तिम्रो जोबन
राज राई संगम
बिगुटार-४ सुर्के ओखलढुंगा
हाल शार्जाह युएई
तिम्रो जोबन फुलझै बैशालु
हेराई झनै अनौठो मायालु
लाग्यो मोहनी
क्या राम्रो रैछ नि आँखा गाजलु
कोईली झैं लाग्यो नि मिठो त्यो बोली
सारै नै सुहायो चौबन्दि चोली
पागल भएँ नि
तिमि त रै छौ नि सारै चन्चली
माया लाउन सिपालु रैछौनि
लुकि लुकि ईसारा गर्छौनि
घाईते पार्योनि
दिलै चोरी मायाले गर्नु गर्योनि
यो मनमा हलचलै मच्चायौ
थाहै नपाई मोहनी लगायौ
लौन के गरौं
अन्जानैमा मायालु पागल बनायौ
आऊ तिमी नयाँ वर्ष
नयाँ वर्ष
आऊ !
हिजोका तितापलहरु बिर्सेर
हत्केलाभरी भिजेका
रगतका छापहरुलाई मेटाउदै
अञ्जुलीभरि प्रेमको फूल रोपौ !
एकअर्कालाई प्रहार गर्न
तम्सिएका हाम्रा मृत्युवाणहरुलाई
फ्याकेर
आजको यो रातमा
जीवनको लागि हात मिलाऔ!!
भोलिदेखि शुरु हुने हाम्रा बिहानीहरुमा
कसैको क्षुद्र दृष्टि पर्न नसकोस
भोलि उदाउने हाम्रो चम्किलो सूर्यमाथि
दुखको बादल मडारिन नपाओस!
भो पुग्यो!
ति विह्वल रातहरु
भयंकर अमानुषी परिवेशहरु
जर्जर र मृत्युदायी पलहरु
आफ्नाहरुको बिछोडको पिडा,
कष्टपूर्ण जीवन
नदोहरियोस फेरि!
आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
पैतलामा भेटिन्छ अझै
हामीले साटेको प्रीति
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीन अझै
आऊ!
मिलेर दियो बालौ
निभ्न नपाउदै दियो
प्रेमालिंगनले ज्योती थपौं
नढल्दै यो प्रहर
अखण्ड भ्रूणको सृजना गरौ!
ताकि,भोलिका नयाँ दिनहरुमा
कोही गर्भमै टुहुरो हुनुनपरोस
सृजनाका कोपिलाहरु
सेचनको आभावमा
नफक्रिदै ओइलाउनु नपरोस
मायाका सुन्दर रहरहरु
कसैको अपृय दृष्टिमा झर्नु नपरोस्!!
नयाँवर्षमा स्वागत छ तिमीलाई
नितान्त नयाँ रंग बनेर आऊ
फुस्रिएका यि भविष्यका रेखाहरुमा
अमिट सुनौलो रंग भरौं हामी!
भोलि बिहान
धरतीमा टल्कने
अशंख्य शीत थोपा जति
शुभकामना तिमीलाई
भोलिको सुनौलौ मिर्मिरे संगै
आऊ तिमी नयाँ वर्ष बनेर
स्वर्णिम भविश्यको लागि
मिलेर हामी प्रहारको सामाना गरौं
ताकि,
कोही मित्रको मुखुण्डो लाएर यहाँ
ढाडमा तिर रोप्न नसकोस्
कोही शुभ-चिन्तकको बाहानामा यहाँ
मुटु छेड्न नतम्सियोस्!!
-आश्मा
शुभकामना तिमीलाई
बिजयकुमार श्रेष्ठ
ईराकबाट
पोहोर साल शान्तिका खुशी पाउने आशामा हाई गरेको थिए
तर खुशी कहाँ गएको थियो आशाको भारि बोकाई दिए
समयलाई दोसि भनौ की परिवर्तीत समय त्यसलाई बुझी लिए
सामन्ति र तानाशाहि शासन गए भन्थ्ये खोई त परिवर्तन के दिए
तर पनि तिमीलाई बधाई त दिन नै मन थिएन बाध्य भएर दिए
जस्ता अपराध र हिसंाको बहुल्यता बढाई दिए पनि माफी गरि दिए
जे हुनु थियो भएरै छाढ्यो नयाँ भन्ने उर्जा कसले छाडि दिए
सफल विफल जे भए पनि परिवर्तनको आहुती सृर्जना गराई दिए
आउने नयाँलाई स्वागत् गर्दै तिमीलाई सकुशल बिदाई दिए
शुभकामना छ नयाँ साल तिमीलाई शान्ति छाउने आशा लिए ॥
शुभ - कामना -२०६६
शेखर ढुङेल
उदायो छाना माथि
नव सुनौलो किरण
जोश र उमङ बोकेर
पंक्षि हरु को चिरिबिरी संगै
शुभ मंगल् प्रगती को
संगीत बनेर
झरना र नदी को
कल कल संगै
बिर्सेंर तिता अतित का
सद्भाब को सन्देस लिएर
पुष्प हरु को सुबाश संगै
भुलाई दु:ख का दिन
प्रसन्नता को गीत गाएर
शुभ होस , मंगल् होस
प्रगती होस नेपाली जन को
२०६६ एउटा ईतिहास बनेर
नयाँ बर्षको शुभकामना
समझदारिमा छाको मन्दी हटेर जावोस
आपसी तिक्तताको तुँवालो फटेर जावोस
आफ्नो पनमा दुख्दा पनि कती तमासा हेर्छौ
बैरी को छ आफ्नै घरको कटुता कटेर जावोस
रगतको बाछिट्टाले छाडेन जती ओतिए नि
बारुद गन्ध आउने शियाल घटेर जावोस
कस्को आँखा लाग्यो कि दाउ चले कसैले फेरी
नेपाली मन र पन बिथोल्ने बत्तेर जावोस
शुभ होस यो बर्ष नयाँ जोश जाँगर बोकी
सबै आफन्त हुन सबै मन रत्तेर जावोस
जिबन ,यात्रा र पोकली झर्ना
अमेरिका - गुरु केदार बराल
छोटो जिबनको लामो यात्रामा
तिस हज मार्मिक र वास्तविक
कटु यथार्थका तिरहरुले
मन मस्तिस्कमा स्पर्स गरेका छन
अनी दिएका छन
रोजाइ, भोगाइ र तोकाइबाट
टाढा रहन प्रेरणा
थाहा भयो पोकली झर्ना
ओखल्दुङा मात्र सिमित हैन रहेछ जिबन
काठमादौ पनि रहेछ
थाइलेन्ड कतार हुँदै
अमेरिका पनि पुग्दो रहिछ जीवन
कतै सुखमा हाँस्दै कतै दु:खमा रुमलिदै
स्टेट स्टेट घुम्दो रहेछ जिबन
सके सम्म उपकार सहयोग र
सद्भावका किरणहरु छर्दै
आफुलाई वास्ता नगरेर
अर्काको निम्ती लाग्दो रहेछ जिबन
मनै त हो मान्छेको
कतै कतै सन्कोच बडी हुँदा
कतै मानिस बेबहारिक नहुँदा
ठाक ठुक पर्दा वा अपमान अनुभव हुँदा
मन दुखेर आउदो रहेछ जिबन
यस्तै यस्तै आसु हासो कथा र बेथालाई बोक्दै बोक्दै
कतै रहरमा कतै करमा अनब्रत
हिन्ने रहेछ त्यो जिबन
आफुले नखाएर अर्कालाई खुहाउने
आफुलाई लुकाएर अर्कालाई देखाउने
गुलाफ अरुलाई दिएर काडा आफु लिने
आफु रुख बनी छहारी प्रदान गर्ने
पारीजात बनी बासना अरुलाई छर्ने
रचना बिधिको अप्रम्पार छ
E
प्रेम कहानी
विजयकुमार श्रेष्ठ
-हाल ईराक
नपिउनु थियो मैले नसाका तरेलीहरु विषपान सम्झेर
नलाउनु थियो मैले अदृश्य माया चोखो हो भनेर
नधाउनु थियो मैले टाढाको बाटोलाई नजिक छ भनेर
नदिनु थियो मैले आशा चोखो माया लगाउछु भनेर ॥
कसलाई के थाहा हुने रहेछ चोखो माया के हो भनेर
न त वजन नै हुने रहेछ न त पाउछ माया छामेर
म भन्छु माया बेहोसिपनको सहारा हो अदृश्य छ भनेर
सन्सारलाई नै रोगी बनाई दिन्छ बिजुलीको करेन्ट बनेर ॥ ॥
अदृश्य सारथि भएर पनि माया लगाउछन नजिक बनेर
कसलाई थाहा हुने रहेछ मायाको मुल्य कति हो भनेर
दिनेको मन लिनेको तन कसले जानेको छ कस्तो हो भनेर
सन्सारको रितलाई परिवर्तन गरि दिन्छन प्रेम कहानी भरेर ॥ ॥ ॥
सर्वभौमता बेचियो
हस्त गौतम मृदुल
स्वर्ग जस्तो देश हुनु पर्थ्यो शक्तीसाली
संधैको गरीब भयौ किन हामी नेपाली
सम्पन्न राष्ट तर पनी भयौनी कङ्गाली
संधैको दरिद्र भयौ किन हामी नेपाली
हिंशा भएर धमिलियो बुद्धत्वको आंचल
खै हटेन नी निरंकुस्ताको माकुरी-जाल
चन्द्रमामा पुर्याउने नेता भाषण गर्छन्
जनता भने भोक रोग र शोकले मर्छन्
प्रकृति पानी र अन्नको छ नी भन्डार
तर खाली छन भकारी भोक बारम्बार
पृथ्वीनारायणलाइ बिर्सिएर अंशबन्डा गरी
सर्वभौमता नै बेचे निहित स्वार्थमा परी
आश भो ....
हिजो १५ हजार नेपालीको एउटै लाश भो
लाश अरु नबढुन् भन्ने मात्र आश भो ।
तानाशह र भ्रस्टाचारकै रगरगी भैदियो त्यहाँ
आज, महङी हामीले फेर्ने शुद्ध सास भो ।
सान्सद उडे मलाया, सिङापुर र बैन्कक सुरामा
जनता काट्ने बिधेयक त्यसैबाट पास भो ।
क्रान्तिकारीहरुको मस्ती सधैं महाजनको महलमा
निमुखाको घरमा बन्दुकधारी छापामारको बास भो ।
मुलुक बेचियो, अन्धकार उपहार हामी गरीबलाई
नेपाल आमा अमेरिका र भारतले खेल्ने तास भो ।
आज, जसले जे गरे पनि हुनी भाको छ, मुलुकमा
सत्य, धर्म र निस्ठा अनि सारा कुराको नाश भो ।
नबेचिउन चेली फेरी हाम्रै आँखा अगाडि, सस्तोमा
नयाँ सालले परिवर्तन ल्याउला भन्ने झिनो आश भो ।
यानी हावा सरर
By अशोक कुमार नेपाल
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
६२ सालामा पर्देश गएयो ईराक भुमिमा
कति दु:ख पाइयो हजुर एक बारको जूनिमा
ईराकको तातो घाम खप्नै गाह्रो भो
दुखियाको जीवन बिताउन गाह्रो भो
यानी घामै घमाइलो
बिदेशमा भन्दा त स्वदेशमै रमाइलो
बनै भरी फूल फुल्यो बस्न बूकिको
कसो गरी बिताउनु जीवन अब दुखिको
गाउघर रमाइलो धानै झुलिने
पर्देशी जीवन दुखी मन कसरी बुझाउने
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
गाउ घरको मायाले आसु बारार
जन्म त लिए जिउनको लागि
सी "दोषी"
जन्म त लिए जिउनको लागि साहारा खोज्दै हिडे
साहारा खोज्दै हिड़दा हिड्दै जीवन आधा बीते ।
उकाली चढदा गहर्यो हुन्छ हात दिन्छु उचाली
तानी पो दिन्छन् भन्ने आशमा बस्छु कोही छ की समाई l
ओराली झर्दा लकलक खुट्टा कांपेर हैरान छ
लौरी को साहारा लिदै झर्छु भन्ने मन भैइराछ ।
आराम गर्न चौतारीमा बसी थकाई बिसाई
सिरसिरे बतास पनि आउदैन म संग रिसाई ।
गरेको छैन केही बिराम मैले सजायको भागीदार
सजाय भित्र आलमलिए पछि "दोषी" भो बराबर ।
नआएको भए हुन्थ्यो
प्रबिन थापा
बेखबरलाई खबर बनाएर
अखबारहरु रङगाउन
अक्षरहरु पड्काउन
बुद्धको धुजी उडाउन
सगरमाथाको शिर नुगाउन
उही पुराना कुरा,पुरानो भाषण
प्रजातन्त्रको नाममा निरंकुश शासन
उस्तै आतंक,पुरानै भ्रष्टचार
उही हत्या,हिंसा, बलत्कार
बिक्रिती नै बिकृतिको
आयतन बढाउन
अधिकारको नाममा
सभ्यता बिर्साउन
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
बाँच्ने आशाहरु देखाउदै
पल पलमा मार्नलाई
जितको मिठो आश्वासनमा
सधैं हार्ने पार्नलाई
बेश्रीङ्खलित बाटाहरुमा
श्रीङ्खलाबद्ध पिंडा छर्न
परिचित घुम्तिहरुसँग
अपरिचित भएको नाटक गर्न
हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै
मनका उच्छबासहरुलाई कैदी बनाउन
सपनाहरुलाई लास बनाउदै
मसानघाटमा रमाउन
शुन्यता भित्र जुरमुराउदै
विश्वाशको यथार्थतालाई कुल्चेर
अन्धबिश्वाससँग लुकामारी खेल्न
सम्भाबित दुर्घटनाको आधारशिबिरबाट
लामो मानबताको खडेरी बोकेर
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।
तक्दिरको तस्बिर
तक्दिरको तस्बिर आफ्नै आँखाले देखिने भए
दु:ख को लेखथ्यो मनले चाहेको लेखिने भए
कदम कदम जिन्दगी दुख्छ खुशी फुटेर यहाँ
उकालो ओरालो केले छेक्थ्यो हबामा टेकिने भए
बिधिको बिधान न मेटिन्छ न छेकिन्छ कतै
घाम नि लुक्दो हो नत्र बादलले छेकिने भए
पापको भय नपर्ने भए देउता को पुज्थ्यो
शान्त हुन्थे सबै यहाँ आँफै मानो सेकिने भए
दुनियाँमा को छ पिर ताप मुक्त मान्छे यहाँ
कस्ले बोकथ्यो बोझ नत्र सजिलै फेकिने भए
जिंदगी यात्रा गर्दा
सी "दोषी"
जिंदगी यात्रा गर्दा गर्दै थकित भई सकदा पनि
जिन्दगीको यात्राको टुंगो अझै भई सकेको छैन अनि.
लड़खडाउदै भय पनि टुंगोमा त पुग्नै पर्यो नि
उकाली,ओरली,भंझ्यागं,चौतारीमा बस्दै थकै त मार्नै पर्यो नि.
थकै मारी सुशेली पार्दै आनंदको सागरमा डूबी बस्दा अनि
बतासले काउकुती लगाई ब्ययूझाई दिए पनि.
म कुन संसारमा हराई रहेको हुदो रहेछु
झल्यास बिउझी आफैलाई हेर्दा चौतारीमा नै पाउछु .
फेरी पाईला बढ़ाई अघि बढदै यात्रा सुरुवात गर्दैछू
यात्री भई यात्रा गर्दै बिंदु भित्र पुग्न्ने अठोट गर्दैछू
तिम्रो ढंगमा भूल्दा
नीर्मन केएम
नंखेल ६ भक्तपुर
छडके पर्दै चिहाउँदै मन्द मन्द हांसी दियौ
कता कता यो मनभित्र माया राखी दियौ
चिनेको नि थिइनँ मैले देखेको नि थिइनँ मैले
यस्तो पनि हुँदोरैछ अन्जानामै कहिले कहिले
मेरै सामु लजाएर सुस्त सुस्त हिंडी गयौ
हिंडाइको चालसंगै यो मन पनि साथै लग्यौ
कुन जादुको रंग थियो ढँग न्यानो नौलो लाग्यो
हेराइमा मिल्दाखेरी संसार आफ्नै जस्तो लाग्यो
दुनियाँको माझैबाट इशाराको झल्को लाग्यो
होकि होइन थाहा छैन मलाइ त्यस्तै लाग्यो
औँलाहरू चुमेर
- वैरागी काइँला
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे ।
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? सपनामा आएँ
सपना र विपना पगालेँ
के बिराएँ ? फूलमा गालेँ
सीमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रातभरि नीद लागेन रे ।
(यो कबिता अशोक नेपालले पठाउनु भएको हो)
कोशीस
शेखर ढुङेल
०३-२९-२००९
सम्झौता गर्न खोजे
आगो सित
खोइ त्यो चिसो भएन
सम्झौता गर्न खोजे
नदी सित
खोइ त्यो बग्न छाडेन
सम्झौता गर्न खोजे
पहाड सित
खोइ त्यो झुक्न मानेन
सम्झौता गर्न खोजे
स्वाभिमान सित
खोइ त्यो बिक्न मानेन
सम्झौता गर्न खोजे
आसु सित
खोइ त्यो झर्न छाडेन
सम्झौता गर्न खोजे
दु:ख सित
खोइ त्यो हास्न खोजेन
सम्झौता गर्ने खोजे
स्वार्थ सित
खोइ त्यस्ले त्याग गरेन
सम्झोता गर्न खोजे
समय सित
खोइ त्यस्ले रोकिने नामै लेन
अन्तिम मा
सम्झौता गर्न खोजे
मृत्यु सित
खोइ त्यस्ले कुनै शर्त रोजेन
मनको कुरा भन्छु भन्थ्यौ
नीर्मन केएम
नंखेल ६ भक्तपुर
मनको कुरा भन्छु भन्थ्यौ किन भनिनौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?
म पनि त तिमीसंग नजीक होउं भन्थें
सबै कुरा तिमी सामु पोख्न पाउं भन्थें
मनको कुरा मनमै राखी किन बल्झियौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?
कहिलेकाहीं भेट्दाखेरी मनभरि आशा बढ्छ
नयनभरि संसारमा तिम्रै कुरा नाची दिन्छ
मंजील नछोइ बीचै बाटो किन फर्कियौ त?
एकैछिनमा झुल्किएर किन अस्तायौ त?
गैरी गौउमा मेरो घर
सारदा रमन नेपाल
गैरी गौउमा मेरो घर नौउ मेरो सानी
कहिले बनको घांस काट्थे कहिले भर्थे पानी
एक्दिन हाम्रो गौउमा धने कान्छा आयो
शहर को बखानको धेरै गीत गायो
बाबा नीकै लोभीनुभओ पैसा कमाउन
टीनको छाना लगाएर घर सजाउन
धने सित साहीली र म काठ्मन्दु गाको
गलैचाको कारखानामा बुन्ने काम पको
हात भरी ठेला उठे हासी हासी हसे
सानी थिए बाआमाको सपनामै बहे
अझै धेरै पैसा पाउने लोभ देखाएयर
त्यहां बाट लग्यो मलाइ देशै कटाएर
मुम्बैमा बेचीयको थाहापाइन मैले
यसै जुनी डुब्छ क्यारे गुहार पाइन मैले
फुत्त उडी भागु भने म त चरी होइन्
कोठी बाट उम्कन बाटो मेरो छैन
हेर हेर कस्तो हुने भो
शेखर ढुङेल
०३-२४-२००९
हेर साथी नेपाल मा समानुपातिक ले
के के हल चल ल्याउने भो
जन जन मा घर घर मा
उर्ले को यो आवाज हो
खांदा ह .. दा
जन्ती अनी मलामी जाँदा
जता ततै गुन्जे को यो
आवाज हो
समामुपातिक को फाँट मा
ऊपेछ्या को खेती भो
समानुपातिक जोड्दा जोड्दा
देश को सयन्त्र ऊट भो
समानुपातिक कुरा गर्दा
एक ले बोल्या अर्को ले
नबुझ्ने भो
समानुपातिक को देश मा
दर्जी को बिहे मा
बाहुन ले बाजा बजाउने भो
मिजार जती पूजारी बने
छेत्री ले जुत्ता सीउने भो
किसान जती राजनीति गर्ने
ठकुरी ले अब हलो जोत्ने भो
नोकर जती ले ऐस गर्ने
मालिक ले भांडा माज्ने भो
सिपाही जती कुर्सी मा बस्ने
हाकिम ले लडाईं लड्ने भो
तलसिङ जती सुकुम्बासी
मोहिले खेत बेच्ने भो
पहाडीया जती मुग्लान पसे
मधिसे पहाड तिर चड्ने भो
समानुपातिक नेपाली को नाम
कर्मा बहादुर यादब हुने भो
बिदेसी लाई समेट्ने
समानुपातिक नेता हेर्दा
यस्तो देखिने भो
खुट्टा मा मेक्सीकन डिङो बुठ
कम्मर मा मधेसी धोती
छाती मा गोर्खाली दौरा
आङ मा तामाङ् को इस्ट कोट
टाउका मा शेर्पा को टोपी
दाँया खुकुरी
बाँया लिम्बु को तरवार
हात मा थकाली को बाण
बोक्ने भो
एउटा लाई उचाल्दा
अर्को थचारिने भो
हेर साथी नेपाल मा
यस्तो पो हुने भो