Best Nepali MUKTAK Collection Part ONE


  मेरो देश 

यहाँ मेरो देश धेरै भो रोयको छ आमा।
निर्दोश यी आँखा आसुले धोयको आमा।
के भयो हरे यस्तो सबै डगमगायर झर्छ।
राहुँ शनि ग्रह दसाले छोयको छ आमा।
-सुरज

हेर पुर्ब मेचि पश्चिम महाकाली रोएको छ।
सारा सन्तानहरु आँशुले मुख धोएको छ।
सबै मिली जुली बसौ है हे मेरा सन्तानहरु।
नेपाललाई माया गर्नेहरु तस्बिर छोएको छ।
-नानू मगर


तस्बिर छोएर के गर्नु मनमा माया न'भए पछि।
मानबको आत्मियता दिल बाट हराउदै गए पछि।
हेर मिलाउने भन्दा भाड्ने धेरै छन् यो जमातमा।
भगवान पनि ढल्न बाध्या छ यहाँ राक्षेश रहे पछि।
-सुरज

सन्तान हामी मिली आमाको आँशु पुछ्नु छ।
अब देबि देवता हैन नेपाल आमालाई पुज्नु छ।
के दषा लाग्यो खै मेरो देशलाई दैबले खायो।
हरे अझै कति दिन हामी यो आँशुले रुझ्नु छ
-नानू मगर

दैब लाग्यो के पाप थियो धर्ती फाट्नु पर्ने।
धुजा धुजा बनाइ आमाको दिल काट्नु पर्ने।
मलम लगाउन जुटौ सबै एक भै सन्तान हामी।
के सजय थियो आमा एक एक गरि छाट्नु पर्ने।
-सुरज

पापीले गरेको पापको सजाय हामीले भोग्नु पर्यो।
अब देशमा हत्य,हिंसा र बलत्कार पनि रोक्नु पर्यो
अनि मात्र नेपाल आमा खुसी हुन सक्छिन् हजुर।
जागौ जन्ता मिलीजुली देशमा सान्ति खोज्नु पर्यो।
-नानू मगर

कलि युग यहि होला जस्ले जे गरे पनि हुने देशमा।
कस्ले के गर्छ गरिबको लागि देखा ओटी रुने देशमा।
हत्य,हिंसा र बलत्कार अन्त्य गर्न आफै जागिन हेर।
गड्गडाउदै धर्ती हलाउदै छोरी माथी नै छुने देशमा।
-सुरज

मतृभूमिमा रगतको खोली पठायौ।
त्यसैमा झन नुन चुक मोली पठायौ।
किन सखाप गर्दै छौ आफ्नै देशको।
देश बाचौ भन्दा बिर्ष घोली पठायौ।
-नानू मगर

नेताले बोल्ने बोली अनि गोलिमा फरक छ।
काम गर्नु भन्दा पनि त्यो बोलिमा फरक छ।
जनता नि माग्ने नेता नी माग्ने जस्तै लाग्छ।
याती मात्र हो माग्ने को झोलिमा फरक छ।
-सुरज

कति दिन चल्ला हजुर मागेर पनि।
हुदैन सान्ति देश छोडी भागेर पनि।
देशको सेवा गर्ने जति खाडीमा पसे।
केहि गर्न सकिएन हामी जागेर पनि।
-नानू मगर

एकल यत्री नानु र सुरज बिबश
किचनास ८ स्याङजा


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
 दुर्गा कँडेल
नया साल आयो सिउदो भर्ने होईन र जोनिश?
अब उमेर पनि भयो बिहे गर्ने होईन र जोनिशा?
पोहोर साल भन्थेउ आँगु साल सोचौला भनेर
नया साल संगै बेसितिर झर्ने होईन र जोनिशा??

जोनिशा मगर
सोचे जस्तो साथी भेट्या छैन दुर्गा जि।
देखावटी मायागर्ने संग गएर भैन दुर्गा जि।
माग्न त आका थिय गाको मङ्सिर मा
कास्तो छ कातो उस्कोमन तेसैले गैन दुर्गा जि।

दुर्गा कँडेल
पराही घर जानै पर्छ यो छोरिको कर्म हो।
जस्तो भएनी मारेपाप पाले उस्लाई धर्म हो।
कस्तो रहेछ हगि छोरिको यो अभागी कर्म
जन्मघर छाडी पराईघर जानू यो ठूलो मर्म हो।

जोनिशा मगर
के गर्नु सबै बाट ठगिएको चेली हामी त।
दुखै दुख मात्र भोगिएको चेली हामी त।
सहनै पर्ने पराईको अत्याचार सबै नारिले
दैब यस्तै पीडा पाउन जोगिएको चेली हामी त।

दुर्गा कँडेल
चेली महान हुन्छ्न मनसानो गराउनु हुन्न।
लाग्छ जन्म घर देखि डाँडा कटाउनु हुन्न।
रोजेको मायासंग जिन्दगी बिताउन पाउनु पर्छ
नारीको मन्जुर बिना तेसै घर बसाउनु हुन्न।

जोनिशा मगर
सबै बुझ्ने आज भोलि झन हुदैनन।
आफन्तको नै यस्तो खाल्को मन हुदैनन।
जति ठूलो हु भेनपनि एकदिन गिर्नै पर्ने चेली
सहन सक्ने जस्तो पराइ को वचन हुदैनन।

दुर्गा कँडेल
नबुझेको समाजलाई हाम्ले बुझाउनु पर्छ।
समाजमा नारी माथीका घटना सुल्झाउनु पर्छ।
जस्ले हाम्रो समाज मा नारिको इज्जत गर्दैनन
तेस्तो ब्याक्तीलाई संजाय दि सिर नुगाउनु पर्छ।

जोनिशा मगर
हजुरजस्तो बुझ्ने युवा योसमाजमा हुनुपर्छ।
होइन भने हामी चेली जीवन भरी रुनुपर्छ।
सधैं भरी उनिहरुको दास हुदै बस्यौं भने
हरे दैव , हामी अरुकै हात गोडा धुनुपर्छ।

दुर्गा कँडेल
अब जमनाले कोल्टे फेरि सकेको छ।
नारी शोषित लाई कानुनले घेरी सकेको छ।
अब चिन्ता लिनु पर्दैन जोनिशा हाम्रो देशमा
नारीदासी बनाउनेनाम कानुनले केरि सकेको छ।

जोनिशा मगर
राजधानीमा मात्र जमना फेरिएर भएन।
लागू नहुने कानुन यहाँ कोरिएर भएन।
बोलेको बचन पूरा हुन सकेको छैन
अन्ते गराउनलाई हामी रोएर भएन।

दुर्गा कँडेल
बिकिर्ती हटाउन हामीले नै सुरुवात गर्नुपर्छ।
गाउँ गाउँ मा गएर सभ्यताले मन भर्नुपर्छ।
हाम्रो समाज सुधार्न आफूआफू बाट सुरु गरौ
राम्रो काम गरि यहि समाज को लागि मर्नुपर्छ।

जोनिशा मगर
सुरुवात त पहिल्यै देखि गर्या गरै छन।
तर पनि नारी हरु पिडामा पर्या परै छन।
एकछिन बुझ्छन समस्या भोलि बिर्सीहाल्छ्न
यस्तै यस्तै कारणले यहाँ नारी मर्या मरै छ्न।

दुर्गा कँडेल
आँफ्नै ज्यान फालेर जित हुदैन यहाँ।
आफू मरेर अरु कोसैको मन छुदैन यहाँ।
मागेर हैन आफ्नो अधिकार खोसेर लिनुपर्छ
नारि अगाडि बड्नु पर्ने हो सास पुग्दैन यहाँ।

जोनिशा मगर
बाहिर त हारि सक्यो घर भित्र अन्याय छ
प्रतेक घरमा बुझ्नु पर्छ कुनचेलीलाई न्याय छ।
कानुन भित्र यस्ता कुरा जति कोरिए पनि
हामलाइ घर भित्र गुलामी हुनु पर्या छ।

दुर्गा कँडेल
भित्र बसेर हुन्न आफ्नो आवाज उठाउनु पर्छ।
अन्यायमा परे चेलीले हजारौंहात जुटाउनु पर्छ।
अब जस्ले नारिको इच्छा बिपरित काम गर्छ।
एकएकगरि सबैको पापको पिन्ड फुटाउनु पर्छ।

जोनिशा मगर
हो अन्यायको जरो उखलेर फाल्नु पर्छ।
न्यायको नयाँ कानुन बनाई ल्याउनु पर्छ।
होईन भने हामी नारीले कति सम्म सहने
अब प्रतेक को घरमा न्याय छाउनु पर्छ।

दुर्गा कँडेल
नारी पुरुष सबै जाग्नु पर्छ म साथ दिने छु।
हाते मालो गर्दै अगाडि बडौ मैले हात दिने छु।
हामी ले हाम्रो सभ्य समाज बनाउनु छ हेर
समाज बनाउन आजैदेखि दिन रात दिने छु।

जोनिशा मगर
पुरुषको साथ पायौं भने हामी नारी जाग्ने छौ
अत्याचार र हिंसा लाई अन्त्य गर्न लाग्ने छौ।
अनि मात्र बाहिर अनि भित्रपनि न्याय छाउछ
सहर देखि प्रतेक गाउगाउमा न्याय ल्याउने छौ।

दुर्गा कँडेल
उठौ अब हामी सबै नारा जुलुस लगाएर।
सभ्य समाज बनाउ कुविचारलाई भगाएर।
नारी पुरुष सबै उठौ नारी आवाज उठाउदै
हामी सान्त हुने छौ नारी प्रधान देश बनाएर।

जोनिशा मगर
ठाउँठाउ मा यस्तै नारा लगाएर।
उठौ सबै अब यहाँ नारी जगाएर।
कुबिचर र अत्याचार लाई निमोठेर फाल्नु छ
अब हिड्नु पर्छ सबै नारी बनाएर।

जोनिशा मगर बुटवल
हाल:बुटवल
दुर्गा कँडेल बागलुङ


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  बिरेन्द्र कार्की र सुरज गैह्रे बिबश

बाध्य भएँ दैब संग हार्न जलेका लास
निर्दोस थिय छिन भरमै ढलेका लास !!
अझै पनि रहात पाउन सकेन भन्छन
पिडित का आशुले यहाँ गलेका लास !!
सुरज
पुराना ति ऐतिहासिक भबन सबै ढले
भूकम्पले नेपाली ति जनता सबै गले
पशुपतिको बगर तीर एउटै चितामा
हेर्नुस हिजो एकै ठाउँ हजार लास जले
बिरेन्द्र
हजारौ मरे त हजारौ हराय भुकम्पले
बाच्ने पानी दिनरात डराय भुकम्पले
कसरी मन सान्त हुन्छ खै नेपालिको
टेक्ने जमिन पनि फरफराय भुकम्पले

सुरज
भूकम्पले नेपालीको लग्यो सबै घर
बारम्बार आईं राख्दा मनमा सँधै डर
आसै मर्यो अब त बाच्न नेपालीको
कति खेर लेर जान्छ नहुने भयो भर
बिरेन्द्र
भरका कुरा के गरु हटायरै छाड्ने भो
बार बार आको छ सतायरै छाड्ने भो
दुनिया हल्लाउने कति ठूलो शक्ति हो यो
न रोक्नु न छेक्नु सबै बगायरै छोड्ने भो
सुरज
हाम्रो हातले भूपम्प छेक्न सकिदैन
कति खेर आउने हो देख्न सकिदैन
बिनासकारी भुकम्पले हेर्नुस नेपालमा
कति मरे कति घाइते लेख्न सकिदैन
बिरेन्द्र
देख्न न सके पनि आफ्नो ख्याल गरि राखु
भुकम्प जोखिम ठाउबाट बसाइ सरि राखु
केही दिन भय पनि खुला ठाउँ सुरछित बनी
सबै मिलि एक भै हामी दिल वरि परि राखु
सुरज
सानो सानो राहात बोज्नू पर्यो अब
त्रासित मन हरुलाई रोक्नु पर्यो अब
हरेक देश देश बाट आएको त्यों राहत
नदिने लाई समाईर ठोक्नु पर्यो अब
बिरेन्द्र
फेरि आउँछ भन्दै हिड्ने हरु कहाँ छन
एक एक गरि छापामार बस्ती जहाँ छन
आलो घाउमा नुन हैन मलम लगाउने गर
पाल पनि लगे नेता जनताले कहाँ पहा छन
सुरज
गाऊ गाउ बाट उठौ बस्ती अब उठौ
नेपालका पीड़ित लाई राहत दिन जुटौ
पीड़ित लाइ राहत नदि भ्रष्टचार गर्ने लाइ
समातेर यस्ता लाई बम बारुतले भुूटौ
बिरेन
युवा जागौ नेताको कुनै छैन हजुर भर
जङ्गलि छ बुध्दी तेसै पसेका हुन सहर
नेताले राहत दिने बिस्वास छैन जनता को
जुटौ सबै कुटौ नेता आफ्नो आफै बनाउ घर
सुरज
नेता लाइ पीड़ित सम्म जान भन्नुछ
दुखी ति जन्तालाइ राहत लान भन्नुछ
मेची अनि महाकालीमा राहत बाड़छौ भनि
हामी सामू ऐले उनलाई कसम खान भन्नुछ
बिरेन्द्र
हिमाल पहाड तराइ पुराउनु छ राहात
मेची महाकाली कुनै गर्नु हुन्न पक्षेपात
हामी एउटै फुलको फुलबारी मिलेर सबै
आफ्नो देश आफै बनाउ मिलाउ हात मा हात
सुरज



Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  दुख पिडा मुक्तक

(१)
घर भत्किएको पाँचौ दिन भो, बाहिर बसेका छौं।।
समाजको नजरमा हामी, खस्न सम्म खसेका छौं।।
कहिले फर्किनु हुन्छ हजुर प्रदेश बाट सुख लिएर।
कपडा लट्टा बोकेर परिवार, जंगलमा पसेका छौं।।
(२)
भत्किएको जन्म घर टाल्न लाई छिटो आउनेछु।।
समाजको सामु दियो बाल्न लाई छिटो आउनेछु।।
सुख दुख बादी चुदी बसौंला, आफ्नै परिवारमा।
अतित बिर्सेर सुख अंगाल्न लाई छिटो आउनेछु।।
प्रकाश मगर बियोगी
सौडियार १ दाङ
हाल भारत
योगेन ढोली ज्यु ले यसरी लेख्नुहुन्छ,

