गीत/ गजल/ कविता बुङ्कोट अनलाइन कबिता भाग ३१


गजल- रहर

मृदुल
अधरमा मन्द मुस्कान
बदनमा लालि जोवान
देख्न पाए पुग्छ मलाइ।
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥
सिउदोको त्यो गोरेटोमा
अनगिन्ती सपना बुन्दै
हिन्न पाए पुग्छ मलाइ।
दिलै देखि माया गर्ने
सिपनाकी ति रानीलाइ
चिन्न पाए पुग्छ मलाइ।
रेसमी पछयौरी ओडेकी
स्वर्गकी रुप्से परीलाइ
देख्न पाए पुग्छ मलाइ।
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥
संगै बाँच्ने अठोट गरी
हृदयको यो चोखो माया
साँच्न पाए पुग्छ मलाइ।
अग्नीलाइ नै साक्षी राखी
चखेवाको जोलि बनेर
बाँच्न पाए पुग्छ मलाइ।
सुन्दर गुलावी वैशमा
सिन्दुर पोते लगायकी
देख्न पाए पुग्छ मलाइ
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥

मान्छे मान्छे जस्तो छैन

शिव प्रकाश
अभिश्राप तँलाई त्यो ईश्वरको
कुकुर !
विष्टा खान्छस तँ मान्छेको
तँलाई त्यही ईश्वरको वरदान
धन्य तँ
त्यो मान्छेभन्दा महान् छस्
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो
निष्ठा छ तँभित्र
विष्टा नखाने मान्छे
निष्ठाविहिन छ
तेरो तुलनामा तुलनाहीन छ
ईश्वरको अनुपम् रचना
मान्छे !
निकि्रष्ठ छ
मान्छे मान्छे जस्तो छैन
मान्छे तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
विष्टा खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले आदर्श खादैनथ्यो होला !
अनुदारता ईश्वरको तँ माथि
गधा !
गालीका लाजभाँड लवजहरुसँग
जोडिने सधैं तेरो नाउँ
त्यही ईश्वरको दया तँ माथि
धन्य तँ
सहनशीलताको अतुल उपमा
त्यो मान्छेभन्दा सहिष्णु छस्
हिंस्रक मान्छे
मान्छे जस्तो छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
ढुटो खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे टोक्दैथ्यो होला !
विवेकहीनता ईश्वरको तँ माथि
गोरु !
बुद्धिहिनतको विषेशण
तेरो विषेशता
त्यही ईश्वरको अनुपम कृपा तँ माथि

धन्य तँ
परिश्रमको पर्याय तेरो लगनशीलता
घाँस खाएर अन्न पोस्ने तँ मान्छेलाई
घाँस नखाने मान्छेभन्दा
उपल्लो दर्जामा छस्
महाबुज्रुक मान्छे
मान्छे जस्तो पनि छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भइदिएको भए
घाँस खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे खादैनथ्यो होला !

नौलो बिहानी

हस्त गौतम मृदूल
उदायो अब बिहानी नयाँ निर्दयी रात फाली।
स्वागत गरयौ ह्रदय देखि मन्को दियो बालि॥
देश लूटने जतिलाइ अब किनारा लाउदै छरे।
मेटाउदै यावत संकटहरु शान्ति आउदै छरे।
आशाको राँको बाली मनमा उज्यालो छर्दै छरे।
नयाँ खाका कोरी सूख समृद्धिको कोख भर्दै छरे।
उदायो आज बिहानी नयाँ निरंकुस रात फाली।
स्वागत गरयौ ह्रदय देखि नै मन्को दियो बालि॥
अमर सपनाहरुको बिउ माटोमा रोपदै छरे।
इतिहाँसको जिवित पाना धर्तीमा खोप्दै छरे॥
आमाको आँशु पुछेर अब मलम लाउदै छरे।
स्वतन्त्रताको गित गाउने समय आउदै छरे॥
उदायो आज बिहानि नयाँ अराजकत्ता फाली।
स्वागत गरयौ ह्रदय देखि नै मन्को दिया
गजल - खोइ कसले

खोइ कस्ले बन्यो छाती भरी माकुराको जालो
इज्जत ढाक्न कस्ले दियो फेरी मक्काको टालो
शेरको जुङगा ओखलिए,छाला ओढी बाघ बन्ने
धेरै जनावरको होहल्लामा अब कस्को पालो

स्नेह सदभाबको बुटी पाखा भरी थियो
बाँदर जात उक्काइ पाप्रो पारे घाऊ आलो
बादलको घेरा हटेको किम्बदन्ती ताजै छ
घामको झुल्कै नपरी किन जताततै कालो
दाबिलो लाग्या पेटमा माड लगाउनु थियो
आज सुम्सुमाउनेले नै ठोके सुन्निएको गालो
हे मनहरु तिमीलाइ खुल्ला पत्र


पुरुशोत्तम सुबेदि-बेल्जियम

ऐना देख्योकि आफ्नो रुप हेर्न र आफ्नो सिंगार पटार गर्न चाहने मनहरु------अरुहरु
लाइ पनि राम्रो देख्न सिक ।
धनको महिमा नबुझेर आफु धनाढ्य देख्ने मनहरु----मानबियता र समाजबाद लाइ ख्याल गर ।
रुपको सार नबुझेर अरु लाइ कुरुप देख्ने मनहरु ----मनको गमलामा फुल रोपि- सन्सार लाइ
सुन्दर बगैचा देख्न सिक ।
अरु दौडेको देखेरे डाह गर्ने मनहरु----आफु सपांङग छु भन्ने शोच ।
कोइलि को स्वर सुनेर कुहु कुहु गर्ने मनहरु ----स्वर खोज -भाका - लय खोज- र तिमि
आफ्नै स्वरमा बोल्न सिक ।
मुखले ठिक्क पार्ने बगलिमा छुरा राख्ने दुई जिब्रे मनहरु---- तिमि र तिम्रो सोचाइ य
उटै गर ।
लोभ र इर्श्याले घाइते भयका मनहरु---- आफ्नो पौरख को कमाइ अरुलाइ चखाउन सिक ।
अरुलाइ कम्जोर निर्धन निर्बल अग्यानि देख्ने मनहरु-----ग्यान बल दान -दिन सिक ।
आफै लाइ मपाइ संझने मनहरु---अरुलाइ पनि तिमि भन्न सिक ।
बुद्धको नाम बेच्न खोज्ने मनहरु --सत्य बोल ।काट मार गर्न छोड ।अहिंसा त्याग ।
गिता पुराण बेद का माला जप्ने हिन्दु मनहरु ----मुर्ति बेच्न छोड ।
बाइबल यक बिग्यान भन्ने क्रिस्चियन मनहरु ----तिम्रा चर्च् हरु खालि हुदै छन -धेरै
बिलासि र नास्तिक नबन ।
इस्लाम् धर्म नै सर्वे सर्वा हो भन् ठान्ने
मुस्लिम मनहरु ----जिवन को सुरु देखि अन्त्य सम्म बाच्न सिक जिवन को सार बुझ ।धर्म
को नाम मा जिवन त्याग नगर ।
अन्तमा -संसार भरका हे मनहरु - आफुले आफुलाइ चिन्ने कोशिस गर ।

शहिदको सपना

- हस्त गौतम मृदूल
शहिदको सपना कुल्चेर नेता शत्तिले मात्तिय।
भोगेर संधै अन्योलै मात्रै जनता आत्तिय॥
धामिलो पारे राष्ट्रको दृष्टि कूजो भो बिधान।
स्वार्थको खेलमा अल्झेर पनि निस्केन निधान।
सांप र बिक्षि भ्यागुतो मिली देशलाइ हाक्दैछन।
कहिल्यै माथी नउठने गरी खाडलमा जाक्दैछन।
जनताको इक्षा कुल्चेर नेता असाध्यै पात्तिया
भोगेर संधै संकट देशमा जनता आत्तिय॥
मौलिक हक अमन चयन ओझेलमा पारे नी।
हुर्मत लुटी जनताको संधै जिउदै मारे नी॥
जहिल्यै पनि मुगडा गर्छन यो कस्तो चलन।
जनताको नेता रैनछन बुमु्ने राष्टको जलन।
राष्ट्रको मुद्धा उठाइ नेता केहीबेर तात्तिय।
भोगेर संधै अशान्ती त्रास जनता आत्तिय॥

गजल - खसखस लाग्छ

खसखस लाग्छ आजभोलि कुरा काट्यौ कि
अर्कै राजा मनमा पाली मलाई ढाट्यौ कि
श्रीखन्ड र खुर्पा बिड उस्तै देख्छौ तिमी
भ्रममा पारी चिनी भनी नून चट्यौ कि
विश्वास जोडछु भन्यौ शन्का लाग्छ अचेल
मनभरी कतै घातको दाम्लो बाट्यौ कि
कुरा छल्न सिपालु छौ डर लाग्छ अझै
जुठो माया चोखो भनी भाषाण छाट्यौ कि
अङालोमा बेरिदा नि हराएझै लाग्छ किन
अन्तै खाता खोली कतै माया साट्यौ कि

अन्धो छ ईश्वर आज पनि !


शिव प्रकाश
बाँचिरहेछन्
शकुनीहरु मान्छेभित्र
फैलाउँदै पासापाजा कुटिलताका
लेखिरहेछन् झूठो कथा महाभारतको
मरेका छैनन् दूर्योधनदुशासनहरु
चिथोर्दै द्रौपदीहरु
हाँसिरहेछन् भारी सभामा
बनाउँदै लाक्षागृहहरु
मान्छेका वस्तीमा
गर्जिरहेछन् आज पनि ।
जिउँदैछन् रावणहरु
नाङ्गो नाचिरहेछन् मान्छेभित्र
किचिरहेछन् निर्धाहरु
अत्याचारका गदाले
निरिह हेरिरहेछन् हनुमानहरु
वैदेही हरण
जटायु मरण
टुलुटुलु आज पनि ।
दुन्दुभि कोहालहको बजाउँदै
घुमिरेहछन् कंशहरु
मरेका छैनन्
मान्छेभित्र हाँसिरहेछन् आज पिन
नदेखेको ईश्वर
ग्रन्थका मिथकहरु
अन्धाधुन्ध मानिरहेछ मान्छे
आज पनि ।
ईश्वर !
किन बाँचिरहेछन् शकुनीहरु !
किन नाचिरहेछन् रावणहरु !
किन हाँसिरहेछन् कंशहरु !
किन गर्जिहरेछन् कौरवहरु !
अदृश्य छ ईश्वर !
कि ईश्वरभित्र भ्रम छ
कि भ्रमभित्र ईश्वर !
कि बाँचेर पनि
अन्धो छ ईश्वर आज पनि ।
बोस्टन अमेरिका
May 12, 2008

नया अबसर

-मृदूल
अनगिन्ती सपना ल्याएर मेरो सामू छोडी दियौ।
पत्याउनै नसक्ने गरी आज इतिहास मोडी दियौ।
उही दूख उही पिडा जिवन भरी नै भोगी रहे।
पालो दिएर पूर्खाको पेसामा निरन्तर लागी रहे।
एक दिन यो आगनमा घाम लाग्ला जस्तो थिएन।
भदौमा फालेको काठ काम लाग्ला जस्तो थिएन।
अनगिन्ती चाहाना ल्याएर मेरो सामू छोडी दियौ।
समयले कोल्टे फेर्दा निरंकूस संस्कार तोडी दियौ।
खून पसिना बगाइ खानूमा मलाइ निकै गर्व छ।
नौलो परिवेशमा आमूल परिवर्तनको यो पर्व छ।
जीवनले नया काचूले फेर्ला जस्तो लागेको थिएन।
सर्वभौमिक नागरिक होला जस्तो लागेको थिएन।
अनगिन्ती दायित्व ल्याएर मेरो सामू छोडी दियौं।
सून्दर भबिस्यको तिम्ती नया अबसर जोडी दिया

गजल- खप्परै अभागी

खप्परै अभागी रछ भयो पिरै पिर
तडपाएर राख्नु भन्दा बरु मुटु चिर
आङ कनाई छारो उडायौ गाउ चारी
दुनियाँले कुरा काटे झुक्यो अब शिर
मायामा सन्का कहाँबाट पसायौ तिम्ले
साउन भदौ बगेर जिबन भो भिर
मनै भ्रान्ती भाको'छ शान्ती कहा पाउनु
तिमी सित भेटे देखी छैन मन थिर
फुल्छ्यौ भन्ने लाग्याथ्यो,मन खोल्दिए
तिमी दुखयौ सधैं भरी यही मुटु निर

सुखको पर्याय

शिव प्रकाश
मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो रहरमा रमाइरहेछ छ ।
आधुनिकताभित्र
जीवनको अर्थ - रोमान्स
यौन साधनामा समाधिस्थ
रहरलाग्दा युवा युवतीहरु
डरलाग्दा मुद्रामा
साधनारत
यौवनको राग
फूलको मदमोहकता जस्तै
मादोन्मात
जीवनलाई साँधिरेहछन्
चाखिरहेछन्
जीवनका क्षणीक स्वादहरुमा
सुखानुभूत बाँचिरहेछन् ।
सयमले उत्ताउलो रहर बोकेको
आधुनिकताभित्र
बाँच्नुको पर्याय - सुख !
सुखको पर्याय - सम्भोग !
भोकभन्दा बढी भोग
आवश्यकताभन्दा अझ बढी
रहर बनेको छ
जीवनयापनभित्र जीवनपान
समय नै यस्तो छ
समयको यो उत्ताउलो रहरसँग
मालाई पनि कताकता
मात्तिन-पात्तिन मन लागेको छ
भोकभन्दा बढी भोग
सुखको पर्याय - सम्भोग !
बोस्टोन अमेरिका
May 09, 2008

ठुलो को हो ?


हुदैन ठुलो धाक पनि ।
ठुलो हुदैन धक्कु पनि ।।
माधब नेपाल का अगाडि -ठुला कहां हुन र झक्कु पनि ।।
कोहि समयमा ज्ञाने माथि -कहिले माथि गिर्जा ।
कुनै दिनमा मैया दाहल -कहिले मियां मिर्जा ।।
कहिले दाइजो गन्डक को- कहिले टनकपुर को ।
२५ बुंदे पछेउरि को-अल्झियछ फुर्को ।
पहिले मजा दहि खाने लाइ -अहिले गाइ खाने लाइ ।
मजै मजा नपाल का -सधैं माइ खाने लाइ ।।
ढेढु पनि बांदर रहेछ-चम्रि पनि गाइ ।
स्वार्थि पनि कति रहेछन -बि;पि; दाइ का भाइ ।।


पुरुशोत्तम सुबेदि-बेल्जियम
राष्टिय गीत - सून्दर देश बनाउछौ

-हस्त गौतम मृदूल
हे मात्रीभूमी जानकीगाथ अखण्ड बिशाल।
महिमा गाउछौं उठाइ मुन्डा जय जय नेपाल।
हे जन्मभूमीबूद्धको ज्योति प्रभाव अटल।
प्रर्णाम गछौं सर्वभौमिक भै जय जय नेपाल।
अध्यारो हटाइ बिहानी ल्यायौ नेपाली जातीमा।
कसैलाइ अब दिदैनौं टेक्न यो हाम्रो छातीमा।
स्वतन्त्रता कानूनी राज्य मानब अधिकार।
स्थापित गछौं लोकतन्त्रसंगै गरेर प्रतिकार।
मेची र काली तराइ पहाड सर्वच्चो हिमाल।
बन्धना गर्छौ स्वतन्त्र भै जय जय नेपाल।
हे कर्मभूमी प्रकति सून्दर संस्कृति अटल।
प्रणाम गछौं सर्वभौमिक भै जय जय नेपाल।
पूछेर आँशू मेटाइ दर्द मूहार फेर्ने छौं।
सूख र सान्ती समृद्धिशिल नेपाल हेर्ने छौं।
शहिदका सपना जनताको इक्षा साकार गर्ने छौं।
राष्टको शान अक्षूण राखी पौरखले भर्ने छौ।
अनेकता भित्र एक्ताको प्रतिक जातिय कमाल।
महिमा गाउछौं अग्रगामी भै जय जय नेपाल।
हे धर्मभूमी प्रगतीशिल वात्सल्या आँचल।
प्रणाम गछौं सर्वभौमिक भै जय जय नेपाल।


कोपेर मुटु लडायौ

कोपेर मुटु लडायौ किन माया यो ढलेछ
खोपेर दिल्मा बनाको चिनो कसरी बलेछ
दुई दिन्को सुख दैबले खोसी लगेछ कही
छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछ
तिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी
चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ
आफ्नो बिरानो भएछन बैरिको भिडमा खै
रोपेर फुल भएछ भुल कडा त्यही फलेछ
निरह थिए बिरह थियो साहरा थिएन
घोपेर छुरा पारी चिरा कुन हासो चलेछ

विडम्बना

खडेरीले पट्पटी फूटेको मेरो धानखेतमा
फुल्नै लागेका धानका बालाहरू
आकाश हेरेर आशातुर थिए।
अचानक, दूर क्षितिजबाट
एउटा लहर आएको देखियो !
भावातिरेक सन्तुष्ट मैले
सन्तोषको उच्छवासमा आँखा चिम्लिएँ।
तर अपशोस,
मेरो खुशी, स्वप्निल सोचको
मुदित नयनमा
झुकेका परेलामात्र थिए,
मधुर जलको त्यो बहाव
मैले आँखा खोल्दा
सलहको बथान भेटियो ।
स्वप्नभंगको पीडामा मर्माहत
मेरो यत्रतत्र
न त्यहाँ धानका बोट नै बाँकि थिए
न त्यहाँ कुनै जलको ओस थियो
त्यसैले त मेरो मानसमा अद्यपि
पानीका शितल जस्ता देखिने
नक्कली प्रवाह-छालहरू
सलहको समुद्र बनी

आक्रान्त पार्न आउँछन् र सताउँछन् ।

भित्ते राष्ट्रपतीको अवतरण

- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी
बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु
ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन
बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु
पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु
कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै झुटको पर्दा भित्र
चुनावी आश्वासन एउटा रणनिती हुनसक्छ उस्को लागि
सोझा जनता झुक्काउने ५२ सुत्रिय मागपत्र जस्तै
जानार्दनले डाडु पन्यो दि सके , अब त्यो ५२ सुत्रिय माग पुरा गर आँफै
अब सडक तिम्रो सदन तिम्रो जंगल पनि त तिम्रो
अब सपना तिम्रो कार्यपत्र तिम्रो संविधान पनि तिम्रो ढंगको
एक युगको एक दिन तिम्रो पोल्टा मा परी सकेको छ
अब भित्ते राष्ट्रपती होइन कोठे राष्ट्रपती बन्छौ होला नै
आश्वासनको पोका फुकाउ तिमी आँफै नै
स्विजरल्यान्ड मलेसिया भिएतनाम वा कम्बोडिया
सपनाको बाटोमा छलाङ मार तिमी आँफै नै
पुर्वी युरोप क्युबा , उत्तर कोरिया वा नयाँ नेपाल नै
भित्ते राष्ट्रपतीको अवतरण हामी पर्खि रहन्छौ
नेपालीले सम्पूर्णता गुमाएको यो १७ बर्ष सम्झिरहन्छौ
सान्ती क्षेत्र मेरो देश बुद्धको मेरो देश शिवको मेरो देश
रोग भोक र सोकले जर्जर भएर मारकाट हत्या हिंशाले जरा हाली
नयाँ शिवत्वको रुप मा हिशा स्विकारेका छौ,प्रतिहिंशाको साटो
अझ पनि हामी त सान्तीका पूजारी हौ
साच्चै बन्दुक झुक्ने आश मा मोहोर लगाइदिएका छौ
चाहे तिमी हाम्रो आस्थाको गद्दी त्याग
भित्ते राष्ट्रपती को अवतरण पस्चात त्यो आस्थाले पुन शिवत्त्व प्राप्त गर्छ
शिवत्व संसारका खुशीका लागि विष पिउने हरुले नै प्राप्त गर्छन
मेरो आस्थाको गद्दीले पनी असक्षमका टिका लगाउनेहरुका विष पिएका हुन
त्यसैले गद्दी नै त्याग्नु परे पनि हामी खुशी छौ
ईतिहास साक्षी छ ,हामी जनचाहना बदल्न बन्दुक तेर्साउन सक्दैनौ
जनताको नाम मा जनता लाई अधकल्चो अधमरो छाडन सक्दैनौ ।


श्र्रद्धाण्जली गीतकार इस्वर बल्लबलाइ

- हस्त गौतम मृदुल
एउटा तारा मुरुयो शोकाकुल पारी।
पाइदैन दर्शण कैलै गयो मायाँमारी।
जन्मनु र मर्नु पनि बिधिकै हो बिधान।
अजम्बरी भै बाँच्ने छैन कुनै निधान।
एउटा फुल मुरयो बोटै सून्यपारी।
पाइदैन दर्शण अब गयो मायाँमारी।
दिवंगत आत्मालाइ मिलोस चीर शान्ती।
बाँचिरहोस ह्रदयमा सस्मृतिको कान्ती॥
एउटा दियो निभ्यो स्तब्ध नै पारी।
पाइदैन दर्शण अब गयो मायाँमारी।

प्रबाशी


पुरुशोत्तम सुबेदी
बेल्जियम
यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म ।
दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म ।।
सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई ।
घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।।
नासो पठाइ दियको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा ।
मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्री य सुमित्रा मा ।।
देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई ।
दलाल लाई भयको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।।
केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी ।
समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।।
गार्हो छ फर्काउन गैरी खेत -प च् हुने भयो औंठी तिलहरी ।
टोलाउछु यकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।।
ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त ।
आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।।
बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन ।
बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।।
घर नै सुन्य गाऊ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त ।
चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।।
साथी बिर्सेंं गाऊ बिर्सेंं -बिर्सियं धर्म संस्क्रिती पनि ।
पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।।
आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई ।
नास्तिक हरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।।
गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी ।
थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँं भनी ।।
कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया ।
धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना -फर्किन्न अब खोरिया ।।


छापामार

-पुरुषोत्तम सुबेदी

क्रान्तिको चर्का कुराले ,
तरकारिमा नुनै चाहिएन मलाइ ।
जनबादका चिप्ला मलमले ढिडो निल्न ,
गुन्द्धुक चाहिएन मलाइ ।।
हंसिया हतौडाले सज्जित रातो झण्डा ,
मेरै आङको बस्त्र सम्झे ।
जर्ज बुशको अगाडि आफ्नै उपज ,
प्रचण्डपथलाई छेप्यास्त्र सम्झे ।।
भाई गुमायं दाइ गुमाएँ ,
गुमायंँ सबै श्री सम्पत्ति पनि ।
छोरा-छोरी पनि बिषिर् दिएं समाते बन्दुक ,
गर्छु केहि परिर्बतन भनि ।।
उधारो जनबादको लागि नगद ढिडो र गुन्द्धुक पनि दिएँ ।
मन गणन्ते क्रान्ति कथामा छारो भैरेको बलि चढायँ ।।
अब त के रह्यो र म संग ?
मै रिक्तिए पछि थन्किए हतियार ।
लोक तन्त्रको नयाँ थरले पोतिएको गणतन्त्र अगाडि आई भयो लम्पसार ।।
आशा थियो पेट भरि खाने अनि एक सरो आँङभरि लगाउने ।
अनि हरेक बर्षआउने परम्परागत दशै तिहार लोसार इद रमादानमा रमाउने ।।
खै के भनुँ अब म त लुटिय छैन मेरो कोही कतै पनि ।
परिर्बतन बलिदानीको घुमाउरो बाटो त रुम्जाटार पो रहीछ जाने ।।
मलाई के थाहा मेरो पर्खाइमा कोही पनि आउँदैन
भैरेको बलिदानी पनि आउँदैन
तर पर्खि बसे मेरो भाई मेरो दाई अनि मेरो भैरे समयले मलाइ बिर्षदैन ।।
प्रतिक्षा निकै गरे बषन्तको तर देखिन्छन रुखा फाँटहरु चारैतिर ।
कहिले होला हरियाली नयाँ बषन्तको आगमन हुन्छकि कि चाउरे मुहार रसिला आखिर ।।
लौन म त बिच बाटैमा परे गणतन्त्रलाई भाइ दाइ र भैरे सापट दिय ।
आखिर म घर पनि पुग्न सकिन मेरो जनबाद पनि आएन
लोकतन्त्र पनि आएन गणतन्त्र पनि आएन ।।
मेरो भाइपनि आएन मेरो दाइपनि आएन छोरो भैरे पनि फर्केन
आखिर बषन्त पनि आएन, कर्याङ कुरुङ पनि आएनन ,
काँक्रा फर्सि पनि रोप्न पाइएन

पोखिएका खुशी

पोखिएका खुशी
पोखिएका खुशी बटुल्ने आस्थाहरु कुजो भएर हो कि
छिनेका आशा उन्ने धागो काँचो भएर हो कि
विश्वाशका आधारहरु चुडिदै गई रहेछन
सपनाका आकारहरु खुम्चिदै गई रहेछन
छल्लिएका चेतना जगाउने पूजाहरु खोटो भएर हो कि
दुखी रहेको माटो सजाउने हातहरु लुलो भएर हो कि
भरोसाका धारहरु बदलिदै बगिरहेछन
श्रदाका मुर्तिहरु भात्किदै गईरहेछन
तेसैले
निस्ठा र कर्तब्य बिर्सिएका बिदुरहरु
धाराबाहिक किम्बदन्ती भित्र
दर्शन भुली भाषाण छाटीरहेछन
निती छोडि नाता साटी रहेछन
जातिय भेदलाई सल्काएर
मानबताको अबशेश डडाईरहेछन
बुद्दको ढाडमा टेकेर
कुजो शान्तिको बिगुल फुकी रहेछन
रोइ रहेको आफ्नो माटोलाई
भागबन्डाको तरबारले रेटी रहेछन
अर्कातिर
अभिमानी दुर्योधनहरु
बुद्द फल्ने माटोमा आगो रोप्दैछन
शान्तिको छहारिमा बारुद सार्दैछन
अनी
गिदी नभएका दुर्योधनलाई हाक्ने सकुनिहरु
आफ्नै कुरुक्षेत्रको रचनामा
टनकपुर हारे सुस्ता हार्छन
कोशी हारे दशगजा हार्छन
हुनसक्छ हार्दाहार्दै अस्तित्व हार्छन
चेतनामा बिर्को लागेका बिदुरहरु
जती बरबराए पनि
दुर्योधनहरु जती कराए पनि
थेग्न नसकिने डुङुरका डुङुर योजनामा
गास, बास, कपास, अटला भन्ने छैन
शन्ती र सुरक्षा अटाउला भन्ने छैन
यसैले
निरह सगरमाथालाई धितो राख्दै
स्वाभिमानलाई लुटाउछौ हामी
आँफै सँग बिस्थापित भई
परदेशमा पसिना बेच्छौ हामी
सात समुन्द्र पारी झोक्रिएर
मन भरी रोएको नेपाल बोकी
दुई थोपा आशु खसाल्छौ हामी