Deepak Gautamko Muktak Sanggraha "Bisanggat Bartaman " दीपक गौतमको मुक्तक सङ्ग्रह बिसङ्गत बर्तमान

Deepak Gautamko Muktak Sanggraha


Walk into Makwanpur’s literary scene, and one name resonates strongly: Deepak Gautam. Born on 14 Ashar 2043 B.S. in Bakaiya-4, Makwanpur, to parents Mata-Durga and Balram Gautam, Deepak is a steadfast presence in Nepali literature for nearly two decades.

Early Life & Education

Deepak grew up in a world that balanced schoolwork with poems and stories whispered at home. His school teachers—Ramesh Mohan Adhikari, Uddhav Sapkota, Janardhan Khanal, and others—watched him weave life’s everyday scenes into words. His surroundings in Chativan, the supportive community of Jharana Literary Family, and his own life experiences became the fuel for his writing.

He took his passion a step further and completed his Master’s degree in Nepali, diving deep into his mother tongue with academic rigor.

The Spark of Literary Career

Deepak’s literary journey officially began in 2056 B.S., when his poem appeared in the monthly Sunkesra. That spark caught fire. He didn’t just write—he inspired. He became a literary trainer and motivator for students and fellow writers alike.

As Chairperson of the Jharana Literary Family, he led the group into creative vibrancy. Under his leadership, the institution launched the “Creative New Generation Campaign”, an initiative that ignited fresh literary energy. A highlight? Jharana won the Hemraj Pahari Memorial Literary Award, including a cash prize of NPR 100,000—an acknowledgment of how far they’d come under Deepak’s guidance.

Publications & Literary Styles

In Chaitra 2077 B.S., he published his first solo work, Bisangat Bartaaman, a slim but stirring collection of 151 muktaks, published by Jharana. Clocking in at just 92 pages, this book—with ISBN 9789937081764—is priced at NPR 200 for individuals and NPR 500 for institutions  .

These muktaks reflect his soul: progressive, socially aware, and deeply rooted in national consciousness. In his verses, you’ll find a tapestry of themes—from the pain of a broken nation, loss of identity and political decay, to social inequality, youth disillusionment, and the suffering of farmers and laborers. He doesn’t spare the dark truths: from sexual violence and corruption to border disputes and the erosion of citizenship.

There’s grit and grace in his words. At times biting with satire, other times pleading with empathy. Here’s a sample muktak:

“If everyone bore virtues,
If labor made everyone powerful,
Why must we always wear the sky?
Wouldn't God be one who shares the pains of the worker?”

Another one:

“On whose claim is Lipulekh? Who owns Kalapani?
Our chest burns to defend our land—who owns it?
As neighbors shift the border pillars,
The government sits counting profits.”

These lines move you—prompting reflection, anger, hope. His writing isn’t just art; it’s activism—filled with tragedy but firmly rooted in belief that “a country is built when people awaken.”

Roles & Contributions

Deepak’s commitment extends beyond the pages. He has held key roles in literary circles—former President of Gajal Manch Makwanpur, former Vice-President of Prares Makwanpur, and Patron of Navsarjak Sahityik Chautari Nepal. From 2064 B.S. onward, he hosted literary programs on Hetauda FM for two years—bringing poetry and stories to airwaves.

He writes across genres: haiku, muktak, ghazal, poem, short story, drama, essay, and criticism. He’s edited publications like NavapallavShubhprabhatGajal Yatra, and Jharana. Awards and honors from Matribhumi Sahitya Samaj in 2062 B.S., Shaheed Smarak in 2066 B.S., and other local institutions have recognized his literary excellence.

Themes & Thought

What drives Deepak? His roots in Bakaiya, his teachers, his community, and a world in flux. The undercurrents of today—political woes, hopes of a brighter society, and the everyday struggles of ordinary people—find their way into everything he writes. He brings a wide lens—from nature to spirituality, from despair to longing.

Bisangat Bartaaman may be short, but its language packs powerful punches. It insists that change demands more than new laws; it needs empathy, awareness, and voices that demand justice. He writes:

“Justice can't be bought—yet those who suffer await it, unheard, while the system turns blind.”

His book doesn’t shy away from the harsh realities—but neither does it let despair win. His call is simple: awaken, understand, act.

Strengths & Critiques

Deepak’s strength lies in his direct, evocative language and the breadth of issues he tackles—from earth’s highest peaks to the lowest depths of suffering. His words stir the reader to think, feel, and stand up.

At the same time, some critics note repetition of themes and ideas. A few muktaks echo the same sentiments—multiple versions of borders, injustice, and hope. Some may also see imprecision in symbolism and brevity—essential to muktaks but sometimes overplayed. Yet, even these critiques affirm the significance of his work in Nepali muktak tradition.

Looking Ahead

Deepak is more than just a writer—he’s a literary catalyst in Makwanpur. With a strong debut and a growing body of work underway—a ghazal collection and a lyrical long poem still in manuscript—you can expect his voice to grow even stronger. We can only hope his future writings stay as sharp, heartfelt, and impactful.

To wrap up: Deepak Gautam is a driven literary artist—from Bakaiya’s soil to Nepal’s literary stage, he brings stories, questions, and hope. His journey shows us how a small book of poems can echo across generations, urging us to wake up, care, and build together.


1

भोकाहरूका लागि म गाँस बनी बाँच्न सकूँ
नाङ्गाहरूका लागि म कपास बनी बाँच्न सकूँ
आफ्नै मात्र महल रच्ने चाह छैन जिन्दगीमा
बेघरबारका लागि म आवास बनी बाँच्न सकूँ ।

 2

 एउटा रुँदा चोट लागी अर्को हाँस्छ मान्छे
एउटा मर्दा अभावले अर्को नाच्छ मान्छे
अस्तित्व नै धरापमा पर्दै छ र हो कि !
मान्छेभित्रै बुख्याँचापन किन बाँच्छ मान्छे ?

  3

हिमाल सोध्छ– मेरो उचाइ कसले ढलाउँदै छ ?
पहाड सोध्छ– मेरो पाखो कसले जलाउँदै छ ?
अपमानको घुट्का मैलाई किन ? सोध्छ तराई
भन सरकार यो देश मेरो कसले चलाउँदै छ ?

 4

 लिपुलेक कसको भन ? कालापानी कसको ?
वैरीसँग लड्ने प्यारो नालापानी कसको ?
छिमेकीले जङ्गेपिल्लर वारि सारिसक्दा
हिसाब गर्दै बस्छ सरकार लाभहानि कसको ?

  5

झरनाको पानीजस्तै जीवन भइदिए
स्निग्ध र निर्मल अनि कञ्चन भइदिए
यो सिङ्गो संसार अझै कस्तो हुन्थ्यो होला ?
मान्छेभित्र मान्छेको झैँ मन भइदिए ।

 6

उडूँ लाग्छ उन्मुक्त भई पन्छी बनेर
रचूँ लाग्छ जीवनगाथा कवि बनेर
कञ्चन बग्ने नदी देख्दा यस्तो सोच्छ मनले–
मेटूँ तिर्खा तिर्खालुको पानी बनेर ।

  7

हिजोआज मान्छे किन यति भ्रष्ट छ ?
मान्छेबाटै मान्छे किन यति त्रस्त छ ?
समयले अन्तरिक्ष उडान भरिसक्यो
 हाम्रो समाज अझै पनि रूढिग्रस्त छ ।

  8

कतिपय नाङ्गिनुमा जीवन देख्छन् आजभोलि
कतिपय बाङ्गिनुमा जीवन देख्छन् आजभोलि
किन यतिबिघ्न स्वार्थी भएका हुन् मान्छेहरू
आफैँमात्र झाङ्गिनुमा जीवन देख्छन् आजभोलि 


9

 आत्मीय मित्रले पनि घात गर्न सक्छ
विश्वासिला मीठामीठा बात गर्न सक्छ
सँगै हुँदा रक्षक हुँ म भन्छ जसले सधैँ
पछिल्तिर उही लामो हात गर्न सक्छ ।

10

 उस्तै छ गाउँ, उस्तै हाम्रो भन्ज्याङ, बन्ने कहिलेसम्म ?
बाली लुट्ने लुटेराको ड्याङ बन्ने कहिलेसम्म ?
सिनो लुछ्ने गिद्धलाई भण्डार प्रवेश गराउन
तपाईँ–हामी केवल यिनको भ¥याङ बन्ने कहिलेसम्म ?

11

यसरी कमाएको छ, त्यसरी कमाएको छ
मान्छेले सम्पत्ति जसरी कमाएको छ
महलको उचाइमात्र नाप्ने यो समाजले
खोज्दैन किन कसरी कमाएको छ ?

12

 कोसी, महाकाली अनि गण्डकी परेको छ
जे–जति छ, छिमेकीको बन्धकी परेको छ
किन मौन छन् यो देशका ठेकेदारहरू वर्षौँदेखि
छिमेकीकै दानापानी पक्कापक्की परेको छ ।

13

मधेश जिन्दावाद, कोही हिमाल जिन्दावाद
पहाड आफ्नै फैलावटमा विशाल जिन्दावाद
सबै आफ्नै तालमा डम्फू बजाउँदै गर्दा
हराउँछ कि कतै यहाँ नेपाल जिन्दावाद !

14

प्रलोभन र धम्कीमा बिक्न सकिएन
बनावटी बोली कैल्यै झिक्न सकिएन
स्वाभिमानले जिउन खोजेँ स्वार्थी दुनियाँमा
त्यसैकारण कहीँ–कतै टिक्न सकिएन ।

15

उसले अन्याय सहेन, त्यसकारण दुःख पायो
बहावसँगै बहेन, त्यसकारण दुःख पायो
छलकपट, स्वार्थमुक्त जीवन बाँच्छु भन्दा
 समय त्यस्तो रहेन, त्यसकारण दुःख पायो ।

16

कति जना हुनुहुन्छ नातावादको विपक्षमा ?
सुशासनलाई भाँजो हाल्ने कृपावादको विपक्षमा ?
आफ्नै दुनो सोझ्याउनेको जमात देख्छु चारैतिर
कमै देख्छु सत्ताशक्ति–उन्मादको विपक्षमा ।


17

 एक युग बाँचूँ, सार्वकालिक बन्नु छैन
मजदुरलाई शोषण गरी मालिक बन्नु छैन
मान्छे बनी बाँच्न सकूँ केवल असल मान्छे
निर्जीव, निर्वाक् सडकको सालिक बन्नु छैन ।

18

 कोही सिरक नपाएर खोलको खोजीमा छन्
कोही बिरामी भई सिटामोलको खोजीमा छन्
काला धन्धा गरी महल ठडाउन खोज्नेहरू
सधैँभरि अन्योल र भद्रगोलको खोजीमा छन् ।

19

दुष्टहरू जुटिरा’छन्, हेर्नेहरू हेरिरा’छन्
निर्धालाई नै कुटिरा’छन्, हेर्नेहरू हेरिरा’छन्
तैँ चुप, मै चुप छ समाज, बोल्ने आवाज मत्थर छ
लुट्नेहरू लुटिरा’छन्, हेर्नेहरू हेरिरा’छन् ।

20

 भोकै बस्छन् हाड–मासुका आगो जोर्नेहरू
नाङ्गै बस्छन् अजङ्गका पहाड फोर्नेहरू
अरबौँका भ्रष्टहरू सानले बाँचिरहँदा
सुली चढ्छन् आज यहाँ चप्पल चोर्नेहरू ।

21

शिक्षानीति बनाउँछन् ती व्यापारीहरू
महिलानीति बनाउँछन् बलात्कारीहरू
नारामात्रै बन्छ देशमा केवल सुशासनको
जहिलेसम्म सत्ता हाँक्छन् भ्रष्टाचारीहरू ।

22

हरेक मान्छे दुनियाँलाई प्रेरक बन्न सके
जिन्दगीको उकालीमा अथक् बन्न सके
पहिचान उसको बल्ल अलग हुन सक्छ
सङ्घर्षले जीवनगाथा रोचक बन्न सके ।

23

मधुमास भयो जीवन तिमी आएदेखि
आसैआस भयो जीवन तिमी आएदेखि
बर्खे झरीपछिको मुस्कुराउँदै खुल्ने
खुला आकाश भयो जीवन तिमी आएदेखि ।

24

समाजको रीति अब परिवर्तन हुनुपर्छ
विभेदको थिति अब परिवर्तन हुनुपर्छ
साँच्चै देशको सुन्दर चित्र कोर्ने नै हो भने
दूषित राजनीति अब परिवर्तन हुनुपर्छ ।


25

 बहसमा त कडा बोल्छन् हाम्रा बुद्धिजीवीहरू
झिँगाले झैँ मनपेट खोल्छन् हाम्रा बुद्धिजीवीहरू
नेतृत्वको आलोचना गर्छन् चोक–चौतारामा
आखिर तिनकै पाउ मोल्छन् हाम्रा बुद्धिजीवीहरू ।

26

 निर्वाक् ती ओठहरूलाई बोल्न सिकाउनु छ
मनका सारा पीडा–व्यथा खोल्न सिकाउनु छ
प्रपञ्च ती जति हुन्छन् निमुखाका विरुद्धमा
एक–एक गर्दै पालैपालो बिथोल्न सिकाउनु छ ।

27

छाउहरू उठ्नुपर्छ, झुमाहरू उठ्नुपर्छ
निर्मला, पूजा अनि उमाहरू उठ्नुपर्छ
पितृसत्ता हटाएर समसत्ता खोजी गर्न
आधा आकाश ढाक्ने गुरुमाहरू उठ्नुपर्छ ।

28

मालिक ! मेरो आधा पेट आखिर कहिलेसम्म ?
म पैदल छु हजुर जेट, आखिर कहिलेसम्म ?
कसिँदै पो गएका छन् विद्रोहका मुठीहरू
मध्यरातमा दर्शनभेट आखिर कहिलेसम्म ?

29

आफ्नो बारे मात्रै मलाई गम्ने फुर्सद छँदै छैन
अँध्यारोको खेलाडी भई रम्ने फुर्सद छँदै छैन
नदीजस्तै गतिशील बनी बग्न चाहन्छु म
तलाउको पानीजस्तै जम्ने फुर्सद छँदै छैन ।

30

हरेक साल प्रकोपको क्षति फेरिएन
विकास र निर्माणको गति फेरिएन
अनेक थरी नामका तन्त्र जे–जे आए पनि
नेतृत्वको बिग्रिएको मति फेरिएन ।

31

सेतो जति बाँकी राखी कालो फेर्नुप¥यो अब
कालैकालो पोतिएको टालो फेर्नुप¥यो अब
समृद्धिको सपनामा सधैँ भाँजो हालिरहने
भ्रष्टाचारले जेलिएको जालो फेर्नुप¥यो अब ।

32

हरेक क्षण, हरेक पल विश्वासघातमात्रै गर्छ
सानातिना खुसी पनि खोस्न लामो हात गर्छ
झुपडीले के नै त्यस्तो बिगारेको छ र आखिर
महल सधैँ झुप्रामाथि यस्तो बज्रपात गर्छ ?


33

 अपमानित हुन्छन् सधैँ श्रम गर्नेहरू
सम्मानित हुन्छन् यहाँ भ्रम छर्नेहरू
जयगान गर्छ समाज ओठे देशभक्तिको
गुमनाम हुन्छन् देशनिम्ति हाँस्दै मर्नेहरू ।

34

 खर्च गर्न दुई–चार करोड धन भए पुग्छ
सोझासाझा तर्साउन ‘गन’ भए पुग्छ
राजनीति गर्न यहाँ विचार चाहिँदैन
वरिपरि चुल्ठे–मुन्द्रे ‘डन’ भए पुग्छ 

35

मनभित्रको घाउ अझ गहिरो भएपछि
झुपडीकै माथिल्तिर पहिरो भएपछि
गरिबको चित्कार यहाँ कसले सुन्छ हजुर
सुन्नुपर्ने सरकार नै बहिरो भएपछि ।

36

बाटो हाम्रै अप्ठ्यारो आखिर कतिन्जेल ?
परदेश नै छ प्यारो आखिर कतिन्जेल ?
हाम्रै श्रमले पराईघरमा झलमल्ल बत्ती बल्दा
आफ्नै घरचाहिँ अँध्यारो आखिर कतिन्जेल ?

37

सयौँ थुँगा फूलको सुन्दर माला मेरो देश
हिमाल, पहाड, तराई, नदीनाला मेरो देश
सम्भावनै सम्भावना हुँदाहुँदै पनि
चटकेको भयो प्रयोगशाला मेरो देश ।

38

अत्याचार नभएको एउटा ठाउँ देखाउनुहोस्
दुराचार नभएको एउटा ठाउँ देखाउनुहोस्
जतिसुकै सुशासनका मन्त्र जपोस् सरकारले
भ्रष्टाचार नभएको एउटा ठाउँ देखाउनुहोस् ।

39

सन्त्रस्त छन् मेचीकाली व्यभिचारीहरूबाट
काम होइन केवल गफका ठूला भारीहरूबाट
दिनदिनै भड्खालोमा जाकिँदै छ छ देश आज
आशा गर्नु व्यर्थ छ यी धुन्धुकारीहरूबाट

40

उम्रिएन फसल केवल यन्त्रमात्र फेरी यहाँ
पाइएन सुखशान्ति मन्त्रमात्र फेरी यहाँ
झुप्राहरू भोकमरीले टाक्सिँदै छन् अझै पनि
के भयो खै केवल नामको तन्त्रमात्र फेरी यहाँ ?


41

उचाल्नेहरू छन् यहाँ, पछार्नेहरू छन्
बनाउनेभन्दा बढी यहाँ बिगार्नेहरू छन्
तपाईँ जति कल्पवृक्ष रोप्नुस् बस्तीभरि
बोटैपिच्छे ऐँजेरु उमार्नेहरू छन् ।

42

 हरेकमा किन उत्तम विचार भेटिँदैन ?
विचार हुनेसँग पनि व्यवहार भेटिँदैन
विचार र व्यवहारको तालमेल नमिलेमा
मझधारमै हुन्छ मान्छे किनार भेटिँदैन ।

43

सारा जीवन आफ्नै देशमा बाँच्ने चाहना छ
मादलुको तालमा कम्मर भाँच्ने चाहना छ
चाहिँदैन तिम्रो स्वर्ग तिमीसँगै राखे हुन्छ
आफ्नै रोदीघरमा मलाई नाच्ने चाहना छ ।

44

 डाँडामाथि डुब्नै लाग्या घाम देख्छु जब
तिनै घामले सधैँ गर्ने काम देख्छु जब
भावुक हुन्छु कामकै खोजमा खाडीतिर उड्ने
 लाखौँलाख ती जवानको लाम देख्छु जब ।

45

हीरा फल्न सक्छ यहाँ, मोती फल्न सक्छ
लागिरहे पत्थरको त्यो पहाड गल्न सक्छ
सबै मिली पसिनाको खेती थाल्यौँ भने
संसार नै झिल्मिलाउने ज्योति बल्न सक्छ 

46

किन–किन मलाई बचपन साह्रै मीठो लाग्छ
बा–आमासँगको गनगन साह्रै मीठो लाग्छ
स्वर्ग भन्नु सायद यही बालापन नै हो कि
मातापिता–सन्तान बन्धन साह्रै मीठो लाग्छ ।

47

आँसुजस्तो लाग्छ जीवन हाँसोजस्तो लाग्छ
कहिलेकाहीँ किलकिलेको पासोजस्तो लाग्छ
जुन दिनदेखि जिन्दगीलाई साँच्चै बुझ्न थालेँ
सुकर्मलाई साँचिएको नासोजस्तो लाग्छ ।

48

बोक्नुपर्ने नाम्लो–डोको, कहिलेसम्म बा ?
सधैँ हाम्रै भुँडी भोको, कहिलेसम्म बा ?
भोलिभोलि भन्दाभन्दै जुनी बित्नै लाग्यो
हेरिबस्नु आमा रो’को, कहिलेसम्म बा ?


49

 सधैँ यस्तै झुकिरहेर देश कहाँ बन्छ !
एकअर्कालाई थुकिरहेर देश कहाँ बन्छ !
सुरु गरौँ आफ्नै देशमा पसिनाको समर
पराई दैलो ढुकिरहेर देश कहाँ बन्छ !

50

 सकेसम्म लुटौँ आज, भोलि देखाजाला
महाभोजमा जुटौँ आज, भोलि देखाजाला
यसो भन्छन् डाडूपन्यूँ बोकी भण्डार छिर्नेहरू
सिध्याएरै छुटौँ आज, भोलि देखाजाला ।

51

गरिबहरू आङ ढाक्ने लत्ताको चिन्तामा छन्
नेताहरू आफ्नैमात्र सत्ताको चिन्तामा छन्
सुकुमबासी लखेट्दै छ एकातिर सरकारले
सांसद्हरू बुढेसकालको भत्ताको चिन्तामा छन् ।

52

 चोरी गर्न पाउनुपर्छ, लुट्न पाउनुपर्छ
विरोध गर्नेजतिलाई चुट्न पाउनुपर्छ
लोकतन्त्र साक्षी राख्दै हत्याराले भन्छ–
सम्मानसाथ जेलबाट छुट्न पाउनुपर्छ ।

53

भोक लाग्दा खाली पेटको खाना बन्न नसकेमा
आङ ढाक्न नाङ्गो जिउको नाना बन्न नसकेमा
नागरिकता खोस्टोबाहेक अरू के नै बन्दछ र ?
झरी पर्दा ओत लाग्ने छाना बन्न नसकेमा ।

54

यति सुन्दर संसार पनि सङ्कटमा पर्न सक्छ
आफैँ ला’को आगोबाट मान्छे जली मर्न सक्छ
पहिलो दोस्रो विश्वयुद्ध मान्छेमान्छेबीच भयो
मान्छेसँग युद्ध अब प्रकृतिले गर्न सक्छ ।

55

बज्रपात नपरेको जिन्दगी के जिन्दगी !
अश्रुधारा नझरेको जिन्दगी के जिन्दगी !
मझधारमा जत्रोसुकै बाढी पनि आउन सक्छ
जङ्घारहरू नतरेको जिन्दगी के जिन्दगी !

56

महँगीले राज गर्दा सरकार किन मौन बस्छ ?
भोकमरीले गरिब मर्दा सरकार किन मौन बस्छ ?
सिमानाका जनता सधैँ रुँदै यसो भनिहेछन्
घरकै आँगन पारि सर्दा सरकार किन मौन बस्छ ?


57

 यहाँ चोर र सिपाहीबीच तालमेल हुने गर्छ
इमानदारका विरुद्धमा जालझेल हुने गर्छ
फूलमाला लगाएर अपराधी हाँस्दै छुट्छ
अदालतमा करोडौँको चलखेल हुने गर्छ ।

58

 असम्भव सम्भव बन्छन् हामी जुट्यौँ भने
अभिशाप गौरव बन्छन् हामी जुट्यौँ भने
सत्–असत् छुट्ट्याएर बोल्न जानेदेखि
कौरव पनि पाण्डव बन्छन् हामी जुट्यौँ भने ।

59

जूनलाई सोधे हुन्छ, तारालाई सोधे हुन्छ
शान्त–शान्त फेवा अनि रारालाई सोधे हुन्छ
 लोकतन्त्र छ यो देशमा खै कसरी मानूँ
नपत्याए भोकानाङ्गा सारालाई सोधे हुन्छ ।

60

 जब–जब मजदुरको घरबार उठ्छ यहाँ
अन्यायको गगनचुम्बी दरबार उठ्छ यहाँ
भोकभोकै मरेपछि निमुखाका लालाबाला
मुक्ति खोज्दै श्रमिकको तरबार उठ्छ यहाँ ।

