भूपी शेरचनका केही कबिताहरु Bupi sherchan ka kehi kabitaharu


                    मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असङ्ख्य रोग छ,केवल हर्ष छैन,

यहा त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ
न कसैले पुज्छ न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
           Madhyanna Din Ra Chiso Nindra

अखबारको ‘वान्टेड कालम’ –मा
म आफ्m्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु—

नयाँ बजेटको ओठमा
खोजिरहेछु आश्वासन
रेडियो–घोषणासँग मागिरहेछु
सान्त्वनाका दुई शब्द
नयाँ पे–स्केलले नापिरहेछु
म आफ्नो परिवारको आयु;प्रत्येक खाली सिटको सूचनाले
मलाई जवान बनाउँछ
प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर
जीवन, काखीको पसीनाझैं गन्हाउँछ,आमाको ममतामा पनि
कसैले नैराश्य घोल्दछ,बाबुको प्रोत्साहनमा पनि
चिसो सुस्केरा बोल्दछ
कुमारी बहिनीको स्यूँदोसँग, सिन्दूर झस्के झैं लाग्छ
पत्नीले थालमा सधै–सधै
व्यङ्ग्य पस्कभे mै ं लाग्छ
एक युग बित्यो
म आफ्नो बिन्तीपत्रजस्तो अनुहार बोकेर
भट्किरहेछु दर–दर
पुगिरहेछु घर–घर
एक चिसो निद्राले मलाई
छोपिरहेछ निरन्तर,मलाई थाहा छ
यसपल्ट म निदाएँ भने
फेरि कहिल्यै पनि म बिउँझन सक्तिनँ
त्यसैले
ए झुसिल्कीराझंै ंै लाम लागेकाहरु !ए नाराका अक्षरहरु !अरु जोर–जोरसित नारा लगाऊ
उफ् ! म निदाउन चाहन्नँ यो दिउँसै
मलाई जगाऊ, मलाई जगाऊ ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                    Raata Kathmandu Praata

बाग्मतीपारि स्याल,र वारि कुकुरहरु कराउँदा
सशङ्कित पोथी कुखुराझैं
घिच्रो तन्काएर

हेर्छन् देवलहरुले
वरिपरिका खोरहरुलाई
पखेटा झारेर
र अन्धकारले तिनलाई डोकोभित्र छोप्छ ।
अज्ञात दुलोबाट निस्केर
डस्छ गोमनले काठमाडौंलाई
र विष सर्दै–सर्दै धरहराको टुप्पोनिर पुग्छ,गल्लीहरुका नसाभित्र रगत
कालो हुदै जान्छ
एक्कासि अदृश्य कुनै धामीको
मन्त्रमा बाँधिएर
मुग्ध सर्प नयाँ सडक
सल्बलाउँदै आउँछ
आङभरि धामीले फालेका
मन्त्रबद्ध सेता कौडाहरु टाँसेर
र चुस्छ, चुसिरहन्छ रातभरि
बेहोश काठमाडौंको शरीरबाट आफ्नो विष
बल्ल–बल्ल प्रातःमा
चल्मलाउँछ काठमाडौं पीडामय बेहोशीबाट
—बिउँझेर
र बोली फुट्छ अनि स्तब्ध धाराहरुको
र हाँस्न थाल्छन् उम्मुक्त झ्याल र ढोकाहरु


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
       Titara Battai Ra Bhakku 
    Ka Rango Ko Santanharu Prati

जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रबडका वनमा होस्
या नेफा र लद्दाखका पराई लडाइँमा

ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगोजस्तै
अरुको हा…हा….हामा लागेर
अरुको थपडी र नाराले जागेर
अरुको ख्वाएको जाँड र कटले मात्तिएर
‘आयो गोर्खाली’ भन्दै
(गोरु खाली बन्दै ! )युद्धमा हाम्फालेर
ती मरेका लोग्नेहरुको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरु !ती मरेका छोराहरुको आर्जनले आफ्नै चौरासी पूजा गर्ने
ए बूढा–बूढीहरु !ती बितेका साथीहरुको जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छेहरु हो !ती मरेका प्रेमीहरुको कोसेली चुरा लाएर
डोलीमा बस्ने ए ब्याहुली जेठी–कान्छीहरु हो !खूपै सुहाएको छ तिम्रो छातीमा
तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’ को
तर के आउँदैन यसबाट कहिलेकाहीं
ओस्सिएको गन्ध तिम्रा आफन्तहरुको लासको !


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                    Sandhai Sandhai Mero Sapana Ma

सधै–सधै मेरो सपनामा
असङ्ख्य युवती आमाहरु
मेरो अगाडि आउँछन्
र बहुलाई झैं
‘अब मेरो दूधको कुनै मूल्य छैन
अब मेरो मातृत्वको कुनै अर्थ छैन—’

भन्ने गीत गाउँछन्
र मलाई देखाई–देखाईकन
सुँगुरका भद्दा गन्दा बन्चाहरुलाई झैं
आफ्नो अतिशय दुधले गानिएको
स्तन चुसाउँछन्
अनि एक्कासि
छाती पिट्तै
कपाल लुछ्तै मसँग आफ्ना हराएका छोराहरु माग्न थाल्छन्
सधै–सधै मेरो सपनामा
असङ्ख्य जीवनद्वारा लत्याइएका
र मृत्युद्वारा नपत्याइएका
जीर्ण तन वृद्धहरु
र बिदीर्ण मन बृद्धाहरु
मेरो अगाडि आएर लम्पसार पर्छन्
र मसँग
आफ्m्नो अथाह भविष्यको सूत्र माग्छन्
आफ््नो हराएको एकमात्र पुत्र माग्छन्
सधै–सधै मेरो सपनामा
असङख्य युवती विधवाहरु मेरो अगाडि आएर
आफुलाई सम्पूर्ण रुपमा नङ्ग्याउँछन्
र आफ्नो हिउँजस्तो कोमल तनमा
दुनियाँको कामुक आँखाले पोलेका
काला–काला डामहरु देखाउँछन्
र मसँग आफ्नो जीवनको सहारा माग्दछन्
मसँग आफ्नो यात्राको किनारा माग्दछन्
सधै–सधै मेरो सपनामा
क्षयका कीटाणु बोकेका
असङ्ख्य टुहुरा केटा–केटीहरु
मेरो अगाडि आउँछन्
र मसँग स्कूलको फीस
पुस्तक किन्ने पैसा
क्रिकेटको बैट
र पिताको चुम्बन माग्छन्
र माग्छन् सुरक्षा
र मिठो निद्राले भरिएको रात
यसरी नै सधै–सधै मेरो सपनामा
मलायाका असङख्य–असङख्य मानिसहरुको
आँसुको एक ठूलो सागर बन्छ
जसको प्रत्येक लहरमा
एक लाश माथि उठछ
एक लाश तल डुब्छ
तर डुब्नुभन्दा अगाडि मलाई
प्रत्येक लासले घृणाले हेर्छ
आह, मेरो सपनामा मलाई
मेरो विपनाको इतिहासले घृणा गर्छ ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                    Ghumne Mech Mathi
 Andho Manchhe

दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,पछुताएर,

दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,घाउहरु कोट्ट्याएर,दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,दिनभरि
पाते च्याउझैँ
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,एउटा सानो छाताले आफूलाइ ढाकेर,साँझमा जब नेपाल खुम्चिएर काठमान्डौ
काठमान्डौ डल्लिएर नया सडक
नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर, टुक्रिएर,अखबार चिया र पान को पसल बन्छ,किसिम किसिमका पोशाकमा
ओहोर दोहोर गर्छन्? थरिथरिका हल्लाहरु,फुल पारेको कुखुराझैँ कराउदै
हिँड्छन अखबारहरु
ठाउँ ठाउँमा अन्धकार पेटिमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर,अनि असंख्य मौरीको भुनभुन र डदाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ
नपाएर बिस्मृतिको ‘लेथे’ नदी,रक्सीको गिलासमा हामफाल्छु
बिर्सन्छु आफ्नो पूर्वकथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधैँ
चियाको किटलिबाट एउटा सूर्य उदाउँछ
सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी —पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि,दृश्यहरुदेखि,रमाइलोदेखि,प्रदर्शनीको घुम्ने मेचमाथि

करले बसेको अन्धो जस्तै । 


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                                    Asar

दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर
प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरेझैं

ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तिभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झुम्दै
नाच्दै गाउँदै
बोटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउदै
हतार-हतार
चुहाउँदै पसिनाका धार
प्रत्येक वर्ष आउँछ असार।


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


                Sanjh Ko Naya Sadak Jindagi Ko Jatra

बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
पेटीहरु ओहोर–दोहोर गर्छिन् साँझमा
र स्लिवलेस् ब्लाउजको पाखुरामुनि खिचापोखरी
निसासिन्छ गल्लीका

काखीका रौंजस्ता झ्वास्स उम्रेका धमिला, दुर्गन्ध
घरहरुका माझमा
पसलहरुका शो–विण्डोभित्र
सू–जि वाँग हाँसो हाँस्तछन् हङकङ सुन्दरी
मैडम टेरिउल, मिस् नाइलन र सुश्री टेरिलिनहरु
र सम्मोहित कुमारी लूपकुमारीहरु
पाखुराभरि पेन्सिलिन इन्जेक्सनको
यात्राका पदचिन्हहरु बोकेर
अँध्यारा गल्लीहरुतिर लम्किन्छन्
ब्रेसरीको खर्पनमा बासी यौवनका फलहरु उचालेर
‘ट्रीप’ मा मग्न हिप्पीकुमारको अँगालोमा
अर्धनग्न पीताम्बर साडी–ब्लाउजमा
फ्लावर बेबी हिप्पी मैयाँ नयाँ सडकमा हिँड्छे
नयाँ सहकका तमाम आँखाहरुलाई
आफ्m्नो नाइटोमा खोपाएर
र वरिपरि उभिएका पीपलको बोटमा धर्मपुत्रहरु
भित्र–भित्रै हरुवा भइदिन्छन्
चौतारीवरिपरि उम्रिन्छन्
प.स.क. को डे«नेजले मिल्काएका फोहरहरु
र कमलपित्ते आँखाले आउँदो भोलिलाई हेर्दछन्
अखबारका खापाहरु उघारेर ।
एउटी माग्ने आइमाइले न्युज सेन्टरअगाडि उभिएको
सूटेड टाइकुमार नेपाली रित्तो खल्तीको एक्सरे गरिदिन्छे
पाँच पैसा मागेर
र टाइकुमार नेपाली
काठमाडौको आकाशमा गालीको बेलून उडाएर
भाग्योदय चिट्ठातिर हेरेर आफुलाई थुकिदिन्छ ।
नयाँ सडकमाथि
बोकेर
उभिनुको कुनै अर्थ पाउँदिनँ
र घरबार शब्दलाई एउटा अर्थ दिन
(दिउँसो घर र राति बार आवाद गरेर)लेटेष्ट कविताको पारिश्रमिकलाई जाँड बनाएर धोक्छु
र नयाँ सडकलाई नाप्छु
नयाँ कविताको प्लट सोच्तै
र अनायास टुँडिखेलतिर लम्किन्छु
वरिपरिका भीडहरुतिर भैरहवा सुगर मिलको हाँसो फालेर
शहीदद्वारतिर पुगेर म अडिन पुग्छु
र अन्तिम खिल्ली चारमिनारको सल्काएर
म रित्तो बट्टाभित्र काठमाडांैको
रिक्तता हालेर मिल्काइदिन्छु
र एक टक शहीदद्वारलाई हेरेर शहीदद्वारतिर
एउटा मौन प्रश्न फाल्छु
शहीदद्वार मलाई हेरेर फिस्स हाँस्छ
र कुहिरोभित्र हराउँछ ।


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


                    Dui Seta Kalila Hatkela 
Ko Parewa Timro Namaste

कौसीमा उभिएर, लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेता कलिला हत्केलाको परेवा ः तिम्रो नमस्ते
दिनभरि