(१)
मुग्लान मा जता हेर्छु देख्छु तिम्रै छायाँ।।
आफ्नो भन्ने कोहि कतै छैन दायाँ बायाँ।।
कुरि राख्नु सङ्गालेर हरेक तिम्रा खुसी।
आर्को साल लिइ आउछु मुटु भरी मायाँ।।
(२)
बहकिन्छु सपनीमा तिमी लाई देख्दा।।
गह भरी हुन्छु आँसु परेलि ले छेक्दा।।
प्रदेशको खबर गाउँ पुर्‍याउछु भन्छु।
पहिलानै आँसु झर्छन चिट्ठी पत्र लेख्दा।।
योगेन ढोली
सोलुखुम्बु हाल बौध , काठमान्डौ
कार्य क्षेत्र मलेसिय
देबेन्द्र ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
प्रदेशमा बसेर सुन्छु छिमेकिको घर पनि लड्यो रे।।
अनि घर छोडि मेरि प्यारी पनि पारी बनमा सरेयो रे।।
हुन्छ भने ए सरकार भुकम्प पिडितलाई राहात देउ।
प्रदेश देखि पैसा पटाउदा पनि खाने सामन घट्यो रे।।
(२)
सबै सपना जस्तो भो भुकम्पले घरवार भत्किए पछि।।
छक्कै परे प्यारी पक्का पक्का घर हरु लच्किए पछि।।
भुकम्प आएर सबैलाई डुबाएर गयो है मेरो साथी हो।
कति आताङ्की छु त्यो दिनको यादले झस्किए पछि।।
देबेन्द्र दिल दुखी चोङ्बाङ
तेह्रथुम दागपा
हाल साउदी अरप,
अमृत घायल मगर ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
दुखी लाई सधै भरी दुख नै पाईन्छ।।
अति भो अब त खुशी पनि चाहिन्छ।।
के गर्नु सधै प्रदेशमै बस्ने बाध्य भयो।
फेसबुकमा भए पनि माया त लाइन्छ।।
अमृत घायल मगर
नेपालगन्ज बर्दिया
हाल मेरुद भारत,
दुर्गेश ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
पिडाले मन मुटु जल्न लागेको छ प्यारा।।
भोको पेट ज्यान गल्न लागेको छ प्यारा।।
अन्तिम त हुँदैन हाम्रो प्रेम कहानी यो।
मायाको कहानी ढल्न लागेको छ प्यारा।।
(२)
खुशी नै हुन्छु यसरी हाम्रो बात हुँदा।।
डर लाग्छ फेरी बिहानीसंगै रात हुँदा।।
अलिकति भए पनि ढुक्क हुने थिए।
यो दुखमा हजुर अनि मेरो साथ हुँदा।।
एक्लो दुर्गेश
कोइलापनी-८ नवलपरासी
खगिसरा ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
सास्ती खेप्दै बसे छौँ ढाडस मिल्ला हजुर आउँदा।।
भक्कानिन्छु आफन्तजन यै बेलामा पाखा लाउदा।।
न त गाँसको टुङ्गो नै छ न त ओत लाग्ने ठाउँ छ।
हेऱ्‍याहेऱ्‍यै भयौँ हामी छिमेकीले राहात पाउँदा।।
(२)
यहाँ जो होँचो उस्लाई घोँचो हुन्छ कसो गर्नु।।
सरकार भन्ने कुजातले धनी चुन्छ कसो गर्नु।।
ईष्टमित्र दुःख देखी बोल्न समेत छोडेका छन्।
यहीँ कारणले भित्री आत्मा रुन्छ कसो गर्नु।।
खगिसरा काला 'स्त्री smile emoticon '
रिमुवा ३ गुल्मी ।
सि.टि मगर ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
प्रदेश बस्ने रहर मेरो नि हैन नि।
मन त्यतै छ सानु भनेर भैन नि।।
हरदिन हररात पिडा छ मलाई।
टाढा मात्रै छु नसम्झेको छैन नि।।
(२)
पुग्यो अब म जंघार तर्दै छु।।
बिदेश छोडि स्वदेश सर्दै छु।।
आऊ सबै मिलि अघि बढौ।
भएन यसरी अब केहि गर्दै छु।।
सि.टि.मगर
प्यूठान हाल मरुभूमि
सुजन ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
अव देखि मान्दिन भगवान जे परोस।।
सम्हाल्छु बरु आफ्नै बदन जे परोस।।
म पनि उनिहरु सँगै जान पाए हुन्थ्यो।
साथि रोकिदेउन यो धडकन जे परोस।।
सुजन श्रेष्ठ हाल नेपाल,
शिब राज बि.सि ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
मठ मन्दिर ढले बस्ने घर पनि ढले।।
सुन्दर धरहरा जर्‍याम झुरुम्म गले।।
कहिल्यै आई न लागोश यो बिपत।
नेपालिका सपनाहरुभुकम्पमा जले।।
(२)
कसैको एक मुठी राहात छैन मेरो गाउँमा।।
बिपतमा उद्धारको साथ छैन मेरो गाउँमा।।
ईलाप बिलाप गर्छन पिडित भोक भोकै।
खाउभने एक गाशभात छैन मेरो गाउँमा।।
शिब राज बि सि यकल यात्री
सुर्खेत राकम ९ हाल कुवेत,
ऋतु प्रियसी ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
कसैको चाहात छैन यो हाम्रो गाउ बस्तितिर।।
आज सम्म राहात छैन हाम्रो गाँउ बस्तितिर।।
राजधानिमा हरेक दिन बाडिन्छ फ्रुटि चिसो।
एकछाक खाने मात छैन हाम्रो गाँउ बस्तितिर।।
(२)
न खान गासँ छ कहिले आँउछ राहात।।
सडकमै बाँस छ कहिले आँउछ राहात।।
अहिले ठाउँ ठाउँमा हरेक गाउँ गाउँमा।
जिँउदो लाँस छ कहिले आँउछ राहात।।
ऋतु प्रियसी
लम्कि कैलालि,
शिवा रेस्मी ज्यु ले यसरी लेख्नुहुन्छ ,
(१)
दुखी हुदा म यो सुखलाई काहा मिसाऊ।।
जिन्दगी यस्तै हो पिडालाई काहा बिसाऊ।।
भन्छन् सुख दुख एक सिक्काको दुई पाटा।
जब मनै मरे दुनियालाई खै काहा हसाऊ।।
(२)
हो सबै ऊस्तै हुदैन ऊडाछन् हासोमा।।
फकाई फुल्लाई फसाऊछन् पासोमा।।
सकभर त मन भित्र राखुला पिडा म।
मात्र कसैले कसैले राख्लान चासोमा।।
शिभ रेस्मी
कपिलवस्तु नेपाल,
बिष्णु ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
घरवार भत्कीदा सत्रु बैरी हाँसेका छन।।
पानिले भिजाउँदा परिवार काँसेका छन।।
कसरी म जलेको मन समालौ भन्नुन।
भुकम्पले टुक्रो बुक्रो सबै माँसेका छन।।
(२)
काल गतिले मर्नु अर्कै हो हजुर।।
अकालै धेरै मर्नु मर्कै हो हजुर।।
यो घटनाले सबैको मन दुखेछ।
यो बैशाख भुकम्प चर्कै हो हजुर।।
बिष्णु एकल यात्री कान्छा
राप्ती अंञ्चल दाङ
चौगेरा हाल यू ए ई,
सुमन ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
राहातको पर्खाइमा बसे मरिन्छ।।
चर्किएको यो घरमा पसे मरिन्छ।।
अरुको आस झुक्किएर नगर्नु है।
सरकारी प्रलोभनमा फसे मरिन्छ।।
(२)
राहात होइन यहाँ कात्रा लिइ आउनु।।
मसान घाट पुर्याउने जात्रा लिइ आउनु।।
भोक प्यासले छट्पटाइ मर्ने निस्चित छ।
त्यसैले सराद गर्न पात्रा लिइ आउनु।।
सुमन भण्डारी "प्रतिबिम्ब"
सक्रन्ती - 4 मुशेगैरा तेह्रथुम
हाल :- बिराट नगर ,
हेम ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
आज हाम्रो देशमा सयोग अर्बौं पैसा आएकोछ।।
खै फेरि किन अजै पिडितले राहत नपाएकोछ।।
किन अर्का देशलाई दोष दिनु साथि हामिले।
आफ्नै देशको नेताले सयोगका पेसा खाएकोछ।।
हेम घर्ती मगर
हाल गुल्मि तम्घास नेपाल,
प्रकाश सम्झना ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
खाड़ी मुलुक मा एक्लो परेको छु।।
तातो हावा नुनिलो पानीमा सरेको छु।।
खै मनको कुरा हरु कस्लाइ सुनाउनु।
दु;खै दुखको जिन्दगी मा झरेको छु।।
प्रकाश मगर सम्झना
देेलेख हाल भारत
भगवती ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
घरि घरि आइरहन्छ लानी भो भूकम्पले।।
शुन्दर यो नेपाललाई खानी भो भूकम्पले।।
भन्छन् पाल मुनि बसेर सारा पीडितहरु।
देखेको जति सपना खरानी भो भूकम्पले।।
(२)
नेताले नै गर्दा आको हो र भूकम्प।।
जनतासँग मात्रै रमाको हो र भूकम्प।।
तथानाम भनि गाली गर्नलाई भनेर।
अहिले मात्र नै गाको हो र भूकम्प।।
भगवती लामा
नुवाकोट रातमाटे,
नेपाली भावना ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
राहत लिएर जाने बिचैमा लुटिएको सुनिन्छ।।
जनताबाट गाउँमा नेता कुटिएको सुनिन्छ।।
परिस्थितिमा होईन यो भनाभन र हानाहानको।
सरकार र जनता कहिले जुटिएको सुनिन्छ।।
(२)
सरकारले तार्तम्य मिलाउन ढिलो गर्‍यो।।
दुखेको मन मुटु सिलाउन ढिलो गर्‍यो।।
न पाल ,न भात दाल बाचेकाहरुको बेहाल।
सान्त्वना मात्रपनि दिलाउन ढिलो गर्‍यो।।
नेपाली भावना,
रतन ज्यु ले यसरी लेख्नु हुन्छ,
(१)
यतिवेला हामी बाँच्न कठिन भो।।
यो निधार छामी बाँच्न कठिन भो।।
कति मरे,तड्पिएर कति १ झड्कामै।
सुन न ए! सुनामी बाँच्न कठिन भो।।
(२)
ईच्छा उस्तै छन् आशा उस्तै छन्।।
नसोध यार परिभाषा उस्तै छन्।।
जवाफ के दिम् अलमलमा छु अचेल।
शीला उस्तै छन् अभिलाषा उस्तै छन्।।
- रतन 'राज' पुन
बिरेन्द्र ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
हेर्नुस दाजु नेपालमा अल्जीएको सास छ।।
जता चालो हिडने पाइला सबै यहाँ लास छ।।
कठै!अरु केसुनाउ म पीड़ित यहाँ जनताको।
खुला आकाश मुनि सब्को बिचल्नीको बांस छ।।
(२)
रहत दियो बिदेशीले बाड़न सकेनन।।
लोभी आखा पीड़ित तीर गाडन सकेनन।।
धीक्कार छ ६०१ गोर्खाली हु भन्न तिम्लाई।
तहसनहस जन्ता हुदा त्यों घर छाडन सकेनन।।
बिरेन्द्र कार्की,
रमेश ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
खुसी जति सवै हरायो भुकम्पले।।
नानी वावु डरले करायो भुकम्पले।।
तिमी र म संगै जीउने भन्ने सपना।
खै कता पो साच्चै डरायो भुकम्पले।।
(२)
हजुरको नि सम्पर्क टुटायो भुकम्पले।।
झन्डै हाम्रो मित्रता छुटायो भुकम्पले।।
हजुरको घरमा के के गर्यो भन्नुस न।
मेरो घरको सवै टायल फुटायो भुकम्पले।।
रमेश रसिक
निजगढ,-बारा
असफल ज्यु ले यसरी लेख्नुहुन्छ,
(१)
कस्तो चल्दैछ साथी तेरो जिन्दगी।।
बडा बेजोगमा छ मेरो जिन्दगी।।
लुट्न सम्म लुट्यो साला नियति ले।
सबैको पारिदियो अधेरो जिन्दगी।।
(२)
के गरौ बिर्ख हाल कुकुर जस्तै छ।।
नेपाली नेताको स्वभाव यस्तै छ।।
पेट यिनको भरिदैछ नभएको होइन।
सरकारको महलमा राहात सस्तै ।।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


 ऋतु प्रियशि - लम्कि कैलालि  
प्रकाश मगर बियोगी - 
सौडियार १ दाङ घोराही
ऋतु प्रियशि
मेरो सिन्दुर चुराको ख्याल राखे प्यारा ।।
दाँया बायाँ कुराको ख्याल राखे प्यारा।।
सधै बाबा आमाले भनि रहनु हुन्छ मलाई।
आफन्त अनि भुराको ख्याल राखे प्यारा ।।

प्रकाश मगर बियोगी
धिप धिप बत्ति निभ्दैे र जल्दै गर्छ।।
हामि बिचको संबन्ध त चल्दै गर्छ।।
हाम्रो ब्याहार हरु ख्याल राखेकोछु।
तर नयनका आँसुहरु पिगल्दै गर्छ।।