61

चोकचोकमा फस्टाउँदै छन् मदिरालयहरू
व्यापार गर्न तल्लीन छन् विद्यालयहरू
खै कस्तो समृद्धि खोज्दै छ यो समाजले
बन्द हुँदै छन् जहाँ पुस्तकालयहरू ।

62

हजुरबादेखि नातिसम्म छानबिन हुनुपर्छ
दुश्मनदेखि साथीसम्म छानबिन हुनुपर्छ
सुशासनको प्रत्याभूति गराउने नै हो भने
तलदेखि माथिसम्म छानबिन हुनुपर्छ ।

63

सधैँ सरल कहाँ हुन्छ बाटो जिन्दगीको
सम्याउन गाह्रो हुन्छ पाटो जिन्दगीको
जति कठिन होस् तर जिउन छाड्नुहुन्न
जिन्दगी नै निर्विकल्प साटो जिन्दगीको ।

64

हुन्न भन्यो, हाकाहाकी झन् गर्न थालेको छ
सायद मान्छे जिन्दगीभर क्रन्दन गर्न थालेको छ
आफ्नै आमा हुन् भन्ने थाहा हुँदाहुँदै पनि
निर्मम मान्छे प्रकृतिको दोहन गर्न थालेको छ ।


65

 कोही रातको पर्खाइमा छन्, कोही बिहानको
युवाशक्ति दौरानमा छन् खाडी उडानको
पहुँचवाला दलालकै कुरो सुन्छ सरकार पनि
सुन्ने कोही छैन पीडा मजदुर–किसानको ।

66

काफी छैनन् मात्र सैनिक देश बचाउन
बनौँ सबै सामाजिक देश बचाउन
दलदलका झण्डाभन्दा अझै माथि उठी
लागौँ सबै नागरिक देश बचाउन ।

67

थरीथरी मान्छेसँग परिचय गर्नै पर्छ
खलपात्र जोसुकै होस् विजय गर्नै पर्छ
रङ्गमञ्च हो जिन्दगी यो कलाकार हामी मान्छे
पर्दा खस्नुअघिसम्म अभिनय गर्नै पर्छ ।

68

 ढल्कन्नँ भन्थ्यौ जतासुकै ढल्केको देख्दै छु
अरूजस्तै सिनोतिर पल्केको देख्दै छु
गर्नु विरोध ग¥यौ हिजो श्रीपेच लगाउनेको
त्यही श्रीपेच तिम्रो शिरमा टल्केको देख्दै छु ।

69

बर्बर ठाउँमा बुद्धत्व सोचेर कहाँ पाइन्छ !
सुखसयल अमनचयन सम्झेर कहाँ पाइन्छ !
न्याय खोज्दाखोज्दै थाके निर्मलाका आफन्तजन
ब्वाँसासँग न्याय–निसाफ खोजेर कहाँ पाइन्छ !

70

काला करतुत खोल्न पनि बन्देज लगाइन्छ
कसिङ्गर ती पोल्न पनि बन्देज लगाइन्छ
त्यही देशको नागरिक हुँ म सुन्नुहोस् न महोदय
जहाँ सत्य बोल्न पनि बन्देज लगाइन्छ ।

71

मिलीजुली देश लुट्ने राष्ट्रसेवकको मुलुक हो यो
आश्वासनले दिमाग भुट्ने राष्ट्रसेवकको मुलुक हो यो
काम गर्न आनाकानी गर्छन् बेइमानहरू
ठगी गर्न सबै जुट्ने राष्ट्रसेवकको मुलुक हो यो ।

72

ठूला माछाबाट सधैँ सानाहरू सन्त्रस्त छन्
किन हुन्छ सधैँ यस्तो सबै तनावग्रस्त छन्
पश्चिमतिर फर्किएर हेर्नुहोस् त आकाशमा
गिद्धहरू परेवाको सिकार गर्न अभ्यस्त छन् ।


73

 बोलीपिच्छे मीठा भाषण छाँट्नेसँग होसियार
पदका लागि इमानजमान साट्नेसँग होसियार
स्वाभिमानी, जनमुखी, देशभक्त मै हुँ भन्दै
पराईको तलुवा त्यो चाट्नेसँग होसियार !

Heading 2

 आँधी–हुरी झेल्नुपर्छ बाँचुन्जेल जिन्दगीमा
श्रमको रोटी बेल्नुपर्छ बाँचुन्जेल जिन्दगीमा
दुःख बिर्सी मुस्कुराउन सिक्नु रै’छ जीवन भन्नु
आँसु लुकाई खेल्नुपर्छ बाँचुन्जेल जिन्दगीमा ।

75

चमत्कार यस्तो अपार हुन्छ, हेर्दै जानुहोस्
एक पटक हैन, बारम्बार हुन्छ, हेर्दै जानुहोस्
यस्तै के–के भन्दै थियो एकाबिहानै चराले पनि
आमामाथि नै बलात्कार हुन्छ, हेर्दै जानुहोस् ।

76

 दुर्योधनलाई हामीले नै मालिक बनाएछौँ
क्षणिकमात्र होइन, सर्वकालिक बनाएछौँ
धृतराष्ट्र, शकुनीलाई शासनसत्ता सुम्पिएर
विदुर अनि युधिष्ठिरको सालिक बनाएछौँ ।

77

यात्रा गर्दा उकालीमा भीर छैन भने
धेरैथोरै मनभित्र पीर छैन भने
खुट्टा टेक्नु मात्रलाई जीवन भनिन्छ र ?
स्वाभिमानले उठेको शिर छैन भने ।

78

भोक लाग्यो ? भनी सोध्छन् अघाएकाहरूलाई
खाना खायौ ? भनी सोध्छन् भोकाएकाहरूलाई
चलिराख्न सक्छ यस्तै बेथितिको राज अझै
बिउँझाइन्न जबसम्म निदाएकाहरूलाई ।

79

सही दिशा लागेदेखि देश बन्न सक्छ
सङ्कल्प नभागेदेखि देश बन्न सक्छ
कुम्भकर्ण निदाएझैँ निदाएर कहाँ हुन्छ
जनता सबै जागेदेखि देश बन्न सक्छ ।

80

यता हेरूँ, उता हेरूँ, रमिता छ समाजमा
इमानदारलाई जलाउने चिता छ समाजमा
परीक्षामा सीतालाई अग्निकुण्ड पठाएर
रामलाई अझै जोगाइराख्ने संहिता छ समाजमा ।


81

 हरेक वर्ष बन्छन् अनि भत्कन्छन् यी बाटाहरू
चुपचाप बस्छ अन्धो समाज, के बोल्थे र लाटाहरू
युवा जति खाडी मुलुक पठाउँदै छ सरकारले
खै कसरी बन्छ यो देश, बाँझै राखी पाटाहरू ।

82

 बालक चाहिन्छ, युवा चाहिन्छ, पाका चाहिन्छ
लेकबेँसीमा गुन्जिरहने भाका चाहिन्छ
यो देशलाई संसारकै सुन्दर बनाउन
माटोअनुसार विकासको खाका चाहिन्छ ।

83

गुराँस र सलहेसबीचको प्रीति जोगाउनुपर्छ
गामबेँसी र मेलापातका स्मृति जोगाउनुपर्छ
नेपाली भई बाँचिरहन चाहन्छौँ हामी भने
इन्द्रेणी रङसहितको संस्कृति जोगाउनुपर्छ ।

84

 लुट्नसम्म लुट्यौ हिजो हतियार देखाएर
तर्साउन खोज्यौ जनता, मतियार देखाएर
सुशासनका कुरा गर्छौ आज लाजै पचाई तिमी
आफ्नै इसारामा नाच्ने त्यो अख्तियार देखाएर ।

85

उचाल्दिनुमात्रै पर्छ मज्जासँग उचालिन्छौँ
दुनियाँलाई गाली गर्दै चिच्याउँछौँ, कहालिन्छौँ
आफ्नो खुट्टा कहाँ छ त्यो बिर्सिएर उफ्रिराख्दा
धरातल गुमाउँछौँ र नमज्जाले पछारिन्छौँ ।

86

उल्लासले मन छुन्छ कहिले ? जबाफ चाहियो सरकार
दुःख अत्तालिई रुन्छ कहिले ? जबाफ चाहियो सरकार
वर्षौँदेखि मागी खान विवश हाम्रो मातृभूमि
आत्मनिर्भर हुन्छ कहिले ? जबाफ चाहियो सरकार ।

87

साम्राज्यवादले सतायो हामीलाई, विस्तारवादले सतायो
यिनकै सामु अगुवाको लम्पसारवादले सतायो
स्वाभिमानको नारा लाउँदै मख्ख पार्छन् जनतालाई
भित्रभित्रै बढ्दो धनुष्टङ्कारवादले सतायो ।

88

खोलामा गई माछा खोज्छ कस्तो मूर्ख मान्छे होला ?
जङ्गलमा गई चरा खोज्छ कस्तो मूर्ख मान्छे होला ?
यस्तो भन्ने दिन पनि सायद अब टाढा छैन
गर्भमा जीवित बच्चा खोज्छ– कस्तो मूर्ख मान्छे होला ?


89

घरघरबाट सजग सचेत व्यक्ति खोज्छिन् नेपाल आमा
अनेकताबीच एकताको शक्ति खोज्छिन् नेपाल आमा
दुश्मनको अत्याचारले सीमा नाघ्दै गएपछि
अमरसिंह, बलभद्र र भक्ति खोज्छिन् नेपाल आमा ।

90

गुन्जिँदै छन् चोकमा कुरा थरीथरीका
गाउँ, समाजमात्रै होइन, संसारभरिका
क्रान्तिकारी नेताजीको दरबारभित्र अचेल
चल्दै छ रे मोलमोलाइ सुरासुन्दरीका ।

91

भन्छन् कोही धनसम्पत्ति दामी कमाउनु छ
पद, पैसा, प्रतिष्ठासँगै आसामी कमाउनु छ
म त सोच्छु– कमाउनु नै यदि केही छ भने
फगत् यो जिन्दगीमा मलामी कमाउनु छ ।

92

 सोचेजस्तै गर्न पाऊँ, यत्ति चाह छ मेरो
तिम्रा पीडा हर्न पाऊँ, यत्ति चाह छ मेरो
अरू केही चाहिँदैन अन्तिम पलमा मलाई
आमा ! भन्दै मर्न पाऊँ, यत्ति चाह छ मेरो ।

93

सोचेजस्तै गर्न पाऊँ, यत्ति चाह छ मेरो
तिम्रा पीडा हर्न पाऊँ, यत्ति चाह छ मेरो
अरू केही चाहिँदैन अन्तिम पलमा मलाई
आमा ! भन्दै मर्न पाऊँ, यत्ति चाह छ मेरो ।

94

जीवन बाँच्छु भन्ने पलपल मरण बाँचिरहेछन्
उन्मुक्त भै बाँच्न खोज्ने शरण बाँचिरहेछन्
आँसु पिई बाँच्नेलाई खुसी दिन्छु भन्नेहरू
आदर्शको नाममा फगत् आवरण बाँचिरहेछन् ।

95

धेरै वर्षपछि आज केही खास भएको छ
ब्युँतिन्छ कि न्याय भन्ने झिनो आश भएको छ
सानातिनामात्रै दण्डित गर्ने न्यायालयबाट
पहिलो पटक ठालुहरूको पर्दाफास भएको छ ।

96

रुवाएर कसैलाई हाँस्ने चाह छैन मेरो
इशारामा पराईको नाच्ने चाह छैन मेरो
जति बाँच्छु स्वाभिमानले शिर उँचो पार्दै बाँच्छु
ठाडो शिर झुकाएर बाँच्ने चाह छैन मेरो ।


97

बैगुनीको भीडभित्र गुन बन्न खोज्नेहरू
कर्णप्रिय सङ्गीतका धुन बन्न खोज्नेहरू
अन्तिम घडीसम्म पाइला धर्मराउन दिनुहुन्न
निसानामा अचुक हुन्छन् अर्जुन बन्न खोज्नेहरू ।

98

 वर्षौँदेखि मगजभित्र स्मृति छ उस्तैउस्तै
पालैपालो देश लुट्ने संस्कृति छ उस्तैउस्तै
नयाँ युगमा नयाँ केही देखिँदैन खास यहाँ
पात्रमात्र फेरिएछन्, प्रवृत्ति छ उस्तैउस्तै ।

99

लिपुलेक–कालापानी धाउन ढिला भइसक्यो
फेरि पनि देशको गीत गाउन ढिला भइसक्यो
युवाशक्ति आफ्नै भूमि फर्की आऊ छिटोछिटो
सिमानामा अग्लो पर्खाल लाउन ढिला भइसक्यो ।

100

 सबै मान्छे चरित्रमा गुणवान् हुने भए
श्रम गर्ने सबको भाग्य बलवान् हुने भए
सधैँ आकाश ओढ्न बाध्य किन हुन्थे श्रमिकहरू
दुखियाको दुःख बुझ्ने भगवान् हुने भए ।

101

फूल सधैँ किन फुल्छ ? बुझिराख्नुहोला
मौरी सधैँ किन डुल्छ ? बुझिराख्नुहोला
कर्म नै हो एउटै साँचो मार्ग सफलताको
कर्मले नै भाग्य खुल्छ, बुझिराख्नुहोला ।

102

लगावविना इच्छाको त्यो अर्थ के नै हुन्छ भन्नुस्
गुरुविना दीक्षाको त्यो अर्थ के नै हुन्छ भन्नुस्
आदर्श र यथार्थ त अलग भा’को देख्छु म त
व्यवहारविना शिक्षाको त्यो अर्थ के नै हुन्छ भन्नुस् ।

103

मै हुँ भन्ने लाग्दो रै’छ लगभग बिस पुगेपछि
संसार जित्छु सोच्छ मान्छे झन्डै तिस पुगेपछि
जतिसुकै चुरिफुरी देखाओस् ऊ उमेर छँदा
हैसियत बुझ्छ मान्छे बल्ल चालिस पुगेपछि ।

104

कहिले फूल हुँदै छ, कहिले काँडा हुँदै छ
सोच्दै हौला– नाता झन्झन् गाढा हुँदै छ
फर्की आऊ परदेशी परदेशको भूमिबाट
परदेसिएकै कारण परिवार टाढा हुँदै छ ।