Great Collection Of 60 Nepali Gazal

  गधालाई गाई देख्छन्,गाई गधा देखिएका छन्

गधालाई गाई देख्छन्, गाई गधा देखिएका छन्
मुहार उही ऐना उही, मात्र चस्मा बद्लिएका छन्

भट्टी छिर्छु तिमी भुल्न, मन्दिर लाग्छ मधुशाला
बोतलमा तिम्रै तस्विर,रक्सीमा याद मिसिएका छन्

भोलिदेखि मेरो आकाश, कालो मात्र कालो हुन्छ
प्रेम गर्नेले जुन-तारा, झार्ने वाचा जो दिएका छन्

हारी रा'छन् आँफैँलाई, भूली माया गर्नेहरु
बाघ म्याँउ गर्‍या बेला, बिराला पो गर्जिएका छन्

ती पाउमा रम्न सक्ने, कसिङ्गर बन्न सकुँ
जतन गरी आँखाभित्र, राख्छु भन्ने टाढिएका छन्

लेखकःउमेश आचार्य 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 तिनका हरेक कदमले गन्तव्य छल्न थाले

तिनका हरेक कदमले गन्तव्य छल्न थाले
जब ती कदम कदममा यात्रा बदल्न थाले 

जो रोकिएन कहिल्यै, त्यो समय रोकिदैन
ती रोकिने घडी हुन् जो अस्ति चल्न थाले 

कोही अचेल अरुका बस्ती जलाउँदैनन्
जसले लिए सलाई, ती मैन जल्न थाले 

बिष पिउनु बाध्यता हो, सोचौं हरेक चोटि
बिष रोपिए अगाडि वा बृक्ष फल्न थाले

चिन्नेछ भोली कसले को हो असल बिजेता
मैले स्वयं मलाई जित्ने पहल नथाले

लेखकःअहम् स्रष्टा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

छहारीको खोजीमा ऊ निक्लिएको छ 

छहारीको खोजीमा ऊ निक्लिएको छ
सायद घामले एकाबिहानै पिएको छ 

भर्खर् भर्खर् त्यो घरमा मन अडिदैँ थियो,
सुनेँ, आजबाट चामल सिद्धिएको छ 

ढुङ्गो भगवान् भएपछि मागौँला केही,
भगवान् ढुङ्गो भएपछि चिनिएको छ 

मेरो नभएर पनि ऊ मेरो हुनेछ,
मृत्युलाई अब जिन्दगी सोंचिएको छ 

शब्दहरू बीच बाटामा हराएपछि,
रुनुपर्ने ठाउँमा पनि हाँसिएको छ 

तैँले एउटा शेर सुनाउनै पर्ने भो 'अनुराग',
यो मौनताको आधा अर्थ निस्किएको छ 
लेखकःसरोज अनुराग

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

एकपटक फेरि तिमीलाई मन पराउन मन लागेको छ

एकपटक फेरि तिमीलाई मन पराउन मन लागेको छ
जसरी पुरानो एक गजल फेरि  दोहोर्याउन मन लागेको छ

जहिल्यै छानो मुनिको मुनि बस्न सिकाए ठुलाले किन हो !
मलाई  भने चरो समाएर फेरि उडाउन मन लागेको छ

ती पुराना दिनका किस्सा तिमीलाई भनौंला कुनैदिन, पख !
साँच्चै घरको निदालमा भाइको चप्पल लुकाउन मन लागेको छ

हुने खाने पनि देखियो हुँदा खाने पनि भेटायो शहरले
अब मेलामा कसैको  बच्चा हराएझैँ  हराउन मन लागेको छ

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  परेलीमा आँसु रोक्ने, बार लाउन पाए

परेलीमा आँसु रोक्ने, बार लाउन पाए
चालिएका कदमको, सार लाउन पाए

भुमरीमा फसेको छ, बगिजाने खोला
अल्झाउने समस्यालाई, पार लाउन पाए

बगिजान्छन् हर्ष उल्लास, वर्षे भेल सरि
मौरीले झैँ मह राख्ने, घार लाउन पाए

जता पाउ चालेपनि, सधै अल्झिएका
अवरोधका फेदीमा नै, धार लाउन पाए

सफलताको शिखर चुमी, गर्व गरेर नै 
पित्तलकै भए पनि हार लाउन पाए

लेखकःअबिरल यात्री 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   प्रेमलाई औकातमा हेरिन्छ तराजुमा जोखिन्छ

प्रेमलाई औकातमा हेरिन्छ तराजुमा जोखिन्छ
प्रेम गरिन्छ आजकल अनि प्रेमले नै दुखिन्छ

बाटोले यात्रीलाई कहिल्यै पनि बताएको छैन
यो बाटो हिँडेपछि आखिर कहाँसम्म पुगिन्छ

देखेँ त्यो सडक अझै उस्तै उखडबाखड रहेछ
हो केही चीजहरु गएर हेरेपछि मात्र देखिन्छ

बर्सौँ बेमौसमको ठानिएला नबर्सौँ अझ पीडा
किताबको पन्नामा जब शेर र फूल भेटिन्छ

ऊ त मेरो लागि बिल्कुल अलग छ अरुभन्दा
मलाई थाहा छ खोला बगेर सागरमा मिसिन्छ

लेखकःसुरेश नाचीज 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  तिमी पनि धर्तीमा आऊ अनि कुरो हुन्छ

तिमी पनि धर्तीमा आऊ अनि कुरो हुन्छ
दैवी शक्तिको फुर्ती नलाऊ अनि कुरो हुन्छ

परिवारसँग बसेर प्रवासीमाथि हाँस्नेहरु
मैले जति पसिना बगाऊ अनि कुरो हुन्छ

हो ठीक मेरा गजल सब बकवास हुन्
तिमी राम्रो लेखेर देखाऊ अनि कुरो हुन्छ

भो भो मेरो नाम नजोड्नु मायालुमा
कि यादमा कि निंदमा आऊ अनि कुरो हुन्छ

फेरि आयौ तिमी मलाई सम्झाउन यार
मलाई एकछिन भुलेर जाऊ अनि कुरो हुन्छ 
लेखकःदिनेश राज ज्ञवाली

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  घेरा दिने भित्तो मलाई घरजम मै छु

घेरा दिने भित्तो मलाई घरजम मै छु 
भीडमा गिलासको स्वादिलो झमझम मै छु

खाली र रित्तो मन ननाचे के भो र 
त्यो पाउजुको झन्कारको छमछम मै छु 

वाह वाह भन्छन् फ्याँकछन् पैसा हुर्र 
हीरा र मोतीको अहा चमचम मै छु 

यो भित्र पीडाले नहाँसे के भो र 
बाह्य त होहल्ला सहित रमझम मै छु 

यस्तै भयो कल्ले र भो एक्लो भन्छ 
टिक टिक समयको चालको हरदम मै छु
लेखकःराकेश कार्की

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  छहारीको खोजीमा ऊ निक्लिएको छ 

छहारीको खोजीमा ऊ निक्लिएको छ
सायद घामले एकाबिहानै पिएको छ 

भर्खर् भर्खर् त्यो घरमा मन अडिदैँ थियो,
सुनेँ, आजबाट चामल सिद्धिएको छ 

ढुङ्गो भगवान् भएपछि मागौँला केही,
भगवान् ढुङ्गो भएपछि चिनिएको छ 

मेरो नभएर पनि ऊ मेरो हुनेछ,
मृत्युलाई अब जिन्दगी सोंचिएको छ 

शब्दहरू बीच बाटामा हराएपछि,
रुनुपर्ने ठाउँमा पनि हाँसिएको छ 

तैँले एउटा शेर सुनाउनै पर्ने भो 'अनुराग',
यो मौनताको आधा अर्थ निस्किएको छ 
लेखकःसरोज अनुराग 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   छाती भित्र घाउ उस्तै उदास-उदास आँखा होलान्

छाती भित्र घाउ उस्तै उदास-उदास आँखा होलान् 
आँधी जस्तै यी सुस्केरा पक्कै मेरा बा’का होलान्

बा’का स्वप्न कुल्ची हिँड्दा थाहा थे’न बुझेँ आज 
भन्नुहुन्थ्यो ‘बाबु भोलि तेरा पनि छोरा होलान्’

मेरो झुप्रो जलाईँदैमा बदलिन्न मुलुक सरकार 
उही एक-दुई छिमेकीका घर-आँगन उज्याला होलान् 

आफू हिँड्ने बाटो मैले आफैँ कोरी हिँडेपछि , 
मेरो बदनाम गर्दै हिँड्ने तिनै कथित द्यौता होलान् 

धज्जी काड्नु पहिले नै सोच्ने गर्दे ए गरिबी
यिनका कोही रानी होलान् यी कसैका राजा होलान् !
लेखकःअनन्त लम्साल 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  जहाँ हुन्छ उज्यालो त्यहीं अन्धकार छ

जहाँ हुन्छ उज्यालो त्यहीं अन्धकार छ 
ईश्वरको लीला पनि बडो अपरम्पार छ ।

राग भए रागै सही यो सुखद अनुभूति
अँगालोमा आज मेरो सिंगो संसार छ ।

सुली चड्न सक्नुपर्छ सिंहासन रोज्नेले,
विधाताको कानून हेर्नुस् कति उदार छ ।

सभ्यताले बहुलाए कलियुगका मान्छे,
सबैको हातहातमा कठै ! हतियार छ ।

'नवीन'के खोज्दै हिँड्छौ आफैभन्दा पर,
पाउनु र गुमाउनुको बीचमा अहङ्कार छ ।
लेखकःनबिन घिमिरे

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   जब सूर्य लाली छर्दै उदाएको हुन्छ

जब सूर्य लाली छर्दै उदाएको हुन्छ
यो मुगलानले धेरै कुरा सम्झाएको हुन्छ

परेवाको ताँती देख्दा टोलाउँछे भन्छन्
सँगै आँगन र तुलसी याद आएको हुन्छ

ओ निस्ठुरी ! सपनीमासम्म आउँदिनौ
बालक जस्तै ऊ यसैमा रिसाएको हुन्छ

बाँच्नुमात्र जिंदगी हो सोच्ने का के कुरा
भन्लान् पिँजडामा चरी रमाएको हुन्छ

मनको मान्छे चिनेनौ र ! ऊ त्यही त हो
जो सम्झँदा अधर तिम्रो मुस्काएको हुन्छ
लेखकःभगवती कडेँल  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 ढुङ्गा फोडी कणभित्रको रुझान हेर्नुछ

ढुङ्गा फोडी कणभित्रको रुझान हेर्नुछ
फूल रोपी कविजीको गुणगान हेर्नुछ 

छाल धेरै आउँछ भन्छन् किनारामा बस्ने
बगरमा छाप्रो हाली तुफान हेर्नुछ 

धेरै छन् रे मरुभूमि सिँचाइ गर्छु भन्ने
दिल भिज्ने हो कि है'न मुहान हेर्नुछ 

मान्छेभित्र मान्छे छैन खोक्रो मानव हिँड्छ
गुरुकुलमा दिने शिक्षा पुराण हेर्नुछ

लेखकःरमेश बिमान 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 जीवनको यात्रा अन्जानमा सकिन्छ

जीवनको यात्रा अन्जानमा सकिन्छ
मान्छेको आकांक्षा चिहानमा सकिन्छ

सोच्नु त्यो पुरै गलत हुनेछ हजुर
हर पापको हिसाब दानमा सकिन्छ

यो देशको थिति यस्तो भै सक्यो
विकास बजेट चियापानमा सकिन्छ

मलाई लाग्दैन देशका समस्याहरु
कागजमा बन्ने संबिधानमा सकिन्छ

स्वार्थी माया गर्नेहरु लाई नियाल्नू
अक्सर तीज प्रेम ओच्छ्यानमा सकिन्छ ।
लेखकःराज अबिरल यात्री 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 तराईको आगो पनि निभाउनै पर्छ

राईको आगो पनि निभाउनै पर्छ 
सबैलाई मिठो आशा दिलाउनै पर्छ

यौटा भाइले हार्दा अर्को भाइले जित्छ भने
हार्नेलाई उठाएर जिताउनै पर्छ

 छिमेकी त बैरि न हुन् साँधै मिच्न खोज्छन्
"मर्दा पर्दा चाहिने" पाठ सिकाउनै पर्छ

हिमाल पग्ली पानी बन्छ, पहाड चुम्दै आउँछ
त्यै पानीले तराईलाई भिजाउनै पर्छ

जनता नै जनार्दन हुन् "आनन्द"ले बुझ 
पदमा टिक्न जनतालाई रिझाउनै पर्छ ।
लेखकःआनन्द श्रेष्ठ 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 ढुङ्गा र चट्टान गाल्नुको अर्थ हुन्न

ढुङ्गा र चट्टान गाल्नुको अर्थ हुन्न
बालुवामा पानी हाल्नुको अर्थ हुन्न

आमूल परिवर्तन गर्ने नाउँमा यहाँ
पुराना सालिक ढाल्नुको अर्थ हु्न्न 

कृषिप्रधान देश भन्ने हामीले यहाँ
गाई बेची गधा पाल्नुको अर्थ हु्न्न 

जोईपोइको झगडामा चक्काजाम गर्दै
सडकमा टायर बाल्नुको अर्थ हु्न्न 

विकास निर्माण गर्ने नेपाली पारा हेर
वर्षातसँगै सडक टाल्नुको अर्थ हु्न्न 

बेरोजगारी समस्या समाधान भन्दै
युवाशक्ति खाडी फाल्नुको अर्थ हु्न्न

लेखकःमोहन बिहानी 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 तिनका हरेक कदमले गन्तव्य छल्न थाले

तिनका हरेक कदमले गन्तव्य छल्न थाले
जब ती कदम कदममा यात्रा बदल्न थाले 

जो रोकिएन कहिल्यै, त्यो समय रोकिदैन
ती रोकिने घडी हुन् जो अस्ति चल्न थाले 

कोही अचेल अरुका बस्ती जलाउँदैनन्
जसले लिए सलाई, ती मैन जल्न थाले 

बिष पिउनु बाध्यता हो, सोचौं हरेक चोटि
बिष रोपिए अगाडि वा बृक्ष फल्न थाले

चिन्नेछ भोली कसले को हो असल बिजेता
मैले स्वयं मलाई जित्ने पहल नथाले
लेखकःअहम् स्रष्टा 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  ताकेर नलागे निशाना हुँदैन

ताकेर नलागे निशाना हुँदैन 
उडेका हावाको ठेगाना हुँदैन

ए अबुझहरु हो शरम त गर 
आकाशको कुनै सिमाना हुँदैन

कति ढुक्क छ खुँडामुनि अचानो 
कमसेकम उसँग बहाना हुँदैन

छोडिदेऊ यार अब मल्हम नगर 
प्रियसीको याद पुराना हुँदैन
लेखकःरमेश बिमान 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  तिमी पनि धर्तीमा आऊ अनि कुरो हुन्छ

तिमी पनि धर्तीमा आऊ अनि कुरो हुन्छ
दैवी शक्तिको फुर्ती नलाऊ अनि कुरो हुन्छ

परिवारसँग बसेर प्रवासीमाथि हाँस्नेहरु
मैले जति पसिना बगाऊ अनि कुरो हुन्छ

हो ठीक मेरा गजल सब बकवास हुन्
तिमी राम्रो लेखेर देखाऊ अनि कुरो हुन्छ

भो भो मेरो नाम नजोड्नु मायालुमा
कि यादमा कि निंदमा आऊ अनि कुरो हुन्छ

फेरि आयौ तिमी मलाई सम्झाउन यार
मलाई एकछिन भुलेर जाऊ अनि कुरो हुन्छ 
लेखकःदिनेश राज ज्ञवाली

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  तिमी जानु अगाडि र आउनु अगाडि

तिमी जानु अगाडि र आउनु अगाडि
म सोचिरहन्थें कसैलाई बोलाउनु अगाडि ।

यी रातहरु पनि यति अन्धकार थिएन
बिजुलीका पोलहरु ठडाउनु अगाडि ।

तस्बिरहरू हेरी मनमनै सपना सजाउँछु
तिम्रो यादले एकोहोरो सताउनु अगाडि ।

यो सरकारका जस्तै छन् तिम्रा कुरा पनि
खबर पठाउँछौ खर्च पठाउनु अगाडि ।

हे परदेशी सम्झना छ कि बिर्सी सक्यौ 
के भनेथ्यौ यो हात समाउनु अगाडि ?
लेखकःरोहित कुमार 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 घर पिरतिको बसायौ तिम्ले

घर पिरतिको बसायौ तिम्ले
मनमा उमङ्ग जुटायौ तिम्ले
 
बगर झैं यो पत्थर मनमा
दुबोसरि प्यार पलायौ तिम्ले

ढलिसकेको जीवनको मियो
केगरी छिनमै उठायौ तिम्ले

आगो, हुरी, पहिरोले नछुने
के डेरा दिलमा बनायौ आज

मुटुको भाषा नबुझ्ने मान्छे म
प्रेमशास्त्र नौलो पढायौ आज

लेखकःप्रवीण बानियाँ 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  घुमी रहेछ फनफनी दीवारको घडीसरी

घुमी रहेछ फनफनी दीवारको घडीसरी 
कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदीसरी

रहेछ दाग छातीमा बनेर याद बल्झियो 
बढेर जान्छ घाउ झन् ऊ सङ्गको दूरीसरी

उराठ लाग्दो एकलो उदास जिन्दगी हुँदा 
यी दाग घाउ लाग्दछन् अमूल्य सम्पतीसरी

सँगै हिंंडेनि लक्षमा सबै कहाँ पुगिन्छ र? 
हरेक मोडको कथा भेटिन्छ जिन्दगीसरी

अझै नि तान्न खोज्दछौ समाऊ पाउ के छ र
जहाँ म ढल्छु भूल त्यै उभिन्छ सारथीसरी

नदेऊ अर्ती भैगयो जहाँ छ स्वार्थ गर्भमा 
भन्यौ पत्याएँ तृप् छु, तीतो छ औषधीसरी

कुनै खुला किताब झैं यी श्लोक शेरमा सधैं
म प्राण पोख्छु शब्दमा र सुन्छु ढुकढुकीसरी
लेखकःआवाज शर्मा 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

     जब विद्वान आउनेछन् आगो बोकेर

जब विद्वान आउनेछ्न आगो बोकेर
अनि मात्र आउनेछ परिवर्तन आगो बोकेर

हेरौ अब कहाँ कहाँ आगलागी हुनेछ
अाज फेरि हिडिदियो मन आगो बोकेर

छतको सहरमा खरको छनो छ तिम्रो
नदेखाउ यार पागलपन आगो बोकेर

मैले बाटो पहिलाउन सके, धन्य छ उ
आएको थियो दुस्मन आगो बोकेर

थोरै मन जल्दा पुरै जिन्दगी जलि गयो
आएको रहेछ यो यौवन आगो बोकेर

लेखकःएम् पी केयरलेस 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

               खुसी अञ्जुलीमा अटेको थिएन 

खुसी अञ्जुलीमा अटेको थिएन ।
जवानी फुलीमा अटेको थिएन ।

अझै याद बाँकी छ लैजान आऊ,
हिजो बाडुलीमा अटेको थिएन ।

शिखर चढ्न जाँदा कसैले नबिर्स,
कि तेन्जिङ चुलीमा अटेको थिएन ।

सधैँ बद्लिएझैँ त लाग्थ्यो परन्तु.
जहर काँचुलीमा अटेको थिएन ।

सुरक्षा दिएथ्यो सधैँ जो सिपाही,
उही घरमुलीमा अटेको थिएन ।
लेखकःकृष्ण श्री कृष्ण 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  लुकाएको खत जब क्षत बिक्षत हुन्छ

लुकाएको खत जब क्षत बिक्षत हुन्छ

थाहा हुन्छ को कोसित मेरो संगत हुन्छ

प्रतिस्पर्धा गर्ने बानी नभएर मेरो
अन्तिम भएँ भन्दा पनि कुरा गलत हुन्छ

मेरो ईज्जत बढाउने कोशिश गर्दैछौ
तिम्रो, मेरै कारणले  बेईज्जत हुन्छ

नजरबाट झार्न सक्यौ सजिलै मलाई
दुई थोपा ऑसुमा नि कति ताकत हुन्छ !

तिम्रो खेल्ने धीतलाई मार्न चाहन्छु म  
पुतली म बनें भनें केही मद्दत हुन्छ ?
लेखकःमबि सिंह 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   हेर्दछु शहरमा गाउँमा उभिएर 

हेर्दछु शहरमा गाउँमा उभिएर !
क-कस्ले के पाए सल्लाह दिएर !

मन्दिर अगाडीको ढोकामा भगवान
माग्न बसेका छन् दानपत्र लिएर !

सत्यको जित हुन्छ भनेर ढाँटेछन्इ
तिहास मर्मत भयो शक्तिले सिएर !

के सोच्नु र यो संसार देखेपछि
रित्ताईदिउँ बरू जिन्दगी पिएर !
लेखकःझलक पौडेल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 माया छ भन्छ कोही पत्याउन नि गाह्रो

माया छ भन्छ कोही पत्याउन नि गाह्रो
सुम्पिन पनि गाह्रो हत्याउन नि गाह्रो

चुँडेर मालाबाट झारेको फूल भैँमा
उठाउन नि गाह्रो लत्याउन नि गाह्रो

जेसुकै बात गरुँ मन र उही जोडिन्छ
ठुस्क्याउन नि गाह्रो रत्याउन नि गाह्रो

ज्यादै नुनिलो भो कि सागर आँसु झर्दा
रित्याउन नि गाह्रो खत्याउन नि गाह्रो

उता सुराको प्याला यता यो चोखो मुटु
अत्याउन नि गाह्रो मत्याउन नि गाह्रो
लेखकःबिपुल सिजापति 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   तेल थपेर पनि निभाइ दिएँ

तेल थपेर पनि निभाइ दिएँ
दियोलाई पनि जिस्काइ दिएँ

पुरानो तस्विरमा रंग भर्दैथेँ
एकैछिन सोचेँ,र थन्क्याइ दिएँ

मेरो कमजोरी त्यही थियो कि!
जहाँ रुनुथ्यो त्यहीँ रमाइ दिएँ

नेताज्यू सायद रुष्ट हुनुभो
म त दुई शब्दमै अघाइ दिएँ

उस्ले यो पैसा चल्दैन भन्यो
फुकेर उस्कै हातमा पुर्‍याइदिएँ

ठोक्किएको भए गलत हुन्थेँ म
ठोक्किइन, हेरेँ, र मुस्काइ दिएँ
लेखकःप्रमेश कँडेल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   आँसु झारी रुनेलाई हसाउँन सक्ने भा”छु

आँसु झारी रुनेलाई हसाउँन सक्ने भा”छु
हो अचेल जिन्दगीलाई हिडाउँन सक्ने भा”छु

हरेक दिन कानुनको शीरै टेकी जानेहरु
प्रतिकारमा बिचारहरु उठाउन सक्ने भा’छु

मायाले नै पत्थर पनि पग्लिएको हुनुपर्छ
त्यसैले त काँडासँग रमाउन सक्ने भा”छु

आऊ मेरो बगैचामा फूलै फूलले स्वागत गर्छु
मरुभूमि भित्र फूल फुलाउन सक्ने भा”छु

आए पछी मेरो केही गजलहरु सुनी जानु
पैले भन्दा ऐले धेरै सुनाउन सक्ने भा”छु

लेखकःपिवन कन्दङ्वा लिम्बू 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  आऊ छिटो आऊ मेरो

आऊ छिटो आऊ मेरो, मजबूरिको फाईदा उठाउ ।
मिल्काउ एकै झिल्का आगो, यो हुरिको फाईदा उठाउ ।

माटो बेची शहर पसें, ढुङ्गा अझै बाँकी नै छ,
सक्छौ गाउँ फिर्ने मेरो, आतुरीको फाईदा उठाउ ।

आफु आफु लड्दै बस्छन्, रमिते त कति कति,
फाटो हाल्यौ दाजुभाईमा , त्यै दुरीको फाईदा उठाउ ।

हिजो एउटा भोली अर्कै, म्याद लामो हुन्न यस्को,
तिम्रै छ रे पालो आज, ज्यु हजुरीको फाईदा उठाउ ।

जन्मजातै पाएका छौ, आफ्नो भन्न छाती ठोक्न,
सगरमाथा बुद्ध या त, खुकुरीको फाईदा उठाउ ।
लेखकःजितेन्द्र मल्ल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो 

कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो ।
कसैलाई सुधारिरह्यो, कसैलाई बिगारीरह्यो ।

बढी मेहनती फेदमै छ, अर्को शिखरमा छ,
ऊ कमजोरी खोजीरह्यो, उसले सुधारिरह्यो ।

भाग्य नआएको हुँदै होईन, दैलो ढक्ढक्याउँदै,
अभागी हरेक पटक गलत ढोका उघारिरह्यो ।

कागजको खोस्टो फेरिदैंमा मुटु फेरिन्न रै'छ,
उता देश दुख्दा यता, देब्रे पाटो मुसारिरह्यो ।

लेखकःजितेन्द्र मल्ल 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   आकाशको जूनले पनि मीठो बाचा गर्‍यो हिजो

आकाशको जूनले पनि मीठो बाचा गर्‍यो हिजो
एक्लै थिएँ अँध्यारोमा अत्तालिँदै झर्‍यो हिजो

सोच्दै थिएँ अब धर्ती उज्यालोमा बाँच्ने भयो
बादलले छेक्यो फेरि ठूलो आशा टर्‍यो हिजो

चारैतिर शत्रु हुँदा केको खुशी मिल्थ्यो मनमा
बल्लतल्ल जुराएको भेट्ने मिति सर्‍यो हिजो

थाम्न सक्थ्यो धर्तीले नि जत्रो झरी दर्के पनि
तर मुटु टुक्र्याउन असिना नै पर्‍यो हिजो

हिंड्न खोजें बाटोले नि धावा बोल्यो पछारिएँ
झुल्के घाम नझुल्किँदै 'रामको' आत्मा मर्‍यो हिजो
लेखकःश्रीराम अधिकारी

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  उजाड छ जिन्दगी सुनसान छ

उजाड छ जिन्दगी सुनसान छ 
तर पनि यी ओठमा मुस्कान छ 

शिखर नचुम्दै सफर टुङ्गियो 
बाटो अघि केवल चट्टान छ 

मृत्यु देखी ऊ कहिल्यै डराउँदैन 
समयसँग जसको चिनजान छ 

बाँचुन्जेल कसैले मान्छे गनेन
शालिकको चैं खुब गुणगान छ 

यहाँ सबथोक लुटियो गरिबको 
छि! यो शहर कति बेइमान छ 

मन्दिरकै सामु बलि चढाइन्छ 
देखाऊ कहाँ तिम्रो भगवान छ ?

मित्रहरु मलाई पागल भन्छन् 
भट्टीमा मेरो बेग्लै पहिचान छ
लेखकःरबिन न्यौपाने 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 आफैभन्दा गरौ भारी बोकेको छ यो ज्यानले

आफैभन्दा गरौ भारी बोकेको छ यो ज्यानले
बारैमास गर्मी जाडो भोगेको छ यो ज्यानले 
 
जाबो एउटा पेट पाल्न के-के गर्नु परेन ?
कतै साचो कतै झुटो बोलेको छ यो ज्यानले

घाम लाग्दा घामै छिर्ने पानी पर्दा पानी छिर्ने
यस्तो ओड़ो शुद्ध धरी ओडेको छ यो ज्यानले

श्रम बेच्न नपाएर आफैलाई बेच्नु पर्यो
दुखियाको भाग्यै सस्तो बुझेको छ यो ज्यानले

माटो देश नहुनेलाई हेप्दा रै'छन् सबले
आफ्नाबाटै अपमान सहेको छ यो ज्यानले
लेखकःशेरू रार्इ 'उदास

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   उजुर थियो सधैं उनी मुस्कुराइन्

उजुर थियो सधैं उनी मुस्कुराइन्
विषाद बाँकी छँदै उनी मुस्कुराइन्

किन मुस्कुराएँ, रुन हिँडेको म
उनी छेउ म पुग्दै उनी मुस्कुराइन्

उनका आँसुले एक भन्यो लामो कथा
र सारांशमाझैं उनी मुस्कुराइन्

जब मैले उनको परिचय मागें
एक तमास हेर्दै उनी मुस्कुराइन्

लगा दीपु लौ यो पहेलीको अर्थ
सुँक्क सुँक्क गर्दै उनी मुस्कुराइन्

म प्रलय पर्खी समाधिमा छु कि
ल है! अब ल है! उनी मुस्कुराइन् !
लेखकःडा. दीपक खड्का 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  उमेरसँगै ममा सरेका हुन् दु:ख त

उमेरसँगै ममा सरेका हुन् दु:ख त 
हजुरबा, बुबाले गरेका हुन् दु:ख त

भाग्य त्यो एकातिर अर्को मेरो पौरख 
साँढेको जुधाइमा परेका हुन् दु:ख त 

ढलाउन मलाई तिम्रो भगवानले 
पाइला पाइलामा छरेका हुन् दु:ख त 

बेइमान त तिमी होलाऊ ऊ नि होला 
समुद्र सँगसँगै तरेका हुन् दु:ख त 

दिनेशलाई दिनेश बनाउँछु भन्दै
मलाई खोज्दै धर्ती झरेका हुन् दु:ख त ।
लेखकःदिनेश राज ज्ञवाली 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  एउटा जीवन बाँच्न कैयौ चोटि मर्नु पर्छ

एउटा जीवन बाँच्न कैयौ चोटि मर्नु पर्छ
तिमी भन्छौ रुँदा पक्का आँशु झर्नु पर्छ

यो पत्थरमा हेर ,मैले प्राण फुकिदिएँ
यसले म माथि नै अब शासन गर्नु पर्छ

किनार चुमि बस्नु समयको बर्बादि हो
यस्तो प्यास मेट्न तिम्ले सागर तर्नु पर्छ

साष्टांग मुद्रामै डुब्छ घाम जिन्दगीको
जीवन जिउनलाई कहाँ पाउ पर्नु पर्छ

जसले आकाशमा ताराहरु छर्यो
उसलाई थाह छ टिप्नलाई छर्नुपर्छ

गम्दै बसेकोछ ,लास सुस्काउँदै खुईया
चिहान सम्म पुग्न अर्को फारम भर्नु पर्छ

लेखकःटक गुरुड्ग 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 एकपटक फेरि तिमीलाई मन पराउन मन लागेको छ

एकपटक फेरि तिमीलाई मन पराउन मन लागेको छ
जसरी पुरानो एक गजल फेरि  दोहोर्याउन मन लागेको छ

जहिल्यै छानो मुनिको मुनि बस्न सिकाए ठुलाले किन हो !
मलाई  भने चरो समाएर फेरि उडाउन मन लागेको छ

ती पुराना दिनका किस्सा तिमीलाई भनौंला कुनैदिन, पख !
साँच्चै घरको निदालमा भाइको चप्पल लुकाउन मन लागेको छ

हुने खाने पनि देखियो हुँदा खाने पनि भेटायो शहरले
अब मेलामा कसैको  बच्चा हराएझैँ  हराउन मन लागेको छ
लेखकःबिप्र

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  एकै डाली काँडा र फूल कसो गरी बनाउँछ

एकै डाली काँडा र फूल कसो गरी बनाउँछ
भगवानले बनाउँदा मनपरि बनाउँछ

जिन्दगीले दिएको र नपुगेको के नै छ र?
यो मनले चाहना पो धेरैथरि बनाउँछ

जूनतारा सजिएको आकाश छ कति शीतल
उज्यालोमा त्यै आकाशले आगोसरी बनाउँछ

नदी सरी दुई जीवन पहाड मैदान नाँघ्दै बग्छ
जहाँ निर मिलन हुन्छ त्यैँ भुमरी बनाउँछ

आँसुमा त बिलाउँछ विरहको मीठो धून
गजलले त "एकतारे" अजम्बरी बनाउँछ
लेखकःसबिन एकतारे

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   ऐनाहरुको हुनसम्म मानहानी भएको छ

ऐनाहरुको हुनसम्म मानहानी भएको छ;
अचेल उ मेरै आँखाको नानी भएको छ 

जुन दिन देखी हाम्रो मन साटिएथ्यो;
जति सम्झाउँछु उति अज्ञानी भएको छ 

आगोबाट जोगिन सिकाउने उही नै हो;
जो जलेर स्वयम् खरानी भएको छ 

आफैंलाई बेचेर खै के पायौ मैले सोधें;
लजाउँदै उस्ले भन्यो आम्दानी भएको छ

 खै कस्तो फैंसला सुनाउने हो समयले;
जिन्दगानी भूलहरुको खानी भएको छ

लेखकःनबिन घिमिरे  

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

कति ठीक कति बेठीक भएका छन्

कति ठीक कति बेठीक भएका छन् 
कोही टाढा कोही नजिक भएका छन् 

शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर 
युवाहरू विदेशमा श्रमिक भएका छन् 

हिजो सँगसँगै युद्ध लडेकाहरु आज 
कोही दास कोही मालिक भएका छन् 

यहाँ देशलाई प्रयोगशाला बनाएर
केही बुज्रुकहरू वैज्ञानिक भएका छन् 

बोल्दैनन् कोही केही पनि बोल्दैनन् 
किनकि मान्छेहरू शालिक भएका छन् 
लेखकःपुरु लम्साल

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 कम्पन हुन्छ काम छुट्छ आधार झिनो भएपछि 

कम्पन हुन्छ काम छुट्छ आधार झिनो भएपछि ।
मान्छे कहाँ मान्छे हुन्छ मन अमिलो भएपछि ।

आगो, पानी, हर्दी, नून सबको मोलतोल गरेकोछु
कन्तिको तिहुन चाख्ने बेला अलिनो अलिनो भएपछि ।

गिलास् बाट पानी खाने बानी साँच्चै हट्दोरैछ
भूतपुर्वको यादै यादले ओठ नुनीलो भएपछि ।

घामले दिने आफ्नै छायाँ हाँस्यो बडो गजबले
के गर्नु त ? छायाँ भन्दा बिप्र मसीनो भएपछि ।
लेखकःबिप्र

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 कसैको भाग्यमा पीडा कसैको मुस्कान छ

कसैको भाग्यमा पीडा कसैको मुस्कान छ
अचम्म अनौठो समय यो वर्तमान छ
 
सस्तो छ झगडा, व्यापक छन् विवादहरू
दुर्लभ किन्तु समस्याको समाधान छ

जङ्गलमा मान्छे सहरमा जनावर पसे
बेघर त आजभोलि यहाँ भगवान् छ

बेइमानको देखिन्छ वाहवाही जताततै
इमान्दारको भने यहाँ अपमान छ

संसार स्वर्ग होला भनी नठान अहिल्यै
शकुनिहरूको राज अझै विद्यमान छ

कलमको दिन पनि आउनेछ जरुर
नसोच्नू सधैँ खुकुरी नै बलवान् छ
लेखकःखगेन्द्र गिरी कोपिला 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो 

कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो ।
कसैलाई सुधारिरह्यो, कसैलाई बिगारीरह्यो ।

 बढी मेहनती फेदमै छ, अर्को शिखरमा छ,
ऊ कमजोरी खोजीरह्यो, उसले सुधारिरह्यो ।

भाग्य नआएको हुँदै होईन, दैलो ढक्ढक्याउँदै,
अभागी हरेक पटक गलत ढोका उघारिरह्यो ।

 कागजको खोस्टो फेरिदैंमा मुटु फेरिन्न रै'छ,
उता देश दुख्दा यता, देब्रे पाटो मुसारिरह्यो ।

 सामन्तीले मरिमेटी, सिलाएथ्यो टुक्रा टुक्रा
सर्वहारा हाँसी हाँसी, त्यसैलाई उधारिरह्यो ।

 प्युँने चाह हुँदै होईन, झरी छल्न पसेको हुँ,
दोष उसकै हो जो मैतिर भरी गिलास सारीरह्यो ।

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 कहाँ पुगें र म कहाँ आएँ त्यो याद छैन

कहाँ पुगें र म कहाँ आएँ त्यो याद छैन 
कैले भेटिएँ कैले हराएँ त्यो याद छैन ।

बरू गजल कति लेखें गनेर भन्न सक्छु
नसोध भोटो कति फटाएँ त्यो याद छैन ।

अझै भेटिन्छन् मेरो कथा सुन्न खोज्नेहरू
मैले ककस्लाई के सुनाएँ त्यो याद छैन ।

सम्झन्छु तिमीले दिएका थुप्रै बाचाहरू
तर कसम भने कति खाएँ त्यो याद छैन ।

हिसाब त हैन तर याद छ आफ्नो हार, 
त्यसबेला कस्लाई जिताएँ त्यो याद छैन ।

ऐना अगाडि उभिँदा सधैं विचार गर्छु 
जीवनभर केके लुकाएँ त्यो याद छैन ।

जब लोकले जडित भन्छ सम्झन खोज्छु
आखिर दीपक कैले निभाएँ त्यो याद छैन ।
लेखकःदीपक जडित 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  कहाँसम्म पुगिएला यसैगरी खोच्याएर

कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।

आवारा झैं भएपछी डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।

फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर ।

मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।

ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।
लेखकःमनु ब्राजाकी 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   काँध चढी मेरै मैमाथि प्रहार गर्दैछौ मित्र

काँध चढी मेरै मैमाथि प्रहार गर्दैछौ मित्र
साँध मिची मेरै त्यैमाथि नजर तर्दैछौ मित्र
मुहान मेरो मलजल मेरो मेहनत मेरै हो सब
बाली डुबाई मेरो भकारी तिम्रो भर्दैछौ मित्र

निर्जीव किल्ला भूतले सार्यो कि तिमीले सार्यौ त्यो
बेसरम तिमी भूतसँगै मेरो नजरमा पर्दैछौं मित्र

सुन्दर शान्त तपोभूमि शान्ति क्षेत्र संसारको
तिम्रै तृष्णा बन्यो बिगार अझ कति झर्दैछौ मित्र

मेरो छोरो तिम्रो भन्छौ मेरो हिमाल तिम्रै भन्छौ रे 
सिक्किम सम्झी छलछाम गर्दै चीर मेरै हर्दैछौ मित्र
लेखकःडा रुपक श्रेष्ठ

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   कुहिरो छ र त शित लहरको छाल छ

कुहिरो छ र त शित लहरको छाल छ
कम्बल नओड बाड्ने नै जाडोको दलाल छ
 
लोडसेडिङ्ग आँखामा निदाएको यो घडी 
पानी निभाउन यहाँ आगो हालाहाल छ

बुद्ध कुल्फि भएको छ बजारमा अचेल
भर्खरै उडेको बाफलाई अबगाल छ

किन बासेको हो भालेले सम्साझैं       
बिहानी झुल्कन अझै आलटाल छ

पर्दा रङ्गीन देखीएको मात्रै हो
कि अदृश्य छायाँ कै मालामाल छ

बैंशको झोक्कामा गर्भपतन भएको यहाँ
आलो गाडिएको बच्चाको अझै सालनाल छ
लेखकःधन्कुटे कान्छा

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 के अचम्मको हुँदैछ संसार पनि 

के अचम्मको हुँदैछ संसार पनि ।
कलम बोकेर हिंड्छ तरवार पनि ।

सधैं भन्नु म तिमीलाई माया गर्छु ।
यो बचाउ पनि हो सँगै प्रहार पनि ।

कानूनको दृष्टिमा सब समान छन् ।
यस्तै मजाक गर्छ सरकार पनि ।

गाला मिलाएझैं देखायो ढुँगासँग ।
र खुकुरी उधाउँदैथ्यो धार पनि ।

त्यहाँ सयको यहाँ हजार पर्छ । 
सामानसँग बिक्दैछ बजार पनि ।
लेखकःदिनेश राज ज्ञवाली

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  के चपाए शब्दले किन यिनको दाँत टुटेको छ

के चपाए शब्दले किन यिनको दाँत टुटेको छ 
अलग कुरा हो कागजमा हाँसो खूब खुलेको छ

 हिंड्नुको भयले म चुपचाप घरभित्रै बसिरहें 
थाहै थिएन घर स्वयम् नै सफरमा कुदेको छ

 जिन्दगी रोगी रुख हो जसको यौटै हरियो पात छ 
बस् निकै खुसी छ कतै त औषधी पुगेको छ

 सदियौं देखि अपलक यी मुर्तिलाई के थाहा 
बन्द आँखा पछाडी कस्तो उज्यालो लुकेको छ

 गज़लबाटै सुन्नु कुनैदिन उडानका किस्साहरु 
एक एक प्वाँख छानी 'निरज'ले पखेटा बुनेको छ
लेखकःनिरज भट्टराई 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 केहि जितका कुरा गरौ, केहि हारका कुरा गरौं

केहि जितका कुरा गरौ, केहि हारका कुरा गरौं
अत्यचार र भ्रष्टाचारका खवरदारका कुरा गरौं

विश्वास घातका कुराहरु जता ततै चल्या वेला 
प्रतिकारका कुरा छोडी सत्विचारका कुरा गरौ

दाजुभाईनै एक आपसमा यूद्ध लड्नु पर्ने किन 
हतियार छोडी आपसमा केहि प्यारका कुरा गरौं

निमुखा र निर्धा वनि आफु–आफै गिर्ने होइन
दासप्रथाको मुक्ती पाउन अधिकारका कुरा गरौं

कति गर्नु देशका कुरा त्यहि मारा मारका कुरा 
केहि वेर त विर्सेर नै श्रृङ्गारका कुरा गरौं 
लेखकःहरि पराजुली

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   कैलेसम्म सुन्नु पर्ने, हामीहरुले भाषण अझै

कैलेसम्म सुन्नु पर्ने, हामीहरुले भाषण अझै
चलिरन्छ कैलेसम्म, तिम्रो मात्र शासन अझै
परिवर्तन धेरै भए, नाटक भए अझ धेरै
रंगमञ्चको पर्दा लाउँदै, दह्रो पार्छौ आसन अझै

अस्तिसम्म भोकै थियौ, कति चाँडै भोक बिर्स्यौ ?
भोकभोकै हुनेलाई, छुट्याउँदैनौ राशन अझै ?

जरो काटी एउटाको, ओखती त अर्कालाई
त्यसोभन्दै खडा गर्छौ, अर्को सिंहासन अझै
लेखकःभूपेन्द्र तिम्सिना 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 क्रान्तिपछि परिवर्तन बबाल भएका छन्

क्रान्तिपछि परिवर्तन बबाल भएका छन् 
हिजो बिक्नेहरू आज दलाल भएका छन्

सिङ्गो पुस्ता सहिद भयो जसलाई हटाउन
कुर्चीमाथि फेरि तिनै बहाल भएका छन् !

भोलि घरै जलाउने योजना छ तिनको 
यात्राभरि रातको जो जो मसाल भएका छन्

बित्यो जीवन दुनियालाई जबाफ दिँदादिँदै
मेरो मृत्युमाथि फेरि सवाल भएका छन्

उभ्याएका थियौं हिजो साँध जोगाउन
आज तिनै घाम छेक्ने पर्खाल भएका छन् !

लेखकःनारायण गाउँले 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  खुसी अञ्जुलीमा अटेको थिएन

खुसी अञ्जुलीमा अटेको थिएन ।
जवानी फुलीमा अटेको थिएन ।

अझै याद बाँकी छ लैजान आऊ,
हिजो बाडुलीमा अटेको थिएन ।

शिखर चढ्न जाँदा कसैले नबिर्स,
कि तेन्जिङ चुलीमा अटेको थिएन ।

सधैँ बद्लिएझैँ त लाग्थ्यो परन्तु.
जहर काँचुलीमा अटेको थिएन ।

सुरक्षा दिएथ्यो सधैँ जो सिपाही,
उही घरमुलीमा अटेको थिएन ।
लेखकःकृष्ण श्री कृष्ण

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   खोज्न हिँडे धरतीमा कतै यौटा संसार मेरो

खोज्न हिँडे धरतीमा कतै यौटा संसार मेरो 
भन्छन् तँ होस् सबको तर यहाँ कोही हैन तेरो

घामजून सँग सँगै ग्रहण पनि छाउँदो रै'छ 
आँखा चिम्ली हेर्दा बरू हटि गयो यो अँधेरो

न त भिजोस् आँखाहरू, न डाँकोमा छुटी गएस् 
ए ! दुख म भित्रै रम्नु, यही मन हो तेरो घेरो

रेखा मेट्ने खोज्दैछु म खियाएर हातहरू 
यै जालमा अल्झेका छन् जिन्दगीको सेरोफेरो

लेखकःसबिन एकतारे 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

     गर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो

गर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो,
झर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो,

नदिको किनारमा बसि अन्दाज लगाउछ मान्छे
तर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो,

जे पर्छ त्यहि टर्छ भन्नलाई त भनिदियौ
टर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो,

प्रेमिकाको बियोगमा मरिदिन्छु भन्छ प्रेमी
मर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो ॥

लेखकःपौडेल अजनबी  