निष्ठुरीले सोधि भने, जिन्दगी, बाटो हेर्दी हौ नेपाल आमा , मजा बेग्लै,

निष्ठुरीले सोधि भने

निष्ठुरीले सोधि भने मर्यो भन्दिनु
तिम्रै नाममा आत्महत्या गर्यो भन्दिनू

पागल भई एकाएक बर्बराई हिड्न थाल्यो
यो ठाउँ बाट अर्कै संसार सर्यो भन्दिनु


धेरै माया गरेकोथ्यो तिमीलाई आफै भित्र डुबेको थियो
यो ठाउँ छाडी अर्कै संसार सर्यो भन्दिनू


छाती भित्र मुटु फुटी मुखबाट खुन बग्यो
संसार छाडी बैतरणी तर्यो भन्दिनु


तस्विर थियो साथमा यौटा पापीनीको रुप रैछ
त्यै रुप संगै चिता माथि पर्यो भन्दिनु



 बाटो हेर्दी हौ नेपाल आमा

बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ भनी
 
दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ विदेशको छायाँ

पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा

मैले रातभरी सम्झे आमा दिनभरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनी

 
 जिन्दगी
कहिले तल कहिले माथि, हो यही त जिन्दगी,
एकनासको हुन्न सधैं, हो यही त जिन्दगी

रातहरुमा बात गर्दै आँसु बग्छन टप टप
दिनमा कहिल्यै भोक प्यासै तड्पाइ त जिन्दगी ।।

कठै एक गास भात छैन हातमा कसैका,
फालाफाल मालामाल खै कहाँ छ जिन्दगी ।।

यस्तै खाल्डा खुल्डी काँडाघारी बिच,
झर्नलाई फुल्छ सधैं एकनास हुन्न जिन्दगी ।।


देउ या नदेउ
फक्रेको छ यौवन देउ या नदेउ
म माग्छु यो जीवन देउ या नदेउ

माध्यम पर्याप्त छन् व्यक्त गर्न
सस्तो छ चुम्बन देउ या नदेउ

हट्नेछ पर्दा अवश्य एक दिन
चम्किलो गगन देउ या नदेउ

जहाँ म आफ्नो संसार देख्छु
तिम्रा ति नयन देउ या नदेउ

छ प्यास अनन्त ति अधर भरिमा
याचवि’ लाई तनमन देउ या नदेउ


मजा बेग्लै
यौवनको आगोमा आफुलाई पोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै
 
अमुल्य तिम्रो यौवनमा तिमीसगै लठ्ठीये म
आज तिम्रो यौवनको दाम मोल्नुको मज्जा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै
 
प्रेम गर्दा धेरै पटक साझ रात सगै भयौ
तिनै रातहरुको रहस्य खोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै
 
आउ आज तिमी फेरी यौवन्को उन्माद बोकी
मेरो जीवनमा तिम्रो यौवन घोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै
 
यौवनको आगोमा आफुलाई पोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै