100 Nepali Muktak Collection Parts 4

जन्मे र यहाँ मान्छेले दिन्छ परिचय /
कतै हासो कतै खुसीले लिन्छ परिचय //
सुख र दुख जिबनको बाच्ने बहाना संगै
कतै नामि कतै बदनामीले चिन्छ परिचय
बिकेन्द्र सहयात्री

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

सम्बन्ध कस्तो हुन्छ जाेडेपछि थाहा हाेला
बिरुवाको भविष्य नि गाेडेपछि थाहा हाेला
यात्रुकाे यात्रा राेकिन्छ कि लम्बिन्छ त
सायद सवारीले बाटो माेडेपछि थाहा हाेला
राजकुमार भुजेल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

नयाँ बर्ष , बर्सेनिको दशै - तिहार शुभकामना !
ब्रतबन्ध , बिबाह र माया पियार शुभकामना !!
पढाईमा , जागिरमा , नौला ठाउँ यात्रा अझै ,
जन्म दिन आए उस्को सियारमा शुभकामना !!!
शालिग्राम अर्याल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

आशीर्वाद - शुभकामना दिइराछौँ निरन्तर ।
आफन्तले दिंदा हामी लिइराछौं निरन्तर ।
यस्तै लिने-दिने गर्छौं कति फल कस्ले पायो ?
दिने-लिने सबै सधैं खिइराछौं निरन्तर !!!
शालिग्राम अर्याल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

आगो बिनै भित्र भित्रै जलि रहन्छु म /
निभ्न लागेको दियो झै बलि रहन्छु म //
चर्किएर घाउहरु भत्भती पोलि रहदा
तिम्रो यादले बेहोस भै ढलि रहन्छु म //
बिकेन्द्र सहयात्री

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

निश्च्ल अनि पबित्र मायामा हार हुदैन भन्नेले !
मुटु खोप्ने बचनको प्रहार हुदैन भन्नेले !!
हेर परिस्थिति बद्लियो भन्दै अर्कै दुनियाँ रोजे
तिमी बिना जिउँने कुनै संसार हुदैन भन्नेले !!!
बिकेन्द्र सहयात्री

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

मनको भारी बिसाउने चौतारी पाए देखिन् !
सुख दुखमा संघर्ष गर्ने दौँतरी पाए देखिन् !!
कसम आजै मन मुटुमा सजाएर राखि दिन्थे
यो मनले खोजेको असल नारी पाए देखिन् !!!
बिकेन्द्र सहयात्री

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

आशिवाद् र शुभकामना कर्मसंग जोड्न सिकौ, ।
एक् अर्काको दुख-सुख मर्मसंग जोड्न सिकौं ।
नयाँ बर्ष बहत्तरको दिएँ सबमा शुभकामना ,
आउँदा दिनमा यस्लाई अझै धर्मसंग जोड्न सिकौं 
शालिग्राम अर्याल

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

नव बर्ष सबैलाई देउ सुशान्तिको रस ।
सत्बुद्धी र सुस्वास्थ्यभै सबैको तनमा पस ।।
देऊ सत्मार्गको यात्रा नेता जन्ता सबैमहाँ ।
असत्- निकम्मको त्याग गराइद्यौ सबैयहाँ ।।
शालिग्राम अर्याल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

जब कालो रात चिरेर निरास प्रभात भैदिन्छ।
त्यतिनै बेला सिङ्गो सपना बर्बाद भैदिन्छ।
मृत्युको बिकल्प खोज्दैन-सोच्दैन पागल प्रेमी
जब जिन्दगी टुक्राटुक्रा मा अनुवाद भैदिन्छ ।
गणेश के.सी.

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

आसु संग हासो साट्नु कमजोरी त मेरै थियो
पिरतीको डोरी बाट्नु कमजोरी त मेरै थियो
माया गर्छु भन्दै घाटी रेट्ने हरुको विश्वासमा
साथ लागी डाडा काट्नु कमजोरी त मेरै थियो
रेखा पन्त

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

नजर नजरले डसेर केहि हुदैन कान्छी
मायाजालमै फसेर केहि हुदैन कान्छी
तिमी कती राम्री छौ जुनलाइ सोध्नु बरु
लालीपाउडर घसेर केहि हुदैन कान्छी
निर्दोष  उमेश 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

अनेक रुप रङ्गमा चल्छ मान्छे
आ-आफ्नै ढंगमा फल्छ मान्छे
सयौ थरी चाहना अनि ईच्छामा
हरेक साझ हुक्कामा जल्छ मान्छे
एच.के.धिताल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

पहिल्यै हात फैलाउंछौ तर हामी माग्दैनौ
दिने दाता थाकि सक्यो लिने हामी थाक्दैनौ
के साँच्चै लाज पचेकै हो हामी नेपली लाइ
बिस्वसामु अलिकति आफ्नै इजत् राख्दनौ
राइ बबुरो ,

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

सङघर्षमा झेलिएको पर्खाई रहेछ जिन्दगी
मायामा छटपटिएको रुवाई रहेछ जिन्दगी
बिगत र वर्तमानलाई केलाएर हेर्दाखेरी
एक्लो जिबनको भोगाई रहेछ जिन्दगी
अमृत लामीछाने

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

उनकै यादमा मन जलिरा'छ भतभती |
अन्जानमै झोसेछु प्यारको आगो हतपत्ती ||
अव भुलिदेउ भनेकी छे निष्ठुरीले सधै,
था'छ, कहां पाइन्छ, कति पर्छ भुल्ने ओखती??
डा.रमेश केसी जुम्ला

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

खाटो बस्दो घाउ फेरि कोट्याई रहेछु।
चिन्ता गर्दै आफ्नो आयू छोट्याई रहेछु।
न लौरो न हतियार, छ यो दिलमा
भित्र भित्रै खै के ले सोट्याई रहेछु।
श्रीधर ढकाल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

बाध्यता मा बाच्नुपर्ने कर भो जीवन
चुहिने छानो भत्केको घर भो जीवन ।।
सहयात्री मित्रहरु कहाँ कहाँ पुगिसके
आफ्नु भने चौतारीको बर भो जीवन ।।
अनिल सौगात सुवेदी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

हेलो भन्दै तिमी आउंदा आनन्दित हुन्छु सानु।
कल्पनामा हराउंछु अनि तरङ्गीत हुन्छु सानु।
तिम्रो चोखो माया मा रमाउनुको मज्जा बेग्लै।
आफ्नै खुशी देखि आज आफैं चकित हुन्छु सानु।
हरि प्रसाद  अर्याल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

माया टाढा हुदा आज,सारै मन रुन्छ!
हर बखत उसको याद,आँखा सामू हुन्छ!!
मेरो यो हिर्दयले ,सँधै उसलाई सम्झी!
पल पलमा हरेक,सुन्दर सपना बुन्छ!!
बिरेन्द्र कार्की

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

ध्यानाकर्षण नगरेर सिकाएन भन्नू गल्ती
जो जानेको बाटोघाटो देखाएन भन्नू गल्ती
परिक्षाको समयमा पछि हट्ने विद्यार्थीले
मास्टरलाई दोषी ठानी पढाएन भन्नू गल्ती
राजेश पाठक प्याशी आत्मा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

                    प्रेममा धोका 
प्रयास गर्ने हो भने त टाढा थे'न बिधालय
साथीलाई दिनुभयो , गुरुजीको परिचय
मध्य दिनमा भ्रम हुन्न , यति जान्ने हजुरले
जानीजानी गर्नुहुन्छ , निदाएको अभिनय !!
राजेश पाठक प्याशी आत्मा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

ज्ञान सकिन्न सिकाएर थाहा छ हजुर सबैलाई
अमृत पनि कहिलेकाही बिख लाग्छ कसैलाई
साहित्यको यात्रा गर्दा देखेकै हो यो घटना
गल्ती भनी औंल्याएर देखाउँछन् भलैलाइ !!
राजेश पाठक प्याशी आत्मा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

यहाँ फस्टाएको मात्र मैन बत्तिको ब्यपार छ।
अन्य सम्पुर्ण क्षेत्रमा लोडसेडिङको मार छ।
जलस्रोतको दोस्रो धनी देश भए पनि नेपाल
विधुतिय उपकरणमा विधुतको हाहाकार छ।
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

होस पुर्याई हिड्नु अधेरोमा लडिएला
भर्याग चड्न खोज्दा मुन्तिर ढलिएला
लोडसेडिङको आगमनले दुर्घटना निम्तिएर
यो संसारबाट अर्कों दुनियामा चलिएला
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

शुभ खबर छिट्टै सुन्न पाऊँ चाहना छ
खोलामा पानी छैन नेताको बाहना छ
कहिले होला देश लोडसेडिङ मुक्त
सबै उत्सुक छन्न् कहिले जुर्ने लहना छ
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

मन्त्रि निवास जादैछु टुक्कि र मैन बत्ति दिन
बदलामा तिनको घरको जेनेटर इन्भटर लिन
मधुरो टुक्कि र मैन बत्ति हाम्रो घरमा बल्छ
तिनका घरमा झलमल उजेलो बत्ति बल्छ किन
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

अध्यारोमा बस्न छैन मन
बस्नै पर्ने बाध्य छ जिवन
सोलारले बत्ति त बल्छनै
तर ख़रिद गर्न छैन धन
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

युवा वृंद केटाकेटि सबै लाग्नु पर्छ
देश विकास गर्न आफै जाग्नु पर्छ
सरकारको मुख ताकेर बस्ने होईन
विदेश संग पनि सहयोग माग्नु पर्छ
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

कर्णाली आयोजना रैछ मात्र नाम
बत्ति नदिने आयोजनाको के काम
भष्टचारिलाई हटाउन यहाबाट अब
सबै मिलेर गाउले बिरोध गर्न जाम
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

आसा मात्र बाकि रयो
साँझ आउदा बत्ति गयो
कसरि चल्छ जिन्दगी
अधेरोमा बेहाल भयो
बिनुपा भण्डारी

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

खाना पकाउन खोज्दा ग्यास सिद्धियो
हिटर बाल्न खोज्दा लोडसेडिङ भै दियो
कसरि खाना पकाएर खानु होला अब
यो मन त मेरो धेरै बिचलन परिदियो
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

हामि नेतालाई मात्र धेरै गालि नगर
फर्काउ नमस्कार आउदा तिम्रो घर
विधुत आयोजना संचालन गर्दैछौ
हट्छ छिट्टै अब लोडसेडिङ भर पर
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

बिजुलिको पोल छ पोलमा तार छ
बिजुलि चै दिन नसक्ने सरकार छ
दिनमा त सुर्य देवले दिन्छन् उजेलो
रातमा बिना बिजुलि अन्धकार छ
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

जनताको आखामा छारो हालेर बस्या छन्
आफ्नो घरमा सोलार बालेर बस्या छन्
बिधुत आयोजना संचालन हुदा घोटला गर्छन्
सोझा जनता त्यै भ्रस्टलाई पालेर बस्या छन्
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

मैन बत्ति बाल्दै रातमा पढ्ने गर्या छु
छाम छुम गर्दै भर्याङ्ग चढ्ने गर्या छु
यता उति हिड्दा अधेरोमा कहिलेकाहि
अर्को ब्यक्ति सग ठोक्कि लड्ने गर्या छु
बिनुपा भण्डारी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

हजुरबाको पालामा जस्तै गरी
अन्धकारमा बस्न पर्यो सधै भरी
जमाना कहाँ पुगिसक्यो भन्छन्
तर लोडसेडिङले साथ छाडेन हरी
भगवती लामा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

बल्ल थालेको ब्यबसाय भत्कायो लोडसेडिङले
ब्यापार पनि दिनानुदिन घटायो लोडसेडिङले
केही होला भन्ने सोचेकोथेँ मैले जीवनमा
तर अचानक पिरैपिर बनायो लोडसेडिङले
भगवती लामा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

साझ परेपछि मेरी आमा दियालो बाल्नुहुन्छ
कहिले काहीँ टुकि बाल्न मट्टितेल हाल्नुहुछ
सधैभरी लोडसेडिङ भैरने हो भने यसैगरी
रिसमा एकदिन सबै तार झिकि फाल्नुहुछ
भगवती लामा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

मोबाइल अफ भाको हप्तौँ भइसक्यो
लुगामा आइरन नलाको हप्तौँ भइसक्यो
सबै घरको कामधन्दा साचेर गाउलेहरुले
बत्ति माग्न प्राधिकरण धाको हप्तौँ भइसक्यो
भगवती लामा

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

जनतामा एकता नै नभएर हो
घरिघरि प्राधिकरण नगएर हो
पोल हेरेर चित्त बुझाउन परेको
समस्या नेताजीलाई नकहेर हो
भगवती लामा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

हिमाल पहाड तराई सबै जुट्नु पर्छ अब
हातमा जे छ त्यहि लिई उठ्नुपर्छ अब
चन्द्र शूर्यको झैँ झिलिमिलि देख्नलाई
लोडसेडिङ गराउनेलाई कुट्नु पर्छ अब
भगवती लामा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

झुटो कसम खाने नेता चाहिदैन जनतालाई
महलमा बत्ति लाने नेता चाहिदैन जनतालाई
विकाशको पूर्वाधार सबैमा बिकास गर्छु भनि
सरकारमा मात्र जाने नेता चाहिदैन जनतालाई
भगवती लामा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

दिन्छु म मुटु उपहार झिकेर लानु
मुटु बिना नै बाचिन्छन भने सानू
म आफ्नै जिन्दगीको भरोस छैन
पर्दैन यार त्यो झुठो कसम खानु ||
फुर्बा शेर्पा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

जन्म घर छोडी आँए आमा ।
मेरा रहर छोडी आँए आमा ।
लाग्दो रैछ चरको घाम यहाँ
पिपल बर छोडी आँए आमा ।
उही एकल कान्छा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

खोला नाला धेरै धेरै सुन्दर उपहार छ ।
जलश्रोतमा दोश्रो देश तर अन्धकार छ ।
बर्षै पिच्छे बजेट आउँछ कता जान्छ जान्छ
लोडसेडिङपो जनतालाई सधैं लगातार छ ।
राम शरण श्रेष्ठ

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

हुँ म उनको मान्छे
उनी जुनको मान्छे
नढाटि भनन ए जुन
तिमि कुनको मान्छे
बिकि सुधा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

कुनै बेला न जानेर बाटो बिराएछु भने
अटल, स्वाभिमानि शिर गिराएछु भने
सम्झाइ बुझाइ सुध्रिने मौका दिनु प्रिय
भुलचुकले तिम्रो मनलाई पिराएछु भने
बिकि सुधा

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

नारी सारा, भगवान अनि विशाल धर्ती हुन
गिता, रामयण, गुरुदेब, उपदेस र अर्ती हुन
आमा, दिदी, बहिनि, साथी र जीवन साथी
सबै भुमिका निबाइ समर्पित पुरुष पर्ती हु
बिकि सुधा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

मलाइ फरक पर्ने छैन चाँडो वा ढिलो दिएर
आफुलाइ सु:ख मलाइ दु:खको बिलो दिएर
अरे मत सधैं सकारात्मक सोच राख्ने मान्छे
कमल फुल फुलाइ दिउँला जाउ हिलो दिएर
बिकि सुधा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

मन डुलाउन कलम चलाउछु कैले कसो।
तन भुलाउन कलम चलाउछु कैले कसो।
एक्लो सधै उकुसमुकुस नेपाल बन्द झै,
बन्द खुलाउन कलम चलाउछु कैले कसो।
दुखी असीम

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

नुन चामल किनी लान्छन म प्रदेशमा भए
साझ बिहान टन्न खान्छन म प्रदेशमा भए
रगत संग पैसा साटी खर्च पठाउदा मैले
केहि दिनलाई खुशी मान्छन म प्रदेशमा भए
रेखा पन्त

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

मेरो लागि हिरा फोर्ने भेटेकी छु आज यहाँ
भाबी र बर्तमान कोर्ने भेटेकी छु आज यहाँ
आज सम्म कोहि कसैलाइ नदिएर राखेको
यही रेखाको मन चोर्ने भेटेकी छु आज यहाँ
रेखा पन्त

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

शिरै छेदन गरी लैजा मुटु रेट्नु भन्दा
एकमुठी सास हरि लैजा उसलाई भेट्नु भन्दा
धब्बा लाग्दा चरित्रमा जिउने मन छैन कत्ति
खेलै खतम पारिदिन्छु आसु समेट्नु भन्दा
रेखा पन्त

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

मनमा उनि तनमा उनि आखाको नानीमा उनि
मैले खाने भोजन संगै प्यासको पानीमा उनि
मायाको श्री गणेश उनैबाट इतिश्री पनि उन्मै हुन्छ
रेखाका जिन्दगीका हरेक कहानीमा उनि
रेखा पन्त

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

सपना देख्नलाई निदाउनु पर्छ
भाबना लेख्नलाई मिलाउनु पर्छ
मुखले भनेर केहि हुदैन यहा
विश्वास सबैलाई दिलाउनु पर्छ
रेखा पन्त

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

कहिले भन्छौ यता मलाई हामी एक भै बसम रेखा
सातै जुनी एक अर्कामा पिरतीले ड्सम रेखा
राम्री भन्छौ काली भन्छौ डल्ली भनी बोलाउछौ
भनिरह्यौ प्राण मेरो विश्वास गर कसम रेखा
रेखा पन्त

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

झिलिमिली जुनकिरी झैँ आउने जाने बत्ती
लोडसेटीङ ले समाचार सुन्नै पनि आपत्ति
लालटिन बालेर गुजारा गर्न पर्ने कैले सम्म
यो समस्या कैले हट्छ ए सरकार भनिदे यत्ति
सागर भण्डारी "बिभोर"

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

बगेकि छन गंगा तल माथि सुख्खा टाट छ
हाम्रो पानी छिमेकिले सिंचाई गरी फाँट छ
हाम्रा नेता सुतिराछन कानमा तेल हालेर
उठौं जागौं गरौं भन्ने खै कस्को आँट छ
सागर भण्डारी "बिभोर"

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

जरूरी थियो फोन गर्न उता सन्चो थेन
बढ्दो लोडसेडिंङले चार्ज गर्न पनि देन
कसरी अब था पाउने हाल खबर टाढाको
कैले राम्रो ब्यवस्था गर्न सरकारले सकेन

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

म बसेको छु अधेरो मा खोला बगेको छ
कोशि बाट अरुण जस्तो भारत लगेको छ
के भनौ र देशको ब्याथा पानी पानी भएर नि
भए जति खोला नाला बेचेर नै सकेको छ।
प्रिन्स याक्खा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

आउनुस हाम्रो आवाज बडाउनु पर्छ
नेपाल मा लोडसेटिङ घटाउनु पर्छ
देश बिकासको नाममा भ्रस्टाचार भो
यो क्रम लाई निर्मुल पारी हटाउनु पर्छ।
प्रिन्स याक्खा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

पानी नभए पनि खाडि मुलुक बलेका छ
हाम्रो देशमा भने खोलै खोला बगेका छ
जलस्रोतको दोस्रो धनी देश भएर के गर्ने
नेपाल भने अध्यारोको पिरले जलेका छ
प्रिन्स याक्खा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

किन होला लोडसेडिङ को निकास भएन
दुनियामा नेपाल मात्रै किन विकास भएन
सबै दोषि नेता नै हो यती मात्रै बुजेको छु
यसै कारण कोही नेताको विश्वास भएन ।
प्रिन्स याक्खा

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

यो दुनियाँमा मलाई नै किन चयन गरियो?
अनि गलत ठाँउमा यसरी प्रयोजन गरियो।
हो मान्छेमा मानवता हराएको हुनुपर्छ यहा
तिम्रो व्यबहार बाट यही मुल्यांकन गरियो ।
भिजन गुरागाई

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

दुनिया कती जाली रैछ आजै थाहा भयो
यो दिल पनि खाली रैछ आजै थाहा भयो
हो रम्न सम्म रमिएछ ब्यर्थ सुन्दरतामा
गोडमेल गर्ने माली रैछ आजै थाहा भयो
भिजन गुरागाई

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

समिपैमा आएर बस तिम्रो अभाव भएको छ।
क्रमै संग दिलमा पस तिम्रो अभाव भएको छ।
हो तिमी नै हौ मेरो निम्ति थोरै खुसी थपी दिने
पिरतीलेे मलाई कस तिम्रो अभाव भएको छ
भिजन गुरागाई

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

दुखाएर मन के के भन्छौ तिमी
नबुझेरै झन के के भन्छौ तिमी
रोजनत पिरतिमा के चाहन्छौ प्रिया
म गरिव या धन के के भन्छौ तिमी
भिजन गुरागाई

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

दिल दुखेको ओखती कहाँ पाहिन्छ?
भनीदेउन खोजे जती कहाँ पाहिन्छ ?
लागी पर्छु म पनि जिलो ज्यान दिएर
एउटी असल श्रीमती कहाँ पाहिन्छ ?
भिजन गुरागाई

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

समय कहिल्यै एक नास हुदैन ।
मालिङगो बढेर कतै बाँस हुदैन।
सिस्नो भनेको सिस्नै हो पोल्छ।
जति कल्कल भएनि घाँस हुदैन ।
भिजन गुरागाई

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

उपहारमा कसैको नजर आएको थियो।
कोठामा वस्नु भन्दै घर आएको थियोे ।
हिजो अस्तिका कुरा छोड्नुस न आज
भिजन चुम्बन दे भन्दै अधर आएको थियो।
भिजन गुरागाई

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

कि त दम नै छैन जनताको प्रार्थना र पुकारमा
या भने कान थुनेरै बसेका छन् प्रभुहरु सरकारमा
'बुद्धी' भका र 'महान नेता' त उज्यालोमै छन् नि
'मुर्ख जनता' थन्किन्छन्   अँधकारमा ।
सौरब कारन्जित

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

शब्द शब्द खेलाउन जान्नुपर्छ महाशय ,
श्रोता दर्शक आफै तिर तान्नुपर्छ महाशय,
चार हरफ कोर्दैमा कहाँ बन्छ र मुक्तक ,
चस्स मुटु छुने बाण हान्नुपर्छ महाशय ।।
मदन भण्डारी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

धोका भयो प्रेम पत्र उस्ले लिएन।
भन्छौ अझै एकहुन भग्यले दिएन।
अर्को फुलमा तेस्तो के देखेउर दुर्गा।
उस्मा जस्तो जुन कुरा म मा थिएन।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

दुर्गा कँडेल
धोका दिने मेरो मन थिएन प्रिया।
तिम्लाई खुसीपार्ने धन थिएन प्रिया।
म गरिबको छोरा मजदुर गर्दै बाँच्ने।
गरिखाने कोदालीअनि घन थिएन प्रिया।

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

खुमा पौडेल
मलाई धन हैन माया भए पुग्थ्यो।
सधै तिम्रो मलाई छाँया भए पुग्थ्यो।
महलमा बाँस हिरा मोती चैदेन दुर्गा।
तिमीसधै मेरो दायाँ बायाँ भए पुग्थ्यो।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

दुर्गा कँडेल
माया मात्र ठूलो हैन बाच्न धन चाहिन्छ।
म मात्र छैनकेटा खोजे अरुपनी पाहिन्छ।
तिमी सुखमा हुर्केकी रुखो खाना सक्तिनेउ।
हामीले त जसो तसो खोले सिस्नो खाहिन्छ।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

खुमा पौडेल
महादेव लाई सेवा गर्नु पर्बतीको धर्म हो।
हजुरले कुरा बुझ्नु हुन्न यो ठुलो मर्म हो।
हजुर जहाँ म पनि तेहा खुसी रहने छु।
सोच्नेछु कि यो एउटा छोरीको कर्म हो।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

दुर्गा कँडेल
बल नगर गरिब सँग गै भन्ने छन हे र।
आफ्नै परिवार तंगारो बन्ने छन हे र।
हाम्रो मनमुटुको आफ्नै सहयात्री पनि।
भोलि गएर हाम्रै खोइरो खन्ने छन हे ।

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

खुमा पौडेल
दुनियाँका कुरा नसुन जे जे हुन्छ हुन्छ प्रिय।
नमुना बनाँउ हाम्रो माया सगरमाथा छुन्छ प्रिय।
आँटगर हाम्रो मायाप्रेम सफल बनाई देखाईयो भने।
आशाछ पक्कै एक दिन यो सारा जगत रुन्छ प्रिय।
 
Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

दुर्गा कँडेल
मुर्खता नदेखाउ मायामा समझदार हुनु पर्छ।
जयजयकार गर्छन एकदिन ईमान्दार हुनु पर्छ।
अब पनि केटा केटि पारा गरेर हुन्न हे र खुमा।
ढाँटीछली जाने होइन मायामा बफादार हुनु पर्छ।

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

खुमा पौडेल
पागल नभएर के गरम तिम्लाई माया गर्ने मान्छे म।
तिम्रैलागि फुलेभने तिम्रैलागि ओइलि झर्ने मान्छे म।
यदि तिमीले यो हातलाई थामी दिएनौ भने प्रिया।
तिम्रै यादमा ब्यकुल भै पल पल मर्ने मान्छे म।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

दुर्गा कँडेल
हुन्छ त प्रिया तिमी राम्रो मान्छे हुनु है।
म जमिनमै रमाउला तिमी आकश छुनु है।
तिम्रो मेरो बिचको तंगारो धन नै रहेछ।
साथ दिनलाई सकिन कहिलई न-रुनु है।

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

मायाको तलाउ सुकाएर जान्छ उसैले
पटक पटक मन दुखाएर जान्छ उसैले
जसको आफ्नो भन्दानि बढी भर पर्यो
बिश्वासको डोरि चुडाएर जान्छ उसैले
बिकि सुधा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

सधै? सपनिमा तिम्लाई देख्न थालें प्रिय।।
यहाँ पागल भनि दुनियाँले हेप्न थालें प्रिय।।
छाति भित्र कोमल मुटु दुःखि हाल्छ मेरो।
सहन गाह्रो भयो रचना लेख्न थालें प्रिय।।
प्रकाश मगर बियोगी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

संगै मर्ने कसम खाने निष्ठुरी कस्तो।।
मुटुमा तिर हानि जाने निष्ठुरी कस्तो।।
माया जालमा बाँधेर नब प्रेमि लाई।
बियोगमा फसाई लाने निष्ठुरी कस्तो।।
प्रकाश मगर बियोगी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

होजो एउटा नारिको बलत्कार भयो रे।।
अदालत गई न्याए माग्दा हार भयो रे।।
सबै नारी उठ्नु पर्यो अधिकार ल्याउन।
दिदि बचाउदा भाईको मारामार भयो रे।।
प्रकाश मगर बियोगी

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

फर्कि आयौ फेरी जिउंन बाध्य भए।।
टुक्रिएका मुटुहरु सिउंन बाध्य भए।।
तर तिम्रो ब्याहार उहि पुरानो रहेछ।
बाच्न सकिन बिष पिउंन बाध्य भए।।
प्रकाश मगर बियोगी

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

दुई मुटुलाइ एकै ठाउँ गाँसी सकेका थियौं
दिल खोलेर भित्रै देखि हाँसी सकेका थियौं
छोडी गई उस्ले तर शंका थिएन सम्बन्धमा
एक आपसमा पूरै शरीर टाँसी सकेका थियौं
प्रकाश अर्याल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

फुल मालामा सजिएको अनुहार आउँदा ।
छापिएर मेरै तस्वीर अखबार आउँदा ।।
तिमी कत्ति बिचलित नहुनु है सानु,
यो पागल मरेको समाचार आउँदा ।।।
Suraj Parajuli "Resu"

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

म दुखे पनि तिम्रो खुसीहरु हेर्न पाए पुग्छ
तिमी टाढा भए पनि यादहरु बेर्न पाए पुग्छ
जिउनलाई काफी छ अतितका केही पलहरु,
तिम्रै नाउँमा अन्तिम सास फेर्न पाए पुग्छ..
बिनोद अधिकारी"आँसु सागर"

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

आउनु ! शिबरात्री मेलामा तिमी ।
रहेछौ साथी संगी भेलामा तिमी ।
खोज्दै थिएँ यत्रतत्र तिमीलाई नै 
कहाँ थियौ पुजाको बेलामा तिमी 
उही एकल कान्छा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

जाली भएछ मायाँ मेरो साथ रहेन
गाली दिएछ जिन्दगिले हात रहेन
रसिक हुदां जीवन असर देखिदैछ
खाली गएछ योवन मा मात रहेन
सोम नाथ लुइटेल ´रवि´पाल्पाली

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

बैँस ले मातिएकी यो सानी खराब छ
नजिक नआउ मेरो पनि बानी खराब छ ।।
टाढै बस कान्छी भोलि पछुताउनु भन्दा
तिम्रो मेरो उस्तै उस्तै जवानी फरक छ ।।
अनिल सौगात सुवेदी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

मन दुख्दा आँखा रुने कसले बनायो
देउता भनि पथ्थर छुने कसले बनायो ।।
मायाप्रेम मा त मान्छे खुसी हुन्छ तर
बिछोड मा पागल हुने कसले बनायो ।।
अनिल सौगात सुवेदी

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

जित मात्र हुदैन कहिले हार हुन सक्छ
हरेस खाए जिन्दगी बेकार हुन सक्छ ।।
हिम्मत लिई अगाडि बढ्याे भने मात्र
सन्सार सबै आफ्नो उपहार हुन सक्छ ।।