नजन्मिएपछी यहाँ बुद्ध ,नखोज्नु है मलाई ,नेपाल यो कति राम्रो ,ठोकिन पुगे Iआज किन किन

नजन्मिएपछी यहाँ बुद्ध

नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
रगर्तैमा हात हजुर नचोप्ने को छ र?
दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।

भजन गाउनुपर्ने हो अझै क- कसको?
Aउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।

कलमैको अब अन्तिम लडाईँ साथी,
बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरि।

नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
Suresh ‘Jyotipunja'
 नखोज्नु है मलाई
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु

नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु

नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
सागर बोहरा
महेंन्द्रनगर, नेपाल @ कंचनपुर
 
नेपाल यो कति राम्रो
नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ
पुर्वदेखी पश्चिमसम्म सस्कृतिको खानी
नेपालको सस्कृति यो हेरीरहु लाग्छ
सगरमाथा नेपालैमा, बुद्द यहि जन्मे
सर्वोच्च यो सगरमारथा हेरीरहु लाग्छ
जल सम्पदामा नेपाल विश्वमै छ दोस्रो
नेपालका खोला नाला हेरीरहु लाग्छ
 
 
ठोकिन पुगे I
समाज सग अयोग्य भै ठोकिन पुगे I
रिसको आवेगमा आँफै सग झोकिन्न पुगे II
 
जिबन जिउनु को औचित्य नै रहेन I
आफू आफू सगै एक्नास सग ठोक्किन पुगे II
 
मन भरी का चाहना अभिलाषा सगै I
होड बाजी मा अघी सर्ने म आँफै पहिला रोकिन पुगे II
 
मुग्लानिएर जवानी दासता मा ब्यतित हुँदा I
समय को पावन्दी मा आफ्फै ठोकिन पुगे II
 


आज किन किन

आज किन किन मुटु दुखे दुखे जस्तो लाग्यो
बेदनाका गाँठाहरु फुके फुके जस्तो लाग्यो ।

के भूल भयो, सर्वस्व सुम्पेकै त थ्ये
तिम्लाई बुझ्न थोरै मात्र चुके चुके जस्तो लाग्यो ।

धेरै गरे जस्तो लाग्थ्यो कुराहरु त साटासाट
अझ पनि भित्र केही लुके लुके जस्तो लाग्यो ।

हरियाली यो संसारमा कुन बैरी ले आँखा लायो
प्रित छर्ने मुहान आज सुके सुके जस्तो लाग्यो

by विकाश सापकोटा