Nawaraj Subba – Chhati : Dui Abhibyakti १ सबैको यो छाती भित्र केही रहर हुनसक्छ कस्तै हुरी बतासमा पनि यही छाती भित्रै अँटाई दिनु सायद यही छातीले नै हरेक प्रहार छेक्न सक्छ । २ कसैको पीरको तीर लागेको छ यो छातीमा फेरि, तिमी को हौ ? कसैको प्यारो तस्वीर लुकाएको छु यो छातीमा । Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
टंक सुब्बा – म एउटा यात्री हु जन्में हुर्केर सृष्टिको श्रृखलामा कर्तव्य बोध भए पछि अन्तहीन सपनाको वस्तीबाट पोख्दै रङ्गीन विचारहरु चेतनामा गोरेटाहरु छाम्दै प्राप्तिको लागि गन्तव्यमा सम्झौताको वेगवान नदीहरुमा शुभमुहुर्त गरेको छु जीवन यात्रालाई जुन यात्रा साकार पार्न हिंडेको म एउटा यात्री समयको तन्दुरुस्त घोडाहरु माथि आसिन भएर धकेल्दै जादा जीवनरथ कहीं बग्दै जान्छ सलल पानी झै कहीं मोडिदैं जान्छ विकट भै कहिले उज्यालोमा कहिले अध्यारोमा कहिले एकान्तमा कहिले समूहमा कहिले हासोमा कहिले रोदनमा गुज्रदैं जान्छन् ती क्षणहरु यी क्षणहरु किन नहोस् असम्भव चाल्न थालेको छु उत्साह वाधेर पाइलाहरु जुनपाइला सफलतामा टेकाउन हिंडेको म एउटा यात्री । असीमित यात्राहरुको दौरानमा उभ्छन् अग्लिएर बाधाका पहाडहरु असीम वेदनाको सागरमा अनायस थपिनु पुग्छन् नीरका थोपाहरु पर्खदा पर्खदैं गोधुली साझमा अस्ताउन पुग्छन् निर्मम दिनहरु समयको उतारचढावमा विछोडिदै जान्छन् सहयात्रीहरु विवशताको बज्रपातमा टुट्दा रहेछन् धैर्यताका बाधहरु छुट्दा रहेछन् कसम खाएका वाचाहरु तर पनि घाइते भएको मनलाई घिस्याउनु पर्दोरहेछ विश्वासको वैशाखी टेकेर असहज बन्दारहेछन् यात्राहरुमा सहज देखिएका गोरेटाहरु त्यसैले चपाउन थालेको छु कठिनतालाई जुन कठिनता सहजै पार गर्न हिंडेको म एउटा यात्री । बढिरहे निरन्तर यसरी निःसंकोच पाइलाहरु टाढिने छैनन् अवश्य ती गन्तव्यका गोरेटाहरु भङ्ग हुने छैनन् मोहमा बाधिएका मोक्षहरु मरुभूमि बन्ने छैनन् आत्मामा बाचेका विश्वासहरु त्यसैले बुन्न थालेको छु यावत सपना जुन कठिनता सहजै पार गर्न हिंडेका म एउटा यात्री । बढिरहे निरन्तर यसरी निःसंकोच पाइलाहरु टाढिने छैनन् अवश्य ती गन्तव्यका गोरेटाहरु भङ्ग हुने छैनन मोहमा बाधिएका मोक्षहरु मरुभूमि बन्ने छैनन् आत्मामा बाचेका विश्वासहरु त्यसैले बुन्न थालेको छु यावत सपना जुन सपनालाई जीवन्त पार्न हिडेको म एउटा यात्री हु । Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
मनोज बोगटी – रिङटोनको देश -हेल्लो… -क्याफेमा? -ओके, ल ल… *** मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबीच मच्चिँदै हल्लिरहेको रङहीन आवाजलाई जीउ जोगाउन साह्रो यो रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको कमर्सियल कलरट्यूनभित्र बिलाइरहेछ रायोको साग उम्रिने गाउँको सातो। कति छिटो उभियो हँ हेल्लोहरू कै ईंटाले गाउँको ढुकढुकी। बाख्रा खान पल्केको चितुवा बस्ने डॉंड़ामा टावर बस्छ त्यसले बाख्रा मात्र खॉंदैन मान्छे पनि खान्छ। कति छिटो पुग्यो निर्माण र पतनको सङ्घारमा गाउँको अर्ग्यानिक संस्कार। न अक्षर न आवाज न गोर्खाको रह्यो न बङ्गालीको, बिहारीको न अङ्ग्रेजको हिन्दु ईशाई न शिखको। यो ग्लोबल भाषाको रक्सी पिउन पल्केदेखि लोकगीतहरू शोकगीत जस्तो बज्न थालेको छ। कसैसित रहेन आवाज आफ्ना आवाजहरूको रङ बसेन अनुहारमा। आवाज र अक्षरहीन संवेदना फना उठाएर घिस्रिरहेछ एलसीडी ग्लोबमा। बिहानै आइपटले गाउने भजन गाउँभरि डुल्छ। बिजुली छ भने मात्र पूजा हुन्छ। भजनको भॉंच्चिएको जीउभरि सल्बलाइबस्छ उपभोक्तावाद। घर-घरको छाना हुँदै सर्दै आइरहेछ असम्वेदित् सलह सभ्यता मल्टिकल्चर्ड झण्डा बोकेर। स्कुसको जरा र फर्सिको मुन्टा कुखुराको सुलीले बॉंचेको डल्ले खुर्सानीको सम्झना आह! अझ पनि कति बल्झिन्छ शहर पसेको गाउँलाई। आह! कति साह्रो पर्छ अचेल आँगनका दुबोहरू टेक्दै-टेक्दै नागबेली बाटो ओहोर-दोहोर गर्नु गाउँ फर्केको शहरलाई फिता चुट्टिएको चप्पलमा। ठूलो मल्टिकलर्ड झोला भिरेर रिङटोनहरूको फेरी बजाउँदै आइपुग्छन् अम्बानीहरू घरै दैलोमा। कति गाह्रो छ अहिले वेदलाई लाज राख्नु। ग्रन्थबाट एलसीडीमा घुस्रिएका मन्त्रहरू ट्याटु खोपेको पाखुरा देखाउँदै बस्छन्। सेल्फोनिक मनको भित्ताबाट उप्किदै झर्छ र मर्छ संवेदनाहरू एसएमएसको लिलिपुट अक्षरहरूले लेखिन्छ जीवनको नयॉं संस्करण। ( उः अर्जुन एसएमएस गर्दैछ।) एलसीडीभरि पोखिएको पुरूष थाहा पाउँछे उर्मि। असंवेदित् अनुहारको छॉंया दलेको नयॉं किताब पढ़ाउन कसले ठड़ाएका हुन् गाउँको चिसो हावा बग्ने डॉंड़ा-कॉंड़ा टावरे स्कूलहरू? हेर्नुहोस् त देशको माटोको रानीमासुमा नै मुख गाड़ेर घाउ नै घाउ बनाइरहेका छन्। कस्तो टोक्ने इकोनोमिक डॉंठहरू हुन् ती। छोरीले सिकरभित्र बिस्तारोस्वरमा आइलबयू भनेको सुन्दा बाहुनी बोजुले किन खोतलेका होलान् पुराना चिठ्टीको त्यो पोको? कसरी छुट्टियो नि संवेदनाको नाता पनि ढिलो नढिलो ढुकढुकिने लामो केश पाल्ने चिठ्टीलाई फर्किएर पनि हेर्दैन सबैतिर चिरिएको जिन्स लगाउने त्यो एसएमएसले। सबै आ-आफ्नो झण्डा बोकेर बस्ने त्यो ग्लोबलभिलेजमा कसैले मोइ पार्छ कि यो संक्रमणको तिर्खा मेट्ने। ए सॉंच्ची पाठक तपाईं कुन दलको? रिलायन्स कि एयरटेलको ? Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
महेश रेग्मी – आँसुको रुमाल तिमीले हिँडेका बाटोहरू हेरेर चित्त बुझाउँछु तिमीले हिँडेका बाटोहरूलाई स्पर्श गर्छु तिमीले नाघि गएका पहाडहरूको अभिनन्दन गर्छु । अब पहाडहरूलाई प्रेयसी भन्न थालेको छु रुखलाई शिक्षक बिरुवालाई छोराछोरी आकाशलाई गन्तव्य । म मन्तिर जादिन ईश्वर मेरो प्रतिपक्षमा छ र, बिर्सिएको छु- आफ्नो जन्मदिन । रातलाई काटेर टुक्रा टुक्रा पारेर स्वादमा बान्तामा गहिरो गहिरो भोग्छु बितेका दिनहरूको पुच्छर समाउन खोज्छु आफ्नै वीर्यका छायाहरूसँग खेल्छु सपनाहरूको आफमा उड्छु मेरो रगत चाटिरहन्छन्. अँध्याराका निरङ्कुश बिम्बहरू मेरा खुसीहरू फिंज हुँदै जान्छन् के छ र बाँकी मसँग छ भने- त्यही आँसुको रुमाल छ त्यो पनि तिमीले दिएको एक खोला आँसुले भिजेको रुमाल एकपटक यो आँसुको रुमाल निचोरी हेर त जीवन कसरी खस्दछ तह तह तप् तप् मेरो आँसुको रुमालमा किन खस्दैन चन्द्रमा ? Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
कोमल भट्ट – बुढेसकालले छोयो अब (गजल) बुढेसकालले छोयो अब दुवै गाला चाउरी परे आयु पनि सकियो कि सबै छाला चाउरी परे सम्झनलाई गाह्रोभयो स्मरण शक्ति हराएर विस्मृतिले गर्दाखेरी जीउका चाला चाउरी परे आँखाभरी नाचे पनि विगतका ती मीठा क्षण एकादेशको कथा हुँदै प्रीतका माला चाउरी परे अँधेरीले ढाक्दै गयो धप्प बल्ने रोशनीलाई सकिएछ तेल क्यारे दीपका पाला चाउरी परे समय र प्रकृतिको अलौकिक यो रीत कस्तो बेला आएपछि आफैँ धानका बाला चाउरी परे Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
अशोक पार्थिव तामाङ – तिम्रो सामु भन्ने र मान्ने पद्दतिको लहलहैमा बिना कुनै अन्वेषण समाहित भएर हावा झैं उडेको भए हजारौं चिसा कंक्रिटका मुर्तिहरूलाई आस्थाको नाममा यदि पुज्दै म फुलमाला र खादा लाउँदो हुँ त म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ? यो लज्जित जस्तो अनुहार बोकेर यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ जीवन-सम्झौताको खातिर । चिप्लिएका हिउँदका सिरेटोहरू ! बादल नदेखिई बर्षिईएका अनुरागका थोपा-थोपा अनुभूतिहरू ! यदि बिना अर्थ जता-ततै पोख्दो हुँ त म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ? यो निगार हुनँ लागेको जाँडको झोल भएर यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ जीवन-सम्झौताको खातिर । केहि कञ्चनजंघा र पवित्र मादीहरू थुनेको छु मेरो दिल भित्र केहि स्वर्गद्दवारी तिर्थ सरहको मन्दिरहरू बनाएको छु आफु भित्र बैंसको झोंकमा बिना सम्मान लिलामी हुँदो हुँ त म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ? जितेर पनि हारेको जस्तो अनुभव लिएर यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ जीवन-सम्झौताको खातिर । रहरलाई लाखले गुणा गरी उफ्रिनँ खोज्ने मेरो कवि मन लिएर शितल चौतारीको खोजमा तिम्रै बरपिपलको छहारीमा सियाँलिईन रहर गरेको छु जीवनको अनुभवको चर्खा काट्दा यदि म साउन भदौ झैं भावनामा धमिलिईन्दो हुँ त म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ? यो भीडभाडरूपी कोलाहलमा पनि शान्त अनुभाष बोकेर यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ जीवन-सम्झौताको खातिर । Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
वैद्यनाथ उपाध्याय – विपत्ति विपत्ति पनि पर्खेर बसेको हुन्छ मान्छेलाई बाटो घाटो र अस्पताल का बेडहरूमा मान्छे भित्र भित्रै कत्ति असहाय एक्लो हुन्छ। आफ्नो सामर्थ्य देखि पर सबैथोक घटिरहेको हुन्छ। हामी केवल आफ्नो र परको धर्को कोरेर रूने र हाँस्ने अभिनय गरिरहेका हुन्छौं। आखिर मान्छे पनि धेरै घटना र परिघटनाको एक सग्लो रूप न हो उ के गर्न सक्छ हामी केवल केही गरिरहेको स्वाँग मात्रै रचिरहेका हुन्छौं। TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
युद्धप्रसाद मिश्र – लौ न मैले के गर्ने ? बाबु जान्छन् दाउरा काट्न आमा जान्छिन् मेला घरको धन्दा गर्दा गर्दै जान्छ मेरो बेला लौ न मैले के गर्ने ? मनको कुरा उर्ली उर्ली मनैभित्र थाक्छ ठाडै खुट्टा मुग्लान्तिर भागौं भागौं लाग्छ लौ न मैले के गर्ने ? आमा भन्छिन् छोरालाई पढाउनु पर्छ बाबु भन्छन् आकाशबाट बर्सिन्छ र खर्च ? लौ न मैले के गर्ने ? पढ्ने कुरा गर्दाखेरि झर्को फर्को गर्छन् मलाई र आमालाई आँखै मात्रै तर्छन् लौ न मैले के गर्ने ? इस्कुल जान्छन् गाउँघरका सबै साथी भाइ चराउनु पर्छ मैले जिमिन्दार्को गाई लौ न मैले के गर्ने ? मलाई भने सधैंभरि पढूँ पढूँ लाग्छ जाँचो पाँचो नमिल्नाले मनको रहर भाग्छ लौ न मैले के गर्ने ? कैले काहीँ सिकाउँछन् पुरेत बाजे आई मनैमनले क ख भन्छु चराउँदै गाई लौ न मैले के गर्ने ? बारखरी पढ्ने मेरो सार्है ठूलो धोको तर मैले बोक्नु पर्ने सधैंभरि डोको लौ न मैले के गर्ने ? Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
Krishna Bahadur Chhetri – Meri Dharti Lai आरामदायक निद्राको सपनामा पनि मेरी धर्तीलाई म खोज्छु अस्थिर भएर मुटुभरि ममता सल्बलाउँछ पातलो स्मृतिमा छुन खोज्छु कैले हुन्छ र पानीबाट टाढा माछा ! फूलबाट सौन्दर्य सुवास खासा ! धर्ती मेरी हुन् म धर्तीको छुट्टिन सम्भव छैन, दुई हृदयको एक भाषा हजार जन्म मिल्छ भने पनि मलाई मेरी धर्तीको भएर म जन्मिऊँ पिएर आँखाले दृश्य यहींको शीतल मानब भई म बाचूँ के छ र दिऊँ तिमीलाई धर्ती हृदय मात्र छ मेरो मसंग अरु जे छ अर्काको ऋणमा अडेको भएको हृदय तिमीलाई दिएको छु, अपनाऊ खुशीसंग Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
Seema Abhash – Ishwar Futai Rahanchhe पहिलो पटक कुन कालिगढले उदास बनेर भगवान कुँदयो होला ? कुन भक्तले कुन मितिमा कुन फूल चढायो होला र कस्ले राख्यो होला मन्दिरमा चुपचाप बस्न सिकाएर, यो निर्वासित भगवान कहिलेसम्म मान्छेको शरण परिरहन्छ हँ ? रोशीको बगरमा गिट्टी कुट्ने स्वास्नीमान्छे सोधिरहन्छे क्षितिज नफाटुञ्जेल सपनाभन्दा अग्लो गिट्टी थुपार्छे थुप्रोको आडमा अढाइ बर्षे नानी हुर्काइरहेकी छे, बामे सर्दै रमाएर नानी पुतली पछ्याईरहेछ, आमालाई छोडेर टाढा पुगेको छ उस्ले गिट्टी कुट्दा बुन्ने सपना रोशीको पानीमा झर्दै गरेको चन्द्रमाभन्दा सुन्दर छ, उस्को धरातल मन्दिरको देउताभन्दा शालीन छ, उस्को नानीले पछ्याउने बाटो इन्द्रेणीभन्दा लामो छ । हत्केलाका ठेलाहरु हेरेर फूल जस्तो कल्पनामा हराउँछे, गिट्टी कुट्दाको टकटकसँगै काब्य रच्छे र झयाउरेमा भन्छे कायर बनेर ढुङ्गामा लुक्ने यो भगवान गिट्टी बनेको छ । पिठ्युँमा नानी काधमा घन लिएर रोशीले बगाउन नसकेको ढुङ्गा फूटाउने उ दुनियाले पुज्ने भगवान फूटाउँछे, दुनियाले तिरस्कार गरने बाउ नभेटिएको नानी भगवान मानेर हुर्काइरहेकी छे, घरबाट निकालिएकी गाउँबाट खेदिएकी बिस्थापित उ सिन्दुर इन्द्रेणीलाई बुझाएपछि मन्दिर बनाइने ढुङ्गा गिट्टी बनाउँछे भगवान पुजिने ढुङ्गा गिट्टी बनाउँछे घर बनाउने ढुङ्गा गिट्टी बनाउँछे गिट्टी बेचेर नानी पाल्ने उस्लाइ भगवान पुजिने धेरै ढुङ्गा फूटाएपछि यो निर्जन दुनियाँले भन्ने गरछ उ इश्वर फूटाइरहन्छे । Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
साबित्रा काफ्ले – अस्थीपन्जर पहाड ग्लेसीयरमा रेटीएर पत्थर बनेको मन दिनहूँ जुवारी खेल्छ आफ्नै ऊल्झनहरुसँग। बुनेर बैसका रङहरु, आँखामा खेल्छन् ईन्द्रधनुसी छाया, सुन्य सँघारमा बएली खेल्छन् सपनाहरु।। क्याक्टसमा रोपेर, फ्यान्टेसी भाब प्रेमीला साँझहरुमा, नजन्मदै मर्छन् बबुरा ईच्छाहरु अर्गाज्ममा पुगेर। निस्तेज मनको सुषुप्त चाहनाहरु, पोखिन्छन् अनायसै जुनेली रातको अधर भएर, अनिदो अनुभूतीमा लुकामरी खेल्छन् तिर्सनाहरु।। रातो घाम ओडेर, ब्युँझन्छ बिहान, सुनौला बुँदहरुमा प्रतीबिम्बीत हुन्छन् रङ्गीला दिनहरु। घुम्टो खोलेर आकाश अँगालो मार्छ प्रेयशी पहाड बिर्सेर सारा ऊल्झनहरु। Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
शरण आँसु – मेरा अक्षर सारेर गए कति! मेरा अक्षर सारेर गए कति तिनै अक्षर मारेर गए कति ! उस्तै छु म, मेरो अक्षर उस्तै छ यै अक्षरको चिट्ठा पारेर गए कति! अक्षरको मर्म र अर्थै नबुझी अक्षरदेखि हारेर गए कति! अक्षरमा पो फुल्छ नयाँ जमाना जमाना त्यसै टारेर गए कति ! बिर्से पाप लाग्दो हो त्यसैले गालामा आँसु झारेर गए कति ! Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
विप्लव ढकाल – च्याउको जङ्गल यही झन्डाबाट उखेल्छु घन र फुटाउँछु आफ्नै निधारको चट्टान ! यही झन्डाबाट निकाल्छु हँसिया र भत्काउँछु आफ्नै विचारको पर्खाल ! हतियार र औजारले पिटीपिटी प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी ! त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर म उड्छु अब यो नीलो आकाशमा ! तिमीहरुले चामलको दानामा लेखेछौ मेरो इतिहास ! सागको पातमा लेखेछौ मेरा गीतहरु ! मेरै विचारलाई सिक्री बनाएर पशुको तबेलामा बाँधेछौ मलाई ! मेरै हड्डीलाई मुरली बनाएर आवाजको विपक्षमा बजाएछौ मलाई ! म गर्छु अब समुद्रमन्थन र पिउँछु हलाहल विष ! म खोस्छु कृष्णको हातबाट मुरली र उठाउँछु सुमेरु पर्वत ! विष्णुलाई जमिनमा ओरालेर म चढ्छु अब गरुडमाथि ! महादेवको घाँटीबाट निकालेर म लउँछु अब सर्पको मफलर ! मरुभूमिमा पसिनाले बालुवा मुछेर खाएको छु मैले ! अफ्नै रगतको घुट्काले भिजाएको छु घाँटी ! बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म ! मेरो खप्परभित्र केही छैन – विचारशून्य छु म ! यो च्याउको जङ्गलभित्र एउटा निर्जीव भीडको विपक्षमा उभिएर उखेल्छु आफ्नै टाउको र भुइँभरि टक्टक्याइदिन्छु ! केही बिस्कुटका खोल रोटीका टुक्रा चप्पलको फिता मृत उडुस र पुत्लीकिराहरु खस्छन् मेरो मस्तिष्कबाट ! यति रित्तो बनेछु म कि यो विचारशून्यता नै मेरो शक्ति हो ! यही विचारशून्यताको हतियारले म अब आक्रमण गर्छु र जलाउँछु तिम्रो विचारको लङ्का ! के थाहा तिमीहरुलाई- मभित्र कसरी उम्लिरहेको छ खरानी के थाहा तिमीहरुलाई- म किन निदाउन सक्दिनँ रातभरि युद्धमा मरेका केटाकेटीहरु उखुको राइफल बोकेर लखेट्छन् मलाई म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छु ! तरबारमा झुन्डिएका टाउकाहरु गीत गाउँदै लखेट्छन् मलाई खरानीबाट उठेर क्षतविक्षत कङ्कालहरु आफ्नो जीवनको मूल्य माग्दै लखेट्छन् मलाई म झन्डाले मुख छोपेर आँसु पुछ्छु ! संसार बदल्न िहंडेको म अब आफैं बदलिएँ ! यो च्याउको जङ्गलभित्र िरंगटा लागिरहेको छ मलाई ! यो मेसिनको शरीरभित्र तरङ्गिदै छ जीवनको कम्पन ! म तिम्रा आदेशहरुलाई अस्वीकार गर्छु- अब मान्छेको लासमा घोटेर खुकुरीमा धार लगाउन चाहन्नँ म ! अब मान्छेको रगतको मूल्यमा आफैंलाई गुमाउन चाहन्नँ म ! यही झन्डाबाट उखेल्छु घन र फुटाउँछु आफ्नै निधारको चट्टान ! यही झन्डाबाट निकाल्छु हँसिया र भत्काउँछु आफ्नै विचारको पर्खाल ! Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
प्रकाश थाम्सुहाङ – चासोक नयाँ दिन नयाँ मौसम नयाँ परिवर्तनमा पखालेर सप्पै क्षयग्रस्त पुराना बिम्बहरू पुरानो जग पुरानो घर पुरानो राष्ट्रियता आऊ सोल्टिनीहरू नयाँ घाम लागेको बेला नयाँ अन्न पाकेको बेला नाचौं उल्लासले नाचौं उमङ्गले च्याङ्ब्रुङ ब्रुङ च्याङ्ब्रुङ ब्रुङ नयाँ संरचनाका लागि नयाँ जीवनका लागि हामी विजयको नजिक हामी प्राप्तिको नजिक अब, अग्लिएर चेतनाको कञ्चनजङ्घा डाकौँ सहस्र उत्पीडित हंसहरू डाकौँ सहस्र सिमान्तीकृत मुटुहरू डाकौँ सहस्र मुर्झाएका सातोहरू भाकौँ पवित्र मनले मुजिङनाखेयङना र बोलाऊँ ताजा हावा लिऽखुरी लिऽऽखुरी लिऽखुरी लिऽऽखुरी, यो गुम्सिएको युगमा जन्माऊँ नयाँ भ्रुण साक्षी छन् यो हावा यो पानी यो जङ्गल आऊ निर्वासित मनहरू जाग पराजित आत्माहरू लेखौँ सुनौलो इतिहास कोरौँ आफैले आफ्नो भाग्य च्याङ्ब्रुङ ब्रुङ च्याङ्ब्रुङ ब्रुङ आऊ सोल्टिनीहरू नाचौँ उल्लासले नाचौँ उमङ्गले नयाँ संरचनाका लागि नयाँ जीवनका लागि । Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
राकेश कार्की – दिउँसै फूलहरु दिउँसै फूलहरु लुक्न थाले नदी -नाला तालहरु सुक्न थाले अझ अझ तँ गधा भन्दै मनपरी गाली गर्दै थुक्न थाले आयो आयो मा-यो भन्दै हातले छेक्दै शरिर झुक्न थाले झुण्ड झुण्ड मान्छेको खल्बली जोड जोडले कुकुर भुक्न थाले भूत पिशाच हो कि भन्दै धामीले मंत्र पढ्दै फुक्न थाले आफ्नै देशमा हिँडेका बटुवा अर्का देश हो कि भन्दै रुक्न थाले TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
प्रमोद सारंग – आगो (कविता) पेटमा आगो लिएर जन्मिन्छ मान्छे- भोक रोग र शोकको । ऊ चुल्होको आगो बालेर पेटको आगो निभाउन घर बाहिरको आगोसँगै हिँडिरहन्छ पृथ्वीको कुना- कुना ! ऊ शान्त हुनै सक्दैन जबसम्म पुग्दैन ऊ चिताको आगोसम्म ! र, पिउदैन – महाआत्मामा विलय भएर अथाह सुखको लप्का ! साँच्चै मान्छेको जीवन आगोको वरिपरि घुम्दो रहेछ। Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |