Nepali Kabita Sangraha bhag 32


                    आज किन हो प्रक्रिति??????????

आज किन हो प्रक्रिति निरासिनताको द्रिस्तान्त बनेको छ?
कतै सिसिर रीतुको आगमनले उसलाई विवश त बनाएन?


भुइमा अलपत्र छरिएर ओेइलाएका पातहरुलाई
ती बस्त्रहिन रुखहरु लज्जित भएर हेरिरहेका छन्।
आज किन हो प्रक्रिति मौनता को द्रिस्तान्त बनेको छ?
कतै ती चिरबिर गाउने गीतकारहरु पलायन त भयनन्?


ती पस्चिमबात आएको निर्दयी बतासको अचुक प्रहारबात
प्रक्रिति भिद्न खोज्दा खोज्दै पनि घायल बन्न पुगेको छ।
आज किन हो प्रक्रिति निर्वलताको द्रिस्तान्त बनेको छ?
कतै सधै साथ दिने स्रश्ता पनि बिश्वासघाती त भएन?


फूलहरुको अनुपस्थितीले प्रक्रितिलाई निर्धो मात्र होइन
चारैतिर लागेका हुस्सुले उसलाई कैदी पनि बनाएका छन्।
आज किन हो प्रक्रिति कुरुपताको द्रिस्तान्त बनेको छ?
कतै म जस्ता प्रक्रुती प्रसन्शकहरु अन्धा र बहिरा त भएनन् ?

                                                         -सुजता श्रेष्ठ




     


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
                  जोरो
आगोको रापजस्तै मलाई
आफ्नै शरिरले पोलाईरहेछ।
चिसो रातमा जलाईरहेछ
एक्लो खातमा सल्काइरहेछ।

मेरो उठ्ने प्रयIस निरर्थ
मेरो सुत्ने प्रयIस व्यर्थ
लाचार शरिर तात्दैछ पूर्ण तात्दैछ,
थर्मोमितरको दाँत भच्चाएर
यो विजयी जोरो चन्दिनाँच देखाउँदै
अझै उफ्री उफ्री गर्भसाथ तात्दैछ 
मेरो इम्युनिती पावरले सेतो झण्डा देखाइ
आत्मासमर्पण गरिसक्यो ।
विखभन्दा नमिठा औषधीले बाकी शक्तिलाई
छिन्नभिन्न पारिसक्यो ।

अन्तिम सोच यो अन्तिम घडीमा
म र मेरो देश उस्तै पो हो कि ?
मलाई जोरोले सतायो
मेरो देशलाई अविकसले सतायो
म गन्दैछु दिन फुर्ती शरिरको सपनामा
मेरो देश रित्तिदैछ झुतो विकासको आशामा..
मलाई यि असङ्ख्य भाइरसले तोक्यो
मेरो देशलाई आफ्नै सन्तानले छुरा भोक्यो

म र मेरो देश यो विशाल भुगोलमा
रोगी छौँ अछुत छौँ
एक्लो बौलाह जस्तै बर्बाराउदैछौँ
पूर्ण जल्दैछौँ यो असह्य तापमा
खरानी हुँदैछौ..
धुवाँ बनी बिलाउदैछौँ
हराउदैछौँ...




      


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                    हरेक रात ...

हरेक रात
फक्रिन्छ उन्को योवन
हिँद्छिन् खोजिमा कसैको
हरेक रात
रित्त्याउछिन् उनी आँफैलाई
मेटाएर  प्यास कसैको....
उनिलाई अङ्गाल्ने धेरै आए
उनिलाई रङ्गाउने धेरै आए
हरेक वंजर रात
ओेइलएर झर्छिन उनी
बनेर सुबाश कसैको
हरेक सुन्य रात
निर्लज नँच्छिन उनी
हराएर धुनमा कसैको...
उनिलाई फकाउने धेरै आए
उनिलाई थकाउने धेरै आए
हरेक चिसो रात
जलाउछिन् उनी आँफैलाई
बनेर न्यानो बिहानि कसैको
हरेक रात
फक्रिन्छ उन्को योवन
हिँद्छिन् खोजिमा कसैको...
 


     
    


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
                  नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
सागर बोहरा
महेंन्द्रनगर, नेपाल @ कंचनपुर


     
  


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                    परिवर्तन आउछ आउछ सबै सधैं यसो भन्ने गर्छन्
परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्

प्रजातान्त्रिक अभ्यास हो रे राजनीतिमा सबै छिरे
तेही अभ्यास मै महिनै पिच्छे अनेक थरी पार्टी फेर्छन

देश पछी भएर के भो र नेता सबै अघी यहाँ
मौका पाउदा यहाँ केवल आफ्नै फायदा हेर्ने गर्छन्

नाम का यिनी क्रान्तिकारी बोली उन्को बुझ्नै गार्हो
यिन्का कुरा नसुनेमा मारुला झै गरी घेर्छन

केवल उनी मात्रै इमानदारी, हैनन रे उनी भ्रस्टचारी
तर हग्दा चाँही केवल डलरा’का पहाड मात्रै छेर्छन

परिवर्तन आउछ आउछ सबै सधैं यसो भन्ने गर्छन्
परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्



     
 


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                    प्रेममा धोका भए पछी


माया शब्द मनमा गुन्दा मनमा एउटा ढुंगा लाग्यो
लाउदा माया पाउदा चोट माया प्रति घ्रिडा जाग्यो

मायाको संसारबाट मन टाढा टाढा भाग्यो

उनको नामको धड्कन आज नौलो लाग्छ मलाई किन?
उनकै नाममा धड्की भन्छु मान्दैन दिल एकैछिन

सोध्दा मनलाई प्रश्न गरि भन्छ अब रहिनन उनि मेरी
माया लगाई कसम खाई छोडी गई घात गरी


गयौ तिमि अब लाखौ लाख टुक्रा पारी मेरो मनको
चोखो माया गर्थ्यौ तिमि थिएनौ भोको तनको


माया शब्द मनमा गुन्दा मनमा एउटा ढुंगा लाग्यो
लाउदा माया पाउदा चोट माया प्रति घ्रिडा जाग्यो
मायाको संसारबाट मन टाढा टाढा भाग्यो




         


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                   Ma

म एक पुत्र
एक पति
र एक पिता हुँ

एक न्वारान
एक विवाह
र एक चिता हुँ
म एक होटल
एक बोतल
र एक प्याला हुँ
म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ
म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ
म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ
म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ
म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ
म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ
Bhupi Sherchan –



     
    


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


                   Mero Jiwan Lake Jhain

मेरो जीवन लेकझैं पुरानो थियो
मेरो दुनियाँ
मुर्दा पोल्ने बगरझैं सुनसान थियो
र म आफ्नो जीवनको लेकमा
चमरी गाईको गोठालाझैं एक्लो थिएँ

तर एक–दिन
तिमी मेरो जीवनमा भैंचालाझैं अकस्मात् आयौ
तिमीले मसित प्रीत लायौ
मेरो स्वरमा–स्वर मिलाएर गीत गायौ
मैले बधाई दिएँ आफ्नो यौवनलाई
अन्तमा तिमीले पनि कसैको प्रीत लायौ
तर
जस्तो कि थियो मलाई डर
निरन्तर अपमानित भएको मानिसको हृदयभित्र
अभिमान थाकेझैं
वृद्ध शरीरभित्र प्राण थाकेझैं
तिमी मेरो प्यारमा थाक्यौ
अनि फेरि आउँला भनी
नदीको लहरमा नाचेको पातझैं
भोरको प्रतिक्षामा बाँचेको रातझैं
तिमी बेपत्ता भयौ
कुन्नि कता गयौ
यद्यपि मलाई थाहा थियो
तिमी अब कहिल्यै आउँदिनौ
मेरो स्वरमा स्वर मिलाएर अब तिमीले
कहिल्यै गाउँदिनौ
तैपनि मैले तिम्रो प्रतिक्षा गरेँ
असङ्ख्य मिलनको इच्छा गरेँ
तिमी भने
कुनै अप्रसिद्ध नयाँ लेखकको
प्रथम पुस्तकको दोस्रो संस्करणझैं
वादा गरेर पनि कहिल्यै आइनौ
म भने
आज पनि विना कुनै आशंका
विना कुनै विश्वासको
कुनै कुरुप बूढी कन्याको सिउँदोले
सिन्दूरलाई पर्खेझै्र
तिमीलाई पर्खिरहेछु
किनकी आज म भित्र–भित्रै
हिमशिलाझैं चर्किरहेछु ।
Bhupi Sherchan – 




         


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita