गीत/ गजल/ कविता , बुङ्कोट अनलाइन कबिता भाग ३०


कविता - मलामी समय

कृष्ण प्रसाई
टेलिभिजनहरुमा
अखवारका मुख्य समाचारहरुमा-
र रेडियोका सम्वादहरुमा
निकै अघिदेखि-
म भेटिरहेछु तिमीलाई
मन पगाल्ने नाराहरुमा-
विकास बोकेका वाचाहरुमा
तर दिनहु लगातार तल झरिरहेँ म
हराई रहेँ आफ्नो देशको सिमानाबाट निरन्तर
जति खेर तिमी सर्वत्र छाएका थियौ-
सत्तामा
शक्तिमा
र शासनको वागडोरमा-
मेरा धेरै चेलीहरु वेचिए विदेशमा
अझै दुख काटिरहेछन्
एकसरो लाउन -
एक पेट खान
र मात्र जीवन जीउने नाममा-
विदेशका ताता घामहरुमा
वाध्य छन् -
वेचिरहन शरिर
आफ्ना मालिकहरुलाई ।
मालिकका छोराहरुलाई ।
छोराका पाहुनाहरुलाई ।
कसरी सम्झाउँ म तिमीलाई !
समयले कोल्टो फेरेको कुरा-
जनताको युद्धमा हारेपछि
तिमी रावण भै सक्यौ भनेर ।
नयाँ रामहरु उदाएका छन् आकासमा ।
नयाँ कृष्णहरु देखिएका छन् मैदानहरुमा ।
तिमी भने सकुनी साढेँ भएर-
अझै ओगट्न खोजिरहेछौ-
विजयी वहरहरुको कोरली ठाउँ-
अझै लाद्न खोजिरहेछौ-
त्यही पुरानो मलामी समय
जवर्जस्ती कलिला मनहरुमा ।
कसरी बुझाउँ म तिमीलाई -
जनमतले कोर्रा हानिसकेपछि
भर्खर एउटा तानसाह -
मान्छे बन्न तयार भयो ।
आफ्नो मुकुट फुकालेर
जनता हुन राजी भयो ।
तिमी त उ भन्दा पनि जब्वर रहेछौ ।
अझै राम बन्न खोजिरहेछौ ।
लाज लागेर आयो
तिम्रो निर्लज्ज अनुहारसँग -
जसलाई फेरि पनि मैले-
टेलिभिजनको पर्दामा
सत्ताकै कुरा गरिरहेको देखेँ ।
समय weelky Sawan 2,2065
अनामनगर काठमान्डौ
Krishna Prasai
एक छिन लाई

आगो सरी जले को मन लाई
ननीभाई देओ एक्छिन ।
चहराए को त्यो ठुलो घाऊ लाई
न लगाउ मलम एक छिन ।
मरुभूमी मन मा लागेको प्यास लाई
न पीलाउ पानी एक छिन ।
प्रेम जोडी राखेको डोरी लाई
न चुडाली देउ एक छिन ।
जीबन भरी परे को पीर
न टार्न खोज एक छिन लाई ।
लोकेश धानुक
" प्रेम बीना को जिन्दकी र बसन्त बीना को बर्ष एउटै हुदो रहेछ "।


गजल - बेदना

बाबु भट्टराई "बनबासी "
भियना , अस्ट्रिया
विना काम त के सम्झिन्थ्यौ ,केही परेर त बोलायौ
बचाउन त के सक्छौ खै ,आफै लडाएर पो उठायौ
तान्नु र लडाउनु नै तिम्रो कर्म कतिलाई पछार्यौ
नढाटी भन नर्कको खाडलमा कति लाई धकेल्यौ
नहुँदा सम्म त काम कतिलाई दुई हात जोड्यौ
अब त पुग्यौ माथि भन त कति लाई लात ठोक्यौ
दुनियाँको आँखा अगाडि झुट्को खेल तिमीले खेल्यौ
अझै कोही फस्छ भनी दोबाटोमा पासो थापी बस्यौ
तमाशा धेरै नै देख्यौ , रगतको होली पनि खेल्यौ
खै के पुगेन तिमीलाई के को रागले खरानी धस्यौ

एक्स्ट्राट भएछु

- अशोक ''खलानको मान्छे ''
ड्रामस्टाड जर्मनी
हिजो एक युवाले आफु तेश्रो तेस्रो लिंगी भएको घोषणा गर्‍यो
छापाहरुले उस्का दर्द र व्यदनाका कथाहरु दारुणताका साथ सुनाए
हिजो एक युवतीले नामी हत्यारा चाल्स शोभराज कि प्रेमिका भनि
सबै छापाका माध्यम उन्को पछि दौडिए
साच्चैनै शंकर दाइ संसार एक्स्ट्राट् नै रहेछ
हिजो दिन दहाडै एक राष्ट्रवादी मारियो
छापामा खबर भएन
किनकी बिगत बर्षहरु मा दैनिक १० मारिन्थे
हिजो एक कविले मदन पुरस्कार पाए
छापाहरु मा त्यो खबर आएन
किनकी च्याउ उम्रिए सरि पुरस्कार छ रे नेपालमा
शंकर दाइ ,
हिजो एक पुलिशले एक किडनि तस्कर समात्यो
उस्को साहसि र कर्तब्य परायणको कथा लेखिएन
चाल्सलाइ समात्ने प्रहरि ले स्याबासी पनि पाएन
तर एकाएक छापामा गर्मि छाएको छ
एक नव योवनाको प्रेम चर्चाले
तपाइको युगको मुनरोजहरु
आजकल नेपाली सडक भरि देखिन्छन
एक्स्ट्राट हुने रहरमा
झुम्कि बुलाकि र सिरबन्दि होइन
किल्ला जस्तो चुचो परेको फलाम लगाइन्छ
चौबन्दि फरिया र खास्टो होइन
अर्ध नग्न हुने विदेशि पोशाक लगाइन्छ
आजकल शंकर दाइ नेपाली सडकले यस्तै देख्ने गरेको छ
नेपाली छापा यास्तै को चर्चामा व्यस्त छ
शंकर दाइ
हाम्रो संस्क्रीति रितिरिवाज
डिस्को र टेबुल डान्स सँग साटिएछ
पाहडको निस्चल चिसो पानीको साटो
दुषित पानीलाइ मिनरल वाटर भनि बेचिएछ
शंकर दाइ
राष्ट्रले धर्म छाडेदेखि
सबै एक्स्ट्राट भइ रहेछ
एक्स्ट्राटको भिडमा म
हाँसको हुलमा बकुल्लो भएर
खेदिइ रहेछु,खेदिइ रहेछु
- शंकर लामिछानेको सम्झनामा

गुहार! भानु बाजे

समयको बेस्तताले भानुको सम्झनालाई अली पछी भए पनि टासेको छु आशा छ ,पढिदिनु हुने छ
गुहार !भानु बाजे,गुहार
!गुहार ! गुहार!
म लुटिए ,मेरो स्वाभिमान लुटियो
मेरा बोली अतिक्रमणमा चुटियो
आफ्ना जस्ता लाग्ने आफ्नै अनुहार टासेका
आफ्नै मान्छेबाट थिचिएर म
निरह प्राणी झै आँफै सँग हारी रहेछु
प्रदुषणमा निसास्सिएको अजिबको ओठ खारी रहेछु
जिउदा मान्छेको भर छैन
आर्काको जिब्रोको स्वाद छैन
तेसैले
तिमीले स्रिजिएको मिठो बोली बोल्न
तिमीको बिर्खे टोपी नेपाली शिरमा उन्न
गुहार ! भानु बाजे , गुहार!
किनकी
आजभोली जिउदा मान्छेहरु आँफै सँग डराएका छन
बेमौशमको जात्रामा भुली
आफ्नै घर गाउको माटो हराएका छन
हुट्टिट्याउले झै आँफै आकाश थामेको कथा बरबराएका छन
तेसैले ,निया माग्न जाने बाटो बन्द छन
निया दिने ठाम आँफै द्वोन्दमा छन
तिम्रा पाठशाला र पुस्तकहरु सन्सोधन भई
च्याउ खेती झै स्कुल भएका छन
तिम्रा रमायाण र बधु शिक्षा परिवर्तन भई
खोइ के जाती र्याप ,हिपहप भएका छन
तेसैले
गुहार भनु बाजे गुहार
तिम्रा चपलाहरु निर्जल भएका छन
तिम्रा आदर्श घासीहरु स्वार्थले थिचिएका छन
मलाई फेरी कान्तिपुरी नगरि चाहिएको छ
गुनकेसरी शिरमा बोक्ने चपला चाहिएको छ
टुटेफुटे अङ्रेजी मिसावट भाषा भन्दा
लय हालेर गाईने शिलोक चाहिएको छ
कोलाहल र भिड भित्र रङमङिएको आयतित सभ्यता भन्दा
बासुरी र मादलको ताल चाहिएको छ
अब त अती भो
स्वाभिमानलाई बन्धकी राखी हास्ने लाज भयो
आत्मासम्मानलाई बेची उधारो बाँच्न लाज भो
भानु बाजे ,गुहार !गुहार! गुहार!

अङग अङग उदाङग

यो गजल ANA DJ को नाइट को नेपाली चेलीहरुको पहिरनको बयान हो ,
अङग अङग उदाङग रहेछ, हाबा भई छोइ दिउ कि
तरङगले भरङग भाको मन, तिमिमा फोइ दिउ कि
कस्तो उन्मुक्त माद नशाको कि जवानीको थियो
मिचिमिची भएभरका काउकुती जती धोइ दिउ कि
लठ्ठिएका थुप्रा आँखा भोका छन आहरा कतै नहुनु
तिम्रो कामुकतालाई जोगाउन पहरे होइ दिउ कि
हराए झै ,डराए झै किन हो यो फेरी लोकाचारी
आटे तिम्ले तिम्रा लागि बाघको दुध दोइ दिउ कि
तिम्रो हासोमा मन भरी लालिगुरास फुली दिए
हास सधैं तिमी,परे तिम्रो आशु मै रोइ दिउ कि

भानु तिम्रो संझनामा देउरालीमा फुल

पुरुशोत्तम सुबेदी
-बेल्जियम
भानु तिम्रो संझनामा आज म -चाढाउछु देउरालीमा फुल ।
तिम्रै नाममा सजियका छन आज -ध्वजा पतका राता तुल ।।
नेपाली साहित्य र संकृतिका -हौ कती धनी तिमी ।
संसार भरका नेपालीहरु माझ -मन भित्र छौ आज तिमी ।।
जन्म दिन पारेर आज तिमीलाई-अर्पण गरेकोछु एउटा फुल ।
सागर समुद्र र नदी पारी पनि -बाध्य बनायौ बनाउन मनको पुल ।।
रम्घा गाउको त्यो बस्ती तिम्रो -हिड्दथ्यौ सब संग हांसी ।
कुनै दिन भेटिगयौ त्यसै जगतमा -तिम्रै त्यो गाउले घांसी ।।
शोध पुछ गरेउ तिमीले त्यस घांसी लाई -के गर्दै छौ तिमी यहाँ ।
सोझो घांसी झट्ट दियो जवाफ घांस काटी -जांदै छु घर तिर त्यहां ।।
भानु फेरी प्रश्न गर्दा भय घांसीलाई -काट्छौ के का लागि किन घांस ।
धन कमाउने इच्छा जाहेर गर्‍यो घांसिले -फेरेर लामो सास ।।
गोठ भरी गाई बस्तु भोका छन मुखियाका -घांस काट्ने मेरो यो पेसा ।
घांस बेची खुशी पारी गाउले मुखियालाई -कमाउनु छ यहाँ केही पैसा ।।
भानु फेरी प्रश्न गर्दा भय घांसी लाई -केको लागि कमाउछौ धन ।
घांसी खोज्छन उत्तर दिन ओठ भिजाइ जिब्रोले -तिर्खायको त्यो मन ।।
ओभायको त्यो जिब्रो तिनको -दिन भरी को त्यो थकान ।
भरी डोका घांस काटी विचरा -फर्किदै छन आफ्नै वतन ।।
लिय चासो भानु भक्त्त तिनले -गरे प्रश्न घांसी लाई हेरी ।
मुखियालाई बेची घांस धन कमाइ -के गर्छौ त्यो धन्ले तिमी फेरी ।।
पोख्छन घांसी मनको वह भानु भक्त्त लाई -दिन भरिको तिर्खाको ।
पर्‍यो चोट भानु भक्त धनी लाई -सरह पथ्थरका छिर्काको ।।
कहन थाले घांसिले आफ्नो चाहना -भानुभक्त्त लाई उठेरै त्यहां ।
बस्ने ईशारा गर्दै भानुभक्त्तले पनि घांसिलाई -लगे डोर्याइ सितल महा ।।
खनाउनु छ यसै ठाउँ महां असल - पिउने पानिको एउटा कुवा ।
तव सबको मनले आसिश दिन्थ्यो मलाई -जान्थ्यो सहजै सुबिस्थाले सबको युग ।।
उत्तर मिल्यो सहज् गरीब त्यो घांसिको -भक्कानिय ति भक्त्त भानु ।
गरीब भयपनी लिनु बिचार ठुलो सबले -हरेस कहिलेइ पनि न खांनु ।।
भर जन्म घांस तिर मन दिई धन कमयो ..
नाम केही रहोस पछी भनेर कुवा खनायो ।।
घांसी गरीब घरको तर बुद्धी कस्तो ।
मो भांनुभक्त धनी भै क्यान यस्तो ।।

बलवान समय र म

पुरुशोत्तम सुबेदी
-बेल्जियम
समयले मलाई सवक सिकायको छ । गद्धी बाट पनि किनरा लगाइ दियको छ ।
समयले मलाई इमान्दार बनाउन खोजेको छ । नयाँ पिंढी को आगमन भयको छ ।
शान्तिले मलाई निम्तो गरेको छ । बन्दुक बिसायर आफ्नै घर फर्कायको छ ।
समयले मलाई सांचो बोल्न सिकायको छ ।जनताको घर दैलो गर्न बाध्य बनायको छ ।
समयले मलाई थप्पड दियको छ । चुनाव बाट नराम्ररी किनारा लागाइ दियको छ ।
समयले मलाई नयाँ ज्ञान दिलायको छ । लुटियकै कालो संपती लुटायको छ ।
समयले मलाई साध्य सिकायको छ । समाजबाद नै रास्ट्र को शान्ती हो भनेर ।
समयले मलाई अरास्ट्रबादी घोसित गरेको छ । सधैं अरुको बुइ चढ्ने गरेर ।
समयले मलाई जांगर दिन खोजेको छ । पहाड फोरी तराइ सरह गरा भनेर ।
समयले मलाई बताइ दियको छ । बेरोजगार नै नेपालको असान्ती र अस्थिरता हो भनेर ।
--
तिम्रो वैश

- अशोक "खलानको मान्छे"
 ड्राम्स्टाड जर्मनी
तिम्रो वैश सँग सँगै मधुशाला रित्तिएछ
असली ति सोमरश पानी सरी भइसकेछ
वैश लाई कस्ले पो त रोक्न सक्छ जिन्दगीमा
पानी रक्सि, रक्सि पानी बराबर भइसकेछ
अब तिम्रो जवानीमा मात छैन हेर कतै
नयाँ नयाँ फूलहरु पाखा भरी फूलिसकेछ
झरीको बुलबुल फोका तिम्रो बैश भइसकेछ
तिम्रो अदा बदल है मधुशाला पुरानो भइसकेछ

म रित्तो बोट्टल

म रित्तो बोट्टल रक्सि बिनाको संग्लिएछु मेह्फीलमा
थामे होला कती हातहरुले रक्सि हाल्दा मेहफीलमा
म हेरिरहेछु पहिलो चोटि पिउनेलाई यो भट्टिमा
उस्को प्यासी आँखा तर चोटको निशानी छ हेराइमा
समात्दै छ कमाउदै हात मुटु जलेको निभाउन
मायालु डोली उठदा आफुलाई जिउदो लाश बनाउन
म हेरिरहेछु बिर्को खोल्दा गिलासमा पोखीइ नजरमा
चिट चिट पसिना पसिना हारको रेखा निधारमा
- अशोक "खलानको मान्छे"
ड्राम्स्टाड जर्मनी

अध्यारो बिहानी

मृदुल
बिहानी तारा अस्ताइ गयो उज्यालो पनि देख्नै नपाइ।
शहिद्को सप्ना ओझेल परे नया इतिहास् लेख्नै नपाइ॥

लोकतन्त्रको जग् हाल्दै आधीले सबै भत्काइ दियो।
निरंकुस अध्यारोमा जाकेर सधैंलाइ नै थच्काइ दियो॥
अन्गिन्ती आशाका फुलहरु फर्कनै नपाइ मुर्न थाले॥
शान्तीको स्वास फेर्नै नपाइ फेरी पनि जन्ता मर्न थाले॥
हक हित अधिकार खोस्यो स्वतन्त्रता कुनै भोग्नै नपाइ।
शहिद्को सप्ना ओझेल परे नया इतिहास् लेख्नै नपाइ॥
सतीको श्र्राप परेर होकी कहिलै माथी उठ्न सकेन।
निहित् स्वार्थको परिधि नाघी आफै भित्र जुट्न सकेन॥

उज्यालोको कठोर् प्रतिक्षामा जिन्दगी अब थाकी सक्यो।
सर्वभौमको बिहानीलाइ कालो बादलले ढाकी सक्यो॥
खिचातानी मै अल्झिय नेता अराजकत्ता छेक्नै नपाइ।
शहिद्को सप्ना ओझेल परयॊ नयाँ इतिहास् लेख्नै नपाइ॥


मेरो संसार

म बाचेको सँसारमा पानी छैन छ आगो मात्र
जलाउछ रुवाउछ छन बेदना र चित्कार मात्र
तिमीलाइ देखाउदिन म खुकुरिको धारको बाटो
हिड्दैछु म पिल्सिएर सधै आफ्नोहरुको साटो
तिमी नआउ मेरो सँसारमा त्यहाँ हाँसो हराउछ
रोजबरु अर्को बाटो जहाँ फूलहरु फुल्छ
आगोको भुम्रोमा हिडन बिन्ति नगर साह्रो
जलन सहि जीवन काट्न हुन्छ अति गाह्रो

- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी


विडम्बना-२

प्रयोगसिद्द विज्ञानका असफलताका कल्मषहरू बोकेर
भोक, रोग, हिंसा र आह्रिसले अंकूरित भाष्य घोकेर
एक धोक्रो रहर घिसार्दै मनगढन्ते गन्धे डहरमा
हिँडेको छु , नशालु मादकताको अनौठो झोल धोकेर।
कसैले मानोस् नमानोस् म नै सत्य हुँ, मन्त्र हुँ
कसैले ठानोस् नठानोस्, म नै सर्वोत्कृष्ट तन्त्र हुँ
म स्वतन्त्रता हुँ , म बन्देज हुँ अनि परिबन्द हुँ
म बिनास हुँ , संहार हुँ अनि आफ्नैको आफन्त हुँ।
म कानून, नियम र तिम्रो जीवनको परिभाषा हुँ
सत्य , असत्य, निर्क्योलको अकाट्य आदेशक हुँ
कानुन,, वकिल, जज साहेब, जल्लाद र डोरी हुँ
म सर्वभक्षी सन्त्रासको संबाहक बाबा अघोरी हुँ।
म परिभाषा हुँ, को असल अनि कमसल को?
म निर्णायक हुँ, विज्ञान को औ मिथक को ?
म शासन, प्रशासन र अनुशासन अनि दुस्सासन
म आधुनिक ब्रम्हाजीको वाक्य अनि संभाषण।
यसर्थ,
शब्दहरू, तिमीहरू मेरो खटनमा चल्नुपर्छ
आवाजहरू, मेरो आदेशले मूक वा बोल्नु पर्छ्
नियमहरू, मेरो फर्मानलाई सकारात्मक पढ्ने गर
जीवन, यो शास्वत सत्यलाई स्विकार्दै बढ्ने गर ! -सन्नाटा

सिनोमै अडकिदो रछ

सिनोमै अडकिदो रछ गिद्धहरुका आँखा
भन्किनु के अचम्म भो र फोहोरमा माखा
लालिगुरास नफुलेको खाली सिउदो छामी
बारुद बिझेर रोइराछ उजाड त्यो पाखा
सदभाबको बिउ थियो कि आगोको घिउ
अतिक्रमणमा चेप्पी रछ कठै! बुद्धका भाखा
बली बली आयो कि कली,छली कै ढलिमली
निर्धालाई नर्क सुनाउछ चित्रगुप्तको शाखा
चिसो चुलो धुवाउनु नधुवाउनु के भो र
हुनेकै बैबभ नहुनेलाई को भन्छ ला खा

शहिद

- मृदुल
शहिद भय कसरी इतिहाँस पल्टाइ हेर
काँचुली फेरेन देशले बलिदान गयो खेर
हाँसी हाँसी शहिदले मृत्यु बरण गरे
दरिद्र सत्ताको सामु संधैं ओझेलमा परे
काँचुली फेर्नलाइ देशको जिवन भेटी दिए
अरुको सुखका लागी आफुलाइ मेटी दिए
न हटयो निरंकुस्ता यहाँ न आयो बिहानी
झन झन अलमल्लियो भबिस्यको कहानी

देश

देश
मृदुल
अन्योल देखि देशको भाग्य मन मेरो धर्किएको छ।
कहिलै नसुलमुने मर्मले छाती मेरो चर्किएको छ॥
छातीमा कुल्चि शासन गर्छन शत्तामा जो आए पनि।
निंरकुस्तले गला घोटछन जस्तो कसम खाए पनि॥
अन्धकार देखी देशको भविस्य मन मेरो धर्किएको छ।
बिहानी कहिलै नहुने पिरले छाती मेरो चर्किएको छ॥
शहिदको बलिदान गरी स्वतन्त्रता फेरी कहिलै आएन।
उत्सर्ग जति गरे पनि शान्तीले देशमा कहिलै छाएन।
अन्योल देखी देशको भबिस्य मन मेरो धर्किएको छ।
कहिलै नसुलमुने मर्मले छाती मेरो चर्किएको छ॥


गनतान्त्रिक कबिता

गनतन्त्र नेपाल
- मृदुल
राजनीति नजानीकनै राजनीति गर्नेहरु………………………मुर्दाबाद!
माया भन्ने नै नबुझेर मायागर्न खोज्नेहरु……………मुर्दाबाद!
स्वतन्त्रता नबुझेर प्रजातन्त्रको वकालत गर्नेहरु………मुर्दाबाद!
नुनिलो बिनाको नुन बेच्नेहरु ………………………मुर्दाबाद!
पिरो बिनाको खुसा्रनी बेच्नेहरु……………………मुर्दाबाद!
रंगबिनाको रंग बेच्नेहरु ………………………मुर्दाबाद!
सान्तीमा असान्तीको मिसावटको गर्नेहरु ……………मुर्दाबाद!
पेट्रोलमा मट्टितेल मिसाउनेहरु……………………मुर्दाबाद!
महमा सख्खर मिसाउनेहरु……………………………॥मुर्दाबाद!
घिउमा चिउरी मिसाउनेहरु…………………………… मुर्दाबाद!
चामलमा ढुगा मिसाउनेहरु……… …………………… मुर्दाबाद!
प्रेममा धोका मिसाउनेहरु ……………………………मुर्दाबाद!
हिरामा शिसा मिसाउनेहरु……………………………मुर्दाबाद!
मोइ माग्दा कमेरो दिनेहरु…………………………मूर्दाबाद!
आगो माग्दा खरानी दिनेहरु……………………मूर्दाबाद!
फूल माग्दा काँडा दिनेहरु………………………मूर्दाबाद!
रगत दिदा मृगौला साटनेहरु…………………मूर्दाबाद!
म्वाइ खान दिंदा जिव्रो थूत्नेहरु… ……………………मूर्दाबाद!
हाद दिंदा कूइनोसम्म निल्नेहरु… ………………मूर्दाबाद!
जूका भएर चूस्नेहरु………… ……मूर्दाबाद!
सर्प भएर डस्नेहरु ……………………मूर्दाबाद!
अरु भन्दा आफुसंग धेरै धन होस भन्नेहरु……………मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै जमिन होस भन्नेहरु … …मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै सम्पती होस भन्नेहरु … …मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै अधिकार होस भन्नेहरु… ……मुर्दाबाद!
अरु भन्दा आफनो नाम चलोस भन्नेहरु………………मुर्दाबाद!
अरु भन्दा आफनो शत्ता टिकोस भन्नेहरु… ……………मुर्दाबाद!
अरु भन्दा आफनो हैसियत बढीहोस भन्नेहरु… मुर्दाबाद!
अरु भन्दा आफनो हैकम चलीरहोस भन्नेहरु… मुर्दाबाद
अरुलाइ दास आफुलाइ मालिक ठान्नेहरु.........मुर्दाबाद!
अरुलाइ कार्यकता्र आफुलाइ नेता ठान्नेहरु........मुर्दाबाद!
अरुलाइ तीतो आफुलाइ मिठो बाँडनेहरु … मुर्दाबाद!
माछा मिठो माछाको काडा तितो भन्नेहरु … मूर्दाबाद
देशलाइ भिषारी बनाएकोमा नै गर्व गर्नेहरु …………मुर्दाबाद
देशको भाग्यमा दरिद्र लेखाउनेहरु ……………………मुर्दाबाद
गरिवी र संकटको पराकाष्टामा पुरयाउनहरु। ………मुर्दाबाद
चेतनाको ढोका बन्द गर्नेहरु……… …………………मुर्दाबाद
मारेपछि पछुतो गर्ने राजनीतिज्ञहरु …………………मुर्दाबाद
दुखमा गोहीको आँशु झार्नेहरु………………………मुर्दाबाद
हात बाँधेर खुट्टा फुकाइदिनेहरु ……………………मुर्दाबाद
कुमारीमै आमा बनाउनेहरु ……………………… मुर्दाबाद

गजल ,बुवालाई घर सल्लाह

जपतपको बेला भो बुवा,मोह धेरै हुर्काउन हुन्न
हठ छाडे हामी चलाऊछौ घर धेरै घुर्काउन हुन्न
मिठो मसिनो सबै चपाकै हो, र्याल के लाई चुहाउनु
स्वाद बाँकी होला र हड्डिमा? आशु धेरै तुर्काउन हुन्न
पल्ला घरे दाइले उचालेको भरमा भडकिएर तेसै
आबेगमा आँफै घंटिमा लगाइ पासो सुर्काउन हुन्न
सिङौरी खेल्ल्न नि सिङ चाहिन्छ अबता अती भो
अलिकती भए नि बचेँको इज्जत बेर्थै खुर्काउन हुन्न
होशको कुरा केही हुन्न बर्बराउनथाल्नु भको छ
सुकेको जिउले थेग्दैन भार मन धेरै फुर्काउन हुन्न

गजल - धेरै साधु

धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु
दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु
बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु
पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न
पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु
राम राम भन्ने हराम भए रे,सुनिदैछ अचेल
जालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरु

स्वयम्भूका आँखामा आँशु

- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी
स्वयम्भूका आँखा शान्तीले लोलाएको छैन यतिबेला
स्वयम्भूका आँखाका त्राशले लोलाएको देखिन्छ यतिबेला
सत्यलाई अफिमको नशा मान्ने गिभ्रमित जमात देखी
स्वयम्भूका आँखा त्रश्त यतिबेला लाठेहरु देखी
नपत्याए हेर ति नेपाली आँखामा जो घर भएर पनि
सर्बहारा भएका छन सर्बहाराका हातबाट सबै हुँदा हुँदै पनि
जो श्रमको श्रीजनामा रमाउदा रमाउदै पनि
मी दिवश मनाउने हरुको जमातबाट खेदिएका छन लोकतन्त्रमा पनि
स्वयम्भूका आँखा त्रश्त देखिएका छन यती बेला
जिउदो मान्छे पोलियो बुद्द जन्मभुमी मा
न्याय कसले दिन सक्छ मेरो बुद्द लाई
भनु के म बन्दुक ले न्याए गर्छु भन्ने लाई
पञ्चशिलका आदर्श हरु जो पुर्खाले बनाएका थिए
सब च्यातिदै गयो निर्दई बाट जो हर जन का थिए
शिरमै टोपी लगाई सपुतहरु बर्खी बार्न बिवश छन यहाँ
अझ कती बर्ष डरको बर्खी बार्ने हो यहाँ
कलिलो दिलबहादुरको लाश माथि राजनीति मोहोर लादेर
अनी पाशविकता साथ बलराम र नन्दलाल माथि प्रहार गरेर
सुधखोरका बिल्ल भिराएका हुन क्रान्तिकारी हरु ले
न्याय क्षेत्र गोर्खामा अन्यायको बिजरोपे जालसाच
अहिलेत त्यो बिज झाङिएको व्रीक्ष भई फलदिन थालेछ
श्यामसुन्दरको रगतको साटो ४० हजार मत पाएछ
स्वयम्भूका दुई आँखामा तब त आशु देख्दै छु
बन्दुक विजय संग सँगै म सम्पूर्ण रुपले पराजित हुँदै
क्रमश घर बाट बेघर हुँदै सम्पूर्ण ईतिहासमा पूर्णबिराम लाग्दा
यति बेला मैले सम्पूर्ण देशबासी लाई साधुबाद दिन नसक्दा
प्रजातन्त्र को छिप्पिन लागेको बैश बलत्कार गर्ने हरु त
क्रान्तिकारी भिरु भईसके दिग्भ्रमित छन बुद्दहरु त
बोधिसत्व सम्पूर्ण बन्धन देखी को मुक्ती हो
स्वयम्भूका लोलाएका आँखा देख्नु बोधिसत्व खोज्नु हो
बोधिसत्व अब क्रान्तिकारी भिरुहरुको चालवाज उद्द्घोशमा खोज्नु पर्ला
बोधिसत्व क्रान्तिकारीहरु को भुमरिमा खोज्नु हो
बम पड्काउने हरु लाई शान्ती क्षेत्रको उदघोषणमा
राष्ट्रपिता बनाउने सपना सगाल्दै छन देशमा
म मेरो पिता लाई त्यो पुरानो कुर्चिबाट बन्चित गरी
बेघर गरेको निरही भएर हेर्दै छु अचम्ममा परी
यतिबेला स्वयम्भूका दुई आँखा शान्तीले लोलाएका होइनन
माकुराको फोहोर जालो टाङिएर आसुँ झरेको जस्तो देखिएको होइन ।।।