मेरो आँखाको आकाशभरि
तिम्रो कौमार्यको सेता पखेटा फिजाएर उडिरहन्छ
साँझभरि
मेरो हृदयको क्षितिजभरि
तिम्रो कौमार्यको गुलाफी रङ्ग छरिरहन्छ
रातभरि
मेरो निद्राको दलिनभरि
तिम्रा सप्तरङ्गी चुराहरुको बुट्टा जडिरहन्छ
र सधैभरि
सधै–सधै सधैभरिको निम्ति
मेरो मुटुभरि
मेरो परेलाभरि
मेरो ढुकढुकीभरि
तिम्रो एकलासपनाको अस्फुट प्रार्थंना र
खित्काहरु भरिरहन्छ ।
कौसीमा उभिएर लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेतो कलिलो हत्केलाको परेवा
तिम्रो नमस्ते ।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
                  Prajatantra Diwas

आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको
एउटा ठुलो जुलुसले गरिरहेछ शहर परिक्रमा
बाटाभरि हिडिरहेछन सेता दौरा सुरुवालहरु

हेडमासटरको पछि पछि पसिना पुछ्दै बालहरु
चङ्गा झैँ उड्दैछन हावामा काला टापि
(विचारशून्य मस्तिष्कलाइ छोपी)फर्फराइरहेछन्? जतासुकै काला कोटहरु
(जसभित्र छन्? सायद जुलुसपछि ‘पप्लु’ खेल्न राखेका नोटहरु)
आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको
यहाँ केन्द्रमा मात्र हैन
अन्यत्र भइरहेको होला
प्रत्येक अञ्चलमा, हरेक जिल्लामा
जहाँ गर्दै होलान परिक्रमा
अलङ्?कृतहरु पट्टी मा बेरिएर
झुन्डिएर बिल्लामा
आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको
आज प्रजातन्त्र दिबस
धेरै संख्या छ जुलुसेहरुको
तै पनि म सोच्नलाई र सोध्नलाई छु विवश
हो धेरै छ मान्छेहरुको गन्ती
तर खै दुल्हा?जसको खुशिमा सम्मिलित भइ
हिँडिरहेछ यो जन्?ती!आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                    Ghainto Bhitra Bata Brikchha

साँघुरो घैटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझै
मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ
र म ओइलाएँ

आफ्नो वरिपरि निसािस्सदो पर्खाल पाएर
अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका
आफ्ना पाँच ओटा औंलाहरु पट्याएँ
प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्काएँ
र आज म आफ्नै मुट्ठीभित्र बन्द छु
आफ्नै कठोरताभित्र कैद छु
तर कुनै दिन
तिमीले चिन्न सके आफुभित्रको बतासलाई
र प्रकाशलाई तिमीले
जान्नेछौ कि बाहिरबाट जतिसुकै
कठोर भए पनि भित्र–भित्रै
म कोमल छु
यो बन्द मुट्ठीभित्र हत्केलाझैं !


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
                 Hallai Halla Ko Desh

यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,

काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको, र
खर्पनका खर्पन,ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र ह्विस्की बग्दछन्,र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,जहाँ गाइडले टुरिष्टलाई
नेपालको बिदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो। 


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                    Ek Kavita

