गजल, जीतु खड्का गाउले, हजज मुसम्मन अस्तर, सूर्य 'प्रबिबेक दुलाल क्षेत्री कास' भुसाल, ,पनि टारिदिन्छु म त ,सूर्य चेम्जोङ,कोमल भट्ट,

नखोज तिमीले असल भेट्दैनौ यहाँ
म जस्तो लाचार निर्बल भेट्दैनौ यहाँ
लघु र गुरु पो हेरिन्छ अचेल मेरो
नखोज सृर्जना गजल भेट्दैनौ यहाँ
के खोज्छौ सुकिला मुकिला धुलोमा तिमी
हिलोमा फूल्ने त्यो कमल भेट्दैनौ यहाँ
बसन्त बाहर आए पो फुल्दछ फूल
सुगन्ध सुभाष हरपल भेट्दैनौ यहाँ
बिदेशी संस्कार बोकेर रमाउ तिमी
नखोज 'गाँउले' मादल भेट्दैनौ यहाँ
जीतु खड्का गाउले
मोरङ उर्लाबारी

को दिन्छ जवाफ सबाल मात्र देख्छु म
सबैको आँखामा आहाल मात्र देख्छु म
किसानको छोरा ऊ थाकेन जोतेर हलो
उसैको घरमा अनिकाल मात्र देख्छु म
जलेरै खरानी हुने भो यो गाउँ बस्ती
सबैको हातमा मसाल मात्र देख्छु म
देखेर सपना झस्कन्छु हर रातमा
टुक्रदै गरेको नेपाल मात्र देख्छु म
मौलाउदै गरेको खेती भो गजल यहाँ
सिकाउने गुरुकै संजाल मात्र देख्छु म
जीतु खड्का गाउले
मोरङ उर्लाबारी


भावना छ लेख्दै जाँदा गजल भयो भन्छन्
आजभोलि यस्तै लेख्दा सफल भयो भन्छन्
फूल झैं छ मेरो आत्मा सुवास लियौ धेरै
पग्लिएछ ढुंगा कस्तो तरल भयो भन्छन्
लान दिन्न मन यो चोरी सुटुक्क यो भन्थें
प्रिय बस्छ दिलमा सँधै महल भयो भन्छन्
सम्झ जे छु तिम्रै हात हो दियौ मिठो माया
फालिएँ हिलोमा के भो कमल भयो भन्छन्
किन्नु बेच्नु 'घायल' मान्छे सँधै दियौ पीडा
दुख्छ मन नबुझ्ने मान्छे पसल भयो भन्छन्
हजज मुसम्मन अस्तर
फाइलुन् मफाईलुन् x २

किन गज़ल लेख्नु पर्यो सारिदिन्छु म त
सही नाम र ठेगानालाई मारिदिन्छु म त
थाहा नभे आफ्नै हुन्छ पाए ठिक्क पार्दै
गोहीका झैँ स्वार्थी आँसु झारिदिन्छु म त
बधाई र प्रशंशा ले भरिएलान भित्तो
यथार्थलाई बैतरणी तारिदिन्छु म त
गज़लकार भएँ भन्दै साथी संगातीलाई
धाक धक्कुसँगै मख्ख पारिदिन्छु म त
किन गर्यौ बेइमानी, जाल र झेल भन्दै
सोधी हाले भने पनि टारिदिन्छु म त
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका


यसो हेर्दा हलक्क बढेको हुनु पर्छ
दुई चार अक्षर पढेको हुनु पर्छ
धेरै पो गम्भीर प्रकृतिको रहेछ ऊ
उदेश्यको पहाड चढेको हुनु पर्छ
शरीरका अंगका दास होइन भन्छ
गरीबीले यौवन डढेको हुनु पर्छ
बाटो छेउमा चिया पसल खोल्यो
उस्ले जिउने व्यवसाय धढेको हुनु पर्छ
अरूलाई त मनको आखाले हेर्छ रे
सुख दुख सबै नै गढेको हुनु पर्छ


तिम्लाई सम्झी नरोएको, कुनै दिन छैन
तिम्रो साथमा बिताएको, कुनै छिन छैन
नभेटेरै टाढा हुने, कस्तो भाग्य मेरो
दियौ मुटु फिर्ता लग्यौ, कुनै रिन छैन
सोचेको थेँ गुलाब सम्झी, अंगाल्नेछ्यौ मलाई
फ्याकीदियौ फुटपाथमा, कुनै घिन छैन
साहस गरी पाइला चाले, एक्लै जिउछु भनी
जता टेके काडै भेटे, कुनै जमीन छैन
सबै भन्छन हिजो आज, कस्तो पागलप्रेमी सूर्य
न त भोक न त प्यास, कुनै चैन छैन
सूर्य 'प्रकास' भुसाल
गैडाकोट-६ नवलपरासी

गुलाबको फूल लिई थमाएको याद गर
उकालोमा यिनै हात समाएको याद गर
एकै छिन साथ छुट्दा तड्पिएर रोई रोई
परेलीमा आँशुहरू जमाएको याद गर
चढ्दै जाँदा मातहरू सुनसान अँधेरीमा
दुई मुटु एक भई रमाएको याद गर
अरु सबै भुले पनि आफैँलाई बेची बेची
तिम्रो लागि पर्देशमा कमाएको याद गर