आफ्नो मुलक आफ्नै हुन्छ
हजारौँ बेनियमहरुले नियम बनेर ढलीमली गर्दा
बेथितिले रजगज गरी जीवनमा थितिको भूमिका रोज्दा
जतासुकै आदिम व्यवहारहरूको पुनरावृत्ति जस्तो देखिए पनि
हरेक सोच र व्यवहारमा, आफ्नो मुलुक त आफ्नै लाग्छ।।
धूवाँ ,धूलो, चोरी , कोलाहल र अपराध आक्रान्त हुँदा पनि
थकान रहित आफ्नै पदचाप र अग्रगमनको चाहना बोकेर
अनि निरापद बन्नै नचाहने जियालोपको अनुभव बाँच्दा
कस्तो अचम्म! तैपनि, हो आफ्नो मुलुक त आफ्नै लाग्छ ।।
आधुनिकता र आदिमताका अनौठो दोसाँधमा उभिए जस्तो
अगाडि बढ्ने पाइलाहरू निरन्तर पछाडि नै हच्किए जस्तो
विचार, व्यवहारमा स्वत्वका पेटाराहरूको भारी टाउकोमा
निर्लज्ज बोकेर आँफै देख्दा पनि , आफ्नै मुलुक आफ्नो लाग्छ।।
कर्म औ व्यवहारका आधारहरू एकातिर मिल्काएर
राजनीति र तिक्डमको वाक्पटुतामा हरेक कुरा सिध्याउने
मनोवृत्ति अनि जीवन पद्दति आफ्नो परिचय बनेको देख्दा पनि
खै कुन्नि के कुराले भन्छ-' हो आफ्नै मुलुक त आफ्नो लाग्छ'।।
प्रविधि, साख्यिकी र नाफा ,नोक्सानको यो भौतिक संसारमा
बाटो भुलेर कतै हराएका अनि गास बास , कपास र जीवनको
सदाबहार माग बोकेर , सदैव क्रान्तिको निर्लज्ज रिहर्सलमा
बाँच्ने 'टाइम वार्प'को कैदी म , तैपनि मुलुक आफ्नो नै राम्रो लाग्छ।। -एकलव्य
गजल: भो तिमीले नै जित्यौ
प्रविण थापा
भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो
उदास थियो यो जिन्दगी,झनै बढी भार भयो
सजाउथे सपनाहरु, नयनको बाटो भरी
ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो
अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे
आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो
पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे
आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो
हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला
आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो
गजल- ठग्छ भने नियतिले
केशब आचार्य
ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस
हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस ।
कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर
मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस ।
अघी बड्न खोज्दा सधैं भूमरिले छेक्छ किन
नफक्रदै जिन्दगी यो झर्छ भने पनि झरोस ।
सम्भालिदै आफु पनि अरु जस्तै बड्न खोज्दा
दैव तेरो ''केशु''पनी मर्छ भने आजै मरोस ।
(रचना २०५३ साल )
बोल्डर कोलोराडो
गित - कुनै दिन हासेर
शेखर ढुङेल
०२-०३-२००९
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो
यस्तै रहेछ दुनियाँ को रित
जस्तो मौसम
त्यस्तै मा रमायो
कुनै रात यहाँ
बिस बोकेर आउछ
कुनै रात चाद को
हसिलो मुहार
जिन्दगी रैछ घाम छाया
कहिले धुप
कहिले झरी मा रमायो
कुनै माया जीवन
कुनै माया मृत्यु
बोकेर आउदो रैछ
कस्तो लगाये छाप
बिधाता ले भाग्य मा
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो
गजल -- हारजित भईरहने
प्रबिण थापा
हारजित भइरहने माया खेल होइन
परीक्षा लिई छुट्टाउने पास फेल होइन
जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र
हर्ष न विष्मात हुने, कौवालाई वेल होइन
पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो
विश्वास हुन्छ एक अर्कामा जालझेल होइन
गन्तब्य एउटै अनी पाइला सँगसगै
दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन
समर्पण समझदारी सम्मान हुन्छ त्यहा
केही क्षण मोज गर्न, गरिएको मेल होइन
बिर्सि देऊ
शेखर ढुगेंल
बिर्सि देऊ बितेका क्षण
तिमी को थियौ म को थिएँ
समयले टुटाई दियो
सपना जो देखेका थियौ
बिर्सि देऊ
आयो तुफान कतैबाट
किनारा लाग्यो चाहना त्यो
झुठो मायाले पागल बनायौ
दिउँसै तार गन्ने दिन आयो
बिर्सि देऊ ……
सक्छौ् /सक्छ्यौ देउ माया
अरु पिडा नथप
जसै काटुँला जीवन
पाइलाहरुमा काँडा नछरिदेऊ
हो हो काँडा
बिर्सि देउ
माया त्यसै मर्दैन है
प्रबिण थापा
माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ
मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ
मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन
मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ
साचो कुरा लुक्दैन , जती कोशिस गर तर
मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ
पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन
सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ
हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ
मनको प्यास मेटाउन, नारिएको हुनसक्छ
शहिदलाइ आग्रह
देश सिंगै जलिराख्दा
किन जल्यौ मलाइ भन्देउ।
देशलाइ छोरो खांचोहुंदा
सपुत किन भयौ भन्देउ।
तिम्रो देशै नहुने भो
अब भेषको कुरै छोड्देउ।
तिम्रो बखान गरे भने
तिम्ले कुरा अन्त्यै मोड्देउ।
तिम्लाइ फुलको माला दिए
माला आफै लाउनु भन्देउ।
तिम्लाइ कोही ढोग्न आए
दौलत आफ्नै ढोग्नु भन्देउ।
काम के हो,नाम के हो
कांहा बस्छौ त्यो नी भन्देउ।
सपनाको तुषारोमा
कती काठ्यौ सबलाइ भन्देउ।
तिम्रो नाम कतै लिए
आफ्नै नाम लिनु भन्देउ।
तिम्लाइ अझै शहिद भने
शहिद केहो उस्ला सोध्देउ।
आदरणीय आमा-बुबा, दिदी-बहिनी र दाजु-भाइहरू !
आदरणीय आमा-बुबा,
दिदी-बहिनी र दाजु-भाइहरू,
सधैं भिन्न हुन्छन हाम्रा
भनाई र गराइहरु ।
सराप्न मिल्ने संस्था पनि
छैन अब कसो गरुँ?,
हात जोड्छु सबै संग
आफन्त र पराईहरु ।
निल्नु न ओकल्नु भो
यो सत्ता पनि अब,
मिलाउन त गाह्रो रै’छ
हिमाल, पहाड तराईहरु ।
जादू गरि हाल्छु भन्ने
सोचेँथे पहिला त मैले,
झनै सबै चिढिंसके
हिन्दू, मुश्लीम ईसाईहरु ।
नया नेपाल बनाउन
परिवर्तन धेरै गरें,
सवालाखको विछ्यौना र
टोपी-टाई को लवाईहरु ।
भो बाबा! गाह्रो रै’छ,
देश चलाउने काम त,
बरु सत्ता कब्जा गर्छु
बन्द गरी सवाईहरु ।
*सवाई: लय हालेर गाउन मिल्ने एउटा नेपाली लोक भाका ।
पत्रकार उमा सिहंलाइ श्रद्धान्जली
-हस्त गौतम मृदूल
हे उमा सिंह अचानक गयौ छोडेर हामीलाइ
कसरी सहौं निर्दोष शरीर चित्तामा जलाइ।
महिलाको एउटा प्रेरणा बनी भर्खरै बढदैथ्यौ
चेतनाको दियो राष्ट्रमा बाल्दै शिखर चढदैथ्यौ।
पत्रकार थियौ साक्षतकार सृजनशिल ब्याक्तित्व
दानवीय दूष्टले निसाना बनाइ मेटाए अस्तित्व।
भरोसा थियो साहास माथी नेपाली जनको
यथार्थ कूरा एफएमद्धारा बोल्दथ्यौ मनको।
आफनो पाप लूकाउन खोजी बिभत्स मार्दिए
जल्दो बल्दो जिवन तिम्रो ओझेलमा पार्दिए।
कानूनी शासन मानव अधिकार देशमा खाली भो
जनताले राहात पाएनन कैलै शासक जाली भो।
निर्धालाइ मारी शक्तीशाली भै अझैनी मार्दैछन
देशको अस्मिता सूख र सान्ती संकटमा पार्दैछन।
हे उमा तिम्रो महान त्याग कहिलै मेटिन्न
शरिर जस्तै कहिलै पनी बिचार रेटिन्न।
सत्यको आवाज दबाउन खोजे मृत्यूको छायामा
कहिल्यै उमा मर्दिनौ तिमी नेपाली मायामा।
बिस्रने छैन राष्टले तिम्रो अमूल्य बलिदान
प्रेरणा ठानी गाउने छौ संधै कृतिको जयगान।
शहीद उमा वीरगंना नारी श्र्रद्धान्जली गर स्वीकार
चीर शान्ती मिलोस आत्मालाइ यही छ पूकार ।
सधैं सँगै हिंड्नेहरु
प्रबिण थापा
सधैं सँगै हिंड्नेहरु, साथी हुन्नन साथी
मिठो वचन बोल्ने सबै, जाती हुन्नन साथी
बगैचामा अनगिन्ती, फुलहरु फुल्छन
सबै फुल्ने फुलहरु, पाती हुन्नन साथी
जीवन माथि एक्कासी, ग्रहण लागेपछी
अन्धकार मात्र सधैं, राती हुन्नन साथी
चारैतिर अन्यायको, कालो वादल छायपछी
न्याय खोज्ने हातहरु, माथि हुन्नन साथी
आफ्नो लागि मात्र वाच्ने, चलन भएपछी
दु:ख पर्दा साथ दिने, छाती हुन्नन साथी
गजल- अझै पलाएन
दीपक जडित
अझै पलाएन विश्वासको बुटो मनमा ।
सपना जलेर हेर बाँकी ठुटो मनमा ।
बहाना जे सुकै होस तर खाल्डो नै पार्ने ,
झनै चलिरहेछ निठुरी कुटो मनमा ।
कति छल्नु कति ढाँटेर हिड्नु आफैंलाई ,
आश्वासन कति दि'रहनु झुटो मनमा ।
रहर कठै ! बिना जाँतो पिसिईरहयो ,
हरेक घानमा भेटिरहेँ ढुटो मनमा ।
न देख्यो कसैले मेघ न वर्षा म भित्रको ,
रुझाउँदै मनकै झरीले चु'टो मनमा ।
गजल - भेट्छु भन्दै थिइन अरे
सुमन सुधा
आबुँ खैरेनी तनहु
परदेशी
मेरो मायाले छेक्दा सुधालाइ तिम्ले भन्यौ लानी लानी
भेट्छु मलाइ भन्दै थिइन अरे किन लग्यौ तानी तानी
हजार नमर्दा छन् यहा तिम्रो छातिमा रजाइ गर्ने
दोषी मार काल दुखीलाइ किन मार्छौ जानी जानी
मनको कुरा मनमै गुनासा थिए होलान् कति
पासोलॆ घाटी थिच्दा कठै भनिन् होली पानी पानी
नियतीको नियममा पनि तिम्रो मनपरि चल्दो रैछ
के विराइ सुधाले तिम्रो पिउन दिएनौ पानी पनि
एक्लै आज मरुभुमिमा पछारिदा यति मन रुन्न
मलाइपनि लैजाउ काल किन लान्छौ छानी छानी
सानैमा सिकाइ
प्रबिण थापा
सानैमा सिकाइ दियौ नभै हुन्न आजभोलि
किसको मात्र कुरा गर्छौ त्यसले छुन्न आजभोली
यताउता सलबलाउने यो चन्चले मनलाई
खोजी राछु भोटे ताल्चा लगाइ थुन्न आजभोली
करकापमा हिजो सम्म एक गिलास बलै जान्थ्यो
सिकेको छु भट्टी छिरी पिउन टुन्न आजभोली
पालै पालो हत्या भयो दिदी भहिनी दाजु भाईको
चोट सहने बानी पर्यो अह रुन्न आजभोली
मिठो भाषण गर्छन् सबै कसको विश्वाश गर्ने
सार्है कठीन भयो हजुर नेता चुन्न आजभोली
गजल - भरियो सिउंदो तिम्रो
भरियो सिउंदो तिम्रो जब,बेहोश भै म लडदै थिएँ
तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डडदै थिएँ
थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ
आँसुले रुझेका रछन थोपा थोपा म पडदै थिएँ
तिम्रो बाटो नदुखोस् कहिले शुभ कामना भन्नै पर्यो
एक्लो बाँच्नुमा दुखेको हाँसो तिमी सामु जडदै थिएँ
बारामाला तिम्रो हातमा मेरो गलामा भार थियो
तिमी चड्यौ डोली म जिउँदै चितामा चडदै थिएँ
गाँठो मुटुमा हाँसो ओठमा कस्तो समायोजन त्यो
बाहिर सग्लो देखिए पनि भित्र भित्रै सडदै थिएँ
तिम्रो सपथ सहि सत्य होस्
आचार्य प्रभा, अमेरीका
आज तिमी आत्मा साक्षी राख्दै
सपथ खाइरहेछौ ,
मेरो,उस्को अनी सबैको मनले इश्वरसँग
प्रार्थना गरिरहेछ ।
हे!इश्वर ...
यो सपथ सत्य,सांचो र साक्षात होस्
समानता,समानुपातिकता र एकताको
प्रतिक होस् ,
सद्भभावना र सदबिवेक को जित होस् ।
नयाँ इेतिहास कोर्छु भनेर
धेरै आए,गए ,
उज्यालो किरण छर्छु भनेर
धेरै उदाए,अस्ताए
त र ---अफ्सोच !
सबै इेतिहास पुरानै दोहोरिए
सबैका अधरमा अन्धकार नै छाए
त्यसैले ओबामा ...
तिम्रो सपथ अन्तरात्माभित्रको
स्वछ बोली हुनु पर्छ ।
तिमी जात,अजात छुवाछुतको
बिरोधी बन्नु पर्छ ,
तिमीले कालो रङको अनुयायी
भएर होइन ,
त्यस्तै सेतो रङको बिरोधी पनि
बनेर होइन
बरु ---सबै रङको मिश्रणको
मीठो अनी ज्वलन्त उदाहरण
बन्नु पर्छ ।
तिमी एउटा देशको मात्र होइन
धर्तीको नै मेरुदन्ड हुनुपर्छ
आउने पिढीहरुको
उत्साह र उमङ बन्नु पर्छ ।
(ओबामाको सपथ पश्चात तुरुन्त श्रीजित कबिता
गजल : धेरै भयो
प्रबिण थापा
धादिङ
धेरै भयो मायालुको,चिठी आएन
मनको सुख दु:ख साट्ने,मिती आएन
फर्की चाडै आउछु भन्थे,अगालोमा बाध्न
वाध्यताले फेरी भेट्ने,स्थिती आएन
बद्लेक छन पलभरमा,धेरै कुरा यहाँ
तिम्रो माया बदल्ने,निती आएन
देखेको छु भिडहरु, प्रेमको नाटक गर्ने
ममा भने किन यस्तो, रिती आएन
अन्तै डेरा खोजेर,बसाइ स-यौ कि त?
मेरो दिलमा बास बस्न,अतिथी आएन
स्वागत छ नव बिहानिलाई
आचार्य प्रभा, अमेरीका
बिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै
नव पालुवारूपी पाइलाहरु अघी बढाउँ
बिगतका बिझाइहरुका खोटहरुलाई
नव बर्षको उत्साही मल्हमले
शितल गराउँ।
अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई
हर्ष र खुशी अनी नव उमङका आँशुहरुले
बगाउने प्रयास गरौं।
बिगत,बिगत भयो
नव आगमनको पललाई सिगार्न
मनको फूलबारिमा जाहिजुही फूलाउँ
बिषादिका खोटहरुलाई
मिठासरूपी मुस्कानका छिटाहरुले
स्वागत गरौं ।
पूराना समयका तीता बचन र पीडालाई
नव बर्षको सम्बेदनशिल भावनाले छोपीदिउ
समग्रमा ---नव बर्षलाई स्वागत गरौ
तीता सम्झनाका प्रहरहरुलाई
नव बिहानिमा अनुवाद गरौ।
रमिता - गरुं के कुरा ?
नेपालियन
अनुहारमा गुलाफ मुखमा छ छुरा
आधी कपडा लाउनेको गरुं के कुरा
जती पैसा बढ्छ उती खल्ती मोटो
जती नानी बढी उती कपडा छोटो
चार फुट उचाइ चारै इन्च हिल
किताबमा आंखा सलमानमा दिल
त्यसको जिउमा बिजुली केटाहरुमा जोश
त्यो आफै नक्कली हाम्लाइ के को दोष
अनुहार गोरो लिपीस्टिक छ कालो
एक बित्ते कपडा कट्टु होकि टालो
दुइ र दुइ जोड्दा औंलाले गन्छे
कांहा पढाउछे कुन्नी मिसनेपाल भन्छे
अर्थ न बर्थ गोबिन्द गाइ
नाकको फूली नाइटां लाइ
कबिता -मनहरु पनि जेरोक्स कपी भै सकेकाछन
आचार्य प्रभा, अमेरीका
भ्रमपूर्ण वास्तविक्ता अङालेर
स्वार्थी जिजीबिषाको लडाईंमा
आफुलाई अग्रणी बनाउने होड्बाजिमा
बाचिरहेछन मान्छे ।
फुर्सद नै कहाँ छ र कसैलाई
एकत्वको गगनचुम्बी पीडामिढ खडा गर्ने ?
लालायित छन सबै यहाँ
आफ्नै तर्कको लाहाछाप गर्न
निमेषभरमै,अभिभाज्य हुन्छन
बिचार हरु।
समय छैन कसैलाई
धर्तिबाट धूलोका कणहरु निफन्न
आमा असुरक्षित छिन्
आपाहिज झै छ अवस्था
गामी,प्रतिगामीका परेडका
निशानाहरुबाट ।
सधैं हल्लै हला छ
परमेश्वोरहरुको आगमन,प्रतिगमनको
अनी दाईजो छ
त्यही अभिषप्त जीवन
सर्वसाधारणलाई सधैं सधैं
त्यसैले ---मनहरु पनि
जेरोक्स कपी भैसकेकछन
सबै,सबैका --- --।