100 Nepali Best Muktak Collection Part Two

अझै ठप्प भएको नाका खोल्न सक्दैनौ भने
भारत विरुद्ध एकजुट भइ बोल्न सक्दैनौ भने
के का लागि खान्छौ सपत र गाउँछौँ रास्ट्रीय गान
नेता ज्यु हिमाल,पहाड र तराई जोड्न सक्दैनौ भने
हरिशरण 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

पैसा भन्ने जातको अन्त्य गर्नु पर्छ।
सन्तान बेच्ने हातको अन्त्य गर्नु पर्छ।
भिख संग मातृभूमि साट्ने मुर्ख कलंक,
र देश टोक्ने दाँतको अन्त्य गर्नु पर्छ।
-बिन्दा लामा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

यी सबै कहानी राजनीतिमा छन् ।
दुनियाँ कै बेमानी राजनीतिमा छन् ।
हे सरकार तिमी फाँसी दिन सक्छौं ,
छोरीचेली बेच्ने प्रानी राजनीतिमा छन् ।
-मनोहर शाही

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

अभाबले स्वाभिमान गिराउने रहेछ ।
अज्ञानताले सधै बाटो बिराउने रहेछ ।
जेगर्नु गर्छ यहाँ यही पैसाले गर्छ ,
रत यती धेरै पागल बनाउने रहेछ।
-प्रभा ब्रतौला

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

इमान बेचेर अनि स्वाभिमान बेचेर बाचेका छन ।
काेहि जन्मभुमि काेहि रत्नउद्यान बेचेर बाचेकाछन् 
पैशाकाे लालचमा अाई छाेरी चेलि केही नभनि ,
दलालहरु हाे कयाैँका ज्यान बेचेर बाचेका छन् ।
-कपिल मणी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

आफ्नै नज़रबाट नखसे सम्म इमान बेच ।
खरिददार छन् भने आफ्नो स्वाभिमान बेच।
मरेपछी अनुहार कसरि लुकाउँछौ त्यो सोच,
अनि मन्दिर मस्जिद खुदा भगवान बेच ।
-सुनिल अधिकारी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

स्वाभिमान र इमान बेच्नेको नपरौं भर।
जन्मभुमी र दलान बेच्नेको लिउँ है डर।
यी अपराधी पापी हुन दिनु हुन्न क्षमा,
आफ्नै रगत सन्तान बेच्नेको नगरौँ घर ।
-दिलिप राई सगर

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

हाम्रो राष्ट्र हाम्रो सान झुक्न दिनु हुन्न ।
अटल,अमर स्वभिमान झुक्न दिनु हुन्न ।
के हिमाली के पहाडी आउ तराई हात जोडौं ,
बुद्वत्वको शान्ति ज्ञान झुक्न दिनु हुन्न ।
-शिभ सुवेदी

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

जलस्रोतको धनि देश नेपाल पानी बेचेर खायो।
नारीहरू धर्म संस्कृति भुली जवानी बेचेर खायो।
हरायो मातृभूमीको ईज्जत र मान सम्मान कठै,
दलालहरू पैसामा दिन दिनै रहादानी बेचेर खायो।
-नानू मगर

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

देश बन्न ढिलासुस्ती हटाइदिए पुग्छ सरकार
अनावश्यक खर्चहरू कटाइदिए पुग्छ सरकार
डुबेको हो देश हाम्रो घुसपैठ र बेइमानीले
ब्रह्मलूट र दुरुपयोग घटाइदिए पुग्छ सरकार ll
-कोमल भट्ट

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

मदहोशि तीखा आँखा मारी उसैले ।
एकोहोरो माया जाल्मा पारी उसैले ।।
निम्ता दिई मझेरिमा मख्ख परेंछु ।
तगारोमै काँडेतारले वारि उसैले ।।
गणेश प्रसाद खतिवडा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

केहि आशा अधूरा छन केहि भएको छ पुरा।
चोक चोक मा चलेका छन संविधान को कुरा।
जे भए नि हाम्रो देश ले एउटा मोड लिएको छ।
देश ले बिकास को गति लिगोस कामना हजुर।
हरिप्रसाद "निरन्तर"

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

यसो गरे नि पार लागेन,उसो गरेनी,पार लागेन
अहँ,तिमीलाई नसम्झिउँ भन्ने कुनै,विचार लागेन
त्यो तिम्रो स्वादिलो,शुभ प्रभात,सुन्नकै निमित्त
मलाई रातैभरि अनिँदो बस्दानि,पट्ट्यार लागेन!
-उदास अनन्त

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

यहाँ ज्वाइँले ससुरालाई पालेको नि देखेको छु
छोरी पाउँदा घोर्ले खसी ढालेको नि देखेको छु
तर पनि यै समाजमा यस्ता बाबू आमा हुन्छन्
जाँचबुझ गरि गर्भे नानी फालेको नि देखेको छु
 प्रकाश

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

तिम्रो अनि मेरो पनि उमेर लक्का भो ।
चियाउँदै जो जो थिए ठूलो धक्का भो ।।
सुनिहालुन तातोतातो खबर सबैले ।
तिम्रो मेरो मिलन आजै राती पक्का भो ।।
गणेश प्रसाद खतिवडा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

रातै टीका लगाएर आउँछे सपनिमा ।
मेरो कोठासम्म आफैँ धाउछे सपनिमा ।।
टाँस्सिएरै समाउँछे अनि के के गर्छे ।
यसरिनै मलाई सताउँछे सपनिमा ।।
गणेश प्रसाद खतिवडा

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

मखमली गोदावरी माला गाँसे दिदी ।
ढोकामाथी सयपत्री उनी टाँसे दिदी ।।
आइपुग्छु सकेसम्म टिकासम्म म नि ।
अरु केही चाहिदैन तिमी हाँसे दिदी ।।
गणेश प्रसाद खतिवडा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

मुटुसँग मुटु नै साटी मोरिले ।
मैसँग पो घरबार आँटी मोरिले ।।
चौतारिमा साँझमा भेट्न बोलाई ।
अंगालोमा कसेर चाटी मोरिले ।।
गणेश प्रसाद खतिवडा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

एकै झल्को नजरैले मताइरह्यो सानू
मुटु बढ्दो ढुकढुकिले तताइरह्यो सानू
छट्पटिभो कोल्टे फेर्छु हराएर निन्द्रा
रातैभरी सम्झनाले सताइरह्यो सानु
गणेश प्रसाद खतिवडा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

हिड्दा हिड्दै बाटो छेकी रोके हुन्छ साथी
एकै चोटी समातेर बोके हुन्छ साथी
बिस्तारै त दुबै मन मिल्ने कहिले होला 
अंगालेर चप्प गाला टोके हुन्छ साथी
गणेश प्रसाद खतिवडा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

माया हजुर थोत्रींदैन पुरानो नि हुन्न
जातपात हेरि ठूलो र सानो नि हुन्न
लेखेपछी अर्कोपल्ट नमिले झैँ गरि
गृहकार्य बुझाएको त्यो पानो नि हुन्न
गणेश प्रसाद खतिवडा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

जिन्दगिमा रमाउन जुट्नेभए आउ
एकैछिन भेटेपछी छुट्ने भए आउ
दुइदिने जिन्दगिमा मरिलानु के छ
छचल्किँदो जवानी यो लुट्नेभए आउ
गणेश प्रसाद खतिवडा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

नेपालीको मुहारमा उज्यालो छाएको छ ।
नेपालमा शान्ती र सु-शासन आएको छ ।
ढिलैभए पनि बनेर आयो संबिधान अब,
अहिले जनताले बाँच्ने आधार पाएको छ ।
गोबिन्द के.सी

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

यहि दिन पाउन गरियो थुप्रै आन्दोलन र लडाई
बहुल्जाति, बहुभाषी सबै नेपाली कोही छैन पराई
साढे छ दशकदेखिको हाम्रो सपना साकार गर्ने,
जननायकलाई धन्यवाद हामी नेपालीलाई बधाई
तिलक अधिकारी

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

चुहिने हातहरुको अञ्जुली फेरियोस यो संविधानले
दुखित मनहरुको खुल्दुली फेरियोस यो संविधानले
फेरियोस देशको मुहार रुन नपरोस् नेपाल आमाले
त्यो भरिया जिबनको काँचुली फेरियोस संविधानले
बिकेन्द्र सहयात्री

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

सम्झेर त्यो मन मुटु खायो होला प्रीया
के गरौं कसो गरौं लायो होला प्रीया
चाडबाड आउदा संगै साथमा नहुदा म
चारैतिर अन्धकार छायो होला प्रीया
बिकेन्द्र सहयात्री

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

जता हेर्यो उतै तनाव नै तनाव देखियो
बुद्धको देशमा शन्तिको अभाव देखियो
खै के भनौं मान्छे उस्तै काटे रगत एउटै
तँ सानो म ठूलो भन्ने भेदभाव देखियो
बिकेन्द्र सहयात्री

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

आफ्नो भाग्य निधार यो हेर्न मिल्ने भए
अचानोमा राखी सबै दु:ख सेर्न मिल्ने भए
कति सुखी हुन्थे होला दु:ख पाउने मान्छे
सधैं दुखी रहने मुटु हाम्रो फेर्न मिल्ने भए
बिकेन्द्र सहयात्री

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

आफुले टेकेको धर्ती नै भिर भए पछि
कसैको नजर बाट गिरेको शिर भए पछि
जस्ले नि दबाउनै मात्र खोज्ने रैछ यहाँ
मुटु भित्र गाडिएको वेदना र पिर भए पछि
बिकेन्द्र सहयात्री

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

सर्प पुजेर धर्म मान्दिन म
देखावटी कर्म मान्दिन म
हिन्दु हु मनको देवता मान्छु
सत्य बोल्न सर्म मान्दिन म
रेखा पन्त

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

काटि हेर रगत छ रातो उस्ता उस्तै!!
हो गन्तव्य फरक बाटो उस्ता उस्तै!!
ईसाई,मुस्लिम,हिन्दु धर्म अलग अनि।
जन्म भुमि अलग माटो उस्ता उस्तै!!
हेम घर्ति मगर

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

मुक्तकको नातो कोसेली फुकाउनु है प्रिय 
जे जे छन् पिर ब्यथा सुकाउनु है प्रिय 
मुक्तकिला मन हाम्रो मेहफिल बनेको छ 
पोखौ भावना खुलेर न लुकाउनु है प्रिय 
भबानी अधिकारी नेपाल

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

अनेकौ ति बहानाले मुटु लुट्ने धेरै हुन्छन 
सोझालाई फसाउन जाल खुटने धेरै हुन्छन 
कोमल मनका नारि तिमि हुनुपर्छ होसियार 
भोलि तिम्रै विरोधमा यहा जुट्ने धेरै हुन्छन !!
कल्पना पौडेल 'जिज्ञासु

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

सिक्नुपर्छ जिन्दगीले सिकाउँछ धेरै कुरा  
बिवेकशिल र धैर्यताले टिकाउँछ धेरै कुरा 
बुढापाका भन्ने गर्छन् सोचिसम्झी अघि बढ्नु 
चिल्ला मिठा बोलिले नै बिकाउँछ धेरै कुरा ||
 Sabitra Luitel Ghimire

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

जिन्दगीको बाटो साँघुरो बनायो
देखेथें सपना सबै अधुरो बनायो
पुकारें भगवान रोकिएन भूकम्प
बाबा आमा लुट्यो टुहुरो बनायो
केशब शाहि

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

साँच्चै त्यो कठोरता जनायो प्रकृतिले
भोक संगै शोक पनि खनायो प्रकृतिले
मेरो पनि ओत लाग्ने झुपडि थ्यो हिजो सम्म
निमेष भरमै खण्डहर बनायो प्रकृतिले !!
कृष्ण 'अविरल'

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

जिन्दगीको संगर्षमा चार पाउ  टेकी 
गन्तव्यमा पुग्ने ठुलो सपना  देखि 
हिड्दा हिड्दै थाकिसके आसा मर्दै गए 
तर पनि बाचेकैछु दुख पिडालाई छेकी
 Sumitra Sapkota Rijal

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

हरिद्वार गएर गङ्ङा स्नान गरेपछि
पखालिन्छ  पाप पुगिन्छ रे स्वर्ग मरेपछि 
लाग्दैन मलाई त्यसमा बिश्वास कत्ति पनि 
हो पुन्य मिल्छ दीनदुखिको दुख हरेपछि 
 Tulasa Tulsa

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

कुनै दिन आफै दुखेर आउँछ
भै रहेको मन पनि टुटेर आउँछ
यी सबै कुरा आश्चर्य चकित छन्,
देखेकै हो खुसी पनि लुकेर आउँछ  
 अम्बिका याम्फु

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

हारमानेर वैलिएन तारेभिरको  सुनखरी 
फुलाइ राख्यो सम्भाबना आफ्नै वरिपरि 
लाग्दैथियो गाँउको त्यो बुढो ओडार भत्कियो कि ?
तर उस्ले भन्दै रैछ जिबित छु म सधैभरि
 नाना रोदुङ्

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

सानोमा भुलमा कसैको ह्रदय गलाउन नखोज्नु 
अरुको उन्नतिमा आफ्नोमन जलाउन नखोज्नु 
उनको श्रदा बिश्वाशमा तिमी माथि हुन सक्छौ 
तर आफ्नै सम्झि अधिकार जमाउन नखोज्नु !!
 Radha Bhattarai 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

नसोधी आफै मनोमानी गर्छ तक्दिर के गर्नु 
न बोल्छ न बोलाउँछ तिम्रो तस्बिर के गर्नु 
मन साट्नु त मन सँग यादहरूको  लागी 
दूई दिनको पाहूना जस्तै यो शरीर के गर्नु
 मुना सिग्देल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

मिठो रसिलो चट्ट बनाउने कला देख्छु यहा
हेर्दा मुक्तक देखिन्छ तर बदला देख्छु यहा 
मार्मिक सब्द सृजनाले बनेको मुक्तक बिचमा 
मेरो रचना कता कता फितला देख्छु यहा 
 रेखा पन्त

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

तिमी बिना रोकिन्छ यो सास जीन्दगीको !
सक्दीन म एक्लै चुम्न आकाश जीन्दगीको
सारा संसार मायामा नै भुले पनि आखीर
लाग्नै छाड्यो मलाई अचेल विश्वास जीन्दगीको !!
 Bimala Sharma Dhungana

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

मरी सके जीवनका बाच्ने रहर पनि...
दियौ भने त्यो हातले पिउछु जहर पनि...
भाग्य पनि फुट्यो मेरो कठै शिसा सरी ,,,
बेचैनी छ मन खुसि छैन एक प्रहर पनि..
 nisa

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

छिटो हो या ढिलो,जानै पर्छ एकदिन!! 
छरदै छरदै टिलो,जानै पर्छ एकदिन!!
हाँसी खुशी रमाउ,दुइदिन बाचुन्जेल!
कति गर्नु दुखजिलो,जानै पर्छ एकदिन
 सीता अधिकारी तिमिल्सिना

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

लगाए छौ माया अन्तै हेरि 
बनाएर भबिस्य हाम्रो फेरी 
तिमीलाई कुरी कति पर्खी बसे 
रुनेछौ एकदिन यादआउँदा खेरि!!
Shanta Acharya Ghimire 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

प्रेमको ऋणी छु हजुर मैले चुकाएको छैन
झुके छु म आफै हजुरलाई झुकाएको छैन
पाप होइन पुण्य हो माया हो म प्रेम गर्छु
गर्बले भन्छु यो समाज संग लुकाएको छैन !!
 श्रेष्ठ बसु

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

मलाइ छोएर बहने बतास यो खवर पुर्याइदे 
तिम्रो पर्देसी आमालाइ सन्चै छ भनेर सुनाइदे 
बाटो हेरेर बसिरहेछिन् मेरी आँखा की रानी 
पल पल आशामा छु मिलनको घडी जुराइदे
लक्ष्मी अनुरागी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

हिजो सँगै हिडेको मान्छे आज भेटिदैन 
हिजो सुन्दर फुलेको फूल आज देखिदैन ।
फेर्ने श्वासले धोका दिन्छ, फुलेको फूल झर्छ -
हत्केलाले सूर्यलाई छेकेर पनि छेकिदैन ।।
Bhagawati Basnet

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

जन्माउनेले नै निदान गर्ने परम्परा चलेकै छ ! 
लादेन सध्दाम सबै सबै ईतिहास ढलेकै छ !! 
बाच्दा हुनत लेखाउथे होला आत्मकथा यिनले पनि  
चरी घैटे जो जो आउछन चिताको आगो बलेकै छ !
बबिता

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

छेवैमा नभए नि सुवास छरिदेउ असर गरिदेउ
दुरीले खाडल जन्माउन खोजे त खबर गरिदेउ
सबैथोक छोडी तिमीलाई माया गरेको छु मैले
यत्ति मनमा राखिदेउ मेरो प्रेमको कदर गरिदेउ!
उदास अनन्त

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

मन लिएर, मेरो मुटु लिएर ।।
कहाँ गयौ तिमी यार धोका दिएर ।।
फिर्ता दिनु मन मुटु जसरी नि बाच्छु
तिम्रै खुसी हेर्छु यार एक्लै जिएर ।।
जीवन नारायण भण्डारी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

यो छातिको जलन अब कहिले सम्म हो ?
चोटै चोटको गलन अब कहिले सम्म हो?
कति सोधौ ए निस्ठुरी प्रश्नहरू तिमीलाई ..
तिम्रो कठोर चलन अब कहिले सम्म हो?
Mohan Shrestha

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

आयो थर्थर जमीन कमाउंदै उल्का विध्वंस गर्यो।
भन्थे सबै भुईचालो आयो लौ हजारौं ज्यानै हर्यो।
भत्कियो महल लाखौं जनको ढलायो मन्दिर पनि।
हेर्दा हेर्दै मिल्यो सबै माटो मा बासै चउर मा सर्यो।
हरिप्रसाद अर्याल "निरन्तर"

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

हरेक भेट अन्तिम हुने होकि डर लाग्छ
त्यही भेट सम्झीएर रुने होकि डर लाग्छ,
रातदिन बेहोसिमा यो जमीन हल्लिरदा
फेरि पनि बिपत्तिले छुने होकि डर लाग्छ ।
श्याम श्रेष्ठ 'स्वप्निल'

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

दिन उस्तै छ यहाँ रात उस्तै छ ।
र त नेताको बज्रपात उस्तै छ ।।
सम्बिधानको नाममा यिनले गरेका ।
नेपाल बन्द र सबैलाइ घात उस्तै छ ।।
हरिशरण अर्याल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

यी हिमाल यी तराई पहाड बेचिनु बाट।
जोगाउनु छ यी हरिया फाट बेचिनु बाट।
एकजुट हुनुपर्छ अब,जोगाउनु छ नेपालित्व,
नेपाली हु भन्ने ललाट बेचिनु बाट।
नवीन संघर्ष 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

आकाश धर्ती एउटै तर मृत्यु फरक रहेछ
जीउनु र मर्नु त केवल आत्मपरक रहेछ
कसैलाई फाँसी चढाइन्छ कोही फुलको डोलीमा
जीउन जाने स्वर्ग नजाने यही नरक रहेछ
प्रतिमा केशी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

रहरा ढालेर ती मठ मन्दिर ढालेर।
गाउँ अनि शहरका सब घरहरू फालेर।।
गर्नुसम्मको नरसंहार गरिस नि भुकम्प।
लगिस हजारौलाई अकालमै अंगालेर।।
वीर थापा मगर

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

जब लालचमा म र मेरो,भनी अघि सर्छ मान्छे
अनि प्रकृती लाइ नै उस्ले,खेलवाड गर्छ मान्छे
निस्चित छ कयौं रुपहरुमा,आउनेछ प्रकोप हरु
अनि नचाहे नि अकाल,अकालै यहाँ मर्छ मान्छे
राइ बबुरो

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

दुख सुख उतारचढाव सहनु हो जिन्दगी
कल्पनाको सन्सारमा बहनु हो जिन्दगी ।।
के लिएर आयौ के लिई जान्छौ आखिर
बाचुन्जेल यादैयादमा रहनु हो जिन्दगी ।।
अनिल सौगात सुवेदी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

डाक्टर पनि छैन बाबु, धामी पनि छैन।
भत्केको घर बनाउन, ज्यामी पनि छैन।
भनिरहनु हुन्छ आमा,छिट्टै घर फर्के छोरा,
गाउँमा कोही मर्यो भने,मलामी पनि छैन।
 नविन संघर्ष 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

कसले सक्छ समय र मिती बदल्न !!
परापुर्ब चलि आएको रिती बदल्न !!
चुपचाप निरिह भै बस्नु पर्ने रैछ !
नसक्दा चोट परिस्थिति बदल्न !!
रेखा पन्त

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

म मरेनी मेरो देश यो मार्न पाउने छैनौ
नेपालीका आँसु अब झार्न पाउने छैनौ
लुछाचुडी गर्नेबानी छोडेहुन्छ नेता हो !
नेपाललाई टुक्रा टुक्रा पार्न पाउने छैनौ ।
मनसून

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

भत्काई दिएकोछ महल झुपडी ,टहरा बनाउछु।
म यी पाखा पहरा बन जंगल ,हराभरा बनाउछु।
मलाई वाह वाह संगै,सहयोगी हात दिएर त हेर,
गजल मुक्तक लेखेर म देशको,धरहरा बनाउछु।
नविन संघर्ष

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

टुटेको छ हृदय यो जोडिएला कैले अब ?
धेरै टाढा भयौ तिमी भेटिएला कैले अब ?
धुजाधुजा हुन थाले जिन्दगीका पाना सबै
फेरि हाम्रो कथा व्यथा लेखिएला कैले अब ?
कोमल भट्ट

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

भिजेका छन नयनहरु सुकेका छन ओठहरु!!!
आखिर कसले वुझ्छ यहा मेरो मनको चोटहरु!!!
जति स्वच्छ निश्चल मेरो माया प्रिती भनेपनि!!!
आखिर सब भुल्दा रैछन पाएपछि नोटहरु!!!
सागर श्रेष्ठ

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

डल्ली हु म काली हु म ,यत्ति विचार गर
आट हिम्मत वाली हु म,यत्ति विचार गर
आफ्नो इज्जत पहिचानको ख्याल गरे मित्र
रेखा पन्त गोर्खाली हु , यत्ति विचार गर
रेखा पन्त

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

आठ साल बित्यो संविधान बनाउछौ भन्दाभन्दै।।
जन्ताहरु थाकी सके जारी गर्ने दिनहरु गन्दागन्दै।।
अझै कति दिन कुर्नु पर्छ त्यो गन्तव्यमा पुग्नलाई।।
देश कंगाल भयो हाम्रो यहि बाटो खन्दाखन्दै।।
सागर क्षितिज राई

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

भुइचालो बाढी पहिरो हावाहुरी झरी
प्रकृतिले के गर्‍यो यो सारा नेपाल भरी,
बिपत्तिले दिनानुदिन यसरी गलाउदा
बच्या बाच्या जोगिने लौ अब कसो गरि??
श्याम श्रेष्ठ 'स्वप्निल'

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

तिमिले जस्तो रुप फेर्न जान्नी भए मैले ।
जो सङ्ग धन उतै मन तान्नी भए मैले ।
सायद हाम्रो सम्बन्ध पैले टुट्थ्यो होला,
सधैभरी तिमिलाइ दोषी मान्नी भए मैले ।
-कृष्ण प्रताप महत

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

कहिले यता कहिले उता गर्छस हाम्रै वरिपरि ।
जो छ होचो उतै घोचो पिडा दिन्छ्स घरिघरि ।
रोड्पती बनाइहालिस ७ हजारको ज्यान लगिस,
के-के गर्छस अहिल्यै गर त्रास नदे सधैभरी ।।
-कृष्ण प्रताप महत

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

बधाई मात्र भन्न सक्छु आजको यो घडीमा ।
पागल पनि बन्न सक्छु आजको यो घडिमा ।
अझै किचकिच गरेर उडाउन खोज्यौ भने फेरि!
तिम्रो खाडल खन्न सक्छु आजको यो घडिमा।
-कृष्ण प्रताप महत

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

शान्तिको दुत बनेर आउ बुद्ध तिमी ।
दुखमा छ्न नेपाली बचाउ बुद्ध तिमी ।
घर नाता गुमाएर ओठ्मुख सुक्या बेला,
अलिकती खुसी दिई हसाउ बुद्ध तिमी ।
-कृष्ण प्रताप महत

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

तिम्रो त मायामा केही छ यार ।
मन तान्ने चुम्बक त्यही छ यार ।
म यस्तो सडकमा खादा बस्दा पनि,
निरन्तर सम्झना अझै छ यार ।।
-कृष्ण प्रताप महत

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

सारा नेपाल बासिहरु रुएको बेला ।
बिदेशिको आँसु पनि चुहेको बेला।
ठाडै चार टुक्रा पारिदिनु भ्रम छर्नेलाइ,
बाइबल बेच्न गाउसहर पुगेको बेला ।
-कृष्ण प्रताप महत

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

माया गर्न थाल्छ्न रे तलब पाएपछी ।
दुनिया नै ठगिन्छ्न रे जलप लाएपछी ।
सस्तो यो मायाबाट पखाला चल्छ जब,
धोके भनी सराप्छ्न रे फ्लप खाएपछी ।
-कृष्ण प्रताप महत

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

बित्नी भो रात दिन रोएरै के  गरूँ
देव ढुङ्गा भयो छोएरै के गरूँ
रुन्न भन्छु ओभानो नहुनी भए
आसुले मुहार धोएरै के  गरूँ
रेखा पन्त

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

न घरबार न छानोमा,किन राख्छौ हामीलाई ?
रित्तै पाथी मानोमा,किन राख्छौ हामीलाई ?
बरु दैव एकै झट्का मारी लैजाउ सारा संसार,
खुकुरी धार अचानोमा,किन राख्छौ हामीलाई ?
नवीन संघर्ष 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

कैले कैले हाँस्दा हाँस्दै रुनु पर्दोरैछ बुझेँ॥
मनको पिर आँशु सगैँ धुनु पर्दोरैछ बुझेँ॥
गुलाफ जस्तो यो जिन्दगी काँडा माथि मुस्काएर,,
दुःखै दुःख भित्र खुशि हुनु पर्दोरैछ बुझेँ॥
अनुरागी बिनोद गैरे

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

उस्कै छ अहिले पालो केनै गर्न सक्छु
आउछ जान्छ भुइॅचालो केनै गर्न सक्छु
बिग्यानले रोक्न सकेन इस्वरले सकेन
भन्नुहोस त'म' गोठालो केनै गर्न सक्छु
दिनेश धामी 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

दाजु भाइ दिदी बहिनी,सुरक्षित भै बस्नु होला
एकापसमा प्रेम गर्दै,एकत्रित भै बस्नु होला
भुल्नु हुन्न आत्मविश्वास,धैर्यता र साहसलाई
संकष्ट यो पक्कै टर्छ,निश्शङ्कित भै बस्नु होला
कोमल भट्ट

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

चिल्ली बिल्ली भयो यहाँ थर्कियो जताततै
ज्यानै लग्यो बासै लाग्यो चर्कियो जताततै
के पायो खै त्यो दैवले कोलाहाल हेरिरह्यो
सायद मेट्छ प्यास आसु दर्कियो जताततै
प्रकाश अर्याल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

घाइते मनको चीत्कार सुन्दैन सरकार
दानापानीको हाहाकार सुन्दैन सरकार
जनता छानो माग्दैछन्, पालको भएनि
तिनका माग भो बेकार सुन्दैन सरकार
-एलिसा पौडेल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

यो चर्किएको मन मुटु ढलान गरियोस
जस्तो थियो उस्तै घर दलान गरियोस
मानव लाई न्याय दिन सक्छौ भने दैब
अभियुक्त भुकम्प जेल चलान गरियोस
नवीन प्रधान

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

पिडितलाई राहत बाड्न जान्दैन नालायक सरकार
घाइते सङ माया साट्न मान्दैन नालायक सरकार
कतै स्वाइन फ्लुको माहामारी छ , कतै भोकमारि
राहातबेच्नेलाइगोलिकिनहान्दैननालायक सरकार!!
देबेन्द्र बुढाथोकि

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

खुल्ला आकाश छ बस्ने अब छानो छैन ।
आसु बगेको छ आखामा ओभानो छैन ।।
कति सजिलै गरिबको घरमा आयो भुकम्प।
घर भत्कियो हात रित्तियो अब खाने मानो छैन
दिलदिनेश ठकुल्ला

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

गाउँ शहर बस्ती सबै सकाएर गयो
डुङ्गा माथी मन मुटु ठोकाएर गयो
कहाँ बाट आयो आकाशमात बिपत्ति
सबैलाई पिडाको बोझ बोकाएर गयो
बिकेन्द्र सहयात्री

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

गास बास कपास जुटाइदेउ नेता ज्यु
जात धर्म पाटी न खुटाइदेउ नेता ज्यु
निस्पक्ष राहत देउ पीडित जनतालाइ
आफ्नो बिरानो नछुटाइदेउ नेता ज्यु!!
देबेन्द्र  बुढाथोकि

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

अचानक आई निर्दोष मान्छे, मारेर गयो ।
बाच्नेलाईनी घर न घाटको, पारेर गयो । ।
सम्पदा र धरोहर मासेर, पापी भूकम्प,,
नेपालिको नयन बाट आशु, झारेर गयो । ।
एक बहादुर पुलामी मगर

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

अँखामा आँसु नत खाने गाँस छ नेपालीको
मुटु भरी पीडा नत बस्ने बाँस छ नेपालिको
साच्चै अचम्मको सृष्टि रचेछन् निर्दयी दैब
जताततै छरिएको लासै लास छ नेपालीको
बिकेन्द्र सहयात्री

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

भिकम्पको धक्काले डराएर पो के भो
कठै बरा भनेर कराएर पो के भो
पिडित लाइ राहत अनि बास हुन्न भने
लाखौ को राहत अर्थ उठाएर पो के भो
मधु अधिकारी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

देशको सान हाम्रो धरहरा ढलेर गयो ,
आज आशुसंगै सारा खुशी बगेर गयो,,
निष्ठुरी रहेछ दैब पनि छिनमै आएर,
निर्दोष सहर निर्दोष माथि छलेर गयो
इन्द्र संगीत बुढाथोकी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

फुस्स मैलो धुआं आयो त्रिपाल भित्र पनि।
अनायासै भाइ करायो त्रिपाल भित्र पनि।
ए आयो आयो भन्दै सबै भागे चौर तिर।
आज सबैको मन डरायो त्रिपाल भित्र पनि।
हरिप्रसाद अर्याल "निरन्तर

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

राहत पुगेन गाउँमा पीडितको गुनासो यहीँ छ
भोकभोकै बस्नुपर्ने कालको पासो यहीँ छ
न छ सबैलाई पाल न त खानेकुराको थाल
मानसिक पिडाले कतिमा रुञ्चे हासो यहीँ छ
नेपाली भावना