Great Collection Of 60 Nepali Gazal Part Three

 सबथोक पाएर पनि केही नपाए जस्तो गर्छ

सबथोक पाएर पनि केही नपाए जस्तो गर्छ
जिन्दगीले घरि घरि चित्त दुखाए जस्तो गर्छ

हावाका हातहरु हरियो कपाल सुम्सुम्याइ दिन्छन्
मोडमा टक्क उभिएर पीपल निदाए जस्तो गर्छ

चाहेको भए सिङ्गै नदी पिउन सक्थ्यो बगरले
अरुको तिर्खा सम्झेर ओंठ भिजाए जस्तो गर्छ

एकपल्ट आफ्नो मनलाई अक्षरमा उतारी हेर त
आँखा खोले जस्तो गर्छ औंला चलाए जस्तो गर्छ

गज़लको गला त उहिल्यै देखि थिचिएको छ यहाँ
गज़लकार भने ठूलो स्वरले चिच्याए जस्तो गर्छ
लेखकःनिरज भट्टराई

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 सुल्टा भनेर आयौँ उल्टा दिशा रहेछन्,

सुल्टा भनेर आयौँ उल्टा दिशा रहेछन्,
आँखा दिवा रहेछन् आँखा निशा रहेछन् ।

भिञ्ची नभेट्नुमा को दोषी थियो विधाता,
धर्तीभरी हजारौँ मोनालिसा रहेछन् ।

लाग्दैथियो तिमी नै रोयौ बिदाइ गर्दा,
छाम्दैछु आज आफ्नै आँखा चिसा रहेछन् ।

कस्ले निधार ठोक्थ्यो अर्कै मुहार देखे,
दोषी हुँदैन दोषी, देख्ने सिसा रहेछन् ।

आशा रहे रहन्छन् के नत्र जिन्दगानी,
जिजीविषा भनेका जिजीविषा रहेछन् ।
लेखकःअहम् स्रष्टा 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 स्वार्थ परित्याग गरी कर्म गरौ बहुजन हिताय

स्वार्थ परित्याग  गरी कर्म  गरौ बहुजन हिताय
पोखी सत्कर्म छताछुल्ल ज्ञान चरौ बहुजन हिताय
 
अनभिज्ञ छैनौ इतिहासको भेट्छौ किर्तिमान त्यहाँ
सुन्यौ उपदेश घासिको नाम छरौ बहुजन हिताय

बेद शास्त्र पुराण मार्ग दर्शन  गर्छन अकन्टक भारी
गुन्जायमानस्वर घन्कीरहन्छन कान भरौ बहुजन हिताय

धर्म काम अर्थ मोक्ष निर्देशित पथ यो गन्तब्य को
अमर छैनन् जीव चराचर शान मरौ बहुजन हिताय

बनाऔ सुखमय जीबन ज्ञान बिज्ञान अघि बढाई
तमसोर्मा ज्योतिर्गमय अज्ञान तरौ बहुजन हिताय
लेखकःरामचन्द्र शर्मा 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  हजारौँ ती मलामी बिचमै एकजना मुर्दा लडेको हुन्छ
हजारौँ ती मलामी बिचमै एकजना मुर्दा लडेको हुन्छ 
न चाह हुन्छ न लक्ष केही छ तैपनि यात्रा गरेको हुन्छ

सन्देश त्यो बुझ्नेलाई काफी इसारा किन पर्खनु पर्‍यो 
हरेक दिन ढलेर जान्छ सूर्यले कै'ले भनेको हुन्छ 

चीतामा कोही जलेको देख्दा पुर्पुरो छाम्दै उम्कन्छौ कति 
भाग्यले कै'ले ठग्दैन मूर्ख समय सबको चलेको हुन्छ 

संम्बन्ध कै'ले बिग्रन्न हेर बिग्रने केवल तिमी या म हुँ
आकाश झैँ फैलिन्छ नाता एकले अर्कालाई मथेको हुन्छ

उदारण दिन्छन् रमेशले जस्तै पिंजडाबिनै निर्वाह गर्न 
बुझ्दैनन् तर बलेको मइन पग्लदा सबै डढेको हुन्छ
लेखकःरमेश बिमान  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

    हजुर मलाई मुटुभित्र पसाउने मान्छे

हजुर मलाई मुटुभित्र पसाउने मान्छे
म रुँदा आँसु पुछ्दै हँसाउने मान्छे

हात समाई उकालीमा डोर्याउँदै हिंड्ने,
थाक्दाखेरि काखैमा बसाउने मान्छे

मनभित्र पीडा लुकाई बाहिर हाँसिदिने,
लुकीछिपी आँसु एक्लै खसाउने मान्छे

नीरस यो जीवनमा खडेरी लाग्दा,
हजुर त खडेरीमै रसाउने मान्छे
लेखकःडा. बिशाल बाबु बस्नेत

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 हामी बीचमै कोही दुश्मन लुकिरहेको हुन सक्छ

हामी बीचमै कोही दुश्मन लुकिरहेको हुन सक्छ
क्रान्तिको चेपतिर भजन लुकिरहेको हुन सक्छ

सबैतिर अमनचैन छ भनेर झुक्याउन उनीहरू
कुना-कन्दरामा अझै जलन लुकिरहेको हुन सक्छ

लडाइँ लड्छु भन्नेले आँखा तीखो नपारी कहाँ हुन्छ
पाइलैपिच्छे बाधा अड्चन लुकिरहेको हुन सक्छ

कमाएर खोइ पठाएन फर्किएर आफू आएन
ल्हासामा बिखर्ची मदन लुकिरहेको हुन सक्छ

पागल हो भनेर कति पो पन्छाउने हो उसलाई
सुन त, बोलीपिच्छे दर्शन लुकिरहेको हुन सक्छ
लेखकःजोतारे धाइबा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 हामी मरेपछि दुनियाँले अत्तर बनायो म के गरौं

हामी मरेपछि दुनियाँले अत्तर बनायो म के गरौं
बाँचुन्जेल् निमोठ्न फूलबारी सजायो म के गरौं ?

दागपनि टल्किंदा रहेछन्, एउटै ठुलो भएपछि
निशाकाशलाई तारा हैन चन्द्रमा सुहायो म के गरौं ?

सपना देख्ने आँखा अन्धाका पनि आफ्नै हुन्छन्
मलाई डोर्‍याउनेले आँखामा पट्टी लगायो म के गरौं ?

धुक्धुकीको धून बजेको थियो हामी डबलीमा नाच्दा
सिरा र धमनी लौ मादलेले छुट्यायो म के गरौं?

रोए त मरिन्छ साथी हाँसे बाँचिन्छ के भनेथें
मलाई साथीले मेरै तस्विर देखायो म के गरौं ?
लेखकःराजन कार्की 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 हावा चलेन भने के हुन्छ सोचिराख

हावा चलेन भने के हुन्छ सोचिराख
चुल्हो बलेन भने के हुन्छ सोचिराख

सधैं लुट मच्चाउनेहरुको यो सत्ता 
अझै ढलेन भने के हुन्छ सोचिराख

मात्र घरै घरको शहर नभए पनि हुन्छ 
अन्न फलेन भने के हुन्छ सोचिराख

तिमीले झुप्रा जलाउँदै गर्दा माथिबाट
भोक जलेन भने के हुन्छ सोचिराख
लेखकःभूपेन्द्र तिम्सिना 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 हुँदैन रे नजरभरि दर्शन त्यो अधरको

हुँदैन रे नजरभरि दर्शन त्यो अधरको
यहाँभन्दा ठूलो चोट के हुँदो हो खबरको

 जति टाल्दै गयो उति प्वाल देखापर्छ
आयो गयो, फेरि पनि नशा छ सहरको

मान्छे बाँच्ने सबैभन्दा सस्तो चिज हो आशा
त्यसैले त बाँड्नेहरू बाँड्छन् भएभरको

 आऊ दिन्छु खुसीसँग फेरि पनि यो मत
क्षतिपूर्ति मिल्नुपर्छ मलाई बराबरको

 कमजोर, एक्लो, भएपछि ढल्नै पर्दो रैछ
आँसु झर्ने सन्देश हो यो मेरो जन्मघरको !
लेखकःभरत पौडेल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

              हेर्दछु शहरमा गाउँमा उभिएर 

हेर्दछु शहरमा गाउँमा उभिएर !
क-कस्ले के पाए सल्लाह दिएर !

मन्दिर अगाडीको ढोकामा भगवान
माग्न बसेका छन् दानपत्र लिएर !

सत्यको जित हुन्छ भनेर ढाँटेछन्इ
तिहास मर्मत भयो शक्तिले सिएर !

के सोच्नु र यो संसार देखेपछि
रित्ताईदिउँ बरू जिन्दगी पिएर !
लेखकःझलक पौडेल बिचारी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  गरीबीमै जिन्दगी गै सक्यो

