गीत/ गजल/ कविता बुङ्कोट अनलाइन कबिता भाग १३


त्यस्तो नठान

नीर्मन केएम
नंखेल ६ भक्तपुर
कहिले ठानिनॅ त्यस्तो मेरो कारण तिमीलाइ रुनु परोस
त्यों सोचाइ आएन कहिले तिम्रो बाटोमा काँडा बन्नु परोस
अरु रोएको बेला नहांस तिमी धेरै नै ख़ुशी भएर
आफ्नै शब्दले तीर मार नआउ अरुको साथ लागेर
खुल्ला आकाश हुं म लुकाउने केही छैन यहाँ मैले
आशाहरु सबै मरिसके कुनै साथ चाहेको छैन मैले
शायद तिमी भ्रममा छौ कि मलाई चिन्न सकिनौ भैगो
शालीन अनुहारभित्रको आगोले मलाई नै जलाइरहोस भैगो
म आगोमा बल्न सकुंला बरु झूठो भई बांच्नँ चाहिनॅ
आँखाको पानीले आफैं भीजें बरु अरुलाई रुझाउन चाहिनॅ

बेपत्ता भएका मान्छेहरु

हस्त गौतम मृदुल
बेपत्ता भएका मेरा मान्छेहरु कहां छन
कि लाश देउ कि शास देउ जहा छन।
भक्षक भएर गिरफतार गरी कहा फाल्यौ
जिउदै जलाउदै ति निर्दोषीहरु कहा हाल्यौ
घर फर्कन्छु भन्दै निस्केको कैलै फर्केनन्
कहा गयो तिम्रो मान्छे कसैले सोधेनन्
बिपत्ता भएका ………………………………॥
आफनो निहित स्वार्थका लागी बलि चढायौ।
शक्तीको आडमा आपसमा हामीलाइ लडायौ।
एउटाको स्वार्थकोलागी हजारौ बेपत्ता पारयौ।
आखिर दोष के थियो र किन त्यसरी मार्यौ
बेपत्ता भएका………………………………

शान्ती

-हस्त गौतम मृदुल
विध्वंश गर्दै नरसंहार गर्नेको शान्ती देखें ।
पानी सरी रगत बगाउनको क्रान्ती देखें ।
संत्रासको शिकार बनाएको यो देशमा ,
सारा वैभव लुट्न कस्सिएको मूर्ख देखे ।
नियम-कानूनको बलात्कारी अत्याचारी,
अन्याय शब्दको अर्थबोध गराएको देखे ।
राष्ट्रको कोखामा तीखा दाह्रा धस्नेले,
अन्तरबिरोधका लप्काहरु बालेको देखें ।
डढेका मनहरुमा नपलाएका तनमाथी
जनयूद्धको घाउमा नूनचूक छर्केको देखें ।

कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्

बसन्त विवश आचार्य
तुलसीपुर दाङ्ग
कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्
आफ्नाहरु आफ्नै हुन्छन मनमा माया राख्छन
नदेखे झै तर्किएर वाटो जतिकाटेपिन
ठेसलाग्दा अत्तालिदै देविदेउता भाक्छन्
पराईले जतिसुकै माया गरेपिन
आफन्तैले मिठो लाग्ने चोखोमाया दिन्छन
घुर्क्याउछनथर्काउछन गालिपनि गर्छन
अनि मुटुभित्र पिरतीको आफै डोरी वाट्छन्
जवपर्छ यो देहमा नजर हजुरक
हाँसोदिए हासिदिन्छु रुन्छु रुवाएसि
जे गर्नुछ गर्नुस अधिकार हजुरको
मनमा माया सँगालेरघुर् क्याउदै नवोल्ने
वसन्तूलाइ मनपर्छ व्यवहार हजुर

मेरी प्रिया काली

अशोक नेपाल
मेरी प्रिया काली मलाई सम्झी सम्झी
आशुले मजेत्रो भिजायकी होलिन
घाम अस्ताउने बेलामा छटपटाउदै मेरो बाटो हेर्दी होलिन्।।
लान्खु खोल उर्ली आए जस्तो आँखामा आसुको छाल उठ्न थाल्यो होला…
भुइचालोले हल्लाएको घर जस्तो मेरो मुटु चर्कन थालयो…।।
उकाली ओराली डाँडा काँडा नदी नालाले मलाई खोज् दै होला,,,,,,
म बिनाको मेरो लन्खु गाउ बस्ती कस्तो उदा सिएको होला…
मलाई मेरो छोरी को सम्झनामा मेरो मुटु जली रहन्छ…।।
मेरो जन्म भूमिको सम्झनामा अनी मेरो प्रियासी काली को सम्झ्नमा …
ढोप्पा धोप्पा आसँहु खसी रहन्छ………ढोप्पा धोप्पा आँशु खसी रहन्छ………।

कती ठोक्यौ माथा तिम्ले

कती ठोक्यौ माथा तिम्ले कहिले बोलेन ढुङ्गाको देउता
धोका दिदैनन सबैले खोज मन मिल्ने साथी एउटा
सतहमा संग्लिएर बग्दा थिग्रिएका बिकार देखिन्न
कहाँ पो सकिन्छ र फेरी नाप्न मुटुको कुना र छेउ ता
हिजो भिजेको आँसुले आज नबगायोस फेरी तिम्रो
खुर्क अतितका डामहरु ,नत्र लाग्ला मनमा लेउ ता
उचाइ दिन नसके नि गिराउने थिन यि नजरबाट
कसरी दिनु दस्तक दिलमा, दिदिनौ कहिले भेउ ता
फुलमा काँडा पनि हुन्छ बिझ्ला नबिझ्ला यो श्पर्शको तरिका
यता म काँडालाई नि फुल देख्छु देख्नेले देखे के उता

नदुख्नुकोही

नीर्मन केएम
नंखेल ६,भक्तपुर (हाल हाइटी)
नदुख्नु कोही मेरो दु:खमा, म त यस्तै हुँ सधैंभरि
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरी
आफ्ना र अरुहरुका स्नेहले, अब म थाकिसकेछु
माया नै मायाको बोझले,धेरै नै थिचिएको छु
यो उराठ लाग्दो जीवन, यत्तिकैमा रमाइ रहन्छ
आशा उमंग सबै मारेर , नीरसतामै बांचिरहन्छ
नाआऊनु कोही मेरो साथमा, म एक्लै हुन्छु संसारभरि
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरि
फूल फुल्ने पाखाभररी अब, डढेलो लागिसकेको छ
खुशीमा उज्यालिने मनभरी अब, अंध्यारो छएको छ
एक्लोपन प्यारो बनिरहेछ, कसैले नझस्काइदिए हुन्थ्यो
मन अनन्त यात्रामा उडिरहेछ, कसैले नबिथोलिदिए हुन्थ्यो
नसिस्किनु कोही यो मेरो पनमा, आसुँ छैन मेरो आँखाभरी
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरी

शहर आज शान्त छ

अघिल्लो हप्ता
सडक छेउको चिया पसलमा
अर्कै दलप्रती आस्था राख्‍ने पसलेले
बिपक्षी दलका ग्राहकलाई
जानी जानी अलिनो चिया खुवाएको
गम्भिर आरोप लाग्यो,
घटनाले राजनैतीक रंग लियो
अनी पहिला वाक युद्द
त्यसपछि मल्ल युद्द हुँदै
धरपकड र मुठभेड भयो
पुलीस बोलाईयो, लठ्ठि चलाईयो
जिन्दावाद र मुर्दाबवादको
गगनभेदी नारा बीच
शहरमा टाएरको धूवाँको बदली भयो
ढुङ्गा मुढाको बर्षात चल्यो
स्थिति तनावपूर्ण भएपछि
हवाई फाएरसंगै कर्फ्यू लगाईयो
मानवतावादीहरु अगाडि आए
नागरीक समाज पनि जुर्मुराए
नेपाल बन्दको धम्किसंगै
अदालत र सरकारका ढोका ढकढकाए
समस्यामाथि गम्भिर भहस भयो
बन्द हडतालले जन जिवन तहस नहस भयो
आज सरकारले
रमिता हेर्दा मरेको रामे
समोसा चोर्दा ज्यान गुमाउने श्यामे र
बगलीमारा बामे सहित
१ दर्जनलाई शहिद घोषणा गर्‍यो
चिया पसलेको दलको दबाबमा
पसल मर्मतलाई मुआब्जा दीयो
त्यसैले शहर आज शान्त छ
...शहर आज एकदम शान्त छ ।


उत्साही संकल्प

-हस्त गौतम मृदुल
निरासाले कुन्ठित ती आत्माहरुमा
आशाको दियो बाल्न सकुँ म।
चूँडालेर निरंकूस ती बन्धनहरु
उन्नतीको पाइला चाल्न सुँक म॥
सुखसान्ती र समृद्धिको लागी
बिधिको शासन थाल्न सकुँ म॥
अन्याय अत्याचार असान्तीलाइ
यो धर्तिबाटै फाल्न सकुँ म।
क्षेत बिक्षेत भएका मनहरुमा
सुखको मलम लाउन सकुँ म॥
आंच आऊन नदिएर कहिलै
शान्तीको गित गाउन सकुँ म।
राष्ट्रलाइ चूस्ने ती जूकाहरुलाइ
नउक्सने खाडलमा हाल्न सकुँ म।
सूनौला सपना छेक्ने ती पर्खालहरु
हातमा हात मिलाइ ढाल्न सकँ म॥
हतास हतास ती मृदुल मनहरुमा
खूशीको कान्ती छर्न सकँ म।
हरेक नेपालीलाइ बुद्ध बनाएर
शन्तिको ज्योति छर्न सकुँ म॥

विहान पनि वेलुकी पनि


नरेश माङपाहाङ
 फोक्‍स्‍टोन वेलायत
 हाल हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान
विहान पनि वेलुकी पनि किच किच मात्र गर्छौ किन
कसै संग बोल्‍दा पनि आँखा मात्र तर्छौ किन
जूनै कुरा गर्दा पनि दिल दुख्‍छ तिम्रो
रोई रोई आँखा भरी आँसू मात्र भर्छौ किन
तिम्रो ज्‍यान हेर्दा खेरी साह्र माया लाग्‍छ
सकी नसकी ज्‍यानै छोडी लाक्‍पा मात्र पर्छौ किन
सधै सधै अंगालोमा वाँधु भन्‍छु तिमीलाई
कहिले काही ठाक ठूक पर्दा सोफै वाट सर्छौ किन


जीवन

नीर्मन केएम
नंग्खेल-६ भक्तपुर (हाल हैटी)
जीवन सारे कठीन भो , बाँच्ने आधार पाउनलाई
आकाश पनि साँगुरियो, एकमुठी सास फेर्नलाई
अरुको दुखमा दुखेर, अरुलाई हंसाउनु पर्ने
चोटे चोट सहेर पनि, अरुलाई बचाउनु पर्ने
यो जिन्दगीको कथा येस्तै, आंधिभित्रै रम्नु पर्ने
सबै इच्छा मेटाएर, इशारामै चल्नु पर्ने
जहां मन राख्न खोज्छु, त्यहाँ जाल बुनिंदोरैछ
मीठो बोली भित्रभित्रै, संसारे ड़ुब्दोरैछ
ईश्वर तिम्रो सृष्टी पनि, झूठो नै हुने हो कि
हरेक निर्दोष आत्माहरू, रोएरै मर्ने पो हो कि


देशको माया

हस्त गौतम मृदुल
बिरानो देशमा बस्दैन प्यारी आउछु फर्केर
दैलोमा उभी बालेर टुकी बस्नु है पर्खेर
अबस्य पनि आउछु फर्कि धैर्यता लिनु है
दूखमा पनि सूख खोज्ने साहास दिनु है
पुगेर के भो आखिर बिदेश दुखको दुखै छ।
यसरी पौरख गर्ने हो भने त्यहीँ पनी सुखैछ
स्वदेश छोडी बिदेश नआऊ दुखमा पर्नलाइ
आफनै पाखा प्रशस्त छनी पौरख गर्नलाइ
सुख सान्ती समृद्धि कमाइ देशैमा बस्ने छु।
नेपाली भै उचाइमा पुग्न कम्मर कस्ने छु।

म्याँग्दी खोला उर्लिदा

राहुल मगर
पोर्तो,पोर्तुगल
म्याँग्दी खोला उर्लिदा,
तामे दुकुर कुर्लिदा,
मनको घाउ गैरिन्छ,
सम्झनाको तलाउमा माया तैरिन्छ,
म्याँग्दी खोला......
कामको चटारोले ऊनलाई भेट्न गा'को छैन,
कोदो रोप्दा,मकै खन्दा नसम्झेको हैन,
म्याँग्दी खोला..........
माना खाएर मूरी उमार्ने बर्षामासको महिना,
हलो जोत्दा,आली लाउदा नसम्झेको हैन,
म्याँग्दी खोला..........
कामको चापाचापले श्वास फेर्न पा'को छैन,
घाँस कात्दा,गोठ बस्दा नसम्झेको हैन,
म्याँग्दी खोला...........

तिमी सगं छुटे पछि

तिमी सगं छुटे पछि पीडा मात्र रहयो
हाँसो खुशी यो मनको कता हराई गयो
यति ठूलो ससांर पनि सून्‍य सून्‍य लाग्‍यो
आउने सबै वहार हरू उतै कतै भाग्‍यो
तिमी विना मेरो दिलमा चोट मात्र रहयो
हाँसो खुशी यो मनको कता हराई गयो
विछोडको घाऊहरू ले पोल्‍न थाल्‍यो आज
उजेलीको दिन पनि लाग्‍न थाल्‍यो साझ
तिम्‌ले छाडी जादाँ आज निराशाले छायो
हाँसो खुशी यो मनको कता हराई गयो
नरेश माङपाहाङ
फोक्‍टोन वेलायत
हाल हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान

कुन अपराध गरे मैले

नीर्मन के एम
नांगखेल भक्तपूर (हाल हाइटी)
कुन अपराध गरे मैले, र मलाई दोषी बनायौ
कुन कुराले तर्कियौ तिमी, र मलाई इल्जाम लगायौ
निस्ठामा कुनै दाग नलगाइ, कर्म गरे भन्थे म
आफू सधैं हारी दिएर, तिमिलाई जिताउन् खोज्थे म
यो कस्तो माया हो तिम्रो, भित्रभित्रै जलाइ रहने
यो कस्तो दया हो तिम्रो, अन्यायमा न्याय नपाईने
कुन पाप गरे मैले, र मलाई सजाय दिइरह्यौ
कुन कुराले तर्कियौ तिमी, र मलाई इल्जाम लगायौ
मनमा कुनै शका नलिइ, तिमीलाई आफ्नो सम्झिरहे
पिडाको भारी बोकी रहेर, सुगम बाटो देखाइ रहे
यो कस्तो रुप हो तिम्रो, सधैं दोधारे भाषा बोल्ने
यो कस्तो जीवन हो तिम्रो, ईशारामै चलिरहने
कुन भूल गरे मैले, र नातालाई टाढा बनायौ
कुन कुराले तर्कियौ तिमी, र मलाई इल्जाम लगायौ

आफ्नै पनमा

प्रबिण थापा
आफ्नै पनमा ढुकढुकिले, गीत गायो आज
उरठिलो शिशिर पछी, बहार छायो आज
धेरै पछी पत्र पाए, पटक पटक पढे
तिम्रा शब्द शब्दमा, मन रमायो आज
अनेक शंका पापी मनले, नगरेको होइन
भएभरको सबै सबै , डर हरायो आज
अचम्म लागिराछ , हर्ष को सिमा छैन
बिहानिले सुनौलो, फुल फुलायो आज
चोखो माया पाइने रहिछ, चोखो मनले गरे
मिठो अतित घुमिफिरी, फर्किएर आयो आज

नजर-नजर मिलिसक्यो

-वसन्त विवश आचार्य
नजर-नजर मिलिसक्यो,मन मिलाउ अब
वाँध अँगालोमा प्रेम रस पिलाउ अब
एक्लै बस्दा खुसी पनि बोझ हुन थाल्छ
मनमा हरपल आफन्तको आभास दिलाउ अब
वगिजाने यौवनलाई कति जमाउछ्यौ
पग्लिएर कलेजी भित्रै बिलाउ अब
पतझड छ जीवन वस् पीडै-पीडा
आउ मगमगाउने गुलाव फुलाउ अव
पिरतिको नँया-नँया दाग लाग्न सक्छ
बसन्तै संग त्यो मुटु संगै सिलाउ अव
तुलसीपुर दाङ्ग

कँहा हुन्छ कस्तो हुन्छ नदेखिने माया

केशब आचार्य
कँहा हुन्छ कस्तो हुन्छ नदेखिने माया
छात्तीभित्र मुटुसँग समेटिन्छ माया ---
आसुँ बनी आँखाबाट बगिदिन्छ माया
हाँसो बनी ओँठबाट हांसी दिन्छ माया ---
गीत बनी शुसेलिमा रमाउँछ माया
कहिले कही जिन्दगीमा ओइली दिन्छ माया ---
खोजी हिँड्दा पाइन्न त्यो मनको साँचो माया
जता ततै खोज्दा भेटने सस्तो छैन माया ---
बिछोडको बेदनामा कहालिन्छ माया
मिलन हो ढुक्ढुकिको सत्य चोखो माया ---
(बोल्डर कोलोराडो )
रुनु न हास्नु भयो

शेखर ढुङेल
०३-०१-२००९
रुनु न हास्नु भयो जीवन
माझदार मा अल्झेर
न अघी न पछी जान सके
नियती मा फसेर
रुनु न हास्नु ---
चियायो बिहानी ले सधैं मलाई
नयाँ भाग्य ल्याएन
गिज्याइ रह्यो चाद मलाई
यो मन मा सित्तल छरेन
रात भर सित्तल छरेन
रुनु न हास्नु ----
वारी पारी डुल्छन आँखा
कीनार मा देखिन्न आशा
निरास , हतास भयो मन
मरु कि बाचु उपाय सुझेन
मेरो मनमा उपाय सुझेन
रुनु कि हासु भयो जीवन
मझदार मा अल्झेर -----

सम्हालिन सकिन

प्रबिण थापा
सम्हालिन सकिन मनको बाध फुट्यो हजुर
उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर
चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो
नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर
जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ
बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर
रमाइलो संसार थियो कालो वादल छाइ आयो
अनायसै आजफेरी असिनाले चुट्यो हजुर
अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे
मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर