तिम्ले टेक्ने मैले टेक्ने माटाे फरक छ जिन्दगी को आ आफ्नै पाटाे फरक छ ।। हिजो सम्म संगै यात्रा गरेपनी सानू आज देखि हामी हिड्ने बाटो फरक छ ।। अनिल सौगात सुवेदी Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
मैले जोत्दा तिमिले डल्ला फोरेको याद आयो अर्कै को खरवारि को घाँस चोरेको याद आयो ।। कति छिटो बित्छ दिन अनि अतीत बनी दिन्छ चौतारीमा ढुङ्गा ले नाम कोरेको याद आयो ।। अनिल सौगात सुवेदी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
सन्सार देखि दिक्क लाग्छ कुनै बेला सधै कहाँ हुन्छ ठिक्क लाग्छ कुनै बेला।। दुख अनि सुख लाई निहालेर हेर्दा दुई पाटाको एक सिक्का लाग्छ कुनै बेला ।। अनिल सौगात सुवेदी Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
मान्छेहरु सबै एउटै स्वभाव फरक फरक ईच्छा चाहाना अनि अभाब फरक फरक ।। एकै ठाउ एकै परिवेश एउटै सन्सार भित्र प्रश्न एक तर सबको जबाफ फरक फरक ।। अनिल सौगात सुवेदी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
जमिनमा छु आकाश छुन सक्दिन म चोट भए नि मुटु भरी रुन सक्दिन म ।। माया त पैसामा बिक्छ अरे अचेल गरिब भएरै तिम्रो मान्छे हुन सक्दिन म ।। अनिल सौगात सुवेदी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
किन पोल्छ छाती भन्थे चोट लुकेर पो रैछ भिज्न छाेडे परेली आशु मुल सुकेर पो रैछ ।। भित्र जस्तो भए पनि बाहिर खिस्स हास्नै पर्ने किन खुसी देखिन्नस भन्थे मन दुखेर पो रैछ ।। अनिल सौगात सुवेदी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
बिहेको निमन्त्रणा भनी पत्र लेखेर पो गयौ निहुराउदै शिर घुम्टोले मुहार छेकेर पो गयौ ।। सोचेको थिए फर्किएर आउदिनौ होला अब श्रृङ्गारिदै मेरै आगनको छेउ टेकेर पो गयौ ।। अनिल सौगात सुवेदी TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
सम्झिन्छन नारीलाई बजारको बस्तु जस्तो। अनि धन दौलतमा किन्न खोज्छन सस्तो। किन दिदैन नारिलाई साथ र हौसला यहाँ। महिला पुरुषमा भेदभाब गर्ने समाज कस्तो। नानू मगर Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
सम्मान पाउनु पर्छ हामी नारीले। आवाज उठाउनु पर्छ हामी नारीले। सधै कम्जोरी बनेर बास्न हुँदैन है। अधिकार जुताउनु पर्छ हामी नारीले नानू मगर Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
कस्तो हुन्छ पुरुष मलाई पनि थाहा छ है। पत्थर जस्तो मुटु दयाँ माया काहा छ है। ललाई फकाई गरेर फसाउने त होला नी। नारी अधिकार पाउने मलाई नी चाहा छ है। नानू मगर Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
आत्मनिर्भर कसरी गर्ने दिदी। हेप्छ सबैले कस्को भर पर्ने दिदी। भुईको धुलो सम्मस पनि गन्दैन। हामी नारि कसरी अघि सर्ने दिदि। नानू मगर Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
बाहिर राम्रो पारी अौकात लुत्न खोज्छन। आफ्नै भनि भनि सारा ढुट्न खोजछन। कसरी बुझीन्छ र त्यस्तो मान्छेको मन । ईच्छा पूरा गरि दोबाटोमै छुत्न खोज्छन। नानू मगर Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
सबै तपाईं जस्तो बुद्धीमानी पुरुष भैदिएँ। नारीलाई पनि पुरुष सम्मको नजरले लिएँ। किन हुन्थ्यो र महिलाको हत्या हिंसा यहाँ। महिला पुरुष दुबै देशको गहना भनी सम्झिएँ। नानू मगर Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
हामी महीला भएको छौ यो देशको भार। किन हुन्छ सधै गल्लि गल्लि बलत्कार। खाचो छ हामीलाई तपाईहरु जस्तै युबाको। जिन्दगि र यो समाज देखेरै भाको छु दिग्दार। नानू मगर Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
अती भयो अब सकिन समाजमा जिउन। ढुजा ढुजा मुटु फात्यो सकिन भो सिउन। महिला पुरुष दुबै ईस्वारको बर्दान हैन र। बगिरह्यो आसुको भेल गार्हो भयो पिउन। नानू मगर TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
पुरुषहरुको राज भएर हो यस्तो भाको। महिलाहरु पीडा सएर हो यस्तो भाको। के आवाज दिनु हुन्छ त्यस्तो पुरुषलाई। देशको अौकाट नै लएर हो यस्तो भाको। नानू मगर Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
अत्ति भाएको छु म त यो समाज देखेर। थाकी सके म अधिकारको न्याय लेखेर। जहाँ न्याय मागे पनि दिदैन कसैले हामीलाई खाई सक्यो पुरुषहरुले नारि अधिकार बेचेर। नानू मगर Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
भने जस्तो ब्यबाहारमा उटारे देखि। अोईलिएको फूल समाजमा सारे देखि। हामी नारि कति खुसि हुने थिएउ होला। देशको हत्य हिंसालाई सधैब बारे देखि। नानू मगर Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
नारि बिनाको बन्दैन घर भन्छ। पुरुषहरुको हुदैन कुनै भर भन्छ। साच्चै हो रैछ देश नै कब्जामा रख्छ। बाटो हिड्दा पनि हाम्रो शहर भन्छ। नानू मगर Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
नारिलाई सम्मान दिनु भयो धन्यबाद छ। दोहोरीमा स्थान दिनु भयो धन्यबाद छ। आमा सरह नारिलाई सम्मान गर्नुस सधै। मिठो मुक्तक दान दिनु भयो धन्यबाद छ नानू मगर Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
मेरो हारमा रमाउँदै आज खुच्चिंग भन्नेहरु मेरो अघि ठिक्क पार्दै साँखुल्ले बन्नेहरु दिन सबको संधै एक समान कहाँ हुन्छ र जाकिन्छन् एकदिन आफैं खाल्डो खन्नेहरु ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
सुन्दछु, सुरक्षाको नाममा तिमी बाज पाल्न थाल्यौ अनि बुझें कुटिल दिमागले नयाँ चाल चाल्न थाल्यौ सिधा-सादा परेवाबाटै तिमी असुरक्षित छौ भने नत्र भन, तीनैलाई फेरि किन दाना हाल्न थाल्यौ ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
आजको परिवेशमा पनि तिमी हिजाको कुरा गर्छौ दाँत हुनेले टोक्न सकेन तिमी गिजाको कुरा गर्छौ सात्तु बाँधेर रुमालमा काम खोज्दै हिड्दै छु म दुई छाक टार्न गाह्रो छ तिमी पिजाको कुरा गर्छौ ! सुनिल अधिकारी TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
सुख दु:ख समेटिएको गीत गाउने धोको थियो ईर्ष्या लाग्ने खालको माया लाउने धोको थियो मौसम संगै मौसम जस्तै बदलिने त धेरै भेटें जिन्दगी बदल्ने कोही साथी पाउने धोको थियो ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
म छु र त दुनिया छ र हलचल छ यो जगतै भरि ! मेरै सास रहुञ्जेल मात्र घुम्छीन् धरा सुर्य ओरिपरी म नभए दुनियामा पात पनि हल्लिंदैन भन्नेहरु चीर-निन्द्रामा सुतेछन् ती कहिल्यै नउठ्ने गरी ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
ती जो शिखर उक्लिए तीनका शान बेग्लै हुन्छ सफल व्यक्तिलाई जहाँ गएपनि मान बेग्लै हुन्छ जित्ने संधै टाकुरामा र हार्ने चाहिं कुरामा रमाउँछ हार्नेको दन्त-बजान र जित्नेको गान बेग्लै हुन्छ ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
मतलबी छौं हामी सबै यो सारा जगत स्वार्थी छ पूजाले मात्रै प्रसन्न हुने देउतै फगत स्वार्थी छ लिएको सास नछोडेसम्म अर्को सास त पाइन्न कति अनौठो आफ्नै हाड मासु रगत स्वार्थी छ ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
मस्जिद नहोस् मन्दिर नहोस् खुदा भगवान नहोस् सब समान होस् कोहि गरिब अनि धनवान नहोस् एउटै रेखा हत्केलामा होस् मेहनतको सबको कोहि गरीब मजदूर कोहि सामन्ती बलवान नहोस् ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
उज्यालो तारा झर्दा आकास खाली लाग्न सक्छ बैगुनीको भरमा पर्दा माया जाली लाग्न सक्छ ठिक्क पार्नेको भिडमा रमाउने मान्छेलाई जति सुकै ईज्जत गर गाली लाग्न सक्छ ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
राम्रो लेख्नेको रचनाहरु पनि थन्किएको देखें पज़ल लेख्ने गज़लकार चाहिं सन्किएको देखें धेरै लाइक आयो भनेर फुरुङ्ग पर्छन् सबै फोहर-मैलामै धेरै झिंगा मैले भन्किएको देखें ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
खुसीको एकपल काफी दु:खको भारी साट्नलाई एक छनक किरण भए पुग्छ बादल फाट्नलाई जति नै सुकै तेज धार रहोस् त्यो छुरीको दियो नै काम आउँछ आखिर अँध्यारो काट्नलाई ! सुनिल अधिकारी TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
चट्टान फोडी मायाको दूबो पलाउन सकेन आँसुले पनि ढुंगाको मनलाई गलाउन सकेन कसरि हटाउँ तिम्रो तस्वीर हृदयमा कुँदीएको शरीर जल्यो आगोले मुटु जलाउन सकेन ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
ज्युँदै नर्क भोगीरहें स्वर्ग देख्ने लोभको भरमा दानव बन्ने हौसला थिएन मान्छे बनें रहरमा पत्थर भए देवता भनेर पूज्थे होलान् शायद मूल्यहीन भएछु मान्छे बनेर ढुंगाको शहरमा ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
सुटुक्क तिम्रो मनको संघार टेक्ने रहर छ आजसम्म नलेखिएको चिट्ठी लेख्ने रहर छ मेरो हृदयको गहिराईमा यसरि बस तिमी विम्ब म प्रतिविम्ब तिमीलाई देख्ने रहर छ ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
जिन्दगिका सारा दुख भगाएर आएँ। तिम्रै नामको सिन्दुर पोते लगाएर आएँ। तिमी संग माया गाँसी सुख दुख बाड्न। मरेका ती इच्छा पनि जगाएर आएँ।। बिमला शर्मा"शोभा" Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
दोहोरिमा मेरि प्यारी आइ दिए हुन्थ्यो l बाचा कसम संगै बसि खाइ दिए हुन्थ्यो ll मुक्तक बाटै कुरो छिनाइ मेरो लागि तिम्ले l रातो सारी सिन्दुर पोते लाई दिए हुन्थ्यो ll दीपक"दीयालो"ढुंगाना Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
मन्को कुरा बुझ्ने माया भेटें जस्तो लाग्यो l हराएको आफ्नै छायाँ भेटे जस्तो लाग्यो ll धेरै खोजें जीवन साथी मन मिल्ने तर l आज आफ्नै दायाँ बायाँ भेटे जस्तो लाग्यो ll दिपक"दियालो"ढुंगाना Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
यादहरु सम्हालेर पर्खी बसेथें l तिम्रै माया अंगालेर पर्खी बसेथें l मलाइ छोडी हिजो अस्ति टाढा भएनी। मुटु भित्र बसाएर पर्खी बसेथें l बिमला शर्मा"शोभा" Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
छड्के हेर्दै हिड्ने तिम्रो चाल मन पर्छ l लठ्ठै पार्ने जिउ अनि डाल मन पर्छ ll साँच्चै भन्छु एउटा कुरा तिम्रो बोलि मलाइ l धरो धर्म सत्ते कसम बबाल मन पर्छ ll दीपक"दीयालो"ढुंगाना TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
सुन्दरताको बयान गर्दा मख्खै पर्छु म त l बिन्ती गर्दै पाउ पर्दा मख्खै पर्छु म त ll कैले काहीँ घुर्क्याएर रिसाए जस्तो गर्दा l फकाउँन अघि सर्दा मख्खै पर्छु म त ll बिमला शर्मा"शोभा" Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
काहाँ देखौं कहाँ भेटौं हुन्छ मलाइ पनि l पिरतिको मिठो यादले थुन्छ मलाइ पनि l जहाँ जाउ उतै देख्छु तिम्रै प्रतिबिम्ब l तिम्रो न्यानो संझनाले छुन्छ मलाई पनि l बिमला शर्मा"शोभा" Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
तिमिलाई भेटे पछि के भो के भो सत्ते l मेरो बाटो छेके पछि के भो के भो सत्ते ll भेट्ने साथै मुटु ठानी छाती भित्र तिम्ले l मेरो नाम लेखे पछि के भो के भो सत्ते ll दीपक"दीयालो"ढुंगाना Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
तिमिलाइ यो आँखाको नानी बनाइ राख्छु l मुटु भित्र माया प्रेमको खानी बनाइ राख्छु ll जुनि-जुनि साथ दिन्छु भन मात्रै प्रीये l जिन्दगिको माली अनि रानी बनाइ राख्छु ll दीपक"दीयालो"ढुंगाना Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
हँसाएर राख्छु भन्छौ रुनु पर्ने हो कि l आँसुलेनै सारा जिवन धुनु पर्ने हो कि ll रानी बनाइ राख्छु भन्छौ भन्नलाई तर l संसारकै अभागिनी हुनु पर्ने हो कि ll बिमला शर्मा"शोभा" Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
स्वर्ग जस्तो संसार दिन्छु चिन्ता नगर l दु:ख पीडा सबै लिन्छु चिन्ता नगर ll भन्छौ भने जिन्दगिका मेरा रहर बेची l तिम्रै लागि खुशी किन्छु चिन्ता नगर ll दीपक"दीयालो"ढुंगाना Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
तिम्रो माया पाए जीवन बहार हुनेछ l अनि मैले बाँच्नुकोनी सार हुनेछ ll मेरो माया लत्याएर गयौ भने कसम l साँचो प्रेमको यो संसारमा हार हुनेछ ll बिमला शर्मा"शोभा" Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
जुनि भरी दिने भए साथ हजुरले l माग्न आए हुन्छ मेरो हात हजुरलेll चोखो माया गर्नु हुन्छ अजम्बरी जस्तै l गर्नु हुन्न पक्कै पनि घात हजुरले ll बिमला शर्मा"शोभा" TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
तिम्रो घर आउछु आज जे-जे पर्ला पर्ला l माग्न लाई आजै साँझ जे-जे पर्ला पर्ला ll बाबा आमा नमानेमा हात समाइ तान्छु l नाता गोता सबै माझ जे-जे पर्ला पर्ला ll दीपक"दीयालो"ढुंगाना Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
मायाँलुको छायाँ मीठो प्रतिच्छाया मीठो प्रतिच्छाया भन्दा अझ चोखो माया मीठो मायाले नै हराभरा हुन्छिन् वसुन्धरा यस्तो लाग्छ मायालुको दायाँबायाँ मीठो ll कोमल भट्ट Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
प्रतिक्षामा बस्दा बस्दै नराम्ररी थाकेको छु लखेट्दैछन् निराशाले अत्तालिँदै भागेको छु जताततै तेर्सेकाछन् तगारा र काँडा मात्रै कसो गरी आउँछ्यौ प्रिया,अब आशा मारेको छु ll कोमल भट्ट Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
शिर माथि छामी हेरेँ केशै छैन जस्तो लाग्यो अस्तित्व नै उदाङ्गियो भेषै छैन जस्तो लाग्यो धोका पाउँदा नेपालीले रोएको छ आत्मा आज मुटु भरि खोज्दा पनि देशै छैन जस्तो लाग्यो ll कोमल भट्ट Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
नेपालीलाई तिम्रो चोखो विश्वास भए लाख हुन्थ्यो डाँडा काँडा कन्दरामा विकास भए लाख हुन्थ्यो काटामारको संविधान त्यो किन चाहियो नेपालमा गरीवलाई गाँस,बास,कपास भए लाख हुन्थ्यो ll कोमल भट्ट Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
आफ्नो देशको ताल देख्दा चित्त दुख्छ नेपालीको शकुनीको चाल देख्दा चित्त दुख्छ नेपालीको कति वर्ष कुर्नु पर्ला संविधानको लागि अझै सधैँ हाताहाल देख्दा चित्त दुख्छ नेपालीको ll कोमल भट्ट Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
के होला र नेताज्यूलाई,नेपालीका निराशाले पग्लिंदैनन् पाषाण मूर्ति,कहिल्यै पनि गुनासाले आफू बने पुग्छ सबलाई,देशको चिन्ता छैन अब के को विवेक राख्छन् यहाँ निष्ठुर रक्तपिपासाले ll कोमल भट्ट Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
कसरी भनौँ खै ! हाम्रो यथार्थता कसले चाहन्छ र यहाँ अखण्डता विखण्डन मात्रै चाहेकाछन् सबले एकादेश कै कथा भयो अब एकता ll कोमल भट्ट TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
एउटा कुरा बुझौँ सबले संघर्ष हो जीवन हाम्रो रोदन मात्र हुन्न सधैँ प्रहर्ष हो जीवन हाम्रो कुर्न सक्नु पर्छ हाम्ले बेला आउँछ मुस्कुराउने उठ्नु पर्छ माथि माथि उत्कर्ष हो जीवन हाम्रो कोमल भट्ट Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
फूल सरी सरीको शुभकामना तिमीलाई मुटु भरि भरिको शुभकामना तिमीलाई सुख ,शान्ति ,सम्वृद्धिले,भरिपूर्ण होस् सधैं नै अनि घरी घरीको शुभकामना तिमीलाई ll कोमल भट्ट Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
मस्ती गर्ने गरेकै छन् हाम्रो नेपालमा भुँडी भर्ने भरेकै छन् हाम्रो नेपालमा कस्ले हेर्छ बेथिती र लथालिङ्ग चाला मर्नेहरू मरेकै छन् हाम्रो नेपालमा ll कोमल भट्ट Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
आफ्नो मुटु मात्रै प्यारो,ठान्न थाल्यो आज मान्छे अर्को माथि तीखा वाण,हान्न थाल्यो आज मान्छे जिन्दगीको मूल्य केहो ? बिर्सिंदै छ धमाधमी निजी स्वार्थ सर्वोपरी,मान्न थाल्यो आज मान्छे ll कोमल भट्ट Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
हाँस्दै खेल्दै अघि बढ्ने,चाहा हुन्छ जिन्दगीमा सुख शान्ति ओझेल पर्दा,डाहा हुन्छ जिन्दगीमा घाम,पानी,हुरी,बतास,खप्नु पर्छ बारम्बारै आफ्नो दर्द आफैंलाई नै,थाहा हुन्छ जिन्दगीमा ll कोमल भट्ट Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
प्रतीक्षामा एउटा मुटु टुक्रिएको धेरै भयो व्यग्रताले आँसु धारा वर्षिएको धेरै भयो अनायासै बन्द भए भरोषाका बाटा सबै कल्पनाको सीसमहल भत्किएको धेरै भयो ll कोमल भट्ट Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
पीडाहरू छाती भित्रै,लुक्दारैछन् कहिले काँही रुँदा रुँदै आँसु सबै,सुक्दारैछन् कहिले काँही के के खप्नु पर्ने हुन्छ,थाहा हुन्न जिन्दगीमा स्वाभिमानी शिर पनि,झुक्दारैछन् कहिले काँही कोमल भट्ट Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
दुःख पर्दा दुख्ने मुटु मेरो पनि छ है चोट पीडा पुग्ने मुटु मेरो पनि छ है पत्थरत मेरो मन पक्कै होइन बुझ सिसा झैं टुट्ने मुटु मेरो पनि छ है|| मगर मोहन TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
अशान्ति मै विते यहाँ कैयौँ कैयौँ सालहरू बिग्रिएर भताभुङ्गै भएका छन् हालहरू घाम जून नपाएर ओइली सक्यो जिन्दगी यो बारम्बारै आक्रमण छ पल्किए कि कालहरू ? कोमल भट्ट Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
ठुटे चोली घरबुनाको गुन्यु लगाई घरी घरी यिँ निदरी उत्ताउली छिन घुम्छिन आँखा वरिपरि मलाई पनि यथार्थमा झल्को देखाइ देऊन कसम् आँखा अघि उभिएर स्वप्न दिन्छ्यौ थरि थरि AGYANI Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
मायाको तलाउ सुकाएर जान्छ उसैले पटक पटक मन दुखाएर जान्छ उसैले जसको आफ्नो भन्दानि बढी भर पर्यो बिश्वासको डोरि चुडाएर जान्छ उसैले Beekee Sudha Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
दिन दिनै तिम्रो त रंगीन बन्दैछ जीन्दगी ! मेरो भने तिमीबिना अर्थहिन बन्दैछ जीन्दगी !! तिम्ले जस्तै हाँसी खुशी जीवन जीउँला भन्दा भन्दै , हिजो भन्दा आज झन कठीन बन्दैछ जीन्दगी !!! TN mUkH¡¥A Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
मेरो मनको आश मारी जान्छ्यौ भने जाउ मलाई एक्लैएक्लै पारी जान्छ्यौ भने जाउ मेरो वस्ती तिमीलाई विरानोझैं लाग्छ भने अन्तै तिर बसाइँ सारी जान्छ्यौ भने जाउ|| मगर मोहन Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
चौरी अनि मुनाल डुल्ने हिमाल रहन्न हेर सिमानाको लगाईएको पर्खाल रहन्न हेर अझैनि भ्रष्ट कुकुरहरुको भरमा पर्यौं भने भोलि पर्सि हाम्रो प्यारो नेपाल रहन्न हेर|| मोहन मगर Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
चौरी अनि मुनाल डुल्ने हिमाल रहन्न हेर सिमानाको लगाईएको पर्खाल रहन्न हेर अझैनि भ्रष्ट कुकुरहरुको भरमा पर्यौं भने भोलि पर्सि हाम्रो प्यारो नेपाल रहन्न हेर|| मोहन मगर Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
पात संग फूललाई दाज्ने नगर ढुंगा संग नौनीलाई दाज्ने नगर दाज्न मिल्छ समान कुराहरु मात्र धन संग मायालाई दाज्ने नगर !! विक्लान्त TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
फेसन भन्दै कपडा आधा लाएर नहिड संस्कृति भुलि रि मिक्स र पप गीत गाएर नहिड मंहगो छ चेली नारीको इज्जत बुझेनौ तिमीले रात र साँझ डिस्को र डान्सवार धाएर नहिड प्रकाश अधिकारी Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
तिमीलाई के थाहा तिमी के हौ मेरो लागि फूल हैन अनुभूति हौ बास्नाको मेरो लागि फूल भए ओईलाएर झरी सक्नेथ्यौ शायद शरीर म, मेरो आत्मा हौ तिमी मेरो लागि ! सुनिल अधिकारी Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
आगोले पोल्छ भन्ने थाहा हुँदा हुँदै। मिठो बचन बोल्छौ रिसाहा हुँदा हुँदै। छोड्नु पर्छ चोखो माया भय पछी, यौवनको मन भित्र चाहा हुँदा हुँदै। विजय कुमार के.सी. Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
मोहबाट मुक्त भएँ कुनै रोष बाँकी छैन तरल छैन रित्तिएका आभामा ठोस बाँकी छैन आफै हुँ बाटो बिराऊने र समयलाई चुनौती दिने सकियो अरुलाई लगाऊन मिल्ने दोष बाँकी छैन विजय कुमार के.सी. Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
तिम्रा आँखा हेरेर मनका कुरा बताई दिन्छु ! तिम्रा पीडा सबै मेरो मनमा म अटाई दिन्छु !! तिमी भन्छौ जीवन काट्न सबथोक चाहिन्छ तर म तिम्लाई हेरेर जिन्दगी कटाई दिन्छु !!! शिला कार्की Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
प्रेम प्रस्ताव तिमी लाई राखौ जस्तो लाग्यो ! तिम्लाई पाउन देवि देउता भाकौ जस्तो लाग्यो !! एउटा भएको मुटु पनितिम्लाई जिम्मा लगाएर अर्को मुटु देउता संग मागौ जस्तो लाग्यो !! शिला कार्की Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
अजम्बरी माँया को यो प्यार दिए पछी दुई मुटु लाई एक पार्ने बिचार दिए पछी तेहि दिन देखि लत बसेको छ सम्झिरने छुट्ने बेला उस्ले मुटु उपहार दिए पछी शिला कार्की Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
मेरो देशमा जब पैसा बोल्छ नी सत्य लुक्छ देशका लागि बोल्नेको यहाँ घाँटी मात्र सुक्छ जन्ताको खुन र पसिनामा चुर्लुम डुबेका नेता नेपाल र नेपाली रुदा ईनको मन खै काहा दुख्छ शिला कार्की TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
टीका सँगै आँखामा गाजल नलगाउने अर्डर आयो शोर सिँगार ओठमा लाली नसजाउने अर्डर आयो मस्त निन्द्र बाटै बिउझिए भन्दै थियो उस्ले मलाई हात का चुरा मध्य रातमा नबजाउने अर्डर आयो शिला कार्की Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
म सँग तिमी भईदिए जे पनि आँट्न सक्छु म हेरेर नै तिमी लाई जिन्दगी काट्न सक्छु म तिम्रो साथ पाए भने तिम्रा गल्ति लुकाउन दुनिया त के देउता लाई नि ढाँट्न सक्छु म शिला कार्की Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
जित्छौ भने तिमीले म हाँसी हाँसी हारि दिउला लुटाएर सारा खुसि मनका रहर मारि दिउला जित्नु मात्र माया हैन हार्नु पनि माया नै हो हसाएर तिम्लाई सधै मैले आँसु झारि दिउला शिला कार्की Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
सपनिमा आउछौ संधै तिमी मलाई सताउन के छ बाँकि भन अझै तिम्ले मलाई बताउन ई आँखामा तिम्रै तस्बिर सजाएर राखे मैले आदेश दियौ तिम्ले आज मुटु बाटै हटाउन शिला कार्की Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
आफ्नै बनाई लाने भए डोलि लिएर आउ सिन्दुर पोते चुरा सँगै चोलि लिएर आउ घमन्डि छन दाजु भाइ ठुला कुरा गर्छन मन जित्न सक्ने मिठो बोली लिएर आउ शिला कार्की Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
पाइन्न रे भाग्य भन्दा अधिक जिन्दगिमा भाग्य भन्दा के छ अरु नजिक जिन्दगिमा तिम्रा काम सबै ठिक भए गल्ति भए पनि मैले गर्या काम सबै भए बेठिक जिन्दगिमा शिला कार्की Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
हिजो त कामले थाक्या थिए झठ्ठै । त्यही कारण हजुर सुति दिए झठ्ठै । एक झप्को निद्रा परेन रातभर , खोइ कस्को यादले ब्युझिए झठ्ठै ।। कृष्ण प्रताप महत Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
आज किन दुबै आँखा फरफर गर्दैछ । चुलो तिर आगो फेरि भरभर गर्दैछ । शुभ हो कि असुभ हो दुबै सङ्गै हुनु, यहि डरले कोमल मुटु थरथर गर्दैछ।। कृष्ण प्रताप महत TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
ढेडु जस्तो तिम्रो मुहार खुबै तारिफ गर्नु भन्दा । आफू जिउदै मरि-मरि तिमिलाइ खुशी छर्नु भन्दा। कति झुठो बयान गर्नु सधै झुठो कसम खाइ, आमा-बाउ सङ्ग जिउछु तिम्रो लागि मर्नु भन्दा।। कृष्ण प्रताप महत Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |
घरबार गरि कसैको जोई बन्ने हौली । यसो गरम उसो गरम बूढो भन्ने हौली । आधा माघ जादापनि अझै हतार छैन किन ? ख्याल गर है कोहि कोहि बुढीकन्या हौली।। कृष्ण प्रताप महत Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
राम्री होस या नराम्री काली होस या गोरी सफा राखोस घर आँगन नबनोस फोहोरी यति भए पुग्छ मलाई अरु केही चाहिदैन मुक्तक बाटै लान्छु आज ससुराको छोरी राजेश पाठक Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
यो दिलमा बढ्न थाल्यो मायाको तरंग चढेर यो जवानी होला बढेको उमंग देख्छु सुन्दरीको तस्बिर बर्बराउछु एक्लै मध्य रातमा पनि हुन्छु झसङ्ग झसङ्ग !!! राजेश पाठक Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku |
भमरा भै तिम्रो दिलमा आउने मन छ काली तिमी सँगै चोखो प्रीति लाउने मन छ काली ढुकुरको जोडी जस्तै बनोस् हाम्रो यो जोडी तिमीलाई दिलको रानी बनाउने मन छ काली !!! राजेश पाठक Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
मिठा मिठा मुक्तक हरु गाउ है मुक्तक दोहोरीमा माया लाउने मन भए आउ है मुक्तक दोहोरीमा उमेर ढल्की जाँदा पनि नमेटेला मनको रहर मन परेको आफ्नो जोडी बनाउ है मुक्तक दोहोरीमा !! राजेश पाठक Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
माफी चाहन्छु प्रीयसी गल्ती भए मेरो तिमी मात्रै राम्री देखेँ हेर्दा सेरोफेरो माया गर्छु बदलामा माया मागेको छु हाँसीहाँसी दिनु जवाफ् नमानी अप्ठेरो !! राजेश पाठक Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku |
सबैको मन न हो दुख्छ भन्ने सोच बैँस त भेल न हो सुक्छ भन्ने सोच ।। धेरै अहम बोकेको राम्रो हुदैन सानू फलेको हागो सधै झुक्छ भन्ने सोच ।। सौगात सुवेदी TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku |
सबैको मन न हो दुख्छ भन्ने सोच बैँस त भेल न हो सुक्छ भन्ने सोच ।। धेरै अहम बोकेको राम्रो हुदैन सानू फलेको हागो सधै झुक्छ भन्ने सोच ।। सौगात सुवेदी Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita |