गीत/ गजल/ कविता बुङ्कोट अनलाइन कबिता भाग १




गजल

एउटै मन कहिले आगो कहिले पानी हुन्छ ।
भइदिन्छ कहिले राजा कहिले रानी हुन्छ ।
खुसी हुदाँ उफ्रिएर मनको हिमाल चढे पनि,
यही मन कहिले बद्मास् कहिले ज्ञानी हुन्छ ।
संसारको रीतसँग मिल्नु पर्ने बाध्यता छ
त्यसैले पो कहिलो चोर कहिले ध्यानी हुन्छ ।


गजल : मुख भरिएको छ

यसकारण यहाँ चुप बसिएको छ
आवाजहरूले मुख भरिएको छ !
पखाला लागेको हो यो समयलाई नै,
कमजोरीले यो आँखा भासिएको छ ।
जतासुकै झुकाउन सकिन्थ्यो होला शिर,
गाह्रो यही छ शिर आधा ताछिएको छ ।
तलामा जो सबैभन्दा बस्छ माथि,
उसकै कारण यो घर थलिएको छ ।
भो नबताऊ को-कति छ इमान्दार,
थाहै छ कसले कति सम्झिएको छ ।


गजल


तिमी आयौ र त हावा पनि मगमगायो
के भो के भो दिल मेरो त्यसै सकसकायो ।


पिर्लिक्क पारी आँखा के खोलेथ्यौ तिमीले,
कुन्नि किन होला सारा शरीर थरथरायो ।


दूरी घट्यो श्वास बढ्यो मुटु तेज-तेज चल्यो,
डर- त्रास यति भो कि खुट्टै लगलगायो ।


के गरुँ कसो गरुँ छटपटी धेरै भयो,
मन बेकाबु थियो धैर्य ' नि डगमगायो ।


तिमी हाँस्यौ बल्ल सहज भयो मौसम,
कुइरोले ढाकेको मन बल्ल जगमगायो ।


गजल

यात्री शेखर
मैले आकाश खसाउँनुछ, र त गजल लेख्छु ।
आँधी, बतास बसाउँनुछ, र त गजल लेख्छु ।


घाम जुन रातदिन, किन लुकामारी खैल्छन् ?
दुवै जालमा फसाउँनुछ, र त गजल लेख्छु ।


आजकाल देख्छु यहा, मानवियता टुक्रदैछ,
उस्मा संवेग पसाउँनुछ र त गजल लेख्छु ।


अरु हैन आफैबाट, सकिदैछ मान्छे यहाँ,
विकृतीहरु भसाउँनुछ, र त गजल लेख्छु ।


आ आफ्नै चोटब्यथा, दुःखी रा’छ सबै मान्छे,
हरेकलाई हसाउँनुछ, र त गजल लेख्छु ।



जहाँ म जन्मे नेपली भई...



शिव प्रकाश
जहाँ म जन्मे  नेपाली  भई,  मर्न  पाउँ   त्यही नेपाली भएर,
 धरतीमा मैले पहिलो  पाइला, टेकेको  माटो  छातीमा टाँसेर ।

धरतीमा अर्को कहाँ छ संसार, हिमाल सधैं  मुस्कुराइरहने ?
 मगमग गुराँस छातीमा फुलाई , सौन्दर्य-सन्देश फैलाइरहने
अविरल बग्छन् मेची र काली, भातृत्वभाव  फिजाई संसार
 तराई – पहाड  हिमाल  सबै,  भावना  एउटै,  एउटै  बिचार ।।

विर्सन्न कहिले काखको माया, कोखको  भार नेपाली भएर
 जिन्दगी वितोस्  बिहान सधैं,  आँखाले  मेरा  नेपालै   हेरेर
 घरदेश-परदेश  जाँ' रहे  पनि,  गर्न पाउँ  सेवा नेपली  भएर
 स्वर्ग हो त्यही नेपाल मेरो,  मर्न पाउँ आमा पाउमा छोएर ।।
 http://www.nepalimanharu.com/
 अक्टोबर २०, २०१० बोस्टन ।


नग्न सत्य !

शिव प्रकाश
लुगाले छोपेको छ
तर अनुहारले देखाइरहेछ
के अनुहारमा तिमीले लुगा लाउन बिर्सियौ ?
नबोले नि त्यो मुख
बोलिरहेछन् ती आँखा
के आँखामा तिमीले पट्टी लाउन बिर्सियौ ?
नभए नि तिम्रा सामू
भित्ता थिए ओरिपरी
के ती भित्ताका तिमीले कान थुन्न बिर्सियौ ?
नदेखे नि मैले केही
हेरिरहेथ्यो अँध्यारोले


गीत

यात्री शेखर
फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।
बिदाइको हात तिम्रो, धेरैबेर हल्लीरह्यो,
लजालु मुहार तिम्रो, आखाँ भरि अल्झिरहृयो,
सबै रित्तो भएँछु म, मन तिम्ले लुटेपछि ।
आखाँभरि सपना हैन, तिमीमात्र आउँछौ सधैं,
के के केके भनिरहन्छौ, मायामात्र लाउँछौ सधैं,
छुट्ने वेला मन दुख्छ, सगै बसे उठेपछि ।
फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।




नआऊ सामू यो रात पनि……….

शिव प्रकाश


नआऊ सामू यो रात पनि, पिएर बिताउँछु
 पारेर छिया छोडेको मुटु, सिएर बिताउँछु ॥

बेहोसी हुन्छु म तिम्रा सामू, नजरका नशाले
 थपिन सक्छ नशामा नशा, लिएर बिताउँछु ॥

उर्लेर आई  ती भेललाई, बगायौ कति  रात
 धार हौ तिमी किनार भै म, खिएर बिताउँछु ॥

मान्छेको मन लोभी र पापी, हेर्छु म आफैलाई !
 बिर्सन  सबै  ढुंगाको रुप, जिएर  बिताउँछु ॥

पिएर सधैं मातेर बस्छु, ती मात मेट्नलाई
 जलेर  आफू ‘प्रकाश’ केही, दिएर विताउँछु ॥

http://www.nepalimanharu.com/
डिसेम्बर १९, २०१० ।

खालि बेकारमा !

शिव प्रकाश
 
छोड अब प्रेमका मात्र, गीत गाउन  खालि बेकारमा
जहाँ पनि जहिले पनि प्रीत लाउन खालि बेकारमा  !


गर्न खोज्यो एउटा यहाँ, हुन्छ फरक थाह छैन किन ?
तिम्रै छायाँ आउँछ माया, छानो छाउन खालि बेकारमा !


अरु केही धेरै छ गर्नु, धेरै  छ लेख्नु, यही जिन्दगीमा,
घुमीफिरी पुग्छ यो  मन तिम्रै टाउन खालि बेकारमा !


गीत  पनि, गजल  पनि, कथा – कविता सेरोफेरो उही
लेखुँ भन्छु अर्थोक केही, केही आउन्न खालि बेकारमा !


दोष दिउँ किन कस्लाई  छैन वसमा यो  मनको तृष्णा
साँचो सत्य बोल्छ प्रकाश तिम्रै ध्याउन्न खालि बेकारमा !


डिसेम्बर ०१, २०१०।




सम्झनामा

यात्राभरी साथ दिने हात भए राम्रो
 नछुटिने अजम्बरी साथ भए राम्रो ।

त्याग अनि र्समपण हुन्छ प्रेममा तर
 भेट हुदा मिठा मिठा बात भए राम्रो ।

सम्झनामा एक्लै हाँस्ने एक्लै बसि रुने
 पिडा पनि मिठो लाग्ने मात भए राम्रो ।

हिजो साँझ छुटिएर आज मिलन हुँदा
 बर्षौ पछि भेटिएको छाँट भए राम्रो ।

आयुष चौधरी "सम्मोहन"
 रझेना ५ कृष्णनगर बाँके


शुभकामना गजल

झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
 धेरै भयो निभेको खुशी आउ उषा लाली पोती
पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती
सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती
भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी

खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती


मेरो यात्रा कुण्डली

के हुन्छ यांहा
 खै पत्तो भेटिएको हैन
 जुगौं बिताए मैले
 थाहा पाएको छैन
 यो जकटिएको धागो
 शुरु कुन हो
 अन्त्य कुन हो
 खोज्दा खोज्दै म त बिचमै हराएछु
 झल्यास्स बिउझिएं
 पून यात्राको मर्म जान्न खोजें
 अनयासै यात्रामा सामेल नभएको भान भो
 जे पनि यात्रा
 जता पनि जात्रा
 के श्वास प्रश्वास पनि यात्रा नै हो त?

घडी पला सबै यात्राका बिन्दू हुन त?



गीत-फुल फुल्ने

खोंच अनि कन्दरामा सुनगाभाको फुल फुल्ने
संकेत हो कि बाधा बिच जीवनको फुल फुल्ने!
झुके हार उठे जित
जिन्दगीको चक्र
भेटिन्छ है पौरखले
सफलता को बक्र,
अध्याँरो लाई भत्काएर जुनेलीको जून खुल्ने
संकेत हो कि बाधा बीच जीवनको फुल फुल्ने!