104 NEPALI GAZAL SHANGRA

  हरेक पल साहसी चल्ने मुटु हौ तिमी
बाहिर जिउँदैभित्र जल्ने मुटु हौ तिमी

सुखमा हास्ने दुखमा रुने किन होला
पापी रिसले छाती बल्ने मुटु हौ तिमी

मान्छे खराब जमान उस्तै छन हेर्नुस्
दुनियाँलाई ढाट्ने छल्ने मुटु हौ तिमी

कहिले हर्ष उमंगले हासिल हुदोरहेछ
पीडा बेथितिहरुले ढल्ने मुटु हौ तिमी

सोच्दा खेरि एक मजाको जिन्दगी छ
समयको घडीले धकेल्ने मुटु हौ तिमी
फुर्बा शेर्पा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 तिम्रो मन र मेरो मन उस्तै नहोला।
ब्यबहार बोली बचन उस्तै नहोला।

तिमी महलको संतान म हूँ झुपडिको।
त्यसैले हाम्रो वालापन उस्तै नहोला।

आमाको काखमा सुतेर कहिलै सोचिन।
सधै भरी मेरो वजन उस्तै नहोला।

पक्कै ग्रीष्म पछि बर्षाद आउछ होला
त्यसपछि त मन जलन उस्तै नहोला।

हिजो खुट्टा छोप्नेले आज पिडुला देखाए।
झन भोलिको रहनसहन उस्तै नहोला।

महेन्द्र मिश्र जुडास

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 हराए रहरहरु, अनि आशा जिन्दगीको!
सकिएन कतै भेट्न, परिभाषा जिन्दगीको!

पिंजडाको चरी जस्तै, थुनिएर म बसेकोछु!
खोजेँ धेरै भेटिएन,क्यै निकासा जिन्दगीको!

बिना तयारी परीक्षा, लिदैछ आज मलाई !
हजारौं रैछ मेरा त , ती गुनासा जिन्दगीको!

संसारको सबै भन्दा, रै छु दुखी म अचेल,!
तर पनि थपिदैछन्, यो निराशा जिन्दगीको!

जतिसुकै इमानदार, देखाए पनि यहाँ !
पटक पटक हुन्छ, तमासा जिन्दगिको !

पुर्नीमा थापा

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  दुःख सुख बढौं  भनि माया गरेको हो।
भन सानू किन तिमी पाखा सरेको हो।

कति माया गर्थें मैले यो मनलाई सोध।
घृणा  गर्यौ र त नजर, बाट झरेको हो।

सधै तिम्रै बन्छु मुटु भित्र बस्छु भनी।
हरेक पल् तिम्रै यादमा म मरेको हो।

एक्लै छु भन्दै मेरै, सामु रुदै आयौ।
फूल बनी बगैचामा, वास्ना छरेको हो।

भुलेर पनि नभन्नु, निष्ठुरी मलाई।
सात समुन्द्र तिम्लाई, भुल्न तरेको हो।

तिम्रै नजिक पर्दा म, तिमी टाढा भयौ।
अनि पो त मैले बाटो,खोज्न परेको हो।
पुर्नीमा थापा 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 किन कोसिस् गर्छौ माया ,घटाउनको लागि।
झन आउछन् तिम्रा याद , सताउनको लागि।

आफ्नै भनि मायाको दुरि, बढाउन खोजेको।
जति तिम्ले कोसिस गरे ,हटाउनको लागी।

भन्नु पर्ने धेरै थियो , मनको अधुरा कुराहरु।
त्यसैले त  नजिक आएँ  ,बताउनको लागि।

मलाई भन्दा धेरै माया, सधै तिमीलाई गरें ।
बोलायौ  देउरालीमा डाडै, कटाउनको लागि।

ढुङ्गा जस्तै तिम्रो मुटु पगाल्न सकिन कहिलै।
आखिर माया दिएछु केबल ,मताउनको लागि।
पुर्नीमा थापा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  दलालिले परदेशमा बेच्दा रोएँ आमा।
नोकर्नी त ,भन्दै सबैले हेप्दा रोएँ आमा।

तिम्रो हातले पकाएको खाना सम्झिदै।
पानी संगै रोटीले भोक मेट्दा रोएँ आमा।

छातीमा टाँसेर सुत्छु तिम्रो तस्वीर सधै।
सपनिमा तिमी संगै खेल्दा रोएँ आमा।

चाल्दै थिएँ संघर्षका पाईलाहरु प्रदेशमा।
आफ्नै भन्ने मान्छेले बाटोछेक्दा रोएँ आमा

दुःख पीडाहरुलाई, समेटेर मनमा राखें।
अनि गजल बनाए लेख्दा रोएँ आमा।
पुर्नीमा थापा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  ढुङ्गाको मन तिम्रो ,पगाल्न सकिन मैले/
तै पनि अन्तै पाईला , चाल्न सकिन मैले/

आँसु भित्र रुमलिएको छ मेरो जीवन/
जहरमा डुबेर पनि , ढाल्न सकिन मैले/

मुटु भित्र याद काँडा बनेर बिझाउछ/
खै किन हो निकालेर ,फाल्न सकिन मैले/

निस्ठुरीले छिया छिया पारेको मुटु मेरो/
हो सियो धागोले पनि ,टाल्न सकिन मैले/

कसम ढुङ्गे मुटु मैले नी बनाउने थिएँ/
तर दिल भित्र पत्थर ,हाल्न सकिन मैले/

पल पल यादमा तड्पिएर बाचेको छु/
जिउदो लास चित्तामा,बाल्न सकिन मैले/
पुर्नीमा थापा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   तिमी मेरै हुनै पर्छ भन्ने, दवाब छैन म संग /
के भयो भनि नसोध्नु कुनै,जवाफ छैन म संग /

तिम्ले दिएको चोट अनि,पिडाहरुले घायल छु /
साच्चै नै जिउन सक्ने कुनै,आधार छैन म संग /

प्रेमको परिभाषा अनि,उचाई सोध्छौ भने तिमी /
मुल्यांकन गर्ने कुनै यन्त्र अनि,नाप छैन म संग /

ज्यूने बाहानामा पिएर, भुल्थे होला तिमीलाई /
आखिर पिउनलाई सराबको साथ छैन म संग /

जुनी भरी मेरै हौ भन्नेले, जिन्दगि लुटेर गयो /
रित्तो रित्तो भएछु समाउने हात छैन म संग /

पुर्नीमा थापा 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 हेरे तीमीलाइ इज्जत देखी डराएँ

हेरे तीमीलाइ इज्जत देखी डराएँ
कहीलै नबोलेको मत देखी डराएँ ।

भन्दैथ्यो मेरै मन्, थुक्क नामर्द
प्रेममा हुने हीफाजत देखी डराएँ ।

म संगको स्वतन्त्रता स्वतन्त्रै हुदै
सही भीत्र हुने गलत देखी डराएँ ।

प्रेम दुबैले पाउने कसैले नगुमाउने
आबश्यकै त्यो जरूरत देखी डराएँ ।

दीलको स्कुल पुग्ननै बाकीछ मलाई
कसैको भको परिणत देखी डराएँ ।

सरोबर साही

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 जहाँ तिमि त्यही पुग्ने आदत छैन मेरो।
दुनियाँलाई लागेजस्तो लत छैन मेरो।।

बहन्थेँ म नशा नशा, हुँदै शरीरभरि
कुनै रक्तकोष सित सङ्गत छैन मेरो।।

जे जे बोल्छौ सबै सहि अहँ हुँदै हैन
राष्ट्रघातमा कदापी यो मत छैन मेरो।।

मेरो काखमा मेरो देश छ, माफ गर प्यारी
तिम्रै प्यारमा लुट्पुटिने छत छैन मेरो।।

कसोगरी चिन्छेउ कठै! तस्बिर हेरेर त
चिन्ने आधार कहिँ कतै खत छैन मेरो।।

आस्था, निष्ठा , सत्यतानै धर्म यो 'छवि'को
कुनै बाइबल कुनै कुरान, भागवत छैन मेरो।।
छवि श्रेष्ठ

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  म बाच्दिँन अब मर्छु, अन्योल छ आजभोली।
खोइ कुन्नी कसो गर्छु, अन्योल छ आजभोली।।

कोहि आई चुडिँ लगि, रोपि उस्को दिलभित्र
सिचाइ गरे पक्कै सर्छु, अन्योल छ आजभोली।।

जङ्घार तर्न खोज्दैछु म, बटुलेर आटँ सारा
डुब्छुकी म पार तर्छु, अन्योल छ आजभोली।।

तिमि भाकै ठाउँमा आउँछु, हात दिई तानेउ भने
नत्र फूल्नै नपाई झर्छु, अन्योल छ आजभोली।।

आजै मेरी, भोली मेरी, कस्सम तिमि मेरी तर
भन्दिन म सिउँदो भर्छु, अन्योल छ आजभोली।।

------छवि श्रेष्ठ

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   कसरी हासु मनभित्र आगो बलेको बेलामा!!
मलाई आफ्नै भाग्यले पनि छलेको बेलामा !!

ओरालो लागे मृगलाइ यहाँ बाच्छाले खेद्छ
खाक भएर सपना सारा जलेको बेलामा !!

न खान मनछ न लाउन मनछ के भयो खै
भएर लुलो जिन्दगी पुरै गलेको बेलामा !!

सग्लो आसामा मेहनत पनि गर्न्नु गरियो
गाठा र गुठी ऐँजेरु बनी फलेको बेलामा !!

रिंगटा लाग्छ भाउन्न हुन्छ देखिन्न अँखा
पुगेर बाच्न जिन्दगी भुइँमा ढलेको बेलामा !!
सुरेश कार्की निसद

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   चुहिएको छ पाली भत्केको छ घरबार!!
नत सुन्छ्न् गाउँले नत सुन्छ सरकार !!

गरिबिको पहाड ले थिच्नु सम्म थिचेको छ
अझै लगाउछ्न् घाटिमा महँगिको तरबार !!

हुने लाई थपेर नहुनेको लुट्न खोज्छ्न
पाको छैन मैले जीवन जिउनुको आधार !!

मोलमोलाइ तनको खोज्छन् आत्मा पनि
मरेर पल पल बाच्नुको के हुन्थ्यो सार!!

नदिको किनारा झै नभेटिने भो जिन्दगी
नत भेट भयो न लागाउन सकियो पार!!

सुरेश कार्की निसद 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  समान बगैचा फुल बनाउछ रे उ!!
हातेमालो गर्ने हुल बनाउछ रे उ !!

असान्ती हिम्सा मन पराएन उस्ले
सान्ती लेखिएको तुल बनाउछ रे उ !!

इन्जिनियर खोजिदिनु भन्दै थियो
मुटु मुटु जोड्ने पुल बनाउछ रे उ !!

भाइचारा बन्दु भाब दिगो बनाउन
एउटै जाती धर्म कुल बनाउछ रे उ !!

पुरै नेपाल हराभरा बनाउन लाई
खारेर पहाड मुल बनाउछ रे उ !!

सुरेश कार्की निसद 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  पंखा खोलाको डुङ्गा मा भेटिन्न!
देशभक्ती ट्यापे बुङ्गा मा भेटिन्न!!

यहाँ भगवान चाहिए आफन्त हेर्नू
बिना आत्माको ढुङ्गा मा भेटिन्न!!

सुरिलो भाका सुन्नलाइ आयौ तिमी
बासुरी खोज मुर्चुङ्गा मा भेटिन्न !!

जति लगाउ तिमी बिदेसी पहिरन
बुलाकी जस्तो मुङ्गा मा भेटिन्न!!

पंखा खोलाको डुङ्गा मा भेटिन्न!
देशभक्ती ट्यापे बुङ्गा मा भेटिन्न!!
सुरेश कार्की निसद 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  बाउको अंश चिरियो..मुग्लान छिरियो!
लाखौँ पैसा तिरियो...मुग्लान छिरियो!!

कमाउँछु धन अनि...खुसी ल्याउँछु भनी!
रित्तो झोला भिरियो...मुग्लान छिरियो!!

स्वाभिमानी नेपाली .. शिर झुकाई आज!
दासत्वमा गिरियो ....मुग्लान छिरियो!!

बेदनाले पोल्छ मुटु....छोडेदेखी गाउँघर!
आफ्नै मन पिरियो....मुग्लान छिरियो !!

उपलब्धि पाउन केही सकिएन अझैपनी!
ब्यर्थै घुमी फिरियो ....मुग्लान छिरियो!!

हरीहर कँडेलजीवन 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  किनबेच गर्ने अनौंठो बजार भएँ म।।
गहकिलो चमक दिने संसार भएँ म।।

हेरी रहे निष्ठुरीलाई छुन सकिन कैले।
उस्को नजरमा समुन्द्र पार भएँ म।।

आर्थिक कम्जोरीले बिदेश लाग्नु पर्यो।
बिदेशमा धन कमाउदै निखार भएँ म।।

छोडि गईन् निष्ठुरीले बिदेशिनु पर्दा।
बाध्यताले बियोग हुन तयार भएँ म।।

सपना चक्नाचुर भयो पागल बन्न पुगे।
बारीको काम नलाग्दो झार भएँ म।।

जति प्रेम गर्दा पनि कमि हुन थाल्यो।
मायामा भोगी बनेर लाचार भएँ म।।

निष्ठुरीको तस्बिर हरु झुले नयन भरी।
युद्ध लड्ने जस्तो खुकुरी धार भएँ म।।

दृष्टि हरु हेर्न सकिन सिर उठाएर कैले।
संसार भरी ब्याकुल बनि भार भएँ म।।

साहित्यको किताब पढे विवश बनेर।
दुनियाको अगाडि गजलकार भएँ म।।

प्रकाश मगर बियोगी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  प्यार बेच्ने दोकान गल्ली गल्लीमा छन् ,
प्यार किन्ने बेईमान गल्ली गल्लीमा छन् |

कलियूगे कृष्ण यसो भन्दै थियो ..
मेरा प्रेम निशान गल्ली गल्लीमा छन् |

शंका नगर् पापी आमाको गर्भमा ,
देश बोक्ने सन्तान गल्ली गल्लीमा छन् |

झ्याल खोलेर हेर महलका महाराज ,
गरिबीका पहिचान गल्ली गल्लीमा छन् |

मदन खाडी गयो मुना एक्लै छाडी ,
गिद्धका बथान गल्ली गल्लीमा छन् |

रातभरी सुत्दैन तर्सिएर नेता ,
शहीदका चिहान गल्ली गल्लीमा छन् |

प्यासी त तिमी हौ, 'सागर' कहाँ धाउँछ !
बुझ्नुपर्ने उखान गल्ली गल्लीमा छन्|

जे.सागर

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   ज़िन्दगि ढलेर गयो
माटोमा गलेर गयो !!

आज आएर नियति
बेसरि छलेर गयो !!

चमत्कार वा बिड्म्बना
पानि त्यो बलेर गयो !!

नहुन रहिछ र त
कलि यो फलेर गयो !!

संसार न बुज्दै बालक
अकाल्मै चलेर गयो !!

चारै तिर रूहाबास
यो छाति जलेर गयो !!

क्षाक टार्नि अनाज त्यो,
माटोमा मलेर गयो !!

ज़िन्दगि ढलेर गयो
माटोमा गलेर गयो !!

प्रकाश पाठक योगि

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  नरुनु आमा दसैंमा तिमि सम्झेर मलाई
लगाउनु टिका जमरा पनी हर्स मा रमाई

छितिज पारी बिवश छू म बांचेकै हासेंकै
आसीस दिनु प्रणाम गरें सीर यो नुगाई

छिमेकी घर पिडीमा सबै हाँसेर बसेका
अरुका जोड़ी प्यारिले देख्दा कस्तो भो पर्खाई

नबस्नु भोकै हे मेरी आमा ब्याथाले सताउछ
पकाई रोटी परिकार अनेक हँसाई खुवाई

आंसुले बाटो छेकेर भन्यौ नजाऊ प्रदेस
आउछु भनी गरेथें बाचा हुंदा म बिदाई

छुटियो साथ मेटियो बाटो कसरी आंऊ म
बाबुले भन्छ बाबा खै ममी ल्याएको मिठाई

प्रतिक्षा लामो निरास भयो अधुरो जिन्दगी
लुटाई खुसी जवानी सारा प्रदेश्मा बिताई

अभागी रैछु फूटेको कर्म भाग्यमा लेखेको
बुझाऊ प्यारी सम्झाई मन परेली भिजाई
सागर भण्डारी "बिभोर"

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  जब बिस्तारै डुब्दै जान्छ घाम पर्न थाल्छ पिर
हेरत मन्दिरमा मौन छन् राम पर्न थाल्छ पिर !!

अलि-अलि भएको त्यो अन्न पनि लगिस दैब
परिवार पाल्नलाई छैन नि दाम पर्न थाल्छ पिर !!

कुनाबाट आएर छोरो जाडोले काम्दै भन्दछ
खै त बाबा अझै पाकेन माम पर्न थाल्छ पिर !!

बर्षौ देखि पसिना तेहि साहुकोमा बगाए मैले
आज आएर छैन भन्छ काम पर्न थाल्छ पिर !!

सकिननि ति लाला बाला चटकै छोडेर हिन्न
पिर पर्यो उस्तै बसु कि जाम पर्न थाल्छ पिर !!

पल्लो गाउँको दाई छुट्टिमा आएका रैहेछन
भन्दैछन् कमाई हुन्छ धुमधाम पर्न थाल्छ पिर !!
प्रकाश पाठक योगी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  डर लाग्छ मेरो देस हराउला कतै
आफ्नै पहिचानमा डराउला कतै !!

अति गर अत्याचार नगर राजै
चिहान बाट मुर्दा कराउला कतै !!

पैसाको भरमा ठुलो नबन तिमि
समयले रूदै हिड्ने गराउला कतै !!

देखेर पनि अंधोझै बन्नेहरू हो
मेरा सब्दले छाति चराउला कतै !!

घ्रिण! गरि लत्याएर फाले पनि
मेरो लासले आखा भराउला कतै !!

बिरहमा म संगै रोईदिने चरि
नदेख्दा मलाई बास सराउला कतै !!
प्रकाश पाठक योगी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   कस्का बाउको के खाएको छु र थर्काउछौ यार
पापि नयन ति किन म तिर कर्काउछौ यार !!

आफू मात्रै महान छु भन्ने सोच रहेछ तिम्रो 
कतै आत्माग्लानि भो कि त आशु दर्काउछौ यार !!

टाठिन्थेउ त,खुबै मै राम्रो र सुंदर छु भनि
बिना तेल घुम्म्रिएको जुल्फि तेसै लर्काउछौ यार !!

हास्दै-हास्दै कति सारो भन्न सकेको अरुलाई
न ताल न सुर, कम्मर आफै मर्काउछौ यार !!

खै थाहा छैन बचनै रूखो भयो कि त हजुर
यो सुनेर पानीको साटो थूक सर्काउछौ यार !!

खै धेरै गरे बिस्वास तिम्रो, देखे मित्रता पनि
गास्नु भन्दा पहिल्यै साईनो त्यो चर्काउछौ यार !!

प्रकाश पाठक"योगि"

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  बगाउदै आशुको खोलि उनि गईन !!
भिजाई आफ्नो गह्को चोलि उनि गईन !

बोल्न सारै कठिन भयो, त्यो पलमा
बध्यताले चढेर डोलि उनि गईन !!

गह भरि आशु ,समझना मुटू भरि
लुकाउदै मिठास बोलि उनि गईंन !!

पत्तो नपाई समयले घात् गरेपछि
आशु बाटै खेलेर होलि उनि गईन !!

हात हल्लाउदै बिस्तारै उ गएपछि
लागेझै भो छातिमा गोलि उनि गईन !!
प्रकाश पाठक"योगि"

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

    हाम्रो माया पृथक बनाई दुनियाँलाई देखाउनु पर्छ।
चोखो माया यस्तो भनी इतिहासमा लेखाउनु पर्छ।

एकलाई दुख्दा अर्को रून्छ निस्वार्थ माया प्रेममा।
मायाले लागेको घाउ यहीँ मायामा सेकाउनु पर्छ।

तिमी र म भयौं भने असम्भव के नै छर दुनियाँमा ।
हामी बिच फाटो ल्याउने बैरि बाटो छेकाउनु पर्छ।

राम्रा मान्छे बैरिलाई आखाको कसिङ्गर हुन्छ अरे
पातलमा मात्र होईन गगनमा पाईला टेकाउनु पर्छ।

जुनमा बसाइ सरौ हामी ज्ञानको जोति छर्नलाई।
साचो माया गर भनी सबलाई अब चेताउनु पर्छ।
प्रकाश बुढाथोकी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

    आकासमा ति जुन-तारा कसरी  पुगे होलान्
र सडकमा यि बि'चारा कसरी पुगे होलान् (1)

मेरा यि 'नैन बगर' बाट मूल झै फुटेर
अधर सम्म अश्रु धारा कसरी  पुगे होलान् (2)

हाहाँकार छ चारै तिर अनि छ देश भोको
यस्तामा अघाएका नारा कसरी  पुगे होलान् (3)

जाहा बाट आँशा गरिन्छ सुरक्षा-निसाफको
त्याहा जँज भै ज्यानमारा कसरी  पुगे होलान् (4)

उफ्फ यो हुरी-बतास्,यो रात र त्यो भीर-बाटो
प्रभात सम्म बे'साहारा कसरी  पुगे होलान् (5)
सुरेश प्रसाद अर्याल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 तिम्रो याद आईदिदा कति दिन भो खाको छैन।
हर पल हर बखत हर रात निदाउन पाको छैन।

आफ्नो भन्दा तिम्रो पिर आज किन धेरै हुन्छ।
तिम्रै पिरले गर्दा आज मनमा खुसि छाको छैन।

कोमल मुटु घायल पारि तिमी पराई भएपछि।
भौतारिदै पागल हुदाँ राम्रो लुगा लाको छैन।।

निस्ठुरिले धोका दिई जिउँदै आगो लगाई जादा।
जीवन जिउँदो लास भई सोचे जस्तो भाको छैन।

जसलाई रोजे उहीँ नपाउँदा अब किन बाचौ भनी।
कति काम पाउँदा पनि जागिर खान गाको छैन।।
प्रकाश बुढाथोकी 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  गाउँमा दशै आयो अरे आफ्नो यहाँ बेहाल छ।
रूदै होलिन मेरा आमा थाहा छैन के चाल छ।

पल्ला घरे माख्ला घरे दशै मान्न गए अरे।
अरू घरमा खसी होला मेरो घरमा दाल छ।

मुटु चिरा चिरा भाछ यहाँ दशै र तिहार संझिदा।
भन्थ्यो भाईले माख्लो गाउँमा जुवाको खाल छ।

पोहोर आईन आमा यसपालि नि आइन् म।।
परदेशको काम संझे लाग्छ वरिपरि काल छ।

हासो खुसि सबै लुट्यो मरूभुमिको घामले।
भन्छन साथिहरू तिहारमा देउसि बबाल छ।
प्रकाश बुढाथोकी 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  मन मिल्ने एउटै पाको थिएँ तर जात मिलेन।
लाखौं कोसिस गरेपनि तेस्तो कुनै रात मिलेन।

उसको मान्छे बन्ने आशमा सात समुन्द्र तरे म।
दुख कष्ट सबै मिल्यो तर पैसाको खात मिलेन।

खुसि लुटे घर जलाईदे सारा पीडा दिएपछि।
अब भन्न कहाँ मिल्यो आफन्तको घात मिलेन।

बिहे गर बाबू भन्थिन आमा २0/२२ उमेर पुग्दा।
अभाबै अभावमा अल्झेर होला बैशालु मात मिलेन।

जीवन र मरणको दोसाँधमा छट्पटाई रहदा म।
रमिता हेर्ने लाखौं भए तर सहयोगी हात मिलेन।
प्रकाश बुढाथोकी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  उनकै लागि दिलको कुना आजसम्म खालि छ।
मलाई मन पर्ने एउटा क्षितिज पारि काली छ ।

कल्पनामा हराएर उनको धड्कन छामि संके।
मान्छे काली भर के भो एकदम दिलवालि छ।

यादैयादमा बस्दाखेरि रात बितेको थाहै हुन्न।
के गर्नुत यस्तै छ यहाँ म मेचि उ महाकालि छ।

भेटिएर छुटिहाल्यो फेरि भेट्न महाभारत भो।
म फुल बनी पर्खिरहुला मेरो एउटा माली छ।

दैबलेनि घात गर्‍यो बनाईदियो धेरै टाढा टाढा।
भेट होस् भन्ने आशमा वर लाखबत्ति बालि छ।

प्रकाश बुढाथो

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

    सत्यताले भरिएको, मीठो वचन वोल प्रीय
करुण रस पान गराउ, रसमा अमृत घोल प्रीय ।

सत्य नै हो ठूलो धर्म, धर्म हुन्छ ह्दयमा
सच्चा आत्मा ह्दयको, ढोका सधै खोल प्रीय ।

सत्यको नै जीत हुन्छ, असत्य कहॉ टिक्छर
ईतिहॉसलाई हेर तिमी, जोख छाम तोल प्रीय ।

काम क्रोध लोभ मोह, यी त सवै विकार हुन्
विकार भए धर्म हुन्न, मनको विकार पोल प्रीय ।

सेवा भाव सेवा कर्म, मानवता हो ठूलो धर्म
मानवताको मूल्य छैन, हुन्छ अनमोल प्रीय ।
Bashistha Adhikari

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  नारी तिमी जेरी बन, सेल बन तिमी !
भोकाहरुको भोजन बन, तेल बन तिमी !!

भौतारिएका यात्रुलाई गन्तव्यमा पुर्याउन,
गाडी बन, जहाज बन, रेल बन तिमी !!

संतापमा छट्पटिदै, औडाहामा बाच्नेहरुको,
दुख पिडा बगाइदिने, भेल बन तिमी !!

पिडितहरुको पीडालाई ममताको मलम लगाई
रिदयमा कैद गर्न, जेल बन तिमी !!

सृष्टि तिमी बृष्टि तिमी, संसार तिम्रै हातमा
समग्र यो जिन्दगीको, खेल बन तिमी !!
Bashistha Adhikari

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  सत्यताले भरिएको, मीठो वचन वोल प्रीय
करुण रस पान गराउ, रसमा अमृत घोल प्रीय ।

सत्य नै हो ठूलो धर्म, धर्म हुन्छ ह्दयमा
सच्चा आत्मा ह्दयको, ढोका सधै खोल प्रीय ।

सत्यको नै जीत हुन्छ, असत्य कहॉ टिक्छर
ईतिहॉसलाई हेर तिमी, जोख छाम तोल प्रीय ।

काम क्रोध लोभ मोह, यी त सवै विकार हुन्
विकार भए धर्म हुन्न, मनको विकार पोल प्रीय ।

सेवा भाव सेवा कर्म, मानवता हो ठूलो धर्म
मानवताको मूल्य छैन, हुन्छ अनमोल प्रीय ।
Bashistha Adhikari

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  पराई लाई अंगालि तिमी छोड़पत्र गरेर
गएछौ बैस सम्हाली कतै बसाई सरेर

चाहाना जब भएन पूरा गरेर बहाना
जानुनै रैछ इरादा टाढा मेरो दिल हरेर

छोडेर गयौ यी लाला बाला ममता जलाई
अर्कै की भयौ तोडेर नाता सिउँदो भरेर

बनायौ महल उजाड़ी मेरो झुपडी एउटा
रहनु खुसी दुनियाँ हँसाई सुगन्ध छरेर

मनको राजा दुश्मन आज कसरी भएछ
पैसाले गर्नु के छ र रित्तै जानू छ मरेर
सागर भण्डारी "बिभोर"

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ?
खाडी उड्ने रित्तो उडान; कहिले हुन्छ सरकार ?

राहदानी फाल्दिदैमा; शासक बनिन्छ र !
नागरिकको सच्चा प्रमाण; कहिले हुन्छ सरकार ?

गोर्खे र बहादुर भै; कति झुक्नु सँधै
हाम्रो देशमा श्रम गुणगान; कहिले हुन्छ सरकार ?

चाटु,चम्चे राडीमा छन्; युवा खाडीमा छन्
नातावादको समाधान; कहिले हुन्छ सरकार ?

रगतका प्यासीहरु; फेरी यूद्ध भन्छन
बन्दुक भन्दा कलम महान; कहिले हुन्छ सरकार ?

के गर्नु त्यो संबिधानले; धानै नफले'सी !
हिउद बर्षा मल प्रदान; कहिले हुन्छ सरकार ?

सुनको भाउ जहाँ पूगोस; नुनको खबर के छ?
कर्णालीको स्तर उठान; कहिले हुन्छ सरकार ?

हाम्रा पनि आमा-बाबु,जहान-बच्चा छन् नि!
एउटै चुल्हो,एउटै सिरान; कहिले हुन्छ सरकार?

जे.सागर

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

   के मिसाइ पिलायो खै ढलाएरै छाड्यो
किन किन आज फेरि रुवाएरै छाड्यो

प्यास मेट्न मीठामीठा कुरा गरी व्यर्थै
निर्दयीले शिरमाथि चढाएरै छाड्यो

के विराम थियो मेरो दोषी भएँ आज
आज उस्ले आरोप त्यो लगाएरै छाड्यो

पूरा भयो स्वार्थ उस्को स्वार्थी रैछ कस्तो
पुगेपछि टाढाटाढा बनाएरै छाड्यो

कति छिटो विश्वास त्यो गरिहालें मैले
भुल भयो जिन्दगी यो डुबाएरै छाड्यो ।
मानन्धर अभागी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  श्रृंखलाद्वारा आयोजित कार्यक्रममा
 गजल वाचन गर्दै मानन्धर अभागी  ।

जिन्दगीको के नै दोष त्यो तक्दिरलाई सोध
सँधै पुज्ने त्यो द्यौता र मन्दिरलाई सोध

ठूलो ठूलो तिम्रो ईच्छा पूरा गर्ने सम्बन्धमा
म गरिवलाई के सोध्छौ त्यै अमिरलाई सोध

सजाएकै होलाउ नि झुण्डिएको कोठाको भित्तामा
तिम्रो प्रश्नको जवाफ त्यो तस्वीरलाई सोध

रुप धारण गरेर कहाँ कहाँ वटारियौ ?
तिमी आफूले आफ्नै त्यो शरीरलाई सोध

तिम्रो भविष्य वारे तिम्रो पछि जो लाग्दैछ
मलाई के नै सोध्छौ र त्यै मुशाफिरलाई सोध ।

मानन्धर अभागी 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   झुठो प्रेम यत्रतत्र बजारमा अचेल
चोखो प्रेम मात्र एक हजारमा अचेल

मनसँग नगरेर धनसँग गर्छ
चलन यो यस्तै रै छ संसारमा अचेल

चौटा खान गाकी बुढी के भएर मरी
आँखा चिम्ली हाम फाल्ने हतारमा अचेल

आजकाल कति सस्तो माया प्रिती हेर
भित्री सोच अर्कै रैछ विचारमा अचेल

व्यग्र मन उन्माद वैंश धपक्क बल्यो हेर
खुले आम जे गर्न नि तयारमा अचेल ।
मानन्धर अभागी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  आज सय पचास उठाएर आएँ
आफ्नै दाह संस्कार गराएर आएँ

कलेजो त्यो नशाले चिरा चिरा पारेछ
पिएरै यो जिन्दगी सकाएर आएँ

निम्तो गरी खुवायो खुवाएरै रुवायो
आफन्त त्यो सामुन्ने हँसाएर आएँ

सँधै सँधै वेइज्जती गरीव भएर हो ?
बरु दिदी नवोला बताएर आएँ

साना देखि ठूलाको भनाइ त्यो खाएर
झरी सरी यो आँशु वहाएर आएँ ।
मानन्धर अभागी

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 आज प्रजातन्त्र दिवस मनाउनु अघि
संविधान देउ मलाई जलाउनु अघि

पाँच पाण्डव तिमीहरू म कस्की हुँ भन्ने
पहिचान देउ मलाई बताउनु अघि

गर्भ बोकाएर तिमीहरू घाँटी ङ्याक्न खोज्दैछौ
कोखबाट यो शिशु जन्माउनु अघि

सास अझै बाँकी होला ढुकढुकी छामी हेर
लाश माथि त्यो कात्रो ओढाउनु अघि

दागबत्ती दिने को ? मेरो पहिलो प्रश्न ?
जिउँदो यो लाश उठाउनु अघि ।

  मानन्धर अभागी ।

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  तिम्रो अघि चन्द्र पनि खस्किने बनायौ!!
ज्योति छर्दै सुर्य लाई मस्किने बनायौ!!

तिम्रो रुप्को बयान पनि म कसरी गरौं
लोकै बुझ्ने शेष नाग लस्किने बनायौ !!

उडेको चरी झर्ने टोलाउने अरु जीव
उफ्री हिड्ने मृग पनि घस्किने बनायौ !!

बिपनी त तिम्रै रुप्को चर्चामै बित्ने गर्छ
सम्झिएर रात्मा पनि झस्किने बनायौ !!

घर छोडे गाउँ छोडे केबल तिम्रो निम्ति
सम्झी सम्झी मुटु त्यसै चस्किने बनायौ !!
सुरेश कार्की

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  चाहिदैन भो झुटो संसार तिमी संगै राख!
पराइको त्यो जुठो संसार तिमी संगै राख!!

पराइको फुलबारि गोड्न रमाउँछेउ रे तिमी
बोधो भाको कुटो संसार तिमी संगै राख!!

छौंन जेल बाड्दै हिंड्यौ जवानीका रंग
सकिए को ठुटो संसार तिमी संगै राख!!

मोजमस्ती गर्ने तिमि हाम्रोचाहि वास्तै छैन
बनाए को ढुटो संसार तिमी संगै राख!!

कोहिलाई नटेर्ने एकलकाटे भाको किन ??
भाग बण्डा छुटो संसार तिमी संगै राख!!
सुरेश कार्की

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  चिता माथी जले मत रमाउनु तिमी अब!
अंगाली पराइको हात समाउनु तिमी अब !!

नजिक हुन्छु भन्दाभन्दै टाढाको जून भएँ
फेरि अन्तै अर्कै घरबार जमाउनु तिमी अब!!

अमुल्य ती जिन्दगी साग सिस्नु मै बिते मेरा
करोडौं मा धन दौलत कमाउनु तिमी अब!!

सम्झेर पल पल मा जुनि काट्न गार्हो होला
नासो बनाइ जिन्दगी थमाउनु तिमी अब!!

चिता माथी जले मत रमाउनु तिमी अब!
अंगाली पराइको हात समाउनु तिमी अब !!
सुरेश कार्की

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  फेरि अर्को गयो प्रदेश मिठो खाइन्छ भन्दै!!
बिदेशी राम्रा राम्रा कुनि के के लाइन्छ भन्दै!!

झ्याउरे र घाँसी गित पुरानो भयो भन्छ उ
र्याप पप रक अनेकौ गित गाइन्छ भन्दै !!

दौरा सुरुवाल ढाका टोपी चाहिएन रे अब
मलाई त जिन्स पाइन्ट चाहिन्छ भन्दै !!

डाडा पाखा खोलानाला सम्पती होइन रे
प्रदेशमा त बोटमै पैसा टिप्न पाइन्छ भन्दै!!

उता उखर्माउलो गर्मी भोकै मर्या सुन्दैन
हिड्यो बोराभरी पैसा बोकि आइन्छ भन्दै!!
सुरेश कार्की

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 भन्दै थियो लत सराबी हरायो
बानी भए जती खराबी हरायो

बन्द भए तिसबै झ्याल ढोका
जिन्दगी खोल्ने चाबी हरायो

पहिले जस्लाइ सर्बस्व ठान्थ्यो
आज त्यैमाथीको हाबी हरायो

चिनेर पनि अन्जान झै भाछ
मेरै भन्ने किन हो दाबी हरायो

आहा कस्तो अहोभाग्य मेरो
लेखिदिने भाग्य भाबी हरायो

सुरेश कार्की 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  फेरि अन्तै लागि मन सटायौ कि क्याहो!!
पराइको दिल भित्र अटायौ कि क्याहो!!

सत्य सत्य धरो धर्म तिम्रै मात्र हु भन्थौ
मेरै विरुद्ध पाठ तिम्ले रटायौ कि क्याहो!!

हिसाब किताब जिन्दगीको जान्ने तिमी
दिल बाट मलाई पनि घटायौ कि क्याहो!!

तिमी बाट छुट्टीएर एकै पल पनि बाच्दिन
भन्दा पनि नौ डाडा कटायौ कि क्याहो !!

तिमी आफू सुख सयल मोजमा हराएर
मलाई मृत्यु जहर पो चटायौ कि क्याहो !!
सुरेश कार्की

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   कसैको मीठो साथ, पाउने रहर छ मेरो
कसैको मीठो साथ, पाउने रहर छ मेरो ।
उनीहरू संगै माया, लाउने रहर छ मेरो ।।

मायालु माया भनेर, सताउदै तिमीलाई ।
जीवन को यात्रामा, धाउने रहर छ मेरो ।।

सारा दु:ख बुलेर, रमाउलानि तिमी संगै ।
एकान्तमा प्रेम गित, गाउने रहर छ मेरो ।।

कस्तो होला, मेरो जिन्दगीको निर्माया ।
उसैकी धड्कनमा, छाउने रहर छ मेरो ।।

साचो बाचा गरेर, तिमी संगै जिउने छु ।
पिरतिले तड्पाई, रुवाउने रहर छ मेरो ।।

पागल दिपेश शेर्पा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  साचो माया प्रिती गाँस्ने खोटाङ्गे हुँ म ।
दुःख मानि रमाई हाँस्ने खोटाङ्गे हुँ म ।।

रावा सावा साप्सुसँगै लुकामारी खेल्दै ।
मेरुङ सेल्मे मनमा टास्ने खोटाङ्गे हुँ म ।।

हलेसी र बाराहाको आशिर्वाद थापी ।
अन्यायको जरै मास्ने खोटाङ्गे हुँ म ।।

आफ्नै सिमा भोजपुरको सिरुपाते खुकुरीले ।
तप्कन दिने रुख छाँस्ने खोटाङ्गे हुँ म ।।

दुधकोसिको चिसो पानी अन्जुलिले खाई ।
सगरमाथा शिरमा बास्ने खोटाङ्गे हुँ म ।।
–दिपेन्द्र राई  

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

   हिजो बेग्लै आज बेग्लै भोली पनि बेग्लै हुन्छ ।।
जिन्दगीको भोगाइसँगै चोली पनि बेग्लै हुन्छ ।।

हुँदा खेरी मै हुँ भन्ने स्वाभब नै हो मानिसको ।
हेरी बुझ बर्र्ष याममा खोली पनि बेग्लै हुन्छ ।।

रणभूमि मैदानमा पल पल भेट्ने जवानलाई ।
सोधी हेर सोचे भन्दा गोली पनि बेग्लै हुन्छ ।।

दुनियाँ लाई के थाहा हुन्थ्यो दुखी मनको रहरमा ।
हाँस्ने खेल्ने रमाउने टोली पनि बेग्लै हुन्छ ।।

प्रदेसिको जीवन भित्र सपनाको खेती सँगै ।
मनको कथा पोक्याउने झोली पनि बेग्लै हुन्छ ।।
– दिपेन्द्र राई  

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  सांचो माया पिरतिमा मुटु रोप्ने छुरा भेटे ।
तड्पाएर यादै तादले मार्छु भन्ने कुरा भेटे ।

निष्ठूरिको प्रेमजालमा फस्नु फँसी सके पछी ।
अर्कै हातले लगाएको सिन्दुर पोते चुरा भेटे ।

सँगै बाँच्ने मर्ने बाचा मेरो पुरा भई सक्दा ।
निष्ठूरिको जीवन साथी बन्ने अर्कै सुरा भेटे ।

पहिलो माया पहिलो प्रेम अर्कै मनको हुँन पुग्दा ।
ना त जीवन मार्न सके नात खुशी पुरा भेटे ।

मनको सबै साम्राज्यनै अतितसँग ताल्चा लाग्दा ।
“दिपेन्द्रको’ हरेक सपना लङगडा र लुरा भेटे ।।
– दिपेन्द्र राई  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   शहर भनी मख्ख नहौ, शहरमा त जाली हुन्छन् ।
हेर्दा राम्रो भए पनि, दयाको त खाली हुन्छन् ।।

सुन्दर शान्त परिवार, देखे पनि महल भित्र ।
चुलोचौको भाडाकुडा,आफ्नो आफ्नो थाली हुछन् ।।

हरेक चोकमा भलाद्मी भै, बस्ने सुन्दर युबकहरु ।
अक्सर थोरै ज्ञानी होलान, धेरै भने दलाली हुन्छन् ।।

शहरको हूल भित्र, तिमिले जे काम गरे पनि ।
न त कोही गाली हुन्छन, न त कोही ताली हुन्छन् ।।

धनको धनी भए पनि, मनको गरीब हुनेहरु ।
आफू आँफै फूल हुन्छन, अनी आँफै माली हुन्छन् ।।
–दिपेन्द्र राई   

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  ढुङगा फोर्छु माटो खन्छु घर बनाउँछुं ।।
बिकट भो रे मेरो गाउँ शहर बनाउँछुं ।।

छिन् भर मै लुटिन्छन् मनकारी गाउँलेहरु ।
अब गाउँले मन पनी पत्थर बनाउँछुं ।।

परिश्रमको पसिनाले जिउ भिजी गनाउँदा ।
पसिनाको मूल्य बेच्छु अत्तर बनाउँछुं ।।

चाहिंदैन पिजा बर्गर जानु छैन डिस्को ।
गुन्द्रुक ढिडो बाट घरमै दर बनाउँछुं ।।

मेची काली कर्णाली बिदेसिकै हुन्छ भने ।
सित्तै बग्ने पानी सुकाइ बगर बनाउँछुं ।।
–दिपेन्द्र राई 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   सावाँ भन या वा ब्याज, लगानी हौ तिमी मेरो ।
भूत, भविष्य, वर्तमान, कहानी हौ तिमी मेरो ।।

तल, माथि, उत्तर, दक्षिण, चारै दिशा उपदिशा
सुख, दु:ख, खुशी मथ्ने, मदानी हौ तिमी मेरो ।।

आफन्तले दुखाउँदा पीर बढ्दा मुटु दुख्दा
मेरो शीर बिसाउने सिरानी हौ तिमी मेरो ।।

आगो, पानी, आँधी हुरी, भेल, बाढी प्युन सक्ने
सोह्र सत्र बर्षे मस्त जवानी हौ तिमी मेरो ।।
रामगोपाल आशुतोष 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  उदास उदास, एक्लो एक्लो जीवन मेरो ।
तिम्रै मात्र साथ खोज्छ यो मन मेरो ।।

एक्लो जीवन छैनन् मलाई आफन्त भन्ने
कस्ले गर्लान् तिमीवाहेक जतन मेरो ?!

दिन भिज्छ पसिनाले आँशुले रात
कस्ले बुझ्लान् यो छातीको जलन मेरो ?

घामजून सजाएर हाँस्ने दिन ल्याई
कस्ले गर्लान् दु:खपीडा हरण मेरो !?

सुन्न छोडी बजारिया डिस्को दोहरी
कस्ले सुन्लान् दुखियाको भजन मेरो ?!

रामगोपाल आशुतोष  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

     धेरै भयो मेरो मन, खुल्न सकिरहेको छैन ।
भित्री पीडाहरूलाई, भुल्न सकिरहेको छैन ।।

भिन्नै हावा परिवेश, माटो, पानी र घामसङ्ग
मेरो आफ्नै आदि रङ, घुल्न सकिरहेको छैन ।।

हातैभरि सुहाउने, गाढा बस्थ्यो मेहेन्दी रङ्ग
त्यस्तै गाढा मेरो प्रेम, चुल्न सकिरहेको छैन ।।

भुल्नै गारो मीठा पल, सम्झी हाम्रो मधुर मिलन
मुटुभित्र अरूलाई, हुल्न सकिरहेको छैन ।।

मेरो धर्म, मेरो रीत, नाघी गयौ लक्ष्मणरेखा
अन्तिम फूल विश्वासको, फुल्न सकिरहेको छैन ।।
रामगोपाल आशुतोष 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

   पलपल मेरो याद आउला सह्माल्नू आफूलाई ।
हरपल मनले सताउला सह्माल्नू आफूलाई ।।

केही दिन नहुँदा म अर्कै फूल प्यारो लाग्ला
छलफल अमिलो बनाउला सह्माल्नू आफूलाई ।।

नसोच है शङ्का तिम्रो ज्यानले गर्यो भनी
हलचल ननिको चलाउला सह्माल्नू आफूलाई ।।

फेरी फेरी खाने बानी भूल होला जानीजानी
तलतल नरोके बगाउला सह्माल्नु आफूलाई ।।

जरा काटे फेद हुन्न होस गर्नू विश्वास टुटे
फूलफल कसले बचाउला सह्माल्नू आफूलाई ।।
रामगोपाल आशुतोष 

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

   चौतारीमा पर्खि रहें हजुर आउनु भएन 
चौतारीमा पर्खि रहें हजुर आउनु भएन
धोका दिनु भयो साँचो माँयाँ लाउनु भएन

पक्कै पनी पछुतो पर्ला एक दिन् हजुर्लाइ
म जस्ती गाँउकि चोखी केटी पाउनु भएन

दुई दिनको भेटमा माँयाँ बसेको थियो साच्चै
खेली भावनामा यती त सताउनु भएन

भूल मेरो पनि हो आँखा चिम्लेर बिस्वाश गरें
निस्ठुरीलाइ सम्झी आँसू खसाउनु भएन

सागर भंडारी 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  कहिले रुन्छ परदेशी मन घर संझिएर 
कहिले रुन्छ परदेशी मन घर संझिएर।
कहिले रुन्छु अभागी यो खप्पर संझिएर।

रुनेक्रम त निरन्तर छ आज पनि भर्खर रोए।
मेरो प्यारो जन्मभुमि पाँचथर संझिएर।

आज अहिले झट्टै देखे ठम्याउन हम्मे पर्ला।
आफ्नै सन्तान दुधमुखे अधर संझिएर।

पलपल भक्कानिन्छु अनि आफै सम्हालिन्छु।
छुट्दा रोएका प्रियसिका नजर संझिएर।

छिटै फर्क  छोरा क्षितिजमा छौ डुब्न सक्छौ"।
बुढा भएका बा आमाको खबर संझिएर।

महेन्द्र मिश्र

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  जो बाट मेरो दिलको निगरानी हुनेछ 
जो बाट मेरो दिलको निगरानी हुनेछ
केवल उ मात्र यि आँखाको नानि हुनेछ

आज जे जे सिकाउछौ तिमीले मलाई
भोलि सम्म नी त्यही गर्ने बानी हुनेछ

प्रत्येक पलहरुमा होस गर्नु तिमीले
नत्र भने हामी दुबैको बद्नामी हुनेछ

त्यस्तो समय कहिल्यै आउन नदिनु
नत्र भने त गल्ति जानि जानि हुनेछ

मनु बिद्रोही

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  कोपिला मै लुछि दियौ,अनि फेरि फुल भन्यौ 
कोपिला मै लुछि दियौ,अनि फेरि फुल भन्यौ/
डालि बाट भुंइमा झारि,हाँगा हाँगा झुल भन्यौ//

सित् बनि उजाड् पार्यो,प्रीतको बाग आज आफै/
जाउ आब तेहि बागमा,सँधै तिमी डुल भन्यौ//

निभाइ गयौ स्वाप्न दिप,जलाइ मेरो रहर् हरु/
आफु गयौ प्रभात बोकि,औंशिरातमा खुल भन्यौ//

आफै चोट दिने पनि,आफै खोट दिने पनि/
अनि फेरि आफुले नै,तेस्ता कुरा भुल भन्यौं//

राइ बबुरो

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  ठुला ठुला अनी सानोलाइ नमस्कार
ठुला ठुला अनी सानोलाइ नमस्कार
मुछीयका अनी ऑभानोलाइ नमस्कार

हीर्काउने खुकुरीलाइ पनी नमस्कार
सही बसीरहने अचानोलाइ नमस्कार

चुसी जम्मागर्ने माहुरीलाइ नमस्कार
घारमै खाइ बस्ने रानोलाइ नमस्कार

मै अगाडीको त्यो महललाइ नमस्कार
म नै पछाडीको,छानोलाइ नमस्कार

भो मलाइ आषिस् कमाउदैछ नभन्नु
सबैकालागी सबै न्यानोलाइ नमस्कार

-सरोबर साही

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 घृणा लाग्छ नेता देखि, शहरको कुरा नगर तिमी ।
अन्जानमा बस्छ माया, रहरको कुरा नगर तिमी ।।

चुरोटको धुवा नठाने हुन्छ, संलो र सफा छ मन ।
पिउदिन कहिलै नशा, जहरको कुरा नगर तिमी ।।

जे पनि गर्न तयार छन्, नेपाल आमाको सन्तान ।
झुठो साबित देखाएर, ठहरको कुरा नगर तिमी ।।

साथीको लागि ज्यानै दिन्छु, अरु मागे सक्दिन ।
दुखले पनि बाचेको छु, प्रहरको कुरा नगर तिमी ।।

हिम्मत बोकेर अगाडि बड सयौं ढोका खुल्ने छ ।
हार मान्नु हुन्न कहिले, कहरको कुरा नगर तिमी ।।

दिपेश शेर्पा 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 उ आफ्नै बोली र प्रतिबद्धता बाट चुकेको छ
तेसैले उसलाई आज सारा देशले थुकेको छ

नाकै काटिए पछि पनि सास फेर्दै छ गर्वले
अरे कस्तो निर्लज्ज रैछ हाम्रै शिर झुकेको छ

छोड्दैन कुर्सी कैले हुने पनि बिघटन गरेर
हामिनै गर्छौं भन्दै बाझाबाझ गरी भुकेको छ

खोजौं रहस्य पर्दाफास गरेर हामी एक भै
मसो र जुताको माला लाइदिऊँ कता लुकेको छ

सागर भंडारी 

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  भमरा झै फुल फुलमा चार्दिन कसम
लागाएसी चोखो माया मार्दिन कसम

प्रेममा दुइ मुटुले गरेको बाचालाइ
भोली भोली भन्दै दिन टार्दिन कसम

वगैचामा भर्खर सिर्जिएको फुललाइ
मालीले झै अन्तै कतै सार्दिन कसम

प्रेमको लडाइमा होमीइ सके पछि
सत्य सत्य धरोधर्म हार्दिन कसम

खगेन्द्र विक

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

   बगैचामा रँगि चङ्गी गुलाबको फूल थियो।।
ति फूललाई चुम्न खोज्ने मेरै ठूलो भुल थियो।।

काँडा बिच फुल्न पर्दा कति पिडा भयो होला।
सहेर नै फुल्नु पर्ने उनि बिचको रुल थियो।।

बगैचामा बास्ना पाउंदा फिदा हुने गर्थे सधै।
अचानक बतास चल्यो फुल माथि धुल थियो।।

फूल माथि हात राखे धुलो हटाउनको लागी।
जहर बनि काटि दिने काँडाको मुल थियो।।

काँडा संग लडे अनि मेरै जित भयो पनि।
हातमा राखि हेर्न पाए मनै चुलबुल थियो।।

प्रकाश मगर 

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  मेलीको बास्ना लिएरै अधरमा 
चमेलीको बास्ना लिएरै अधरमा
लुकाई टुनामा झरेछौ शहरमा

नयनको यो बाटो हिडेकी बिहानै
परेली उघारी फुलायौ नजरमा

गरिन् के र त्यस्तो बुझेनन् कसैले
खसाली जवानी सुकेको बगरमा

न लेखें कहानी भिजाई सिरानी
भेटें सुन्दरी जिन्दगीको सफरमा

दिलैमा बसाई नसारे कदापी
दुखौली मेरो अन्तिम खबरमा

अशोक हिस्की

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  माया लायौ  महल छकी झुप्रो घर नसोध !!
दु:खमा साथ दिन्छु तिमीलाई भर नसोध !!

दुई दिल मिलि हुन्छ माया प्रेम रुपरंग हैन 
खान्दान जातधर्म के हो अनि थर नसोध !!

हुन्छ भन्थे साचो माया दिलले चाहे पछि 
तन मन देखि हुन्छ मेरो माया डर नसोध !!

यहि झुपडीमा जन्में हुर्के यहि रमाउछु म 
थाहा छैन मलाई झिल मिल सहर नसोध !!

सुजन क्षितिज राई

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  बचाउनु छ यहाँ स्वाभिमान नेपाली को
चिनाउनु छ बिश्वमा पहिचान नेपाली को

स्वतन्त्र अखण्ड यहि राष्ट्र हो हाम्रो
यो एउटा अशल निशान नेपाली को

देशको मुहार बदल्ने मुक्तिको दिप बाल्ने
रोकेर रोकिन्न यहाँ अभियान नेपाली को

बिरताको ईतिहास बिश्वसामु छ्लङगै छ्
कसैको सामु नझुक्ने यहि हो सान नेपाली को 

सालिक राम सत्याल

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

    ब्यर्थैमुटु दुखाउंन जान्दिन म भो।।
धोकादिन रूवाउंन जान्दिन म भो।।

आशुसंगै जिन्दगी बगाइ रहेछु।।
खुशीहरू सजाउंन जान्दिन म भो।।

बांचे मरे संगसंगै बाचा गरेनी ।।
जुनतारा खसाउंन जान्दिन म भो।।

संझनामा तिमि छौ संधैभरी लाई।।
मुटुभित्रै बसाउंन जान्दिन म भो।।

जबसम्म श्वासचल्छ तिम्रै यादमा।।
तिमिबिना रमाउंन जान्दिन म भो।।

यात्रा हो यो जिन्दगी पछि नफर्क।।
पर्खाएर नआउंन जान्दिन म भो।।

ईलामेली सनत तिम्सिना

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   माया गर्दा जीवन साथी, हुनैपर्छ कस्ले भन्छ ।
एक्ला एक्लै एकान्तमा, रूनैपर्छ कस्ले भन्छ ?।।

जब जब माया बस्छन्, तब तब संकाई संका ।
जस्कदै उस्को तस्बिर, छुनैपर्छ कस्ले भन्छ ?।।

पाउनु मात्र माया हैन, गुमाउनु पनि माया हो ।
मर्छु भन्दै आँसुले मुहार, धुनैपर्छ कस्ले भन्छ ?।।

माया गर्नु गल्ती हैन, धोका दिनु गल्ती होला ।
माया गरि सधै भरी, जिउनैपर्छ कस्ले भन्छ ?।।

पागल दिपेश शेर्पा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   छ'सौ एकको मलामी कतीखेर जाने हो ?
हिन्दु-मुस्लिम प्रणामी कतीखेर जाने हो ?

भर्खरै मात्र आ'को थ्यो देशमा तुफान
छेक्नलाई त्यो सुनामी कतीखेर जाने हो ?

रोग-भोकले ग्रस्त सैयामा छ मेरो देश
स्याहार गर्न बिरामी कतीखेर जाने हो ?

गद्दारहरु बलात्कार गर्दैछन् जननीको
तीनलाई ठिकपार्न हामी कतीखेर जाने हो ?

सपना बुन्ने मात्र हैन त्यो जूनै छुनु पर्छ
बनेर खुब अग्रगामी कतीखेर जाने हो ??

Jagat Karki

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 देश छोड्नु पर्दा धरधरि रोए।।
उन्को आशु झर्दा धरधरि रोए।।

शान्तिको दिप बोकि हिडेका बुद्ध ।।
अकालमै  मर्दा  धरधरि   रोए।।

राहदानी दिई रोजगारी दियो ।
देश्ले यसो गर्दा धरधरि रोए ।।

भालेको डाको सँगै एका बिहानै ।।
राप्ती  नदि तर्दा  धरधरि रोए ।।

भाडा नदिई कोही दिल्मा बसेथ्यो ।
आज  डेरा सर्दा  धरधरि  रोए ।।
  एस पि माथवर

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 सुनसान छ हाम्रो घर हजुर गएदेखि।। 
साझ परेसि लाग्छ डर हजुर गएदेखि।।

बाचिछु घिटिघिटि नआउदा फोन र चिठी।
पाकि छैन केही खबर हजुर गएदेखि ।।

हेर्नुन्थ्यो बारबार मैले गर्थे सोर्ह शृङ्गार।
अचेल केही छैन रहर हजुर गएदेखि ।।

दियोमा तेल थप्दै हजुरको नाम जप्दै।
काँपिरन्छन् मेरा अधर हजुर गएदेखि।।

मुटु पारि धुजा धुजा एक्लै भइ यता पुजा।
निष्ठुरी मेरा माथवर हजुर गएदेखि ।।
  एस पि माथवर

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 शिर देखि पाउ सम्म सजाएर तिमिलाई ।।
ल्याएको हु पञ्चे बाजा बजाएर तिमिलाई ।।

लागेको थ्यो नकचरि रैछौ तिमी साच्चै परी
हेरे  जब अरु  सँग  दजाएर  तिमिलाई ।।

बसेकि थियो नबोलि घुम्टो सम्म नि नखोलि।।
तेहि रात हेरेको थिए  लजाएर तिमिलाई ।।

लागेमा भोकप्यास बालि हाल चुलो ग्यास।।
बसि बसि खान पुग्छ रजाएर तिमिलाई ।।

छुट्टेको छु  रुदै रुदै  महिना दिन नहुदै ।।
घरबार काम काज कजाएर तिमिलाई ।।
  एस पि माथवर

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   मुना भन्छिन ,मदनको भरै लाग्न छाड्यो ।
चोखो पिरति ,बन्धनको भरै लाग्न छाड्यो ॥

नौनि जस्तै न ,हो बग्ने मन बगिरहन्छ ।
बगि रहने ,योमनको भरै लाग्न छाड्यो ॥

उन्को यादमा ,हरेक पल धड्किरहन्छ ।
बन्द हुन्छ कि ,धड्कनको भरै लाग्न छाड्यो ॥

स्वाहाग रात ,अगाडि टुट्छन सक्छ प्यार।
अग्नि साँचेको ,लगनको भरै लाग्न छाड्यो ॥

अचेल एस ,पि ले यस्तो भन्दै हिड्छ किन ॥
भर नभाको ,जिबनको भरै लाग्न छाड्यो ॥
  एस पि माथवर

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  फुल्नै नपाई कोपिलामै नास हुँदैछ  जिन्दगानी
हेर्दा हेर्दै ति सडकको वास हुँदैछ  जिन्दगानी

सोचे थें कहिले काहीं त खुसि पाउछु होला तर
दू:ख, पिडा अनि आँसुकै दास हुँदैछ  जिन्दगानी 

आत्मा जिउँदो छ शरीर नि जिउँदै छ अझैसम्म
तर किन ? मुर्दाहरुको रास हुँदैछ  जिन्दगानी

नचाहादा नचाहादै किन ? तड्पायो जिन्दगीले
म रुँदा शत्रुलाई यहाँ हाँस हुँदैछ  जिन्दगानी

हजारौं चोटहरुको प्रहारले घाइते भएको  छु
सोंच्दै छु म यहाँ जिउँदो लास हुँदैछ  जिन्दगानी
उपेन्द्र हायू 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  मेले केटी खोज्न थाले,आमा यसै भन्नु हुन्छ
बिहे गर्न आईज काले,आमा यसै भन्नु हुन्छ

कोही मन पर्छ भने , उस्ले माया गर्छ भने
ल्याए हुन्छ भन्छन् बाले,आमा यसै भन्नु हुन्छ

बुढेसकाल् लागी सक्यो,ज्यान्ले साथ छाडी सक्यो
बुहारी आई घर सम्हाले,आमा यसै भन्नु हुन्छ

तिम्रो जिबन तिम्रो खुसी,हाम्रो मात्र चाहाना हो
पुग्छ बाबु हाम्लाई पाले ,आमा यसै भन्नु हुन्छ 

जीबन 'उदास'  

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

   गर्नू गल्ती गरे पछि,बताउनु किन? 
सारालाई त्यो पलले तताउनु किन?? 

आफ्नै ठानेर त होलि,सर्वस्व दिएकी, 
बिगतका कूरा गरी,सताउनु किन?? 

पाउनु भो दिई उसले,चुप लागे भो, 
ठुलै काम गर्या जस्तो,मताउनु किन??

 झुट होकि सत्य हो,यो दुनिया पनि, 
हल्लै हलाको कुरामा,पताउनु किन?? 

दिन सम्म दिनु भो,बिचरीलाई पीडा, 
अहिले आई उसैलाई,अताउनु किन...?? 

कृष्णराज भट्ट "असीमपीडा" 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 भुल्नुपर्छ यो समाजलार्इ,अव वसार्इ सरि हेरौ
एकपटक यो मायामा,वाचेर नै मरि हेरौ

एकअर्कालार्इ यदि हाम्ले,सच्चा प्रेम गर्छौ भने
जनमजनम साथ नछाड्‍ने,एउटा वाचा गरि हेरौ

वन्नुपर्छ अव हामि,यो समाजको त्यो नमुना
समानताको पर्दाहरु,कुनाकुनामा छरि हेरौ

वुभ्नुपर्छ जीन्दगीको,भोगाइ दुख खुशी सवै
एकपटक कोमल फुलको,पात वनि भरि हेरौ
Prabina nirdos ramechhap

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

  दुख्दै छ यो जिन्दगी,पेल्दा खुराफातले
ज्यादै भयो बगबगी,बाटो भुले मातले

चल्दैन खै वागमा,फूलको कुनै वासना 
खोजी रहेँ मगमगी,छोपेछ त्यो पातले

आशा बग्यो भेलमा,खोला सितै रेलियो
खोस्यो सबै जगजगी,औंसी बनी रातले

धोका तथा झूटले,चारै दिशा ढाकियो
दुर्भावछन् रगरगी,दुष्कर्म भो हातले

सातो लिँदै दर्दले,पीडा दियो दिनदिनै
काम्यो शरीर डगडगी,पार्यो चिरा घातले

खोस्यो खुसी लोकले,रित्त्याउँदै चाहना
साह्रै भयो दिल्लगी,बेकारका बातले
 
कोमल भट्ट

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 हकिगतलाई पनि सपना भनिन्छ!
बाध्यतालाई यहाँ चाहना भनिन्छ!

             खस्किदैछ चर्किदैछ भत्किदै पनि,
              दुर्गतिमा नि शुभकामना भनिन्छ!

सभ्यता यस्तै छ सल्लिन्ता मानवको,
तारिफलाई कतै आलोचना भनिन्छ!

              कुरा गर पूरा गर ख्याल पनि गर,
              हितका पुकारलाई लान्छना भनिन्छ!

जो जो बन्न खोज्छ आत्मीय मित्र खोइ
उसैको साथलाई विडम्बना भनिन्छ!
 
अशोक हिस्की  

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 माया पाउने आसै आसमा छाति मेरो जलि रहयो ।
दुख्न थाले मेरो मुटु जिउदो लास भै ढलि रहयो ।।

तिम्रो माया किन्ने सोच्मा बिदेशिन बादे पारेउ ।
गाउले हरुले थाहा पायो हलै मात्र चलि रहयो ।।

कुरि बस्छु भनि तिम्ले छाडि गयेउ आज मलाई ।
के को गल्ति थियो मेरो दैवलेनि छलि रहयो ।।

आमा बुबा रुन्छन होला गाउँनै शून्य पारे सब्ले ।
युवा हरु बिदेशमा दल्न सम्म नै दलि रहयो ।।
पागल दिपेश शेर्पा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 सधैभरी यस्तै झल्मल भए कत्ती राम्रो
हरियाली यस्तै हरपल भए कत्ती राम्रो

राज्धानिले मुहार फेर्यो शार्कले गर्दा आज
चुस्त-दुरुस्त ट्राफिक पल्पल भए कत्ती राम्रो

जुटे सबै केही दिनमै धेरै थोक हुने रै'छ
सुन्दर देश बनाउने छल्फल भए कत्ती राम्रो

यसै गरि मिले सबै काँचुली फेर्छ छिट्टै देशले
सुन्दर पार्ने इच्छा अटल भए कत्ती राम्रो

हिमाल, पहाड, तराइका सब जन मिलेर न
देशको मुहार फेर्न मलजल भए कत्ती राम्रो
बेहोशी कृष्ण कार्की

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 मिठा ति दुइ शब्द बोल्दैमा प्यार नसम्झिनु ।।
अनि क्षणिक खुसी ढोल्दैमा प्यार नसम्झिनु ।।

माया त्यो हो जहाँ आत्माको मिलन हुन्छ,,
अरे ओठमा ओठ घोल्दैमा प्यार नसम्झिनु ।।

मान्छे स्वार्थी हुन्छन् बदलिने कुनै ठेगान हुन्न,,
मनका सारा कुरा खोल्दैमा प्यार नसम्झिनु ।।

धोखेबाजलाई दिलको चोटले त केहि हुन्न,,
आगोले त्यो हत्केला पोल्दैमा प्यार नसम्झिनु ।।

जालमा पार्न भन्छन, तिमी जून झै राम्री,,
जुन सँग पिरती मोल्दैमा प्यार नसम्झिनु ।।
Raj Kumar Dhimal 

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  सुन्दर फुल बोट बाट नझरेकै जाती!!
छोडी जानू भन्दा माया नगरेकै जाती!!

मन भरी बैँस उन्मात बोकेर के भो
रित्तो बन पाखा हरु नचरेकै जाती!!

रोपे पछि फल यहाँ कस्ले नखोज्ला र
बाझो खेत वारि बीउ नछरेकै जाती!!

सबै चिज सन्सारमा किन्न मिल्ने भए
मुटु मुटु बसाई तिम्ले नसरेकै जाती!!

पीडा कति हुन्छ भनी घाइते लाई सोध
मलाई जस्तै सब्लाइ पीडा नपरेकै जाती!!
suresh karki nisad

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 तिम्रै निम्ति सोचि बसे, मेरो कुरा बुजिदेउन ।
बाद्यताले मुगलान पसे, मेरो कुरा बुजििदेउन ।।

तिमी नै हो मेरो मुटु, सधै भरि माया गर्छु ।
आफ्नतले छुरा धसे, मेरो कुरा बुजिदेउन ।।

मन पराउछु तिमीलाई, तिम्रै हुन राजि छु म ।
प्रेम को नजरमा फसे, मेरो कुरा बुजिदेउन ।।

प्रेम भन्ने शब्द कस्तो, मिलन भन्दा धेरै धोका ।
मायाको खाल्डोमा खसे, मेरो कुरा बुजिदेउन ।।
पागल दिपेश शेर्पा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  हामी परिश्रमको पाठ सिकौ कमीलाबाट।
र बिसाल सागर निर्माण गरौ बछिटाबाट।

अक्सर मान्छे असनतुष्ट हुन्छन् आफैमा,
मैले यहि बुझेकोछु जीवनको नतिजाबाट।

महलमा हुनेलाई चौरासी ब्यान्जन रुच्दैन,
झोपडिमा त गुजरा चलेकै छ कनिकाबाट।

ति महासय! कता हराउनु भयो खै कुन्नी?
हिजो चुनाव लड्नु भएको थ्यो हसियाँबाट।

अब उप्रान्त जलाउने असफल प्रयास नगर्नु,
'राग'जल्दै जल्दैन जीवन्त अग्नि परिक्षाबाट।

▬ सुवास'राग'

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 चन्द्र सूर्य, विशाल रोएको, म हेर्न सक्दिन
मेरो प्यारो, नेपाल रोएको, म हेर्न सक्दिन

शान्ति भन्दै, मन्दिर भित्र, बुद्ध सामु कठै
फेरी डाँफे, मुनाल रोएको, म हेर्न सक्दिन

कम्जोर हैन, पहाड जस्तै, बलियो हुनुपर्छ
दशगजाका,पर्खाल रोएको,म हेर्न सक्दिन

शान्ति भूमी, देश मेरो,युद्धको माग किन?
शहीदका, कंकाल रोएको, म हेर्न सक्दिन

बरु जावस्, मेरो प्राणनै, छेक्दैछु सिमाना
सगरमाथा, हिमाल रोएको,म हेर्न सक्दिन
  Subas Rag

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

  आफै सुक्यो जिबन मन मा पीर परेपछि !
सिसा झैँ फुट्यो मुटु तिमि बसाई सरेपछि !!

दुख्दो  रहेछ छाती अनि आखा रोएइ रोइ !
पागल भई एकोहोरो माया उनलाई गरेपछि !!

रुन्न भन्थे तिमि जादा आफ्नो कर्म भुमि !
मन थाम्नै सकिएन सिरमा सिन्दुर भरेपछि !!

डोली चडी गईन उनि रातो घुम्टो सजिएर !
मलाई घाट मा पुर्याइएछ छटपट्टिन्दै मरेपछि !!
सनिश घिसिङ्ग

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  छुटाएर लग्यो हाँसो खुशि सारा नियतीले॥
बनाएर छाड्यो आखिर कर्म हारा नियतीले॥

सबैलाई चम्किला ति पूर्णिमाको रात हुँदा,
किन झार्यो मेरै भागको जुन तारा नियतीले॥

मेरो पिडा भित्र रमाई मलाई दुःखि बनाएर,
हेर्यो केबल दुई आँखाका आँशु धारा नियतीले॥

न हाँसेर जीउन सकेँ न चाहेर मर्न सकेँ,
हेर्नु हेर्यो यो पागलको जस्तो पारा नियतीले॥

जित्छु एकदिन यो दुःखलाई अझैपनि चुनौती छ,
दिएपनि जतिनै चोट यो ज्यान मारा नियतीले॥
अनुरागी बिनोद

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

    अब तिम्रो दिल दुखाउँन गजल लेख्दिन म
अब तिम्रो सिर झुकाउँन बाटो छेक्दिन म!

दु:ख सही सु:ख दिँदा कुल्चिएर हिँडेपछी
अब तिम्रो गित सुनाउँन स्वर बेच्दिन म!

कती झारेँ आँशुहरु भदौरे त्यो भेलसरी
अब तिम्रो दिन भुलाउँन जुवा खेल्दिन म!

धन दौलत कमाई तिम्रो काँचुली फेरीरहेँ
अब तिम्रो बिल बुजाउँन साहु भेट्दिन म!
टेक भण्डारी

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  जवानी बाध्ने गलाम खोज्दै छु।
सहन सक्छु चर्को घाम खोज्दैछु।

जीउन भीडमा हीड्नै पर्दो रहेछ।
एकान्त होइन बरू जाम खोज्दैछु।

अछेरहरू मेटीयको मेरो भाग्यमा।
जोतीषी संग फेरी नाम खोज्दैछु।

सबल हुनु छ सहयात्राकै सारथी
बन्न उचीत पणीणाम खोज्दैछु

भमरा हु भुनभुनाइ रहेछु प्रीतम।
चुम्न सक्छु फूलमा याम खोज्दैछु।
:- सरोबर साही

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 भत भति पोल्छ यो छाती सधै
हर घडी तड्पिन्छु म राति सधै

अब यी यादहरू मेटाइ दे प्रभु
सक्दिन बाँच्न भई नजाती सधै

चाहिदैन अब यो दुखी जीवन
पिरै पीरको मात्र यो थाती सधै

सुम्पेको थें मुटु कोर्यौ त्यै सलाई
बल्दै छ अझै त्यै काँटी सधै
परशु मल्ल 'जिज्ञासु'

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  आज भोलि आफन्तै संगै,घात भयो।।
प्रकाशिलो दिन पनि किन,रात भयो।।

बट्टि जल्नेर निब्ने गर्दैछ खै किन हो।
तर बट्टि बालेरै बस्ने मेरो,आत भयो।।

सधै पुज्ने भगव़ान पनि घिर्ना गर्न थाले।
अनि जिन्दगी अनौठो सुरु,व़ात भयो।।

मान्छे लाई मान्छेले मानब नथाने पछि।
आज आफै बस्ने घर मसांन,घात भयो।।

पिडां माथि पिडां दिन्छन बाच्ने कसरी।
अब जिउनु भन्दा नबाचेकै,जात भयो।।

सिर उथाई बाचौ भने कोहि छैन साथमा।
सबै खुशि अनि जिवन मोल खात,भयो।।
प्रकाश मगर बियोगी

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 पवित्र माया गर्शिदा उनि बाट घात भया !
हाम्रा कोमल हृदय मा प्रहार लात भया !!

स-प्रेमिल भाबना ले बिकसित हृदय हाम्रा !
भाब कुण्ठित कुण्ठा बाट बज्रपात भया !!

अह-असहे पिडा मा धड्की रह्या ढुकढुकी !
जिम्दा नयन मा अधियारा रात भया !!

स-सोर्य संजय शर्म र बिचार को जब जब !
मर्म कुलहीन कुलशित यहाँ बात भया !!

छ-छटपटित देहमा लटपटित भै अमिलो !
मसलन पिडा मृतमय मैयत गात भया !!
लेखक-संजय

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

 श्रमको कतैपनी सम्मान छैन बरै
सुन्नु पर्नेको उता ध्यान छैन बरै

यसै बेला मरे बुढा-बा आमा पनि
लायो भुट्न घरमा धान छैन बरै

यि जम्मै युध्द पीडितहरुहुन हेर
कोहिको खुट्टा,कोहिको कान छैन बरै

धनाढ्य भन्नेहरु खादा ओड्ने मात्रै
दीन-दुखिलाई कतै दान छैन बरै
दिनेश कडेल

Tnepali kabita , muktak, gazal Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

 माया लाउछ्यौ र कालि यो दुखी सँग
धन होइन मन छ खाली यो दुखी सँग

नढाँटी भन्छु कसमै खान्छु चोखो छ मन
सक्छ्यौ र गर्न कुटो र कोदाली यो दुखी सँग

भन्दिनँ सानू महल छ मेरो दरबार जस्तै
दुङ्गाको घर सफा छ पाली यो दुखी सँग

गरेरै खाँउला खेत बारी काम ,छरेर मकै
मेहनत गर्छु सर्पन्छ बाली यो दुखी सँग

सम्पत्ति दिए पुर्खाले चिनो तामाको गाग्री
छ थोरै चिनो काँचको थाली यो दुखी सँग 
परशु मल्ल 'जिज्ञासु'

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

  छुट्नु थियो छुटि गयौ तर याद छोडि गयौ
देखाएर मिठो सपना फेरि आफैतोडि गयौ

माया गर्छु खुसि दिन्छु अरु के के भन्थ्यौ
यात्रा सुरु मात्रै थियो तर अन्तै मोडि गयौ

जिन्दगिमा संधै तिम्रै सहयात्री हुन्छु भन्दै
आज तर आखिरिमा पराय संग जोडि गयौ

संधै तिम्रै प्यारि भन्थ्यो तिमी मेरो प्यरा
झुटो रहेछ तिम्रो कुरा अन्तै घुम्टो ओढि गयौ

सुखसयल मिलि रहोस संधै तिम्रो जिबनमा
यता मेरो बाग उजाडि जब उता गोडि गयौ
राइ बबुरो

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 दु;ख वियोगमा जल्छ र त गजल लेख्छ यो वियोगीले 
यी समय संगै चल्छ र त गजल लेख्छ यो वियोगीले

सयौ चोट अनि धोकाहरु छातीमा थमाउदा त्यसैले
हृदयमा आगो बल्छ र त गजल लेख्छ यो वियोगीले

यति चोखो हाम्रो प्रेमकहानी थाहा पाउदा रिसियर
यो समाजले बिथल्छ र त गजल लेख्छ यो वियोगीले

हजारौ साथहरु त पाएकै छ तर नि किन हि किन
सोचाइमा एकल छ र त गजल लेख्छ यो वियोगीले

 उपेन्द्र हायू  

Tnepali kabita , muktak, gazals nepali kabita , muktak, gazal, haiku

 गुलाबको फुल म आईलिएर झर्छु होला ।
दोषी नजर मै तिर अब छिटै मर्छु होला ।।

यो धर्तमा फुलेर धेरै गल्ती गरे मैले पनि ।
धोका दिन्छ सबैले पछुतोमा पर्छु होला ।।

मरिहत्ते गर्छ मलाई काडोहरु पछि लागि ।
सम्झाएर नमाने कहि न केही गर्छु होला ।।

धनि ले भन्दा पनि मन हुनेले माया गर्छ ।
मेरो पिछा नगर्नु अन्तै बसाइँ सर्छु होला ।।

पापी रहेछ नभन्नु है हाम्रो मिलन यतिनै ।
पराई घर जादैछु सिउदो पनि भर्छु होला ।।
पागल दिपेश शेर्पा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  माया गर्दा जीवन साथी, हुनैपर्छ कस्ले भन्छ ।
एक्ला एक्लै एकान्तमा, रूनैपर्छ कस्ले भन्छ ?।।

जब जब माया बस्छन्, तब तब संकाई संका ।
जस्कदै उस्को तस्बिर, छुनैपर्छ कस्ले भन्छ ?।।

पाउनु मात्र माया हैन, गुमाउनु पनि माया हो ।
मर्छु भन्दै आँसुले मुहार, धुनैपर्छ कस्ले भन्छ ?।।

माया गर्नु गल्ती हैन, धोका दिनु गल्ती होला ।
माया गरि सधै भरी, जिउनैपर्छ कस्ले भन्छ ?।।
पागल दिपेश शेर्पा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

  म बसेको ढुक ढुकिमा अर्कैलाई हुलेउकि तिमीले ।
सम्पर्क मै छैन आज पर्देशिलाई भुलेउकि तिमीले ।।

मेरो जोवानि पैसामा बिक्दैन भन्थेउ हिजो तिमी ।
आज अन्तै नै माया को पसल खुलेउकि तिमीले ।।

सुन्दैछु खबर जीवन साथि रोजि सक्या छौ अरे ।
अन्धकार छ यहाँ पराई घरमा झुलेउकि तिमीले ।।

कति कठोर तिम्रो मन साचो प्रेमलाई घृणा गर्ने ।
धनको गरिब भनी हिरा मोति चुलेउकि तिमीले ।।

कोपिला भै बस्छु भन्थेउ मेरै मायामा सधै तिमी ।
तेरो र मेरो सार्बजनिक बगैचामा फुलेउकि तिमीले ।।
पागल दिपेश शेर्पा

Tnepali kabita , muktak, gazal nepali kabita , muktak, gazal, haiku

 संगितको ताल बिना नाचेको छु ।
तिम्रो नै न्यानो पनमा बाचेको छु ।।

दु : खद या सुखद जे सुकै होस ।
कर्म लेखिका देविले जाचेको छु ।।

चौतारीमा रोपिएको एक्लो वर ।
सानैमा एउटा हाँगो लाचेको छु ।।

छोडिगए पाप लाग्ला तिमीलाई ।
मनमुटुमा तिम्रो नाम साचेको छु ।।

कति सारो मातेको चुल्बुले मन ।
रिसले आदि शरीर काचेको छु ।।
पागल दिपेश शेर्पा

TNepali Songs Lyrics nepali kabita , muktak, gazal, haiku

यो जिन्दगानी अखानो रैछ
कोही छैन जस्तै बिरानो रैछ ll

टुक्रिन्छ छाती आफन्तबाटै
आघात खप्ने अचानो रैछ ll

मिल्दैन काहीँ दिलासा चोखो
तड्पिन्छ रोजै भकानो रैछ ll

थुप्रिन्छ घोच्कातबर्का मात्रै
फोहोर फाल्ने रछानो रैछ ll

सम्पन्नतामा 'हजूर' भो सबको
सम्मान गुम्दा 'फलानो' रैछ ll

बज्दा त हुन्थ्यो अत्यन्तै प्यारो
बज्दैन थोत्रो पियानो रैछ ll