलग छ अरुभन्दा
मलाई थाहा छ खोला बगेर सागरमा मिसिन्छ
लेखकःसुरेश नाचीज 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  फूलले सारा इमान बेच्यो भन्ने सुन्दै छु

फूलले सारा इमान बेच्यो भन्ने सुन्दै छु
त्यही फूलले मुटु रेट्यो भन्ने सुन्दै छु

पिउँदै थियो वियोगमा आँसु उसले'नि
पीडा पोख्ने गजल लेख्यो भन्ने सुन्दै छु

तड्पिरा'थ्यो एउटा घाइते उजाड बगरमा
पत्थरले नि हेप्नु हेप्यो भन्ने सुन्दै छु

लाखौँ तारा जलायो रे जूनको रापैले
शीतलताको गुणै फेर्‍यो भन्ने सुन्दै छु

फ्याँकी गयौ तिम्ले मेरो तस्बीर बाटोमा
संसारले नै हाँस्दै टेक्यो भन्ने सुन्दै छु
लेखकःटिका खड्का

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

   फूलहरूले कैल्यै पनि काँडालाई चुमेनन्

फूलहरूले कैल्यै पनि काँडालाई चुमेनन् ।
बदलामा काँडाले 'नि कुनै फूल सुँघेनन् ।।

मुस्कुराउँदै छ पुरानो चिठ्ठी खोलेर ऊ,
सायद उसका आँखा अझै मितिमा पुगेनन् ।।

रातो बेलुन एकछिन् फुल्यो र बिस्तारै सुक्यो,
हावा भर्नेहरूले नङ गाडिएको बुझेनन् ।।

मिल्न सक्थे दुई किनारा अलि पर गएर,
यी नदीका पानी तर कहिल्यै सुकेनन् ।।

अनुरागले 'दुश्मन' राख्यो आफ्नो नाम बद्लेर,
माया गर्नेहरूले त त्यसपछि पो भुलेनन् ।।
लेखकःसरोज अनुराग

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 बिन्ती गर्छु प्रिय, सामीप्यमा पर्न देउ

बिन्ती गर्छु प्रिय, सामीप्यमा पर्न देउ
सुख्खा जीवनमा, हरियाली छर्न देउ

धेरै माया दिर्इ, सधैँभरी खुसी राख्छु
सँगै मीलीजुली, हातेमालॊ गर्न देउ

एक्लॊ यात्री तिमी, थकाइले गल्यौ भने
नयाँ बिहानीकॊ, शीत भर्इ झर्न देउ

हुन्छ भन प्रिय, कत्ती घुर्की लाँउछेउ ?
फेरि बिन्ती गर्छु, सँगै बाच्न-मर्न देउ

प्रतिक्षामा बस्दा, गल्यॊ मेरॊ श्याम बर्ण
एक मुठी खुसी, अन्जुलीमा भर्न देउ
लेखकःश्याम रोक्का

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 बुटी दिएँ वन माग्यो पिँढी दिएँ आसन माग्यो

बुटी दिएँ वन माग्यो पिँढी दिएँ आसन माग्यो ।
म कहाँ टेकेर दिऊँ उसले सिंगै आगन माग्यो ।।

 दुर्वल थियो लुखुर लुखुर आयो सन्धि लिएर,
वीरको घर देख्योे खुला सीमाको शरण माग्यो ।। 

एकदिन दानवीर नाङ्गिन सक्थ्यो ओ भिखारी !
नियत खुल्यो, तेरो आशयले दुल्हन माग्यो ।।

इज्जत, शान, स्वाभिमान सिर्फ योद्धाको हुन्छ,
थाहा छ, कस्तोले भिष्मको दहन माग्यो ?

संसार साक्षी छ म हिमाल सागर जोड्न सक्थेँ,
वीचमा एक लाक्षीले शान्तिको वचन माग्यो ।।

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  बोलक्कडहरू दुष्टको आश्रयमा बोल्छन्।

बोलक्कडहरू दुष्टको आश्रयमा बोल्छन्।
बिचारीहरू सधै सही निर्णयमा बोल्छन्॥

डुल्छन् कबि संगीतज्ञ पनि यो बगैचामा,
जहाँ फूल फूल्छन् चराहरू लयमा बोल्छन्॥

चिनजान नभए नि ती आँखाहरू अचेल,
यी आँखाहरूसँगको परिचयमा बोल्छन्॥

सत्य बोले पनि भलो हुँदैन तिनीहरूको,
किनकी ती बोल्नै नहुने समयमा बोल्छन्॥

सडकमा छँदा चिच्याए सुस्ता फर्काओ भन्दै,
सत्तामा पुगेर कोही यो बिषयमा बोल्छन् ?
लेखकःरहस्य बिक्रम चिमरिया  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 भाग्यले दु:ख हरिन्न भाइ

भाग्यले दु:ख हरिन्न भाइ
भोकले मात्रै मरिन्न भाइ

जे गर्छ पापी पेटले गर्छ
आदर्शले यो भरिन्न भाइ

मजस्तै तिमी तिमीजस्तै म
भीडमा एक्लो परिन्न भाइ

सहरमा छु अरु के भनौँ
त्यो भन्दा तल झरिन्न भाइ

अठोटले हो चुनौती ढाल्ने
नआँटे खोलो तरिन्न भाइ

लेखकःसान्निध्य  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   भित्री मनको धरोहर ढले जस्तो छ

भित्री मनको धरोहर ढले जस्तो छ
सजाएका सपना जति जले जस्तो छ ।

यात्रा लामो दृढताको हराएको हो कि ?
आधा बाटो हिडे पछि गले जस्तो छ ।

हिजो सम्म अर्कै थियो फेरिएछ चाला,
के के सुने चर्चा अर्कै चले जस्तो छ ।

अर्कै बगैंचाको शोभा बढे पछि आज, 
बाँझो बृक्ष पनि अव फले जस्तो छ ।

लेखकःगोबिन्द श्रृङ्खला  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 भुलिएला पीडा सबै घाउ निको हुञ्जेलसम्म

भुलिएला पीडा सबै घाउ निको हुञ्जेलसम्म
चोट माथि चोट दिनु बरू खत बसुञ्जेलसम्म

 विषले विष काट्छ भनि सुने थियो कसैबाट
विष माथि विष पिई रह्यो प्राण रहुञ्जेलसम्म

दिल जल्दा ओँठ चल्दा कान बन्द हुन्छन् अरे
मौनता यो मेरो तिम्रो रीस नमरूञ्जेलसम्म

 भत्केको घरबाट निस्की जुलुसमा मिसिएँ म
भाग्य बैरी यो सतीको श्राप नहटुञ्जेलसम्म

खरानीले छोपी राख्नु कलिला ती पालुवाहरू
यो डढेलो रहने हो बतास चलुञ्जेलसम्म
लेखकःसबिन एकतारे 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 मन्दिरमा कुरान हुन्छ कि हुँदैन

मन्दिरमा कुरान हुन्छ कि हुँदैन
मस्जिदमा भगवान हुन्छ कि हुँदैन ?

साह्रै चमत्कार गर्‍यो प्रविधिले 
दिल जोड्ने विज्ञान हुन्छ कि हुँदैन?

''अण्डा पहिले कि कुखुरा पहिले''
समस्याको निदान हुन्छ कि हुँदैन ?

बोलीको गोलीले छेडेपछि छाती
कतै केही निसान हुन्छ कि हुँदैन ?

देख्दैछु स्वतन्त्र स्वतन्त्र देख्दै छु
चराहरुको विधान हुन्छ कि हुँदैन ?
लेखकःश्रीजन श्री

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 ममता नपाएर हो वा त्रास नपाएर

ममता नपाएर हो वा त्रास नपाएर,
सक्रिय ज्वालामुखी भैयो खास नपाएर ।

 अर्थका धारले काटिन्नन्, शब्दका टाउका,
हामी लाश बन्दैनौं तिम्रो सास नपाएर ।

 आफ्नै छानामुनि छौं हामी, ओत लागेकै छौं ,
दास कदापी बन्ने छैनौं , बास नपाएर ।

 मृत्युलाई अँगालो हाल्ने , आँट छ हामीसँग,
मुटु चल्न रोकिन्न तिम्रो, आस नपाएर ।

 निरन्तर बग्ने 'पानी'हो ,याद राख्नु यत्ति ,,
मर्दैन तिमीले दिएको , गाँस नपाएर ।
लेखकःजीबन पानी 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  मान्छे किन लोभ गर्दै धनकै पछि लाग्दो होला 

मान्छे किन लोभ गर्दै धनकै पछि लाग्दो होला ? 
पैसा–पैसा भन्दा–भन्दै किन पर भाग्दो होला ?

धनमा कुवेर भए पनि मनचैं कमजोर बनाएर
हातमा लिई कमाण्डलु किन हरे ! माग्दो होला ? 

घरभरि दियो बाली स्वागत गर्छु लक्ष्मी भन्दै
अनिँदा भै रातैभरि किन व्यर्थै जाग्दो होला ?

धनकै ध्येयमात्रै गरी हिँड्दा–हिँड्दै जीवनभरि
मृत्युवरण गर्दामात्रै चैनले आँगन नाग्दो होला
लेखकःडा. भोजराज घिमिरे

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  मान्छे सेतो रङ्गमा नै झुक्किएका छन्

मान्छे सेतो रङ्गमा नै झुक्किएका छन् 
जैल्यै चियामा नुन हाली पिएका छन्

ए आँसु बाटामा पोख्नेहरू हो टिप,
लौरो टेकी हिँड्ने पनि चिप्लिएका छन् 

काँडा हुने फूल झन् नाजुक हुँदा रै'छन्, 
जोजो सियो बोक्थे सब उध्रिएका छन् 

सस्तो बनाएछन् हाम्रा सहिदले खून, 
काला उडुस खाटमा झन् दौडिएका छन्
लेखकःसरोज अनुराग

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  माया छ भन्छ कोही पत्याउन नि गाह्रो

माया छ भन्छ कोही पत्याउन नि गाह्रो
सुम्पिन पनि गाह्रो हत्याउन नि गाह्रो

चुँडेर मालाबाट झारेको फूल भैँमा
उठाउन नि गाह्रो लत्याउन नि गाह्रो

जेसुकै बात गरुँ मन र उही जोडिन्छ
ठुस्क्याउन नि गाह्रो रत्याउन नि गाह्रो

ज्यादै नुनिलो भो कि सागर आँसु झर्दा
रित्याउन नि गाह्रो खत्याउन नि गाह्रो

उता सुराको प्याला यता यो चोखो मुटु
अत्याउन नि गाह्रो मत्याउन नि गाह्रो
लेखकःबिपुल सिजापति

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 मुटु लुट्नेका खातिर चोरी गर्थेँ म प्यारमा

मुटु लुट्नेका खातिर चोरी गर्थेँ म प्यारमा
गुँराँसको रंग चोरी भर्थेँ उनको निधारमा

सजिएर रातो रंगमा उनले चुरा बजाउँदा 
सुन्दर मै हुँ भन्ने कहाँ रह्यो औकात बहारमा

बिहानीको प्रहरमा मुस्कुराई हेर्छिन् उनी
अनि पो त अँध्यारोको घेरा खुल्छ संसारमा

राम्रो कुरा राम्रो हुन तुलना त हुनै पर्छ
भगवानले फूल र जुन किन रच्थे बेकारमा
लेखकःसबिन एकतारे

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 मुटुपिच्छे मायाको नि बेग्ला बेग्लै भाउ हुन्छ

मुटुपिच्छे मायाको नि बेग्ला बेग्लै भाउ हुन्छ
बाहिर खाटा देखिए नि भित्र दुख्ने घाउ हुन्छ
मझधारमै डुब्न सक्छ, मर्ने बाँच्ने ठेगान हुन्न
जसको साथमा एकै चोटि दुईवटा नाउ हुन्छ

पानी जस्तो तल तल बगी जाने हुन्छ माया
बग्दै जाँदा मायासँगै डुबी मर्ने दाउ हुन्छ

भन्दिन म तिमीमात्र, जिन्दगीमा भेटें मैले
दैव खोजी खोजी हिँड्दा, रगताम्य पाउ हुन्छ
लेखकःनीता केसी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 मुटुभित्र खत मेरो पनि छ

मुटुभित्र खत मेरो पनि छ
नमिठो विगत मेरो पनि छ

विरोधका लागि विरोध हैन
सहीमा सहमत मेरो पनि छ

किन? मलाई मन्दिरमा वर्जित
तिम्रोजस्तै रगत मेरो पनि छ

फगत बेकम्मा नसोच मलाई
जून छुने चाहत मेरो पनि छ

अहँ म कदापि पिउँदिनँ तर
जँड्याहाको सङ्गत मेरो पनि छ

लेख्दैमा आफूलाई ठूलो नठान
गजलमा लत मेरो पनि छ
लेखकःप्रदिप प्रखर पोखरेल

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   मेरो दुःख नाप्ने कुनै माना नभएर पो त

मेरो दुःख नाप्ने कुनै माना नभएर पो त
खाँदैछु म हजार चोट खाना नभएर पो त
भजन गाएँ लोरी गाएँ सुतेनन् ती भोका बच्चा
पेट भर्ने कुनै पनि गाना नभएर पो त

जून तारा हेर्दै सुत्छु सुखी नठान्नु है मलाई
त्यो त मेरो थोत्रो घरको छाना नभएर पो त

पेट अनि भोक दिने त्यस्तो अपराधीलाई
थुन्थें तर थुन्ने कुनै थाना नभएर पो त

मन्दिरमा छरिएका अन्न किन हेर्छ करुण
खानलाई घरमा एकै दाना नभएर पो त
लेखकःकरुण थापा

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 यही बाटो बग्दै थियो दुई धारा नुनिलो

यही बाटो बग्दै थियो दुई धारा नुनिलो
फुलिदियो मुस्कान यहीँ भएछ मन मलिलो

पाइलै पिच्छे आजभोलि ईश्वर मात्र भेटिन्छन
गोडाले नि रोजेको छ शायद बाटो गतिलो

ए फूल ! सँधै खुशी मात्रै कहाँ बाँड्यौ तिमीले ?
संगतमा तिम्रो परी काँडाहरू धारिलो

मेरो विश्वासमाथि टेकी अघि बढ्नु है साथी
माथि पुग्न दिएकोछु मैले आधार दरिलो

बेलगाम छु उर्लिन्छु म चुपचाप चुपचाप सुन्छ ऊ
अहो! यहाँ मौनता पो भयो अति चोटिलो
लेखकःसबिन एकतारे

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  या त यी मान्छेहरुको अजीब रहर हुनुपर्थ्यो

या त यी मान्छेहरुको अजीब रहर हुनुपर्थ्यो ।
या त अमृत नामको शिशीमा जहर हुनुपर्थ्यो ।।

किन उचनिच छन् मान्छेका सोचाइहरु
हैन भने जमिन पनि समथर हुनुपर्थ्यो ।।

फूलसँगै किसानको मुस्कान बेचिन्छ यहाँ,
नत्र त फूलहिन जिन्दगीको कदर हुनुपर्थ्यो ।

यदि यी कानूनहरु बनेका हुन् भने सबैलाई,
होचालाई घोचिरहने नजीरहरु बदर हुनुपर्थ्यो ।।

किन लेखिन्छ सधैं लासमाथि टेकेर इतिहास
बोली त यी लासहरुको पनि सदर हुनुपर्थ्यो ।।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 यादहरु बर्सिदिन्छन् म निथ्रुक्क रुझ्ने गर्छु

यादहरु बर्सिदिन्छन् म निथ्रुक्क रुझ्ने गर्छु 
जवानीका तस्बिरमा जब धुलो पुछ्ने गर्छु

सामु बसी हाँस्ने औकात मेरो आवरणमा छैन
चिनाजानका मान्छे आउँदा म खुसुक्क लुक्ने गर्छु

एउटा घर बनाएर परिवार थन्क्याएको
सपनीमा देख्छु अनि दिनभरि दुःख्ने गर्छु 

इच्छा पुरा नभई मर्ने छटपटीमा हुन्छन् हुन्नन्
यदाकदा चियो गर्न चिहानसम्म पुग्ने गर्छु

त्यो पुजारी कुनै दिन जाला मन्दिर यही बाटो
नत्र झर्दै अङ्कुराउँला म खप्तडमै फुल्ने गर्छु

लेखकःभरत पौडेल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 यो जमाना उल्टो रै’छ अत्तर भन्दै तेजाव बेच्छन

यो जमाना उल्टो रै’छ अत्तर भन्दै तेजाव बेच्छन ।
अचम्म छ मान्छेहरु काँडा चुमी गुलाव टेक्छन ॥

अब तिमी यत्ति धेरै दु:खी हुनु राम्रो हैन ,
यस्तै हुन्छन ब्यस्त मान्छे बोल्दैनन् न जवाफ लेख्छन ।

हाँसुँ रोउँ या रिसाउँ प्रेम-प्रसङ्ग जोडी हाल्छन,
अब मैँले दुधै पिउँ मित्रहरु सराव देख्छन ।

माया, शान्ति न सुरक्षा अँधेरो छ त्यो महलमा
आमा बिना बचेराले अझै के के अभाव झेल्छन !

पाठक सम्म भइनस् तँ तेरो औकात के ‘अनन्त’?
फर्की हेर त ! अचेल तेरा सबै साथी किताव लेख्छन ।
लेखकःअनन्त लम्साल 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  यो रगतको आहाल के को लागि हो?

यो रगतको आहाल के को लागि हो? 
आँगनीमा पर्खाल के को लागि हो?

पीठ खोज्दै तरवार हान्ने मित्र छन् 
सामु छातीमा ढाल के को लागि हो?

यो मुलुक हुत्याएर कैयौं युग पछि 
फेरि नौलो संजाल के को लागि हो?

राज्य सत्ता भत्ता तलब सब सुम्पियौं 
काढ्न छोडेनौ र्‍याल के को लागि हो?

खै कहाँ छन् ती युद्धका बन्दीहरू? 
गुम बनायौ कंकाल के को लागि हो?
लेखकःप्रमोद निषाद

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 योपल्ट पनि चोट लाईदिनू के भो त!

योपल्ट पनि चोट लाईदिनू के भो त!
तर पैले औषधि बताईदिनू के भो त!

(इ बेरो चोट लगादिअ कि भेले त
पन पले दवा सूझादिअ कि भेले त)

 सपनामा चैं खुब बोलुन् मान्छेहरू
विपनामा सातो उडाईदिनू के भो त!

(बोलेदिअ जे सब बोलैछे सपना में
विपना में बौका बनादिह कि भेले त)

 विषले विष काट्छ भन्छन् भन्नेहरू
दुई दुई पटक पिलाईदिनू के भो त!

(सुननेछिअ जहरके जहरे काटैछे
दु दु बेर पिलादिह कि भेले त)

 बढ्नै नदिनू, छोट्याईदिनू टुप्पाहरू
आफ्नोचैं जरा धसाईदिनू के भो त!

(बढेला कैकरो नैदिअ, काटदिअ
आपन जड धसादिह कि भेले त)

शयशय वटा, कलीयुगकै गर्नु काम
कुराचैं सतयुगको सुनाईदिनू के भो त!

(सौ सौटा कल्जुग के करू काम
बात सत्जुगके सुनादिह कि भेले त)

 गधालाई मान्छे बनाउनु भोट तान्न
नोट तान्न उल्टो बनाईदिनू के भो त!

(गधौके आदमी बनाके भोट लिह
नोट लिह त उल्टा क्यादिह कि भेले त)

 हामी चिहान भए नलिनू पिर कुनै
खनेर काम चलाईदिनू के भो त!

(कोनो चिन्ता नै करु हमरा चिहानके
खोदके काम चलालिह कि भेले त)
लेखकःराजन कार्की

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  रहन्न काँडा भने कहाँ त्याे गुलाब जस्तै गुलाब भेट्छाै

रहन्न काँडा भने कहाँ त्याे गुलाब जस्तै गुलाब भेट्छाै
बदल्न खाेज्छाै भने मलाई अझै तिमीले खराब भेट्छाै

छ प्यारकाे सभ्यता शहरमा प्रमाण खाेज्छाै भने तिमीले
नियाल हरचाेक चाेकका ती पसलहरूमा तेजाब भेट्छाै

मरेर जाँदा के लान्छ मान्छे जवाफ याे प्रश्नकाे नखाेज्नू
देखिन्छ रित्ताे कफन तथापि गने मलामी हिसाब भेट्छाै

यदी कुनैपल म नै हुँ इश्वर भनेर इश्वर स्वयं प्रकट हाेस्हुँ
दैन इश्वर फगत तिमीले बुवा मुमाकाे नकाब भेट्छाै 
लेखकःबिजय योजित

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  रित्तो घडा छ सायद आवाज चर्को आयो 

रित्तो घडा छ सायद आवाज चर्को आयो 
"मान्छे रहेन मान्छे"- चट्टानले सुनायो

हर युद्धका घडीमा घायल भएन कोही 
यस्तो अचम्म सुन्दा मुर्दा नि मुस्कुरायो 

कर्तव्य निष्ठताको दृष्टान्त यत्ति हेर्नू,
फर्केर घाम दिन दिन आकाशमा उदायो

मनमा कपट लुकाई बुझ्नै सकेन जसले,
नि:शर्त नेत्र खोल्दा के रैछ चाल पायो 

कस्तो विचार गर्ला आकाशले मलाई ?
उसको विशाल छाती साट्ने रहर पलायो 

लेखकःविनोद परिवर्तित 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  रुनै पनि केको हतार पर्ख एकैछिन 

रुनै पनि केको हतार पर्ख एकैछिन
भेटिन्छ कि हाँस्ने आधार पर्ख एकैछिन

कौडीमै के बिक्नु र यार बिक्नै परेपछि
खुलेको छ भर्खर बजार पर्ख एकैछिन

मसाल न हो लुटिएको घाम लुट्छ कसले ?
मेटिनेछ यो अन्धकार पर्ख एकैछिन

आगो न हो के भरोसा फेरि धोका नहोस्
जाँच्दै छु म हरेक अङ्गार पर्ख एकैछिन 

कोठीजस्तै बाँझो कहाँ, यार मेरो गजल
रोपेको छु फल्छ विचार पर्ख एकैछिन

धुरीसम्मै पुग्यो धुआँ भन्छ घरमूली
खन्दै छु म अझै इनार पर्ख एकैछिन
लेखकःनारायण गाउँले

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 लालि चढेछ देशमा रगतको काम आयो ।

लालि चढेछ देशमा रगतको काम आयो ।
माटो तिलक लगाएँ जन्मेको दाम आयो ।।

न त हाजि नै हुनुछ तिर्थालु बन्नु छैन ।
पाएमा ढोग्न देशलाई मेरो सुधाम आयो ।।

देखेमा दैवी मानिस सादा मुटु बोकेका ।
छाती फुकाइ कहनु नेपाली गाम आयो ।।

सौन्दर्य मेरो देशको अझै उज्यालो पार्न । 
हाँसेर जून आइन्, मुस्काइ घाम आयो ।।

मन्दिरको घण्ट बज्दा आयात गुन्गुनाई ।
आजानमा हाँसेर अल्लाहको राम आयो ।।
लेखकःबिपुल सिजापति

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  लुकाएको खत जब क्षत बिक्षत हुन्छ

लुकाएको खत जब क्षत बिक्षत हुन्छ

थाहा हुन्छ को कोसित मेरो संगत हुन्छ

प्रतिस्पर्धा गर्ने बानी नभएर मेरो
अन्तिम भएँ भन्दा पनि कुरा गलत हुन्छ

मेरो ईज्जत बढाउने कोशिश गर्दैछौ
तिम्रो, मेरै कारणले  बेईज्जत हुन्छ

नजरबाट झार्न सक्यौ सजिलै मलाई
दुई थोपा ऑसुमा नि कति ताकत हुन्छ !

तिम्रो खेल्ने धीतलाई मार्न चाहन्छु म  
पुतली म बनें भनें केही मद्दत हुन्छ ?
लेखकःमबि सिंह

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  वसन्तले बगैचालाई पत्र कोर्यो पातमा

वसन्तले बगैचालाई पत्र कोर्यो पातमा
कोइलीले मीठो स्वर थपिदियो साथमा

ईन्द्रेणीले वादलको घुम्टो झिके पछि
शीत पग्ल्यो  बिहानको हात पाई हातमा

वैशाखको उमेरमा रंग थपिएझैं
मौसमले जादु घोल्यो मनचोर्ने वातमा

डुव्दो घामको  किरणले सिंदुर छरिगयो
वैंश फक्रयो फूलसंगै जूनलाग्ने रातमा
लेखकःभारती गौतम 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  संगै बाचौँला संगै मरौँला अर्को जुनीमा

संगै बाचौँला संगै मरौँला अर्को जुनीमा 
प्रिय तिम्रो सिउँदो भरौँला अर्को जुनीमा

यो जुनीमा तिम्रो बन्नेँ चाह अधुरै भो 
झनै तिम्लाई माया गरौँला अर्को जुनीमा

तिमीलाई मन नपरेको म नराम्रो मान्छे 
अवश्य म मन परौँला अर्को जुनीमा

यो जुनि यस्तो भो आकाश धर्ती बाँचौं 
जंघार पिरतीका तरौंला अर्को जुनिमा

लेखकःराजेश खतिवडा  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  सक्छौ भने मायाको शंखनाद गरिदिनु

सक्छौ भने मायाको शंखनाद गरिदिनु ।
सक्दैनौ त मेरो मुटु आजाद गरिदिनु ॥

तिमी मेरी हुनै पर्छ भन्ने केहि छैन
अलिकती माया दिनु र याद गरिदिनु ।

सम्झनामा आज पनि छताछुल्ल भएँ
यसै गरी नयन सधैँ आवाद गरिदिनु ।

फूल र जूनले सेखी गर्दा म सम्झन्छु तिमी
सोच्दै हाँस्छु ब्यर्थै किन बिबाद गरिदिनु 
लेखकःअनन्त लम्साल 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 सपना देख्ने मान्छे हुँ डराएको छु

सपना देख्ने मान्छे हुँ डराएको छु
आँखा खोली बिपनामा बर्बराएको छु

हाम्रैलागि रोपिएका हुन् पुष्पबृक्ष
पोल्टो थाप न हाँगा हल्लाएको छु

पटकपटक पहाड फोडि पानी निकालें
बल्ल आज गाग्रो साथी बनाएको छु

मान्छे नै मान्छे माझ शेर सुनाएँ
ताली पाएको छु गाली खाएको छु।

मलाईपनि कहिले मरौं भएको छ
र त शहिदलाई अघि लाएको छु
लेखकःराजन कार्की

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   सपनामा पनि विपनामा पनि

सपनामा पनि विपनामा पनि 
उनकै तस्बिर आउँछ आँखामा पनि

जोगी आइरहन्छन् जोगी गइरहन्छन्
ताला लागेको घरको ढोकामा पनि

एउटा कथा र एउटा इतिहास
नानीहरुको लागि अब जामा पनि

बा गजल लेख्न सिकाउनुहुन्छ
सिकाउन सिपालु छिन् आमा पनि 
लेखकःबाबु त्रिपाठी