जब
मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू
जब
मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू
सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू
सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू
पखालिन्न
पीडाको खत नपुज निर्जीव ढुङ्गा
तिमीलाई नै गिज्याउँदछन् ती पीडाका पोकाहरू
तिमीलाई नै गिज्याउँदछन् ती पीडाका पोकाहरू
कालोलाई
कालो देख्न छाड्छन् भने तिम्रा आँखा
आफ्नै थाप्लो उक्लिएर माथि चढ्छन् धोकाहरू
आफ्नै थाप्लो उक्लिएर माथि चढ्छन् धोकाहरू
जबसम्म
खान्छ द्यौता रगतको अर्घ मात्रै
तबसम्म मर्छन् निर्दोष मन्दिरमा बोकाहरू
तबसम्म मर्छन् निर्दोष मन्दिरमा बोकाहरू
–अनमोल मणि
तिमीकन आफ्ना सारा
तिमीकन आफ्ना सारा, कथा
भन्न सकिएन ।
हृदयका मर्म मेरा, व्यथा कन्न सकिएन ।।
तिम्रा लागी म त केवल, बलुवाको कण भएँ ।
आकाशमा चम्कने ती, तारा बन्न सकिएन ।।
बुढो वृक्ष सरी मेरो, मुटु भरी बेदना भो ।
पिरतिमा कोमल मन, पीडा धान्न सकिएन ।।
भावनाका पातहरु, कती सुकी झरी गए ।
रूख-मनी छरीएका, लता गन्न सकिएन ।।
देह मेरो जड भयो, आत्मा कतै उडी गयो ।
सोँच बिना जीवन यो, जीउँदो मान्न सकिएन ।।
मरिसकें तर पनि, बाध्यता यो रित भयो ।
धड्कनको धक्धकले, चिहान खन्न सकिएन ।।
हृदयका मर्म मेरा, व्यथा कन्न सकिएन ।।
तिम्रा लागी म त केवल, बलुवाको कण भएँ ।
आकाशमा चम्कने ती, तारा बन्न सकिएन ।।
बुढो वृक्ष सरी मेरो, मुटु भरी बेदना भो ।
पिरतिमा कोमल मन, पीडा धान्न सकिएन ।।
भावनाका पातहरु, कती सुकी झरी गए ।
रूख-मनी छरीएका, लता गन्न सकिएन ।।
देह मेरो जड भयो, आत्मा कतै उडी गयो ।
सोँच बिना जीवन यो, जीउँदो मान्न सकिएन ।।
मरिसकें तर पनि, बाध्यता यो रित भयो ।
धड्कनको धक्धकले, चिहान खन्न सकिएन ।।
-दिपेश श्रेष्ठ
आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ
आधा
छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ
सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ
सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ
यो
स्नेहको बिरुवा कैले पनि नसुकोस्
फूलबारीको म माली मधुमालिनी तिमी हौ
फूलबारीको म माली मधुमालिनी तिमी हौ
हाँसेर
मोह गर्ने बोलेर दिल हर्ने
म कृष्ण हुँ कलीको तर ग्वालिनी तिमी हौ
म कृष्ण हुँ कलीको तर ग्वालिनी तिमी हौ
हाम्रो
अखण्ड प्रीतिको उपमा दिऊँ के
श्रीखण्डको म हाँगा हुँ, नागिनी तिमी हौ
श्रीखण्डको म हाँगा हुँ, नागिनी तिमी हौ
यो
प्रेमको कहानी सुन्नेहरू चर्किन्छन्
म राग हुँ उषाको औ रागिनी तिमी हौ
–भिमनिधि तिवारी
म राग हुँ उषाको औ रागिनी तिमी हौ
–भिमनिधि तिवारी
मुक्तिको तिथिमिति...
बूँद राना
मुक्तिको तिथिमिति गन्दै छ कलैया
'हुन्छ, उज्यालो हुन्छ' भन्दै छ कलैया।
नौलो बिहानी यौटा जन्माउँछु भनी
नसोध कहिलेदेखि कन्दै छ कलैया।
दिनरात ज्याति निम्ति जल्दै छ तापनि
निन्दकहरुले भन्छन्– 'ठन्डै छ कलैया।
पोल्यो भने धूवाँ भै पिर्ने हुँदा अझै
सिनोका निम्ति खाल्डो खन्दै छ कलैया।
म पाठ के सिकाउँ त मुक्ति र त्यागको?
निष्कर्षमा दधिची बन्दै छ कलैया।
बूँद राना
मुक्तिको तिथिमिति गन्दै छ कलैया
'हुन्छ, उज्यालो हुन्छ' भन्दै छ कलैया।
नौलो बिहानी यौटा जन्माउँछु भनी
नसोध कहिलेदेखि कन्दै छ कलैया।
दिनरात ज्याति निम्ति जल्दै छ तापनि
निन्दकहरुले भन्छन्– 'ठन्डै छ कलैया।
पोल्यो भने धूवाँ भै पिर्ने हुँदा अझै
सिनोका निम्ति खाल्डो खन्दै छ कलैया।
म पाठ के सिकाउँ त मुक्ति र त्यागको?
निष्कर्षमा दधिची बन्दै छ कलैया।
के भनूँ म गजल यो कस्तो हुनुपर्छ?
के भनूँ म गजल यो कस्तो हुनुपर्छ?
गजल हो गजलकै जस्तो हुनुपर्छ।
जीवन र जगतका निम्ति हो भने त
घाम, पानी, हावासरि सस्तो हुनुपर्छ।
'कजल' र 'खजल' भै खज्मजिनु हुन्न
ढुङ्गे मुटुभित्र सोझै पस्तो हुनुपर्छ।
काफिया र रदिफको मेल अति राम्रो
मितेरीको साइनो त्यो कस्दो हुनुपर्छ।
तौल, मापो, भार तल–माथि हुनुहुन्न
एकै लहर, एकै ताँती बस्दो हुनुपर्छ।
विलापेर 'ऐया, आत्था' मात्र गर्ने हैन
घाउमाथि मलम पो घस्तो हुनुपर्छ।
के भनूँ म गजल यो कस्तो हुनुपर्छ?
गजल हो गजलकै जस्तो हुनुपर्छ।
जीवन र जगतका निम्ति हो भने त
घाम, पानी, हावासरि सस्तो हुनुपर्छ।
'कजल' र 'खजल' भै खज्मजिनु हुन्न
ढुङ्गे मुटुभित्र सोझै पस्तो हुनुपर्छ।
काफिया र रदिफको मेल अति राम्रो
मितेरीको साइनो त्यो कस्दो हुनुपर्छ।
तौल, मापो, भार तल–माथि हुनुहुन्न
एकै लहर, एकै ताँती बस्दो हुनुपर्छ।
विलापेर 'ऐया, आत्था' मात्र गर्ने हैन
घाउमाथि मलम पो घस्तो हुनुपर्छ।
बूँद राना