गज़ल- बुङ्कोट अनलाइन कबिता

 krishna pyashi
गज़ल- जून फुल्दा अँधेरीमा....
.

जून फुल्दा अँधेरीमा, रात अर्कै हुन्छ।
भयौ समिप भने मेरो, साथ् अर्कै हुन्छ।
निस्किदिन्छु कल्पनाको, अन्धकार चौतारीमा,
साथ  पाउँदा  रात  संगै,  मात  अर्कै  हुन्छ।
कति-कति कल्पनामा, पर्खिरन्छु तिमीलाई,
भुल्छु  मन  मधुर  त्यो,  बात  अर्कै  हुन्छ।
कल्पनाकी मेरी सानु, रुझ्दै भेट्न आईदिंदा,
मिलनमा  दुई मनको, बर्षात्  अर्कै  हुन्छ।
भएनौ त साच्ची तिमी, खाली-खाली प्यासी खाली,
खाली  तिमी  उस्तै  खाली,  हात  अर्कै  हुन्छ।

गज़ल - तिमी छैनौ भने.....

तिमी  छैनौ  भने दिलमा, बस्नु को के अर्थ ?
तिम्रो तस्बिर अंगालोमा, कस्नु को के अर्थ ?
चोखो प्रेमको पुजारी हुँ, माया तिम्लाई अति गर्छु,
तिमी   छैनौ  त्यो  मनमा,  पस्नु  को  के  अर्थ ?
बिषालु त्यो यौवानोन्मात, साँची बसेकोछु,
गज़ल  बाटो  बनाएर,  डस्नु को  के  अर्थ ?
छुपेकी छ्यौ लुकेकी छेउ, बर्षातमा ओझेल पर्दै,
झरी   बनि   रुझाउना,  खस्नुको   के  अर्थ ?


गजल- लजाएर मुस्कुराउने.....

लजाएर मुस्कुराउने, तिम्रो अधर राम्रो।
हेर्दै पागल बनाउने, तिम्रो नजर राम्रो।
शब्द छैन तारिफ गर्ने, कुन शब्दमा बोलौँ,
आँखा आँखा जुधाउने, तिम्रो टक्कर राम्रो।
पल्केछु पो कुन्नि क्या हो, लाग्छ सँधै पाउँ,
वास्नामा नि कति मिठो, तिम्रो अत्तर राम्रो।
कति गर्नु तिम्रो बयान, गरि  साध्य छैन,
चंचल त्यो मिलनमा, तिम्रो  रहर राम्रो।
सँधै  भरि  माया  गरी,  गरौँ   मन  परी,
फेरी आउंछु क्रेता बनि, तिम्रो शहर राम्रो।


गजल- आकाशमा उदाएर...

आकाशमा उदाएर, टहन्छ्यौ किन सानु ?
तड्पाएर बादल बनि, बहन्छ्यौ किन सानु ?
यो प्यासी झन प्यासी भो, कहाँबाट पिउँ पानी,
मेटाई दिन्छु प्यास भनि, कहन्छ्यौ किन सानु ?
यती सार्हो पागल बनाई, किन मलाई सताएकि,
समुन्द्रको छाल छुँदै, तहन्छ्यौ किन सानु ?
बेचैन भो मन पनि, तिम्रो तड्पाई भित्र रंदा,
प्रकृतिको यस्तो गरम, सहन्छ्यौ किन सानु ?
झरी देउ झर्ना बनि, प्यासी कृष्ण तिम्रै नै हो,
एकोहोर्याइ यती टाढा, रहन्छ्यौ किन सानु ? 

गजल- तिमी बाट कहिल्यै पनि.....


तिमीबाट कहिल्यै पनि, टाढा हुन्न सानु ।
तिमी बाहेक अन्त कतै,साइनो बुन्न सानु ।
तिमीलाई जीवन-साथी, ठान्या पनि धेरै भयो,
सानु  बिना  कसैलाई,  अब  चुन्न  सानु ।
सता'को छ यादले मलाई, टाढा हुँदा हिजो-आज,
दुनियाँले  काट्ने  कुरा,  तिम्रो  सुन्न  सानु ।
हृदयमा राखी सकें, तिमीलाई चाही सकें,
मुटु माझ अरुलाई, कसम  थुन्न सानु ।
विश्वास गर यो प्यासीको, तिम्रै निम्ति बाँचेको छ,
 साँचेको   छु  माया  पनि,  अन्त  ढुन्न  सानु ।

गजल
पहिलो चोटी भेट भा'को, कल्कलाउँदो बैंश रै'छ ।
सानुको त्यो नजरमा, जल-जलाउँदो बैंश रै'छ ।
कसरी म तारिफ गरूँ, बोली बचन लट्ठै  पार्ने,
मधुर त्यो मुस्कानमा, सल्-सलाउँदो बैंश रै'छ ।

एकोहोरो   हेराइले ,   मताउला   झैँ   भयो,
थल-थलाउँदो शरीरमा,तल्-तलाउँदो बैंश रै'छ ।

मनै मेरो  बदलेर,  कति   मन  चोर्या   होला,
साच्चै भन्छु उनि संग, भल-भलाउँदो बैंश रै'छ ।

कसरी म बर्णन  गरूँ, गजलबाट  उनको हजुर,
तारिफ गर्दा कम हुन्छ, हल्-हलाउँदो बैंश रै'छ ।
गजल- यो प्यासीको हृदयमा.....
यो प्यासीको हृदयमा, धल्वलायो तिम्रो माया ।
अंग-अंग नशा-नशा, सल्वलायो तिम्रो माया ।
मोहनी त्यो लठै पार्ने, बोली-व्यवहार  मताउने,
शरीरका कोष-कोषमा, चल्वलायो तिम्रो माया ।

साच्चै सानु तिम्रो कसम, मेरो मनलाई गाँठो पार्यौ,
 हृदयको  केन्द्र  माझ, छल्वलायो तिम्रो  माया ।

नशालु ति नजरमा, फसाई मलाई छाड्यौ सानु,
आखिरीमा प्यासी भित्र, ढल्वलायो तिम्रो माया ।

शिखार्या'छु तिम्रो माया, कसम प्यासी तोड्ने छैन,
जुनी भरी  प्यासी भित्र, टल्वलायो तिम्रो  माया ।

गजल


आगो लगाई यो मनलाई, डढाएर किन छाड्यौ?
पतिदेवको नाउँमा दुई फूल्, चडाएर किन छाड्यौ?
चोखो थियो चोखै गर्थ्यो, तिम्रो प्यासी माया तिम्लाई,
चडाएको त्यो फूल लाई, सडाएर किन छाड्यौ?
थि-एन माया चोखो भने, किन खायौ बाचा कसम,
सोझो मनलाई तिमी भित्र, खडाएर किन छाड्यौ?
कत्रो थियो रहर मेरो, जिन्दगीमा सँगै जिउने,
दरार आयो त्यो स्तम्भ, लडाएर किन छाड्यौ?
छैन अब औचित्य नि, पत्नी हुनु तिमी सित,
प्यासीलाई माया जाल, पढाएर किन छाड्यौ?

गजल
प्रेमको जाल तिमी तिर, हान्नु गल्ती भो ।
तिमीलाई जिवनसाथी, ठान्नु गल्ती भो ।
प्यारी सानु भनि तिम्लाई, चुनेको थेँ हज्जारौंमा,
लाखौं बिच तिमीलाई, छान्नु गल्ती भो ।
कती थियो माया मेरो, दुत्कारेर छाडी गयौं,
चुम्वन गरी अँगालोमा, बान्नु गल्ती भो ।
पागल भा'छ प्यासी आज्, त्यो मनमा मन साट्दा,
त्यो दिललाई यो दिलमा, तान्नु गल्ती भो ।
सारा नाता तोडी सानु, भन्दै माया गरेको थेँ,
मन भित्रकी प्यारी रानी, मान्नु गल्ती भो ।

गजल
भुन्छु तिम्रो वरी-परी ,फुलिदेउन एक चोटी।
प्यासी तिर मेरी सानु, भुलिदेउन एक चोटी।

तिम्रो लागी सागर बन्छु, प्रित पाउन तिम्रो सानु,
यो दिलमा दुग्ध बनि, घुलीदेउन एक चोटी।

के-के बन्नु बनि दिन्छु, पहाड पनि बनि दिन्छु,
झर्झर त्यो हिंउ बनि, चुलीदेउन एक चोटी।

खुल्ला छ यो छाती सानु, प्यास कति-कति झन,
आँचल खोली प्यासी भित्र, खुलीदेउन एक चोटी।

तिम्रो माया कति चाहें, अन्तिम इच्छा केहि छैन,
तिमी भए पुग्छ सानु, डुलीदेउन एक चोटी।


"
तिम्लाई नजर लगाएर...

तिम्लाई नजर लगाएर, घायल भो कृष्ण प्यासी ।
भावनालाई जगाएर, घायल भो कृष्ण प्यासी ।
मन थिएन जोगी बन्न, भै-भै आज माग्दै,
भिख मुट्ठी मगाएर, घायल भो कृष्ण प्यासी ।
नसोची देउ उल्टा कुरा, धेरै मन छ माया दिन,
सक्ने भै-भै ठगाएर, घायल भो कृष्ण प्यासी ।
कस्तो नसिब रैछ कुन्नि,सोचे उल्टो हुने,
सच्चा सबै बगाएर, घायल भो कृष्ण प्यासी ।
माया दिन्छु भन्दै गएँ, झुठा भए कुरा सबै,
कमजोरपनले सगाएर, घायल भो कृष्ण प्यासी ।
गज़ल-बजाउँथें बाँसुरी.....

बजाउथें बाँसुरी, बज्थ्यो छक्क लाग्थ्यो ।
हसाउथें बाँसुरी, हाँस्थ्यो छक्क लाग्थ्यो ।
हँसाई अनि बजाईमा, सुखी दर्द हुन्थ्यो होला,
रुवाउथें बाँसुरी, रुन्थ्यो छक्क लाग्थ्यो ।

निर्जीव त्यो सजीव लाग्थ्यो, उत्ताउलो बनाउँदा,
खेलाउथें बाँसुरी, फुल्थ्यो छक्क लाग्थ्यो ।
सुम-सुम्याउँदा बाँसुरीलाई, मत्ताउने लट्ठ बनाई,
डुलाउँथें बाँसुरी,  डुल्थ्यो छक्क लाग्थ्यो ।
पाउथें साथ् बोल्दा संगै, माया कति-कति,
बोलाउथें बाँसुरी, बोल्थ्यो छक्क लाग्थ्यो ।

गज़ल- "गज़ल भित्र....."

गज़ल भित्र प्यारी सानु, मर्न मन छ तिम्रो लागी ।
सेर अनि रदिफमा,  सर्न मन छ तिम्रो लागी ।
जीन्दगी त सुम्पेकोछु,  गज़लमा किन हट्थेँ,
छोडी संसार काफियामा,  टर्न मन छ तिम्रो लागी ।
कहिले दु:ख कहिले सुख, जीन्दगी यो यस्तै रैछ,
साँघु बनाई गज़लबाट, तर्न मन छ तिम्रो लागी ।
गज़ललाई प्रेम गरें,  तिम्रो यादलाई थमाउदै,
गज़ल झर्ना बनि सानु, झर्न मन छ तिम्रो लागी ।
मर्नु परे जल्नु परे,  जिन्दाबाद छ गज़ल साथी,
मर्नु अघि सानु गज़ल, भर्न मन छ तिम्रो लागी ।

गजल- "दुई दिने यो....."

दुई दिने यो जीन्दगीमा, सर्की किन हिड्नु सानु ?
मन मिल्ने मान्छे संग, तर्की किन हिड्नु सानु ?
आउ गासौं चोखो प्रित,  अंगालोमा कसी,
बैंस फुलाई धर्ति बीच, लर्की किन हिंड्नु सानु ?
बैंसालु त्यो उमेरलाई, नलुकाउ है पर्दा भित्र,
अत्तर त्यो बैंसको,  छर्की किन हिंड्नु सानु?
नलाउने भए माया, किन नजर कायल पार्छ्यौ ?
बारम्बार अघि बाट, मर्की किन हिंड्नु सानु ?

म त तिम्रो प्यासी सानु,  तिमी मेरी ठाने डल्ली,
पुल-पुलिएर पुलुक-पुलुक, फर्की किन हिंड्नु सानु ?

गज़ल- "क बाट....."


क बाट गज़ल लेख्छु, ख पछी आउँछ ।
द लाई संधै बोलाउछु, स पछी आउँछ ।
अर्थ धेरै लाग्दा रैछन, अल्मलिंछु कहिले-काहिँ,
गज़लमा ग लेख्दा,  ल पछी आउछ ।
गज़ल मेरो बुझ्यौ भने, सकारात्मक मानीदिनु,
साहित्यकार मान्यौ  भने, र पछी आउँछ ।
प्यारी सानु कसो गरौँ, मर्न खोज्छु शब्द भित्र,
यो मर्दलाई बुझी हेर्दा,  द पछी आउँछ ।

यस्तो शब्द्जाल भित्र, माया धेरै टाँसेकोछु,
मलाई बुझीदेउ सानु,  म पछी आउँछ ।

गज़ल- "क्षारे रोग भई....."

क्षारे रोग भई संधै, बल्झिएं जीन्दगी भर ।
जंडीया भई संधै, रल्लिएं जीन्दगी भर ।
दुखी भंए भनौ भनें,  मेरै गल्ति भा'छ हजुर,
कसलाई सुनाऊ ओछ्यानमा, पल्टिएं जीन्दगी भर ।
बुढ्यौलीपन गंजेडो छु, कसले मलाई पत्याउला र,
कूलतमा जीवन डुबाई,  अल्झिएं जीन्दगी भर ।
दु:ख पाई रोइ रा'छु, मेरो रोदन कसले सुन्ला,
शरीर सबै दुखी रा'छ, थल्लीएं जीन्दगी भर ।
बढ्नु अब कसो गरि,  सपना छन् धेरै-धेरै,
हालतमा यस्तो भएँ, ढल्कीएं जीन्दगी भर ।
गज़ल- "गज़ल कोरी....."

गज़ल कोरी तिमीलाई,  सुनाएरै छाड्छु ।
प्यासीको यो मनमा सानु, थुनाएरै छाड्छु ।
फुलेकीछ्यौ गुराँस झैं, ढक-मक्क लाली छर्दै,
रस चुस्न भमरा झैं,  भुनाएरै छाड्छु ।
लालुपाते ओठ तिम्रो, भुल्न सक्छु कसरी म,
माया गर्न बल्छी भित्र,  उनाएरै छाड्छु ।
प्यासीको यो बल्छी सानु, माया गर्न तिमीलाई,
आतुर छ मिलाउन,  तुनाएरै छाड्छु ।
बोल्छ प्यासी गर्छ उसै, कसम हट्या छैन पछी,
तिम्रो लागी बर-माला,  बुनाएरै छाड्छु ।