Great Collection Of 60 Nepali Gazal Part Two

   धपक्कै बलेको रुप छ
र, पनि ऊ सधैं चुप छ

नागबेली चुल्ठी छ उनको
आँखामा निलिमा कुप छ

मोहनी लाउने अधर
दाँतमा हिमानी खुप छ

छिनेको बारुली कम्मर
बाहिर सुगन्धी सुप छ

'इन्द्र'को भक्तिनी हुन् की
प्रतिमा अगाडि धुप छ ।

गजलकार: इन्द्र नारथुङे

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   बाडुल्की ले हिक्क हिक्क सताउछ

बाडुल्की ले हिक्क हिक्क सताउछ , सम्झना पो गरयौ कि
याद आउँदा डोको बोकी , देउराली पो झरयौ कि ?

कुहु कुहु कोइली को , बिरह को भाका सुन्दा
अतित सम्झी अन्जुली मा , आसुँ पो भरयौ कि ??

सँगै हास्ने सहयात्री , अन्ध्कार मा बिलाई जादा
छाती टासि तस्बिर सँग , वार्तालाप पो गरयौ कि ???

बचन् तोडी दुई बर्ष को , भाका हरु नागी सक्दा
फर्की अब आउँदैन भनी , दोधार मा पो परयौ कि
Bhanu sharma

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 भनूँ कि नभनु म,

भनूँ कि नभनु म, परिवेश यस्तो भो
अस्थिर राजनीतिमा, मेरो देश यस्तो भो

छाड न कुर्सी अब बुढ्यौली छायो नी
भन्छन् त ए हजुर कालो केश यस्तो भो

दुनिया साक्षी छँदै, आएकी शान्तिको
हिँसामा दविएर, अवशेष यस्तो भो

छुट्टिन खोज्दैछन् रे, समेट्ने कस्ले हो
आन्दोलन गर्दै पहाड, र मधेस यस्तो भो

सोच्दाहुन् नेताहरू, लम्ब्याउन कार्यकाल
सर्वोच्च फैसलाको, लाग्यो ठेस यस्तो भो
Kumar yatri

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   हजुरलाइ भूल्न मैले
हजुरलाइ भुल्न मैले चिता माथी जल्नु पर्छ
या त कतै आगो लागी दन्किएर बल्नु पर्छ ।

चट्टान झै मुटु बाट निस्केको यो माया मेरो
यती कठोर मन मुटु लाचार भइ गल्नु पर्छ ।

मेरो आत्मा दुनियाको सबै भन्दा दुष्ट बनाइ
बिधाताले पाइला पिच्छे घातीबनी छल्नु पर्छ ।

जती टाढा गए पनि कहाँ याद ओइलाउछ र ?
हजुर कै चरण् छुँदै चरण् मा नै ढल्नु पर्छ ।

बल्ल तल्ल हजुर कै हात थामी चलेको छु
गोड मेल नछाड्नु है मैले अझै फल्नु पर्छ ।
 Kumaryatri 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   त्यै तोरि मन परो

अस्ति सँगै बसेकि गोरी मन परो
नचाहाँदै छुटेकि मोरी मन परो

ख्याल ख्यालमै फसेछु आँखाको जाल भित्र
लुकिलुकि मेरो मन को चोरि मन परो

सोझि जस्तै लाग्थी मोरि आफु भन्दा चालु रैछ
मुटु भित्रै पासो लाउने डोरि मन परो

कहिले कतै जिस्काएर तोर्पे कान्छी भन्ऩ मिल्ने
त्येहि भर त मलाई त्यै तोरि मन परो

SuMan Zee 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 तिम्रै घरमा बास पारु जस्तो लाग्यो

छिट्टै भेट्न उनीलाई,बसाई सरु जस्तो लाग्यो,
जाडो जति भए पनि तराई झरु जस्तो लाग्यो!!

यात्रा लामो हुदै गयो छोटो हाम्रो भेटघाटमै,
फेरी आज किन मलाई माया गरु जस्तो लाग्यो!!

भन्ने गर्थिन बाटो पर्दा नभुल्नु है भेट्नलाई,
उनकै घरमा फेरी आज पाहुना परु जस्तो लाग्यो!!

उनको निम्तो पाइसके किन म नि डराउनु,
एक पटकलाई जे जे पर्ला तिनाउ तरु जस्तो लाग्यो !!
मुरारी पौडेल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  भाग्यमानी हुन्छन यहाँ

भाग्यमानी हुन्छन यहाँ मुटु फोडी जानेहरु
आँसु मात्रै बाँकि राखी खुसि सबै लानेहरु !!

सम्झिदामा अतीतलाई खुसि हुनु आफैसंग,
रमाएरै बसेका छन् आधा मुटु खानेहरु!!
आँसु मात्रै बाँकि राखी खुसि सबै लानेहरु !!!

बुझ्नेले पो पिडा बुझ्छ मुटु फाट्दा कति दुख्छ
अर्थ छैन सम्झाएर चोखो माया मार्नेहरु!!!
आँसु मात्रै बाँकि राखी खुसि सबै लानेहरु !!!

एक्लै तड्पी फाइदा छैन यहाँ अर्कैको उनि भयपछी
भेटिन्छन यहाँ आफु रमाई अरुलाई मर्न चाहनेहरु !!
आँसु मात्रै बाँकि राखी खुसि सबै लानेहरु !!!!
murari paudel

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   याद आउदा आँशु मेरो, झरी राछ नानी माया
तिमि बिना जिबन तेसै, मरी राछ नानी माया

हुरी चल्दा बिछोड को, भईयो दुइ किनारा
चाडै भेट्ने इच्छा मनले , गरि राछ नानी माया

जुनी जुनी संगै जिउने , कसम खाए पनि
मन को चाह ओझेलमा, परि राछ नानी माया

सोचे को थिए जिन्दगी यो , तिमि संगै बिताउला
तर खुसि छितिज तिरै , सरि राछ नानी माया

bhanu sharma 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  दुनीयाँले डाहा गरे, तिमीलाई मन पराए पछि

दुनीयाँले डाहा गरे, तिमीलाई मन पराए पछि
आफैलाई भुल्न चाहे, तिमीभीत्र हराए पछि

पहरामा फूल्ने तिमि, लाली गुराँस फूल जस्ती
सजाउन मन लाग्यो दिलमा, नजरमा समाए पछि

गगनको छानो मुनी, धकमक्क गरि फूल्ने
आउने थिए ईशाराले, माया भनी बोलाए पछि

कल्पनामा दिन बित्यो, समीप तीम्रो हुनलाई
सपनीमा आयौ फेरि, आँखाहरु लोलाए पछि

कोशिश मेरो अबीरल छ, खुसिमा रमाउछु भनी
मलम बनी आउनु माया, पीडामा कराए पछि
Gaurab Shrestha

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  घाट लाउन अविर चन्दन, किने बेला नरोए है...!!
त्यो दैवले हाम्रो खुशी, छिने बेला नरोए है..!!

प्रवासमा छु कति बेला, के हुन्छ थाहा हुन्न..
मृत शरिर बाँस माथि, लिने बेला नरोए है..!!

चक्नाचुर चुरा होलान्, तिम्रो शिउदो पुछीएला..
मलामीको लहर पछी, हिने बेला नरोए है..!!

श्रदान्जलि दिन पुग्नु, सानो बावु काख्मा च्यापी..
आफन्तले मेरो चिहान्, चिने बेला नरोए है..!!

दुई दिनको चोला न हो, मर्नु पर्छ एकदीन् प्रिया..
मेरो लाशमा दाग बत्ति, दिने बेला नरोए है..!!

लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान अछाम

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  जिन्दगी को गोरेटो मा एकल यात्री भाको छु

तिमीले छोडे देखी पागल जस्तै भाको छु
जिन्दगी को गोरेटो मा एकल यात्री भाको छु

प्रेम को फूल फुलाउने ठुलो रहर थियो
अैजार बिना को माली जस्तै भाको छु

जैले देखी तिमी ले माया मेरो मारे पछी
पानी बिना को माछा जस्तै भाको छु

फर्की आउछु भनी गयौ तर कहिले आइनौ
लैला बिना को मज्नु जस्तै भाको छु

तिम्रै सम्झना मा केही शब्द कोर्दै छु
त्यही शब्द को माला उनी मैले गीत गाको छु 
Raju chalise 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 आफ्नो ठान्नु तिमी लाई

आफ्नो ठान्नु तिमी लाई, जिन्द्गिमा भुल भएछ
तिम्रो माया पाउने यहाँ, एउटा ठुलो हुल भएछ !

दु:ख हजार सहे पनि , खुशी तिम्रै लागि थियो
झुटो माया तिम्रो जिबनमा , पारी तर्ने पुल भएछ!!

सागर बन्न गार्हो छैन ,झर्दै जादा मेरो आसुँ
तिमीले छुदा काडा पनि , शर्माएर फुल भएछ !

चर्चा छ रे चारै तिर ,मोहनी त्यो तिम्रो रुप को
बैसालु त्यो जिबन तिम्रो ,प्रगती को मुल भएछ !!
bhanu sharma

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  मेरो चोखो मायाँ तिमीलाई,बिश बनी लागेछ

मेरो चोखो मायाँ तिमीलाई,बिश बनी लागेछ
आफ्नै छायाँ आफै सँग,खै कता पो भागेछ

निस्चल अनी पवित्र मायाँ,दिँदा पनि तिमी लाई
मेरो मायाँ तिमी लाई,मिशावट पो लागेछ

बिहानी को किरण जस्तै,लाली छर्छु भनेको थें
अन्धकार मै छोडि मलाई,एक्लो बनाई भागेछ

जवानी लाई होइन मैले,तिमी लाई मायाँ गरें
बैंशालु को मात तिमी लाई,धेरै धेरै लागेछ
Raju chalise

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

    फूल राम्रो देखेर भो, नीधारमा नलेखे पछि

फूल राम्रो देखेर भो, नीधारमा नलेखे पछि
प्रेम पत्र लेखेर भो, मायालु ले नपढे पछि

मेरै बल ले कहाँ हुन्छ, पीरतीमा आफुखुसि
तिम्रो बाटो छेकेर भो, तिमीले हात नदिए पछि

राखे होला तिम्रो तस्बिर, किताबको पाना भरि
तीम्रै फोटो बोकेर भो, तिमीले साथ नदिए पछि

बोलाउदा मैले उनलाई, नसुने झै हिडे पछि
गोरटोमा रोकेर भो, तिमीले रिस पोखे पछि

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   निस्वार्थ भावनाको यहाँ एक दिन कदर हुँदोरहेछ
सरितालाई सागरसम्म पुगेर मिल्ने रहर हुँदोरहेछ

अहमता र स्वार्थले भित्रभित्रै खोक्रो वनाइदिएपछि
यति प्यारो जिन्दगानी मरुभूमिमय बगर हुँदोरहेछ

तिरस्कार गरी शव्दहरुले घायल वनाउन खोजेपनि
भावनामा दुनियालाई हराऊँ लाग्ने शहर हुँदोरहेछ

मीठो फल दिने धैर्यता एउटा तीतो विरुवा भएपनि
दुनियालाई राम्रो सोच्ने मनको सधै कदर हुँदोरहेछ

उदासी पवित्रा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 खुशी मेरो देखेर यहाँ

खुशी मेरो देखेर यहाँ,मर्ने हरु लाई सलाम
बाटो हिड्दा सधैं आँखा,तर्ने हरु लाई सलाम !

हजार कस्ट शाहेर पनि , हिड्दै छु म सिखर तिर
यात्र भरी काडै - काडा,छर्ने हरु लाई सलाम!!

पाराइ बरु आफ्ना भये , आफ्ना ले घात गर्दा
हासी - हासी दुध मा बिस,भर्नेहरु लाई सलाम!

राम्रो कामको चर्चा यहाँ , कस्ले पो रुचाउछ र
खराब मान्छे भन्दै हल्ला,गर्ने हरु लाई सलाम 

bhanu sharma  

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 मेरो चोखो मायाँ तिमीलाई,बिश बनी लागेछ

मेरो चोखो मायाँ तिमीलाई,बिश बनी लागेछ
आफ्नै छायाँ आफै सँग,खै कता पो भागेछ

निस्चल अनी पवित्र मायाँ,दिँदा पनि तिमी लाई
मेरो मायाँ तिमी लाई,मिशावट पो लागेछ

बिहानी को किरण जस्तै,लाली छर्छु भनेको थें
अन्धकार मै छोडि मलाई,एक्लो बनाई भागेछ

जवानी लाई होइन मैले,तिमी लाई मायाँ गरें
बैंशालु को मात तिमी लाई,धेरै धेरै लागेछ

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  खुशी मेरो देखेर यहाँ

खुशी मेरो देखेर यहाँ,मर्ने हरु लाई सलाम
बाटो हिड्दा सधैं आँखा,तर्ने हरु लाई सलाम !

हजार कस्ट शाहेर पनि , हिड्दै छु म सिखर तिर
यात्र भरी काडै - काडा,छर्ने हरु लाई सलाम!!

पाराइ बरु आफ्ना भये , आफ्ना ले घात गर्दा
हासी - हासी दुध मा बिस,भर्नेहरु लाई सलाम!

राम्रो कामको चर्चा यहाँ , कस्ले पो रुचाउछ र
खराब मान्छे भन्दै हल्ला,गर्ने हरु लाई सलाम !!

bhanu sharma

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  किन आयौ जिबनमा तिमी

किन आयौ जिबनमा तिमी , निदरी मेरो हराउन थाल्यो
तस्बिरमा तिम्रो टोलाउदा हरपल,आफन्तले पनि कराउन थाल्यो !

साथी-संगी को भिडमा , चल्दै थियो यात्रा मेरो
तर अचानक मनले किन,एकान्त मन पराउन थाल्यो!!

कती देखे , कती भेटे ,सुन्दरीका हुलहरु
तर तिम्रो नयनले ,पागल मलाई गराउन थाल्यो !

बसन्त नै आए झै जिबनमा ,तिम्रो आग्मनले
तर कतै हुन्छ कि पत्झर ,यो मन मेरो डराउन थाल्यो!
bhanu sharma

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  जीवन कस्तो भाछ

जीवन बोक्न नसकिने एउटा भार जस्तो भाछ।
निराशताले गर्दा नमिठो हार जस्तो भाछ।
अनगिन्ती पीडाले भरीएर होला,
बियोगान्त कथाको सार जस्तो भाछ।
नजिक आउदै सारा सपना टुक्रिएर होला,
आज जीवन खुकुरीको धार जस्तो भाछ।
रुखोपनमा सधैं जीवन घोटिएर होला,
हजार भोल्टको करेन्ट दिने तार जस्तो भाछ।
हौसला हरु सबै रीत्तिएर होला,
आज जीवन भत्कीएको बार जस्तो भाछ।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 त्येही हाँसोमा पारी माँया गाँस्ने मेरो जिबन 

त्येही हाँसोमा पारी माँया गाँस्ने मेरो जिबन !!
रहर इच्छा सपना जस्तै भो आज आएर!
घाइते भएनी कसैको लागी साँच्ने मेरो जिबन !!
कहीले होला मेरो पनि सपनाहरु पुरा !
पुतली र परेवा झैँ नाँच्ने मेरो जिबन !!
माया गर्छु भन्ने कति चोखो माँया कसको होला !
संसारको सारा खुशी उसलाई दिई बाँच्ने मेरो जिबन !!
सारा सपना चक्नाचुर भो आज आएर !
सम्झी रुँदै छातीमा फोटो टाँस्ने मेरो जिबन!!

milan bibas 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  हरपल तिम्रो तस्बिरहरु,छुन मन लाग्छ
तिमीलाई नै सम्झेर,रुन मन लाग्छ

कहाँ हुन्छौ,कस्कि हुन्छौ थाहा छैन मलाई
मलाई तर सधै तिम्रोनै,हुन मन लाग्छ
तिमीलाई नै सम्झेर,रुन मन लाग्छ

हेला गरि बोले पनि,गाली गरि बोले पनि
सधै भरि तिम्रोनै बोली,सुन्न मन लाग्छ
तिमीलाई नै सम्झेर,रुन मन लाग्छ

हुन दिन्न टाढा तिमीलाई,मेरा यि नजरहरु बाट
सधै भरी यि आँखामा थुन्न मन लाग्छ

shambhu karki  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   हातै दिएनौ ।

हातै दिएनौ
साथै दिएनौ

रुज्दा जवानी
छातै दिएनौ

भोको छ पेट
भातै दिएनौ

चढ्दा डोलीमा
थाहै दिएनौ

विक्रम नेपाली

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

    कानेपोखरीमा चण्डी, नाँचेको सँगै
ताल नमिल्दा लाजले, हाँसेको सँगै

मायासँगै मौलाउँदो, कला-सस्कृति
नपच्दो आधुनिकता, माँसेको सँगै

आत्मियता कायमको, एक अवसर
नयाँ नाताको माला, गाँसेको सँगै

मन जस्तै हरियाली, हाम्रो भेटमा
खुशीभित्र बिरानोपन, माँसेको सँगै

पटुकी सुहाउँदो दौरा सुरुवालमा
माया गुन्युचोलीमा, साँचेको सँगै

छुट्दा पालेर आसा, अर्को भेटको
स्मृतिको दृश्य मनमा, टाँसेको सँगै ।।

उदासी पवित्रा 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

   एकोहोरो नै सहि
मैले प्रेम गरेकै थिए काली
मेरो चोखो प्रेमलाई कहिँ
किन ठान्छौ तिमीले जाली?

सपना थियो तिमीलाई लाने
चढाई डोली अनि सिन्दुर हाली
सपना बिपना कहाँ पो हुन्छ र
नबजाऊ मेरो लाचारीमा ताली

तिमी फूल हौ बगैचाको
म त हु बस् एक माली
अर्कैले टिपी लग्दा पनि
हेर्न बाध्य छु बस् आफुलाई सम्हाली

लाग्दछ अब जीवन मेरो
फूल बिनाको बगैचा जस्तै खाली
तैपनि चाहन्छु भलो होस् तिम्रो
म त सध्नेछु यहि फोहर नाली
Ratna Baj

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  आयो दशैं । आयो दशैं ।। आयो दशैं ।।।।

दशै आयो साइली भन्छे, कहाँबाट ल्याउनु साथी
रमाइलो छ, मेरो गाँउ पिङ्ग खेल्न आउनु साथी

दुःख सुख जे छ त्यही विर्सिएर व्यथाहरु
रङ्गै रङ्ग उमङ्ग भरी दशैं मनाउनु साथी

ठुलाबडा मान्यजनको आर्शिवाद लिएर
टिका अनि जमरा शिरैमा सजाउनु साथी

वर्ष दिनमा एक पटक आउने महान् पर्वलाई
दुःख विर्सि खुशी नै खुशिले रङ्गाउनु साथी
 अनिता शर्मा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

                    हरेक रात   

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

दुइ दिन ढिलो फोन गर्दा रिसायैा कि के हो
मेरो माया अन्त कतै मिसायैा कि के हो
तिम्रो माया छोडी परदेशमा बसिराछु
मलाइ छोडी अर्कै असामी फसायैा कि के हो
दुइ दिन ढिलो फोन गर्दा रिसायैा कि के हो
तिमि माथि बिश्वास छ सधैंभरी
बोल्दै नबोली न मलाइ खिस्सायैा कि के हो
मेरो माया अन्त कतै मिसायैा कि के हो
तिमले साथ छोड्यैा भने मर्छ चापागाइ त
न त्यसकै लागी कतै तिमले जिस्कायैा कि के हो
Purushottam Chapagain

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   सदरमुकामको जिन्दगी

घरमा बस्दा दकस हुन्छ सासु ससुराको
नन्द देवर आछेप लाउँछन् विना कसुरको
म त बस्छु डेरा खोजी जान्छु सदरमुकाम
छोराछोरी बोर्डिड्ड पढ्छन् अरु मेरो के काम ?

दिनभरी फोन आउँछ हुन्न मोबाइल खाली
धन र मन दुबै दिने भेटे यसपाली
दिनैपिच्छे होटल र क्याविनको बास
विदेशबाट खर्च आउँछ अझै लाग्छ आस

तिमी गछ्र्याै मोज यहाँ उता बैस नास
पति किन सम्झीन्थौ र ठिटो भए पास
सम्झी तिम्रो अनुहार पति विदेश रुन्छन्
यता भने तिम्रा यस्ता दशवटा नि हुन्छन् ।

श्रीमतीलाई सुख कटाउने उनीहरुको धोको
एयरपोर्टमा झरेपछि यता पाछ्र्याै पोको
धान सुकाउने मान्द्रो सुकुल घाँस राख्ने डोको
खसी परेका तिम्रा पति तिम्लाई चाहियो बोको

माया तिम्रो अजम्बरी लाउछ्यौ गफ फोनमा
कमाई जति कुम्ल्याएर पोइल जाने धुनमा
पाए जति खान्छ्यौ तिम्ले पारी कंगाल पति
दिनैपिच्छे घुम्न जान्छ्यौ खर्च कति कति

पति तिम्रा ब्ल्याक ह्वाइट ठिटो प¥यो कलर
बूढा तिम्रा लागे विदेश कमाउन डलर
नआउ भन्छ्यौ उनलाई फोनमा अझै वर्ष दुई
इज्जत केलाई सम्झिन्थ्यौर चढी उसको बुई

Shaligram Poudel 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   कहिले होला गरीबको दिन आउने 

कहिले होला गरीब को दिन आउने
लाउने खाने खुशी ले रमाउने

दिन भरी मेला पात साहु को बारी खन्दै
खान पाउला एक छाक पेट भरी भन्दै

साना साना भन्ट्याङ् भुन्टुङ् घरमा एक्लै छोडि
भोक र प्यास ले छ्टपटाउ छन आमा लाई नै खोजी

कहिले होला गरीब को दिन आउने
लाउने खाने खुशी ले रमाउने

भोको पेट मिची मिची काम गर्नु पर्छ
एक छिन बिसाउ भन्यो भने साहु ले आँखा टर्छ
kalpana sharma

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  मेरो गाँउ

स्वर्ग जस्तो मेरो गाँउ शिखरहरुको माझमा
सुन्दर सौन्दर्य यसको पलपल घाम छायाँमा
यहाँ आउने सबैलाई लगाई दिन्छ मोहनी
एकै छिनको कुहिरो अनि सिमसिमे पानी ।

अविरल झर्ने झरना झर्झको सँगीतमा
अँगाल्नु झै लाग्छ र्मिर्मिरे वनको निलिमा
यो मेरो अति प्यारो गाँउ छ विपिन प्रचुर
यो गाँउले मायालुलाई बिन्ती सम्झे हजुर

माया वोल्छ अमर हृदयकास, बेलीकुञ्जमा
प्रमोदले गाँस्छ प्रीति विशाल पुष्पपुञ्जमा 
उदासी पवित्रा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  मेरी उनले

कहिले काँही एकान्तमा
आइदिए नि हुन्थियो उनि
लुकी चोरी चोखो माया
लाई दिएनि हुन्थ्यो उनि

मेरै मुटु कि धड्कन तिमि
सुटुक्क धाएनि हुन्थ्यो उनि
हर रात तड्पाई मा बिताउदा
अंगालोमा बाँधेनि हुन्थ्यो उनि

तिम्रै याद ले आँशु झार्दा
कोमल हातले पुछेनि हुन्थ्यो उनि
बिपनामा त यस्तै भयो जिबन
सपना मै जवानी सुम्पे हुन्थ्यो उनि

छी!!!तपाई त कस्तो मान्छे भन्दै
सांचेको त्यो लुटाई दिए हुन्थ्यो उनि

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  Parnu cheeina aba malai

आठ नं. को तिम्रो हिरोमा पर्नूछैन अब मलाई
तिम्रो प्रेमको भिरबाट झर्नु छैन अब मलाई

मर्दा मर्दा बल्ल बल्ल दश बाट आठमा झार्यो
आठ बाट सात नम्बरमा सर्नुछैन अब मलाई

तिम्रो जनरको एक नं. मा पर्न मैले मर्नै पर्छ
तिम्लाई पाउन पटक पटक मर्नूछैन अब मलाई

जति रोए एकान्तमा पागल प्रेमले रोए
एकतर्फि बैतरणि तर्नू छैन अब मलाई
mahendra pomoo

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  गुन्गुनाउंदै आउछिन उनि सांझ र रातमा
चुम्बन गर्न थाल्छिन अनि मेरो नाङ्गो हातमा

नदेखेरै मैले पनि उनलाई बास दिए जस्तो
लर्बराउदै बाटो लाग्छिन चुम्बनकै मातमा

धेरै पटक नआउने घोषणा पत्र दिए पनि
चुकिन फेरि आजराति आफ्नै कठोर बातमा

जिबन बांच्न यस्तो धन्दा गरेकिरे राति राति
मिस युनिभर्स हुने रे मच्छडको जातमा
Mahendra pomoo

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   भेट्न किन आएनौ , डाकेर साईला
विश्वासले आए म , थाकेर साईला ।

धोका पनि घरि-घरी दिनुपर्छ र ?
अव त झर्यो मन , पाकेर साईला
भुल भो देउराली , भाकेर साईला ।

मन माया भन्दा ठुलो अरु नै तिम्रो
आएनौ सही मार्ग , ताकेर साईला
हुन्न अरुले मन , हाकेर साईला ।

तिमीसँग दया छैन , माया के हुन्थ्यो ?
आज घातै घातमा , जाकेर साईला
छोड्यौ ममा बादल , ढाकेर साईला 
उदासी पवित्रा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   बाडुल्की ले हिक्क हिक्क सताउछ

बाडुल्कीले हिक्क हिक्क सताउछ, सम्झना पो गरयौ कि
याद आउँदा डोको बोकी , देउराली पो झरयौ कि ?

कुहु कुहु कोइली को , बिरह को भाका सुन्दा
अतित सम्झी अन्जुली मा , आसुँ पो भरयौ कि ??

सँगै हास्ने सहयात्री , अन्ध्कार मा बिलाई जादा
छाती टासि तस्बिर सँग , वार्तालाप पो गरयौ कि ??

बचन् तोडी दुई बर्ष को , भाका हरु नागी सक्दा
फर्की अब आउँदैन भनी , दोधार मा पो परयौ कि ?? 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  भनूँ कि नभनु म,

भनूँ कि नभनु म, परिवेश यस्तो भो
अस्थिर राजनीतिमा, मेरो देश यस्तो भो

छाड न कुर्सी अब बुढ्यौली छायो नी
भन्छन् त ए हजुर कालो केश यस्तो भो

दुनिया साक्षी छँदै, आएकी शान्तिको
हिँसामा दविएर, अवशेष यस्तो भो

छुट्टिन खोज्दैछन् रे, समेट्ने कस्ले हो
आन्दोलन गर्दै पहाड, र मधेस यस्तो भो

सोच्दाहुन् नेताहरू, लम्ब्याउन कार्यकाल

सर्वोच्च फैसलाको, लाग्यो ठेस यस्तो भो 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   तिम्रै घरमा बास पारु जस्तो लाग्यो

छिट्टै भेट्न उनीलाई,बसाई सरु जस्तो लाग्यो,
जाडो जति भए पनि तराई झरु जस्तो लाग्यो!!

यात्रा लामो हुदै गयो छोटो हाम्रो भेटघाटमै,
फेरी आज किन मलाई माया गरु जस्तो लाग्यो!!

भन्ने गर्थिन बाटो पर्दा नभुल्नु है भेट्नलाई,
उनकै घरमा फेरी आज पाहुना परु जस्तो लाग्यो!!

उनको निम्तो पाइसके किन म नि डराउनु,
एक पटकलाई जे जे पर्ला तिनाउ तरु जस्तो लाग्यो !!
Murari paudel

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 तिमीले मलाई समाएर के भो ?
चिसोछ मनमा घमाएर के भो ?

धनै हो ठुलो भन्छन् संसारमा
मनछ अशान्त कमाएर के भो ?

न बेली फुल्छ न फुल्छ चमेली
गुलाबको फुल जमाएर के भो ?

ललाई फकाई झम्कायौ परेली छु
आज एक्लो रमाएर के भो ?

जुनिभर मनसुन मेरै हौ भनेर
फूलको गुच्छा थमाएर के भो ?

-मनसुन काफ्ले मनसुन

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  अन्तै बास बसे हुन्छ

खाली भयो मुटु आज अन्तै बास बसे हुन्छ
पाहुना रहेछौ तिमि मेरो सुर अन्तै कसे हुन्छ!!

भन्थे सबै जनाहरु २/४ दिनको कहानी रे यो माया
झुक्याएर अर्कैलाई फेरी छुरा धसे हुन्छ!!

नहुदै निको पुरानो घाऊ,नया चोट फेरी दिनलाई
झुटो नाटक फेरी गर्न अर्कै सहर पसे हुन्छ !!

पाहुना रहेछौ तिमि मेरो सुर अन्तै कसे हुन्छ!!!
झुक्याएर अर्कैलाई फेरी छुरा धसे हुन्छ!!!!
murari paudel

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  नजर के जुधेथ्यो

नजर के जुधेथ्यो चाँदनि छरियो जिवनमा
प्यासी घडा अमृत जलले भरियो जिवनमा

कति भएथ्यो नदेखेको खोज्दै खोज्दै हिँडेको
हजारौँ आशाका खोला तरियो जिवनमा

लुकामारी खेल्दै कहिले उ माथि बादलमा
कहिले तल समुद्रमा झरियो जिवनमा

सोचेकै थिएन आज एक्लै मुस्काई रहेछु
एकटकले हेरियो छक्क परियो जिवनमा

जता जता जान्छौँ तिम्रो रोशनि साथै
पछि पछि लाग्ने अठोट गरियो जिवनमा
राकेश कार्की 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  मुटु बिना धड्कन नभई बाँच्न कहाँ सक्छु र म

तिमी बिना एक्लो जिबन सोच्न कहाँ सक्छु र म
जिन्दगीको यात्रा एक्लै काट्न कहाँ सक्छु र म

तिमी मिले जिबन मा चाहिँदैन केही पनि
मुटु बिना धड्कन नभई बाँच्न कहाँ सक्छु र म

एक्लो लाग्छ तिमी बिना संसार को यो भिड पनि
तिमी बिना आफ्नो संसार सोच्न कहाँ सक्छु र म

तिमी लाई रुन दिन्न मलाई दु:ख परे पनि
तिम्रो खुशी बिना एक्लै हाँस्न कहाँ सक्छु र म
 Raju chalise

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  छोडि आउँदा

हिंड्ने बेला रोयौ सानु , नजानु है भनेर
आसिंबाद आमा ले ,छीट्टै आउ ल भनेर

केही पर पुगेपछी फर्किएर हेरेको थें
खोज्दै थिईन छोरी ले बाबा बाबा भनेर

सुने पछी उन्को बोली,निराश भयो मन पनि
त्यहाँ बाट हिंडे फेरी आँखा मा आँसु भरेर

माफ गर है छोरी मलाई छोडेर म जाँदै छु
न रुनु है छोरी तिमी बाबा खोई भनेर

आउने थियँ छिट्टै फर्की छुट्टी पनि पाको छैन
मन लाई आफ्नो बुझाउ सानु तस्बिर हेरेर 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 देशले मुहार फेर्नेछ प्रिये

देशले मुहार फेर्नेछ प्रिये
ईतिहासले हामीलाई हेर्नेछ प्रिये

देशै बिग्रे हाम्रो प्रेम के सफल होला?
पिर नलेउ सुखले घेर्नेछ प्रिये

राम्रो सोचौँ भलो गरौँ दिन बित्दै जाँदा
शत्रुले नि हाम्रो कुरा टेर्नेछ प्रिये

न्यायको पछि लाग्दा ज्यानै दिनपरे पनि
त्येसको सम्मान दुनियाले गर्नेछ प्रिये

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  रिसाएर चोखो माया, आफ्नै हातले मार्यौ सानु

रिसाएर चोखो माया, आफ्नै हातले मार्यौ सानु
भन्थे माया लालुपाते, बाटो मुनी पार्यौ सानु

सपना थ्यो फूलबारिमा, माया थुङ्गा थुङ्गा फूल्लान
नीर्दयी त्यो मन तिम्रो, कोपीला मै झार्यौ सानु

जसो तसो जतन गरि, प्रेम बृक्ष झुल्दै थियो
माया दिन्छु भनी भनी, उखालेरै छाड्यौ सानु

पर्खे तीमीलाई दोबाटोमा, संगै गरौ यात्रा भनी
आफै मात्र खोला तर्ने, कस्तो झेल गर्यौ सानु 

Gaurab Shrestha 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  उताबाट बसाईँ सरि यता बस्न आएँ
भनि साद्दे छैन मैले कति दु ःख पाएँ

खल्ति रित्तो भएपछि जागिर खोज्दै हिँड्दा
कहिले कता कहिले कता धेरै ठाउँ धाएँ

एउटीसँग माया बस्यो उतिखेरै फेरि
बिछोड पनि भयो अनि फेरि गजल गाएँ

अघिकै हो कुरा तर आजै जस्तो लाग्छ
कसलाई पो भनौँ र खै कति चोट खाएँ
Arjun Bhandari

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

    मिठो आशा देखाउदै

मिठो आशा देखाउदै मेरो सिउँदो भर्छु भन्थ्यौ,
मैले साथ दिइँन भने हाँसी हाँसी मर्छु भन्थ्यौ।

वरिपरि झुम्मी रहन्थ्यौ भवरा झै फुलबारीमा,
बेली,चम्पा,चमेली झै तिमि सुवास छर्छु भन्थ्यौ।

हजारौ छन् माया देखाउने चोखो प्रेम छैन कतै,
स्वच्छ कन्चन माया पाउन मेरै भर पर्छु भन्थ्यौ।

दोबाटोको उकालीमा हात समाइ बस्दा हिड्दा,
नागबेली खोलाको भेल तिमी सङै तर्छु भन्थ्यौ।
मोहन बिहानी

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 तेसो गरे कसो होला?

तिम्लाई मैले विस्वास गरे कसो होला?
अनि तिमी मेरो भर परे कसो होला?

जीन्दगी यो समुन्द्र हो एक्लै तर्न कठिन छ
तिमी र म एउटै नाउमा तरे कसो होला?

सँधै बस्छौ कौशिमा म एक्लै तल हुन्छु
अब देखि मेरो तिर झरे कसो होला?

तिम्रो माया मेरो मनमा गाँसे हुन्थ्यो सँगै
यदि तिम्ले तेसो गरे कसो होला?

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  आजकलका केटी

आजकलका केटी पढेका हुन्छन
पढेका केटी सडेका हुन्छन

देखीन्छन साना नजरमा तर
उमेरमा भने बढेका हुन्छन

गुन्यू चोली हरायो कठै
आधुनिक पहिरन जडेका हुन्छन

देखीन्छ सबैको घरघरमा अचेल
सासु र बुहारी लडेका हुन्छन

जिन्दगी आफ्नो सम्हाल्नु साथी
लोग्नेको शिरमा चढेका हुन्छन ॥

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   पछी थाहा पाये

धेरै लागि सकेछ खुट्टा ठोक्के पछि थाहा पाये
पिरहरू मा रैछु आसुँ पोख्खे पछि थाहा पाये

बर्बादीको भङ्गलो ले एकोहोरो गाली सकेछ
थोरै हिड्दानै पाइलाहरू रोक्के पछि थाहा पाये

आफ्नै लाग्थ्यो इस्ट सबै तर होईन रैछन
बिना करण आँखा तर्दै झोक्के पछि थाहा पाये

मन धेरै रोयो बेचिए जस्तो भाको रैछु
बर्केलिङमा निस्चित रकम तोक्के पछि थाहा पाये
 Toran rai

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  सबै यसै जान्छ

समय संगै मानिस परिवर्तन हुदै जान्छ
आधा बाटो नप्पुग्दै सिरेटोले छुदै जान्छ

मनमा बाच्ने रहर बोकी बिस पिउनु परे
फक्रिएको निस्चल प्रेम आफै कुदै जान्छ

अन्नायको विरुद्ध आवाज नउठाए कसैले
न्याको कालो कोठरीमा कानुन रुदै जान्छ

बसन्तको हरियाली फुल संगै ओइली झरे
गरिबको आशु बर्षात सरि चुदै जान्छ
 Abhagi Thito

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  आशा यो जीवन को तिम्रो मेरो साथ,
मेरो माया लाग्ने भय समाउ मेरो हात ।

मन किन दोमन गर्छौ दोधार मा किन?
पिरति को हुन्न धर्म हुन्न येस्को जात।

सधैं भरि कति बस्छौ सम्झिएर मलाई
फोटो हेरी बुझदैन मन गरी बसौ बात ।

बाहाना बनाउदै भाग्छौ टाढा हुन हो कि?
जीवनमा कतै तिम्ले गर्ने हो कि घात ।

मरी दिन्छु तिम्रो लागि पाइन भने साथ,
तिमी बिना सुन्य लाग्छ मेरो दिन रात 
Mohan Bihani  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  उपहार भो आँशु मलाई, रुवाएर जाउ तीमी

उपहार भो आँशु मलाई, रुवाएर जाउ तीमी
मेरै जीबन बिष बनाई, खुवाएर जाउ तीमी

जती दिन सक्छौ घाउ, अच्चानो भै सहन्छु म
चोईटा चाईटा पारि मुटु, टुक्राएर जाउ तीमी

बगर बनोस मेरो जीबन, हरियाली छर अन्तै
यौबनको गंगा मेरो , सुकाएर जाउ तीमी

तीम्रै पाउमा राखिदिए, जीन्दगीको डोरि मेरो
पुरस्कार यो मुक्ती जीबन, रुकाएर जाउ तीमी

मेटिदिनु संम्बन्ध यो , दुनीयाँको नजर बाट
बियोगान्त कथा अब , लुकाएर जाउ तिमी
Gaurab Shrestha

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  चिट चोरी पास हुने
यो हाम्रो शिक्षा कस्तो
जहिले पनि मागेरै चलाउने
यो सरकारको भिक्षा कस्तो

देश रेटी आफु बाच्ने
यी हाम्रा नेताको चाला कस्तो
गरिबी हैन गरिब हटाउने
यहाँ मन्त्रीको भासण कस्तो

महंगीको त के कुरा गर्ने
कुनै चिज छैन यहाँ सस्तो
तैपनि जनता चुप लागेरै बस्छन
कसैलाई कसैको छैन चासो

शुद्धता आजकल केमा छ र यहाँ
खाना संगै बिष खाए जस्तो
माया पनि नोटमा सात्छन यहाँ
के भाको आजकलको प्रेम यस्तो
 Bajra Ratna

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 सँगै बास बस्नलाई !

बिपनामा उस्तै भयो तिम्रो पास बस्नलाई
सपनामै धाउला बरु सँगै बास बस्नलाई

विबश्ताले ताने पछि,छुट्नै पर्ने रैछ सानु
जता डोर्याउछा समयले,उतै दास बस्नलाई

छुट्न न चाहेर के गर्नु भाग्यले साथ नदिएपछि
बाँडेर सुख र दुःख तिम्रो साथ् बस्नलाई

म मरे पनि सानु,जान्न कतै अन्त यो सास
आउनेछ तिमी निरैयो सास बस्नलाई

बोकी आउला बाँचेछ,भने मायानै माया
तिम्रो दिलमा हिउँ चूली,झैँ रास बस्नलाई 
Anuragi

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   बदला केको लिंदै छौ 

आखा भरि दिन्छौ किन पानी मलाई
बदला केको लिंदै छौ त् सानी मलाई

हिजो सम्म म त् भन्थ्यौ तिम्रो राजा
आज किन भूल्न खोज्छौ रानी मलाई

रुवाउछौ पलपल किन यसरि तिम्ले
स्वर्थी यो दुनियाँको वात मानि मलाई

हरपल आफ्नो सम्झिंदा प्रिये तिम्लाई
अबेशमा आउछौ किन पराई ठानी मलाई

तिम्रो दिलमा बस्दा बस्दै,काँडा बिचमा
धक्क्याउदै छौ किन तानी मलाई

अनुराग लामा

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

   के के लागायौ!!!!!

मेरो मायाँलाई तिमीले खोट लगायौ,
उखेली गुलाब काँडाको बोट लागायौ

मनै त हो नि मेरो पनि दुख्छ पिंडामा,
थाहा हुँदा हुँदै तिमीले चोट लगायौ
...
हात समाई लग्यौ भीरमा अनि धकेल्यौ,
आफ्नो भने जिन्दगीलाई ओट लगायौ

तिम्रै मायाँले हेर म त भएँ लौरी झैं,
हाँसी-खुसी जिउमा तिम्रो मोट लगायौ

जोगी भएँ तिम्रै पिरले रोगी भएँ म,
नंग्याएर मलाई आफुँ कोट लगायौ
आफ्नो भने जिन्दगीलाई ओट लगायौ
Ashu kalpit

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   आखा भरि दिन्छौ किन पानी मलाई
बदला केको लिंदै छौ त् सानी मलाई

हिजो सम्म म त् भन्थ्यौ तिम्रो राजा
आज किन भूल्न खोज्छौ रानी मलाई

रुवाउछौ पलपल किन यसरि तिम्ले
स्वर्थी यो दुनियाँको वात मानि मलाई

हरपल आफ्नो सम्झिंदा प्रिये तिम्लाई
अबेशमा आउछौ किन पराई ठानी मलाई

तिम्रो दिलमा बस्दा बस्दै,काँडा बिचमा
धक्क्याउदै छौ किन तानी मलाई

अनुराग लामा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 यो धर्तिमा साह्रै दु:ख म हुँ पा'को मान्छे हजुर
खाली खुट्टा थोत्रो भोटो मागी ला'को मान्छे हजुर

गरीबीले मेरो घरमा छाक टार्न गाह्रो हुदा
लेक बेसी मेलापात दैनिक धा'को मान्छे हजुर

कुहीएछ खरको छानो म बिना त आज भोलि
ढल्न लाको देउरालिमा घर भा'को मान्छे हजुर

सधैं बस्न हैन आको प्रबासमा म त अचेल्
आउदानै जानेभनी कसम् खा'को मान्छे हजुर

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 उसलाई भने दियौ फूल,हात तानी तानी
मलाई भने रोप्यौ काँडा,मुटु छामी छामी

दिन्छु भन्थ्यौ अटुट साथ् अनि खुशी मलाई
फेरी किन यो आँखा भरि,दियौ पानी पानी

कसूर तिम्रो हुँदा पनि सब्को सामू तिमी राम्री भयौ
चाल्दै जाली जालमा तिम्ले कुरा छानी छानी

दोष दिउला बरु दैवालाईनै धोके म भन्दिन तिम्मिलई
धोका मलाई तिमीले नै दिएपनि जानी जानी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   हृदयले माया गरेँ तर किन ठट्टा सम्झ्यौ
मन जोडी बनाँएको घर किन ठट्टा सम्झ्यौ ।

सक्दिन म दिन अरु सुनचाँदी हिरामोती
सम्हालेर राख्ने मेरो भर किन ठट्टा सम्झ्यौ ।

हामी दुवै एकै रथका पाङ्रा बन्न सक्नु पर्छ
म बाट पाएको यो थर किन ठट्टा सम्झ्यौ ।

भाग्यमा नै पाएछौ है मेरो साथ अजम्बरी
ईश्वरले जुराएको बर किन ठट्टा सम्झ्यौ ।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  अधुरो छु म तिमी भए, पुरा हुने थिए
साथमा हुँदा हरैपल मिठामिठा, कुरा हुने थिए-1

केशहरुमा सलबलाई गाजल संगै लत्पतिएर
हतैभरी छङछङ बज्ने रगिबिरङी, चुरा हुने थिए-2

हात माग्छु साथ माग्छु गन्तब्यमा संगै पुग्न
दोबटो मा छुट्नु परे आँफैलाई रेट्ने छुरा हुने थिए-3

लेख्दा लेख्दै गजल बनेछ तर लेख्या कुरा सत्य

पिढा मा तिम्लाइ खुशी मिले कटियेर झुरा हुने थिए-4 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   मेरो मायाँलाई तिमीले खोट लगायौ,
उखेली गुलाब काँडाको बोट लागायौ

मनै त हो नि मेरो पनि दुख्छ पिंडामा,
थाहा हुँदा हुँदै तिमीले चोट लगायौ
...
हात समाई लग्यौ भीरमा अनि धकेल्यौ,
आफ्नो भने जिन्दगीलाई ओट लगायौ

तिम्रै मायाँले हेर म त भएँ लौरी झैं,
हाँसी-खुसी जिउमा तिम्रो मोट लगायौ

जोगी भएँ तिम्रै पिरले रोगी भएँ म,
नंग्याएर मलाई आफुँ कोट लगायौ
आफ्नो भने जिन्दगीलाई ओट लगायौ
Ashu kalpit 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 मन भित्रका कुण्ठा सारा
फलानू पर्ने भाछ !
मन हालका पर्न तिमीलाई
भुल्न पर्ने भाछ!

चाहिदैन तिम्रो साथ
घात भए भाछ !
चहिएन तिम्रो माया
लता भए भाछ !

सिस्ससरी फुट्यो यो मन
चकनाचुर नै भाछ !
तिम्रो बिछोड़े सहन नसकी
यो मुटु पागल सरी भाछ !