गरीबीमै जिन्दगी गै सक्यो
सामन्तिले देस बेच्नै लाई सक्यो

जनताको खुन पसिना चुसेर
शोषकले रित्त्याए ढुकुटी लुटेर

गरीबको आसु बन्दैछ झरी
सामन्तिले गर्दैछन मनपरी

सामन्तिको उखेलौ जरो
जुटौ साथी बनाइ मन दरो

खाउला गोली नडराइ छातीमा
बगाउ रगत आफ्नै यो धर्तिमा

देशको माटो लौ साथी जोगाउ
शोषकलाई देस बाटै भगाउ
kalpana sharma

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  गरीबीमै जिन्दगी गै सक्यो

गरीबीमै जिन्दगी गै सक्यो
सामन्तिले देस बेच्नै लाई सक्यो

जनताको खुन पसिना चुसेर
शोषकले रित्त्याए ढुकुटी लुटेर

गरीबको आसु बन्दैछ झरी
सामन्तिले गर्दैछन मनपरी

सामन्तिको उखेलौ जरो
जुटौ साथी बनाइ मन दरो

खाउला गोली नडराइ छातीमा
बगाउ रगत आफ्नै यो धर्तिमा

देशको माटो लौ साथी जोगाउ
शोषकलाई देस बाटै भगाउ

kalpana sharma

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  जाउ मेरो याद बाट

जाउ मेरो याद बाट
खाली गर्देउ मनको बास

खोइरो खन्यौ भित्र भित्र
भाबनाको सत्त्या नाश

सियो बनी दिलमा पसी
च्वास्स च्वास्स छेद खनी

माया गर्छु मलाई भनी
अरु सँग खेदो खनी

सियो बाट फाली बन्यौ
सत्तुरको ताली बन्यौ

अब छैन मेरो मनमा
पुरुषको कुनै आस

जोड्दै तोड्दै पटक पटक
हिर्दएको सत्त्या नाश

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  धेरै खोजे आज तिमीलाई

धेरै खोजे आज तिमीलाई पाखा पखेरामा
लुकेउ कि कतै भनी घरको मझेरामा

सुटुक्क भेट्ने ठाउँमा अन्धेरी रातमा
जुनकिरिको उज्यालोले पुग्ने घाटमा

सोद्ढै हिंडे चौतारामा बिसाउने बटुवा लाई
देखेउ कि कतै मेरो मनको देउता लाई

लद्डै पोड्दै पुगेछु म डाडा खरबारिमा
थकाई मार्न एक्छिन बसे खेतको आलिमा

धल्क्यो दिन खोज्दै हिन्दा पाइेन कुनै खबर
एक्लै भागी गएछौ क्यारे मलाई छोडि शहर

kalpana sharma

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  पखालिन्छ केही बेथा एक्छिन बसी रोएर

तिम्रो आँखामा देखे आज मैले धेरै पिडा
सोद्धा कहिल्यै भन्ने होइन कुरा सिधा सिधा

मनको बेथा बताउनाले मन हल्का हुन्छ
नत्र भने भित्र भित्र घाऊ गहिरो बन्छ

पिप जस्तै करकर खाँदै बन्दै जान्छ खिल
मन मिल्ने साथी सँग खोल्नु पर्छ मनको पिर

चिन्ताको थुप्रो लागे जाने होइन धोएर
पखालिन्छ केही बेथा एक्छिन बसी रोएर

दु:ख र बेदना नहुने दुनियाँमा को होला र
देखाउछन बाहिर हासो भित्र पिडा दबाएर
kalpana sharma

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  छरिएका खुशीहरु फेरी थाले सँगाल्न

छरिएका खुशीहरु फेरी थाले सँगाल्न
नसोचेको माया मिल्यो गारो भयो अगाल्न

धेरै खुशी धेरै माया कसरी सम्हालु म
तितो अतित बिर्सिएर तिमीमै रमाउछु म

च्यातिएको हिर्दयएलाई मनोबलले सिलाएर
अघी बड्छु जिबनमा खुशी मनमा फुलाएर

एउटा ढोका बन्द भए अर्को ढोका खुल्दो रहेछ
दुखेको आत्मलाई माया दबाइ बन्दो रहेछ

मरेका इच्छाहरु तिमीले फेरी जगाएर
सामेल गरेउ जिन्दगीमा नयाँ आसा सजाएर

kalpana sharma 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  पासमा आउन सकिदैन

साथमै हिडिएला तर पासमा आउन सकिदैन
एक नदिका किनार कदापी मिलाउन सकिदैन

दिनेले दिए पनि सबथोक अलग अन्दाज सित
सामिप्प्य मा दिनिया पर्दा उठाउन सकिदैन

उस्को पनि मजबुरी थियो मेरो पनि मजबुरि
रोज मिलेपनी तर घरमा बताउन सकिदैन

घाम उदाए जस्तइ जिबन आस्थाउने छ एकदिन्
कोरिएको रेखा त्यो कैले मेटाउन सकिदैन

मरुभुमीमा आशु झार्नु बेर्थै न'हो प्रयास
दु:ख पिडा चोट दिलको देखाउन सकिदैन
karma muskan 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   मखमली सयपत्री फुलेर आयो।
मार्सीधान फाटैभरी झुलेर आयो।।

लगाई सप्तरङ्गी टिका निधारमा।
दिदी भाईको सम्बन्ध मिलेर आयो।।

आगमन लक्ष्मीको गाउँ वस्ती भरी।
घर आगनमा दिया बलेर आयो।।

मिलेर साथिभाई नाच्दै र गाउदै।
रमाई देउसी भैलो खेलेर आयो।।

मनाऔँ तिहार सबै जहा भएनी।
गरिबको दुःख कष्ट भुलेर आयो।।
shwar anzan 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 तिमीले पठाएको सुको पैसा

तिमीले पठाएको सुको पैसा पाकी छैन मैले
चुहुनै लाग्यो घरको झुप्रो छाकी छैन मैले

कमजोरिले बिरामी भएर थला परेकिछु
बैद्य सँग जचाउन पनि गाकी छैन मैले

पोहोर सालको धोती टाल्दाटाल्दै फाटिसक्यो
नयाँ गुन्यु चोली किनी लाकी छैन मैले
बर्षा लाग्यो खहरे खोला उर्लेर आएकोछ
मुजुरा गर्न पल्लो गाउ धाकी छैन मैले

अर्मपर्म गर्न पनि सकेकि छैन बिरामीले
धेरै दिन भो पेटभरी खोले खाकी छैन मैले
kalpana sharma

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 कहिले पर्छ मान्छे यहाँ पाउमै हजुर ।।
मौका मिले छर्छ नून घाउमै हजुर ।।

विश्वाश गर्नु कसरी आफ्नै लाई पनि
तान्न खुट्टा पर्खन्छ दाउमै हजुर ।।

हेरेर चिनिन्न लेख्या हुन्न निधारमा
गर्छन् गद्दारी अर्कैको नाउमै हजुर ।।

धेरै आए साथी बन्न मित्रताको नाता लिई
मित्रता बिक्दोरैछ सडेको भाउमै हजुर ।।
Ram Sharan Shrestha

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  गजल - के को द्वन्द यहाँ

खै केको द्वन्द चल्दैछ यहाँ ।।
फेरी सडकमा आगो बल्दैछ यहाँ ।।

शन्ती र सुरक्षा कहाँ छ हेर
निर्दोसमा गोली चल्दै छ यहाँ ।।

यो कस्तो सत्ता मोहले गर्दा
दिन्दिनै सत्ता ढल्दैछ यहाँ ।।

कस्लाई छ मतलब आफुभन्दा बाहेक
कस्तो समाज फल्दैछ यहाँ ।।

कहिले बुझ्ने कुर जन्तालेउस्को
जन्तालाइनै उस्ले छल्दैछ यहाँ ।।

Ram Sharan Shrestha
 
Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  राम तिम्रै हो ।।

मेरो हरेक धड्कनको नाम तिम्रै हो ।।
नहेर शंकाले यो राम तिम्रै हो ।।

सोचेको छैन तिमीबिन कुनै यात्राहरु
उज्यालो उदाउंदै गरेको घाम तिम्रै हो ।।

नाता अती गाढा छ माछार पानीको
यो प्रेमलाई नाता दिने काम तिम्रै हो ।।

देउता भाकिसके पाउन तिमीलाई
छोड दुबिधा ममेरो तामाम तिम्रै हो ।।

प्रमाण के दिउं ज्यान माग दिउला
हेर मुटु भित्रको ठाम तिम्रै हो ।।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  मायामा रुन्छ किन ?

मायामा रुन्छ किन ?
आँशुले धुन्छ किन ?

लाखौ पीडाहरु बोकेर !
त्यैमाया बुन्छ किन ?

छाडेर पराई हुँदा पनि
उसैलाई चुन्छ किन ?

सम्झेर उसको यादमा !
बेहाल हुन्छ किन ?

साससंगै उनको नाउजोडी !
बारम्बार गुन्छ किन ?
 D.V.LAMA

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 प्रीतको नशाले

प्रीतको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो

एकपल सहि खुसि त दियेउ तिमीले
तिम्रा हर बात बातमा माया बस्यो

नभेटेकै जाती बरु सुख दिन्छु भन्नेहरु
भेटेपछि दिएको घातमा माया बस्यो

कति सजिलै भुलेर गईछेउ तिमिभने
भुल्न सकिन तिम्रो मातमा माया बस्यो

प्रीतको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो
Manoj kafle

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 हररात यी आँखाका निंद भगाएर गयौ

हररात यी आँखाका निंद भगाएर गयौ
पत्थर यो मनमा प्रित जगाएर गयौ

पलभरको साथ असिमित खुशीहरु
तस्बीर यो मनमा सजाएर गयौ

सुस्ताएका नयनहरु यत्रतत्र ढल्दै थिए
मनको यो दिवार ढक-ढकाएर गयौ

शून्यतालाई तोडिदिने मीठा मीठा बातहरु
आवाजमा जादु, मोहनी लगाएर गयौ

भेटिएर छुट्नै पर्ने परिभाषा जिन्दगीको
मजबुर ति नयन रसाएर गयौ ।।।
kali

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  आँसुका धाराहरुले मेरो जिवन खाटो भयो

आँसुका धाराहरुले मेरो जिवन खाटो भयो
न बोल्ने न सुन्ने कानो अनी लाटो भयो

बेहोशीमा लड्यो मुटु वेदनाले छाती दुख्यो
छोडी गयौ र्निमोही न सम्हाल्ने बाटो भयो

एक्लै बसी रोईदिन्थें उनकै याद आउथ्यो
एक्लिएर मेरो जिवन अखडाको भाटो भयो

लुकाएर व्यथाहरु वषौ भयो बाँचेको म
विनासुर पाइला न बाटो न घाटो भयो

जोगिएर हिड्छु भन्दा मायाँप्रेम गर्ने संग
चाहाने नै धेरै भए बिनामेसै फाटो भयो
Manoj kafle

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 सुनौलो बिहानी नयाँ देखिदैछ
र एउटा अनौठो कथा लेखिदैछ ।।

किराले सडेको कुनामा लडेको
पुरानो बुटाको जरा भेटिदैछ ।।

नगर्ने नमर्ने न निभ्ने न बल्ने
अँध्यारो निशाको कला छेकिदै छ ।।

कता हो कता हो यसो निस्किएर
लुगामा सरेको लुतो मेटिदैछ ।।

भरोसा नसुक्ने र आशा ननिभ्ने
सुधाले भिजेको धरा टेकिदैछ ।।
 Shiva Mishra

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   नै पाखा पखेरामा, फुलेको जिन्दगानी हुँ
सधैँ डोको हँसियामा, डुलेको जिन्दगानी हुँ ।।

दशै नङ्रा खिया पारी, म खोस्रन्थे यही माटो
र ठेला हातमा बोकी, झुलेको जिन्दगानी हुँ ।।

न नाना छन् न छाना छन्, न पाथी छन् माना छन्
उधाराका यिनै खाता, खुलेको जिन्दगानी हुँ ।।

न भेटेँ जीत बाटामा, उज्यालामा अँध्यारामा
कतै सुन्सानमा बाटो, भुलेको जिन्दगानी हुँ ।।

Shiva Mishra

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   माया भित्र सीर्जनाको नासो छ र जिन्दगी छ
सुख दुःख आँशु संगै हाँसो छ र जिन्दगी छ॥

संघर्षको चौतारीमा ताते बामे तोते बोली
तेरो मेरो अनि उनको चासो छ र जिन्दगी छ॥

थोरै पीडा असन्तुष्टि नभए त के मजा भो
स्वास्नी छोरा छोरी यस्तै पाशो छ र जिन्दगी छ॥

को भन्छ छोटो छ जिन्दगी? शिव मान्दै मान्दैन
जिन्दगीमा जिन्दगीकै गाँसो छ र जिन्दगी छ॥

शिव मिश्र

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   सुनौलो बिहानी नयाँ देखिदैछ
र एउटा अनौठो कथा लेखिदैछ ।।

किराले सडेको कुनामा लडेको
पुरानो बुटाको जरा भेटिदैछ ।।

नगर्ने नमर्ने न निभ्ने न बल्ने
अँध्यारो निशाको कला छेकिदै छ ।।

कता हो कता हो यसो निस्किएर
लुगामा सरेको लुतो मेटिदैछ ।।

भरोसा नसुक्ने र आशा ननिभ्ने
सुधाले भिजेको धरा टेकिदैछ ।
शिव मिश्र

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 नै पाखा पखेरामा, फुलेको जिन्दगानी हुँ
सधैँ डोको हँसियामा, डुलेको जिन्दगानी हुँ ।।

दशै नङ्रा खिया पारी, म खोस्रन्थे यही माटो
र ठेला हातमा बोकी, झुलेको जिन्दगानी हुँ ।।

न नाना छन् न छाना छन्, न पाथी छन् माना छन्
उधाराका यिनै खाता, खुलेको जिन्दगानी हुँ ।।

न भेटेँ जीत बाटामा, उज्यालामा अँध्यारामा
कतै सुन्सानमा बाटो, भुलेको जिन्दगानी हुँ ।।

Shiva Mishra

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   स्वर्गै पुग्छु राजै हुन्छु भन्ने ठानी छिरेपछि
जिन्दगी नै चौपट् भयो राजधानी छिरेपछि ।।

सोचे जस्तो हुन्न रैछ जल्दै जल्दै बाँच्नु पर्ने
अचम्मको खाल्टो भित्र जिन्दगानी छिरेपछि ।।

इच्छा लग्यो जोश बग्यो स्वाभिमान डग्यो
दिवास्वप्न भड्खारामा पानी पानी छिरेपछि ।।

त्यो बिरानो गाँउ ठाँउ त्यै बिराना मान्छेहरु
बाँच्न गाह्रो हुन्छ भन्ने जानी जानी छिरेपछि ।। 
Shiva Mishra

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

   गुलाबी ति सुन्दर ओठमा कित्रिम लालि नछरे है!
आफ्नो भन्नु तिमि नै छौ विश्वासघात नगरे है!!

संघर्षसिल जीन्दगीमा दुख पनि पर्छ सानु!
परेलीको डिल बाट आँशु बनि नझरे है!!

हाम्रो जोडी यो समाज लाई देखी पाच्चे नभएमा!
आत्मबक दह्रो बनाई समाज संग नडरे है!!!

ठकुरी समीप

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  खै! के को भुमरीमा पर्यो जिन्दगी
आज अन्तै बसाई सर्यो जिन्दगी

फूल झैं फक्रिन खोज्दा पनि
भाग्यले नै छल गर्यो जिन्दगी

परेलीको बाँधले सकेन छेक्न
आँशु भै आँखाबाट झर्यो जिन्दगी

तैरिएर खोला तरुँ म भन्थेँ
खहरेको भेलमा पर्यो जिन्दगी

तड्पिएर आफैसँग जिएकै थिएँ
नब्युँझिने गरि मर्यो जिन्दगी।।।
 kali

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  तिमीलाई साथ दिउला भनी भनी!
चखेवाको जोडी झै जिउला भनी भनी !!

फुल बारीमा पुतली झै नाच्थेउ तिमी एक्लई !
राम्रो फुल टप्प टिपी लिउला भनी भनी !!

फुल सिउरी रानी बन डुल्न जाँदा दुबै !
प्यास लाग्दा चिसो पानी पिउला भनी भनी !!

रुमालैले आँखा छोपी खेल्थौ चौरैमा !
तिमी त बेउली हौ म बेउला भनी भनी !!

केबल रुमाल थियो उनको चिनो !
टुक्क्रा टुक्क्रा भएपनि सिउला भनी भनी !! 
राज श्रेष्ठ तिर्थ,

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

मोहिनी त्यो मुस्कानले, हर्यो मनहरु ।।
अनि प्रेमको बेचैनिमा, पर्यो मनहरु ।।

बोलीहरु नफुट्दानी नजर कुरागर्दा रेछन्
नजर कुरा गर्दागर्दै सर्यो मनहरु ।।

आफैलाई रोक्ने कोसिस नगरेको हैन मैले
रोक्दारोक्दै पनि बिबस तर्यो मनहरु ।।

सम्भब छैन मेट्नलाई मुटुकोत्यो तस्विर अब
उनकै यादर तस्विरले भर्यो मनहरु ।।
Ram Sharan Shrestha

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 आज भने तिम्रो छेउ पर्न पाए हुन्थ्यो
जिस्काउदै तिम्रो नजिक सर्न पाए हुन्थ्यो

पारि किनार मायाबारी पारि नै छ प्रित
तिमीसगै प्यारो गंगा तर्न पाए हुन्थ्यो

वर्षायामको झरि जस्तै जहितही ओर्लिरैछु
तिम्रो मनको बलेसिमा झर्न पाए हुन्थ्यो

भावानाको तरङ्गमा प्रेमलहरी धेरै फले
केही बिज तिम्रो मनमा छर्न पाए हुन्थ्यो

सगै बाच्ने सगै हिड्ने कसम बनाइसकेँ
अन्तिम ईच्छा तिमीसगै मर्न पाए हुन्थ्यो ।
Nabin abiral

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 सधैं-सधैं न्यानो माया गरि राख यसरी नै
नयन भरि माया साँची हेरि राख यसरी नै

टाढा हुन सक्दिन म तिमीबाट एकै पल
मायालु त्यो अँगालोमा बेह्रि राख यसरी नै

सारी, चोली, मखमली अरु केही चाहिदैँन
मायाजालको पहाड बनाइ घेरि राख यसरी नै

तिम्रो माया मेरो खुशी तिमी भए पुग्छ हजुर
हृदयमा मेरै नाम केरि राख यसरी नै

असम्भव नै देख्छौ भने हाम्रो माया प्रिती अझै
अप्थ्यारा ति बाटाहरु फेरि राख यसरी नै ।।

kali 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   थाहै हुन्न कती बेला कस्ले यो मन छुन्छ,
माया भन्ने गर्निदैन,यो त आँफै हुन्छ!

ओठ हरु चुप चाप हुन्छन, मन हरु कुर गर्दा,
एउटा मन ले कुरा गर्दा, अर्को मन ले सुन्छ!

मन आखिर मन नै हो पिडा हरु लुकाएर,
मुहर मा हाँसो छर्दै,भित्र भित्रै रुन्छ!

माया भन्ने सपना हो बिउझनै पर्छ आखिर,
तर पनि मन भरी, जार सपना बुन्छ!

मन हरु दुखे पनि आँखा हरु हाँसी दिन्छ,
दु:ख पिडा आसुँ सार,मन भित्रै थुन्छ !
raj shrestha tirtha

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 कणकणमा बुद्ध बास कहिले होला यहाँ
जनजनमा शान्ति आभास कहिले होला यहाँ ।।

अन्धकारछ चारैतिर, कोलाहाल र अशान्तिको
मनमुटाबको शत्रुनास कहिले होला याहाँ ।।

दिनदिनै चर्कदैन सक्तिको द्दन्द हेर
ब्यक्ति बादि स्वार्थनास कहिले होला यहाँ ।।

बिनाभय बिनात्रास शान्तिको हालिमुहाली
भई सबै शान्तिकै दास कहिले होला याहाँ ।।

Ramsharan Shrestha 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

     ए मेरो काली तिमी के साह्रै जाली

ए मेरो काली तिमी के साह्रै जाली !!
न भनेकै कुरामा दोष दिन्छौ खाली !!

माया गरि तिम्लाई, मैले माग्न आउदा !
किन भन्यो म बिहे,गर्दिन यस पाली ?

दाईको पर्र्यो साली,मेरो सोल्टिनी तिमी !
मैले बोलाउदा तिम्लाई, भन्थे काली !!

भनुँ भने कसरी भनुँ,अब तिम्लाई काली !
राख्दैछु केवल तिम्लाई,दिलमा संगाली !!

तिम्रो मेरो बिछोडमा,दुनियाँ नै हाँसेको देखें !
सम्झनाम बग्दा आँशु,आफ्नैले दियो ताली !! 
 देश लामा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  गोरी थिएं हिजोसम्म तिम्रै लागि काली भएं

गोरी थिएं हिजोसम्म तिम्रै लागि काली भएं
आशै-आशले भरिएको बेमौसमको बाली भएँ

चोखो माया तिम्रै अघि थुपारेर राख्न खोज्दा
सारा गाउँ शहर माझ बेइमानी र जाली भएँ

छाडि गयौ तिमीले पनि बिर्सिदियौ बाचाकसम
मिर्मिरे मै झरिजाने पारिजातको डाली भएँ

जिन्दगीलाई हरियाली सम्झिनु नै ब्यर्थ थियो
जहाँ टेक्यो पहिरो जाने गैह्रीखेतको आली भएँ
kali

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 उ मलाई खास बनाउछु भन्दै थियो
भित्रभित्रै दास बनाउछु भन्दै थियो

उसका कर्तुत र मेरा नजर जुध्दाखेरी
मलाई जिउदो लास बनाउछु भन्दै थियो

मैलै अरुको भोक र भोजनको कुरा गरे
उ मलाई नै एक गास बनाउछु भन्दै थियो

उसका वर्तमानको पर्दाफास गर्दाखेरी
मलाई नै ईतिहास बनाउछु भन्दै थियो

उसको प्रहारबाट,म लडे मूर्दा भए
उ नै मेरो लागि शहिदको पास बनाउछु भन्दै थियो
नकुल अर्याल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 बेमौसम को खडेरीमा,फूल्यो कसरि

बेमौसम को खडेरीमा,फूल्यो कसरि !!
हरियाली यो बहारमा, झुल्यो कसरि !!

रिमझिमको मौसम,रुन्छ किन यसरि !
अनयासै कालो बादल ,घुल्यो कसरि !!

यस्तो लाग्छ किन,केहि छैन तिमी बिना !
अनयासै मनमा साउन,हुल्यो कसरि !!

कहाँगए खुसिमेरो,आँशुमा मलाई डुबाएर !
छाडेर मदुखी लाई ,अन्तै ढुल्यो कसरि !!

रुन्दैछ मन कुहिरोले,ढाकेको घोप्तेभिर झैँ !
थाहै नापई आँशुको बाटो, खुल्यो कसरि !!
देश लामा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

                    परिवर्तन आउछ 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

                    प्रेममा धोका 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  मर्दैन कि माया मेरो मरी म गएपनि

मर्दैन कि माया मेरो मरी म गएपनि
बसन्तमै ओइलाएर झरी म गएपनि

किनारमै डुंगा छ सागरसरी माया
तर्दैना कि सात समुन्द्र तरी म गएपनि

झझल्कोमा तस्बिर नाच्दा याद आउछ सिरानमा
सर्दैन कि यादहरु सरि म गएपनि

गुलाबले बोलाउछे होसमा हो कि बेहोसमा
स्पर्सका बसनाहरु छरी म गएपनि

न्याउली जस्तै खोजि गर्छु के दिन के रात
निस्ठुरीले बिदा गरि म गएपनि

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  देखा ओटी देशको लागि शहिद् भै मर्नेहरु

देखा ओटी देशको लागि शहिद् भै मर्नेहरु
सत्ता हात लिनको लागि खोक्रो भाषण् गर्नेहरु ।

खै के दियाऊ जनतालाई भोक भोकै मर्न लागे
२ हजारमा नमिले र दिन दिनै कुस्री सर्नेहरु ।

गर्छ भनी पढाईराथ्यौ आँफै झगडा पो गर्न लागे
३ रुपैयाँको बिकास देखाइ ५ रुपैयाँको पेट भर्नेहरु ।

खुकुरी र बन्दुक होइन बिचार कै युद्ग गरौ
यो देशबाट निकल्छौ अब विशको खेती गर्नेहरु

दीपक खड्का

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  तिम्रो दिलमा मेरो लागि ठाउँ छ कि छैन खाली
रोजी तिम्लाई मनमुटुमा सजाइ सके यसैपाली ।

पहिलो पटक तिमीलाइनै राखे मैले मुटु भित्र
नपत्यए हेर तिमी छाती भित्र दियो बाली ।

हरपल तिम्रो सम्झनाले अनयासै छाती पोल्दा
बनिदेउन तिमी मलाई शितल दिने वरको डाली ।

Deepak khadka

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 सबैले कुल्चने माटो म होइन

सबैले कुल्चने माटो म होइन
तिमीले सोचेजस्तो लाटो म होइन

आउने छैन सधै तिम्रो पछि लगि
पछ्यौरीमा अल्झने फाटो म होइन

छोडीदेउ मलाइ तगारो बनाउन
तिम्रो जिन्दगीको बाटो म होइन

कति लगाउछौ आफ्नो भुलको दोष
भाग्यमा लागेको टाटो म होइन

दम्भले चढयौ अनी खस्यौ तल
महाभिरको चिप्लो पाटो म होइन

तिमीले सोचेजस्तो लाटो म होइन
नवीन अविरल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   चोट जति मलाई परोस तिमि सधै हाँसी राख।

चोट जति मलाई परोस तिमि सधै हाँसी राख।
म मर्ने छु पल पल बरु तिमि सधै बाची राख ।

दुख पर्दा आवाज संगै ठुलो स्वर मा म रोइदिन्छु ।
त्यहिँ रुवाइलाई गीत सम्झी तिमि सधै नाची राख ।

प्रयास गर्छु जोड्नलाई बिगत का ति कथाहरु।
कहिले काहीं मेरो कथा तिमि आफै जाची राख ।

तिम्लाई सम्झी रोइदिउला कहिलेकाही एक्लै हुदा।
भाचिएको यो मन लाई तिमि अझै भाची राख ।
Bal Krishna lamsal

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  कहिले पर्छ मान्छे यहाँ पाउमै हजुर
कहिले पर्छ मान्छे यहाँ पाउमै हजुर ।।
मौका मिले छर्छ नून घाउमै हजुर ।।

विश्वाश गर्नु कसरी आफ्नै लाई पनि
तान्न खुट्टा पर्खन्छ दाउमै हजुर ।।

हेरेर चिनिन्न लेख्या हुन्न निधारमा
गर्छन् गद्दारी अर्कैको नाउमै हजुर ।।

धेरै आए साथी बन्न मित्रताको नाता लिई
मित्रता बिक्दोरैछ सडेको भाउमै हजुर ।।
Ram Sharan Shrestha

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 पिउदखेरी मैले !!

छेउ कुन टेकी हिंडें,पिउदखेरी मैले !!
पैला हरु लार्खारौदै,जिउदखेरी मैले !!

आँशु पनि बगाएँ,सास पनि रुकाएँ !
तिमी सँग बिछोड,लिउदखेरी मैले !!

बोत्तोल समाउदै,नसामा दुनियाँ हेरें !
झुटो मायाले योमुटु,खिउदखेरी मैले !!

कत्त,नहुँदा पानीले,भट्टी चारें मैले !
प्रेयेसिको तिर्सनामा पिउदखेरी मैले !!

मरे जस्तै भयो,खड्कियो सास पनि !
खप्पिसभै आलोघाऊ सिउदखेरी मैले !
 D.V.LAMA

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  मायालुको नाउ गुनी-गुनी !!
बिताउला बरु, मेरो जूनी !!

टाढा सँधै तिमी भएपनि !
राखौला छाती भित्रै थुनी !!

भाग्य मै लेखेनाछ तिमी !
त्यसैले त टाढीगयौ बैगुनी !!

तिम्ले जस्तै भुलूं भन्दा !
योमन न्याउली भै रुनी !!

घायल भयो जिन्दगी मेरो !
छाडीजाने निष्ठुरीलाई चुनि !!

देश लामा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   पहिलो माया कती प्यारो भुल्नै नसकिने ।।
चाहेरनी जीवन भरी फुल्नै नसकिने ।।

कतीथिए सपनाहरु एउटैबाटो मिली हिन्ने
के गर्नु सपना साँची झुल्नै नसकिने ।।

बाध्यताले होकी जुट्यो दैब बिरुदमा
फेरी उन्को आगनिमा डुल्नै नसकिने ।।

कसरीम भुल्न सक्छु ढुक्दुकी थिइनउनी
कुरा कट्दा अरुले उन्को सुन्नै नसकिने ।।

आफ्नै सामु पराइले सिउदो उन्को रङ्ग्याउदा
बन्द भए प्रेमका ढोका खुल्नै नसकिने ।।

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   साथ-साथ मेरै हुन्थ्यौ सधैँ तिमी
छुट्टिएर जाँदा रुन्थ्यौ सधैँ तिमी

सात रङ्ग इन्द्रेणीको सजाउँदै
प्रीतिको माला बुन्थ्यौ सधैँ तिमी

रूप-रङ्ग देखी दङ्गै परेँ भनी
म संगै दिनभरी हुन्थ्यौ सधैँ तिमी

चन्द्रमा बनाई आफू चकोर भै
अङ्गमाल भित्रै थुन्थ्यौ सधैँ तिमी

'दोष-दाग मैलो तिम्रो मुहारको
मेटिदिन्छु', भन्दै धुन्थ्यौ सधैँ तिमी