दिन रात कालो भएको छ सहर भएर पनि । बाटोमा खान सुत्न बाध्य छौ घर भएर पनि । आफ्नै कर्म भनौ वा भाग्यको नियती नै अरु, अकालमै यम भेटिदैछन बाच्ने रहर भएर पनि ।। कृष्ण प्रताप महत Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
दुःख अनि संकट,पार लगाईदेउन हे भगवान् जिन्दगीमा थोरै खुशी जगाईदेउन हे भगवान् कति बाँचौं अझै हामी मनमा भय त्रास बोकी अब सबै मनको त्रास भगाईदेउन हे भगवान्|| मोहन मगर(सल्यानी) Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
दैव पनि निष्ठुरी भो मेरो देशमा आज प्रकृति नै खुकुरी भो मेरो देशमा आज अनाहकमा मरे धेरै बाल,बृद्ध,युवा ज्यान समेत दस्तुरी भो मेरो देशमा आज कोमल भट्ट Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
कालो रात चिरेर उदाउँछ चन्द्र झुक्दैन छेकिन्न हत्केलाले छेक्दैमा सुर्य लुक्दैन पाल ढलोस् कदापी "नेपाल" ढल्ने छैन घामले जति पोले पनि समुन्द्र सुक्दैन ! Suneil Adhikary Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
तिमि बगे बग्छु म'नि, अश्रु सुकाउ कान्छी। तिम्ले बुन्ने मायाजालमा मलाइ लुकाउ कान्छी।। आतुर छु म तिम्रो प्यारमा लुट्पुटिन लाई दिलै देखी मायाप्रेमको पोको फुकाउ कान्छी।। छवि श्रेष्ठ Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
माया गर्छेउ कि गर्दिनौ भन न ए सानी। मेरि बन्छेउ कि बन्दिनौ भन न ए सानी।। मन्दिर जादा मेरो लागी देउता सङ्ग थोरै मन्त्र जप्छेउ कि जप्दिनौ भनन ए सानी।। छवि श्रेष्ठ Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
गांउ भत्कियसि सहर भत्कियसि रोकिन्छ बिपति डर भत्कियसि छिमेकिले फाईदा उठाउने नै भयो नि परखाल भत्कियसि घर भत्कियसि Pawan Mahara TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
न मठ रह्नयो न मन्दिर रह्यो न आफन्त रहे न तक्दिर रह्यो चपेटामा परेपछि मेरो देश न खुकुरि रह्यो न बिर रह्यो Pawan Mahara Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
आज देश रोएको छ, तिमी रोएकी छेउ। भाषा भेष रोएको छ, तिमी रोएकी छेउ।। जाने त गैगए यो बिपतको घडी बाँकी शेष रोएको छ, तिमी रोएकी छेउ ।। छवि श्रेष्ठ Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
आज फेरि यो छविलाई, याद आयो तिम्रो। मनैभरी एउटा छुट्टै उन्माद आयो तिम्रो।। अरे यार! नबोलेरै, माया गर्छु भन्छे लौन कस्तो पिरतिको बाद आयो तिम्रो।। छवि श्रेष्ठ Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
तिमी लाई माग्न मेरो कुल लिइ आउला । मायाको चिनो स्वरुप फुल लिइ आउला । यदि हाम्रो बिहेको साच्चै लगन जुर्यो भने, पछि - पछि जन्तिको हुल लिइ आउला । कृष्ण प्रताप महत Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
एक पिठिउमा बालुवाका बोरा बोकेर आमा। अर्को पिठिउमा साना छोरीछोरा बोकेर आमा। खुसी राखेर सन्तान, हासि रहन्छिन आफु, आँखा भरि आशुका फोहोरा बोकेर आमा। नवीन संघर्ष Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
कोखिमा छोरो पिठ्युमा भारी बोकेर हिड्दछिन् हजार चोट हजार कष्ट रोकेर हिड्दछिन् आमाको मायाँ अपरम्पार छ मानव जगत् मा सहेर दुख बाहिर खुसि पोखेर हिड्दछिन् । मनोज मनसुन Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
चिल्ली बिल्ली भयो यहाँ थर्कियो जताततै ज्यानै लग्यो बासै लग्यो चर्कियो जताततै के पायो खै त्यो दैवले कोलाहाल हेरिरह्यो सायद मेट्छ प्यास आसु दर्कियो जताततै प्रकाश अर्याल Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
मनमा दुख लुकाएर ओठमा हासो भर्छौ आमा सन्तानको सधैभरि हेर बिचार गर्छौ आमा, सन्तानको लागि भनी आफै दुख पिडा सहि मैनबत्ती झैं पग्लीएर निस्वार्थ उज्यालो छर्छौ आमा -'स्वप्निल' TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
जन्माएर मलाई तिम्ले ठुलो ऋण बोकाई दियौ संसार के हो भनि चिन्न कखगघ सिकाइ दियौ कसो गरि तिरौ आमा दश धारा दुधको भारा धन्य धन्य मेरी आमा धर्ति लोकमा झिकाई दियौ छिमेकी दाइ Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
उधारो शब्द को पोको ले कति पुकारौं ति तिम्रो गुण को कति जुनी कुर्नु पर्ने छ खाली शब्द ले तिम्रो गुण तिरि दैन आमा दस धारा अमृत को शब्द ले मात्रै पुग्दैन बि कार्की Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
मेरो जीवन नै समर्पण मेरि आमालाई । हरेक पल अनि हरेक क्षण मेरि आमालाई।। जीवनको लक्ष छ एक दुधको ऋण तिर्ने, यो रगतको प्रत्येक कण कण मेरि आमालाई।।। माधव घिमिरे Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
सबै गए आमा खुवाउन भनी फेस्बुकको वाल बाट सदा झै हेर्दै छु उनको तस्बिर म दिलको प्वाल बाट सात बर्ष भयो परदेशी भा'को न्याउलीयो गाउँ घर, फर्केन छोरो आश मर्यो होला आमाको ख्याल बाट राजेन्द्र अर्याल Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
मेरि आमा हजुरलाई रुन दिन्न अब ती आँखामा आँसु थोपा हुन दिन्न अब, दश नंग्रा खियाएर पाल्छु हजुरलाई दुनियाका जुठाँ भाडाँ धुन दिन्न अब, मुक्तिनाथ घिमिरे दिपक Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
आज आमा को गुणगान गाउछन सबै, यहाँ आमा को माया का पाउछन सबै, भाग्य हुनेले गर्दैनन स्यार आमा को अभागी जती आमा खोज्दै धाउछन सबै, संजय को सिर्जना Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
जीवन भरको मिठो प्यार मेरि आमाको// कसरि पोखौँ म आभार मेरि आमाको // सधै पढ्छु पाठ जीन्दगी जीउनेको बारे; प्रत्येक कुरा गर्छु स्वीकार मेरि आमाको// आँधि घिमिरे तुफान Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
परदेशिए बाध्याताले घरको संघार टेक्न पाइन । औशी रैछ आज आमा तिम्रो मुख देख्न पाइन ।। सम्झिदा नि आशु मेरो अबिरल बगिरह्यो । कत्ती याद आइराछ तर पनि भेट्न पाइन ।। प्रकाश मगर बियोगी TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
म हिडेको बाटो हेरि मेरि आमा रून्छिन अरे। रूदा रूदा कहिले काहित बेहोसिनै हुन्छिन अरे। इष्टमित्र छरछिमेकले सोधे भनी मेरो बारेमा। भक्कानिदै दैला माथिको तस्बिर छुन्छिन अरे। प्रकाश बुढाथोकी जलन Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
आधा पेट खाएर भए पनि खुवायौ मलाइ । को खाइ को खाइ भनी भनी खुवायौ मलाई । म कसरी तिर्न सक्छु र खै बदलामा, दश धारा दुध तिम्ले आमा बनी खुवायौ मलाई । बिदुर भण्डारी 'प्रेमी' Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
आज आमाको मुख हेर्ने दिन खाडिमा फसेको छु।। आमाको मुहार हेर्न नपाई सम्झिदै रुँदै बसेको छु।। कस्तो भाग्य दियौं भगवान तिमीले आज मलाई। आमाको तस्बिर हातमा लिएर काममा पसेको छु।। प्रकाश मगर बियोगी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
न परिधि न त हुन्छ प्यारको सीमा आमाको। जति बर्णन गरेपनि सकिदैन महीमा आमाको। चाहे आफ्नो सारा संसार नै किन नदिईयोस, तर सकिन्न मोल चुकाउन जिन्दगीमा आमाको। प्रकाश खनाल, Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
ममता की खानी हुनुहुन्छ आमा। सर्वश्रेष्ठ हो ज्ञानि हुनुहुन्छ आमा।। आफ्ना सारा खुशी लुटाएर त । सँसार मै दानी हुनुहुन्छ आमा ।। दुखी मुस्कान कर्ण Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
आभारी छु सृस्टिकर्ता धन्य आमा तिमी सन्तानको लागी जे पनि बन्ने आमा तिमी आखाँ भरि आँशु सधैं लुकाएरै भए पनि सन्तान सगँ जैले पनि ठिक छु भन्ने आमा तिमी भुवन सापकोटा Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
फूल अनि धुन बिना सजिने मेरी आमा|| मसी अनि शब्द बेगर रचिने मेरी आमा|| भनु भने धेरै छुट्लान् स्रिफ् यत्ति भन्छु| संसारका सारा खुशी दिने मेरी आमा|| शँकल्प दीक्षित Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
गर्दिन म कसैलाई सम्मान आमा जत्ति छैन कोहि दुनियामा महान आमा जत्ति चुकाउन सकिदैन गुण आमा तिमिलाई माया गर्ने भेटिन कोहि सन्तान आमा जति प्रतिक संग्रामी TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
के को डर मलाई मेरो सिरमा छिन् आमा। अनि मेरै जिन्दगीको तक्दिरमा छिन् आमा। फूल लिएर देउता खोज्दै हिड्नु छैन मलाई , आफ्नै हृदयभित्रको मन्दिरमा छिन् आमा। जीवी गजल Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
आमा हौ तिमी संसारको सृष्टि दुनियाँ रचाउने। छ शक्ति आमा तिमीमा मात्रै संसार बचाउने। बयान नै गर्न को सक्छ यहाँ आमाको ममता। धन्य हो तिमी हे मेरी आमा सन्तान हँसाउने। हरिप्रसाद अर्याल "निरन्तर" Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
दशधारा दुधको थुन हजुरको ! आमा कसरि तिर्नु गुन हजुरको ! तिम्रो महिमा अपरम्पार छ आमा ! मेरो नशा नशामा खुन हजुरको ! लोकेश लामा Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
कस्तो हुन्छ आमाको माया,,,,जान्न पाइँन। आमाको त्यो काखमा यो शिर, राख्न पाइँन। धेरै सुनें गुणगान आज,ममतामयी माताको याँ, अभागी मैले यो चाड कहिल्यै,,,मान्न पाइँन। बेहोशी कृष्ण कार्की Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
बेहोशीको जस्तो हालत मेरो पनि भाछ त्यो काखको न्यानो माया सपना सरी भाछ जस्ले जान्यो उस्ले लेख्यो आमाको त्यो काख मलाई चै सामान्य झै आजको दिन लाछ.... उज्ज्वल ढकाल Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
आमाको गालीमा धेरै माया मिसिएको हुन्छ सन्तानको पीडामा नि आँखा चिसिएको हुन्छ जीन्दगिको गोरेटोमा ठेस लाग्न खोजे पनि उठाउनलाई आमाको हात फिजिएको हुन्छ भगवती लामा Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
प्रभावित छु तिमिबाट, फिदा भएँ भन्थ्यौ फर्किएकी फेरि किन, बिदा भएँ भन्थ्यौ खाएको गाँस ओकलेरै, भे'नि खुवाउँछु तिम्लाई मेरै शरणमा लिँदा भएँ भन्थ्यौ छवि श्रेष्ठ TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
आमा छोरा पवित्र यहाँ नाता हाम्रो हजुर नै हुनु हुन्छ जन्म दाता हाम्रो पुज्नत पुज्छौ धेरै देवता हरु यहाँ खासगरी ठुलो भगवान माता हाम्रो गोबिन्द के.सी."रिजाल" Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
आमाको सेवा गर्नु है नरुवाउनु कहिल्यै दःख दिएर त्यो परेली नढुवाउनु कहिल्यै आमा नै भगवान हुन् उहाँ कै पुजा गर्नुस। घृणा गेरेर त्यो पाउ नछुवाउनु कहिल्यै नानू मगर Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
बाँदर कहाँ चुप लाग्छ र केरा देखेपछी तर फर्क्यो हिड्ने बाटो अप्ठ्यारा देखेपछी आफ्नै दुनो सोझ्याउछु, भन्दै थियो अस्ति तेराको के ख्याल हँ मलाई? मेरा देखेपछी।। छवि श्रेष्ठ Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
तिमि पारी म चै वारी हेराहेर भो एकैछिन नभेटेरै अङ्गालोमा बेराबेर भो एकैछिन रिसराग माया मोह, मिसाएर थोरै थोरै तिम्रो मेरो सिमारेखा, केराकेर भो एकैछिन।। छवि श्रेष्ठ Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
बगरमा नि पानीको मुल खोज्दै छु। बिना नदि माथिको पुल खोज्दै छु।। मूर्ख वा बुद्धिमान एक उपनाम पाईएला,, भमरा सँग युद्ध गर्ने फुल खोज्दै छु।।। माधव घिमिरे Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
नरुनु सम्झेर परदेशी छोरीलाई हे मेरी आमा। सक्दिन बस्न हजुरको तस्बिर न'हेरी आमा। आजको दिन माता तिर्थ अौसी सम्झिएछु धेरै। भिज्यो परेली यादमा आँसु बग्दा खेरि आमा। नानू मगर Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
हजुरको याद मलाई नआएको, हैन आमा। आँशु सँगै यहाँ खान नखाएको, हैन आमा। दुःख नमान्नु है परदेशीको जीवन यस्तै छ। अनि घन्टौ गफ गर्न नी नचाएको,हैन आमा नानू मगर Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
बेसरी छाती पोलेर रुदै छु प्रिया ! मन मुटु सबै खोलेर रुदै छु प्रिया !! त्यो न्यानो साथ छुटे पछि बेहोसिमा बिरहको भाका घोलेर रुदै छु प्रिया !! बिकेन्द्र सहयात्री TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
खुशी हराएको दुखी दिन संग खेल्दै छ प्रदेशी ! मुटु खोप्ने बचनको पिन संग खेल्दै छ प्रदेशी !! शिर देखी पाउ सम्म झार्दै पसिना तप्प तप्प ठुला ठुला फलामे मेसिन संग खेल्दै छ प्रदेशी !!! बिकेन्द्र सहयात्री Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
दुख नै दुखले भरिने , चोट कस्ले बनायो ! जिन्दगी भरी नमेटिने, खोट कस्ले बनायो !! सोच्नै सकिन मैले,गरिबलाई रुवाउने,धनिले संसार किन्ने कागाजि, नोट कस्ले बनायो !! बिकेन्द्र सहयात्री Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
बैगुनी लाई गुनका किला,ठोकेर हिड्नु पर्छ ! परेलीले अँखा छोपी आँसु,रोकेर हिड्नु पर्छ !! यो दुनियाँ हासो सुखले मात्र भरिएको छैन दुखको गोरेटो जिबनमा,बोकेर हिड्नु पर्छ !!! बिकेन्द्र सहयात्री Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
एक पिठिउमा बालुवाका बोरा बोकेर आमा। अर्को पिठिउमा साना छोरीछोरा बोकेर आमा। खुसी राखेर सन्तान, हासि रहन्छिन आफु, आँखा भरि आशुका फोहोरा बोकेर आमा। नवीन संघर्ष Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
पिडामा पनि खसिदिन्छ हर्षमा पनि खसिदिन्छ। थाहा छैन यी आँखामा आँसु कसरी बसिदिन्छ। तिमी आउछौ आउदैनौ थाहा छैन तर यो थाहा छ , तिम्रा ती यादहरु आउनेछन र मुटुमा डसिदिन्छ। नवीन संघर्ष Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
मनमा नसाको प्याला भर्दै छु बिदेशीहरूको ज्याला गर्दै छु आफ्ना बिनाको सुन्य शहरमा कहिले जिउदैछु कहिले मर्दै छु । मनोज मनसुन Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
कहाँ जाने तिर्थ खोज्दै घरमै आमा बाबा हुदा पुण्य मिल्छ अबस्यनै हाम्ले तिनका पाउ छुदा मान्छे बन्न सबले आफ्नो कर्म राम्रो गर्नु पर्छ गधा कहिले गाइ हुन्न दिनै पिच्छे दुधले धुदा योगराज आचार्य Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
जमाना अनुसार चल्नु पर्ने रैछ प्रिय खडेरीमा भएपनि फल्नु पर्ने रैछ प्रिय जिउछु भन्छु एकमनले अझै दुइचार बर्ष त्यसैले त ठाउको ठाउँ ढल्नु पर्ने रैछ प्रिय रेखा पन्त TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
सत्प्रतिशत चाहनेलाई, उनान्सय कम हुन्छ जति बढी जान्ने भयो, उति बढी अहम् हुन्छ संसार यो केही छैन, बुझ्यो भने थोरै मात्र खुशीयाली बाँडी हेरौ, सधै रमझम हुन्छ. नीरस मैनाली Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
आँखा बाट भनौ या मनभित्र बाट । झरिसकेछ जिन्दगी वृतचित्र बाट । भमरा आईरहेछ्न लुटिरहेछन अस्तित्व घमण्ड गरिरहेछ फुलहरु पबित्र बाट । नविन संघर्ष Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
ब्वासो बनी राज गर्ने आसन बन्द गर। जन्ता लुटि पेट पाल्ने शासन बन्द गर । बन्द गरि नेपाललाइ स्विजरल्याण्ड बनाउने, तेरा थोत्रा बिचार अनि भाषण बन्द गर ।। कृष्ण प्रताप महत Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
मैले एक बिहानी देखेथें तिमिसँग! थोरै ओठमा हाँसो मागेथें तिमीसँग!! तिम्ले त शून्य सडक जिम्मा लायौ! जिन्दगिको मिठो यात्रा चाहेथें तिमी सँग!! तीर्थ खडका Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
जब कालो रात चिरेर निरास प्रभात भैदिन्छ। त्यतिनै बेला सिङ्गो सपना बर्बाद भैदिन्छ। मृत्युको बिकल्प खोज्दैन-सोच्दैन पागल प्रेमी जब जिन्दगी टुक्राटुक्रा मा अनुवाद भैदिन्छ । गणेश के.सी. Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
हाँसो खोज्नेले अथाह धन लियेर आयो! खुशी खोज्नेले अमन चयन लिएर आयो!! तर जो प्यार खोज्न गएको थियो उस्ले!! न तन लिएर आयो न मन लिएर आयो!! तीर्थ खडका Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
बलवान् यो समयको टक्कर सहेको छु हरीयाली को आशामा पत्झर सहेको छु!! एउटा कुरा उदेक लाग्छ हाम्रो समाजमा! मानिसहरु को जिबनमा अन्तर सहेको छु!! तीर्थ खडका Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
नयाँ बर्ष सगै देशमा खुशीयाली छाउनेछ हजुर। भोकै प्यसै जनताले पेटभरी खान पाउनेछ हजुर। बिगतलाई भुली नयाँ साल लाई भित्र्याउँ हामीले। आज भोलि एकदिन पक्कै शान्ती आउनेछ हजुर। सुजन क्षितिज राई TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
के पायौ बिगत सालमा बिति गयो त्यसै आसै आसमा बसे जनता रिति गयो त्यसै न देशमा शान्ती रह्यो नत बन्यो संविधान देशको मुहार के बदलिन्थ्यो निति गयो त्यसै एच.के.धिताल Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
नयाँ बर्षको शुभकामना लिएर आउनु भयो | अमुल्य समय निकाली यहाँसम्म धाउनु भयो | मिठा अनि चुस्किला मुक्तकहरु लेखेर नै यहाँ १५ औं मुक्तक दोहोरिमा खुशी छाउनु भयो | सुजन क्षितिज राई Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
नया बर्ष को सङ्घारमा वालमा त्यही भएर आको मन भित्रको चोट सबै त्यसैले साथी यहाँ बिसाको जम्नु पर्छ १५ औ दोहोरीमा साहित्यको बिकासमा खेलिरहेछु मुक्तकदोहोरी भात त्यहि भएर नखाको एच.के.धिताल Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
लिएर आउदैछ है देशमा शान्ती नयाँ बर्षले। आउछ देशमा शान्ती सबै फर्कने छ हर्षले। छैन रोजगार आफ्नै देशमा पस्नु पर्छ खाडी परदेशमै एकमुठी सास सकिन्छकी संघर्षले। सुजन क्षितिज राई Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
सबै युवा बिदेशमा के रमाईलो छ र खै ? आउछ जान्छ नयाँ बर्ष के रमाईलो छ र खै? यो देशको चाला यस्तै सुध्रने कहिले पो हो के गर्नु र नयाँ काम के रमाईलो छ र खै ? एच.के.धिताल Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
फुल झै नयाँ बर्षले सुबास छरेर आउनेछ। हत्या हिंसालाई अब केही गरेर आउनेछ। हुदैछ दिन दिनै बन्द हड्ताल नारा जुलुश। नयाँ बर्षले खुशिहरु अञ्जुली भरेर आउनेछ। सुजन क्षितिज राई Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
फुलहरुको सुबास छाई आउनु नयाँ बर्ष नेपाली यो गीत गाई आउनु नयाँ बर्ष बन्द गर देशको यो अशान्ती नै सबै नेपाली संग मितलाई आउनु नयाँ बर्ष एच.के.धिताल Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
यो सालमा मोडनु पर्छ उनको चाला हजुर सबै मिलि काटनु पर्छ उनको छाला हजुर सबै युवा परदेशमा छैन चलपल देशमा फर्की आउ फोड्नु पर्छ उनको ताला हजुर एच.के.धिताल TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
नयाँ बर्षले शक्ति दिए मोड्नु पर्छ। अत्याचारको जन्जिर तोड्नु पर्छ। हुदैछ देशमा हत्या हिंसा बारम्बार। भष्टचारिलाई जरैबाट गोड्नु पर्छ। सुजन क्षितिज राई Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
त्यही आशामा बसेको धेरै बर्ष बिति गए आनन्दको चयन नपाई निन्द्रा रित्ती गए आउछ भनी प्रतीक्षामा कति बस्नु हामी ति नेताका भाषण अनि अधुरा निति गए एच.के.धिताल Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
यहाँ नेपालीको सारा आसहरु मर्दैछ। धनी रमाएकोछ गरिबको आँसु झर्दैछ। नयाँ सालको केही आस छ गुम्सिएको। माथी बस्नेहरु नै त्यो भष्टचार गर्दैछ। सुजन क्षितिज राई Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
सुख होस दुखको नासो नहोस नयाँ बर्ष त्यही दुख घाँटीको पासो नहोस नयाँ बर्ष यो बर्ष यस्तो होस सबै तिर खुशी छाहोस तर शत्रु बैरीहरुको हांसो नहोस नयाँ बर्ष पुरन बियोग Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
यो नयाँ बर्षले सुनौले बिहान ल्याएर आओस र सबै ठाँउमा पुज्ने भगवान ल्याएर आओस यि भ्रष्टचारी नेता हरुको छिट्टै अन्त्य गरेर अब मेरो प्यारो देशमा नयाँ संबिधान ल्याएर आओस पुरन बियोग Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
आकाशका तारा झार्ने सोचमा साथदिने कोहि छ ! ति शत्रु बैरी हरु मार्ने सोचमा साथ दिने कोहि छ अब त मैले यो नयाँ बर्ष साल यहि महिनामा ! झ्याँई कुटी झ्याँई पार्ने सोचमा साथ दिन कोहि छ पुरन बियोग Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
सोच्छ निश्चल पबित्र भावना छ मेरो तपाईको नै खुशी देख्ने चाहाना छ मेरो यो नयाँ बर्ष 2080 सालको सबैलाई हार्दिक मंगलमय शुभकामना छ मेरो पुरन बियोग TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
उकाली ओराली झरौ जस्तो लाग्छ र अब केहि गरेर मरौ जस्तो लाग्छ यि नेपाल आमा रुवाउने नेतालाई छिट्टै देश निकाला गरौ जस्तो लाग्छ पुरन बियोग Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
खुशीको "रङ"छर्दै आऊ नयाँ बर्ष रित्तिएका मन भर्दै आऊ नयाँ बर्ष हो हाम्रो यो प्यारो जन्म भमिको कुरिती अन्त्य गर्दै आऊ नयाँ बर्ष पुरन बियोग Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
मनमा माया मुटू भरी सम्झना छ संधै हजुरको सुख देख्ने चाहाना छ नव बर्षको मेरो तर्फ बाट हजुरलाई हार्दिक मंगलमय शुभकामना छ पुरन बियोग Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
हजुरको खुशी देख्ने मेरो चाहाना छ मेरो पनि हजुर को जस्तै भावना छ यो नव बर्षको मेरो तर्फ बाट पनि हजुरलाई लाखौ लाख शुभकामना छ पुरन बियोग Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
भुलि दिनु ति अतितका पाना पुरा हुन सबै ईच्छा र चाहाना यो नयां बर्ष "2080" सालको यहि छ हजुरलाई शुभकामना पुरन बियोग Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
कहिले काँहि शिर पनि झुकाउनु पर्छ मुल्य अनि मौका पनि चुकाउनु पर्छ आफु लाई केहि काम परि आए पछि दुई चार दिन भोक पनि लुकाउनु पर्छ पुरन बियोग Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
यहाँ बिकासको दियो बाल्नु पर्छ अब नयाँ कुरा नयाँ काम थाल्नु पर्छ अब म तपाई हामी अनि सबै यूबा मिली हो एउटा छुट्टै पाईला चाल्नु पर्छ अब पुरन बियोग Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
म आधा तिमी पूरा भए पछि सपना सबै अधुरा भए पछि त्यो मन धमिलो रहेछ भन्छौं हेर्ने अँखै तिम्रा मधुरा भए पछि बिकेन्द्र सहयात्री TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
पैसाले दिल धुजा यसरी बनाई दिन्छ ! सुन्दै अचम्म लाग्ने गरि बनाई दिन्छ !! यो कागजी नोट कमाउन मान्छे लाई आफ्नै शरीर बेच्ने बेपारी बनाई दिन्छ !! बिकेन्द्र सहयात्री Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |