100 Nepali GAZAL Collection From The Great Nepali Gazalakaar

 लान्छु सानु भगाई घरमा सुटुक्क 
लान्छु सानु  भगाई घरमा सुटुक्क
भित्र्याउछु हात समाई घरमा सुटुक्क

चिन्त नलेउ सबै पिडा सम्हाल्ने मैछु
सम्झाउला खबर पठाई घरमा सुटुक्क

पर्नै परे पर्छु बरु मै आफै फन्दामा
न बसन लजाइ लजाइ घरमा सुटुक्क

घास दाउरा काटौला मेला पात् जाउला
खाउला बरु खिर बनाइ घरमा सुटुक्क
कमल सरगम

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  बन्द हड्ताल जता ततै जाम किन सरकार।।
लोकतन्त्रमा गोधुलीको घाम किन सरकार।।

गर्नु गर्यौ अपमान शहिदको बलिदान,
जो मर्दा नी शहिद कै नाम किन सरकार।।

रोजगार नहुनाले कति यहाँ बिदेसिँए,
बाँधिएर आउँछन् फेरि खाम किन सरकार।।

शान्ति अनी बिकास त्यो कहाँ पुग्यो संम्बिधान,
आफ्नै स्वार्थ पूर्ती गर्ने काम किन सरकार।।

जुन जोगी आए पनी कानै चिर्या जस्तो भाछ,
भष्ट्रचारी नेताको नै लाम किन सरकार।।
प्रेम खडका गुल्मी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   अभाव र समस्या सँग पछी सर्ने छैन
केही गर्न जन्मे जलन त्यसै मर्ने छैन ।।

गिरोहले गीराउछनै साथी जस्तो मानी
न्यायको बगैचामा त्यो अन्याय छर्ने छैन ।।

परिश्रमको फलभरी आँखा लाइदिए ।न
पाखुरिले बाँच्छ खुट्टा तानेमा झर्ने छैन ।।

सुनै सुनको धरहरा पारी ढलेपनि यहाँ
आँखा छलि साँघुराखी सागर तर्ने छैन ।।

सधै भरी यस्तो साथ दिनू प्रिय तिमीले
चोखो मायाको विस्वास घात गर्ने छैन।।
प्रेम खडका गुल्मी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  एउटा छुट्टै सँसार देउ भगवान॥
हर्षले बाँच्ने आधार देउ भगवान॥

बेसाहारा भएर रोडमा सुत्नेलाई ॥
सानो झुप्रो घरबार देउ भगवान॥

निसन्तान हुनेहरु रुँदैछन यहाँ॥
सुखी सानो परिवार देउ भगवान॥

यो पैसाको खेती गर्ने शोसक हरुको॥
स्वच्छ राम्रो बिचार देउ भगवान॥

जिवन्तू पशुको सम्णक्षेण गर्दिन॥
मलाई राम्रो सस्कार देउ भगवान॥
प्रेम खडका गुल्मी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  भुकम्पले चर्किएको घर कस्तो छ आमा !!
पानी छिर्छकी भित्ताको चर कस्तो छ आमा !!

अहिले सिङ्गो देश रोयको छ पिडै पीडा !!
नेपाली गाउँ अनि सहर कस्तो छ आमा !!

बर्खा लाग्यो बाढी पहिरोले के के गर्ने हो !!
झर्छकी आफै माथि पथर कस्तो छ आमा !!

चुुहिदा पानी को धारा टाले है जसो तसो !!
टाल्ने त्यो खरबारिको खर कस्तो छ आमा !!

तिम्रो आँखा रसायो भने हेर कस्ले बुज्छ !!
यो प्रदेशिको मनमा डर कस्तो छ आमा !!

सुरज गैह्रे बिबश 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  भोकालाई अन्न नाङ्गा लाई रुवा बनुँ!!
म चाहान्छु यस्तै प्यासिलाइ कुवा बनुँ!!

बिझाउन त वचन कांडा भन्दा बिझाउछ्न
मैले सके आफू सिमलको भुवा बनुँ !!

दुश्मनी बढाउने खुडा तरवार फालिदिन्छु
बढ्छ बिकास म हलो संगै जुवा बनुँ!!

मन्दिर हो नेपाल यहाको देवता हामी
यस्मा मग मगाउने धुप र धुवाँ बनुँ !!

प्रकृति गयो जहर पस्की नेपालिलाई
हामी कोहि अमृत त कोहि खुवा बनुँ !!
सुरेस कार्की

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   फूल बनि फुल तिमी, यो दिलको बारीमा
आनन्दले झुल तिमी, यो दिलको बारीमा

तप्प तप्प शितका थोपा, पोखी दिउँला म
बिहानी भै खुल तिमी, यो दिलको बारीमा

डाहा गरुन् दुनियाले, तिम्रो रुप देख्दा
अनेक रंग हुल तिमी, यो दिलको बारीमा

यता उता चारै दिशा, सधैँ मुस्कुराउँदै
सक्छौ भने डुल तिमी, यो दिलको बारीमा

म नै तिम्रो माली बन्छु, गोडमेल पनि गर्छु
भमरालाई भूल तिमी, यो दिलको बारीमा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

दिपेन्द्र बिबश बिष्ट
कुन बाहिर कुन भित्र थाहै नहुने !!
कुन दुस्मन कुन मित्र थाहै नहुने !!

उस्को ब्याभार यति अनौठो छ !
कुन असुभ कुन पवित्र थाहै नहुने !!

यो नजर पनि कमाल गर्छ कहिले !
कुन सालिक कुन चित्र थाहै नहने !!

मन बाट नै जोडे पनि नाता हरू !
राम्रो नराम्रो सचरित्र थाहै नहुने !!

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  नेपालि जनताको खुन चुस्ने कुकुर मुर्दाबाद
छ सय एकको ईसारामा भुक्ने कुकुर मुर्दाबाद

देशमा हत्या हिंसा फैलायर महान ठाँन्छौ होला
बिदेशि को संक्ति सामु झुक्ने कुकुर मुर्दाबाद

जुन आमाले जन्म दिई हुर्काईन ठुलो बनाईन्
साला त्यै आमाको मुखमा थुक्ने कुकुर मुर्दाबाद

हेर?हेर तड्पिडै थिईन नेपाल आमा प्यासि मा
कर्णालि, कोशि लियर लुक्ने कुकुर मुर्दाबाद

दिपेन्द्र बिबश बिष्ट

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   ति खबर भित्रका खबरहरुमा 
ति खबर भित्रका खबरहरुमा
यहाँ गाउँ पर्दैनन् नजरहरुमा

कयौ पल्ट सिद्ध भएकाछन्
मुटु हुँदैन मुटु पत्थरहरुमा

किन आफ्नै गाउँ बिर्सन्छन्
पसेपछी मान्छे सहरहरुमा

हृदय पनि हुँदैन जस्तो लाग्छ
केही पैसाका दास डाक्टरहरुमा

नसोचेको ठक्कर लागिरहन्छ
जिन्दगीका कयौ सफरहरुमा
राम शरण श्रेष्ठ

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

      म खोज्दैछु माटोको इतिहास धमिरा बाट ।
किन नष्ट हुदैछ्न आफै चिरा-चिरा बाट ।

छाती छिचोलेर मुटु भित्र देश रोईरहेछ,
जब देखि बग्न थाले धमनी र शिरा बाट।

खानेले पो तामा छोएर खाईदिन्छ कसम,
तोड्नेले तोडिदिन्छ सुन चाँदी हिरा बाट ।

संघर्ष र समयले पत्थरहरु शिला बनिदिन्छ,
जसरी बनेको छ पुतली झुसिल किरा बाट ।

भट्टीको साउनीले बेचेर भट्टी चलाए जस्तै,
मैले पिएर चलाईदिए जिन्दगी मदिरा बाट ।

नवीन संघर्ष (

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  आफ्नै फोटो नाङ्गो,बनाउॅछौ

सोझालाई बाङ्गो,बनाउॅछौ र मन पर्दैन।
आफ्नै फोटो नाङ्गो,बनाउॅछौ र मन पर्दैन।

आफैं सीमा कोरेर ,आफैं बिरानो हुन,
मैदान चिरी छाङ्गो,बनाउॅछौ र मन पर्दैन।

आहारा त खोस्यौ नै,साहारा नै खोसी,
अरुलाई अपाङ्गो,बनाउॅछौ र मन पर्दैन।

लुकाएर राख्नु पर्थ्यो,सबै देख्ने सुन्ने गरी,
जवानी उदाङ्गो,बनाउॅछौ र मन पर्दैन।। 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  आमा बाबा कहाँ जानु भयो खै अझै पाएको छैन
एक रूपैया दिनुहोस न दाई केहि खाएको छैन !!

बेस्सरी रुँदै थियो मेरो सामु त्यो अबोध बालक
जाडोले थर्रर कामेको कपडा केहि लाएको छैन !!

राहत आयो ठुलो ठालोलाई मात्रै रजाई भयो
यो ठाऊमा चामलको  दाना नि आएको छैन !!

बरु यसरि नै मर्छू दाई स्वाभिमान बेच्नु भन्दा
पाइँदैन राहत त्यसैले दिनहुँ धाएको छैन !!

भक्कानिन्छ रे साईला दाईको मुटू पनि अचेल
र त बिरहको गित आज-कल उ गाएको छैन !!

"प्रकाश पाठक योगि" 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 मनैमा बोकी पीडाको भारी नेपाल रुदैछ ।।
चर्कायो सबै घर र बारी नेपाल रुदैछ ।।

भत्काई लग्यो भएको जति प्रकृति बैरी भो
बाँचेका बाकी जिउदै मारी नेपाल रुदैछ ।।

गर्न के सक्थ्यौ यहाँ दैवको लीलालाई
धरर आशुँ गहमा झारी नेपाल रुदैछ ।।

बिगार्यौ सबै प्राचिन चिनो के गर्यौ थाछैन
कसरि सहुँ सर्वश्व हारी नेपाल रुदैछ ।।

दिएकै थियौ तन र मन पुगेन तिमीलाई
रिसाई आज लगायौ आरी नेपाल रुदैछ ।।

बनाऊ फेरी स्तम्भ नयाँ जोगाऊ नेपाल
लागौ है आजै नर र नारी नेपाल रुदैछ ।।
उपेन्द्र हा 

उपेन्द्र हायु

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

झुपडीको बास छ प्रिया
सन्तुष्टिको रास छ प्रिया।।

खायो सुत्यो निस्फिक्री भै
आहा! समय खास छ प्रिया ।।

यो बिपतमा छैन म एक्लो
दुनियाँको मास छ प्रिया।।

को चाहियो र? साक्षी भन
सङ्गै धर्ती आकाश छ प्रिया ।।

नत जिउदो नत मर्द
नत छवि, लास छ प्रिया ।।
छवि श्रेष्ठ

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

   बिच्छ्यौनामा ढलेको छु, बिमार भा'को छु।
तिम्रै यादमा गलेको छु, बिमार भा'को छु।।

हेर्छु अनि टोलाउछु, आफ्नो जन्मभुमी।
त्यही पिरले जलेको छु, बिमार भा'को छु।।

गाँस्बास् बन्न सकिन म, यस्तो बिपत्तिमा।
बोझबनी फलेको छु, बिमार भा'को छु।।

युगौ पछि परेपछी, सहुँ कसरी हँ?
आफ्नो भाग्य छलेको छु, बिमार भा'को छु।।

माफ गर ल? छवि तिम्रो, उद्दार बनेन।
आफै सुस्त चलेको छु, बिमार भा'को छु।।
छवि श्रेष्ठ

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

    लगातारको भुकम्पले तिम्रो न'भै मरेँ भने।
के गर्छेउ हँ? भन सानु, अलपत्र परेँ भने।।

आधा आधा तिम्रोमेरो आकाश थियो र छ पनि।
तर धर्ती भासिएर पाताल तिरै सरेँ भने।।

भन त साथ दिन्छेउ कि नाइ? गरिबिले पिल्सिएर
दुनियाँको नजरबाट, अझै तल झरेँ भने।।

तिमि त मन फेर्छेउ होला, अर्को लायक भेट्टाउदा
गिज्याउनु ल? मेरा नयन चै आशुले भरेँ भने।।

बुझेकै छेउ छविको मन, हालत पनि देखिहाल्यौ
के हुन्छ नि प्रतिक्रिया? लैजाने सुर गरेँ भने।।

छवि श्रेष्ठ 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   ढलेका घरहरुलाई, उभाउँला सानु ।
हाम्रो गाउँलाई फेरि, बसाउँला सानु ।

नरुनु यसरी पुरा देश, यस्तै छ यहाँ ,
दु:ख सुख गरि दिन, कटाउँला सानु ।

शोकलाई हामी बदल्नु, पर्छ शक्तिमा ,
यो सरकारलाई पनि, जगाउँला सानु ।

प्रकृतिले दियो हेर, दु:खको उपहार ,
भत्केको शहर सबैले, बनाउँला सानु ।

हजारौं मान्छेहरुले, जिन्दगी गुमाए ,
बाँचेकालाई नयाँ पाठ, पढाउँला सानु ।
टंकबहादुर झाँक्रीमगर 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  च्नेलाई राहतको पाल के भन्नु हुन्छ
मौका छोपी चामल दाल के भन्नु हुन्छ

विदेशबाट भित्रिएका औषधी र पट्टी
बेची भाछ्न मालामाल के भन्नु हुन्छ

न पुगेछ एकै मुठी चिउरा सरकार बाट
खुल्ला चौर र पानीको आल के भन्नु हुन्छ

खाने आस र त्रास बोकी जिउनु भन्दा बरु
आमा भन्छिन आइज काल के भन्नु हुन्छ

रेखा पन्त गोर्खा 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 सहनुको पनि एउटा हद हुन्छ महाशाय
काम अनुसारको यहाँ पद हुन्छ महाशाय

पेटका लागि दिनरात काम गर्ने गरेकाले
तिम्रो झैं कहाँ फुर्सद हुन्छ महाशाय

हाउभाउ हेरेर किन खिसी गर्ने गर्छौ
त्यो उसको लागेको आदद हुन्छ महाशाय

माटोका लागि राम्रो गर अनि देशैभरी
तिम्रै सालिकको पुर्ण कद हुन्छ महाशाय

जब गरिबको पेट भरिन्छ अनि खुशीले
"क्षितिज"त्यो बेला गदगद हुन्छ महाशाय

धर्मेन्द्र तिम्सि 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 कहिले आँसुमा आशा रोपी हिडेँ।
कहिले आँसुमै शक्ति खोजी हिडेँ।

माटोमा हिरा र मोती उमार्नलाई,
पसिनाका थोपा थोपा पोखी हिडेँ।

कसम यो सुखले मलाई भूले पछि,
हजारौँ दु:खलाई आफैँ भोगी हिडेँ।

पुग्नु छ सबेरै हिमाल भन्दा माथी,
त्यसैले छातीमा देश बोकी हिडेँ।

मानवता सम्झेर हरेक वस्ती भित्र,
मानव र मानवता संगै जोडी हिडेँ।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 आँसुले नि पिडाहरु पखाल्न सकिन
फाटेको यो मनलाई टाल्न सकिन

मेरो मन नौनी थियो तरपनि किन
ढुंगाको त्यो मन कैले पगाल्न सकिन

जिन्दगीले चोट दियो बाँच्न गाह्रो भा'छ
तर पनि अन्त पाइला चाल्न सकिन

भित्र भित्रै गलेपनि आत्मा जलेपनि
झिनो आफ्नो यो शरिर ढाल्न सकिन

रश्मि भण्डारी गोमा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  चस्केला छाती, खाडीमा मदन, ढलेको समय
एक् थोपा आँसु, नझार्नु देह जलेको समय

भौतिक शरीर , भएनी टाढा, म संगै आत्मा छ
भनेर जान्नु, मध्यनी रातमा, छलेको समय

बिछोडले मुटु, दुखेमा अति , सम्झेर भुलिदेउ
यौवन छँदा , काखमा बसी, चलेको समय

धराको हामी, अतिथि रैछौं, दुईदिनको निमित्त
फर्केर उतै, जानु नै पर्छ , गलेको समय

गए म टाढा, आउँदछ भनी, भर पर्नु अबश्य
चुलाको आगो, भर्भर गरी, बलेको समय
युवराज गौतम अन्तरमुखी

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 जिवन आखिरि एक मुठि सास रैछ
मर्ने त मर्छन बाच्ने लाई खास रैछ !!

बाचुन्जेलि तेरो र मेरो भन्दै भागेनि
चलुन जेलि सरिर मरे लास रैछ !!

आखिर मानब कसरि मर्छ त सोच्छु
पक्कैनि सरिरमा आत्माको बास रैछ !!

यहा तिम्रो आदेश बिना केहि हुन्न
तेसैले मानव सबै तिम्रो दास रैछ !!

प्रकाश पाठक योगी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 बाध्यताले दुःख संग मितेरी गाँस्नु पर्ने।।
लुकाएर भित्र आँसु हाँस्दै बांच्नु पर्ने।

कस्तो भाग्य कोर्दिएको दैब तैले मेरो।।
आफ्नै मुटु यहाँ अरु सँग माग्नु पर्ने।

घटि रहन्छ नसोचेको घट्ना जिवनमा।।
जल्दा मुटु अाफ्नो अाफै आगो ताप्नु पर्ने।

किन आउँछ सम्झना घरिघरि अतित त्यो।।
सधै यादै-यादमा जिवन यो काट्नु पर्ने।

जिउने आधारनै लुटेर माग्छन् माफि यहाँ।।
नचाँहेर पनि हाँसी-हाँसी सबै मान्नु पर्ने।
सन्तोष भट्टराई

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  पास्पोर्ट बोकेर बिदेश जा भन्छ सरकार।।
स्वदेशी तिमी बिदेशी बनेर आ भन्छ सरकार।

दिन सक्दैनौँ स्वदेश मा जागिर तिमीलाई।।
पसिना तिम्रो पराई माटोमा बगा भन्छ सरकार।

हजारौ युवा बाकस मा फर्किरहेको छ यहाँ।।
गल्ती गर्यॊ भोट दिएर बल्ल खा भन्छ सरकार।

सम्बिधान आएन भनेर धेरै करायौं जनता हरु।।
फल्यो धान अब अशान्ति फैला भन्छ सरकार।

भयको छ देश मा आर्थिक मन्दी. चारै तिर।।
तर गोर्खाली शिर त्यो नझुका भन्छ सरकार।

सन्तोष भट्टराई

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

सम्झेर उनि,,घरकी कालि।।
आउँदैछु म,,बिदेश छाडि।

आमाले अब,,हेर्नु बाटोमा।।
मुटुमा मेरो,,तस्बिर राखी।

याद छ होला,,हेरेको मेला।।
लुकेर हामी,,गएको राति।

घुम्नेहो गाउँ,,साथि मिलेर।।
तयारी गर्नु,,सबैहो जानि।

खुशीको पल,,कुरेर बस्दा।।
मिले त जान्थे,,घरमा भागी।
सन्तोष भट्टराई 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  गर्नु पर्छ काम,,सजिलो हुदैन।।
बसेर खाएको,,पोसिलो हुदैन।।

हिडेका छौं घुमि,, फिरन्ते बनेर।।
भोलिको जिवन,,गतिलो हुदैन।

गरे मेहनत,,मिठो फल हुन्छ।।
पसिनाको फल,,नुनिलो हुदैन।

उठ अनि जाग,,सबै युवाहरु।।
बोलेरै त देश,,पटिलो हुदैन।

गर्नु पर्छ काम,,सबैले मिलेरै।।
झगडाले काम,,चपिलो हुदैन।

सन्तोष भट्टराई 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

सधै तिम्रो माया मैले खोज्छु अामा।।
बिरानो यो ठाउँ मा रुँदै बस्छु अामा।

तिम्रो हातको मिठो खाना नपाउँदा।।
मिठो नभए पनि थोरै खान्छु आमा।

काख मा राखी सुताउँथिन् मलाई।।
त्यो न्यानो काख सम्झी सुत्छु आमा।

प्रत्येक रात सपनीमा रुँन्छौ तिमी।।
आधा रात तिम्रो तस्वीर हेर्छु आमा।

त्यो पापी दैबले बनायो बिछोड हाम्रो।।
जुन झर्दा तिम्रो नै खुशी माग्छु आमा।

सन्तोष भट्टराई

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 बिराएर बाटो हिडेको छ साथी।।
सयौँ जिन्दगीमा चुकेको छ साथी।

चलेको छ आँधी हुरीको तुफान।।
नभागेर अझै उभेको छ साथी।

भएको छ होला जिउँदै मरे सरह।।
छिटो काल लैजा भनेको छ साथि।

लगाएर माया छुटेछन् नि सारा।।
खाएर चोट अझै उठेको छ साथी।

हिडेको छ लड्दै सबैसंग किन।।
सबै सामु लड्नै जुटेको छ साथी।
सन्तोष भट्टराई

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   मायाले मन,,दुखाए पछि।।
मुटुमा छुरा,,चलाए पछि।

लुटेर खुशी ,,पारेर दुखि।।
खालिछु सबै,,लुटाए पछि।

गरेको बाचा,,संगै जिउने।।
छाडेछ बाटो,,बिराए पछि।

दिएको धोका,,झरेको आँसु।।
बिछोड गित,, सुनाए पछि।

मरेर आत्मा,,भएछ लास।।
जिवन हार,,खुवाए पछि।
सन्तोष भट्टराई

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

    माग्दै वर मन्दिरमा चढाएको धन।।
याद छ होला संगै बस्तु चराएको बन।

बोकि खाजा बिहानै झरेको बेसी।।
आउँछ याद लडेको वरालिमा झन।

सानो छदा गरेका गल्तीहरु धेरै थिए।।
टाढा हुदाँ थाहाँ भयो रमाईलो बचपन।

स्कुल पढ्दा झगडा गरेका साथिहरु।।
भेट्दा सोध्ने गर्छु लडेको हो हैन भन।

छम-छम गोजीमा गुच्चाको संगीत बच्दा।।
हुन्थ्यो हजुर साह्रै खुशी यो मेरो मन।
 सन्तोष भट्टराई

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  नाकाबन्दी चलिराछ कहिले सम्म चल्छ सरकार ।
तिम्रो घरमा पनि दाउरा कहिले देखि बल्छ सरकार ।।

अभावता र अन्धकारमा कतिन्जेल बाच्ने जनता ।
यस्तै भए तिम्रो सता अब कहिले ढल्छ सरकार ।

कृषि प्रधान देशमा खाध्यान्नको सङ्कट हुदा ।
सङ्कट हट्न कहिले देखि धान मकै फल्छ सरकार ।।

पदमा बसि करोडौको भ्रष्टाचार गर्नेलाई नि ।
पैसाले कानुन अपराध कहिले सम्म छल्छ सरकार ।।

हरिशरण अर्याल 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  दाेष एकातिर  थुपारेर के गर्छौ
कुरा जथाभावी  बटारेर के गर्छौ

सुन्दर  बस्ती  बिगार्ने हेतुसहित
भन त जुधाएर पछारेर के गर्छौ

निकट कालमै हात छाेड्ने भए
फकाउँदै जंघार तारेर के गर्छौ

पुरानाे रमणीय  संसार नै त्यागी
ए निष्ठुरी  गुँड सारेर के गर्छौ

लक्ष्यविहीन ऊ पक्कै  हाेइन हाेला
कठै! काेपिलामै मारेर के गर्छौ
राजकुमार भुजेल 'साजन

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 अाफ्नैहरु अलग्गिन्छन् हतारमा
र गल्तीहरु थपिन्छन्  हतारमा

उसकै  त्यो  मर्जी नहाेला तर
घुम्टाेहरु अाेढिन्छन् हतारमा

हाे, समय तिम्रो  पनि अाउनेछ
भन्दा पनि बहकिन्छन् हतारमा

पहाडै बज्रिए त सहनुपर्छ
मान्छेहरु अातिन्छन् हतारमा

सम्बन्ध  दिगाे नहुन हाेला
गुलाबहरु साटिन्छन् हतारमा
राजकुमार भुजेल 'साजन

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  कि तिमीले माेहनी लगाउन हुँदैनथ्यो
हर सपनीमा यसरी  सताउन हुँदैनथ्यो

भन्ज्याङमा भेट्न  भनी मैले बाेलाउँदा
चिरिच्याट्ट परि तिमी  अाउन हुँदैनथ्यो

म मस्त निदाएकाे जान्दाजान्दै  पनि
मध्यरातमा मिसकलले गिजाउन हुँदैनथ्यो

मनै त हाे सम्झिदिन्छ के दाेष यसको
घरिघरि  तिमीले याद पठाउन हुँदैनथ्यो 

अहिले अाएर ठुला कुरा गर्नुभन्दा
पहिलै पिरतिकाे रुख चढाउन  हुँदैनथ्यो
राजकुमार भुजेल 'साजन

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  वास्तविकता बुझ घाेरिएर एकछिन
नबिर्सिदेऊ अतीत पिएर  एकछिन

ए फूल , किन मुर्ख्याइँ गर्दैछौ
अाेइलिनुछ भन्ने  बिर्सिएर  एकछिन

बाटो  छल्दैमा सफर टुङ्गिदैन नि
जिउन सिक्नुपर्छ एक्लिएर एकछिन

पिर तापहरु नष्ट  हुन्न साेचेजस्ताे
ती परेलीका पानी पाेखिएर एकछिन

राजकुमार भुजेल 'साजन

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 भएन अब केहि त, आँफै नगरी भएन
उ नजिक नआए, मैं उतै नसरि भएन

आँमालाइ चाहिने, घर धन्दा गर्ने खाले
तिमी भन्दा अरु कोही, मलाई सुन्दरी भएन

देखाइदिन्छु सबैलाई, मेरी बनाई तिमीलाई
भगाएर मन्दिरमै , सिउँदो नभरी भएन

आँमा भन्नुहुन्छ सधै, घरै सुनो सुनो भयो
आँगन्मा खेल्ने हाँस्ने, अझै मञ्जरी भएन

कसम खाई भन प्रिय, जुनि जुनि तिम्रै हुन्छु
तिम्रै खुशिका लागि, जंघार नतरी भएन
सागर भण्डारी "बिभोर"

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

पलायन हुँदा लगाएँ माटोको टिका मैले
आँमाको चरण छोई झारें अश्रु ढिका मैले

मेरो पनि उस्को पनि उस्तै उस्तै छ आरोप
जलाइरहें खुसिहरु जिन्दगीका मैले

तिम्रा परेला ओभाना नहुनुको कारण
तिमीलाई माँयाँ गर्ने जानिन तरीका मैले

अस्तित्व नै छैन याँहाँ पैसा मात्र ठुलो भयो
महसूश गर्दैछु यो संसार नै फिका मैले

खेती गरी जहानको पालिदैन पेट पनि
भोगेकै छु अभाव र पीड़ा गरीबिका मैले
सागर भण्डारी "बिभोर"

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  बिच बाटो मै अलमल किन यो बटुवा हुन्छ
प्रेम रोगले ग्रसित जस्तो रोग सरुवा हुन्छ

मेरो संसार तिमीनै मेरो जिन्दगी तिमी हौ
जस्तो की भ्यागुताको संसार तेहि कुवा हुन्छ

ए मन बता दौडेर समयलाइ उछिन्छस?
गन्तब्यमा पुग्ने आखिर तेहि कछुवा हुन्छ

ऋतु जस्तै तिमी पनी बदलिन्नौ भने कहिल्यै
पतझड़ झैँ उजाड़ हुन्न जीवनमा पालुवा हुन्छ

सङ्गै जिउने सङ्गै मर्ने बाचा कसम खाऊँ प्रिय
तिमी बिना मर्छु म त सबै खुसी बिधुवा हुन्छ
सागर भण्डारी "बिभोर"

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  बाटो बिना उडिरहने मन राख्ने ठाउँ छैन
हिड्दा हिड्दै थाकेको यो तन राख्ने ठाउँ छैन

कतै कतै छैन बरै भोक मेटने अन्न पनि
ति अमिरहरुको चिन्ता धन राख्ने ठाउँ छैन

जीवन मृत्युको दोसाँधमा सास फेरीरहेछु
सेलायो भने मुटु धड्कन राख्ने ठाउँ छैन

तातो हावा खाँदै बगरमा म ढलेको बेला
जम्मै यादहरू नआवो झन राख्ने ठाउँ छैन

सागर भण्डारी "बिभोर"

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  बिना सित्तै पाउने न उपहार न मोल भो जिन्दगी
बिना सित्तै पाउने न उपहार न मोल भो जिन्दगी
बदलिन्छ अनेक रुप न काचुली न खोल भो जिन्दगी

भनिन्छ अमुल्य छ मानब जिबन किनबेच हुदैन यहा
तिलान्जली दिदा खुशीको न मोल न तोल भो जिन्दगी

घर नभए माइती हुन्छ भन्छन जिबन काट्नलाई
दुखियाको कर्मै खराब न गाउ न टोल भो जिन्दगी

रोदन र चित्कारको धुनमा रम्ने दिनचर्या भो
कर्णप्रिय धुन त्यो न बासुरी न ढोल भो जिन्दगी

आफ्नो लागि नभए नि दोस्रोको लाइ जिउनु पर्ने
बाध्यता र मजबुरी न चोक्टो न झोल भो जिन्दगि
रेखा पन्त

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 छैनन् नि कहाँ मांसपेशीले थकान,छोड् भनेका छन्
यार्,पेटका आन्द्राले चैँ ओच्छ्यान,छोड् भनेका छन्

यो दुषित दुनियाँमा,अल्लि समय रहिरहनका लागि
आफन्तहरुले मध्यपान,धूम्रपान,छोड् भनेका छन्!

खै,ऊ भेडा बनेर भीडमा,अस्तित्व खोज्नलाई जान्छ
खासमा बथानले अस्तित्वलाई बथान,छोड् भनेका छन्

मैले देवताहरुको मण्डलीसँग,मान्छेमा मन भर्न मागेँ
बालक,अरु जे वर माग्,यो रटान,छोड् भनेका छन्

मलाई चर्चभित्र घेरा हाली,तीन समूहले धम्क्याएको छ
कि वेद च्यात् भनेका छन् कि कुरान,छोड् भनेका छन्!

एक सोझो युवक,भट्टी रित्याउन,यसरी बाध्य भयो
जहानले बाआमा,र बाआमाले जहान,छोड् भनेका छन्!
-उदास अनन्त

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   निर्दयी हरु किन काटमार गर्दै छन् 
निर्दयी हरु किन काटमार गर्दै छन् !!
भाइ भाइमा भाला छुरा प्रहार गर्दै छन

जातीय र सघिय उठाई मिलेका जनतामा
भ्रस्ट नेताले गाउ चिरा फार गर्दैछन !!

आफ्नै बलि दिदै समरक्षणमा जुटेका ति
राष्ट सेवक अझै तिनकै उद्दार गर्दैछन् !!

भूकम्प ,आगोलागी बाढी पिडित नाउ गरी
दैब पनि नेपाली लाइ अत्याचार गर्दैछन !!

शान्तिका दुत बुद्द जन्मिएको धर्तीमा नै
कोलाहल रोदन चित्कार हाहाकार गर्दै छन् !!

रेखा पन्त गोर्खा 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  कति नरमाईलो जिन्दगी चलिरहेछ ।
भित्र भित्र मुटु आज भोली जलिरहेछ ।

नत फुल्नु नत फल्नु यस्तो जिन्दगी मेरो
गन्तब्यमा नपुगि बिच बाटैमाढलिरहेछ ।

साँचो सत्य बाटोमा हिड्दा हिड्दै पनि
किन मलाई भगवानले छलिरहेछ ।

सानाले ठुलाको आद्दर सत्कारै नगर्ने
यो साँचै नयाँ जमाना आज कलिरहेछ ।

सयोगको भाबना देखिन कतै कसैलाई
यहाँ आज त्यसैले पापै पाप फलिरहेछ ।

बिष्णु एकल यात्री कान्छा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   यहाँ किन गरेका तेरो मेरो ।
गर्छौ मुर्ख मरेका तेरो मेरो ।

साँचै दयाँ मायाँ लाग्छ भने
किन गर्न झरेका तेरो मेरो ।

झिना मसिना कुरामा हेर
किन पछि परेका तेरो मेरो ।

एकै बाउँका छोरा धेरै भए
मानापाथि भरेका तेरो मेरो ।

एकै बाउका छोरा धेरै भए
बारिमा छरेका तेरो मेरो
बिष्णु एकल यात्री कान्छा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

भाई भाईमा छुटा पार्ने पराई छोरी ।
मन नमिले फुटा पार्ने पराई छोरी ।

मन्ले चाहेको गर्न लाएपछी तिनीले
धनिलाई नि रुठा पार्ने पराई छोरी ।

आफ्नै भाई मिल्दैन पराईकि के मिल्नु
गाउँलेलाई जुटा पार्ने पराई छोरी ।

फेर्न फर्काउन नमिल्दो रैछ क्यारे
जवानीलाई बुढा पार्ने पराई छोरी ।

मन नमिलेरै होला साएद घरमा
कुराकानि नि झुटा पार्ने पराई छोरी ।
बिष्णु एकल यात्री कान्छा

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  छोडी गएको धेरै भयो आउँदैनौ एकल ।
छिटै आउँछु मन नबनाउन तलबल ।

तिम्रो मायाँ लाग्छ कति हो कति कसम भनौ
झुटो होईन साचै याद आउँछ हरपल ।

बसेकीछु यो ज्यानले तिम्रो भरपरी हेर
अन्त कतै त्योमन नबनाउनु चनचल ।

त्यो तिम्रो चोखोमायाँ घात गर्दैन कसम
जुनिजुनी रैराखोस हाम्रो मायाँ अटल ।

हामी दुबैले कसम खाएको बरपिपल
बेला बेलामा आफै गर्ने गरेकी छु मलजल ।
बिष्णु एकल यात्री कान्छा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  मरी लानु के छर दुईदिनको जिन्दगी ।
मर्नु बाँच्नु के भर दुईदिनको जिन्दगी ।

भाग्य साली ठान आफ्नो त्यो जिन्दगीलाईनै
आत्म हत्या नगर दुईदिनको जिन्दगी ।

बाँचौ एक आपस मायाँ साटा साट गरी
नरोउ धरोधर दुईदिनको जिन्दगी ।

मायाँमा पागल बनि मर्ने कति गर्छन
किन हुने रहेछ तर दुईदिनको जिन्जगी ।

बाटो हिड्ने बटुवालाई चौपारी पनि
पिपरल बिना बर दुईदिनको जिन्दगी ।
बिष्णु एकल यात्री कान्छा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  हासेर म बोली दिन्थेँ आशु झर्न खोज्छ 
हासेर म बोली दिन्थेँ आशु झर्न खोज्छ,
बाँचेर म हिडि दिन्थेँ दिल मर्न खोज्छ ।।

जीन्दगीमा केहि गर्ने लक्ष्य थियो मेरो,
कल्पनाले गर्दा आज मूटु सर्न खोज्छ ।।

पोखि दिउ ब्यथा भने छैन पोख्ने ठाँउ,
पाइ धोका मूटुभित्र गाठोँ पर्न खोज्छ ।।

बढाउछु पयरलाइ अघि भन्दा पनि,
किन किन अल्छे भई पछि सर्न खोच्छ ।।

अल्छे मान्छे हुदैँ होइन यो "बिप्लब अदृश्य",
बसि समाजमा केहि गर्न खोज्छ ।।

बिप्लब अदृश्य रिजाल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  कोही मर्दैछ कोही मारिदैछ मेरो देश मा 
कोही मर्दैछ कोही मारिदैछ मेरो देश मा
कुर्सीको निम्ति मनलागी गरिदैछ मेरो देश मा

अंश मा नमिलेर दाजु भाई काटा काट छ
जाति'र धर्म को बिज छरिदैछ मेरो देश मा

शान्ति को दुत गौतम बुद्ध जन्में को देश
कसरी जिउँ डर त्रास भरिदैछ मेरो देश मा

लाग्छ गरिएछ गल्ती हिजो मतदान गरेर
आफै खनेको खाल्टोमा परिदैछ मेरो देश मा

पशु बलिनै बन्द गर्ने दबाव आई रहदा
फेरि किन आज मान्छे तरिदैछ मेरो देश मा

देश आमा हुन आमा लाईनै घायल पारी
आफ्नै सन्तान किन बैरिदैछ मेरो देश मा
कृष्ण घायल आशु}~~

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  डर लाग्छ मेरो देस हराउला कतै
आफ्नै पहिचानमा डराउला कतै !!

अति गर अत्याचार नगर राजै
चिहान बाट मुर्दा कराउला कतै !!

पैसाको भरमा ठुलो नबन तिमि
समयले रूदै हिड्ने गराउला कतै !!

देखेर पनि अंधोझै बन्नेहरू हो
मेरा सब्दले छाति चराउला कतै !!

घ्रिण! गरि लत्याएर फाले पनि
मेरो लासले आखा भराउला कतै !!

बिरहमा म संगै रोईदिने चरि
नदेख्दा मलाई बास सराउला कतै !!

प्रकाश पाठक योगी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  लान्छु सानु भगाई घरमा सुटुक्क
लान्छु सानु  भगाई घरमा सुटुक्क
भित्र्याउछु हात समाई घरमा सुटुक्क

चिन्त नलेउ सबै पिडा सम्हाल्ने मैछु
सम्झाउला खबर पठाई घरमा सुटुक्क

पर्नै परे पर्छु बरु मै आफै फन्दामा
न बसन लजाइ लजाइ घरमा सुटुक्क

घास दाउरा काटौला मेला पात् जाउला
खाउला बरु खिर बनाइ घरमा सुटुक्क

कमल सरगम

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 बन्द हड्ताल जता ततै जाम किन सरकार।।
लोकतन्त्रमा गोधुलीको घाम किन सरकार।।

गर्नु गर्यौ अपमान शहिदको बलिदान,
जो मर्दा नी शहिद कै नाम किन सरकार।।

रोजगार नहुनाले कति यहाँ बिदेसिँए,
बाँधिएर आउँछन् फेरि खाम किन सरकार।।

शान्ति अनी बिकास त्यो कहाँ पुग्यो संम्बिधान,
आफ्नै स्वार्थ पूर्ती गर्ने काम किन सरकार।।

जुन जोगी आए पनी कानै चिर्या जस्तो भाछ,
भष्ट्रचारी नेताको नै लाम किन सरकार।।
प्रेम खडका गुल्मी

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   अभाव र समस्या सँग पछी सर्ने छैन
केही गर्न जन्मे जलन त्यसै मर्ने छैन ।।

गिरोहले गीराउछनै साथी जस्तो मानी
न्यायको बगैचामा त्यो अन्याय छर्ने छैन ।।

परिश्रमको फलभरी आँखा लाइदिए ।न
पाखुरिले बाँच्छ खुट्टा तानेमा झर्ने छैन ।।

सुनै सुनको धरहरा पारी ढलेपनि यहाँ
आँखा छलि साँघुराखी सागर तर्ने छैन ।।

सधै भरी यस्तो साथ दिनू प्रिय तिमीले
चोखो मायाको विस्वास घात गर्ने छैन।।
प्रेम खडका गुल्मी

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 एउटा छुट्टै सँसार देउ भगवान॥
हर्षले बाँच्ने आधार देउ भगवान॥

बेसाहारा भएर रोडमा सुत्नेलाई ॥
सानो झुप्रो घरबार देउ भगवान॥

निसन्तान हुनेहरु रुँदैछन यहाँ॥
सुखी सानो परिवार देउ भगवान॥

यो पैसाको खेती गर्ने शोसक हरुको॥
स्वच्छ राम्रो बिचार देउ भगवान॥

जिवन्तू पशुको सम्णक्षेण गर्दिन॥
मलाई राम्रो सस्कार देउ भगवान॥

प्रेम खडका गुल्मी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  भुकम्पले चर्किएको घर
भुकम्पले चर्किएको घर कस्तो छ आमा !!
पानी छिर्छकी भित्ताको चर कस्तो छ आमा !!

अहिले सिङ्गो देश रोयको छ पिडै पीडा !!
नेपाली गाउँ अनि सहर कस्तो छ आमा !!

बर्खा लाग्यो बाढी पहिरोले के के गर्ने हो !!
झर्छकी आफै माथि पथर कस्तो छ आमा !!

चुुहिदा पानी को धारा टाले है जसो तसो !!
टाल्ने त्यो खरबारिको खर कस्तो छ आमा !!

तिम्रो आँखा रसायो भने हेर कस्ले बुज्छ !!
यो प्रदेशिको मनमा डर कस्तो छ आमा !!

सुरज गैह्रे बिबश

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  पुर्खाको मुहान सुक्दैन कहिल्यै||
बहन्छ निरन्तर रुक्दैन कहिल्यै||

गोर्खाली इतिहास साचि छ यहाँ
सुर्य र चन्द्रमा झुक्दैन कहिल्यै||

एक मुठ्ठि प्राण रहुन्जेल सम्मा
लड्छ"यौद्धा"चुक्दैन कहिल्यै||

जंगली बाघ हो दुलोको सर्प हो
र नराम्रो देखेर थुक्दैन कहिल्यै||

हेर्नुस् मेरो देश त्यस्तो छ जहाँ
सरम र पसिन लुक्दैन कहिल्यै||

दीपक नेपाली

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  यो साल पनि बितिसक्यो आउन पाइन मेरि आमा,
चुहिने त्यो घरको छानो छाउन पाइन मेरि आमा !

रहर त कहाँ छ र प्रदेशमा बस्ने मलाइ ,
दाउरा घाँस मेला पात धाउन पाइन मेरि आमा!

बित्यो जुनि प्रदेशमा प्रगती केही नहुने भो ,
यसपली नि खेतमा धान लाउन पाइन मेरि आमा !

साथी सङ्गी गाउँ घरमा रमाइलो गर्दै होलान ,
रोधी घरमा बसि गित गाउन पाइन मेरि आमा !

बिरेन्द्र डि•सि,दाङ 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  कहिले आँसुमा आशा रोपी हिडेँ।
कहिले आँसुमै शक्ति खोजी हिडेँ।

माटोमा हिरा र मोती उमार्नलाई,
पसिनाका थोपा थोपा पोखी हिडेँ।

कसम यो सुखले मलाई भूले पछि,
हजारौँ दु:खलाई आफैँ भोगी हिडेँ।

पुग्नु छ सबेरै हिमाल भन्दा माथी,
त्यसैले छातीमा देश बोकी हिडेँ।

मानवता सम्झेर हरेक वस्ती भित्र,
मानव र मानवता संगै जोडी हिडेँ।
‪‎हर्कराज भूटानी‬

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  यो जुनिमा तिमी बाँच्दा, मरेको हुनेछु ।।
अर्को जुनि तिम्रै पर्खाइमा, बसेको हुनेछु ।।

भर्दै गर्दा पराइले,तिम्रो सिउदोमा सिन्दुर,,
मुर्छा परेर अन्त कतै, म लडेको हुनेछु ।।

सुक्कसुक्क रुदै तिमी,चढ्दा पराइको डोलि,,
म मुस्कुराउदै चितामा, चढेको हुनेछु ।।

गरेको थ्येँ चोखो प्यार दियौ आँसु उपहार,,
डुबेर त्यही आँसुले नै, गलेको हुनेछु ।।

राज कुमार धिमाल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 पानीको घुट्को नपाई मरे कति कति
रामका भजन नगाई मरे कति कति

विदेशको छोरा आउला संगै खाउला भनी
एकै छाक मिठो नखाई मरे कति कति

आफ्नै घरको छानो बज्र पर्यो टाउको माथि
ज्यान बचाउन कोहि नआई मरे कति कति

मुटु खान्छ धरहरामा मर्ने जोडी देख्दा
यस्तै जोडी मर्न नचाही मरे कति कति

रेखा पन्त

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   मन परेको छ,तिम्रो चाल चलन सानी हेर ।
सर्माउँदै हिड्ने लजाउँदै बोल्ने ति बानी हेर ।

मृग नयन आँखा,भमरा झुल्ने केश त्यसै माथी
मिलेका दन्त लहर,देखिन्छौ रुपको खानी हेर ।

कति जानेकी कति मन लाएको उनेकी थियौ
लह लाउँदा फुलको माला साना ठुला छानी हेर ।

नजिकै शिब मन्दिर दिनहुँ पुजा पाठ चलेछ
त्यहि मन्दिर जाँदा फुल टिपेकी हाँगा तानी हेर ।

बेला बैसलाई समाल्नु ईज्जत चुके फर्कदैन
आज भोली देख्छु कता कती चन्चले नानी हेर ।
उहि एकल कान्छा

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  सपनि झै विपनीमा आएर गयो त्यो
कहिल्यै नमिटिने छाप लाएर गयो त्यो

के के गर्छौ अव भन्नेहरुलाई पनि आझ
कहिल्यै नदिखिने गरी भगाएर गयो त्यो

पुरै देश नै शोकमा डुवाउदै त्यसले किन?
नव्वे सालको जस्तै हुँ भन्ने जनाएर गयो त्यो

यत्रो दु:ख गरे पनि भुकम्प तैले आज पनि
देश लुटेरालाई भने सुरक्षित पठाएर गयो त्यो

‪‎
रमेश‬ रसिक

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   आफ्नो देशमा बसि हजुर काम पाइएन
बेरोजगारी भइयो हजुर माम पाइएन

गरिबीले  सताउदा छोडि आएँ स्वदेश
भने जस्तो यहाँ हजुर दाम पाइएन

दुख सुख जसो तसो गरौँ  भने पनि
नेपाली हो भन्ने हजुर नाम पाइएन

महिना त छोडौ यहाँ दिन काट्न गाह्रो
सान्त सङ्ग बस्ने हजुर साम पाइएन

बिरेन्द्र डि सि ,दाङ

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 पापी नेता भूकम्पमा नपरेको किन होला
देश छोडी बिदेशतिर नसरेको किन होला

दुर्गम गाउ गल्ली पुग्छन् भोट माग्नु परेदेखी
बिनास हुदा तिनै गाउघर नझरेको किन होला

सर्वस्व नै खोसीस् दैब सोझा सिधा जनताको
हाम्रा रगत चुस्ने शोसक नहरेको किन होला

दुधे बच्चा लगिस दैब,आमाको काख रित्याएर
साथ छुटाईस् तैले ,दया नगरेको किन होला

जहाँ पाप त्यही फलिफाप भन्ने उखान भाछ
कुर्सि घुमाइ खाने पापी नमरेको किन होला
रेखा पन्त 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 शरीर बेच्नेहरुकै यहाँ शान ठुलो छ
शरीर बेच्नेहरुकै यहाँ शान ठुलो छ ।।
रात बेचेर बनाएको मकान ठुलो छ ।।

देश सेवक जनता सेवक,कता हराए,,
चोर,वेश्या,लुटेराको पहिचान ठुलो छ ।।

लौ चोरी भयो रे मुर्ति, दैवकै घरबाट,,
आफ्नै सुरक्षा नगर्ने भगवान ठुलो छ ।।

बन्छ बन्छ भन्दा भन्दै,डुब्दैछ नेपाल,,
कि लेखेर नभ्याउने,संविधान ठुलो छ ।।

Raj Kumar Dhimal

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 न विष पिलायौ न मुक्ति दिलायौ
न विष पिलायौ न मुक्ति दिलायौ
मलाई रुवाइ दुनिँया हँसायौ

फकायौ फूलायौ त्यो दिन तिमीले
कसम खाएर यो हात समायौ

ग्रहण लागेको तिम्रो त्यो विचार
म जस्तो कतिको जिन्दगी डढायौ

छाती पोल्छ आज सम्झिँदा तिम्लाई
विगार्नु विगारी पागल बनायौ

न विष पिलायौ न मुक्ती दिलायौ
मलाई रुवाइ दुनिँया हँसायौ ।

~ © मानन्धर अभागी ।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   जहाँ सर्वहारा राज हुंदैन
जहाँ सर्वहारा राज हुंदैन
त्यहाँ सर्वमान्य ताज हुंदैन

साच्चै हो रमिते नजरमा
सभ्य र शिष्ट समाज हुंदैन

अराजकता मौलाए किन
कुनै शशक्त आवाज हुंदैन

अभाव जन्मिन्छ त्यै बस्तिमा
जहाँ अघाउने अनाज हुंदैन

सजाउछौ किन सपना यसरी
के'था जीवनको अन्दाज हुंदैन !!

कृष्ण 'अविरल' जलन

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  के बुझेँ, जाने भनौ, जिन्दगानीको कुरा
अर्थ' बग्ने जीवनी, मिल्छ पानीको कुरा

फुल्न देऊ आज यो, झुल्न देऊ आज यो
भोलि बन्ने हो कथा, हर जवानीको कुरा

सब् विभाजन् गर्दिए, छुट्नु पैले प्रेम त्यो
सम्झना बाँकी रह्यो, यै निशानीको कुरा

क्वै मर्यो तारिफ सुरू, लाश चिच्याऊँदो हो
सुन्छ जिउँदोले कहाँ, यार खरानीको कुरा

राम जाने के बित्यो, ज्ञात् हिजोको छैन क्यै
सुन्नमा राम्रो हुने, यो कहानीको कुरा
राजीव जि सी संघर्षी

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   एकै देख्छु गुण यो कमेरो चुनामा
अचम्मै छु भ्रमको म कस्तो थुनामा

कहाँ सम्म खोज्यौ, उजेली नियाल्दै
मुनी थेँ टुकीको, अँधेरो कुनामा

छ रित्तो छ डाली , हरे जिन्दगीको
खुशी ती कसैले, निमोठ्दा मुनामा

बचेरा बँचेछन्, अधर त्यो लुँछीदा
रह्यौ धन्य चेली, खुलेको तुनामा

बच्यो मात्र पीडा, घडामा मिल्यो र
कँहा हर्ष बच्थ्यो, मिलेथ्यो दुनामा

राजीव जि सी संघर्षी 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  अभावको विजय छ हारेको यो जिन्दगीमा
रम्न कहाँ सकौली र प्रिया मेरो झुपडीमा

जति अडान गरे पनि तिम्रो हुन सक्दिन म
खुशी किन्न, राखेको छु आफ्नै ज्यान बन्धकीमा

सागर मिल्छ तिम्रो लागि दिने श्यामा हँजारौ छन
किन खोज्छ्यौ लिप्त हुन जाबो थोपा अञ्जुलीमा

हैषीयत रत्ति छैन मनको अर्थ रहला के
तिम्रो दम्भी शहर हो माया हुन्छ सम्पतीमा

पखेराको अँधेरोमै रमेको छु ! रम्दिन भो
उजेलीमा आडम्बरको निशा छुप्ने नगरीमा
राजीव जि सी संघर्षी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  राज्य मात्रै हुने, आफ्नो राज हुन्न
बन्छु मनको नरेश , शिरमा ताज हुन्न

बाध्यता हो छुँदा, लूक्नै पर्छ तैलेँ
लाग्छ लज्जावती, तेरो लाज हुन्न

बाँधि टालो नयन, आफ्नो छोप्नु लज्जा
नाङ्गिनेको यँहा, काम् क्वै काज हुन्न

दु:ख बाँकी अझै, लेखेको छ के के
रम्नु, भोली कतै, उस्तै आज हुन्न

आज मेरो समीप्, केही पल् बिताउ
हून्न भोली कसै, तिम्रो माझ हुन्न
राजीव जि सी संघर्षी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   सखी, आँशु पोख्ने, सिरानी बनाएँ
हरेक रात धोई बिहानी बनाएँ

तिमी खोज्दथ्यो धेर सामीप्य मन्ले
नपाएर सस्तो जवानी बनाएँ

कतिञ्जेल बाँचौ यहाँ तिर्सनामा
जवानी फुटाएँ र पानी बनाएँ

गयौ कोष टाढा थियो मन निरीह
असन्तुष्टिको आफु खानी बनाएँ

जवानी फिजाएँर सर्वश्व नाँशे
र आदर्श सारा निशानी बनाएँ
राजीव जि सी संघर्षी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   बिष बाटै अमृत फल्यो बिष फेरि किन फाल्छन
सिक्न मिल्छ पाल्नु पर्छ ज्ञानीले नि शत्रु पाल्छन

ठूला ठूला पर्वत ढाल्यौ मिथ्या बोल्ने महोदय
अदम्य र साहषी त चुनौतीका पहाड्र ढाल्छन

म रोए झैँ गर्छु सखी तँ हाने झैँ गरिदिनु ।
बेकामे यी आगन्तुक आफै बाटो लागि हाल्छन् ।

साहित्यको सिकारू हुँ प्रेम गर्छु शब्द लाई
खेलाडीले खेलाँउछन खै कसरि शब्द चाल्छन

मुस्कानले पार्दैन्थ्यो यार भान कत्ति मधुमास को
धन्य मेरा परेली यी बाँध थुन्छन प्वाल टाल्छन

शहरको चमक हेरि रोए मात्रै पखेरा यी
बुझेनन त्यो उज्यालोमा, अँध्यारोकै दियो बाल्छन

राजीव जि सी संघर्षी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

     निन्द्रा भङ्ग पारी दिन्छ राती चुरा बजे 
सार्है हुन्छ डाहा दुख्छ छाती चुरा बजे 

सोला चल्छ दिल्मा भित्र आगो बलेसरी 
लाग्या घाउ ठ्याम्मै हुन्न जाती चुरा बजे 

होसै हुन्न बन्दै काँ'छु आफू कतापुगेँ 
खाली पाउ नाच्दै हिँड्छु माती चुरा बजे 
,
धौता पुज्छु नित्यै धूप फूल चाढाउँछु 
भूल्ने गर्छु मैले बाल्न बाती चुरा बजे 
,
ईश्वर सम्म भूलें लौन कस्तो अचम्म हो ?
लाग्दो रैछ मातै हेर घाती चुरा बजे 
,
हातै चल्न छोड्दा लाग्छ जाँगर मरेसरी 
सारा काम मेरा राख्छु थाती चुरा बजे 
हरि प्रसाद ओली

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  नाफा घाटा दुबैलाइ बराबर हुनुपर्छ
मलाइ जस्तै तिम्लाइ पनि डर हुनुपर्छ

यदि हाम्रो सम्बन्धलाइ जिबन्त राख्ने भए
ढुङ्गामा माटो जस्तै गरी निर्भर हुनुपर्छ

भोलि पराइ बनेर या छाडेर जानु पर्दा
जिन्दगी भर हाम्रो मुटूमा असर हुनुपर्छ

लछ्य एउटै भएर मात्र हुदैन लछ्यमा पुग्न
समझदारी अनि मन सुन्दर हुनुपर्छ

तिमी मुटु अनि म धड्कन भएसी फेरी
हामी दुबैको एउटै खुसि र रहर हुनुपर्छ

मनु बिद्रोही

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  हराभरा देश यो नेपालीको यो निशान
निरँकुश भन्नेले बनाइ छाड्यो चिहान

गणतन्त्र ल्याइयो पाखा लायो राजतन्त्र
चाँडै दिन्छु भनेको कहाँ छ त्यो संविधान

शान्ति अमन चैन जनतालाई दिन्छु भन्थ्यो
सावित भयो झुठ्ठा नेताहरूको वयान

ऋाखिर के खोजेको ? सर्वे सर्वा तिमीहरू
सहमति भएन ? के को लागि हो अडान

छर्लङ्ग पारी देउ जनताहरू सोध्दैछन्
कसको कारणले देश भयो अवसान ।
मानन्धर अभागी ।

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  हराभरा देश यो नेपालीको यो निशान
निरँकुश भन्नेले बनाइ छाड्यो चिहान

गणतन्त्र ल्याइयो पाखा लायो राजतन्त्र
चाँडै दिन्छु भनेको कहाँ छ त्यो संविधान

शान्ति अमन चैन जनतालाई दिन्छु भन्थ्यो
सावित भयो झुठ्ठा नेताहरूको वयान

ऋाखिर के खोजेको ? सर्वे सर्वा तिमीहरू
सहमति भएन ? के को लागि हो अडान

छर्लङ्ग पारी देउ जनताहरू सोध्दैछन् 
कसको कारणले देश भयो अवसान ।

~ © मानन्धर अभागी  

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

   फुलैफुलको बहर बनि आयो नयाँ बर्ष
खुसीयालि रहर बनि आयो नयाँ बर्ष !!

गाउँ गाउँ बस्ती अनि समाज खुलाएर,
सबै मिलि लहर बनि आयो नयाँ बर्ष !!

जाति धर्म संस्कृति लाई सम्मान गर्दै,
रमाइलो सहर बनि आयो नयाँ बर्ष !!

पुर्व मेची पश्चिम कालि हातेमालो गर्दै,
सम्मानित ठहर बनि आयो नयाँ बर्ष !!

शुभकामना बटुलेर करोडौँ साक्षी राखि,
सुखी खुसी खबर बनि आयो नयाँ बर्ष!!

-राज वाई.के

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 सगरमाथा शिर हाम्रो चुलाएर आयो नयाँ साल !!
मेची कालि रातै गुराँस फुलाएर आयो नयाँ साल!

हरियाली पाखा हेर पहाड हिमाल कति राम्रो देश,
मधेस तिर धानबाला झुलाएर आयो नयाँ साल !!

जाति भाषा धर्म संस्कृति छन् कति कति बिसाल,
हामी सबै नेपाली लाई खुलाएर आयो नयाँ साल!!

संसार मै महान देश त हाम्रै नेपाल तपो भुमि नै हो,
परदेशीका सारा दुखहरू भुलाएर आयो नयाँ साल

संसार भरि नेपाली मन छरिएर बिबश्तामा बसे पनि,
सुख सान्ति समृद्धि लाई डुलाएर आयो नयाँ साल !!राज वाई.के.

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 बुद्ध भुमि ज्ञान भुमि घर सगरमाथा मेरो !
नेपाली हुँ नेपाली छु थर सगरमाथा मेरो !

पुर्खाको उपहार नै,मेरो जय जय नेपाल हो,
वैरी आई लान्छ किझैँ?डर सगरमाथा मेरो !

झुकेन कहिल्यै यो नेपाली तन मन आखिर,
झुक्ने होकि लाग्छ मनमा तर सगरमाथा मेरो!

नेपाली हुँ हिमाल पहाड तराई मेरै बासस्थान,
भत्किएनि टाल्न मिल्ने खर सगरमाथा मेरो !!

संसारका प्यालेस् पार्क कृत्रिम फुल केही होइन
सान्त मनको पिपल अनि बर सगरमाथा मेरो !!
राज वाई.के

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 भाग्य किनेँ तर प्रहर, किन्न सकिन ।।
तिम्ले चाहे जस्तो शहर,किन्न सकिन ।।

पोहोरका चाहनाहरु,अझै अधुरै छन्,,
तिम्रो निम्ति नयाँ रहर, किन्न सकिन ।।

यति कंगाल बनायो कि,समयले मलाई,,
मर्छु भन्दा पनि जहर, किन्न सकिन ।।

जे लेखेको छ भाग्यमा,त्यसैमा रम्न सिक,,
अरुले झै खुसिका लहर, किन्न सकिन ।।

Raj Kumar Dhimal

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 मन भित्र दुख अनि पिर नहुदो हो त 
मन भित्र दुख अनि पिर नहुदो हो त !
या म संग फुटेको तक्दिर नहुदो हो त !!

जिन्दगानी सयौ बर्ष , जिइ दिन्थे म !
दुनियाँ मा मर्ने रित , हाजिर नहुदो हो त !!

सम्झना ले सताउने थिएन पक्कै पनि !
याद सवार उसको तस्बिर नहुदो हो त !!

सोच्थे होला भरे अनि भोलि पर्सि पनि !
मान्छे हरु मा मरिजाने शरीर नहुदो हो त !!

लोकेन्द्र मगर

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

    आफ्नै जिबन देखी , हार, लाएको छ ।
पिडै पिडाले रुदै , पार, लाएको छ ।

कल्लाई भनु यो पिडाको ,कुरा म
जिबनमा अन्धकार ,लाएको छ ।

के बिराएको थिऐ र , यो सराप
मलाई दुई हात, धार, लाएको छ ।
म भन्थे पिडा दायिक, म मात्र छु
अरु यहाँ थुप्रै बजार, लाएको छ ।

हिजो संगै हिडेको, गोरेटो हरु
आज ठूला ठुला तार, लाएको छ ।

बचन जस्तो अरु, नहुदै रहेछ
सधै निको नहुने मार, लाएको छ ।
एकल कान्छा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 सँसारको दुःखी मान्छे मनै हु जस्तो लाग्छ,।
भाग्य लेख्ने मशि नै नियतीको सस्तो लाग्छ,।

कति खेल्नु पौठे ज्वारी दैबसंग जिन्दगीले,।
सधैको यो हार खेप्दा कस्तो कस्तो लाग्छ,।

मत भन्छु कति राख्छौ अड्काएर यो जीवन,।
लैजाउ दैब प्राण पखेरु उडाउदै यस्तो लाग्छ,।

जिन्दगीको अनत्य पछी हुन्न घुम्ती,सिंढीहरु,।
अाखिरमा मर्ने चोला मर्नै जाति उस्तो लाग्छ,।

बिनोद केसी

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

    आधा जलेको खप्परले मसान जगाउँदै छ
आधा जलेको खप्परले मसान जगाउँदै छ
कलम छाडी कविले खुकुरी चलाउँदै छ

आफू विरुद्धमा जो लाग्छ थर्काएर धम्क्याएर
राणा कालीन शासन शासक बनाउँदै छ

कस्तो साहित्यकार होला सीधै पो धम्क्याउँछ
खुकुरीको धार जस्तै वोली उदाउँदै छ

साहित्यमा आजकाल राजनीति त्यो कूनीति
व्यर्थै विवाद गरी मुद्दा उठाउँदै छ

कोषको बाँकी रकम सम्मान र पुरस्कार
कसरी हात पार्ने हो प्रस्ताव राखी आउँदैछ 
मानन्धर अभागी 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

   मलाई माया मारे हुन्छ
त्यो दिल बाटै बारे हुन्छ

अन्त कतै प्यार भए,
उतै पाइला सारे हुन्छ

तिम्रो यात्रा सफल भए,
त्यो दिलबाटै खारे हुन्छ

भनिन्छ नि प्रेम युद्ध,
जीते हुन्छ हारे हुन्छ

उता साथ जुटाई गए,
मलाई एक्लै पारे हुन्छ
राज वाई.के

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  टिपिल्याउँथे धन पैसा सानु परदेशमा फल्ने भए
बाल्थे होला दियो दिप पानीमा आगो बल्ने भए

दुख दर्द बेदनाको कुरै छोड सानु तिम्ले यहाँ ,
सुर्यलाईनै छलिदिन्थें हत्केलाले छल्ने भए 

म पनि त जलिदिन्थें मरूभूमि ज्वाला भित्रै ,
काँचो सरिर मेरो पनि कगज सरि जल्ने भए 

आए गए दुख चोट अझै कति बाँकी होला सानु,
चोट पुञ्ज नस्ट पार्थेँ होला मिसिन सरि चल्ने भए

दुनियाको कुरै छोड हाम्रो बेग्लै संसार छ सानु ,
दुख सारा पग्लिन्थ्यो नि ढुङ्गा पनि गल्ने भए 
राज वाई.के

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   दुनियाको प्यास मेट्ने पानी बन्दै छौ'रे 
माया बाँड्ने ममताकि खानी बन्दै छौ'रे

चोक गल्ली सडक पेटी खाली तिमी मात्र,
अर्धनग्न पहिरनकि रानी बन्दै छौ'रे 

घमण्ड छ रुप बैँस आखिरीमा तिमीलाई,
आँखा भित्रै नबिझने नानी बन्दै छौ'रे 

तिमी मात्रै आफू राम्रो अरू सबै देखिएन,
पवित्रता ढाकछोप मै ज्ञानी बन्दै छौ'र 

आधुनिक नारी भन्दै उल्टा पाठ पढाएर,
तपस्वी झैँ आज आफैँ ध्वनि बन्दै छौ'रे
राज वाई.के

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  केही गर्ने आँट बोकी चालिएको यात्रा मेरो !!
बेकार भन्थ्यौ तिमीबाटै फालिएको यात्रा मेरो !

एकोहोरो भौँतारिएँ उजाड बगर आफैँ एक्लै,
तिम्रो लागि पथ भत्किएर टालिएको यात्रा मेरो

तिमी जाति आफैँ माथि कुल्चिएर वारपार 'राज'
तिमी सामु केहीगर्ने इच्छा, पालिएको यात्रा मेरो

सत्य लाई नि उल्टो ठान प्रगतिमा बोरु खुट्टा तान
गुम्ने छैन यो त बाँध पर्खाल हालिएको यात्रा मेरो

जुन तारा नि हैनौँ तिमी कृत्रिम फ्युज जान सक्छ,
मध्ये रातमा अमर दिप झैँ बालीएको यात्रा मेरो !!
राज वाई.के 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  खोसिन सक्छ तिम्रो प्यार, बिचार गर प्यारी।
उजाडिएला सुन्दर घर-बार, बिचार गर प्यारी।

लोग्ने स्वास्नीको झगडा,,, हो परालको आगो,
माइतै बसि चल्दैन ब्यवहार, बिचार गर प्यारी।

ठाक्ठुक पर्छ कहिलेकाहीँ,,रिसाउनु हुन्न हेर,
त्याग्नु पर्छ त्यो कुबिचार, बिचार गर प्यारी।

बस्तुभाउ भोकै मर्छन, खेतीपाती हुन्छ चौपट,
आखिरमा पर्छ आर्थिकभार,बिचार गर प्यारी।

तिमी बिना सुनसान छ घर, ए! मेरि गृहलक्ष्मी,
गल्ती भो मेरो माफी देउ यार, बिचार गर प्यारी।

मरि लानु केही छैन हेर, दुई दिनको जिन्दगीमा,
मिलेरै बस्नु जीवनको सार,,,बिचार गर प्यारी।

बेहोशी कृष्ण कार्की

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  मुलुक भित्रीने बित्तिकै, हुकुम बजाएँ प्रभु,
रिसानी माफ होला, हजुरलाई कजाएँ प्रभु,

के छ गर्नु परिमार्जन, जल्दी बक्सियोस,
तामेली हुन्छ हजुर को, यही बताएँ प्रभु !

थाँती ती सम्पूर्ण, कथा-ब्यथा मालिकका,
हुबहु पुर्ण हुने बाचा, हजुरलाई सुनाएँ प्रभु !

मान-मर्दन गरि म, छाड्न्या छु दस्तावेजको,
हें-हें आजै देखि ढुक्क, हजुरलाई गराएँ प्रभु !

दु:ख हटोस सदैव, झुक्न न परी मालिकलाई,
अस्त्र-शस्त्र सोही अनुरुप, चौतर्फी सजाएँ प्रभु !

उत्तर दक्षिण सजिएका, पाउहरू मालिकका,
टोपी फुकाली पाउमा, मालिकको चढाएँ प्रभु !

©'अनिल अनन्य'

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 भावनाले मुटु साटे हिऊ सरी खात भयो
मखमली फुल रोपे पलासको जात भयो ॥

राष्ट्रियता जोगाउन कलमले पोते तर
बिना भुल सज्जनको देशद्रोही हात भयो ॥

तँ को साटो तपाई बाडे इज्जत राख्न भनि
बैगुनीका सामु त्यो त बैश फुली मात भयो ॥

उठाऔ शिर दृढ भई केहि गर्न भन्दा
सबको सामु अप्रिय त्यो जुनीको नै घात भयो ॥

निस्वार्थले खन्याएका दृढ ती इच्छाहरू
गुम्सिएर भाडाभित्र भतेरको भात भयो ॥

गर्छस् भने केहि गर समाजकै लागि केटा,
उठ् चाडै "बिप्लब उदित" प्रभात पुरै रात भयो ॥

बिप्लब उदित रिजाल 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  सधैभरी पागल बनायो मायाले
पलपल मलाई रुवायो मायाले

सायद अर्कै भेट्यो होला त्यसैले
धोकाकै भुमरीमा घुमायो मायाले 

यस्तो हालतमा छोडेर आजभोलि
न मर्नु न बाँच्नु पो गरायो मायाले 

यो संसारमा बाँच्ने रहेनछ अधिकार
त्यसैले त स्वर्ग तिर पठायो मायाले 

उसको मनमा के थियो बुझेन मैले
अनि अन्तै पाईला चलायो मायाले 
दिपेन्द्र हमाल 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  चले कै छन् सृष्टिका सृजना र सिलसिला हरु
रत बाँचेका छन यहाँ हात्ति देखिन कमिला हरु

सर्ब श्रेष्ठ् प्राणि मानिस जनवार झैं लाग्छ बरु
छोप्नु पर्ने लाइ देखाएर पो हिंड्छन् फिला हरु

के अब कलिको अन्त्य हुनै लाग्या हो त यहाँ
किन बलात्कृत हुन्छन् दिन दिनै कलिला हरु

तसिलमा छ आज मेरो देशको संबिधान हजुर्
बिदेशिए सबै देश बनाउने युवा जो दरिला हरु

राइ बबुरो

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  बजारमा माया प्रीति बासी चीज जस्तो भयो
ग्राहक त्यो फालाफाल जस्को भाउ सस्तो भयो

प्रेमको नाममा आज व्यापार जस्तो लाग्दैछ
खुले आम यत्रतत्र विकृति यो कस्तो भयो

मनुष्यको के कुरा भो देवालयमा देख्न सक्छौं
कामूक ती चित्रहरू चाहेको जस्तो त्यस्तो भयो

बजारमा माया प्रिती वासी चीज जस्तो भयो
ग्राहक त्यो फालाफाल जस्को भाउ सस्तो भयो ।
मानन्धर अभागी 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   ठूलो आशा बोकी मैले फूलमाला उनें
कहिले आउँछौ औंला भाँच्दै दिनहरू गुनें

मनले खाएको मान्छे तिमीलाई पाएँ
असल मान्छे ठानेर तिमीलाई चुनें

राता माटाले लिपेर बाटो हेरी बसें
तिमी आउँछौ भनेर सपनाहरू बुनें

वसन्त ऋतु फे¥यो आरोहण गर्देछौ रे
हिमाल चढी तिमी चुचुरोमा पुग्ने सुनें

फूलहरू फुल्दै छन् आँगनीमा ढकमक्क
भँवरा थुप्रै आउँछन् ढोका मैले थुनें ।
मानन्धर अभागी 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 दुई आत्मा यौटा मुटु जसले आज छुटायो
मदन यता जल्दै गर्दा मुनाले आँशु वर्षायो

कस्तो लेखो लेखेको रैछ दुवै जनाको भाग्यमा
यता लाश उठाउँदै गर्दा उता डोली उठायो

यता सवै रुँदै छन् उता चाहीँ नाचगान
उता जन्ती आउँदै गर्दा यता मलामी वोलायो
चितामाथि मदनको लाश मुनाको शिरमा पलाँस
उता दियो वत्ती बाल्दा यता आगो लगायो

एक आर्का विना बाँच्दैनन् वावु आमाले बुझेनन्
ठूलो भुल गरेर आज अरुकै हात थमायो ।

मानन्धर अभागी 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 रिसाएर के गर्छौ फकाएर हेर
तिम्रो त्यो जवानी वहलाएर हेर
मन भित्र कुरा राखी राख्नु हुन्न
किन गुम्साइ राख्छौ बताएर हेर
आँट गरी एकफेर अबको भेटमा
कोमल उन्को हात समाएर हेर
अन्त किन चाहार्छौ आँखा डुलाएर
मनभित्र त्यो डेरा बसाएर हेर
वा मन फर्किन्छ कि मेरो विचार
यौटा मीठो गजल सुनाएर हेर ।

मानन्धर अभागी  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  आमा बन्ने ठूलो सपना तिन्ले सजाइ रहिन्
धोको पूरा भएनछ आँशु बगाइ रहिन्

तुहेको गर्भझैं मेरो यो जिन्दगी के जिन्दगी
कस्तो खोटो मेरो भाग्य उनी बर्बाइ रहिन्

ऋतुमती भा कै थिइन नियमित सँधै उनी
कोखै पो बाँजो रहेछ निसन्तान भनाइ रहिन्

निसन्तान त्यो शब्द आज आफैले सुन्नु पर्दा
स्वयं भगवान् आफै मन दुखाइ रहिन्

दुःखीलाई खुशी दिइ सन्तान वर दिइयो
तर आफूले आफैलाई आज धिक्कारी रहिन् ।
मानन्धर अभागी 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   दुखेको मेरोछाती जलाउन नखोज तिमी |
मुटुमा तिखो छुरा चलाउन नखोज तिमी ||

टिप्छु बनेर प्रेमि को फुल तिमीलाई रोजे |
बीचमै काडा बानी पलाउन नखोज तिमी ||

तिम्रो नै बोलिमा हराउने बानि परेको छ |
धिपिक्क वचन'ले ढलाउन नखोज तिमी ||

यतातिर आसदेखाई उता ठिक्क छौअरे |
ती! कुरामा मलाई छलाउन नखोज तिमी ||

कुट निति हैन माया नबुझ्ने किन तिमीले |
दुष्ट, यो संसार नै हल्लाउन नखोज तिमी ||
फुर्बा शेर्पा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 खै दिए सजाय सिमित राखेका छन
बलात्कारिलाई जिवित राखेका छन

एक छिन करायो जनता सडक उत्रि
चमत्कारहरु निलम्बित राखेका छन

एकोहोरो चल्दै छ नारी हिंसा देशमा
कानुन अगाडि चिन्तित राखेका छन

कहिले सम्म चल्छन् यो बिक्रेता यहा
देखाई सानाठूला दलित राखेका छन

रुवाएर मातृ भुमि सराप लागेर होला
जिल्ला अञ्चल बिपरित राखेका छन