‘भोक लाग्यो’ ठिटोप्रति
न गाँसको प्रबन्ध
न बासको प्रबन्ध
तैपनि
बाँचेकै छ

हुर्केकै छ
यो मगन्ते ठिटो
नयाँ सडकको पेटीमा
पेटीजस्तै सधै असङ्ख्य पाउमुनि कुल्चिएर
कसैको वासनाको द्रुतगामी रकेटमा राखेर
यो ठिटो उडाइयो
अनजान र अनिश्चित भविष्यको अन्तरीक्षमा
बिना कुनै स्पेस सूट !
‘अक्सिजन मास्क’र सुरक्षित सञ्चालनको
तर ऊ
बेवारिसपनाको भारहीन अवस्थाबाट
सकुशल ओर्लियो
नयाँ सडकको पेटीमा
झुत्रो प्यारासुट ओढेर
यो शिशु
जन्मियो यिशुजस्तै
कुमारी आमाको गर्भबाट
र बसेको छ अहिले ऊ
नयाँ सडकको पेटीमा
ल्याम्प–पोष्टको ‘क्रस’ बोकेर ।
पुसको जाडो
रांै ठाडो हुने रात
उदास, उजाड, पूmटपाथ
एक कुनामा सिउरेर
सुतेको छ ऊ झुत्रो बोरा र पुरानो अखबार ओढेर
अखबार ः जसको छातीमा छापिएका छन्
ठूला–ठूला अक्षरमा ‘बालदिवस’ का समाचार
मन्त्रीज्युबाट उद्घाटन,मिठाई र पुरस्कार वितरण
तथा बाल–बालिकाहरुको प्रगतिको विज्ञापन
सुत बाबा सुत
सुत ज्ञानी सुत
सुत राजा सुत
यसरी नै निश्चित भै सुत
एक दिन यस्तो पनि आउनेछ
जब तिम्रा यी अखबार र झुत्रे बोराका
लुगा पनि
झुण्ड्याइने छन्—म्युजियममा
कालुपाँडेजस्तै
कालुपाँडेको लुगासँग
र त्यस बेला लेख्नेछ इतिहासकारले
‘उहिले–उहिले’ को नेपालमा
दुई थरिका मानिस थिए
एक थरी
जो अखबारमाथि पल्टन्थे
हेडलाइनको सिरानी हालेर
महत्वपूर्ण खबर बनेर,अर्को थरी
जो त्यो खबरको न्यानो ओढेर
पुस–माघको जाडो काट्थे बेखबर भएर
उहिले–उहिलेको नेपाल
एउटा बासी अखबारजस्तो थियो ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                   Bhairahawa

टाढा-टाढासम्म
जता हेर्यो उतै मैलो, फुस्रो धरती
उजाड, उदाङ्ग
आदिदेखि अन्तसम्म एकनास
न कतै गर्वले उठेको छ

न कतै विनम्रताले झिकेको छ
न कतै उन्मुक्त मनले खुलेको छ
न कतै जलाउँदै लुकेको छ
नखदेखि शिखसम्म
वक्ष, नितम्ब केही पनि विकसित नभएको
बाँझी तरूनीको आङजस्तो सपाट,मुश्किलले तीस-चालिस
घरजस्ता घर
बाँकी कुभिन्डोका गाँड निस्केका
कुप्रा झुप्राहरू, डन्डीफोर झैं
यताउता जथाभावी बेढङ्ग उठेका,मानिस
कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका
यहाँ मानिसहरू कानेखुसी गर्छन्
नोट गनेको कागजे आवाजमा
पुरानो मोहर बजाएको आवाजमा
यहाँ मानिस हाँस्तछन्
यहाँ घाम उदाउँछ
पसलहरूका ढिकभित्रबाट
र बहीखाताका जिल्ला अझै राता हुन्छन्
यहाँ घाम डुब्छ कन्तुरमा
र बहीखाताका पाताहरू पहेलिन्छन्
सन्ध्याकालीन क्षितिज झैं
टाढा-टाढा देखिन्छन्
बुटवलका डाँडाहरू केर-मेर केर-मेर
बहीखाताको सिरानीमा ?शुभलाभ? लेखिए झैं
यो ठाउँ
एउटा यस्तो घरमा बसेजस्तो
जहाँ न त भित्ता छन्
न खापा
न आँखा राख्ने झ्याल छ
न ह्रदय सजाउने गमला
न हाँसो उमार्ने बारी छ
न कतै मनोहर द्रश्य देखिन्छ
सुनिन्छ त फगत
ब्रोङ्काइटिस भएका ट्रकहरूको खोकी,बस्ने उमेर भएका बसहरूको घ्यार्र घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली ?’अच्छा यार’र देखिन्छ केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्! यो पट्याइलाग्दो ठाउँ
यो अत्यासलाग्दो ठाउँ,जता हेर्यो उतै फुङ्ग उडेको
फुस्रो, न्यास्रो
भैरहवा
हिलोको तलाउबाट निस्केको
भैंसीको-‘भै’तावाको छुटेर जलेको रोटीको ?’र’गालीजस्तो नरमाइलो तातो
हावाको-‘हवा’।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


                                    Jwar Mukta Surya Jalan
 Mukta Akash Ra Tripta Taal

मैले पाएँ
नीलो निम्ता–पत्र
तिम्रा छालहरुको
र बादलु कछारलाई क्षितिजमा
झुण्ड्याएर— मैले

हाम्फालें तिम्रो जलमाथि
डुबुल्की मारँे तिम्रो
गहिराइभित्र आकाशजस्तै
सिङ्गै आकाशजस्तै नाङ्गै
समाविष्ट ग¥यौ तिमीले पनि
सम्पूर्ण मलाई आफुमा
आफुभित्र
कुहिरोहरु पन्छाएर
छालजस्तै उर्लिएर
तालजस्तै उदाङ्गिएर
नाङ्गिएर
कति सन्तुष्ट हाँसो छर्दैछ अब
मेरो ज्वरमुक्त सूर्य तिम्रो अँगालोमा
अब मलाई मेरो चट्याङ चुटुङहरुले पोल्दैनन्
बिलाइसके तिम्रा अज्ञात कुराहरुभित्र
तिम्रा चन्चल माछाहरु
अब तिम्रो शीत जललाई उनीहरुले
छिचोल्दैनन् ।
उठेर फर्किनुपरे अनि मैले आफ्नो
पूर्वस्थानमा अब म अशान्त हुन्नँ
असन्तुष्ट हुन्नँ,कि म स्पष्ट देखिरहेछु
तिमीभित्र मैले कुँदेको
मेरो आफ्नो प्रतिबिम्ब
चल्मलाईरहेको
मेरो आफ्नो छाया
सल्बलाइरहेको ।


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


                Galat Lagchha Malai
 Mero Desh Ko Itihash

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ

मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर
ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा,गल्ली-गल्लीमा,देश-विदेशमा,यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु क-दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


Bhupi Sherchan, the renowned Nepalese poet hailing from the Mustang district, was born as Bhupendraman Sherchan in Thak Tukuche on May 14, 1937. Despite a challenging childhood marked by the early loss of his mother, Bhupi's journey unfolded as he ventured to Banaras College at the tender age of ten, ultimately earning a B.A. degree.

In the realm of poetry, Bhupi Sherchan achieved significant acclaim, being honored with the Sajha Puraskar in 1969 for his notable collection, "Ghumne Mech Mathi Andho Mancha" (Blind Man in a Swivel Chair). This collection not only earned him recognition but also became a subject of interest in its 10th edition.

Bhupi Sherchan, often referred to as Sarwahara due to his commitment to communist ideology, played a pivotal role in popularizing free verse. His literary prowess extended to analyzing various facets of human existence, with a particular focus on depicting the struggles and aspirations of the Nepalese people.

His poem "Hami" echoed Himalayan nationalism, asserting the bravery of the Nepalese people while alluding to their perceived silliness. Additionally, Sherchan paid homage to the martyrs of Nepal through poignant odes like "Sahid Ko Samjhana," "Main Batti Ko Sikha," and "Ghantaghar."

The poet's life journey was marked by personal challenges, including two marriages, political activism, imprisonment during the Bhadra disobedience movement, and a visit to Russia in 2013 B.S. Yet, Bhupi's commitment to literature persisted, and in 2026 B.S., he unveiled his magnum opus, "Ghumne Mech Mathi Andho Manchhe."

Despite facing criticism and ideological distractions, Bhupi remained an active participant in the literary world, contributing to the intellectual and artistic landscape. His later years were, however, marred by health issues, and he became a member of Nepal Rajkiya Pragya Pratisthan in 2036 B.S.

Bhupi Sherchan's legacy endured through his revolutionary and thought-provoking poetry, addressing essential questions about Nepali and global human life. He faced both acclaim and criticism, especially during his association with the Panchayat system, but his impact on Nepali poetry remains undiminished.

In 2041 B.S., after almost a decade of creative silence, Bhupi published "Sarpaharuko Khojima," acknowledging his health struggles and reluctance to continue writing poetry. Despite his complex persona and ideological shifts, Bhupi Sherchan's contribution to the liberation movement through literature remains a powerful and enduring force in Nepalese poetry.