अजय ढुंगाना गजल

१  

सपनामा तिमी, सम्झनामा तिमी,

बिर्षन नसक्ने कल्पनामा तिमी,


२   

नजरको जादु कस्तो चलायौ,

होश उडाउने तिर्षनामा तिमी,


३  

म बोल्नै नसक्ने लज्जाई कस्तो,

मलाई जिस्काउने चहानामा तिमी,




मनको कुरा सुनाउ कसरी?

नसुन्ने एउटा बहानामा तिमी




अजय ढुंगाना

१७ मार्च, २०१२

लण्डन
गजल

शान्त एक महलको शितल बगैंचामा,
 फलेकी तिमी हौ, एक फल बगैंचामा |

बाहिर दिवारमा म छु तिम्रै पर्खाईमा,
 चिहाइरहेछु भित्र हर पल बगैंचामा |

सुनिदैन केही आवाज, डराउछु म,
 किन छन् हर चिज अचल बगैंचामा |

बढ्दै जान्छ रात तिम्रो रुपलाई छोप्दै,
 तैपनि तिमी छौ एक अटल बगैंचामा |

टुट्दैन पर्खाई मेरो आज म गए पनि,
 आएगें हम फिर कल बगैंचामा |


अजय ढुंगाना
 लण्डन

गजल

मलाई भेट्न आउदा मनभरि मायाको आभाष लिई आउनु,
 हिजोसंगै विताएको त्यही स्वर्णिम ईतिहाँस लिई आउनु |

तिमी आउने बाटो भरि बिछ्याईरहन्छु म मेरा नयनहरु,
 हत्केलामा सुनगाभा अनि शिरमा लाली गुराँस लिई आउनु |

विस्तारै पाइला चालौंला हामी गन्तव्य टाढा भए पनि,
 तर गन्तव्यमा पुगी छोड्ने अटल विश्वास लिई आउनु |

अकन्टक अनि अगम्य हुन सक्छ हामीले हिड्ने बाटाहरु,
 जवानीको जोश होइन मनमा अदम्य सहास लिई आउनु |

निस्पट्ट अध्याँरो भित्र मन कतै हराउन सक्छ त्यसैले,
 शुभ प्रभातमा पोखिएको अलिकति प्रकाश लिई आउनु |

जिउनु छ एउटा अभिनव जीवन तिमीले अनि मैले सानु,
 सुत्न त धर्ती छदैछ बरु ओड्न आकाश लिई आउनु |

अजय ढुंगाना
          गजल   


जति लुट्न पनि नडराउने हातहरुलाई सलाम,

कालो पर्दा सेतो देख्ने रातहरुलाई सलाम,

वास्तविकता जे भयौ हाम्रौ अस्थित्वले भयौ,

लुटमा पनि छुट दिने साथहरुलाई सलाम,

चारलोक आफ्नौ ठान्छै, शक्तिशाली आफै भन्छौं,

चौधैं भुवन आफ्नो ठान्ने बातहरुलाई सलाम,

सत्ता आफ्नै भन्छौ क्यार, जनता हातको कठपुतली

आफ्नै जनतालाई दिएका घातहरुलाई सलाम,

आफ्नैं देश नेपालमा मर्म नेपालीको के थाहा र खोइ,

भ्रष्टतन्त्रले ल्याएको सराबी मातहरुलाई सलाम,

प्रथम चाह भ्रष्टचार कति गर्छौं अझ पनि,

यत्रतत्र वरिपरि पैसाका खातहरुलाई सलाम |

अजय ढुंगाना

गजल

चाँद टिपेर तिम्रो शिरमा लगाउन सकिन,
 सबको सामु, तिमी मेरो भनेर जनाउन सकिन,

एकान्तमा टोलाउदै, पलपल सपनामा हराउदै,
 कति गर्छु माया तिमीलाई बुझाउन सकिन,

मेरो स्मृतीमा त केबल तिमीमात्र हुन्छ्यौं सधै,
 सायद म नै तिम्रो त्यो सपनीमा आउन सकिन,

म प्रेममा हराउदै थिए, गदै तिमीलाई माया,
 निश्छल प्रेम तिमीसंग मैले लुकाउन सकिन,

तिमी मनमा छ्यौं, मुटुमा छ्यौं, आँखामा छ्यौं,
 तर मैले तिमीलाई यो घरमा सजाउन सकिन ।

अजय ढुंगाना

२००६ जनवरी
 पिठुवा चितवन

गजल

मेरो शिरमा आज आकाश छैन कहाँ गयो ?
 आफैसंग मलाई विश्वास छैन कहाँ गयो ?

निल गगनका ताराहरु छैनन् हिजो जस्तै आज,
 चमकताको तिनमा आभाष छैन कहाँ गयो ?

पाना पल्टाई सोच्ने गर्थे म विगतका कुराहरु
 मसंग गैरवशाली इतिहास छैन कहाँ गयो ?

निष्पट्ट अन्ध्यारो छ मैले देख्ने चैघेरामा,
 शुभ प्रभातमा सुनौलो प्रकाश छैन कहाँ गयो ?

अजय ढुंगाना
गजल

कस्तो अनौठो शुन्यता जीवनको,
 बिराएछु बाटो कता जीवनको,

पर्खाई असजिलो, कमजोर मनमा,
 सहदैछु कठोर व्यग्रता जीवनको,

मनको ज्वालाले पोल्दछ मुटु,
 हुदैन किन शितलता जीवनको,

पलहरु खुशीका भाग्दैछन् दुर,
 किन बढ्दैछ बिबशता जीवनको,

देख्दैछु घृणित रुप, तुच्छ कुरूप,
 बाकी छ केवल नग्नता जीवनको |


अजय ढुंगाना