ऋतु प्रियशि
मैले पुज्ने त्यो भगवानको सुर बदलेझै।।
किन लागेको छ मेरो सिन्दुर बदलेझै।।
खै किन किन प्यारा लाग्दैन त बाढुल्की
लाग्छ आज भोली मेरो हजुर बदलेझै।।
प्राकाश मगर बियोगी
मैले मन बदलेको छैन तन बदलेको छैन।।
हरपल सम्झी राख्छु गगन बदलेको छैन।।
बाढुल्की को भर परी बिस्वास नगर मलाई।
माया अझै बढेको छ पवन बदलेको छैन।।
ऋतु प्रियशि
कस्तो होला हजुरको काम प्रदेशमा।।
बिन्ति गर्छु नसराप्नु मेरो नाम प्रदेशमा।।
भोग भोगकै निदाउछु म कहिले काँही
कति तड्पेको हौला मेरो राम प्रदेशमा।।
प्रकाश मगर बियोगी
सुख दुःख टार्नु पर्छ प्रदेशमा भए पनी।।
धमिलो अनुहार त्यो केसमा भए पनी।।
बाध्यताले परदेशीनु पर्दो रहेछ प्रियसी।
मेहनत गर्छु जोगीको भेषमा भए पनी।।
ऋतु प्रियशि
त्यो  परदेश छोड्ने दिन कहिले आउछ प्यारा।।
उन्को बचन तोड्ने दिन कहिले आउछ प्यार।।
दुःख सुख बाडेर एउटै बिछ्यानामा हामी बस्ने।
अंङ्गालोमा मोड्ने दिन कहिले आउछ प्यारा।।
प्रकाश मगर बियोगी
आउछ प्रिया त्यो दिन धैर्य  गर तिमी।।
संघर्समा तिर्दैछु ऋृण धैर्य गर तिमी।।
बाँधिउला हामी  अंगालोमा बेरिएर प्रिया
बाँकी छ महिना तिन धैर्य गर तिमी।।
ऋतु प्रियशि
आँखा भरी आँसु पानी हुन्छ तिम्रो यादमा।।
तस्विर छुँदै भाग्यमानी हुन्छ तिम्रो यादमा।।
सम्हाल्लिन सक्दिन जब आफुलाई कताकता।
यो अँङ्गालोमा सिरानी हुन्छ तिम्रो यादमा।।
प्रकाश मगर बियोगी
समय निकै नजिकै छ पर्खि बस प्यारी।।
मलाई सम्झी केही दिन सर्कि बस प्यारी।।
सिरानीमा मेरो याद मिसाएर राख तिम्ले।
नयनका ति आँसु पुछी फर्कि बस प्यारी।।
ऋतु प्रियशि
आफ्नै गर्थ्यो मन मानी याद छ कालु।।
बोलाउथ्यौ भनेर सानी याद छ कालु।।
परिसान हुन्थे तिम्रा हरकत बाट धेरै।
कति बिग्रेको थियो बानी याद छ कालु।।
प्रकाश मगर बियोगी
बिगतका बानी हरु सुधारी सकें मैले।।
यो दुखी जिन्दगी संग हारी सके मैले।।
तिम्रो साथ बिना दिनियाँ अध्यारो लाग्छ।
ति काला क्षणलाई माया मारी सके मैले।।
ऋतु प्रियशि
चुईन्छ घरको छाना के गरी चित्त बुझाउने ।।
छैन खाने अन्न दाना के गरी चित्त बुझाउने ।।
बाबा आमा बिमारी भै ओछ्यानमा लड्नु भा छ
छोरा छोरी साना छन् के  गरी चित्त बुझाउने ।।
प्रकाश मगर बियोगी
पुरानो छाना फाली नयाँ छाना गाँसौला ||
साहुको ऋण तिरी अन्न दाना गाँसौला ||
छिटै आउदैछु  नरुनु भन्नु आमालाई।
हाँसी खुसी भएर पाथी माना गाँसौला ||
ऋतु प्रियशि
सिमा चेप्न खोज्छन छिमिकिले अचेल।।
निकै हेप्न खोज्छन छिमिकिले अचेल।।
चाडै आई समाल घरबारी आफ्नो प्रिया।
आफ्नै नाम लेख्न खोज्छन छिमेकिले अचेल।।
प्रकाश मगर बियोगी
त्यस्तो अत्याचार गर्ने छिमेकी नै पापी हुन्।।
आफ्नैमा मारामार गर्ने छिमेकी नै पापी हुन्।।
कुरो सुल्झाउला नि बहस गरी समाज भित्र।
कुरितीका ब्यापार गर्ने छिमेकी नै पापी हुन्।।
ऋतु प्रियशि
दुनिया बाट सरिदिउँ  जस्तो हुन्छ कहिले मलाई।।
आत्माहत्या गरिदिउँ जस्तो हुन्छ कहिले मलाई।।
घरको अभाव संगै दभाव छिमेकिको देख्दा पनि ।
हेर न  प्रकाश मरिदिउँ जस्तो हुन्छ कहिले मलाई।।
प्रकाश मगर बियोगी
तिमी मर्ने कुरो नगर यहाँ त्यसै मर्छु म।।
फुल्न नपाई कोपिलामै सुकेर झर्छु म।।
जिम्वारी थपिन्छ समय अनुसार ऋतु।
तिमीले भन्छौ भने यो खाडि तर्छु म।।
१०
ऋतु प्रियशि
तड्पेकि छ तिम्रो काली  जसरी नि आउ।।
आउनै पर्छ है यस पाली जसरी नि आउ।।
खेत बाँझै छ हाम्रो दुबै मिलि बनाउला नी।
लगाउनु पर्छ धान बाली जसरी नि आउ।।
१०
प्रकाश मगर बियोगी
तिम्रो लागी सिन्दुर पोते किनी राख्या छु।।
कोमल थियो तिम्रो मन चिनी राख्या छु।।
बाँझो खेतलाई म आएर जोत्ने छु नि प्रिया।

कहिले आउँछ दिन भन्दै गिनी राख्या छु।। 


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  १)
प्रकाश मगर बियोगी
मलाई कुरी बस्नु तिमी म छिटै आँउने छु,,
चोखो माया पिरती तिमी संग लगाँउने छु,,
मेरो हृदयमा तिम्लाई सझाई राखेको छु,
भगवानलाई प्रथना गरी तिम्लाई पाँउने छु,,
१)
फुच्ची निराश
कुरि बसे तिमी संग चोखो माया लगाउन लाई।।
रुखो भोको हाम्रो पेट वाडिचुडि अघाउन लाई।।
जुराए है हाम्रो साथ भगवानले नि माथी बाट।
आँसु,अनि दुखलाइ हामी बाट भगाउन लाई।।
२)

प्रकाश मगर बियोगी
तिमी बिना एक्लो पनमा आँसु हरु बगाई दिएँ,,
सुक्दै थिए यि नयन हरु पानि दिई जगाई दिएँ,,
अारति गर्थे तिम्लाई मागी सुँन्दै रैछन् भगवान,
धेरै आँउथे मेरो हृदय चोर्न सबैलाई भगाई दिएँ,,
२)
फुच्ची निराश
तिम्रै बिश्वास अनि भर मा परि सक्छुे म।।
तिम्रो माया नपाउदा मरि सक्छु सके म।।
तिम्रै लागि बसेकी छु दिया बात्ती बालि।
तिम्रो रानि बन्नी अठोट गरि सके म।।
३)
प्रकाश मगर बियोगी
तिमी संग जिवन काट्ने मेरो पनि मन थियो,,
हाम्रो पिरति सम्बन्ध हेरी रहने गगन थियो,,
पुरा हुने भो अब हामि दुबैको चाहाना प्रिय,
तिम्ले सोचेको भन्दा धेरै मेरो यहाँ मन थियो,,
३)
फुच्ची निराश
सगै बसी हाँसी खुँसी नै बाचौलानी हामी।।
मायाँको त्यो अटुट नाता गासौलानी हामी।।
बसि सकेउ तिमी पनि धद्कन भित्र मेरो।
खुँसी संग मिठो गीतमा नाचौलानी हामी।।
४)
प्रकाश मगर बियोगी
अबस्य पनि खुँसीमा नाँच्ने छौं प्रिया,,
अतित हटाएर हामी हाँस्ने छौं प्रिया,,
सुँख दुखमा सहारा बनी दुबैकोलागी,
हरपल साथमा जुडेर बाच्ने छौं प्रिया,,
४)
फुच्ची निराश
यहाँ तिम्रै साथ पाएर बाचेकी छुँ म।।
हो तिम्ले गित गायौ र नाचेकी छुँ म।।
यति माया दियौ तिम्ले मलाई प्यारा।
तिम्रै मुहारहरु सम्झेर हासेकी छु म।।
५)
प्रकाश मगर बियोगी
छिमेकीले गर्ने दाँहा जोडि बन्ने छ,,
दृश्त्यले भन्ने आँहा जोडि बन्ने छ,,
बाचौला एक अार्कालाई माया गरी,
ढुङ्गोले भन्ने काँहा जोडि बन्ने छ,.
५)
फुच्ची निराश
जनम जनम हाम्रो नाता भईरहने छ।।
तिमी साथमा मेरो सास भइरहने छ।।
धोका अनि झुठ को खेती अन्त्य गर्नु।
अनि हाम्रो जीवन अगि गइरहने छ।।
६)
प्रकाश मगर बियोगी
म काम गरुला तिमी भात पकाँउली,,
खालि समयमा काम पनि सगाँउली,,
मायामा बाधिएर यो चोखो बंन्धन ,
कुनै दिन रिसाएमा ठट्टा गरी हसाँउली,,
६)
फुच्ची निराश
खाना पनि मै पकाउछु बस्नु मेरै मुहार हेरि।।
दुख सुख गरेर नै लगाउला लुगा फेरि।।
हासो खुसी सबै तिम्रै भाग्मा आओस भनी,,
मागेकिछु बर्दान मैल भगवान लाई अघि हेरि।।
७)
प्रकाश मगर बियोगी
मुहार हेरेर मात्र यहाँ गुजारा चल्दैन सानु,,
दाँउरो नजोडी कहिले आगो बल्दैन सानु,,
त्यसैले यहाँ दुबै को साथ र हात हुनुपर्छ ,
ढुङ्गो पकाँउदा कहिले पिगल्दैन सानु,,
७)
फुच्ची निराश
अघि बद्छु भन तिमि सधै साथ दिन्छु म।।
दुख आफू लिएर तिम्लाइ सुख किनछु म।।
बाचा कसम तोडेउ भने मत रुन्छु धर्धरी ।
तिम्रै दिलको कुना भित्र पट्टि डेरा लिन्छु म।।
८)
प्रकाश मगर बियोगी
संगै जिँउने बाचा छ साथ दिनु पर्छ,,
अप्थारो र उकालिमा हात दिनु पर्छ,,
माया भनेकै यही हो जिवन साथिमा,
हसिलो अनि कुसिलो बात दिनु पर्छ,,
८)
फुच्ची निराश
माया मेरो हिमाल झै अतल हुनेछ।।
बैरी हरु हाम्रो माया देखि रुनेछ।।
उकाली र ओराली मा सगै हिदौला।
भबिस्य मा राम्रो गर्नी सपना बुनेछ।।

प्रकाश मगर बियोगी
सौडियार १ दाङ घोराही

फुच्ची निराश
पोखरा 


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
मुक्तक १ 
खोला नाला धेरै धेरै सुन्दर उपहार छ ।
जलश्रोतमा दोश्रो देश तर अन्धकार छ ।
बर्षै पिच्छे बजेट आउँछ कता जान्छ जान्छ
लोडसेडिङपो जनतालाई सधैं लगातार छ ।

मुक्तक २ 
बत्ति आईदिए हुन्थ्यो साँझहरुमा
आउँदै आएन तै पनि रातहरुमा
खाली लोडसेडिङ बढाउँछ सरकार
सबै अल्झेकाछन् मुर्दा बादहरुमा

मुक्तक ३ 
चल्छ सधैं राजनैतिक चलखेल प्राधिकरणमा
बजेटमा हुन्छ नि जालझेल प्राधिकरणमा
परियोजना ठेक्का पट्टाको सुचना निस्केपछी
कमिसनमा हुन्छ किनमेल प्राधिकरणमा


मुक्तक  ४ 
तालिका जारी गरेको छ हेर्नुहोला भन्छ सरकार
खोलामा पानि घटेको छ हेर्नुहोला भन्छ सरकार
चाहिने ३००० मेगावाटमा जम्मा अहिले सम्म
उत्पादन ७५० मा चलेकोछ हेर्नुहोला भन्छ सरकार

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


   झुल्किएर डुबी जाने घाम जिन्दगी...
संघर्षको अर्को एउटा नाम जिन्दगी...
सुख दुःख समयको खेल सम्झिएर,
मै पनि त बाँचुला नी आम जिन्दगी...
>>>>>>>>>>>>>>


लैजाऊ स्वप्निल सगरको चन्द्रमा तिमीलाई भो...
मेरो हृदय मञ्जिल भरको उपमा तिमीलाई भो...
स्निग्ध जूनेली स्पर्श लिएर रात मुस्कुराउँदा,
झिलमिल प्रेमिल शहरको लालिमा तिमीलाई भो...
>>>>>>>>>>>>>>


हिमालझै हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ...
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ...
मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा,

बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ... 


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


   मुक्तक दोहोरी

धेरै दिन पछि फेसवुकमा आको।
नानु जिलाई मैले साथी झै पाको।
परिचय भयो हाम्रो उस्तै रैछ वानी।
मन साटासाट भएसी माया लाको।
=Ramesh

माया चाही लाईहालेको छैन है।
साथी हौ प्रेम प्रेमीका भने हैन है।
असल साथी भएर नाता जोडौ।
प्रिति लाईहाल्यौ भन्न चाही भैन है।
=नानू


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
    साथी नै हो भन्न खोजेको मैले पनि।
जीन्दगीमा नानु झै रोजेको मैले पनि।
कस्को सम्वन्ध राम्रो र वलियो होला?
हो मात्र असल मित्र सोचेको मैले पनि।
=Ramesh

मायाले कहिले हसाँउछ कहिले रुवाउछ।
माया गर्छु भन्दा भन्दै बर्षौ दिन झुलाउछ।
अब माया प्रिति म जिन्दगी भरि लाउदैन।
एक बारको जवानी पनि आसुमा दुवाउछ।
=नानू

मायाले आशु मात्र हैन हासो पनि दिलाउछ।
लगाएर त हेर्नुस कसरी अमृत पिलाउछ।
त्यो फाटेको हजुरको मन र मस्तिष्कहरु पनि।
वलियो कहिलै नचुटिने गरि नै पो सिलाउछ।
=Ramesh

राम्रो संग थाहा छ मायाको बारेमा।
पागल नै बनाउछ माया नपाई हारेमा
म त एक चोटी मायामा हारेको मान्छे।
मुटु भित्र चोट पर्छ धुलो सरि झारेमा।
=नानू

त्यस्तो हुन्न हजुर बुझेर लगाको माया।
एक अर्काप्रति समय कुरेर लगाको माया।
कसरी विश्वास गर्नु खै त्यस्तो हुन्छ भनि।
वा आमालाई छल्दै लुकेर लगाको माया।
=Ramesh

मायालाई म बिस्वास गर्दैन कहिलै।
केटाहरुको भरमा पनि पर्दैन कहिलै।
नफकाउनु है यसो उसो भनेर मलाई।
एक्लै जिउछु त्यो दिलमा सर्दैन कहिलै।
=नानू

आगो हैन दिल मेरो पोल्ने छैन कहिल्यै।
त्यो मनको कुरा कतै खोल्ने छैन कहिल्यै।
जीएर त हेर रसिकको प्रेमिका बनेर नानु।
तिम्रो जीवनको मुल्य मोल्ने छऐन कहिल्यै।
=Ramesh

भन्न त सबैले यस्तै भन्ने गर्छन।
फकाई फकाई मन भित्र पस्ने गर्छन।
जब स्वार्थ पूरा हुन्छ छोडेर जान्छ।
अनि कोमल मुटुमा छुरी ढस्ने गर्छन।
नानू

म हजुरको लागी विश्वास बन्ने छु।
काम पुर्वको त्यो मिठो आश बन्ने छु।
अरुसंग दाँजेर मेरो माया नविगार्नु।
म त सवै सवै भन्दा खास बन्ने छु।
=Ramesh

तिमिलाई देखेपछी निन्द्रा हरायो नानु।
यी आँखाले तिमीलाई मन परायो नानु।
आजभोली तिम्रो मात्र याद आउन लाछ।
सपनिमा पनि नानु भन्दै करायो नानु।
=Ramesh

तिम्रो लागि सधै खास बन्छु भन्छौ।
अनि यो दिल तिम्रो बाँस बन्छु भन्छौ।
जब सानो कुरामा आफ्नो चित्त बुझदैन।
फेरि तिम्रो जिबनमा नाँस बन्छु भन्छौ।
=नानू

तिमी वाहेक कसैलाई माया लाउने छैन।
ढुक्क भएस तिमी कतै पनि धाउने छैन।
तिम्रो मायाको सधै सधै भोको हुनेछु म।
जति दिए पनि मलाई म अघाउने छैन।
=Ramesh

ढुङ्गा जस्तो मुटु भएको छ।
यो मन पनि अन्तै गएको छ।
पग्लिदैन होला अब पगालेर।
तन मन धोकेबाजीले लएको छ।
=नानू

कसरी पत्याउ म अन्तै मन गएको छ।
तिम्रो प्रेम कहानी अर्कै तिर भएको छ।
मलाई केही कारण देउ न मेरी प्रिया।
कसरी त्यसले तिम्रो खुसी हरेको छ।
=Ramesh

कसैलाई मुटुमा माया खास गर्नु हुन्न।
र कसैको पनि यति आस गर्नु हुन्न।
थाहा छ मायामा मैले धोका पाउछु।
झुटो माया गर्नेको बिश्वास गर्नु हुन्न।
=नानू

प्रेषक :एकल यात्री नानु


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


 खुमा पौडेल , कर्नास पर्बत बाट
दुर्गा कँडेल ,माले माल्दिप बाट


खुमा पौडेल सुरु गर्नुहुन्छ - 

धोका भयो प्रेम पत्र उस्ले लिएन।
भन्छौ अझै एकहुन भग्यले दिएन।
अर्को फुलमा तेस्तो के देखेउर दुर्गा।
उस्मा जस्तो जुन कुरा म मा थिएन।

दुर्गा कँडेल
धोका दिने मेरो मन थिएन प्रिया।
तिम्लाई खुसीपार्ने धन थिएन प्रिया।
म गरिबको छोरा मजदुर गर्दै बाँच्ने।
गरिखाने कोदालीअनि घन थिएन प्रिया।

खुमा पौडेल
मलाई धन हैन माया भए पुग्थ्यो।
सधै तिम्रो मलाई छाँया भए पुग्थ्यो।
महलमा बाँस हिरा मोती चैदेन दुर्गा।
तिमीसधै मेरो दायाँ बायाँ भए पुग्थ्यो।


दुर्गा कँडेल
माया मात्र ठूलो हैन बाच्न धन चाहिन्छ।
म मात्र छैनकेटा खोजे अरुपनी पाहिन्छ।
तिमी सुखमा हुर्केकी रुखो खाना सक्तिनेउ।
हामीले त जसो तसो खोले सिस्नो खाहिन्छ।

खुमा पौडेल
महादेव लाई सेवा गर्नु पर्बतीको धर्म हो।
हजुरले कुरा बुझ्नु हुन्न यो ठुलो मर्म हो।
हजुर जहाँ म पनि तेहा खुसी रहने छु।
सोच्नेछु कि यो एउटा छोरीको कर्म हो।

दुर्गा कँडेल
बल नगर गरिब सँग गै भन्ने छन हे र।
आफ्नै परिवार तंगारो बन्ने छन हे र।
हाम्रो मनमुटुको आफ्नै सहयात्री पनि।
भोलि गएर हाम्रै खोइरो खन्ने छन हे ।

खुमा पौडेल
दुनियाँका कुरा नसुन जे जे हुन्छ हुन्छ प्रिय।
नमुना बनाँउ हाम्रो माया सगरमाथा छुन्छ प्रिय।
आँटगर हाम्रो मायाप्रेम सफल बनाई देखाईयो भने।
आशाछ पक्कै एक दिन यो सारा जगत रुन्छ प्रिय।

दुर्गा कँडेल
मुर्खता नदेखाउ मायामा समझदार हुनु पर्छ।
जयजयकार गर्छन एकदिन ईमान्दार हुनु पर्छ।
अब पनि केटा केटि पारा गरेर हुन्न हे र खुमा।
ढाँटीछली जाने होइन मायामा बफादार हुनु पर्छ।

खुमा पौडेल
पागल नभएर के गरम तिम्लाई माया गर्ने मान्छे म।
तिम्रैलागि फुलेभने तिम्रैलागि ओइलि झर्ने मान्छे म।
यदि तिमीले यो हातलाई थामी दिएनौ भने प्रिया।
तिम्रै यादमा ब्यकुल भै पल पल मर्ने मान्छे म।

दुर्गा कँडेल
हुन्छ त प्रिया तिमी राम्रो मान्छे हुनु है।
म जमिनमै रमाउला तिमी आकश छुनु है।
तिम्रो मेरो बिचको तंगारो धन नै रहेछ।
साथ दिनलाई सकिन कहिलई न-रुनु है।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
 प्रकाश मगर बियोगी र फुच्चि लक्ष्मी 

१)
फुच्चि लक्ष्मि


नामः प्रकाश मगर बियोगी
ठेगानाः दाङ सौडियार १ घोराही
हालःन्यू दिल्लि भारत
नामः फुच्चि लक्ष्मि
ठेगानाः काठमाण्डौँ
हालः काठमाण्डौँ नेपाल
तिमी टाढा भए देखि रातो गुलाब मन पर्दैन।।
चिसाई रहन्छ परेली आुशु अबाब मन पर्दैन।।
दुख लुगाई हास्नु पर्छ भनि सम्झाउने को हो।
साथै साथ यो फुच्चि लाई दवाब मन पर्दैन।।
१)
प्रकाश मगर बियोगी
रातो होईन सेतो गुलाब हेर लक्ष्मि।।
मनको ढोको उसै संग फेर लक्ष्मि।।
अनि जिन्दगीको यात्रा सफल हुन्छ।
थाहाँ पाउछौ नि त्यती खेर लक्ष्मि।।
२)
फुच्चि लक्ष्मि
रङ्ग फेरेर उहि गुलाब हेर्न सक्दैन।।
यो मुटुमा उस्कै नाम छ केर्न सक्दैन।।
बिगत सम्झि पुरा दिन बिटाउछु बरु।
बिर्सेर सान्तिको सास फेर्न सक्दैन।।

२)
प्रकाश मगर बियोगी
बिगतको कुरा भुल्नु पर्छ तिमीले।।
बर्तमान तिर नै दुल्नु पर्छ तिमीले।।
मायामा बिस्वास घात नगरी कन।
मनको कुराहरु खुल्नु पर्छ तिमीले।।
३)
फुच्चि लक्ष्मि
साचै मुटुले चोट सहेन र दुखि छु।।
यो मन बात याद हटेन र दुखि छु।।
हिसेर बाच्ने रहर नहोलार मलाई।
भुल्न त्यति सजोलो नभएर दुखि छु।।
३)
प्रकाश मगर बियोगी
यहाँ मेरो मनमा बतास चलेको बेला।।
मुटुमा आगोको ज्वाला बलेको बेला।।
यस्तो कुरा नगर बियोगमा म पनि छु।
यो मन आभासमा पग्लि ढलेको बेला।।
४)
फुच्चि लक्ष्मि
बिर्सिने लाई बिर्सेर बाच्न सकिन।।
टुक्क-टुक्क मन गास्न सकिन।।
बेहोस मै यो जिवन धकल्दै छु म।
मुटुमा चोट लुकाएर हास्न सकिन।।
४)
प्रकाश मगर बियोगी
होसमा आएर माया लगाउनु पर्छ।।
पहिलेको खुशी हरु जगाउन पर्छ।।
अनि माया प्रेम सुरुवाद हुन्छ फेरी।
पुराना दुख दर्द लाई बगाउनु पर्छ।।
५)
फुच्चि लक्ष्मि
सचेत हुन्छु कसैले मन नचालाउस भनि।।
संबन्धको अर्को दियो नबालाउस भनि।।
सक भर नजिक नआउस मेरो अगादी ।
कसै प्रति मनमा माया नपलाउस भनि।।
५)
प्रकाश मगर बियोगी
नजिक भन्दा टाढामा माया गाढिन्छ।।
नजिकको हेराईमा कुराहरु भासिन्छ।।
त्यही भएर टाढा देखि माया लगाउनु।
याद हुन्छ प्रेमको फोटो कुरो खादिन्छ।।
६)
फुच्चि लक्ष्मि
फेरी म माया लगाउछु जस्तो लाग्दैन।।
प्रेमको सागर बगाउछु जस्तो लाग्दैन।।
धरो धर्म एउटा बाचुन्जेलाई पुग्यो नी।
माया पिरति जगाउछु जस्तो लाग्दैन।।
६)
प्रकाश मगर बियोगी
जिन्दगी कटाउन त साथ चाहिन्छ।।
सक्दो आफ्नो प्रेमीको हात चाहिन्छ।।
माया पिरति जगाउन पर्यो फेरी पनी।
साजन दिलमा पनि सौगात चाहिन्छ।। 


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


 बिमला शर्मा र दिपक दियालो ढुंगाना
मुक्तक न (१ )

बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल
दीपक दियालो

दोहोरिमा मेरि प्यारी आइ दिए हुन्थ्यो l
बाचा कसम संगै बसि खाइ दिए हुन्थ्यो ll
मुक्तक बाटै कुरो छिनाइ मेरो लागि तिम्ले l
रातो सारी सिन्दुर पोते लाई दिए हुन्थ्यो ll
दीपक"दीयालो"ढुंगाना
पथरिसनिश्चरे न.पा.-७,मोरंग
हाल-दोहा कतार

मुक्तक न:=१
जिन्दगिका सारा दुख भगाएर आएँ।
तिम्रै नामको सिन्दुर पोते लगाएर आएँ।
तिमी संग माया गाँसी सुख दुख बाड्न।
मरेका ती इच्छा पनि जगाएर आएँ।।
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल




दीपक"दीयालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:७ ,मोरंग
हाल -दोहा,कतार
मुक्तक (२ )
मन्को कुरा बुझ्ने माया भेटें जस्तो लाग्यो l
हराएको आफ्नै छायाँ भेटे जस्तो लाग्यो ll
धेरै खोजें जीवन साथी मन मिल्ने तर l
आज आफ्नै दायाँ बायाँ भेटे जस्तो लाग्यो ll
दिपक"दियालो"ढुंगाना
पथरिशनिश्चरे न.पा.,मोरंग
हाल-दोहा,कतार



मुक्तक न:= (२)
यादहरु सम्हालेर पर्खी बसेथें l
तिम्रै माया अंगालेर पर्खी बसेथें l
मलाइ छोडी हिजो अस्ति टाढा भएनी।
मुटु भित्र बसाएर पर्खी बसेथें l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक न:= ३
छड्के हेर्दै हिड्ने तिम्रो चाल मन पर्छ l
लठ्ठै पार्ने जिउ अनि डाल मन पर्छ ll
साँच्चै भन्छु एउटा कुरा तिम्रो बोलि मलाइ l
धरो धर्म सत्ते कसम बबाल मन पर्छ ll
दीपक"दीयालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:७ ,मोरंग
हाल -दोहा,कतार



मुक्तक न:=(३)
सुन्दरताको बयान गर्दा मख्खै पर्छु म त l
बिन्ती गर्दै पाउ पर्दा मख्खै पर्छु म त ll
कैले काहीँ घुर्क्याएर रिसाए जस्तो गर्दा l
फकाउँन अघि सर्दा मख्खै पर्छु म त ll
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक:(४ )
तिमिलाई भेटे पछि के भो के भो सत्ते l
मेरो बाटो छेके पछि के भो के भो सत्ते ll
भेट्ने साथै मुटु ठानी छाती भित्र तिम्ले l
मेरो नाम लेखे पछि के भो के भो सत्ते ll
दीपक"दीयालो"ढुंगाना
पथरिशनिश्चरे न:पा.-७,मोरंग
हाल- दोहा,कतार

मुक्तक= (४ )
काहाँ देखौं कहाँ भेटौं हुन्छ मलाइ पनि l
पिरतिको मिठो यादले थुन्छ मलाइ पनि l
जहाँ जाउ उतै देख्छु तिम्रै प्रतिबिम्ब l
तिम्रो न्यानो संझनाले छुन्छ मलाई पनि l
बिमला शर्मा"शोभा"
चितवन


मुक्तक न:(५ )
तिमिलाइ यो आँखाको नानी बनाइ राख्छु l
मुटु भित्र माया प्रेमको खानी बनाइ राख्छु ll
जुनि-जुनि साथ दिन्छु भन मात्रै प्रीये l
जिन्दगिको माली अनि रानी बनाइ राख्छु ll
दीपक"दीयालो"ढुंगाना
पथरिशनिच्चरे न:पा:-७,मोरंग
हाल-दोहा,कतार


मुक्तक (५ )
हँसाएर राख्छु भन्छौ रुनु पर्ने हो कि l
आँसुलेनै सारा जिवन धुनु पर्ने हो कि ll
रानी बनाइ राख्छु भन्छौ भन्नलाई तर l
संसारकै अभागिनी हुनु पर्ने हो कि ll
बिमला शर्मा"शोभा"
चितवन
दीपक दियालो


मुक्तक न:=(६ )
स्वर्ग जस्तो संसार दिन्छु चिन्ता नगर l
दु:ख पीडा सबै लिन्छु चिन्ता नगर ll
भन्छौ भने जिन्दगिका मेरा रहर बेची l
तिम्रै लागि खुशी किन्छु चिन्ता नगर ll
दीपक"दीयालो"ढुंगाना
पथरीशनिश्चरे न:पा:७,मोरंग
हाल-दोहा,कतार


मुक्तक न:(६)
तिम्रो माया पाए जीवन बहार हुनेछ l
अनि मैले बाँच्नुकोनी सार हुनेछ ll
मेरो माया लत्याएर गयौ भने कसम l
साँचो प्रेमको यो संसारमा हार हुनेछ ll
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



मुक्तक न =(७ )
तिम्रो घर आउछु आज जे-जे पर्ला पर्ला l
माग्न लाई आजै साँझ जे-जे पर्ला पर्ला ll
बाबा आमा नमानेमा हात समाइ तान्छु l
नाता गोता सबै माझ जे-जे पर्ला पर्ला ll
दीपक"दीयालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:-७,मोरंग
हाल-दोहा,कतार


मुक्तक न:=(७)
जुनि भरी दिने भए साथ हजुरले l
माग्न आए हुन्छ मेरो हात हजुरलेll
चोखो माया गर्नु हुन्छ अजम्बरी जस्तै l
गर्नु हुन्न पक्कै पनि घात हजुरले ll
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक न:८
मोहनिले ताने जस्तो हुन्छु घरिघरी l
पागल बनी तिम्रो तस्बिर छुन्छु घरिघरी l
तिमी मलाइ साथ दिन्नौ भन्ने पनि था छ l
तर पनि किन तिम्लाइ चुन्छु घरिघरी ll
दीपक दियालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:-७,मोरंग
हाल-दोहा,कतार


मुक्तक (८ )
सबै भन्दा धेरै बिश्वाश गर्छु भन्थ्यौं पैले l
बिना कारण शंका मात्र गर्छौ किन ऐले l
घाइते मुटु बोकी बाँच्दा लाग्छ मलाई यस्तो l
काल आइ टप्प टिपी लान्छ होला कैले l
बिमला शर्मा"शोभा"
चितवन



मुक्तक न:=( ९ )
असल के हो खराब के हो चिन्न सक्छु अझै l
तिमी बिना एक्लै पनि हिन्न सक्छु अझै ll
धन दौलत नभए पनि कम्जोर नसम्झ l
चाहे भने तिम्रा खुशी छिन्न सक्छु अझै ll
दीपक दियालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:-७,
हाल-दोहा,कतार


मुक्तक( ९ )
रुवाउनु रैछ आखिर किन माया लायौ l
वर पिपल साछी राखी झुटा कसम खायौ l
निर्दोष आँसु नयन बाट झार्ने भए तिम्ले l
साथ दिन्छु भन्दै किन मेरै नजिक आयौ l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल

मुक्तक न:(१०)
मन संग मन मिले पो त माया l
तन संग तन मिले पो त माया ll
आज भन्दा भोलि मुटुको धड्कन l
झन भन्दा झन मिले पो त माया ll
दीपक"दियालो"ढुंगाना
पथरिशनिश्चरे न:पा:-७,मोरंग
हाल-दोहा,कतार




मुक्तक( १० )
तिमि बिना जिन्दगी यो काटौ कसो गरि
अरु संगै दिलको धड्कन साटौ कसो गरि
बिना कारण सम्बन्ध यो टुटाएसी तिम्ले पिरतिको डोरी अन्तै बाटौ कसो गरि l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



मुक्तक=(११ )
साँचो माया गर्थें मैले तोड्यौ तिमिले l
धनी भेट्दा गरिब ठानी छोड्यौ तिमिले ll
जुनि भरी चोखो माया गर्छु भनेर l
पराइ संग नाता किन जोड्यौ तिमिले ll
दीपक दियालो"ढंगाना
पथरी-७,मोरंग
हाल-दोहा,कतार




मुक्तक (११ )
चोखो माया गर्छु मैले छोडी नभन्नु l
नदेखे झैं नजर अन्तै मोडी नभन्नु l
तिमी बिना धड्कन यो कहाँ चल्छ र l
अजम्बरी नाता हाम्रो तोडी नभन्नु l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



मुक्तक(१२ )
अगुल्टोनी नठोसी त आगो बल्दैन l
दु:ख सुख नभएनी जीवन चल्दैन ll
झुटो कुरा दुनियाँमा टिक्छ कतिन्जेल?
सत्ते कुरो लुकाएर कैलै छल्दैन ll
दीपक दियालो"ढुंगाना
पथरी-७,मोरङ्ग



मुक्तक( १२)
एकोहोरो मैले माया गरेर पो गल्ति गरें l
बिना सित्तै तिम्रो लागि मरेर पो गल्ति गरे ll
जीवन भरि साथ दिन सक्दिन म भन्दा पनि l
हत्ते हाली तिम्रो पाउ परेर पो गल्ति गरें ll
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



मुक्तक (१३ )
मेरो लागि अब तिम्ले मर्नु पर्दैन l
नाना थरी झुटा कुरा गर्नु पर्दैन ll
अब आफ्नै खुशी गर्नु मलाइ बिर्सेर l
फेरि कैले मेरो छेउ पर्नु पर्दैन ll
दीपक दियालो"ढुंगाना
पथरी-७,मोरंग
हाल-दोहा कतार



मुक्तक (१३)
यस्तो हालत देखि देखि जान्छौ भने जाऊ l
निस्ठुरी भै मुटु रेटी जान्छौ भने जाऊ l
बाचा कसम सबै तोडी मेरो जिन्दगीको l
खुशी आउने बाटो छेकी जान्छौ भने जाऊ l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक(१४ )
कठोर वचन गरि गरि नाता टुटायौ |
अजर अमर माया प्रिती किन छुटायौ |
तिमी बिना एक्लै बाँच्न भन्थ्यौ सक्दिन |
तर आज कसरि पो साहस जुटायौ ||
दीपक दियालो"ढुंगाना
पथरी-७,मोरंग
हाल-दोहा,कतार



मुक्तक (१४ )
हरायो नि भोक तिर्खा टाढा भए देखि l
कस्तो हुन्थ्यो हाम्रो माया गाढा भए देखि l
रोकिन्छ कि जस्तो भाछ यो मुटुको धड्कनl
फूल जस्तो मान्छे आज काडा भए देखि l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक(१५ )
बाचा थियो तिमी संग कैलै तर्किन्न l
मेरो मन टुटाएसि अब फर्किन्न ll
जति दुख परे पनि खप्छु आफैंले l
हाम्रो अतीत सम्झी अब छाती चर्किन्न l
दीपक दियालो"ढुंगाना
पथरी-७,मोरंग
हाल-दोहा,कतार



मुक्तक (१५ )
मर्छु होला म त तिम्रो हुन पाइन भने
पिर व्यथा पोखी संगै रुन पाइन भने l
छट्पटीमै बित्छन् कति प्रहरहरु मेरा l
यी हातले तिम्रै तस्बिर छुन पाइन भने l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल



मुक्तक(१६ )
कति माया गर्छौ भनी चोरेको थें मन l
मेरो मुटु तिमिनै हौ धड्कन अनि तन l
साँचो माया गरि मलाइ बिस्वास दिलाएसी l
हिजो भन्दा आज माया बढ्न थाल्यो झन l
दीपक"दीयालो"ढुंगाना
पथरी-७,मोरंग
हाल-दोहा,कतार



मुक्तक (१६)
म मुना भए तिमी मदन हुनु ।
मेरो मन मुटुको धड्कन हुनु ।
जुनि भरि हामि बाँचौंला संगै ।
म बन्नेछु धर्ती तिमी गगन हुनु l
बिमला शर्मा"शोभा"
चितवन
हाल-इजरायल


मुक्तक (१७ )
मुटु भित्र राख्छु तिम्लाइ धड्कन भित्र राख्छु !
अजर अमर माया प्रेमको बन्धन भित्र राख्छु l
जुनि-जुनि सयौं जुनि मेरो कसम तिम्लाइ l
यी आँखाको नानी बनाइ नयन भित्र राख्छु ll


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  नानु मगर र प्रकाश मगर 


प्राकाश मगर बियोगी
१,

नानु तिम्रो ओठको रातो लालीले।।
लठ्ठै बनायो कानको त्यो बालीले।।
तिम्रो मुहार हेरी रहु लाग्छ सधै नै
माया गर्छौ? सधै हातको तालीले ।।

नानु मगर
१,
म त दिन्न तिमी लाई माया।।
तिमी भने हुन्छौ दाया बाँया।।
कानेबाली कैले पो किन्यौं र।
यस्तो माया बन्छ घाम छाया।।

प्रकाश मगर बियोगी
२,


कानबाली मैले किनेर राखेछु नानु।।
तिम्रो यादमा दिन रात जागेछु नानु।।
माया गर्न नभन यसरी मर्छु होला म।
हृदय देखि तिमी लाई डाकेछु नानु।।

नानु मगर
२,
म त तिम्रो मन मा आउदैन प्रकाश।।
तिमी संग मायानी लाउदैन प्रकाश।।
तिमी भने आर्कि लाई अङ्गाल्छौ।
तिमीसंग मन्दिरमा धाउदैन प्रकाश।।

प्रकाश मगर बियोगी
३,
तिमी बाहेक अरु लाई हेर्याछैन कैले।।
मनको धोको अरु संग फेर्याछैन कैले।।
साथ चाहियो तिम्रो मात्र मलाई अब।
कसैको मन मुटुमा गई सेर्याछैन कैले।।

नानु मगर
३,
मेरो अघि अरुलाई मन पराउने तिमी हौ।।
मलाई पहिले डिबोर्स गराउने तिमी हौ।।
तिमी लाई स्वीकार्दैन कहिले पनी मैले।
संगै हुदा एकै छिन मा हराउने तिमी हौ।।

प्रकाश मगर बियोगी
४,
माफ गर मेरो ठूलो गल्ति भएछ।।
तिम्रो मन मा सधै यो शब्द रहेछ ।।
तर अब गर्दैन यस्तो ब्यबहार कैले ।
किस्मतले साएद मलाई नै ठगेछ ।।

नानु मगर
४,
तिम्रो जस्तो सहरमा नाम छैन मेरो।।
भन्न लाएकको कुनै काम छैन मेरो।।
आज भोली त माया किन बेच हुन्छ।
माया किन्न सक्ने दाम छैन मेरो।।

प्रकाश मगर बियोगी
५,
मैले माया किन भनेको छैन।।
यस्तो भन्ने कुनै शब्द नै रैन।।
किन बेच हुन्छ होला अन्तै।
तर मेरो सहर मन मुटुमा हैन।।

नानु मगर
५,
एक चोटी होईन बारम बार पठाउंछौ।।
कहिले माया कैले तिरस्कार पठाउंछौ।।
पैले देखि तिमले अलपत्रमा परेका छौ।
सताउन लाई सपनिमा संसार पठाउंछौ।।

प्रकाश मगर बियोगी
६,
कुरो बुझे माया तिमी मा पनि रहेछ।।
म बिना तिम्रो नयनहरु एक्लो भएछ।।
अब घरवार जोड्नु पर्छ हामि दुवैले।
यो संसारमा पक्कै हाम्रो यात्रा लगेछ।।

नानु मगर
६,
मेरो यता आशु भेल झर्या छ प्रकाश।।
तिम्लाई भने अर्कै मन पर्या छ प्रकाश।।
अब मन कसरी सम्हालु मेैले तिमी बिर्सि।
मुटु पनि ढुक ढुकढुक् गर्या छ प्रकाश।।

प्रकाश मगर बियोगी
७,
अब मलाई भेट सब कुरा ठिक हुन्छ नानु।।
तिम्रो कुरा सुने पछि मेरो मन रुन्छ नानु।।
कसम खान्छु अरुलाई हेर्दैन कहिले पनी।
मेरो कहानी सुने पछि तिम्रो मन छुन्छ नानु।।

नानु मगर
७,
जित्ने प्रयास गर्दा गर्दै हार भएको छ।।
तिम्रो माया देखि धिक्कार भएको छ।।
मायालाई जितेर संगै खोली टर्छु भन्थे।
चल्नेै नसक्ने मुटुमा प्रहार भएको छ।।

प्रकाश मगर बियोगी
८,
सङ्घर्ष गरेर तिमी पक्कै जित हुनेछ।।
संसारमा चल्ने रिवाज रित हुनेछ।।
पहिलेको अतित बिर्सनु पर्छ नानु।
यहाँ अब भबिष्यको उचित हुनेछ।।

नानु मगर
मरि तुल्य भएको जिउदो लास छ मेरो।।
घिटी घिटी भएको एक मुठि सास छ मेरो।।
त्यही अतित लाई भुल्न नसकेर त होला।
मरुभुमि पिङ्जडा मा नै बास छ मेरो।।

प्रकाश मगर बियोगी
९,
अब जिन्दगी नयाँ सुरुवात गरौ।।
एक आर्काको हामि दुवै भर परौ।।
अनि बिर्सन सकिन्छ अतित लाई।
माया पिरती बढाएर अघि सरौ।।

नानु मगर
९,

फकाएर मलाई फसाउन नखोज है।।
मेरो मुटुमा छुरा धसाउन नखोज है।।
झुटो माया पिरतिमा बाँधेर मलाई।
रुखमा चढाई खसाउन नखोज है।।

प्रकाश मगर बियोगी
१०,

होईन नानु फसाउन खोजेको मेैले।।
छुरा हानि धसाउन खोजेको मैले।।
हृदयले नै तिमी लाई बोलाउदै छ।
अनि मनमा बसाउन खोजेको मैले।।

नानु मगर
१०,
धोका खानु छैन बेहोसमा माया गरेर।।
जिन्दगी खेर फाल्दैन तिम्रो भर परेर।।
अरु केटी हरु लाई हेर मलाई होईन ।
माया सस्तो छैन खेर नफाल छरेर।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  मौलिक श्रीस र दिलु थापा मगर
दिलु थापा मगर
अहिल्यै यती कुराउनेको लागेन भर
डर लाग्छ बाउ आमालाई गर्न नि कर
अहिले त माया गरे जस्तो गरे पनि
बिहे पछी देखिन्छ कि खराब असर
दिलु थापा मगर
गैंडाकोट ४
मौलिक श्रीस

माफ गर यार नरिसाउन मेरी प्यारी डल्ली
गाउँमा हाम्रै कुराको थियो हल्ली खल्ली
तेसैले त्यहाँ सबैलाई हाम्रो बारेमा बताउदा
खुसी बनाए सबैलाई अनि ढिलो भो अल्ली
दिलु )
साँचो मायामा डर मान्नु हुन्न
म हजुरकै हुँ पर ठान्नु हुन्न
साथ म दिनेछु सधैं भरिलाई
के हजुरले यती नि जान्नु हुन्न ?
दिलु थापा मगर

मौलिक
यही बिस्वास मैले मन भित्र पालेको छु
तिम्रो साथ साथमा यो कदम चालेको छु
तिम्रो मेरो प्रेमलाई संसार भरी चिनाउन
अब मैले एउटा छुट्टै अभियान थालेको छु।
दिलु)

पक्का हो माया दाँया बाँया नहोस् है
दुई दिनको छुट्ने यो माया नहोस है
परेको छु हजुर कै भरमा अब म त
हराइ जाने त्यो घाम छाँया नहोस है
दिलु थापा मगर
मौलिक)

ह्रदय देखिको हाम्रो माया बलियो छ दिलु
युगौ युग सम्म बली रहने दियो छ दिलु
तिमीले आँखा जुधाउदा नहेरे पनी मैले
लुकी लुकी हरपल हेर्ने चियो छ दिलु
दिलु)

यादमा हरपल मलाई रुन मन लाग्छ
छिट्टै मलाई हजुरकै हुन मन लाग्छ
धेरै भयो यो दुरी हामी बिचको प्रिय
अब त हजुरको पाउ छुन मन लाग्छ
दिलु थापा मगर

मौलिक)
अब छिट्टै दुलहीको घुम्टो ओढ़ने छौ
जन्मिएको त्यो माइति घर छोढ़ने छौ
आज सम्म जिन्दगी एक्लै थियो अब त
म सँगै तिमी जिवनको मोड मोड़ने छौ

दिलु)
कती कती रहर मनमा सजाएको छु
पञ्चे बाजा मन भित्र बजाएको छु
खुशीले छैन खुट्टा भुइमा प्रिय मेरो
मिलनको पल सम्झी लजाएको छु
दिलु थापा मगर

मौलिक)
तिम्रो मेरो भबिष्य बनाई सकेको छु
आफन्तलाई सबै कुरा जनाई सकेको छु
सपनीमा भए पनी तिम्रो सिउँदोमा मैले
यही हातले सिन्दुर पनी खनाई सकेको छु


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


    बिपुना भण्डारी र एक बहादुर पुलामी

बिनुपा भण्डारी

 मुक्तक ८
मिल्दैन माया ममा जब्बर जस्ति बल गरेर
मिल्ने भए पाउथियो सिता रावणले छल गरेर
एक तर्फिनै सहि प्रेम अमर पार तिम्रो
हामि दुई बिचको बिवाद हल गरेर
बिनुपा भण्डारी


के गर्नु पर्ला त तिम्रो माया पाउन ।
राबण हैन राम बन्छु तिम्लाई रीझाउन । ।
दुबै तर्फी बनाम्नत हाम्रो पिरथीलाई,,
यस्कोलागी तयार छु म जहाँ सुकै धाउन । ।
एक बहादुर पुलामी मगर



पहिले साचो मेरो मित्र बन
बाहिरझै असल भित्र बन
स्वीकार्ने छु तिम्रो माया
गंगा जलझै पबित्र बन
बिनुपा भण्डारी

बाहिर भित्रै असल छु मनको ।
बन्छु साथी सधै त्यो जीवनको । ।
स्विकारेमा मेरो माया यदि,,
देख्नेछौ कन्चन्ता मेरो पनको । ।

एक बहादुर पुलामी मगर


प्रसङ्ग- २
रोगलागि ज्यान गले पछि आऊनु प्यारा
छिट्टै मर्ने हल्ला चले पछि आऊनु प्यारा
सेतो डोलि चढ़ाई आर्यघाटलान
जिवन रुपि रुख ढलेपछि आऊनु प्यारा
बिनुपा भण्डारी


तिम्लाई रोग लाग्नेछैन नडराउ प्रिय ।
कहाँ मर्ने ? देख्छु राम्रै सीर पाउ प्रिय । ।
रातो डोली चढाउछु,मेरो दील्मा ल्याउन,,
जीवनरुपी रुख मेरो दिल्मा सजाउ प्रिय । ।

एक बहादुर पुलामी मगर


कुन आधारमा विस्वास गर्नु
कति तिमी आउने आस गर्नु
छिट्टै आउने मन बनाउन तिम्रो
अब म के काम खास गर्नु
बिनुपा भण्डारी

हाम्रो चोखो माया सम्झी बिश्वास गर ।
छिट्टै आउछु तिम्रो लागी, मेरै भर पर । ।
अब धेरै दीन छैन हाम्रो मिलन हुन,,
अनि त,खास हुन्छ पक्कै हाम्रो प्यारको घर । ।


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


 पुरन वियोग र मुना मगर

पुरन बियोग
म यहां एक्लै रुन सक्दैन मुना
आंशुले मुख धुन सक्दैन मुना
तिमी धनि म गरिबको छोरा
हाम्रो मिलन हुन सक्दैन मुना

मुना मगर
धन अनि मनलाई जोड्ने कोसिस नगर
बियोग तिमी मलाई छोड्ने कोसिस नगर
केहि चिज हो धन तर सबै भने होइन
पबित्र हाम्रो नाता तोड्ने कोसिस नगर


पुरन बियोग
हो यहां सम्पन्नशाली मन खोज्छ मान्छेले
झुटो बचन लगाउन झन खोज्छ मान्छेले
सारा संसार यस्तै छ म के गरु मुना
आज भोली माया लाउन धन खोज्छ मान्छेले

मुना मगर
धनको धनी नभएनी हुनु पर्छ मनको धनी
टाढा हुन नखोज तिमी यस्तो कुरा भनी
फेरि किन आफु लाई कमजोर बनाउछौ
यति धेरै तिम्रो मुनाले सम्झाउदा पनी

पुरन बियोग
त्यो फुल अब कोपिला मै झर्छ मेरी मुना
भोली हामीलाई समस्या पर्छ मेरी मुना
यस्तो अबस्थामा हामीले बिहे गर्यौ भने
यो समाजले हामीलाई हेला गर्छ मेरी मुना

मुना मगर
ए बियोग किन यति कमजोर बन्दै छौ
अब हाम्रो सम्बन्ध अन्त्य गर्ने भन्दै छौ
पानी बिनाको माछाको हाल तिमी आफै सोच
धनलाई नै ठुलो मानी मायाको जरा खन्दै छौ

पुरन बियोग
सबै संग खुशी भई हांस्नु छ हामी
अटुट साईनो सम्बन्ध गांस्नु छ हामी
म बिवश छु के गरु त ए मेरी मुना
भोली यही समाजमा बांच्नु छ हामी

मुना मगर
तिमी आंटेर त हेर समस्या हल हुनेछ
समाजमा तिम्रो र मेरो छलफल हुनेछ
धन भन्दा मन ठुलो भनि बुज्छन मान्छे
अनि सबै मिल्नु पर्छ भनि पहल हुनेछ

पुरन बियोग
पर्ख त्यो दिन आउन देऊ मुना
सबै खुशी भै रमाउन देऊ मुना
हामीले सम्बन्ध जोड्नु भन्दा पहिले
मलाई केहि धन कमाउन देऊ मुना

मुना मगर
तिमी त्यस्तै भन्छौ भने मान्न राजी छु
तिम्रै यादमा यो जवानी धान्न राजी छु
केहि कमाऊ केहि जमाऊ अनि म तिम्रो
भएर जिबनमा धन के हो जान्न राजी छु

पुरन बियोग
मेहनतका हातहरु खिए पछि बिहे गरौला है
र दुःखका आंशुहरु पिए पछि बिहे गरौला है
समय मै सोचेर आफ्नो भबिश्यको लागी
आफ्नो खुट्टामा आफै उभिए पछि बिहे गरौला है

मुना मगर
दुख के हो बुझ्दै छु बांकी तिमी संगै
भएका ति सारा खुशी राखी तिमी संगै
एक रथका दुई पाङ्ग्रा हाम्रो जिन्दगानी
जन्मौ जन्म होस जाती तिमी संगै

पुरन बियोग
हाम्रो चोखो मायाको खानी हुनेछ
तिमीलाई नै सम्झिने बानी हुनेछ
संधै तिम्रो र मेरो चोखो यो पिरतिको
हो दुंनियामा छुट्टै कहानी हुनेछ


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
 पुरन बियोग र भबानी अधिकारी 

पुरन बियोग
तिम्रै यादमा एकोहोरो भाको थिए आमा
चिया नास्ता पाउरोटी खाको थिए आमा
आज अल्ली ढिला भयो माफी दिनुस ल
म साथी संग घुम्न गाको थिए आमा


भबानी अधिकारी नेपाल
बोली पनि फरक छ खुट्टा लर्बरिएको
चिया नास्ता न भै हो कि रक्सी पिएको
न मिठो गन्ध आयो थाहा भयो छोरा
तिम्रै लागी मैले आज सम्म थिए जिएको

पुरन बियोग
तिम्रो जति अरुको माया पाएको छैन आमा
कसै संग माया पनि लाएको छैन आमा
तेसो न भन्नु न मेरो बिश्वास गर्नुस
कसम त्यस्तो केहि खाएको छैन आमा

भबानी अधिकारी नेपाल
सोचेको थे मेरो छोरा ठुलो मान्छे बन्ला
अब आमा सुख दिन्छु नजिक आई भन्ला
जति मेरो लागी गर्नु भो अब मेरो पालो
कुलतमा पर्यो भने कसरी ब्यबाहार धान्ला

पुरन बियोग
त्यो भट्टी भित्र पसेको छैन आमा
त्यस्ता सांथीसंग बसेको छैन आमा
बिन्ती गर्छु मेरो बिश्वास गर्नुस
म कुलतमा फसेको छैन आमा

भबानी अधिकारी नेपाल
पढे लेखेको हुंदा आंखामा तारो भाको हुनु पर्छ
छिमेकी पनि गतिला छैन्न झुटो कुरा लाको हुनु पर्छ
छोरा अब कसैको कुरा सुन्दिन गलत काम नगर्नु
नायक बन्नु सायद तिमीले त्यस्तो रोल पाको हुनु पर्छ

पुरन बियोग
आफु हिड्ने बाटो आफै खन्ने छु आमा
यो कुरा सम्झाउनु भो धन्ने छु आमा
हो अब संधै तिम्रो खुशीको लागी
असल गायक र नायक बन्ने छु आमा

भबानी अधिकारी नेपाल
धन्ने छु तिमी जस्तो असल छोरा पाउदा
पुछ्ने छौ अबश्य आँखाबाट आँशु आउदा
मेरो भरोसा नटुटोस प्राथाना गर्छु हे ईश्वर
नाम चम्काउनु दुंनियामा गायक भै गाउदा

पुरन बियोग
आशिष लिन हजुर सामु आउने छु आमा
अनि दुःख पिडाका गित गाउने छु आमा
अब संधै ईमान्दार र असल मान्छे बनेर
हो सबैको मन मुटूमा छाउने छु आमा

भबानी अधिकारी नेपाल
सबै अधुरो सपना पुरा हुने भो अब
छोराले सफलताको शिखर छुने भो अब
राखेर हाम्रो समाजमा ईमान र ईज्जत
खुशी दिई हाम्रो पिर ब्यथ्या धुने भो अब

पुरन बियोग
अब संधै लागी पर्ने छु आमा
सबै तिर खुशी छर्ने छु आमा
समयले मलाई साथ दिए सम्म
यो संसारमा केहि गरि मर्ने छु आमा


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


 सबिना अधिकारी र पुरन वियोग

पुरन बियोग
म गरिबको घरमा चुलो बल्दैन
मन्दिरमा पनि मेरो दियो जल्दैन
मेरो सामु न आऊ सबिना तिमी
मैले छोएको यहाँ पानी चल्दैन

सबिना अधिकारी
घाम लाग्छ पक्कै अहिले रात भएर के भयो त
म छु तिम्रो अरु बाट घात भएर के भयो त
मित्रताको नाता हाम्रो मजबुत होस यसै गरि
म ठुलो तिमी सानो जात भएर के भयो त


पुरन बियोग
तिमी बाहेक मेरो कोहि छैन सबिना
मैले तेसो भन्न खोजेको हैन सबिना
तिमी त भन्छेऊ सानो ठुलो जात हुदैन
तर यो समाजले बुज्दैन सबिना

सबिना अधिकारी
अशिक्षाको भुमरीमा पसेको छ हाम्रो समाज
र जातिय कुरा बोकी बसेको छ हाम्रो समाज
अब हामीले शिक्षाको जोती छर्नु पर्छ
हो साँच्ची कुसंस्कारमा फसेको छ हाम्रो समाज

पुरन बियोग
पानीको मुहान सरि संधै फुट्ने छु
सबै काम छोडेर अब यतै जुट्ने छु
यो जातिय बिभेद अन्त्य गर्नको लागी
तिमी उठ पुर्बबाट पश्चिमबाट म उठ्ने छु

सबिना अधिकारी
जातिय बिभेदको बिरुध जुटाउन सक्नु पर्छ
अनि हाम्रो बिरोधी लाई फुटाउन सक्नु पर्छ
तब हामी लक्ष्य सम्म पुग्न सक्छौ पुरन
मान्छेको सोच शिक्षाबाट उठाउनु सक्नु पर्छ पुरन

पुरन बियोग
सबैका यहाँ पुरानै रित छन सबिना
त्यही रितका बेग्लै गित छन सबिना
शिक्षाबाट सिकाउन त गाह्रो पर्छ होला
मान्छेहरु कोही अशिक्षित छन सबिना

सबिना अधिकारी
हामीले आ-आफ्नो क्षेत्रबाट बल गर्नु पर्छ
जसरी हुन्छ सुल्झाउन पहल गर्नु पर्छ
जातियताको बिरुधमा क्रार्यक्रम बनाएर
रेडियो टि.भीको माध्यमबाट छलफल गर्नु पर्छ

पुरन बियोग
दोषीले अब संजाय पाउनु पर्छ सबिना
टि.भी रेडियोमा यो कुरा आउनु पर्छ सबिना
तिमी र म मिली अब गाँऊ गाँउमा गई
सडक नाटक पनि देखाउनु पर्छ सबिना

सबिना अधिकारी
मैले भन्न खोजेकी थे यही कुरा पहिले बाट
तिम्रो साथ मिल्यो भने गर्छु पक्कै अहिले बाट
सबै कुराको बन्दोबस्त मिलाएर पुरन
भन हामीले क्रार्यक्रम सुरु गर्ने कहिले बाट

पुरन बियोग
टाढिएका साथी भाई नजिक तिर सरौ
पुर्ब देखि पश्चिम सम्म सबै लागी परौ
एकै ठाँऊमा सबैलाई बोलाएर सबिना
यो बिषयमा छलफल भोली बाटै गरौ

सबिना अधिकारी
म आउने छु तिमी पनि आउनु पर्छ पुरन
एक्लै हैन सबै जनालाई बोलाउनु पर्छ पुरन
अब हामीले जातियताको अन्त्य गरेर
गाँऊ समाजलाई भेदभाब मुक्त बनाउनु पर्छ पुरन

पुरन बियोग
सबैको मनमुटूमा छाएर आउनु
अनि सारा खुशी पाएर आउनु
एक्लै जानु हुदैन युद्दमा लड्न
संगी साथी सबैलाई ल्याएर आउनु


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
   प्रमिला दाहाल परी र पुरन

पुरन बियोग
टाढा छौ नजिक तिर सरौ अब परी
यो दुखी मनमा खुशी छरौ अब परी
हामीले माया लाएको धेरै भए छ
बिन्ती गर्छु छिट्टै बिहे गरौ अब परी

प्रमिला दाहाल परी
टाढाबाट राम्रो हुन्छ नजिक आउनु भन्दा
दुःखमा नि हाँस्नु पर्छ खुशी छाउनु भन्दा
किन हतार गर्नु हुन्छ ए मेरो बियोग जि
म त एक्लै खुशी छु साथ पाउनु भन्दा


पुरन बियोग
त्यो सोचेको सपना जलि सक्यो परी
बिश्वासको महल ढलि सक्यो परी
जसरी नि हामीले बिहे गर्नु पर्छ अब
गाँउमा हाम्रो चर्चा चलि सक्यो परी

प्रमिला दाहाल परी
एक कान दुई कान पार्ने गाँउलेको काम
पछुताउनु पर्ला घैटोमा लागे पछि घाम
तिमी नै अब आखिर राजी छौ भने
घरकी त कान्छी छोरी पकाई छैन माम

पुरन बियोग
राप्ती अनि त्रिशुली संगै हो तर्ने
भर छैन जिन्दगीको कहिले हो मर्ने
हामी संगका सबैले बिहे गरि सके
अब भन हामीले कहिले बिहे गर्ने

प्रमिला दाहाल परी
खहरे भै आयो भने तर्नै गाह्रो छ
जिन्दगीमा खुशीहरु छर्नै गाह्रो छ
अरु घोडा चढ्दा हामी मुढा चढ्नु हुन्न
मेरो त दुई चार बर्ष बिहे हुनै गाह्रो छ

पुरन बियोग
संगै जिउने बाचा कसम खायौ किन भन
साथी बनि मेरो छेऊमा आयौ किन भन
दुई चार बर्ष अझै बिहे न गर्ने भए
म संग चोखो माया लायौ किन भन

प्रमिला दाहाल परी
केहि पाउनको लागी कुर्नु पर्छ बियोग
बिहे गर्ने साईत जुर्नु पर्छ बियोग
कहाँ सजिलो हुन्छ र कसम खाएको जस्तो
सारा समाजको नियम पुर्नु पर्छ बियोग

पुरन बियोग
तिमीलाई लिन आउने मेरो काम भयो
बिहेको साईत जुराउने मेरो काम भयो
तिमी यत्ति भन कहिले बिहे गर्छेयौ
समाज लाई फकाउने मेरो काम भयो

प्रमिला दाहाल परी
मलाई लिन तिमी आउनु भन्दा पहिला
त्यो हातको शिन्दुर लाउनु भन्दा पहिला
भन्नु छ मैले अब केही कुरा तिमीलाई
सात चोटी घुमि कसम खुवाउनु भन्दा पहिला

पुरन बियोग
याद आउछ तिम्रो मलाई संधै घरि घरी
तिमी संगै रुझेको सम्झिए साउने झरी
सात चोटि घुमी घुमी भन्ने के कुरा हो
आजै मलाई भनि देउ न ए मेरी परी

प्रमिला दाहाल परी
साँची सारा दुनिँया डाक्नु पर्छ बियोग
तामा तुल्सी गीता अगि राख्नु पर्छ बियोग
हाम्रो माया कहिल्यै पनि न छुटोस भनि
हात जोडी भगवान संग भाग्नु पर्छ बियोग

पुरन बियोग
तिम्रो माया मन भरि देखाउने छु परी
संधै तिम्रै भरमा परि देखाउनेछु परी
हुन्छ दुंनिया सारा साँची राखेर अब
तिमी संग बिहे गरि देखाउनेछु परी


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  शिला कार्की र पुरन वियोग

पुरन बियोग
चम्किलो उज्यालो घाम खोज्न जाऊ शिला
हराएको छ हाम्रो नाम खोज्न जाऊ शिला
मैले पनि अब पढाई पुरा गरि सके
संग संगै मिली काम खोज्न जाऊ शिला

शिला कार्की
गरिबकी छोरी म पढ्या लेख्या छैन पुरन
अईले सम्म स्कुल कलेज देख्या छैन पुरन
के काम मिल्ला र खै नपढेका अनपढलाई
ठुलो जागिर खाने सपना देख्या छैन पुरन

पुरन बियोग
आफ्नो भाग्य आफैले लेख्नु पर्छ शिला
अन्याय र अत्याचार छेक्नु पर्छ शिला
हो यहाँ खोजे पछि जे पनि पाईन्छ
सफलताको शिखरमा टेक्नु पर्छ शिला


शिला कार्की
कंयौ चोटी कोसिस गरे आफ्नो भाग्य लेख्न
चाहेकी थे मैले पनि सगरमाथा टेक्न
धेरै खोजे सफलतामा पुग्न भनि मैले
सायद चाहेन कि दैबले नि मेरो खुशी देख्न

पुरन बियोग
फरक फरक यहाँ प्यार देख्न पाईन्छ शिला
फुल भनि पत्थरको उपहार देख्न पाईन्छ शिला
यो दैब भगवानको बिश्वास गर्नु हुन्न हामीले
आफै गरे पछि शुन्दर संसार देख्न पाईन्छ शिला

शिला कार्की
गरिबको लागी यहाँ कुनै प्यार हुन्न पुरन
उनका लागी साथी अनि यार हुन्न पुरन
दैबले नि दुखीलाई झनै दुख दिन्छ किन
फरक सोच सबको एउटै बिचार हुन्न पुरन

पुरन बियोग
पढ्न बाँकी पाठ हरु अब छिट्टै पढौ
दुबै मिली सफलताको शिखरमा चढौ
हो यहाँ गरिब भै जिउन मुस्किल छ
त्यसैले तिमी र म मिलेर अगाडी बढौ

शिला कार्की 
असल साथी बनि तिमी साथ दिन्छौ भने
खोला तर्दा सहाराका हात दिन्छौ भने
जिन्दगीका पाठ हरु पढ्ने मन छ मलाई
यदि तिमले जुनेली त्यो रात दिन्छौ भने

पुरन बियोग
जुनि भरि तिमीलाई साथ दिने छु
एक्लै हुदा मिठा मिठा बात दिने छु
सजाएर राख्छु यो मुटूको छेऊमा
गोधुली अनि जुनेली रात दिने छु

शिला कार्की
साथ दियौ भने तिमले अगि बढ्न सक्छु
तिमी संगै जिन्दगीका पाठ पढ्न सक्छु
तिमी जस्तो असल साथी पाए भने मैले
दुःख अनि पिडा संगै हाँस्दै लड्न सक्छु

पुरन बियोग
मेरो मन मुटूमा आउने छेऊ शिला
माया प्रितीका गित गाउने छेऊ शिला
ढुक्क हुनु तिमी म छोडी जाने छैन
संधै अब मेरो साथ पाउने छेऊ शिला

शिला कार्की
तिमी जस्तो साथी पाए धेरै खुशी छु
सबै भन्दा जाती पाए धेरै खुशी छु
सुख दुःख मिली पार एकै साथ गरौ
देउता संगै फुल पाती पाए धेरै खुशी छु

पुरन बियोग
असल साथीको नाता टेकाउनु छ अब
ईतिहासको पानामा लेखाउनु छ अब
तिमी र म यसै गरि मेहनत गरेर

दुंनिया सामु केहि गरि देखाउनु छ अब —
 


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   समिक्षा भुसाल र पुरन
पुरन बियोग
कहिले कांहि तिम्रै यादमा हराउछु समिक्षा
तर पनि तिमीलाई भन्न डराउछु समिक्षा
आज त दिल खोलेर भन्छु है एउटा कुरा
म तिमीलाई धेरै मन पराउछु समिक्षा

समिक्षा भुसाल
राम्रो बन्न मेरो सामु सोझो बन्या छौ की
मुखले यता ठिक्कै पारी अन्तै छन्या छौ की
सुनेकी छु केटा मान्छे स्वार्थी हुन्छन रे
तिमले पनि सबैलाई यहि भन्या छौ की


पुरन बियोग
हिडेका पाईला गनेको छैन
पिरतीको बाटो खनेको छैन
चोखो माया तिमीलाई गर्छु
अरुलाई माया गर्छु भनेको छैन

समिक्षा भुसाल
मन नपराई कसैलाई नि माया गर्छु भन्दिन म
साथी मात्र बन्छु पुरन जिबनसाथी बन्दिन म
न त भेट घाट भाछ हाम्रो न त चिनजान पनि
अपरीचित मान्छे संग माया लाउन मान्दिन म

पुरन बियोग
म पनि तिमीलाई यही भन्ने सोचमा छु
आफु हिड्ने बाटो आफै खन्ने सोचमा छु
भनि देऊ तिमी कुन ठाँउमा बस्छेऊ
तिमी लाई भेटी साथी बन्ने सोचमा छु

समिक्षा भुसाल
नाम समिक्षा हो भुसाल थर सम्झिराख
बाग्लुङको नाराणस्थान घर सम्झिराख
भेट्न मन लागे खबर गरि आउनु है त
अहिले बस्ने बाग्लुङ बजार सम्झिराख

पुरन बियोग
संधै एक्लै हुन्छु कसरी आऊ भन
भोक लाग्दा बाटोमा के खाऊ भन
असल साथी बनि अगाडी बढ्न
तिमीलाई भेट्न कहिले आऊ भन

समिक्षा भुसाल
माया लाउने बिश्वास दिलाएर आऊ
टुक्रा पारी होइन मुटू सिलाएर आऊ
म छु यहाँ खाना बस्न चिन्ता किन गर्छौ
कहिले हुन्छ तिमलाई समय मिलाएर आऊ

पुरन बियोग
हाम्रो साथीको नाता टिकाई देऊ न है
दुख अनि पिडा कतै बिकाई देऊ न है
अर्को साल माघमा आऊछु समिक्षा
बरु कुन बाटो आउने सिकाई देऊ न है

समिक्षा भुसाल
शँका हैन बिश्वास गर छोड्ने छैन कसम
सजाएका सपना हरु तोड्ने छैन कसम
पोखरा अनि कुस्मा हुदै आऊनु छिट्टै बाग्लुङ
पर्खि बस्छु अन्त नाता जोड्ने छैन कसम

पुरन बियोग
सबै कुरा रोज्न गाह्रो हुन्छ कि
खुशीहरु जोख्न गाह्रो हुन्छ कि
बाग्लुङमा म आई पुगे पछि
तिम्रो घर खोज्न गाह्रो हुन्छ कि

समिक्षा भुसाल
माया भन्नी के रहेछ लाए पछि थाहा पाउछौ
सजिलो या गाह्रो पाए पछि थाहा पाउछौ
तिमलाई के को टेनसन भयो लिन म आउछु
कहाँ रहेछ घर बाग्लुङ आए पछि थाहा पाउछौ

पुरन बियोग
मायाले मन बेरी पर्खि बस्नु है
मन मुटूलाई घेरी पर्खि बस्नु है
तिमलाई भेट्न समिक्षा आउदैछु म
संधै मेरै बाटो हेरी पर्खि बस्नु है


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


 पुरान वियोग र लक्ष्मी बादल
पुरन बियोग
छोडि हिडे प्रदेशमा जन्म घर आमा

तिमलाई खुशी बनाउने छ रहर आमा
यहाँ धेरै भयो प्रदेशमा रुंदै बसेको
के कस्तो छ घरको हाल खबर आमा

लक्ष्मी बादल
तिमी टाढा गए देखी खुशी छैन गाँउमा
तिमी प्रदेशी भए देखी खुशी छैन गाँउमा
शुन्य लाग्छ गाँऊ घर जसो तसो बाँचेकी छु
तिमी मुग्लान रहे देखि खुशी छैन गाँउमा


पुरन बियोग
घरी घरि तिम्रै सम्झना आउछ आमा
यि मेरा आँखा संधै रसाउछ आमा
आफन्त बिनाको यो बिरानो गाँउमा
संगी साथी गाँउको यादले सताउछ आमा

लक्ष्मी बादल
फर्क बाबु अब आफ्नै गाँउमा केही गर्नु पर्छ
जे जाने छौ अब आफ्नै ठाँउमा केही गर्नु पर्छ
म बुढीको के भर छर अस्ताउछु कुन दिन
आऊ बाबु अब आफ्नै नांउमा केही गर्नु पर्छ

पुरन बियोग
यहाँ बस्ने मेरो मन थिएन आमा
ईश्वरले दुःख पिडा लिएन आमा
अर्को पाली तिहारमा पक्कै आउने छु
यसपाली साहुले छुट्टी दिएन आमा

लक्ष्मी बादल
पैसा मात्रै सबै कुरा हैन हेर छोरा
अब मेरो बाँच्ने दिन छैन धेर छोरा
मर्ने बेला एकचोटी मुख देख्न पाए हुनी
आइज बाबु गाँउमा खुशी चैन लेर छोरा

पुरन बियोग
सक्दिन ठाँऊ चिन्न म के गरु आमा
अनि सबै खुशी किन्न म के गरु आमा
गाँऊ आउने अहिले नै रहर छ मेरो
पापी साहुले छुट्टी दिन्न म के गरु आमा

लक्ष्मी बादल
छोड बाबु त्यहाँ काम आऊ आफ्नै गाँउमा
साथी संगी संग प्रित लाऊ आफ्नै गाँउमा
तिमी आए आउछ छोरा सारा गाँउको खुशी
जिद्दी नगर टेक छोरा पाऊ आफ्नै गाँउमा

पुरन बियोग
अब तिनी कुरा गर्ने हैन आमा
मलाई त्यस्तो गाह्रो छैन आमा
पासपोट साहुले नै राखेको छ
भागेर आउनलाई मिल्दैन आमा

लक्ष्मी बादल
आमा भन्दा पनि तिमलाई काम प्यारो लाग्छ भने
माया ममता भन्दा पनि दाम प्यारो लाग्छ भने
केही भन्नु छैन छोरा जे मन लाग्छ त्यही गर
नेपाल भन्दा नि बिदेश कै नाम प्यारो लाग्छ भने

पुरन बियोग
अब छिट्टै घरमा आउने छु आमा
दुई पैसाको भरमा आउने छु आमा
दुःख भुल्दै रुन छोड्दै खुशी भएर
म रहरै रहरमा आउने छु आमा

लक्ष्मी बादल
तेसो भए तिम्रै बाटो हेर्दै बस्छु छोरा
थोरै खुशीको सास फेर्दै बस्छु छोरा
भाई बैनी बाबा अनि अरु धेरै खुशी छन
तिमी आउने दिन मनमा केर्दै बस्छु आमा

पुरन बियोग
चोखो माया लाउन आउदै छु आमा
खुशी मनमा छाउन आउदै छु आमा
ढिडो सिस्नो खाएर आफ्नै देशमा
पसिना बगाउन आउदै छु आमा


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


  पुरन वियोग र सरला नेपाल

पुरन बियोग
जिन्दगीका दुख पिडा फाल्न पाए हुन्थ्यो
प्रगतीका पाईला हरु चाल्न पाए हुन्थ्यो
ठुलो महल बनाएर झारु पुछा लाउने
एउटा गतिलो नोकर बसाल्न पाए हुन्थ्यो

सरला नेपाल
घरको फोहोर मैला फाली बस्ने छु
हजुरको दुख पिडा अङगाली बस्ने छु
घरको नोकर मलाई राख्नु भयो भने
यो भब्य महल अब सम्हाली बस्ने छु


पुरन बियोग
त्यहाँ बाट यहाँ आउन सक्छेऊ र 
मेरो मन मुटूमा छाउन सक्छेऊ र 
महल धेरै ठुलो छ हेर सरला मेरो 
त्यो महलमा झारु पुछा लाउन सक्छेऊ र 

सरला नेपाल 
हजुरको घरमा जब दिनु पर्यो
सुबिधा मलाई सब दिनु पर्यो
जत्रो महल भए पनि काम गर्छु
मैले मागे जति तलब दिनु पर्यो

पुरन बियोग
खोजे जस्तो आज नोकर पाईयो
संगै बसी मःम चाउमिन खाईयो
हुन्छ म तिमले भने जति पुरै दिन्छु
बरु भन तिमलाई कति तलब चाईयो

सरला नेपाल
दुबै जना मिली गरौ सहमति
हजुरलाई दिन मन लाग्छ कति
गरिबलाई हजुर न पारी मारमा
दिनु होला हजुरले मन लागे जति

पुरन बियोग
त्यो हुदैन बरु घरी घरी माग्नु
काम गरे पछि मन परि माग्नु
थोरै दिए रिसाउली धेरै दिए मात्यौली
त्यसैले तिमीले फिक्स सेलरी माग्नु

सरला नेपाल
पहिला मैले काम गरेसी हजुर
काम गरेको महिना मरेसी हजुर
तलबको कुरा पछि नै गरौला
पैसाको आबश्यक्ता परेसी हजुर


पुरन बियोग
तिमी संधै फुर्ति मात्रै लाऊ छेऊ
आबश्यक्ता परेसी पैसा पाऊ छेऊ
हुन्छ तिमले जे भन्छेऊ त्यही मान्छु
भन कहिले काम गर्न आऊ छेऊ

सरला नेपाल
तलब दिन झमेला नगर्नु होला
नोकर भनि हेला नगर्नु होला
भोली बिहान आउने छु बसपार्कमा
लिन आउन अबेला नगर्नु होला

पुरन बियोग
के लाऊ छेऊ नाडीमा तिमी आफै भन
कस्ती देखिन्छेऊ साडीमा तिमी आफै भन
भोली बसपार्कमा लिन आउदा तिमलाई
पैदल आउकी गाडीमा तिमी आफै भन

सरला नेपाल
हजुरको ईच्छा जे मा आए पनि
लिनुस परिक्षा जे मा आए पनि
जसरी नि मलाई काम दिनु होला
दिनुस जागिर भिक्षा जे मा आए पनि

पुरन बियोग
तिमीले सक्ने जति काम दिने छु
बिहानी पखको न्यानो घाम दिने छु
हुन्छ तिमलाई लिन म गाडीमा आऊला
नाम दिनेछु अनि ईनाम दिने छु


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


 पुरन वियोग र भगवती लामा

पुरन बियोग
सबैको कुरा यहाँ खास गर्नु पर्छ
कसैबाट केहि पाउने आश गर्नु पर्छ
भगवती जि तपाई हामी सबै मिलेर
मुक्तकको अब बिकास गर्नु पर्छ

भगवती लामा
मुक्तकमा कुन बिषय राख्ने सोचेर भन्नु होला
धेरैले के चाहान्छन यहाँ रोजेर भन्नु होला
चिने जानेका मुक्तकिला मनहरुलाई पनि
लौन ?? के गर्ने होला भनि सोधेर भन्नु होला


पुरन बियोग
दुबै मिलि साहित्यमा खुशी छरौला
मर्नु परे बरु दुबै जना संगै मरौला
ढुक्क हुनु भगबती जि म अबश्य साथ दिन्छु
कहिले देश कहिले मायाका कुरा गरौला

भगवती लामा
रोई रहेको देशको कुरा के गराई भो र
चिन्या छैन पिरतीमा के हेराई भो र
जे पर्ला मुक्तक लेखिन्छ लेख्न चाँहि
तर पुरन जि संगै के मराई भो र

पुरन बियोग
देश रोएनी हामी केहि गर्न सक्छौ
सबैको ओठमा हाँसो खुशी छर्न सक्छौ
के भर भाग्यको खेल न हो भगवती जि
संग संगै बाँच्न अनि संगै मर्न सक्छौ

भगवती लामा
जे गरे पनि देश बिगार्ने राक्षस मार्न सक्दैनौ
फर्कि न आऊ भनि सात समुन्द्र तार्न सक्दैनौ
हो बरु पिरतीको बाटो खनेर हिडौ एकैसाथ
जित होला संधै भरि कहिल्यै हार्न सक्दैनौ

पुरन बियोग
त्यो बस्तीमा गएर बाँच्नु छ हामी
संधै संगै रहेर बाँच्नु छ हामी
हुन्छ चोखो माया पिरती गाँसेर
हाँसी खुशी भएर बाँच्नु छ हामी

भगवती लामा
जहाँ पनि पिरतीको खोइरो खन्ने भेटिन्छन नि
हुंदा आफ्नो नहुंदा पराई बन्ने भेटिन्छन नि
आफ्नो गाँऊबाट निक्कलिएर बसाई सर्दा
ठुलो भाग खान गाको भन्ने भेटिन्छन नि

पुरन बियोग
म संग जे छ त्यही तिमीलाई दिँउला
तिर्खा लाग्दा पानी संग संगै पिउला
अरुले यहाँ जे गर्छन गर्न देऊ भगवती
तिमी र म संधै हाँसी खुशी जिउला

भगवती लामा
अरुको नजरबाट गिरेर बाँच्ने कसरी
बैमानीको संज्ञा भिरेर बाँच्ने कसरी
भन्नु हुन्छ हजुर माया हो सबथोक
ईष्टसँगको सम्बन्ध चिरेर बाँच्ने कसरी

पुरन बियोग
ईष्टसंगको सम्बन्ध गाँस्न सक्छौ हामी
रुने छैनौ संधै भरि हाँस्न सक्छौ हामी
आत्मबिश्वासका साथ अगी बढौ भगवती
संधै भरि खुशी भएर बाँच्न सक्छौ हामी


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  एक्ली रितु र पुरन वियोग

पुरन बियोग
दाङको पुरन्धारा हो मेरो घर
तिमी बाहेक मेरो यहाँ को छर
ए मेरी नक्कली छुच्ची काली सुन
माया भए फोनै गर मिस्कल नगर

एक्ली रितु
थाहा छ मलाई तिम्रो नाम अनि ठेगाना
तिम्रै हुँ भनि निकै गर्यौ बाहाना
फोन गर्दा उठाउदैनौ तिमीले
फेरि किन जगाउछौ बोल्ने चाहाना


पुरन बियोग
यता तिर सर भनेकै हो रितु
मेरै भरमा पर भनेकै हो रितु
म अहिले काममा बि जि छु है
पछि फोन गर भनेकै हो रितु

एक्ली रितु
तिम्रै भरमा पर्दा खेरि पुरन
उतै बसाई सर्दा खेरि पुरन
बि जि छु भन्दै मुटु दुखाई हाल्यौ
दुई पटक फोन गर्दा खेरि पुरन

पुरन बियोग
यो समयले मलाई धोका दियो रितु
अनि मेरा सारा खुशी लियो रितु
तिमीले दुई पटक फोन गरेको बेला
मेरो मोबाईल चार्जमा थियो रितु

एक्ली रितु
समयलाई दोष दिई भाग्न नखोज
आफ्नै खुशीबाट आफै भाग्न नखोज
मिस्कल देखेसी रिप्लाई न गरि
आफ्नो गल्ती बाट भाग्न नखोज

पुरन बियोग
हिजो राती मैले पानी पिएन क्या रितु
पिउछु भन्दा नि उसले दिएन क्या रितु
यता मेरो कुरा सुन न यार तिमले
कसम मिस्कल गर्ने पैसा थिएन क्या रितु

एक्ली रितु
दोष दिन सिपाई पानीलाई दोष दियौ
दिएन भन्दै नानीलाई दोष दियौ
झुटको सिमा नाघ्ने कोसिस तिम्रो
मन छैन भनि पैसा र जवानीलाई दोष दियौ

पुरन बियोग
तिमी हौ मेरो आँखाकी नानी
तिर्खा लाग्दा पिलाई दिनु पानी
तिम्रै लागी साँचेर राख्या छु
मेरो यो कलकलाउदो जवानी

एक्ली रितु
साँच्चै मलाई आँखाकी नानी भन्छौ भने
मेरै लागी साँचेको जवानी भन्छौ भने
एक चोटि मिस्कल रिप्लाई पक्कै गर्थ्यौ
आफ्नो मनको मलाई रानी भन्छौ भने

पुरन बियोग
संधै भरि तिम्रै भरमा पर्ने छु रितु
तिम्रै लागी सारा खुशी छर्ने छु रितु
त्यो दिन ब्यालेन्स कम भएर हो
अब संधै तिमीलाई फोन गर्ने छु रितु

एक्ली रितु
मलाई मख्ख पार्ने कोसिस नगर भो
जिन्दगीमा अरु संग भर पर भो
रितु लाई संधै साथ दिन सक्दैनौ
त्यसैले अरु संगै खुशीका रंग छर भो

पुरन बियोग
जिबन भरि तिम्रै भर छ मलाई
धोका दिन्छेऊ कि भन्ने डर छ मलाई
मैले मख्ख पारेको होईन क्या रितु
तिमीलाई नै बिहे गर्ने रहर छ मलाई


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku