गजल
झनझन बज्दछ प्रीतिको तार अझ बन्धन भो झनझन
छनछन चुरा छिनछिन बज्दा कायल मन भो झनझन ।
फनफन चंगा क्षितिजमा हेर ! चुड्छ कि प्रेमको धागो
मनमन शंका बादल लाग्दा वन जीवन भो झनझन ।
तनतन सोझै रुप पिऊँ झै ठान्दछ मनले नित्य
घनघन मादल मृदु घन्किन्छ पुलकित तन भो झनझन ।
फनफन भुमरी चक्र घुमेझैँ सारा जीवन घुम्दा
मनमन मन्दिरतिर भुल्दा पो पिरती धन भो झनझन ।
किनकिन मुटुको घाउ फुटे झैँ छाती बल्किन थाल्दा
जिन्दगी रुनु नै कर्म हो भन्ने मन-मनन भो झनझन ।
दनदन आगो सल्किन लाग्यो प्रेमले दिलको गाउँ
जनजन हल्ला फैलिनु साथै अभिनन्दन भो झनझन ।
दिनदिन बढ्छन् अश्रु-प्रवाह गङ्गाजीका धार बगे झैँ
झनझन चर्को आमोदीको रोदन-आन्दोलन भो झनझन ।
केशबराज आमोदी
रत्ननगर- १२ माधवपुर चितवन ।
गजल ( देश सम्झ्यो उसले )
समुन्नत राष्ट्र सँगै, आफ्नै देश सम्झ्यो उसले,
दौरा सुरुवाल, गुन्यु चोली, भेष सम्झ्यो उसले ।
विदेशीका सम्पन्नता, नजरले नै देखेपछि,
सगर् माथा छानोमुनी बस्ने, फेश सम्झ्यो उसले ।
सबै नेता कर्मचारी, भ्रष्ट छन् , भनि ठानेर नै,
राजनीति, गोटी चाल्ने खेल, चेस सम्झ्यो उसले ।
हातमुख जोर्न धौ धौ कठै सीधासादा जनता,
मथिंगल् घुमेपछि, बद्ला र, द्धेश सम्झ्यो उसले ।
पराई भुमि सिंगारेर, आफ्नो उजाडनु भन्दा,
"निर्भीक" साथ् लडेर नै मर्नु वेश सम्झ्यो उसले ।
Bharat Mani Marhatta
मेरो धर्म मेरो कर्म मेरो पुण्ये आमा ।
तिमी हुँदै चारधाम किन चुन्ने आमा ।
महानता अर्को रुप त्यो देवी हौ तिमी
ममताको आँचल भित्र माया थुन्ने आमा ।
दियो बाली मन्दिरमा मेरै मागी खुसी
सु–स्वास्थ्य र दिर्घायुको माला उन्ने आमा ।
कति सजग कस्तो तेज छौं सधैं तुष्ट
धैर्य गरी निर्बुद्धिको बुद्धि सुन्ने आमा ।
द्धापर झैं कलिमा छोरो “भरत” बन्छ
गुनी मनमा अनेकौं सपना बुन्ने आमा ।।..........दर्पण
nice.vharat
छोडेर कपाल गाजलु थोरै तुर्क्याएकी थियौ हेरी रहे
हिल चप्पल्मा जिन्स माथि सुर्क्याएकी थियौ हेरी रहे
--------------------------------
औंला समातेर कपाल मुसार्दै मेरो तारिफ गर्दै थियौ
थाहा थियो मस्का लाउदै फुर्क्याएकी थियौ हेरी रहे
--------------------------------
सानो बिबाद मा ठुस्किएर आखा तर्दै राता राता
मलाई जांच्न तिमीले घुर्क्याएकी थियौ हेरी रहे
--------------------------------
सुम्पिए सबै जिउ ज्यान मेरो भन्नु सबै तिम्रो
दिए मुटु भन्दै मेरै गुमुर्क्याएकी थियौ हेरी रहे
**मरुभुमी को छाती बाट**
** तोयानाथ पौडेल**
आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाई
संसारभरि गनाइहाल्यौ सबले चिने तिम्लाई
देशको मुहार फेर्छु भन्दै सबलाई झुक्याएर
ठूलै महल बनाइहाल्यौ सबले चिने तिम्लाई
चिच्याई चिच्याई बाँडेका ती मीठा आश्वासन
खाडलमा खन्याइहाल्यौ सबले चिने तिम्लाई
माखो मार्न नसक्दा नि इमान्दार र राम्रो
जबर्दस्ती भनाइहाल्यौ सबले चिने तिम्लाई
भोक, रोग र अशिक्षाले पिल्सेकालाई बिर्सी
सधैँ उत्सव मनाइहाल्यौ सबले चिने तिम्लाई
कोमल भट्ट,काठमाडौँ
हाल : न्युयोर्क, अमेरिका
गजल
जल्छ मुटु पल पल, तिमी नदेख्दा
समिपैमा आउन तिम्रो, चाडो नलेख्दा ।।
धाँए धेरै बाटाहरु, गरे धेरै प्रार्थाना
दिन साथ सकिन, दशा यो नछेक्दा ।
महिन्दो वाइबा
.