जिउँ शानसँग..
जिऊँ शानसँग, मरौँ शानसँग
नितान्त सुनौलो पहिचानसँग।
खडेरी सहेको बिरुवाले भन्थ्यो
चिनाजान भर्खर भयो ज्ञानसँग।
मभित्र मबाट कमी खोजिँदैछ
नतान मलाई गुणगानसँग।
लडी कालसँग बरु मर्नु जाती
तर ज्यून गार्हो अपमानसँग।
विनाभोज, भेटी ऊ बाँच्दैन आफैँ
किन हात थापूँ म भगवानसँग?
बूँद राना
नौलो हाँक हालिदिने...
नौलो हाँक हालिदिने समयलाई सलाम छ
हतकडी फालिदिने समयलाई सलाम छ।
म झैँ कडा को छ? भन्ने चट्टानको चुरीफुरी
मैनझैँ पगालिदिने समयलाई सलाम छ।
बल्लबल्ल चहारेको कुलो पानी जोगाउन
मजबुत आलिदिने समयलाई सलाम छ।
सहिदको रगतको प्रतिफल सम्झाउन
क्षितिजमा लालदिने समयलाई सलाम छ।
बाँदरको हातबाट फूबारी फुत्काएर
नयाँ नौलो मालीदिने समयलाई सलाम छ।
उराठ लाग्दो धरतीमा छर्न भनी खुसीयाली
अबिरको थाली दिने समयलाई सलाम छ।
सागरका छालहरु अनगिन्ती हुँदाहुँदै
बूँदलाई पालिदिने समयलाई सलाम छ।
बारुद र बन्दुकले छियाछिया हृदयका
प्वालहरु टालिदिने समयलाई सलाम छ।
बूँद राना
घमण्डमा थपीथपी...
घमण्डमा थपीथपी मात परेपछि
स्याल–ब्वाँसा रमाउँछन् रात परेपछि।
मनिस त मनिस नै भयो बोल्छ–बोल्छ
ढुङ्गा धरि बोल्न थाल्छ घात परेपछि।
धोकाधडी, जालझेल हुनैपर्ने हुन्छ
सफरमा शकुनीको साथ परेपछि।
हत्केलाले सुम्सुम्याई किन सोझो हुन्थ्यो?
बाङ्गो लिङ्गो सोझो हुन्छ लात परेपछि।
बात बासी, भात बासी गन्हाउने नै भयो
फूल पनि गन्हाउँछ खात परेपछि।
निकै साह्रो–गाह्रो गरी मौका आउने हो
चौका हानिहाल्नू बूँद, हात परेपछि।
बूँद राना
चिराचिरा परेको....
चिराचिरा परेको छ मान्छे
'बाँचे' भन्दै मरेको छ मान्छे।
भेट हुन्थ्यो जहाँ भेटिँदैन
डेरा अन्तै सरेको छ मान्छे।
नर्कमा नै रमाउँछ कि के?
सुन्छु त्यतै गडेको छ मान्छे।
नाक झर्ला कि झैँ स्वास फेर्दा
सड्नु कस्तो सडेको छ मान्छे?
तान्नु केले? उठाउनु केले?
निक्कै तल झरेको छ मान्छे।
बूँद छर्की कहाँ निभ्ला ज्वाला?
भित्रभित्रै डढेको छ मान्छे।
सुन्दा लाग्ला पछाडि परेझैँ
बढ्न अघि बढेको छ मान्छे।
मासियो, सिद्धियो नभनौँ है
चढ्न चुली चढेको छ मान्छे।
बूँद राना
कुन्नि कस्तो टुनामुना...
कुन्नि कस्तो टुनामुना जानेको छ गजलले
काँचा–पाका जम्मैलाई तानेको छ गजलले।
दुई–चार 'रन' लिई कहाँ 'प्याक' हुन्थ्यो हरे
हान्यो कि त छक्कै–छक्का हानेको छ गजलले।
मीर, फैज, गालिबले धानी आएको थे जो
त्यही बिँडो गजबले धानेको छ गजलले।
अन्त भिन्दै खलोहुँदी कुनै अर्को होला मियो
हामी कहाँ 'मोती'लाई मानेको छ गजलले।
तिर्खालुले प्यूँदा खरो, चर्को नहोस् भनेर हो
सागरका बूँद–बूँद छानेको छ गजलले।
रेसमले बाँधे पनि कतै गाँठो दुख्ला भनी
मनहरु भावनाले बानेको छ गजलले।
बूँद राना
जिऊँ शानसँग, मरौँ शानसँग
नितान्त सुनौलो पहिचानसँग।
खडेरी सहेको बिरुवाले भन्थ्यो
चिनाजान भर्खर भयो ज्ञानसँग।
मभित्र मबाट कमी खोजिँदैछ
नतान मलाई गुणगानसँग।
लडी कालसँग बरु मर्नु जाती
तर ज्यून गार्हो अपमानसँग।
विनाभोज, भेटी ऊ बाँच्दैन आफैँ
किन हात थापूँ म भगवानसँग?
बूँद राना
नौलो हाँक हालिदिने...
नौलो हाँक हालिदिने समयलाई सलाम छ
हतकडी फालिदिने समयलाई सलाम छ।
म झैँ कडा को छ? भन्ने चट्टानको चुरीफुरी
मैनझैँ पगालिदिने समयलाई सलाम छ।
बल्लबल्ल चहारेको कुलो पानी जोगाउन
मजबुत आलिदिने समयलाई सलाम छ।
सहिदको रगतको प्रतिफल सम्झाउन
क्षितिजमा लालदिने समयलाई सलाम छ।
बाँदरको हातबाट फूबारी फुत्काएर
नयाँ नौलो मालीदिने समयलाई सलाम छ।
उराठ लाग्दो धरतीमा छर्न भनी खुसीयाली
अबिरको थाली दिने समयलाई सलाम छ।
सागरका छालहरु अनगिन्ती हुँदाहुँदै
बूँदलाई पालिदिने समयलाई सलाम छ।
बारुद र बन्दुकले छियाछिया हृदयका
प्वालहरु टालिदिने समयलाई सलाम छ।
बूँद राना
घमण्डमा थपीथपी...
घमण्डमा थपीथपी मात परेपछि
स्याल–ब्वाँसा रमाउँछन् रात परेपछि।
मनिस त मनिस नै भयो बोल्छ–बोल्छ
ढुङ्गा धरि बोल्न थाल्छ घात परेपछि।
धोकाधडी, जालझेल हुनैपर्ने हुन्छ
सफरमा शकुनीको साथ परेपछि।
हत्केलाले सुम्सुम्याई किन सोझो हुन्थ्यो?
बाङ्गो लिङ्गो सोझो हुन्छ लात परेपछि।
बात बासी, भात बासी गन्हाउने नै भयो
फूल पनि गन्हाउँछ खात परेपछि।
निकै साह्रो–गाह्रो गरी मौका आउने हो
चौका हानिहाल्नू बूँद, हात परेपछि।
बूँद राना
चिराचिरा परेको....
चिराचिरा परेको छ मान्छे
'बाँचे' भन्दै मरेको छ मान्छे।
भेट हुन्थ्यो जहाँ भेटिँदैन
डेरा अन्तै सरेको छ मान्छे।
नर्कमा नै रमाउँछ कि के?
सुन्छु त्यतै गडेको छ मान्छे।
नाक झर्ला कि झैँ स्वास फेर्दा
सड्नु कस्तो सडेको छ मान्छे?
तान्नु केले? उठाउनु केले?
निक्कै तल झरेको छ मान्छे।
बूँद छर्की कहाँ निभ्ला ज्वाला?
भित्रभित्रै डढेको छ मान्छे।
सुन्दा लाग्ला पछाडि परेझैँ
बढ्न अघि बढेको छ मान्छे।
मासियो, सिद्धियो नभनौँ है
चढ्न चुली चढेको छ मान्छे।
बूँद राना
कुन्नि कस्तो टुनामुना...
कुन्नि कस्तो टुनामुना जानेको छ गजलले
काँचा–पाका जम्मैलाई तानेको छ गजलले।
दुई–चार 'रन' लिई कहाँ 'प्याक' हुन्थ्यो हरे
हान्यो कि त छक्कै–छक्का हानेको छ गजलले।
मीर, फैज, गालिबले धानी आएको थे जो
त्यही बिँडो गजबले धानेको छ गजलले।
अन्त भिन्दै खलोहुँदी कुनै अर्को होला मियो
हामी कहाँ 'मोती'लाई मानेको छ गजलले।
तिर्खालुले प्यूँदा खरो, चर्को नहोस् भनेर हो
सागरका बूँद–बूँद छानेको छ गजलले।
रेसमले बाँधे पनि कतै गाँठो दुख्ला भनी
मनहरु भावनाले बानेको छ गजलले।
बूँद राना