Greatest Collection Of 60 Nepali Gazal Part four


   छैन - सबीना मिश्र

जिन्दगीको एउटै आनिबानि छैन !
खुसिको मात्रै कहानि छैन !

तिमी मलाई सिमाना दिन्छौ 
बाँधिने मेरो बानी छैन !

यो कस्तो रोदन रोइएछ आज 
आँखामा छाम्दा पानी छैन !

छट्पटाइरह्यौ "शब्बु" एक्ली राधा! 
कृष्णको कतै नाम निशानी छैन !


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
   बालुबामा......पूजा गोबर्धन
वालुवामा लेखि रहें उनको नाम घरिघरी
छाल आइ मेटीरह्यो मलाई गाली गरिगरि

काम छैन तेरो भन्यो गर्नुसम्म रिस गर्‍यो
कुटनै खोज्यो चुटनै खोज्यो समुद्रले आँखातरि

हुत्तायौला जस्तो गर्‍यो मुन्टयौला जस्तो गर्‍यो
सुसाएर उसकै भाषा बोली रह्यो नाना थरी

साचो माया गर्छु भने उनी बिना मर्छु भने
जूनलाई देखाएर हासी रह्यो मरिमरी

बल्लबल्ल थाहा भयो ऊ त पागल प्रेमी रै'छ
जूनसंग रिसाएर आको रै'छ धर्ती झरी


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  फरक फरक - सबिन सिंह

सुख दुख बराबरी हेर्ने आँखा फरक फरक ।
सबैको छ कथा एक भन्ने भाका फरक फरक ।।

सङ्घर्षको मैदानमा खेल अनि झेल दुवै ।
भिड्नु पर्छ सबले यहाँ छेक्ने बाधा फरक फरक ।।

चेतनाले सिचिँएको बोट यौटै ज्ञान फल्ने ।
विष अनि मिठो फल फल्ने हाँगा फरक फरक ।।

सूर्य किरण छाएको छ सबै माथी बराबर
तर पनि ठूलो सानो बन्ने छायाँ फरक फरक ।।

सबिन सिंह


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  लौ आयो साउन बोकेर बादल - आकांक्षा शर्मा

लौ आयो साउन बोकेर बादल बर्षिने झरी उस्तै फेरि !
छ चिसो आंचल बगेको गज़ल रुझेकी परी उस्तै फेरी !
मेघको ध्वनि सांगीतै होनि गाउदैं छ झरी नाची परी,
लठ्याइ झन लुटी यो मन मुस्कान छरी उस्तै फेरी !
हेरेकी जस्तै केरेकी होलि पन्छ्याई केश नयन खोलि,
परेली डिल राखेझैं किल प्रहार गरी उस्तै फेरी !
गर्जियो सगर थर्कियो जग हल्लियो बोट लग्यो चोट
उडेर गई बिलिन भई चुलबुले चरी उस्तै फेरी !
लेखेर गई मुटुमा कथा मायाको गाथा प्यारो ब्यथा,
बतासझैँ आई याद बनि छाई हृदय भरी उस्तै फेरी !


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   तिम्रो शहरमा - बसन्त कुमार श्रेष्ठ 'क्षितिज

जता चाहयौ उतै बगे,तिम्रो लहरमा
कसिगर पो बने क्यारे तिम्रो नजरमा ।।

साथ दिने वाचा कसम,कसरी पो भुल्यौ
अरु कोही डुले क्यारे, तिम्रो अधरमा ।।

क्षितिज पारी यात्रा हाम्रो,टुंग्यो दोबाटोमा
कस्ले दुषित पानी छाड्यो,तिम्रो नहरमा ।।

म पनि त मान्छे नै हु,मन खोली हेर
च्यातिदैछु पन्ना पन्ना,तिम्रो रहरमा ।।

खस्दैछु म थोपा थोपा,आफ्नै नयनबाट

मर्छु बाच्छु पटक पटक,तिम्रो जहरमा ।। 
दलिल मेरो सुनिएन,तिम्ले न्याय किन्यौ
खोटो सिक्का भए म त, तिम्रो ठहरमा ।।

आफ्नै गाउ फर्की जान्छु,पाखा कन्दरामा
बस्दिन भो मुल्य तोक्ने,तिम्रो शहरमा ।।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  साक्षी छैन - नवराज सुब्बा

साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन  
कता कता भौतारिनु नपुगेको गाउँ छैन ।

च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू
कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन ।

तिम्रो यादमा के के लेखें सधैं सधैं तिमी देखें  
तर आज बताउन लायक आफ्नो नाउँ छैन ।

स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु
झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  शेर मेरा - जितेन्द्र मल्ल

लेख्न खोजे गजल जब, भाग्न थाले शेर मेरा ।
नाना थरी भावहरु, माग्न थाले शेर मेरा ।

मतला र मकताको, ग्रह शायद् जुरेन कि,
यौटा पश्चिम् अर्को पुर्व, ताक्न थाले शेर मेरा ।

सकिन खै शब्द भर्न, खाली रहे मिसरा ती,
बिरुद्धमा आज मेरै, लाग्न थाले शेर मेरा ।

लय थाम्न खोजेकै हुँ, कता चुकें होश छैन,
अनिदोंमै आज फेरी, जाग्न थाले शेर मेरा ।

देशभक्ती, नशा, व्यथा, पच्दैन रे आजभोलि,
लाग्छ पृथक् स्वाद कुनै, चाख्न थाले शेर मेरा !


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


  हेर्दा हेर्दै कोपिला ती - टेकेन्द्र अधिकारी

हेर्दा हेर्दै कोपिला ती फूल बनी झरिसके
साथहरू खोज्दा खोज्दै आशहरू मरिसके

जीवनको एउटा पाटो प्रतिक्षामै बितिगयो
बाँच् भनी ढाडस दिने आँटहरू टरिसके

कल्पनामा हराउँदा विपना नै सपना भो
सम्भावना छरपस्ट कता कता छरिसके

बैशाखीको सहाराले नदी तर्न गाह्रो भयो
डुङ्गा खोज्दा ढुङ्गा मिल्यो अरूहरू तरिसके

सोझोबाटो नागबेली सडक झैं लाग्न थाल्यो
इमानदार 'टेकेन्द्र'लाई बेइमानमा दरिसके


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


  हेर्दा हेर्दै कोपिला ती - टेकेन्द्र अधिकारी

हेर्दा हेर्दै कोपिला ती फूल बनी झरिसके
साथहरू खोज्दा खोज्दै आशहरू मरिसके

जीवनको एउटा पाटो प्रतिक्षामै बितिगयो
बाँच् भनी ढाडस दिने आँटहरू टरिसके

कल्पनामा हराउँदा विपना नै सपना भो
सम्भावना छरपस्ट कता कता छरिसके

बैशाखीको सहाराले नदी तर्न गाह्रो भयो
डुङ्गा खोज्दा ढुङ्गा मिल्यो अरूहरू तरिसके

सोझोबाटो नागबेली सडक झैं लाग्न थाल्यो
इमानदार 'टेकेन्द्र'लाई बेइमानमा दरिसके


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  गनाउछ - नवराज सुब्बा

सुन्दासुन्दै रचना जाँड गनाउछ
पढ्दापढ्दै पत्रिका माँड गनाउछ ।

ठूला मान्छे सबैले गर्ने कुटनीति
राजनीति गर्थें होला भाँड गनाउछ ।

हुँदनैथे बन्द आफै उद्योग कारखाना
चन्दा माग्ने भीडको गाँड गनाउछ ।

आज मलाई स्कुल जान मन छैन
गुरुलाई मोसो दल्ने साँढ गनाउछ ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  मन पराएँ - जितेन्द्र मल्ल

थाहै छैन कैले बढ्यो, झुकाव मन पराएँ ।
नशै नशा गजल बह्यो, बहाव मन पराएँ ।

भन्थे, कहाँ सजिलो छ? पाउन केही यहाँ,
बित्थै तिखो काँडा बिझ्यो, गुलाव मन पराएँ ।

भाव मेरा पोख्न खोजें, भेटिन शब्द कुनै,
कठै!कागज रित्तै रह्यो, अभाव मन पराएँ ।

सुख दु:ख तौली हेरें, बराबर हुन्छ भन्थे,
भलै पीडा माथि पर्‍यो, हिसाब मन पराएँ ।

हार्नु तेरो धर्म हैन, चिच्यायो यो मन जब,
अझै 'जितु' अघि सर्‍यो, लगाव मन पराएँ !!


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  धेरैपल्ट तिम्रा यस्तै - स्वप्निल प्रमेश

धेरैपल्ट तिम्रा यस्तै चाला देखेकोछु
मौका छोपी रंग फेर्ने छाला देखेकोछु

रिसाएकी थियौ तर भन्यौ लजाएथें
कतिबेला कस्तोहुन्छ गाला देखेकोछु

लोभ्याउँछ दुनिँयाले सम्मान गर्छुभनी
पहिरिंदा पाशो हुने माला देखेकोछु

मुटुभित्र निम्तोदियौ ढोका बन्द गरी
कहाँ जाउँ त्यहाँ ठुलै ताला देखेकोछु

सोखैमात्र होकी कतै पेशा बनिसक्यो
दिनैपिच्छे थरिथरि बाला देखेकोछु 


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   

निदाउन छातीको त्यो - आकांक्षा शर्मा

निदाउन छातीको त्यो देब्रे पाटो खोज्छ मन।
नयन हुँदै हृदयमा पस्ने बाटो खोज्छ मन।

लौ न फेरी लहराइदेउ आँचलको फुर्को यता,
चूम,तिम्रो त्यो ओठको रातो टाटो खोज्छ मन।

छिनमा रिस छिन् मै होश रोगी भए तिमी बिना,
तिम्रो समिप पराइ सँग सधैं फाटो खोज्छ मन।

परदेशी ओछ्यानमा पराइको गन्ध अजिब,
आफ्नो बाग सुन्दर फूल आफ्नै माटो खोज्छ मन।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


    तिम्रो साथ याद आयो - जितेन्द्र मल्ल

ठेश लागि लड्न लाग्दा, तिम्रो साथ याद आयो !!
निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो !!

दिन रात एकै सरी, याद साँची बिताएका,
आफु सँगै रात जाग्दा, तिम्रो साथ याद आयो !!

साथ हुँदा सयौ कोश, लाग्थ्यो के नै हो र भनी,
दुई पाइलामै आज थाक्दा, तिम्रो साथ याद आयो !!

चन्चले यो मन पनि, बरालिन्छ त्यसै त्यसै ,
भावनाले सिमा नाघ्दा, तिम्रो साथ याद आयो !!

तिमी बिना यो जिन्दगी ,कसरी खै सोच्नु यहाँ,
औशिले नि जुन माग्दा, तिम्रो साथ याद आयो !


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   नांगो आँङ्ग ढाक्ने कपास - करुण थापा

ओत नहुनेको त्यो बास हुनु पर्छ मेरो गजल ।
नांगो आँङ्ग ढाक्ने कपास हुनु पर्छ मेरो गजल ।

टुक्रा टुक्रा टुक्रिएर छरिएको बादल हैन
सबै अट्ने साझा आकाश हुनु पर्छ मेरो गजल ।

जात धर्म रङ्ग लिंग छुट्टाउँछ मान्छेले त
सबै समान ठान्ने बतास हुनु पर्छ मेरो गजल ।

मलीन मलीन मुहारमा अन्धकार हटाउने
नयाँ घामको नयाँ प्रकाश हुनु पर्छ मेरो गजल ।

सबै ओंठमा खुशी छर्ने फूलबारीका फूल जस्तै
जिन्दगीको मीठो सुवास हुनु पर्छ मेरो गजल ।


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


   कस्तो भयो होला - आकांक्षा शर्मा

कस्तो भयो होला मेरो,सगर हेरुँ लाग्यो।
चुरे वन तिनाउको,बगर हेरुँ लाग्यो।

सल्लेरीले सुसाउँदा,गाउँछ भाले गीत,
फूल हाँस्ने मिर्मिरेको,प्रहर हेरुँ लाग्यो।

रुँदै भन्थी प्रिया मेरी,नजाऊ दूर देश,
आँसु झारी बाटो छेक्ने,नजर हेरुँ लाग्यो।

कस्ता भए बाबु कस्ती होलिन् बुढी आमा,
धुलिमाटी खेलाएको,त्यो घर हेरुँ लाग्यो।

शान्ति गाउँ छाडिन् गरे,भन्छन् न्याय मर्यो,

के गर्दैछन् मुखिया बा',खबर हेरुँ लाग्यो। 


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


    सहर बिरामी छ - नारायण गाउँले

भत्किएर च्यातिएर सहर बिरामी छ
देख्दैन क्वै सायद सिङ्गो नजर बिरामी छ !

झ्यालढोकाले हेपिएको ठान्छन् ,धुरी पनि
आन्दोलित छन् इँटाहरू यो घर बिरामी छ

उज्यालोको दुस्मनी छ आज घामसँगै
रङ्गीन बिहान जन्माउने रहर बिरामी छ

'अब रोबोट-बाट पनि मान्छे जन्मिने भो'
बिहानीको पैलो-पैलो खबर बिरामी छ

खोलाहरू अलग्गिए नदी रह्यो कहाँ
बनेर यो जिन्दगानी बगर बिरामी छ !


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
   नभए नि धनको धनी - शिव प्रकाश

नभए नि धनको धनी, मनको धनी थियो सधैं
हराउँदा अन्धकारमा, प्रकाश बनीदियो सधैं ।।

विर्सिएर मनको साथी, अनुहारमा नझल्के नि
बल्छ होला मनमा कतै, सम्झनाको दियो सधैं ।।

तराजुमा त्यो दौलतको, खुशी पाउन जोखिएर
किन गाड्यौ मन मुटुमा, दुःखीरहने सियो सधैं ।।

किन खान्छ मान्छे कसम, कसम तोडी जाने भए
बल्झिएछ दिलको घाउँ, दमन गर्न पियो सधैं ।।

सुख मात्र जीनव भए, जग्मगाउथ्यो घाम सधैं
छेडी जान्छु आकास भन्ने, बाँस किन नुहियो सधैं ?


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


 पुराना ती यादहरू - उमा सुवेदी

पुराना ती यादहरू सबै  मरी सके पछि
फर्की आयौ सम्बन्धमा चिरा परी सके पछि

नसुकेको नयन देखि आकाश पनि रोएकोथ्यो
जाली रूमाल  के काम आँशु  सबै झरी सके पछि

रूमल्लिदै ठेस लाग्दै कति हिँडे अन्धकारमा
बाल्यौ बत्ती बिहानीले लाली छरी सके पछि

जाउ तिमी तिम्रो बाटो फर्की हेर्नु  अब किन ?
किन चाहियो लैारी जङ्गार एक्लै तरी सके पछि


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  यो बेला मझेरिमा आगो - नवराज "नवोदित"

यो बेला मझेरिमा आगो ,जोर्दै छ्यौ कि आमा।
पँधेरिमा गइ पानि,भोर्दै छ्यौ कि आमा

तारेभिरको घाँसको भारि ,बिसाएर आँगनिमा
भकारोमा पसि गोबर,सोर्दै छ्यौ कि आमा।

भोको पेट कति दिन देखि,पटुकिले कसि
बारिमा गइ डल्लाहरु,फोर्दै छ्यौ कि आमा।

दैलामाथि भा’को मेरो तस्बिरमा हेर्दै रुँदै
सिकुवामा बसि कपाल,कोर्दै छ्यौ कि आमा।

पर्खिबस चाँडै आउछु “धने”साहुको ऋण तिर्न
बुढेसकालमा कति दुख,बेहोर्दै छ्यौ कि आमा।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


     अझै मीठो - आवाज शर्मा

पछ्यौरीमा जवानी त्यो लुकाएको अझै मीठो ।
लजाए झैँ परेली ती झुकाएको अझै मीठो ।।

नबोलेरै सतायौ है म रोएको निको मान्यौ ।
रिसाए झैँ रुखो बोल्दै दुखाएको अझै मीठो ।।

झुके आँखा ढल्यो सन्ध्या निशा छायो भयौ टाढा ।
दियो बाल्दै जली आत्मा सुकाएको अझै मीठो ।।

कुनै मीठो इशाराले नजिक् तान्यौ जितीहाल्यौ ।
दिई माया सबै कर्जा चुकाएको अझै मीठो ।।

तिमी आयौ उषा छायो चुम्यौ आँखा उज्यालो भो ।
बिहानी भै सबै बाधा फुकाएको अझै मीठो ।।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


 म - नवराज सुब्बा

खाँदाखाँदै झुक्किएर खसेको गाँस हुँ म
सलादमा काटेर राखिएको घाँस हुँ म ।

झुकाउन नसकेको चढ्न पनि नसकेको
भीरैमा उभेको ठिङ्ग एउटा बाँस हुँ म ।

मुखमा भने राम बगलीमा छुरा रैछन्
दूध पानी छुट्याउन नसक्ने हाँस हुँ म ।

ओइलायो फूल बैंशमा हेर्दाहेर्दै आँखामा
बिरक्तिएर बसेको एक्लो मधुमास हुँ म ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  मनपराएँ - कृष्ण पी‍. पाण्डे

पैले, हिजो, आज सदा मनपराएँ
त्यताबाट चल्ने हावा मनपराएँ

इन्कारको तिम्रो कला मनपराएँ
प्यार, प्यारो नै भो घ्रिणा मनपराएँ

रिस, छल, खिसी सारा मनपराएँ
लुकेको त्यो प्यार खुला मनपराएँ

उज्यालोको निम्ती सबै तड्पिंदैछन्
घाम छेक्ने केश घना मनपराएँ

माया अझै थप्न दूरी राखौं भन्यौ
त्यही साँझ भेट्ने बिदा मनपराएँ

अलि छिटो तिमी राजी भयौ क्यारे !
कता कता !! तडप ज्यादा मनपराएँ

खाए मात्र लाग्ने जहर हो म भन्छु
यो सम्झेरै लाग्ने नशा मन पराएँ


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


 मेरो बारे उनले सोधे - दाताराम चापागाईं

मेरो बारे उन्ले सोधे मर्‍यो भन्दिनू !
मर्ने बेला तिम्रो खोजी गर्‍यो भन्दिनू !

फूलसँग काँडा कहाँ वस्न सुहाँउछ र ?
नसुहाएरै पनि होला झर्‍यो भन्दिनू !

छाडी जाने निर्मोहीलाई सम्झि सम्झि रुँदै
हिक्क हिक्क सास उस्को सर्‍यो भन्दिनू !

अब भने ढुक्क मानी बस्नु अरे तिम्ले,
तिम्रा सबै ग्रहदशा टर्‍यो भन्दिनू


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


    हुँदैन - बिभोर बराल

जबसम्म मनमा युद्ध हुँदैन !
कुनै पनि मानिस बुद्ध हुँदैन !

विलासको अग्नि पार नगरी
बुद्ध पनि यहाँ शुद्ध हुँदैन !

नयाँ बाटो त्यसै कहाँ बन्छ र !
यदी पुरानो अवरुद्ध हुँदैन !

सायद कुनै परिवर्तन हुँदैछ
'विभोर' बिना कारण क्रुद्ध हुँदैन !


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
 यो जिन्दगीमा - पलाँस सन्जीबनी

कसको कस्तो आशा गरुँ हारेको यो जिन्दगीमा !
अंकुश लगाई झटारोले झारेको यो जिन्दगीमा !

जुगौं जिउने मिठा सपना भाताभुङ्ग बनाएर
निष्ठुरिले बास भत्काई सारेको यो जिन्दगीमा !

मुटु माथि किला गाडी छिय्या-छिय्या पारी
साँध छुट्याई काँडे तारले बारेको यो जिन्दगीमा !

सगरमाथा च् ढ्ने भनी हिन्द सागर तिर लागि
वल्लो घाट न पल्लो तिर पारेको यो जिन्दगीमा !

तिम्लाई चोट लाग्द मलाई दुख्छ भन्ने निस्ठुरिले
लाउँदा-लाउदै चट्टै माया मारेको यो जिन्दगीमा !

जिउने मिठा सपना भाताभुङ्ग बनाएर
निष्ठुरिले बास भत्काई सारेको यो जिन्दगीमा !


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   अमृत रै'छ विष ठानी - राज पन्त

अमृत रै'छ विष ठानी नखाएर पछुताएँ
लाउनै पर्थ्यो प्रीत मैले नलाएर पछुताएँ।

शब्द,लय,सुर,ताल सबै यौटै थियो हाम्रो
जिन्दगीको गीत सँगै नगाएर पछुताएँ।

मेरै बाटो कुरेर नै बसेकीछु भन्थिन् सधै
भूल गरें उनीसामु नधाएर पछुताएँ।

फेरि भेट्ने बाँचा थियो तर गईन् तर्किएर
ढुकढुकी यो सुनाउन नपाएर पछुताएँ।

प्राप्ति मात्र हैन मायाँ समर्पणमै मन् बुझाएँ
मनको चाह फूल्ने दिन नआएर पछुताएँ।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  आँशुको मोल छैन अब - नीर याक्खा

नरोउ सानु आँशुको मोल छैन अब
छाती फुकाइ हिड्छन चोर खोल छैन अब

अभिजात वर्गकै खेलो छ सडक सदन
निमुखा र निर्धाको बोल छैन अब

भाईभाई काटाकाट् छ परचक्री दाउमा छन
शान्त भइ बस्न सक्ने टोल छैन अब

देश घाँसे मैदान भा'छ  नेता साँढे गोरु
जस्ले सक्छ उतै गोल पोल छैन अब


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   सडक - कृष्ण पी पाण्डे

रात निस्पट यो कालो सडक ।
हिंडिरहेछु उकालो सडक ।।

छैन साइत बिग्रने लक्षण ।
छैन काटेको बिरालो सडक ।।

मरे देखिन्न संकट यहाँ त ।
छ कि अगाडि भिरालो सडक ?!

छुन गन्तब्य सजिलो नहोला ।
हो रे ज्ञानको सँगालो सडक ।।

थाकें यो यात्रा सकिन्छ कहिले ?
हिंड्ने तेरो हो कि पालो सडक ?


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


    लाग्छ अनौठो - स्वप्निल प्रमेश

गजबको धाम छ लाग्छ अनौठो
मान्छेको लाम छ लाग्छ अनौठो

पूजेर पत्थर शिरै झुकाइ
भन्दैछन राम छ लाग्छ अनौठो

न व्यस्त देख्छु फुर्सद नै कहाँ ?
त्यो कस्तो काम छ लाग्छ अनौठो

कतिन्जेल साधु बन्लान पुजारी !
मन्दिरमा दाम छ लाग्छ अनौठो


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  हिंड्दा हिंड्दै दोबाटोमै - निराजन प्रभात लुईटेल

हिंड्दा हिंड्दै दोबाटोमै बहिष्कार भो जिन्दगानी
अनायसै सबैतिर हारै-हार भो जिन्दगानी

फुल्ने रहर सबैतिर लहलह बेलीसरी
त्यसै आज मरुभुमी तिते झार भो जिन्दगानी

छैन ओत देशमा नै हेप्नु हेपे यो गोर्खेलाई
विदेशिंदा हर्ष छैन बिना सार भो जिन्दगानी

उठ्नै पर्छ जुट्नै पर्छ कु-बिचार  तोड्नलाई
फिर्ता गर्न अधिकार अवतार भो जिन्दगानी


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


  कमल हुन खोजें - स्वप्निल प्रमेश

कमल हुन खोजें हिलो भएकोछु
थिचिएर साह्रै गिलो भएकोछु 

जस्ले देख्यो उस्ले गए निचोरेर
हिजोआज सबको पिलो भएकोछु

गइन उनी पनि पाउ तर्काएर
पैतालामा बिझ्ने किलो भएकोछु

बाटो ढुकी बस्छन जवाफ माग्नेहरु
आज पनि थोरै ढिलो भएकोछु

रसाएर आँखा हट्यो बादल मनको
कालो आकाश थिएँ निलो भएको


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


 यति दुख्यो मुटु - करुण थापा

यति दुख्यो मुटु मेरो झर्ने होकि कुन्‍नि।
मुटुभित्रै तिम्रो माया मर्ने हो कि कुन्‍नि ।

तिमी मेरो नजीक हुँदा डर लाग्छ यस्तो
मेरो व्यथा तिमीलाई सर्ने हो कि कुन्‍नि ।

साँचो मनले माया गर्छु भन्छौ आज भने
केही दिन मै तिम्रो मन भर्ने हो कि कुन्‍नि ।

मन पनि बद्लिनलाई बेर लाग्दैन रे
अर्कै मनमा मायाको बिउ छर्ने हो कि कुन्‍नि ।

सँगसँगै किनारसम्म आई पुगेपछि
मलाई एक्लै छोडी पारि तर्ने हो कि कुन्‍नि ।

जिन्दगीभर साँची राखें, आँसु सम्हालेर
एकैचोटि अब रुनु, पर्ने हो कि कुन्‍नि ।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
   तीर उसको - नारायण गाउँले
तीर उसको काँध मेरो निसान उसैको
दोषी साबित हुनुमा म किटान उसैको

जति टाढा गयो उति नजिक भएँ म
निन्दा जसको चर्चा उसकै बखान उसैको

हिजोसम्म पहरेदार थियो बत्तीको
बढ्यो आज अँध्यारोमा रुझान उसैको

किन जित्छ काँढा सधैं मलाई नसोध
पहुँच जस्को तागत जसको विधान उसैको

दुनियाँकै लागि बाँच्यो नाङ्गो भएर
कसले किन लुट्यो होला चिहान उसैको

तिम्रो हाम्रो के कुरा भो ईश्वर थियो जो
आज पैलो लिलामीमा इमान उसैको

आफ्नो भनूँ कि त बोलाऊँ वैरी भनेर
नाउ जसको मझधारमा तूफान उसैको !!


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   हिउँदे झरी - पदम चिन्तित

हिउँदे झरी बर्खे झरी भिजायो कि सानु
मखमली चोली पनि बिझायो कि सानु

तिमी रुँदा एक्लै हुँदा फोटो सिरानीमा
तस्बीरले लुकी चोरी गिझायो कि सानु

आफैसँग छुट्टिएर झर्दा बलेंसीमा
झझल्कोले मात्र पनि दुखायो कि सानु

सम्झाउदै बाडुल्कीले फर्फराउँदा आँखा
सुनामी झै यादहरु सुसायो कि सानु

पर हेर्छु केही छैन धमिलो छ क्षितिज
बादलुले तिमीलाई लुकायो कि सानु


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
     विकासको बाढी गाँउमा - राजेन थुलु

विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ
फिका मनमा रंग बनि घुल्न सक्नु पर्छ

गमलामा उन्यू पनि फूल जस्तो लाग्छ
पराग छर्दै काँडाबिच फुल्न सक्नु पर्छ

मोटरमा अल्छी पनि मेची-काली पुग्छ
भारी बोकी लेकबेसी डुल्न सक्नु पर्छ

जुलुसमा दुष्ट पनि देशप्रेमी बन्छ
देशले माग्दा ज्यानकै माया भुल्न सक्नु पर्छ 


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   लिएनौ - खगेन्द्र पन्धक लिम्बू

लिएनौ,खामभित्र सिङ्गो जीवन हालेर दिएकै हो l
लिएनौ,गामभित्र सिङ्गो जीवन पालेर दिएकै हो l

के भनुँ ! आफ्नो देश अबिकशित भयो रे, दुखेसो छ l
लिएनौ, कामभित्र सिङ्गो जीवन गालेर दिएकै हो l

होड्बाजी जताततै, योग्य व्यक्ति छानेर राखे हुन्थ्यो !
लिएनौ,लामभित्र सिङ्गो जीवन फालेर दिएकै हो l

समय कुदेकैछ हेर्दा-हेर्दै पछौटे भईयो आज !
लिएनौ,यामभित्र सिङ्गो जीवन चालेर दिएकै हो l

'खगेन्द्र' कुनै पनि नेता होइन बिज्ञापन छैन मेरो !
लिएनौ,नामभित्र सिङ्गो जीवन टालेर दिएकै हो l


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  आँशु रोकी वेदनाको-मनु लोहोरुङ्

आँशु रोकी वेदनाको, घाउ टाल्छु अब !
चेतनाको मूलबाटोमा, पाउ चाल्छु अब !

अन्यायले थिचिएको,पसिनाको न्याय
खोज्नलाई मैले पनि, दाउ फाल्छु अब !

असमान मोल भयो, मान्छे-मान्छे बीच
साफा नाफा बराबरी, भाउ हाल्छु अब !

रुयो वस्ती अध्याँरोमा, हराएर दिन
संघर्षको अगेनामा, नाउ बाल्छु अब !

सहेकै हो थिचोमिचो, पुस्तौं पुस्ता देखि
जरैबाट ज्यादतीको, माउ ढाल्छु अब !


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   तलाउ छेउमा कोरिएको - अशोक अधिकारी

तलाउ छेउमा कोरिएको धर्को भएँ कि
पहिला तिमीले देखेभन्दा अर्को भएँ कि ॥

मिठा-मिठा कुराहरु सकिँदैन थिए
बोल्दा-बोल्दै मिठासभरी चर्को भएँ कि ॥

तिमीले बोल्दा सधैँ म चुप रहने मान्छे
शान्त प्रहर चिरेर झर्को भएँ कि ॥

फूल झथ्र्यो ओठबाट तारिफ गर्दा तिम्रो
अहिले रुखो शब्दको लर्को भएँ कि ॥

प्याला थिएँ जति पियो उति मिठो हुने
पिउँदा-पिउँदै सर्किने सर्को भएँ कि ॥


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


     मैन जस्तै जलेर - निराजन "प्रभात" लुईटेल

गयौ तिमी गलेर !
मैन जस्तै जलेर !!

भयो ध्वस्त मन'नि !
घृणा भित्रै बलेर !!

दियौ झुठो आशा त्यो !
त्यागौ त्यसै छलेर!!

टुट्यो आशा सबै नै !
बिछोड् सँगै ढलेर !!

निराजन "प्रभात" लुईटेल


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


                    कति नाफा घाटा भयो - करुण थापा

जिन्दगी यो सुख दुःख, लेख्‍ने बही खाता भयो ।
हिसाब किताब के गर्नु र, कति नाफा घाटा भयो ।

आसैआसमा बाटो ढुकी, पर्खनुको व्यथा अर्कै
महिना पनि वर्ष भयो, दिन पनि साता भयो ।

समयले पुर्दो रैछ, जस्तै गहिरो घाउ पनि
हिजो दियौ चोट तर, आज भने खाटा भयो ।

सुख पर्दा खुशी हुन्न, चोट लाग्दा रमाउँछु
दुःखसँग आजभोलि, गहिरो मेरो नाता भयो ।

भाग्य भन्ने कुरा पनि, कति अचम्मको रैछ
हिजोको त्यो माग्ने पनि, आज हेर दाता भयो ।

घुमी फिरी आउँदो रैछ, पालो पनि पर्खेपछि
हिजोसम्म नारा लाउँथ्यो, आज भने लाटा भयो ।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  टेक्ने ठाउँ जरैदेखि - करुण थापा

टेक्ने ठाउँ जरैदेखि, खनिदिंदा दुख्यो मलाई ।
आफ्नै घरमा पाहुना हौ, भनिदिंदा दुख्यो मलाई ।

दुःख पर्दा आफ्नै छायाँ, साथ हुन्न सुनेकोथें
आफ्नै मन टाढा टाढा, बनिदिंदा दुख्यो मलाई ।

आफ्नो भन्ने के नै छ र, तिम्रो माया छ नि भन्थें
अरुलाई त्यही माया, पनि दिंदा दुख्यो मलाई ।

तिम्रो मेरो माया भन्नु, जोड अनि घटाउ भयो
हिसाब गरी गरी लिंदा, अनि दिंदा दुख्यो मलाई ।

माया गर्ने खेताला झैं, ठानेकैथ्यो दुनियाँले
तिम्रै हातले आज ज्याला, गनिदिंदा दुख्यो मलाई ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   थाल्यो - शीतल गुरुङ "कादम्बिनी"

इमानको त्यो रुख ढल्न थाल्यो
बतास ठूलै चल्न थाल्यो ।

यता न आउ म त अग्निज्वाला
फलाम भन्ने पनि गल्न थाल्यो ।

गुलाब भन्ने कि गुराँस भन्ने
नयाँ- नयाँ रड बदल्न थाल्यो ।

चलाख ठान्थ्यौ भन आज के भो ?
न जिन्दगीले पनि छल्न थाल्यो ।

म देख्छु धूँवा न भनेर के भो ?
यहाँ कसैको दिल जल्न थाल्यो ।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
   बोलौं भने - राजेन थुलुङ
बोलौं भने गर्दनमा हतियार थियो ।
लुटिएँ म लुट्ने मेरै चौकिदार थियो । 

माथि जान खोज्दा खुट्टा तल तानी दिन्थ्यो
वैरी हो कि भनी हेर्दा नातेदार थियो ।

पहिलो भेट मै मुटु दिएँ शायद सस्तो ठान्यो
भित्र मेरो जीवन राख्या उपहार थियो ।

आखीर चिहान अड्ने माटो मात्र उसको भयो
सयौ बिघा जग्गा भ'को जमिन्दार थियो ।

दिनलाई घाम थियो, रातलाई जून
शान्तिदीप बिना वस्ती अन्धकार थियो ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   बन्द छ ! - मबि सिंह

मानस पटल बन्द छ !
सोचमा पहल बन्द छ !

बसाइँ सर्नै पर्ने भो
देशमा सत्तल बन्द छ !

औखती आफै बनाऊ
बैद्यको पसल बन्द छ !

सुताहा बने जागेका
स्वप्नको महल बन्द छ !

घनत्व यता बढ्दै छ-
शायद चम्बल बन्द छ !

क्रान्ति त भयो भनियो
कि मेरै नजर बन्द छ !

पुरानाहरु कै हाबी
अदल बदल बन्द छ !

ब्यापार भित्र हुँदै छ
बाहिर कवल बन्द छ !

आर्काको आदेश पर्खियौं
घरमा छल्फल बन्द छ !


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   आन्दोलन गर्दै छु - नारायण गाउँले

नठान्नु कि आफैलाई  विसर्जन गर्दै छु
विचारहरू नयाँ धारमा सङ्गठन गर्दै छु

कलम बोक्रे सिद्धान्तको दासत्व बाँच्दै छन्
अक्षरहरू सँगै म'नि आन्दोलन गर्दै छु

इदी अमिन गिदी बाँच्ने युयुत्सु मनहरू
गाल्दै आज बुद्ध रोप्न प्रशोधन गर्दै छु

स्वीकार छैन मलाई यस्तो सिसिफस जिन्दगी
थोत्रा मूल्य मान्यता यी विघटन गर्दै छु

माटो छोई उठ्ने बेला आएको छ अब
मनको बस्तीभित्र खुला सम्बोधन गर्दै छु

कुत्सित भयौं पतित भयौं उठौं कि अब त
पैलो कदम आफैलाई संशोधन गर्दै छु


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  भाइ-भाइमा - ज्ञानुवाकर पौडेल

भाइ–भाइमा त्यो घमासान देखेँ
बन्धक आज हरेकका इमान देखेँ

जिन्दगीको यो दुःखद घडीमा आएर
झुठ्ठा र फरेवी तिम्रा ती भगवान देखेँ

तिम्रा मनका हरफहरफमा चियाउँदा मैले
घृणा र उपेक्षाले आहत मुस्कान देखेँ

रूप भो बदनाम ब्यर्थै सौन्दर्य कलंकित भो
निर्लज्ज आज राष्ट्रका हरेक नौजवान देखेँ

खडेरी छ मानवताको सर्वत्र विश्वासको संकट छ
स्वार्थ र जालझेलको त्यो बडेमान मचान देखेँ !


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


   तिमी आयौ - सुरेश वाग्ले

तिमी आयौ जिन्दगीमा जिन्दगी नै सरल भयो,
तिमीलाई नै गुन्गुन्गुनाउँछु जिन्दगी नै गजल भयो ।

एक्लै हुँदा पाइलाहरू त्यसै त्यसै लर्बराउँथे,
तिम्रो साथ पाएपछि हर मोड सफल भयो ।

भावशुन्य मन अनि रित्तो रित्तो आशा थियो,
तिमीसँगै माया प्रीति साटेँ अनि हलचल भयो ।

वर्तमान नै जिन्दगी हो यसमै रम्नु पर्छ भन्थेँ,
तिमीसँगै भविष्यको गहिरो छलफल भयो ।।


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


  चुरी बजे मझेरीमा - करुण थापा

तिमी हौ कि जस्तो लाग्छ कोही बोले अँधेरीमा ।
सम्झिन्छु म तिमीलाई चुरी बजे मझेरीमा ।।

फेरि पनि आज मैले देखे‌ तिम्लाई सपनीमा
हात समाई हिंडेको'थें तिमीसँग सल्लेरीमा ।

तिमी रुँदै छ्यौ कि त्यता बलेंसीमा झरी जस्तै
मेरो आँसु सुकेकोछ मूल सुके झैं खडेरीमा ।।

तिमी विना शुन्य लाग्छ घर कै आँगन पनि मलाई
तिमी विना फूल फुलेन पाखा अनि पखेरीमा ।।

मलाई छोडी तिमी ग'को हैन जस्तो लाग्छ मलाई
गा'की हौ कि जस्तो लाग्छ पानी लिन पँधेरीमा ।।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
   घाइते छु - नारायण गाउँले
घाइते छु नसोच कि लाचार भएको छु
जति छिया पार्छौ त्यति विस्तार भएको छु

भावना थें हिजो लात हान्यौ तर आज
जति काट्छौ त्यति बढ्छु विचार भएको छु
खून बगें, आँसु बगें, बगें पसिना भै
र त आज खडेरीमा सिमसार भएको छु

उज्यालोका लागि हिजो पर्खाल ढालेकै हो
आज बत्ती बचाउन दिवार भएको छु

पगालेर तिम्रै सैयौं मृत्यु धूनहरू
जिन्दगीको आज अमर झङ्कार भएको छु

'गाउँ' थिएँ जमें कुहें तिम्रो सिद्धान्तमा
आज नदी बगें जब संसार भएको छु !


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


 प्याला रित्याउं - सुशील ताम्राकार

प्याला रित्याउं अनि गाला मिठ्याउँ कि ?
शरम र धरम बीचको ताला मिल्काउँ कि ?

सधैं पिइ रहुं लाग्ने तिम्रो जवानीको नशा,
लाग्छ जिन्दगीलाई नै मधुशाला बनाउँ कि ?

छल्की रहने, पोखिन पोखिन खोज्ने यौबन,
सदाबहार तिम्रो मातको नदी नाला फर्काउँ कि ?

नजरले चित्त बुझेन कतै, अधरले  मन भरेन
टाँसीरहन सधैं तिम्रो हातको बाला झन्काउँ कि ?

जती भाबुक छु,त्यती नै कामुक पनि छु म   
हुन्छ भने.... उन्मादको ज्वाला सल्काउँ कि?


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
    न पिउँ भन्छु - शिव प्रकाश

न पिउँ भन्छु सम्झेर फेरि, पिउँ झैं लाग्दछ
फाटेको माया देखेर फेरि, सिउँ झैं लाग्दछ ।

न सम्झू भन्छु मरेको दिन, सम्झन्छ यो मन
छातीमा लात्ती सहेर पनि, जिउँ झै लाग्दछ ।

कुल्चाई लाखौं न दुःख्यो भन्छ, न रुन सक्दछ
देउताको रुप, ढुंगाको मन, लिउँ झै लाग्दछ ।

सुखको साथी दुःखको पराई, जात हो मान्छेको
मान्छेको मन जमेको डल्लो, हिउँ झैं लाग्दछ ।

निभाई मधूर विश्वासको दीप, निशामा हराउँदा
जलेर आफू प्रकाश तिम्लाई, दिउँ झै लाग्दछ ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


    दु:ख सुख बराबरी- दलबीर सिंह बराइली 'घायल

दु:ख सुख बराबरी भाग हुन्छ भने
सुम्पिदिन्छु यो जवानी माग हुन्छ भने

न धोएर जान्छ पछी रोएर नि हुन्न
टाढै बसौं आँचलमा दाग हुन्छ भने

धड्कनमा पिरतिको झंकार भई देऊ
धड्की दिंदा संगितको राग हुन्छ भने

निराशा यो बाल्दैछु म आऊ सँगै जलौं
घमण्ड चै सल्किएर खाग हुन्छ भने

खनौं जोतौं मनलाई रोपौं खुशी त्यही
जिन्दगी यो हराभरा वाग हुन्छ भने


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


    देउरालीमा बर पिपल - नवराज सुब्बा

देउरालीमा बर पिपल आज बसेको देखिन
सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन ।

अमर भन्ने के छ र तैपनि रहर मेटिन्न
मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन ।

लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन
दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन ।

मलाई देऊ दोष जति भारीभो कैले भन्दिन
बिलाई जान दिन्नथें तारा खसेको देखिन ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


 के भयो र यौटा साथ - जितेन्द्र मल्ल

के भयो र यौटा साथ, छुट्यो छुट्न दिएँ ।
मन भन्नु शीशा न हो, टुट्यो टुट्न दिएँ ।

दिनु साटो खोस्न मात्रै, जान्यो भाग्यले नि,
अलिकती खुशी थियो, लुट्यो लुट्न दिएँ ।

दोश तिम्रो हो कि मेरो, या त नियतिको,
अन्यौलको भुमरीले भुट्यो भुट्न दिएँ ।

जिन्दगी हो जसो तसो , ज्युँनु पर्छ सोची,
अठोट लिई मन मेरो, उठ्यो उठ्न दिएँ ।


TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku


    जूनको गजल - एकु घिमिरे

घरमा खाने नून छैन जूनको गजल कति लेखौं ?
गोपीनीको नाममा बज्ने धूनको गजल कति लेखौं ?

चराजस्तो रुखैपिच्छे गुँड सार्नु नियति छ,
न त घर, न छ भित्तो चूनको गजल कति लेखौं ?

कहिले हुन्छिन् छाउपाडीमा, कहिले मुख मलखाडीमा,
केवल चर्चा कमाउन उनको गजल कति लेखौं ?

हामी सबै नामर्द हौं स्वतन्त्रता ब्याज खाने,
लोकतन्त्रका लागि बग्या खूनको गजल कति लेखौं ?

पहाड तोड्ने, ढुङ्गा फोड्ने, पुल जोड्ने फलाम रै'छ,
सुन्दरीको सोह्र शृङ्गार सुनको गजल कति लेखौं ?


Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita


  साहिंला दाइ - करुण थापा
खुशी थिए ढल्काएर, ढाका टोपी साहिंला दाइ ।
रोए आज त्यै टोपीले, आँखा छोपी साहिंला दाइ ।

देशमा बग्ने पसिनाले, छाक टार्न नपुगेर
विदेश लागे मनभरि, पीर रोपी साहिंला दाइ ।

छाड्न मन कहाँ थियो, तर छाडी जानु पर्‍यो
मुटुभित्र साहिंलीको, नाउँ खोपी साहिंला दाइ ।

मनभरि भारी अनि, पिठ्यूँ माथि पनि भारी
बाँचेका छन् छातीभरि, छुरी घोपी साहिंला दाइ ।

फर्किन्न भो कहिले पनि, यो देशमा भनी रुँदै
कसम खाए आँसुभरि, औंला चोपी साहिंला दा


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  दशा फर्किरह्यो - मबि सिंह

काज क्रिया सकिएको, दशा फर्किरह्यो ॥
न निल्नु न थुक्नु अमृत, घांटी सर्किरह्यो ॥

कति खेर मर्ला भनी, सिनो खाने आसमा
जिउँदो जाग्दो सामु बुढो, गिद्द पर्खिरह्यो ॥

एकै पटक मात्र मर्छु, भनी बाँच्ने मान्छे
पटक पटक मर्ने डरले, झनै तर्सिरह्यो ॥

डुब्नु अनि उत्रनुको, माझ जहाज देखी
बेदनामा समुन्द्रको, छाल चर्किरह्यो ॥

सुनामीले सोत्तर भा'को त्यही आँगनमा
पानी तर्काउन जमीन, फेरि थर्किरह्यो ॥


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


   यो सडकमा - नारायण गाउँले

यो सडकमा उभिएर हाँस्न मनाही छ
मान्छेलाई मान्छेजस्तै बाँच्न मनाही छ

जति सक्छौ निमोठेर कुल्च फूललाई 
काँढाहरू भने यहाँ मास्न मनाही छ

यो सहरमा कसैसित बाँकी छैन शिर
त्यसैले त फूलमाला गाँस्न मनाही छ

बिहानीको सुरुवात गोलीबाट हुन्छ
मिर्मिरेमा भाले यहाँ बास्न मनाही छ

छिमेकीले मेरै आँगन जोतिदियो आज
हिजो भन्थ्यो साँधेआली ताछ्न मनाही छ

तिमीलाई मनको ढोका खोलूँ कसोगरी
आँखाभरि जूनतारा साँच्न मनाही छ ।


Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 
  मेरी बनाउँला - भीमनिधि तिवारी

सधैँको लागि आउने भए मेरी बनाउँला
फकाउँला, फुलाउँला, गिज्याउँला, हँसाउँला !

वसन्ती फूलबारीमा बढाई प्रेम प्यारीमा
चमेलीको छहारीमा बसी माला गुथाउँला !

घुमाई हातमा पङ्खा टहल्दै ग्रीष्म मैह्नामा
फोहोराको किनारामा गजल गाई सुनाउँला !

बिजुली मेघ गर्जन्छन् कडा वर्षा ऋतु लामो
बगैँचा बङ्गलामाथि कविता नै पढाउँला !

शरदमा शान्त जङगलको खुला मैदानमा जाई
हजारौं काइदा चुम्बनकला जम्मै सिकाउँला !

ऋतु हेमन्त, शिशिरमा अति एकान्त खोपीमा
जनम्भर संझना रहने मिठो प्रीति लगाउँला !


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


  गजब गर्‍यौ - करुण थापा

च्याती च्याती चट्ट टाल्यौ, गजब गर्‍यौ ।
उज्यालैमा बत्ती बाल्यौ, गजब गर्‍यौ ।

शिखर पुग्छु भन्नेहरु, धेरै थिए
खुट्टा तानी सबलाई ढाल्यौ, गजब गर्‍यौ ।

झगडालाई मिलाउने, निहुँमा तिम्ले
आगोभित्र घिउ हाल्यौ, गजब गर्‍यौ ।

तिम्रा खुट्टा मल्नेहरु, पदमा सबै
अरुलाई बाहिर फाल्यौ, गजब गर्‍यौ ।

तिम्रो गिदी छ कि छैन, शंकै भयो
इशारामा पाइला चाल्यौ, गजब गर्‍यौ ।

यति धेरै दया रै'छ, तिम्रो मनमा
मान्छे मार्‍यौ कुकुर पाल्यौ, गजब गर्‍यौ ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku


    न्यानो न्यानो घाम - करुण थापा
न्यानो न्यानो घाम थियो फूलैफूलको याम थियो ।
जुन फूल टिप्न खोजें त्यसमा तिम्रो नाम थियो ।

मायालाईऽ पुजें मैले तिमीलाई नै देवी ठानें
जहाँ तिम्ले पाउ टेक्यौ, त्यहीं मेरो धाम थियो ।

तिमीलाईऽ देखेपछि,  नियत खराब हुन्न कस्को
तिमीलाईऽ हर्न खोज्ने, रावण हैन राम थियो ।

सबै भए पराई मैले माया गर्दा तिमीलाईऽ
मेरो बैरी मेरै घर, अनि मेरै गाम थियो ।

किन सार्है मन दुख्यो भनी छाती खोली हेर्दा
मुटुभरि पिरतीको चोटको निलऽडाम थियो ।

जस्तो पनि चल्छ भन्छन् माया अनि लडाईंमा
मलाई टाढा बनाउने भन्छन् तिम्रै काम थियो । 

धनले सबै किन्न हुन्छ भन्ने सोचाइ कसको होला
करुणलाई किन्नलाई खामभित्र दाम थियो ।


Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku