गीत/ गजल/ कविता , बुङ्कोट अनलाइन कबिता , भाग २७


गजल - कि छैन !!!

गोकुल बिबश ढकाल
आज पनि अखबारमा के-के पढियो, दु:खका कुरा सुनियो के-के
तर, तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन,
चौध हजार निर्दोश मारिए आफ्नै आँखा अगाडि, देखियो के-के
नयाँ संबिधानको "मीठो" फल अझै फल्या छ कि छैन,
उतिबेला पुलिसलाई ताकिएरै ढुङ्गा ठोकियो, छेकियो के-के
जनता मार्ने रमितेहरुको मन पापले भतभत जल्या छ कि छैन,
कारखानाको टायर पनि थुतेरै बालियो, अनि फालियो के-के
शहिदले श्रापले पिरोलेर कसैको दाल गल्या छ कि छैन,
हेलम्बुको स्याउ नबिकेर कुहिएको देखियो, तर खाइयो के-के
निमुखाले सहन सक्ने रासनी भाउ आज चल्या छ कि छैन,
रगत खोली बग्यो तर मेलम्चिको पानी बगेन, तिर्खाले पीइयो के-के
आजकाल त सगरमाथामा नेपाली झन्डा पनि हल्ल्या छ कि छैन !
आज अखबारमा के-के पढियो, सुनियो के-के
तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन !!!
गोर्खा, हाल: बोस्टन, १६ डिसेम्बर ०८

कबिता - ''श्रद्धान्जली शिवलाइ'

आचार्य प्रभा
हे शिव!
तिमी कुन हत्तारमा थियौ
त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ
हावाको बेग झै रफ्तारमा
बहनु पर्ने के त्यस्तो बाध्यता थियो ?
तिमी मीठो अभिष्ट पालेर
बिदेसिएका थियौ शायद ---
अमीट आकाङ्क्षा बोकेर
पर्देसिएका थियौ अवश्य ---,
तर ---कुन दैवको श्राप पर्‍यो
या तिम्रो जीवन लीलाको खेलको
समाप्ती त्यती नै थियो
त्यसैले चडायौ जीवनदान चाडै नै इश्वरलाई /
छोटो आयुको समय
बोकेर आएछौ संसारमाझ
गयौ रुवाइ सबैलाई
बनाइ दुखित आज /
चडाउदैछौ श्रद्दान्जली तिम्री चिर आत्माको लागि
देह तिम्रो माटो भएपनी
अविश्मरणिय रहोस्
तिम्रो मुहारको आभा,कान्ती
अनी मिलोस तिम्रो आत्मालाई
सदा सदा शान्ती /
(अमेरिका) (प्रवासमा अल्पायुमा नै देह त्याग गर्नुभएका शिवलाल आचार्य लाई समर्पित)

श्रद्धान्जली वरिष्ट साहित्यकार रमेश बिकल ज्यु मा।

हस्त गौतम मृदुल
स्तब्ध पारी संधैका लागी छोडेर गैदियौ।
सपनीमा पनि नभेटने गरी पराइ भैदियौ।
क्षेणिक रैछ जीवन चोला पानीको फोका झै।
चटक्कै छोडी अनयासै गयौ हावाको झोका झैं।
भौतिक शरीर अचानक कठै धुवामा बिलायो।
बिधिको बिधान यस्तै नै रैछ आफैमा मिलायो।
सु न्य नै पारी शोकमा डु बाइ छोडेर गैदियौ।
जीवनमा कैलै नभेटने गरी बिरानो भैदियौ।
शोकाकुल भै श्रृद्धाणजली श्रद्धाले चढाउदा।
भाबुक छ यो दू खी मन संधालाइ गु माउदा।
अमर छ सृष्टाको नाम मर्दैन नी योगदान।
प्रेरणाको स्रोत ठानी गाउने छौ जय गान।
रिक्तता कैलै नभरिने गरी छोडेर गैदियौ।
दर्शण कैलै नपाउने गरी दूर्लभ भैदियौ।

क्रमभंग

(१. वसन्त गौतमजीको ब्लग र वहांबाट साझामा पोष्ट गरिएको यो सान्दर्भिक, मार्मिक र
राम्रो व्यंग्य कविता यहा राखेको छु, वहांको ब्लगको लिंक दौतरीका सहयोगी ब्लगमा छ,
२ नं को छोटो कविता राहुलभाइद्वारा लेखिएको हो र ३ नंको कविता शिवजीको हो । सबै
साझाबाट लिइएको हो लेखकका अनुसार कपिराइट खुला छ रे!)
१.
कमरेडले गाईलाई गधा,
बाघलाई जरायो ,
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो !
जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
२.
१० मारेको लाई १० पास,
१२ मारेको लाई १२ पास
त्यो भन्दा बढी मार्ने कामरेडलाई सिधै एम ए पास
कामरेड औठा छाप दङ्ग पर्नु भयो ,
कामरेडले 'क्रमभङ्ग " गर्नु भयो।
३.
प्रधानमन्त्री बनेर संसारै घुम्नु भो
मोज पनि गर्नु भो
क्रान्तिकारी हो कि प्रधानमन्त्री हो झुकिन्छु भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !
कैले स्वतन्त्र गणतन्त्रको
कैले एक तान्त्रिक कम्युनिष्ट शासन को नारा दिनु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !
कैले YCL को सैनिक संरचना भङ गर्ने भन्नु भो
कैले यो त पार्टी को आवश्यक अंग हो भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!
लुटेको सम्पत्ति फिर्ता गर्छु भन्नु भो
लुटेको सम्पत्ति सजिलै फिर्ता गर्न सकिदैन पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !
सर्बोचै पदमा बसेर बिरोध भो भन्नु भो
जनता समछ बसेर जनता समक्ष जान्छु पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!
अरु ले जनता लाई झुक्याएर चुसे
वहाँ ले त जनता लाई तर्साएर चुस्नु भो कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
राजा ले झैं वहाँले पनि बन्दुक तेर्साउनु भो
धेरै मारिए अब कती मर्ने हुन सबै तर्सियए कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
गरीब लाई राहत दिन्छु भन्नु भो
सबै कुराको कर बडाउनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
स्वतन्त्र अर्थतन्त्रको नारा दिनु भो
मज्दुर बिबाद उठाएर उद्योग धन्दा बन्द गर्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
हामी चमत्कार गर्छौ भन्नु भो
सबै ठेक्का YCL लाई मात्रै सुम्पनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
सहकार्य नभयए हामीलाई भगवानले पनि बाचाउन सक्दैनन भन्नु भो
लगतै भगवानलाई म मान्दिन भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
धम्की र हत्या आम् भयो
उन्नतीको नाममा जे गरे पनि भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
loadshedding अब देखी हट्छ भन्नु भयो
त्यसो भनेको भोली पल्टै loadshedding बडाउनु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
धर्म र संस्क्रिती रुढिबादी परम्परा भन्नु भो
हाम्रो सँस्क्रिती हाम्रै हो भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
हामी बाहेक सबै देशका दुश्मन हुन भन्नु भो
हामीलाई अर्को राष्ट्रले नै ट्रैनिङ्, सहयोग तथा संरक्षण दिए भन्नु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
हाम्रो बिचारका बीरोधि हाम्रो दुश्मन हुन मास्नु पर्छ भन्नु भो
प्रजातन्त्रिक गणतन्त्र का हामी पक्षधर हौं भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

कायरता किन बनि दियौं

बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)

परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौं
१२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौं
एक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौं
शान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई दियौं ॥
कलम चलाउने हातहरुलाई बम र बन्दुक थमाई दियौं
नयाँ सृजना त कता हो कता, भएका पनि भत्काई दियौ
त्रास र भयको वातावरण बनाएर जनतालाई दु ख दियौ
परिवर्तनको कल्पना देखाएर जनतासँग भोट लुटि लियौ ॥ ॥
शान्ति छाउने आशा गर्दै देशको उच्च पदभार ग्रहण गरि लियौ
पदभारको ग्रहण पछि बमको छर्राको आवाज सरि गर्जिएका थियौं
बन्दुकको तसा्रईमा चलाएको शासन सरि थर्काई लिएका थियौं
देशलाई सिङ्गापुर बनाएर देखाई दिन्छु भन्ने बाचा दिएका थियौं ॥ ॥
गर्जाई र गराईको फरक बिचमा भएको ठुलो अन्तर अहिले पायौं
आफुले दिएको बाचा पुरा गर्न नसकी छिट्टै हतास किन भयौं
आफुसँग भएको वनवासी तपस्याको आट साहास कता गुमाई दियौं
अत्तालिएर सत्ता नै छाडि दिन्छु भनि कायर लाचारी किन देखाई दियौं ॥ ॥
फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दियौं
बन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दियौं
नेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दियौं
स्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दियौं ॥ ॥

सहमति !

शिव प्रकाश
सहमति !
सहमतिका लागि
सहमतिबाट सहमति शुरु हुन्छ
र, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ ।
सहमति !
एउटा निरन्तर क्रम हो
र, सहमति
एउटा निरन्तर भ्रम पनि हो !
सहमति !
सरकार बनाउन चाहिन्छ
सरकार चलाउन चाहिन्छ
सरकार बचाउन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
र सहमति,
सहबासका लागि पनि चाहिन्छ ।
सहमति !
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
र सहमति,
स्वार्थका लागि पनि हुन्छ ।
सहमति !
साधु-साधुबीच हुन्छ
चोर-चोरबीच हुन्छ
र सहमति,
साधु र चोरबीच पनि हुन्छ ।
सहमति !
नेता-नेताबीच हुन्छ
वेश्या-वेश्याबीच हुन्छ
र सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ ।
सहमति !
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
र सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ ।
चलेको छ -
मान्छे, संसार र समय,
सँस्कार र सहबास
सम्पूर्ण सहमतिमा !

(हरैंचा, मोरङ । हाल - बोस्टन, अमेरिका)

गजल - घुस र अख्तियार


सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )

घरै जान्न म जहिलेपनि श्रीमतिको गनगनी
बोल्छे झर्की हेर्छे तर्कि रिसले घुम्छे भनभनी
मेरोपनि त्यस्तै हून्थ्यो अहिले भाएको छ शान्त
चुपचाप हुन्छिन उनी जब गन्छु दाम खनखनी ।
दिन दिनै गन्ने दाम कहा पाउछ तिमीले
मन्त्रालयमा बसेर घुस खान्छौ कि त दनदनी ।
खान्न भन्दापनि आजभोली सुखै पाइदैन हेर साथी
बोकी ल्याउछन दिन भनि झोलामा खादि टनटनी ।
अख्तियारले घेरा हाल्ला जाला मान इज्जत पनि
दिए भन्दै जनताले ननिल्नु नी घुस सनसनी ।
अख्तियार र घुसको सम्बन्ध निकै गहिरो बन्दैछ
घुस बजाउछ ताली अख्तियार नाच्छ फनफनी ।
भन्छन घुस दिने घुस खाने दुबै देशको शत्रु हुन
तर के गर्ने हजुर हो नेपाली जनता नै बेइ मानी …।

(सुमनभित्रको सुधा गजल सँग्रहबाट साभार)

गजल - नझारनु यी कहिल्यै तिमी आँशुहरु

बसन्त मोहन अधिकारी
नझारनु यी कहिल्यै तिमी आँशुहरु ।
देउ मलाई आँशु म झारी दिन्छु बरु ।
नदुखाउँनु त्यो तिर्मो टाँउको कहिल्यै
देउ तिर्मा पिडाहरु रोई दिन्छु अरु ।
यी फूलै फूलले ढाकुन् तिर्मा बाटोहरु
यो काँडा बिज्ने बाटो भरी मै यात्रा गरु ।
देखेर मिठो सपना कल्पनामा डुब्नु
यो जिउँदै जल्ने चितामा म मात्र परु ।
जन्म जन्म सम्म तिमी हाँस्दै बाँचि राख
बरु सधै भरी रोई म बसन्त मरु ।


बिजुलीले झट्का

Kiran Paudyal, Kuwait.
१९ नोभेम्वर २००८

८३ हजार मेगावाट, रहेछ क्षमता भारी
०३ हजार निक्लँदैन, डिजेल समेत गरी
४८ घण्टा प्रतिहप्ता, लोडसेडिङ्ग साह्रो
१३ प्रतिशत आयातले, पनि भ्याउन गाह्रो
अँध्यारोमा बच्चा बिग्रे, भविष्य अन्धकार
कर्णधारै तहस-नहस, देशलाई पर्‍यो  मार
कल कारखाना ठप्प भए, उद्योग भए बन्द
बेरोजगारी उर्लेर आयो, दाजुभाई मै द्वन्द
हात्ती भयो आयात त, कमिला सरी निर्यात
व्यापार भयो डामाडोल, अर्थतन्त्रमा आघात
जलश्रोतको धनी देश, डांडा पारीको जुन
बचाउन आउनु पर्छ, दैविक शक्ति पुनः
कस्लाई कोस्ने कस्लाई भन्ने, केही फाईदा छैन
नेपालीको भाग्यै क्यार, यस्तै होला चैन


गित - बिश्वमा नेपाल

राकेश कार्की
लस् एन्जेलस्
मानचित्रमा हेर्दा लाग्छ नेपाल धेरै सानो छ
तर विश्वलाई ढाक्ने सगरमाथाको छानो छ
हामी नेपाली पौरखी र स्वाभिमानी सधैं छौं
हराउंदैनौं अब कहिल्यै मुलधारको बाटो लाग्छौं
सहयोग भलाई सद्विचार अगाडी बढ्ने मुलमंत्र
गर्दैनौं भुल अब है सिर्जन्छौं खुशीको लोकतंत्र
सत्य अहिंसा शान्तिको हाम्रै भुमी हो मुहान
अपार शक्ति हामीमा बनाउंछौं विश्व नै महान

गित - याहां कोही भेटिएन

हस्त गौतम म्रिदुल
कयौं दियोको बली चढाएं अन्ध्यारो नै मेटियन।
देशलाइ नयां गति दिने यहां कोही भेटिएन॥
यावत ति दु ख दर्दहरु मुन मुन पो बल्झिए।
स्वाभीमानमा चोट पु रयाइ स्वार्थमै अल्झिए।
राष्टीय स्वरुप फेरिएन फेरिया केवल बिधिहरु।
संधै ओमुेलमा परि रहे अमल्य तिनै निधिहरु
कयौं आशाको बली चढाएं अन्योल नै मेटिएन।
देशको नयां खाका कोर्ने यहां कोही भेटिएन॥
शहिदका सप्ना कुल्चिय जनताको चाहाना टुटे।
स्वतन्त्रताको उज्यालोलाइ आपसमा मिलि लुटे।
आखिर कोही रहेनछन आमाको नै आशु पु छने।
निहित स्वार्थलाइ त्यागेर यो देशको मर्म बु मु्ने।
कयौ सुखको बली चढाएं ज्यादती नै मेटियन।
देशमा नयां आयाम थप्ने यहां कोही भेटिए

गजल - मेरो मनलाई तड्पाइ

आचार्य प्रभा ,
संयुक्त राज्य अमेरीका
मेरो मनलाई तड्पाइ तिमीले छली गयौ
मलबिनाको बिरुवाझै ,रुखो बनाइ ढलिगयौ ।
बस्छु भन्थ्यौ मेरो मनमा जीवनभरी म सँगै
थाहा नदि सुटुक्क, एक्लो बनाइ चलिगयौ ।
बसन्तको पालुवा झै हाम्रो माया हुन्छ भन्थ्यौ
त र किन खडेरी भै उजाड बनी जली गयौ ।
अटल, अजर राख्छु भन्थ्यौ पिरतिको कथालाई
तर हिउंको पहाड झै छणभर मै गली गयौ ।

गजल - कहिले भुल्याछैन

बिजयकुमार श्रेष्ठ
धादिङ्गकटुन्जे ,हाल ईराक०
दौतरी तिमीले दिएको उपहार मैले कतै फाल्या छैन
फाटिएको मुटु अझै पनि मैले टाढा बना छैन ॥
तिमीले जे जे सोचे पनि मनमा पाप पाल्या छैन
बगैचाका भमरा झै अन्त मन चाल्या छैन ॥ ॥
जिन्दगीको पाठ सिक्न अझ धेरै बाँकि नै छ
सफलताको दिप मैले अझै पनि बाल्याछैन ॥ ॥ ॥
सौगात स्वारुप वर्णमाला दिन टाड्या छैन
कोरा कागत र निला मसि मैले छाड्या छैन ॥ ॥ ॥ ॥
बम र बारुदको भुमीमा बसे पनि तिमीलाई भुल्याछैन
तिमीलाई माया गर्ने यि मनहरु टाड्या छैन ॥ ॥ ॥ ॥ ॥
तिमीलाई सजाउन शब्दजाल रच्न छाड्या छैन
तिमीलाई बिसर्िएर टाढा बन्न खोज्या छैन ॥ ॥ ॥ ॥ ॥ ॥
तिमै्र नाममा जिवन मैले सर्मपण गरि सके
तिमीलाई छाडि मैले अन्त मन भुला छैन ॥ ॥ ॥ ॥ ॥ ॥ ॥
मित्रताको उपहारी सम्झनालाई कहिले भुल्याछैन कहिले भुल्याछैन
दौतरीलाई मैले कहिले भुल्याछैन कहिले भुल्याछैन कहिले भुल्याछैन ॥ ॥ ॥ ॥ ॥
समाप्त । । ।


कबिता - म र मेरो !!!


गोकुल बिबश ढकाल
बोस्टन, अमेरिका
डिसेम्बर ०९, ००८
झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती
प्वाल परेको मोजा, भिजेको जुत्ता, पसिना मेरो सारथी,
निब भाच्चिएको कलम, मिती सकिएको मलम, मेरो ओखती
चोइटिएको मन, नकमिने धन, सम्झाउ आँफैलाई कती ?
पुरानो थाल, घुन लागेको दाल, मधेसी चामल
गाई काट्ने ठाउँ को खसी, परदेशको दशी, खोइ को मलामाल ?
माड् हाल्नै पर्ने मुख, नदेखिने सुख, कुन् जुनिको यो कर्म ?
बनको भाखा, हिमालि काख, खोइ मेरो धर्म,
सारा चिज बिरानो, म आफै बिरानो, मेरै देश बिरानो
यो मेरो जुनि दुखमै बित्यो, स्रिस्टि नै बिरानो,
झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती !


गजल - नेपाली नानी मन पर्यो

सुमन बगाले
आबुँ खैरेनी ढकलटार ५ तनहु
(हाल इराक)
चौतारीमा विश्राम लिदा अगी जानी मन पर्‍यो  
गुन्ह्यु र चोलो लाउने नेपाली नानी मन पर्‍यो

हिस्सी छन मुहार उनको मिलेका ति दन्त लहर
निधारमा टिकी लाउने नेपाली नानी मन पर्‍यो

चुलबुले बानी उनको उसैमाथि बैंश पनि
शिरमा शिरबन्दी लाउने नेपाली नानी मन पर्‍यो

मुस्कुराइरहने अनी शर्माउने पनि उनी उस्तै
ढुङग्री र माडबडी लाउने नेपाली नानी मन पर्‍यो

जस्तो देश उस्तै भेष कसरी पहिराउन जानेकी
रुप र मायाकी खानी नेपाली नानी मन पर्‍यो


गजल - भेट्न मन लाछ मलाई

एकल प्रेम बहादुर गम्बो
सरमथली ५ रसुवा
हाल इराक
अति हुन्छ प्रेमपिडा थाहा छ मलाई
निल्नु न ओकल्नु तिम्रो माया भाछ मलाई
खोज्दा खोज्दै बिगतको मुटु बिझ्ने मायालाई
पागल नै हुन्छु अब यस्तै लाछ मलाई
जब दिएँ तिमिलाइ तनमन सुम्पीएर
कस्ले पो आफनो भन्न पाछ मलाई
बिर्सनै नसक्ने गरी कलेजीको यो दाग
कस्तो दियौ याद भित्र भित्रै खा’छ मलाई
जलिसकेको छु म तिमीलाइ अब के छ र
निष्ठुरी माया एक चोटि भेट्न मन लाछ मलाइ

कबिता - आफै भए दंग

कान्छा लाल तामाङ्ग
मकवानपुर फापरवरी-२ सित्रे दोभान
नेपाल हल- ताजि इराक

अनगिन्ती सुख थियो रम्न सकिएन
धोका हजार पाए पनि भुल्न सकिएन
तिम्रै अघी हजार दुख पाए पनि हुन्थ्यो
मायालुको दुई चार शव्द सुन्न पाए हुन्थ्यो
व्यक्त गर्दै छु म आज मेरो मनको व्यथा
आउने पिडी सम्झिने छन् यसलाई छोटो कथा
मनको व्यथा आज यहाँ यसै कोर्दै छु
दुखिएको घाउ आज सबलाई देखाउदैछु
सपनाको संसारमा मलाई हिडाएको रहेछ
आफ्नो भन्दै अंगालेर धोका दिन रहेछ
कति सम्म निस्ठुरी बनि हिडछौ आज तिमी
चाहेर पनि अब एक कहिल्यै हुन्नौ हामी
धन्यवाद त दिनै पर्छ धोका दिएकोमा
आर्षिवाद त दिनै पर्छ सामुन्ने अएकोमा
सयौ वर्ष मेरो माया बाँचि रहोस भन्दै
छोड्दौ छु म तिमीलाई आज आर्षिवाद दिदै
सोच्या थिएन यस्तो धोका तिमीले दिन्छ भिन
सवै सुम्पि दिएको थे आफ्नै प्राण ठानी
देखाई छाड्यौ संसारलाई आफ्नो रुपरंग
तिम्रो व्यवाहार देख्द आज आफै भए दंग

गजल - तिमी फूल बनेर हेर


बसन्त मोहन अधिकारी
तिमी फूल बनेर हेर ।
मेरो पिडा सहेर हेर ।

पूजाको सरदम बनी
मन्दिरमा गलेर हेर ।

फक्रिएर बंगैचा बिच
आफैलाई चुसेर हेर ।

बनेर सृष्टि कर्ता तिमी
सुन्दरता लुछेर हेर ।

हे निष्ठुरी भमराहरु !
आफ्नो रुप फेरेर हेर ।

जीवनको उमङ्ग बिच
आफैलाई चुडेर हेर ।

अरुको गला सजाउन
सियोमा उनिएर हेर ।

फूल जस्तै छ यो नारी
कठ्ठै ! जीवनको खेर हेर।


भन राजा तिम्रो माया

सुमन बगाले,
आबुँ खैरेनी ५ तनहु (हाल इराक)

भन राजा तिम्रो माया कति
देवी देवताको शरणमा तिम्रो गाए भजन भक्ति
मठ मन्दीर बाकी छैनन् नबालेका मैले बत्ति
कयौ दिन कयौ रात अन्धाकारमा बिताइसके
कति कुराइ राख्छौ मलाइ अब भयो अत्ति
कि माया मारीसक्यौ कि त अन्तै डेरा सार्यौ
लाग्नै छोडीसक्यो मलाइ बिश्वास भर रत्ति
आजसम्म कुरेकी छु कुरी रहने छु पछिपनि
अझै देउ देवी देवता मलाइ धैर्यधारण शक्ति
मलाइ मात्र यस्तो हो कि ज्यानलाइ पनि हुन्छ
मेरो माया सय हो भन राजा तिम्रो कत्ति

गीत - नेपाल आमा


राकेश कार्की, लस् एन्जेलस्

बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ कि भनी

दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ बिदेशको छायाँ

पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा

रातभरी सम्झे आमा मैले दिन भरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनि ।।