गजल

गजल
कृष्ण कला वनेम

 ईवा सिरान, ह्वाकु छेउमा, रातभरी चल्यो गोली
बुढी आमा, रुदा रुदा, भिज्यो गुन्यू चोली
आकाश पताल, चारतिरको, आक्रमण थ्यो बरै
करुण स्वरमा, सुने एउटा, आमा भन्ने बोली

रुझ्दै थियो, आकाश पनि, अंधेरी त्यो रातमा
खोला खोल्सा, भरी सबै, बग्यो रगत खोली
भन्थे सँधै, बन्दुक हैन, कलमले युद्द गर
आज आफ्नै हातले, बोक्नु पर्यो सेतो डोली
एउटै देशको, दाजु भाईले, पारे चोक्टा लाम्टा
क्रिया गर्न, शोक मनाउँन, पाईन कपाल छोडी

गजल -
सावारा योङ्हाङ लिम्बु
कठैछैन संसारमा च्म्किने तारा मेरो ।
परेलिमा छेकिन्न आशुका धारा मेरो । ।

तृकाल दर्शी खुशीहरु अ्मरहोस भन्थे ।
दैबले नि सुनेन बियोगिको नारा मेरो । ।

अतितको गाथाहरु बल्झेर दुखे पछी ।
स्पर्समा भेट्न खोज्छु उनि सारा मेरो । ।

यथार्थमा पाउदिन उ त स्वार्ग गैसकी । ।
तसर्थ मदहोसमा झस्किने पारा मेरो । ।

कठैछैन संसारमा चम्किने तारा मेरो ।
परेलिमा छेकिन्न आशुका धारा मेरो

पाँचथर नगी ५

गजल - बसन्तमोहन अधिकारी
मोतीका दाना यो छाती भरी झरेको सम्झन्छु
नौटङ्की रैछ मायाको रुप सरेको सम्झन्छु

देखाई आँशु छुपाई रुप पासोमा पारेछन्
भरेर झोला रुवाई भुरा तरेको सम्झन्छु
सावीत्री सत्य गर्थीन हत्ते धनको आशमा
देखाई दुःख लुटेर सुख भरेको सम्झन्छु

दुनियाँ माझँ समाई हात साथमा हिडाएँ
टुहुरा भनी माया र सेवा गरेको सम्झन्छु

देखाई झुट लुकाई सत्य यो कस्तो हाँसो हो
यो सबै देख्दा मानव आत्मा मरेको सम्झन्छु

चितवन

बसन्तमोहन अधिकारी - गजल
डीनरको स्वादलिदा लाली चढ्यो हरमा हजुर
प्रिय डिस्को डान्सतिर छोरो रोयो घरमा हजुर
 तिमीले गर्दा सबै छुटे संगी फुटे मलाई नछेक
नाता हाम्रो लोग्ने स्वास्नी कायम छ दरमा हजुर
नेपालको महिला कानुन बनाउने आफै जानुन
नेपालमा आजभोली रुवावासी वरमा हजुर
 होटलमा केटाच्यापी भोलीपल्ट घरमा आउछिन्
भन्न पनि लाजमर्दो बाँच्नु कसको भरमा हजुरअंश लिनु अधिकार, स्वतन्त्रता महिला कानुन
अरुलाई पोसाएर नाच्छिन् मेरै थरमा हजुर