नसालु त्यो हेराइको, अन्तिम खाग जलेर जान्छ, बसूँ भन्दा कतै आवास छैन, म हार बटुल्छु तिमी जीत छान ,म त खुशामद गर्दिन

Universal Web Directory / Quality Listing site for your Business
  concept tution center kathmandu
Himalayan Goat Breeding Farm
Ghar Jagga karobar pvt ltd manakamana Sekuwa corner old baneshwor , kathmandu
Bungkot New Horizon English Academy
  Lukeko Samaj Nepali youn katha online
 नसालु त्यो हेराइको

नसालु त्यो हेराइको मातै मीठो छ
सुनु-सुनु लाइर’ने वातै मीठो छ
विष पनि पिदिन्छु दियौ भने त
के भनु म तिम्रो त हातै मीठो छ
विहानी नै नआए हुन्थ्यो भन्छु म
तिमी साथै हुँदा त रातै मीठो छ
तिखा-तिखा काँडाले घेरे पनि त
थुङ्गा-थुङ्गा डालीमा पातै मीठो छ
बाहिर यो छट्पटी जति बढे नि
दिल भित्र मायाको खातै मीठो छ

सुनिल सङ्गम
लिस्बोन,पोर्तुगल

 अन्तिम खाग जलेर जान्छ….
ओईलेर फूल झरेर जान्छ ।
दुईदिने चोला मरेर जान्छ । ।
हिडदा हिडदै साईत जुर्दा ।
गर्लम्म शरिर ढलेर जान्छ । ।
बिलेर तागत कम्जोरी हुँदै ।
अङ्गको मासी गलेर जान्छ । ।
संसारको रित चलाई राख्न ।
सामुमा पावन छलेर जान्छ । ।
राखेको बखत चित्तामा लास ।
दनदनी आगोमा बलेर जान्छ । ।
पिटेर छाती आफन्त रुदा ।
अन्तिम खाग जलेर जान्छ । ।
ओईलेर फुल झरेर जान्छ ।
दुईदिने चोला मरेर जान्छ । ।

सावारा योङ्हाङ लिम्बु
पाँचथर नागी ५



 बसूँ भन्दा कतै आवास छैन/

 बसूँ भन्दा कतै आवास छैन
ऊडूँ भन्छु खुला आकाश छैन

अँध्यारोमै कटाएँ रात सारा
उषाको खै ! अझै आभास छैन

वसन्ती फूलमै अल्झिन्छ ज्यादा
जवानीको कुनै विश्वास छैन

कतै बेहोशीमा छल्किन्छ प्याला
कसैको भागमा दुई गाँस छैन

जलायो ग्रीष्मले फ्याँक्यो हुरीले
मलाई बैंसको मधुमास छैन

दुष्कर्मले साम्राज्य मिल्छ
कुनै सत्कर्ममा स्याबास छैन

उदासीको गजल गाइरहेछु
कतै सङ्गीतमा उल्लास छैन

बरु यै जिन्दगी आतंक बन्छ
मलाई मृत्युको सन्त्रास छैन।

सनत कुमार वस्ती


म हार बटुल्छु तिमी जीत छान

म हार बटुल्छु तिमी जीत छान
मलाई रुवाउने कुनै गीत छान
मलाई नितान्त एक्लो पारेर तिमी
जीवन बिताउने कोही मीत छान
म सन्तापमै सँधै जलेर बाँच्छु
तिमी शीतल जून अनि शीत छान
यो दुनियाँमा कुनै अर्थ हुन्न साँचो
तिमी बद्लिएरै आफ्नो हीत छान
बिनामोलको सँधै बेवारिसे हुन्छ
मुल्य चिनेर अब नयाँ प्रीत छान
            Janak Poudyal


 म त खुशामद गर्दिन /
म त खुशामद गर्दिन साथी किन गर्नु कसलाई गर्नु
केको आशमा दीनहीन भई याचक जस्तो छुद्र हुनु ।
राम सिद्धियो श्याम सिद्दियो यो कोही जब जीवित छैन
जानु छ एकदिन निश्चित नबुझी क्षण क्षण किन जिउँदै मर्नु ।
उच्च महलमा बस्दैमा नभ छुन नसक्ने भएपछि
झूठ ठगी बेइमानीको पछि के पाउँनलाई साथ दिनु ।
देश जाती र राष्ट्र ठगेर चाँदी थुपार्नु भन्दा बरु
मातृभूमिको घाउ सुसारी जय जय जय नेपाल भनूँ ।
मान्दैन किन छुद्र आत्मा पौडेल बुझ्न नसक्ने भो
जे जति गरी पनि सब चाहन्छन् थुक लगाई नोट गनूँ ।

  मुन पौडेल