Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali

 

Bhanubhakta Acharya and His Top Ten Poems  In nepali

Dive into the rich literary heritage of Bhanubhakta Acharya with our blog, "Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems." Discover the profound impact of Nepal's first poet as we delve into his masterpieces, offering insights into his life and the timeless allure of his poetry. Join us on a journey through Bhanubhakta's creative brilliance and explore the essence of his ten most celebrated poems that continue to captivate readers to this day.

Bhanubhakta Acharya, born in 1814 in Nepal, translated the epic 'Ramayana' from Sanskrit to Nepali. He was the first to write in a language everyone could understand, making the great story accessible to all.People celebrate his birthday, known as "Bhanu Jayanti," on July 13th

    Bhanubhakta faced challenges as people in his time, especially Brahmins, mainly wrote in Sanskrit. He changed this by translating the epic into common language, bringing the story closer to the hearts of everyday people.

    His writings, like "Bhanubhaktey Ramayan," became like songs, making the epic more enjoyable. He also wrote a letter in verse form when he was unfairly put in prison. This poem helped him gain freedom and support from people.

    Bhanubhakta's works were discovered and published later, in 1887, by Moti Ram Bhatta. Today, he is remembered as the first poet in Nepali, and his contributions to literature are celebrated, even though his fame came after his lifetime.

    Top Ten Poems Of Bhanubhakta Acharya In nepali


    म भानुभक्त


    पाहाड्को अति बेस देश् तनहुँमा 
    श्रीकृष्ण ब्राह्मण् थिया,
    खुप् उच्चा कुल आर्यबंशि
     हुन गै सत्कर्ममा मन् दिया।
    विद्यामा पनि जो धुरन्धर भई 
    शिक्षा मलाई दिया,
    तिन्को नाति म भानुभक्त भनि 
    हुम् यो जानि चिहन्नी लिया।।

                          बालाजि

     यति दिन पछि मैले आज बालाजि देख्याँ,
    पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ।
    वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,
    मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।।१।।

    याँहाँ बसेर कविता यदि गर्न पाऊँ,
    यस्देखि सोख अरु थोक म के चिताऊँ।
    उस्माथि झन् असल सुन्दरि एक् नचाऊँ,
    खैंचेर इन्द्रकन स्वर्ग यहीं बनाऊँ।।२।।



                    घाँसी


     भर् जन्म घाँस तिर मन् दिई धन कमायो
    नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
    घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
    म भानुभक्त धनी भैकन किन यस्तो ।


    मेरा ईनार न त सत्तल पाटिकै छन्
    जे धन चीजहरु छन् घर भित्रनै छन्
    त्यस घाँसीले कसरी आज दिए छ अर्ति
    धिक्कार हो म कन बस्नु न राखि किर्ति ।




           ख्वामित् यस् गिरिधारिले

    ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
    यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी।
    ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,
    मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।।

    बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया,
    यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया,
    ढुङ्गा खोजि लगाउँ बाँद कसरी राख्तैन ढुङ्गा पनी,
    मानिस् पस्न त क्वै सकेन जलमा स्वात्तै बगम्ला भनी।।

    अर्ज्याल् भाट ढकाल् अचार्ज इन चार् जम्मा भई सब् वस्यौं,
    मील्यो मत् सब मोहिको र मतले बाँद् लाऊनामा पस्यौं,
    उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो,
    भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो।।


            रोज् रोज् दर्शन पाउँछू

     रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
    रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
    लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
    लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।

    जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी,
    खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी।
    एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
    मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।

    बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
    बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली।
    की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
    भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली।


              प्रस्तावना

    एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति ।
    तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।।
    सून्याँ दन्तबझान आज घरको कर्कर् गर्‍याको जसै ।
    भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा कसै ।।१।।


    धन् इज्जत् र घरबार देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
    बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ।।
    साह्रै झोक उठयो मलाइ र बधूशिक्षा बनाया पनी ।
    यस्ले पत्नि, बुहारि, छोरीहरूको तालिम् गरौला भनी ।।२।।

    हुन त म अतिथी हूँ यस् बिनूँ के छ खाँचो ।
    तर पनि त म भन्छु मित्र ह्वौ जानि सांँचो ।।
    घर चतुरञि गर्छन् बुद्धिमान्ले अगाडि ।
    बखत चुकि दिंदामा हुन्छ काहांँ पछाडि ।।३।।



                अमरावती कान्तिपुरी नगरी

    चपला अबलाहरु एक् सुरमा,
    गुनकेसरिको फुल ली शिरमा।
    हिडन्या सखि लीकन ओरिपरी
    अमरावति कान्तिपुरी नगरी।।

    यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
    खुसि छन् बहुतै मनमा दुनिञाँ।
    जनकी यसरी सुखकी सगरी,
    अलकापुरि कान्तिपुरी नगरी।।

    कहिँ भोट – र लण्डन – चीन – सरी,
    कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी।
    लखनौं – पटना – मदरास – सरी
    अलकापुरि कान्तिपुरी नगरी।।

    तरबार कटार खुँडा खुकुरी,
    पिसतोल र बन्दुक सम्म भिरी।
    अतिशूर – र – वीर – भरी नगरी,
    छ त कुन्- सरि कान्तिपुरी नगरी।।

    रिस राग कपट् छल छैन जाँहाँ,
    तव धर्म कती छ कती छ याहाँ,
    पशुका पति छन् रखबारि गरी,
    शिवकी पुरि कान्तिपुरी नगरी।।
                  

       एक् मन् चित्त लगाइ चाकरि गर्याँ

    एक् मन् चित्त लगाइ चाकरि गर्याँ
    खूसी भया छन् हरि।
    मान्पाथी पनि भुक्तमान् थपिदिया
    कैल्यै नछुट्न्या गरी।

    रोज् रोज् दर्शन पाउँछू चरणको
    ताप् छैन मन्मा कछू।
    रात् भर् नाच् पनि हेर्छु खर्च नगरी
    ठूला चयन्मा म छु।

    लामखुट्टे उपियाँ उडुस् इ सँगि छन्
    इन्कै लहड्मा बसी।
    लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ
    नाच्छन् म हेर्छु बसी।

    बिन्ती डिट्ठा विचारीसित म कति गरूँ
    चुप् रहन्छन् नबोली
    बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन्
    भन्दछन् भोलि भोली

    की ता सक्तीन भन्नू कि तब छिनिदिनू
    क्यान भन्छन् यि भोलि
    भोली भोली हुँदैमा सब घर बितिगो
    बक्सियोस् आज झोली



                    उपदेश

    प्रातःकाल महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरून् ।
    सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून् ।।
    भक्तीले पति ईश्वरै भनि बुझुन् पाऊ–तलैमा परून् ।
    पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरून् ।।१।।

    झट्पट् स्नान गरेर शुद्ध जलले सब् देह निर्मल् गरी ।
    जस्तो पुग्दछ सोहि माफिक असल् धोती कटीमा धरी ।।
    सासूका चरण विन्द युगमा पूजेर पाऊ परून् ।
    मैले काम गरुँ क्या अह्राउनु हवस् यो ताहिं बिन्ती गरून् ।।२।।

    मान्छे छन् घरका सबै जति जना तिन्लाई ढोग् भेट् गरी ।
    चाकरलाइ अह्राउनू खुशि हुँदै मीठा वचन्ले गरी ।।
    माटो पानी खराउ ओटन रुमाल् धोती दतीउन् धरी ।
    स्नान् गन्र्या अखढा जहाँ छ तहीं गै राखुन् तयारी गरी ।।३।।

    पूजाको सरजाम् गरून् पति पूजा गर्छन् प्रभूको भनी ।
    पूजामा खतडा कदापि नपरोस् कुनै कुराले पनी ।।
    कस्तै अल्मलमा रहोस् घरमहाँ आया जगाया अलक् ।
    जोगी जञ्गमले भन्या मुठी दिनू ढीलो नगर्नू पलक् ।।४।।

    घर्सब् झारि बढारि नित्य त्यसले लिप्तै र पोत्तै रहोस् ।
    चाकर् सब् थलिया गया कहीं, भन्या आफै तयारी रहोस् ।।

    स्वामीका चरणविन्द युगको भक्तिले. पान गरून् ।
    निर्मल् देह गराउनकन उ जल् केही शरीरमा छरून् ।।५।।

    जो इच्छा पतिको छ त्यो बुझि उसै माफिक् सबै काम गरून् ।
    जुन स्थान हो चिजको उही लगि उ चिज् राख्न्या स्वभाव् पो धरून् ।।
    स्त्रीको खालि निघार् कदापी नरहोस् खाली निधार् भै जति ।
    गर्छन् कर्म फलै हुँदैन तिनका टीको लगाया जती ।।६।।

    तस्मात् नित्य टिका लगाई पहिले धन्ँधा पछाडी गरून् ।
    पूजाको सरजाम् तयार् गरि सकी भान्छा विषे मन् धरून् ।।
    भान्छाको सरजाम चाकर गरून् भाँडा सफाई गरी ।
    खाना चीज भण्डारमा पसि झिकुन् आफै अगाडी सरी ।।७।।

    रोगी बालक बृद्ध कोहि घरमा हुन्छन् तिन्को पनि ।
    धत् जानीकन तम्तयार चिज गरून् खान्या छ यस्तो भनी ।।
    यस्ता रीत् सित चीज् वनाइ बढिया सासू–ससूरा–पति ।
    लाई ख्वाइ सकेर फेरि घरका खाउन् जहान् छन् जति ।।८।।

    ख्वाई प्याइ सकेर सर्ब परिवार्ले खाइ सक्छन् जर्सै ।
    चूल्हा चौकी लिपाइ जल्दि ति जुठा भाँडा मझाउन् तसै ।।
    जो चीज बस्तु भन्डार देखि अघि जो झीकेर ल्याई थिइन् ।
    सो संझेर तुरुन्त सोहि थलमा ती बस्तु राखी दिउन् ।।९।।
    अल्सी दूर गरेर नारिहरुले थान्को र मान्को गरी ।
    काम्धाम्मा परिवार लायर विचार् गर्दै रहुन् दिन् भरी ।।
    धागा बत्ति समेत काति टपरी दूना बोहोता पनी ।
    सिन्का साफ चिरेर राखुन् अनी चाहिन्छ काममा भनी ।।१०।।

    पूजा ब्रतादिहरुका जति तीथि पर्दछन् ।
    सम्झे्.र गर्नु नभुलीकन पाप हर्दछन् ।।
    ठूलो ब्रतै त पनि सेवन गर्नलाई ।
    क्यै छैन फेरि अरु निश्चय नारिलाई ।।११।।

    रोगी बालक बृद्ध सासु ससुरा जेठाजु देवर् पनि ।
    फूपू सासु अमाजु नन्द जति छन् खान्छन् इ खाजा जति ।।
    सब्को हित् घत जानि नित्य दिनमा खाजा बनाई दिउन् ।
    यस् रीत्ले अति खुश् बनाइ परिवार सब्लाई हात्मा लिउन् ।।१२।।

    सौताको रिस गर्नु पाप छ बहुत् एकै दुबैका पति ।
    मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती ।।
    यस्तो जानि नमानि केहि मनमा मीलून् बहूतैै गरी ।
    टाल्टुल गर्नु फुट्यो टुट्यो घर भन्या सिप्लाई जाहेर् गरी ।।१३।।

    अर्काको घरमा नजानु कहिल्यै आफ्ना घरैमा बसी ।
    जे हूनू सब चीज जती छ घरमा कूना र कानी पसी ।।
    पर्छन् श्राद्ध दशै तिहार अरु चाड् चाहिन्छ तिन्मा जती ।
    ती चिज् सम्झि अगाडी संग्रह गरोस् यस्मा नचूकोस् रती ।।१४।।

    मान्या जन् कन मान्नु जान्नु घरको ठग्को ठगाञी पनी ।
    सब् सासूसित भन्न जानु उ गरून् यस्को सजाञी भनी ।।
    यस्ता रीत् सित् सब् गरेर बशमा राखोस् सबैमा दया ।
    तिन्को याद तुरुन्त गर्नु जन जो भोका र नाङ्गा भया ।।१५।।

    पहुना जति आउँछन् घरमहाँ दर्जा छ तिन्को जति ।
    सो जानेर उसै बमोजिम गरोस् मज्र्याद् न चूकोस् रति ।।
    पाउन् पापि कठोर चोरहरुले सोही बमोजिम् जवाफ् ।
    राखोस् इष्ट कुटुम्ब मित्रहरुमा अमृत् सरीको रवाफ् ।।१६।।

    साँचो बोल्नु नबोल्नु बात कहिल्यै झुटो भन्याको रति ।
    आखिर मर्नु छ पाउनू छ उति फल् यहाँ गर्‍याको जति ।।
    यस्तो ज्ञान् मनमा लिईकन रहुन्. सासू ससूरा पति ।
    जे भन्छन् उहि गर्नु छैन अरु ता संसार तन्र्या गति ।।१७।।

    भन्छन् शास्त्र पति र सासु ससुरा जेठाज्यु मान्नू भनी ।
    भन्छन् ता पनि जो पति छ उसरी हूँदैन कोही पनी ।।
    दृष्टान्तै पनि मिल्छ सासु ससुरा जेठाज्यु बित्ता सती ।
    को् जान्छन् पति पो वित्या पनि भन्या जानू छ संगै सती ।।१८।।

    हाँस्नू छैन कदापि नारिहरुले बेश्या हुने हाँस्तछन् ।
    बेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन् ।।
    एक्लै हाँस्न हूँदैन कोहि नभई अर्को सँगी भो जसै ।
    हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै ।।१९।।

    मानिस्को त बताउँ क्या अब विचार पक्षी पशूको पनी ।
    पाल्याको छ भन्या तुरुन्त बुझ्नू क्या आज खायो भनी ।।
    जस्सै भो कसिंगर् बढार्नु घर भर् काहीं नराखोस् रती ।
    स्त्रीले जान्नु बिचार राखि मनमा एस्तो बताऊँ कती ।।२०।।

    खान्या चीज् जति छन् सबै नजरले हेरेर ढाक्छोप् गरून् ।
    जो चीज हुन्छ सुकाउन्या तिनकनै ल्याएर घाम्मा धरून् ।।
    खान्या चीज कुहेर फाल्न नपरोस् दीनू कि खानू बरू ।
    एती जान्नु अवश्य धेर् अब बखान् कुन् कुन् कुराको गरूँ ।।२१।।

    खान्या चीज नहेरि केहि नकुहुन् सब् पैह्रन्या चीज पनी ।
    सप्पै याद रहोस् सदा मन महाँ यो चीज् छ यहाँ भनी ।।
    चीज् ता छन् घरमा तथापि मनमा छैनन् त भै क्या भयो ।
    आखिर् चीज् घरमा भई बखतको काम सब् बिती गयो ।।२२।।

    जो चीज् छन् घरमा हिरा तल पिह्रा सब् चीज् मनैमा रहुन् ।
    जो खोज्छन् पतिले उ चीज् उहि बखत् ल्याएर चाँडो दिउन् ।।
    खोज्दामा छन ता थियो तर कता राख्याँ हरायो भनी ।
    भन्नू यो पति थ्यैं पर्‍यो पनि भन्या मानोस् मरे झै अनी ।।२३।।

    पूजाको सरजाम जति जति थोक् चाहिन्छ सो सब् गरी ।
    साँझमा बत्ति जलाउनू अति ठुला पानस् विषे तेल् धरी ।।
    खान्या चीज बनाइ खान दिनु जो खान्छन् परीवारले ।
    जुन् चीज् राख्नु भँडार पर्छ नभुली सब् राखनु संभारले ।।२४।।

    दिनदिन घरमा जो पाहुना बस्न आया ।
    तिनकन नखुवाई आफुले क्यै नखाया ।।
    गृहिणी भइ रह्याको यो ठुलो धर्म जान्नु ।
    विहक सकि दियाको अन्न भन्या त ठान्नु ।।२५।।

    काम्का खातिर जति चीज घर्का दिन्मा झिक्याका थिया ।
    रात्रीमा त उ काम् हुुँदैन सब चीज् थन्क्याइ राखी दिया ।।
    सम्झी कत्ति न मानि अल्सि सब चीज् थन्क्याइ ताल्चा पनी ।
    लाउन् चोर चकार डाँकुहरुले देख्नै नपनउन् भनी ।।२६।।

    छिनि सकि सब धन्दा सासुको पाउ मिच्दी ।
    उँघिकन विखबर् भै पाउ मिच्दै त ढल्दी ।।
    टहल गरि टहल्ने सासुलाई रिझाई ।
    पतिसित तब जावोस् स्त्री टहल् गर्नलाई ।।२७।।

    प्राणका नाथ पतिका अगाडी गइ जो फर्माउँछन् सो गरोस् ।
    भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखु भरोस् ।।
    किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चिज छ सो सो दिई ।
    पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।।

    आज्ञा माफिक पाउहरुमा मर्दन बहूतै गरी ।
    पाऊमा शिर राखि सब् तहिं भनोस् जो काम गरी दिन् भरी ।।
    यस्तो भो यसरी गर्‍याँ यति गर्‍याँ गन्र्या छु यो यो पनी ।
    भन्न्या काम कुरो भनोस् पति पनी ई बात सूनुन् भनी ।।२९।।

    जति गरि दिनमा काम् सो सबै विन्ति गर्दी ।
    मधुर बचन बोल्दी स्वामिको चित्त हर्दी ।।
    पतिकन यस रित्ले बातले खुस बनाओस् ।
    जब त पति निधाउन् काखमा त्यो निधाओस् ।।३०।।

    यति सब बधुशिक्षाका सिलोक् जो बनाञाँ ।
    पढीलिनु सबले नारीको हित् जनाञाँ ।।
    यहि रितसित जो स्त्री नित्य सब् काम गर्छन् ।
    उभयकुल सँगै ली ती सहज् पार तर्छन् ।३१।।

    स्त्रीको धर्म पतीमती पनि मन्र्या बखतको गति ।
    बाचुञ्जेल सुख भोग पनि बुझि लिंदा को दिन्छ त्यसले जति ।।
    स्त्रीको धर्म पति जती त अरुथोक देख्दैन मन्ले रति ।
    यसलोकमा परलोकमा सुख दिन्या सो हेर जान्छ सती ।।३२।।

    स्त्रीको धर्म पतिब्रता अति ठुलो जो गर्छ भक्तिले ।
    आफ्ना कुल सब तारि पितृहरूको कुल तार्छन् शक्तिले ।।
    स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ साह्रै ठुली ।
    जो सेवा त गरी अनेक् अरु गरोस् साँचो कुरामा भूली ।।३३।।




    प्रश्नोत्तरमाला


    अपार-संसार-समुद्रमाहाँ
    डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ?चाँडो कृपाले अहिले बताऊ
    श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।।


    कुन हो सदा बन्धनमा पर्याको ?जस्ले छ यो मन् सुखमा धर्याको ।
    मुक्ती भन्याको त पदार्थ कुन् हो ?वैराग्य भन्नू चिज जान्नु जुन् हो ।।२।।

    ठुलो नरक् कुन् छ भनेर जान्नू ?यही शरीरै छ भनेर मान्नू ।
    कस्तो स्वभाव् स्वर्ग भनेर जान्नू ?तृष्णा छुट्या स्वर्ग भनेर मान्नू ।।३।।

    कुन् ज्ञान् छ ठूलो भनि लीनु पर्न्या ?वेदान्तको ज्ञान छ दु:ख हर्न्या ।
    कुन् हो सहज् मोक्ष गरायिदीन्या ?ज्ञान् हो अरूको किन नाम लीन्या ।।४।।

    कुन् मूल ढोका छ नरक् कि ? नारी,लान्छे नरक् मोह ठुलो फिजारी ।
    कुन् धर्म हो स्वर्ग पुर्यायिदीन्या ?तेस्तो अहिंसा छ बुझेर लीन्या ।।५।।

    सुत्न्या सुखै पूर्वक आद्मि कुन् हो ?समाधि लायी रहन्या त जुन् हो ।
    जागा कउन् हो कसरी उ जान्न्या ?जो सत् असत्को छ विवेक गर्न्या ।।६।।

    कस्लाइ हो शत्रु भनेर जान्नू ?आफ्ना दशै इन्द्रिय शत्रु मान्नू ।
    कस्लाइ खूब् मित्र भनेर मान्नू ?जीत्या तिनै इन्द्रिय मित्र जान्नू ।।७।।

    दरिद्र नाऊँ नरमा छ कस्को ?विशाल तृष्णा घरमा छ जस्को ।
    कुन् हो धनी सब् नरले कह्याको ?सन्तोषले जो छ खुसी रह्याको ।।८।।

    जिउँदै मर्याको भनि नाम् छ कस्को ?उद्यम् बिना बित्तछ काल जस्को ।
    अमृत्-सरी कुन् छ भन्या ? निराशा
    पाशा कउन् हुन् ? ममतै छ पाशा ।।९।।

    को छन् सुरा झैँ अति मोह गर्न्या ?स्त्री जान्नु तस्तै गरि चित्त हर्न्या ।
    कस्लाइ विद्वानहरु तुच्छ भन्छन् ?जो कामदेव्को वशमा रहन्छन् ।।१०।।

    मृत्यू भन्याको भन आज कुन् हो ?अप्यश् भन्याको तिमि जान जुन् हो ।
    कुन् हो सबैले गुरु भन्नु पर्न्या ?जो हो हितैको उपदेश गर्न्या ।।११।।

    कुन् शिष्य हो शिष्य भनेर जान्नू ?जुन् गर्छ सेवा उहि शिष्य मान्नू ।
    कुन् दीर्घ रोग् हो सबलाइ हर्न्या ?संसार हो जन्मनु मर्नु पर्न्या ।।१२।।

    यो दीर्घरोग् फेक्न उपाय कुन् हो ?अनित्य सब् जान्नु विचार जुन् हो ।
    भूषण् छ कुन् सज्जनले कह्याको ?शीलै छ भूषण् बहुतै बन्याको ।।१३।।

    कस्लाइ खुब् तीर्थ भनेर मान्नू ?जुन् शुद्ध मन् हो उहि तीर्थ जान्नू ।
    विद्वान् कउन् चिज्कन तुच्छ मान्छन् ?कान्ता र सुन् त्याज्य भनेर ठान्छन् ।।१४।।

    कुन् सुन्न बेस् हुन्छ भनेर मान्नू ?वेदान्तका बात् गुरुदेखि सुन्नू ।
    कन् ब्रह्म जान्नाकन हेतु मान्नू ?सत्सङ्ग वेदान्त बिचार जान्नू ।।१५।।

    कुन् सन्त हुन् ? लोक्कन तुच्छ मान्न्या,सब् छोडि साँचो शिवतत्त्व जान्न्या ।
    ज्वर् कुन् छ ? चिन्ता ज्वर-तुल्य मन्न्या,कुन् मूर्ख हो ? कत्ति विवेक् नगर्न्या ।।१६।।

    कुन् काम हो मन् दिइ गर्नु पर्न्या ?श्री विष्णुको भक्ति छ दु:ख हर्न्या ।
    कुन् आद्मि हो यस् नरमा जियाको ?दिर्दोषि भै मन् हरिमा दियाको ।।१७।।

    विद्या र बोध् कुन् चिजलाइ भन्छन ?जुन् पाउँदा मुख्य भयी रहन्छन् ।
    कुन् मुख्य लाभ् हो ? भन आज तेही ।
    आत्मासरीको अरु छैन कोही ।।१८।।

    सारा जगत् जित्छ अवश्य कस्ले ?अभ्यास् गरी मन्कन जित्छ जस्ले ।
    कस्ता बली वीर् कन वीर् कहन्छन् ?कन्दर्प जस्का वशमा रहन्छन् ।।१९।।

    कुन् हुन् बडा धीर् सब धर्म जान्न्या ?स्त्रीका कटाक्षैकन तुच्छ मान्न्या ।
    कुन् हुन् ठुला विष ? विषयै कहिन्छन्
    ती कालकुटादि बरू सहिदिन्छन् ।।२०।।

    कुन् दु:खि हो यस् विषलाई लीन्या ?संसारमा खुप्सित चित्त दीन्या ।
    कुन् धन्य हो ? जुन् छ परोपकारी,कुन् पूज्य हो ? तत्त्व लिन्या विचारी ।।२१।।

    कौनै बखत्मा पनि क्या नगर्नू ?पाप्मा अगाडी कहिल्यै नसर्नू ।
    विद्वान् पुरुष्ले कति काम गर्नू ?स्वधर्म थामीकन शास्त्र पढ्नू ।।२२।।

    साङ्ला कउन् हुन् सबलाइ बाँध्न्या ?स्त्री हुन् सदा पाउ समाइ-राख्न्या ।
    सब् ब्रतहरूमा व्रत मुख्य कुन् हो ?सब् देखि सानो म छु भन्नु जुन् हो ।।२३।।

    क्या जानिईदैन भनेर बक्नू ?स्त्रीको चरित्रै छ नजानिसक्नू ।
    क्या हो सबैले त नछोडि सक्न्या ?यै हो दुराशा अरू कीन बक्न्या ।।२४।।

    कुन् हो पशूतुल्य भनी कह्याको ?विद्या नभै मूर्ख पडी रह्याको ।
    सज्ज्नहरू कस्सित सङ् नगर्नू ?खल्-पापि-निच्का नगिचै नपर्नू ।।२५।।

    कस्ता पुरुष् मुक्त भएर तर्छन् ?सत्सङ्ग-भक्तीहरु जो त गर्छन् ।
    छोटो कउन् हो नजलाइ माग्न्या,कुन् हो बडो ? जो धनमा नलाग्न्या । २६।।

    जन्म्यो कउन् ? जन्मनु फेर् नपर्न्या
    मर्न्या कउन् हो ? मरि फेर् नमर्न्या ।
    कस्लाइ लाटो छ भनेर भन्छन् ?जो ता बखत्मा पनि चुप् रहन्छन् ।।२७।।

    बैह्रो कउन् हो ? हित बात् नसुन्या
    कुन् हो अविद्या मित नारि मान्न्या ।
    कुन् तत्त्व साँचो छ भनेर खोज्न ?साँचा शिवै छन् शिवलाइ रोज्नू ।।२८।।

    उत्तम् भन्याको भन आज कुन् हो ?सज्जनहरूको सुचरित्र जुन् हो ।
    कुन् कर्मले शोक्हरू दूर हुन्छन् ?श्री विष्णुका पूजनले ति टर्छन् ।।२९।।

    कुन् शत्रु हुन् खुब् वलवान् भयाका ?कामादि हुन् सब् नरले कह्याका ।
    कुन् हो कसै पूर्ण गरी नसक्नू ?कामै छ त्यस्तो अरु कीन बक्नू ।।३०।।
    कुन् दु:खको मूल भनेर जान्नू ?मेरो म हुम् भन्नु छ तेहि मान्नू ।
    कुन् हो जगत्को गहना बन्याको ?विद्यै छ सब्को गहना बन्याको ।।३१।।

    कुन् सत्य हो सत्य कसोरि जान्नू ?जुन् प्राणिको हित् छ उ सत्य मान्नू ।
    कुन् छाडिदीन्या सुखि हुन्छ भन्छन् ?स्त्री छाड्न सक्न्या सुखिमा गनिन्छन् ।।३२।।

    ठूलो छ दान् कुन् गरि ताप हर्न्या ?सब् प्राणिको निर्भय जो त गर्न्या ।
    कुन् हो बुझ्यओ निश्चय नाश हून्या ?त्यो भक्तको मन् छ भनेर जान्न्या ।।३३।।

    कस्तो भयामा भय छुट्टि हुन्छन् ?मुक्तै भयामात्र ति पाप टर्छन् ।
    वाण्तुल्य कुन् हो अति दु:ख दीन्या ?जुन् मूर्खता हो उहि जानि लीन्या ।।३४।।

    कस्का सधैं दास् भइ पाउ पर्नू ?बूढा गुरूमा लगि चित्त धर्नू ।
    प्राणान्तका समयमा कति कर्म गर्नू ?सम्पूर्ण छोडि रघुनाथ्-तिर चित्त धर्नू ।।३५।।

    कुन् चोर हो इ जनको भनि चोर जान्नू ?जुन् वासना त छ असत् उहि चोर मान्नू ।
    शोभायमान भयि बस्छ सभाविषे को ?सब् को प्रसन्न मन गर्दछ शास्त्रले जो ।।३६।।

    मातासरी सुख दिन्या कुन चीज् छ जान्नू ?विद्यै छ त्यस्तो अरु कौन खोज्नू ।
    कुन् हो जती-जति दियो उति बढ्न जान्या ?विद्यै रहेछ बुझि निश्चय तेहि मान्या ।।३७।।

    कुन् काम हो अति डरायर दूर सार्नू ?लोकापवाद् छ घटिया कहिल्यै न धर्नू ।
    कुन् कर्म गर्दछ भन्या उहि बन्धु मान्नू ?आफ्नो सहाय यदि गर्दछ बन्धु जान्नू ।।३८।।

    कस्ता मनुष्यकन पित्रि भनेर जान्नू ?जसले त पालन गर्यो उहि पित्रि मान्नू ।
    कुन् चीज जानिकन चीज् रहँदैन जान्नू ?यो चीज् त नित्य परमेश्वरलाइ मान्नू ।।३९।।

    कुन् चीह्निया सकल चीजहरू चिह्निइन्छन् ?ईश्वर चिह्न्या सकल वाँहि चिह्नी सकिन्छन् ।
    कुन् चीज् रहेछ अति दुर्लभ खोजि हान्नू ?सत्सङ्ग हो अधिक दुर्लभ तेहि मान्नू ।।४०।।

    कुन् त्याग् कहिन्छ ? शिवको सब तत्त्व जान्नू,कुन् जीत्न सक्नु छ कठिन् ? उ त काम मान्नू ।
    कुन् हो पशूसरि भनी नरले कह्याको ?आत्मा नजानिकन मूर्ख पडी-रह्याको ।।४१।।

    अम्मृत्सरी अघि भई पछि वीष बन्न्या,कुन् हो ? स्त्रि हुन् किन अरू चिजलाइ भन्न्या ।
    कुन् शत्रु हुन् अघि त मित्र सरी रह्याका ?पुत्रादि हुन् सकल सज्जनले कह्याका ।।४२।।

    कुन् चीज् छ चञ्चल यहाँ क्षण एक् घरीको ?आयुष्य यौवन बुझ्या बिजुली सरीको ।
    कुन् दान् ठहर्छ अति मुख्य यहाँ गर्याको ?जुन् दान् छ पात्रहरुका मुखमा पर्याको ।।४३।।

    प्राण् जान खोज्दछ भन्या पनि कन् नगर्नू ?संसार् अनित्य बुझि पाप् कहिल्यै नगर्नू ।
    कुन् हो अघी सरिसरीकन गर्नु पर्न्या ?पूजा सदाशिबजिको सब पाप हर्न्या ।।४४।।

    कुन् कर्म मुख्य भनि सद्गुरुले कहन्छन् ?जुन् कर्मले त परमेश्वर खुश् रहन्छन् ।
    कुन् स्थानमा बसुँ भनीकन दील् नदीनू ?संसारमा भनि अवश्य चिह्नेर लीनू ।।४५।।

    रात् दिन् निरन्तर कतातिर चित्त धर्नु ?संसार् अनित्त्य बुझि तत्त्व-विचार गर्नू ।


    Bhanubhakta Acharya Birth In Nepal

    Bhanubhakta Acharya was born on June 29, 1871, in Chundi Ramgha, which is in the Tanahun district of the Gandaki zone. His father's name was Dhananjaya Acharya, and his mother's name was Dharmavati Acharya.

    During his childhood, there were no schools like we have today. Bhanubhakta Acharya received his education at home, and his teacher was Baje Sri Krishna Acharya, who was an expert in the Sanskrit language. They didn't have formal schools back then, so Bhanubhakta learned by studying on his own with the guidance of his teacher. It was a different way of learning compared to what we do in schools now.

    bhanubhakta acharya ka kabitaharu

    Bhanubhakta poetry Era 

    Bhanubhakta Acharya was a poet from a long time ago. He is known as the Adikavi, which means the first poet. A young poet named Motiram Bhatt gave him this title. Adikavi is a special title because it means Bhanubhakta was the very first poet in Nepali literature.

    Even though there were other poets before Bhanubhakta, everyone agrees that he was an important and special poet. His poetry is like a symbol of the early times in Nepali literature, and people respect and appreciate it a lot. So, Bhanubhakta is remembered as a representative poet from the primary period of Nepali literature.

    Bhanubhakta Poetry Journey 

    Let's talk about how Bhanubhakta Acharya became a poet. It's an interesting story! Bhanubhakta was a person who felt inspired to write poems because of something that happened in his life.

    One day, he had an idea to sell some grass to make money. He thought he could use that money to dig a well for his family. But, when he shared this idea with others, they made fun of him. They said mean things about his plan.

    This made Bhanubhakta really sad. He felt hurt, just like when someone shoots an arrow. But instead of giving up, Bhanubhakta turned this sadness into motivation. He decided to curse himself, and this curse led him on a special journey.

    Bhanubhakta dug a well with the money he earned from selling grass. The well brought cool water to thirsty people, and this act of kindness made him want to do more good things. He felt like he was helping the broken hearts of Nepalese people who were sad about a treaty called Sugauli.

    By doing all these good things, Bhanubhakta became a famous poet in Nepal. People loved his poems, and he shone like a bright star in the world of literature. So, you see, Bhanubhakta became a poet because he turned a not-so-happy situation into a source of inspiration to help others.

    Bhanubhakta’s Creation 

    Bhanubhakt Acharya was a special poet in Nepali literature. He used beautiful words to create poems that were like a delicious treat for our hearts. When Prithvi Narayan Shah united Nepal, it was like a bright light shining in our big and lovely garden of different flowers and people. Bhanubhakta Acharya's words spread like the sweet fragrance of flowers, making everyone feel connected and united.

    His poems didn't just talk about stories; they also gave us important messages about being good, having strong character, and being moral. Besides his big poem called 'Ramayana,' he wrote a book called 'Vadhushiksha,' and it was like a guide to living a good and honest life. He also had a collection of teachings called 'Bhaktamala' that helped people feel calm and peaceful inside.

    Bhanubhakt Acharya worked to bring together all the different people in Nepal and make them feel like one big family. His poems were not just beautiful; they were also full of wisdom and goodness. In the sky of Nepali literature, he became a poet who inspired us to be better people.

    Bhanubhakta’s Poetry Type

    Bhanubhakta Acharya was a special kind of poet. He was not only good with words but also had a clever way of using sarcasm and appreciating beauty in his poems. Now, let me tell you a little more about him in simpler words.

    Bhanubhakta Acharya had to travel a lot between his home and Kathmandu because his family members worked there. Sometimes, he even had to come to Kathmandu because of a disagreement about his land.

    One time, he talked to Bolibad, which was an example of how things can take a long time to get done in government offices.

    Bhanubhakta was really good at making fun of things in his poems. He once wrote a poem making fun of the people who kept him in prison for too long. He used his words like a funny weapon!

    In his poems, he made our capital city, Kathmandu, sound as amazing as heaven. He compared it to Amravati, the capital of heaven, and described places like Udham Balaju as beautiful as heavenly places. It's like he turned Nepal and Nepalese people into something as special as gods.

    And when we look at his poems about Gajadhar Soti, we can see that Bhanubhakta had the talent of a great poet. He had a way of using words that made his poems interesting and special.

    Bhanubhakta’s Contribution On Nepali Literary

    Bhanubhakta Acharya did something really important for our country through his writing. He used the Nepali language in a special way and made it into beautiful literature. This literature made people love their country even more. It was like a special magic that made everyone feel connected and proud of where they come from.

    Bhanubhakta Acharya's words were like poetry, and they made people not only enjoy reading but also think about coming together as one big family. He wanted everyone in Nepal to feel like they are part of a big team, and his words helped make that happen.

    Because of all the wonderful things he wrote, Bhanubhakta Acharya is remembered as a national hero in Nepal. He used the power of words to bring people closer and make our country stronger. His writings are like a bright light that will always shine in the history of our country.

    End of life of Bhanubhakta Acharya

    Bhanubhakta Acharya passed away on June 29, 1925, when he was 56 years old. It's like when something begins, it also has to end. This happens to everything in the world - things that are born eventually pass away. It's a bit sad, but it's something that always happens.

    Bhanubhakta Acharya was a person who did a lot of good things for Nepali people. He wrote important things that we still remember and celebrate today. Even though he's not with us anymore, we keep his memory alive by honoring him every year on June 29. People in Nepal and other places remember him by putting flowers and special decorations to show respect to him. In this way, his good works will never be forgotten, and he will always be remembered as someone special in Nepali society.

    Summery 

    Bhanubhakta Acharya, born in 1814 in Nepal, was a pioneering figure in Nepali literature. Known as "Nepal's Adikavi" (first poet), he translated the epic 'Ramayana' from Sanskrit to Nepali, making it accessible to a broader audience. In a time when Sanskrit dominated written texts and literacy was limited, Bhanubhakta's work played a crucial role in popularizing the Khas language.

    His notable contributions include the creation of the "Bhanubhaktey Ramayan," a poetic masterpiece that transformed the epic into a lyrical and relatable form. Despite facing challenges, including a period of imprisonment due to a misunderstanding, Bhanubhakta's resilience and talent earned him freedom and support.

    Bhanubhakta's poems reflect a strong Nepali flavor, emphasizing simplicity, religious themes, and a deep connection to his homeland. His literary impact extends beyond his lifetime, and he is celebrated as a revered poet in Nepali history. Despite his works gaining recognition posthumously, Bhanubhakta Acharya's legacy endures as a literary pioneer and cultural icon in Nepal.poem of bhanubhakta acharya

    short poem of bhanubhakta acharya

    poem of bhanubhakta

    poem of bhanubhakta acharya in nepali

    bhanubhakta acharya ko kavita

    bhanu acharya

    famous poems of bhanubhakta acharya

    poems of bhanubhakta acharya

    list of bhanubhakta acharya poems

    bhanubhakta acharya quotes

    poem bhanubhakta acharya ko kabita

    poet bhanubhakta acharya ko kabita in nepali

    paragraph about bhanubhakta acharya

    v'ahavta poem

    bhanubhakta acharya works