के थाहा त्यस्तो अनौठो, सोच्दै सोचिएन
निस्पाप कर्म गर्यो फल, खोज्दै खोजिएन
हतारमा यात्रा गर्दा, ठेस कस्को नलाग्ला र !
सवारीमा जस्तो प्रेममा, कोच्दै कोचिएन
दुनिया स्वार्थी छ रे, बारम्बार सुने मैले
पीडामा धकेलेर कसैलाई, रोज्दै रोजिएन
निर्दोष मुटु घाइते पारी, गल्ती गर्छन हगि
विक्षिप्त मन झिनो काँडाले, घोच्दै घोचिएन
दिवाकर भट्टराई
पर्ख आमा एउटा म निकास लिई आउँछु
बुद्ध सीता शान्ति भन्दै बिकास लिई आउछु ।
आँङ ढाक्ने बस्त्र अनि तिम्रो ईज्जत लुट्न खोज्दा
कालो बादल च्याती भिन्नै, आकाश लिई आउँछु ।
अन्याय र अत्याचारले सीमा नाग्दै जादा आखिर
भ्रष्ट्र जाली खेद्न जन, मास लिई आउँछु ।
मुक्ति म दिलाउँछु बाँधिएको जन्जिरबाट
त्यति बेला खुशी हर्ष उल्लास लिई आउँछु ।
रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज
नेपाली चेली राख्यौ है तिम्ले नेपालको ठुलो शान
देखाइदियौ सारालाई आज गरेर उच्च काम ।
विश्वमा तिमी चम्कियौ आज पूर्णेको जून बनी
गरे है सबले संसारभरि तिमीलाई ईज्जत मान ।
जिन्दगी सारा अर्पेर तिम्ले बालबच्चा स्याहार्यौ
पुर्यायौ तिम्ले ती बालकलाई संसारको चारै धाम ।
यौवन तिम्रो पत्झड बन्यो तापनि खुशी थ्यौ
मनमा कैल्यै राखेनौ केही स्वार्थ र छलछाम ।
परिश्रम गरी नेपाललाई संसारमा चिनाइन्
धन्य छौ "पुष्पा" सबैबिच तिम्ले राख्यौ है ठुलो नाम ।
रचना - नोभेम्बर/ २/ १२
आचार्य प्रभा
पलाएको मुना पनि ओइलाएको पात बन्छ
बिहानीको किरण पनि नेटो काटी रात बन्छ ।।१।।
दुख बेथा भुलाउने बहानामा पिउदा पिउदै
जहर बनी नशा नशा फैलेपछि मात बन्छ ।।२।।
"आफू राम्रो जगत राम्रो " भने पनि कैलेकाही
समयमा नाचिन्दामा आफ्नो मान्छे घात बन्छ ।।३।।
जन्मदानै कसले कसलाई चिनेर नै आ'को हुन्छ
समाजको दायरामा मान्छे विचमा जात बन्छ ।।४।।
कोही हिड्छ हाँसी हाँसी रीस राग फाल्यो भने
जुदाउने मिलाउने हाम्रो आफ्नै बात बन्छ ।।५।।
संजय कुमार खड्कारामेछाप देउराली -८
गहभरि संगाले सम्झनाहरू झर्न दिइन
मरे आफै जिउदै चाहनाहरू मर्न दिइन
पीडा भयो बाहाना जिन्दगी बाँच्न एकबारको
निको लाग्छ दर्द यो दुखाई कतै सर्न दिइन
हर-पल जलें म दिपक जस्तो ज्वाला दन्काई
छरें सधैँ प्रकाश अँधेरी कतै पर्न दिइन
खाँए लाखौँ हन्डर पाइलापिच्छे गर्दा बिश्वास
भरें झोली चोटैले बिरह कतै सर्न दिइन
हरा-भरा बिहिन चट्टान मै हुँ छैन उर्वरा
छर्किदिएँ बिषादि आफैमा कतै छर्न दिइन
कल्पना राई "खुशी"
दोलखा - नेपाल