Ajambar Dhoj Khati was born in 1992 in
Tansen, Garagau, Palpa district of Nepal. He was raised in a big family as the
middle child in a home with four brothers and four sisters. Khati's parents
were Tekdhwaj and Lakshmidevi. He was born poor, and most of his early life
passed with the rearing of cattle and the tilling of land. Notwithstanding such
a humble beginning to life, he nurtured an intense love for literature and
music, more so for songwriting and singing.
Literary Journey
Khati's love affair with literature began
when, as a young shepherd boy, he fell in love with songs. He would sing while
he tended the animals and in the fields. This passion gradually migrated to
writing poetry. Though untaught, this zeal was enough to keep him motivated by
his interest in putting his thoughts and emotions into words. His first love
was that of song lyrics, which brought him toward the world of poetry and
literature.
Teaching Career
Before completely reverting to literature,
Khati also tried his hand at teaching. From the year 2012 to 2018, he taught in
Palpa at Janata Vidyalaya. The money he earned through teaching usually went to
his political party because, for some time, he was associated with communist
politics. Soon enough, though, his love for literature took center stage, and
he plunged into pure literary work.
Personal Life
Khati married twice. With his first wife,
Kalpana, he had two sons and two daughters, though his eldest son has passed
away. His second wife, Champadebi, now late, gave him another son and a
daughter. Personal tragedies coupled with huge family responsibilities did not
deter Khati from pursuing his art.
Literary Contributions
Ajambar Dhoj Khati has written twelve books
and has written a lot of poetry. His published works include:
Batuwa (Poetry Collection, 2012)
Kathā ta Bataulisanga Cha (Long Poem, 2058
B.S.)
Thuli (Khandakabya, 2059 B.S.)
Ajhai Khamaijadi Bajyeko Bajjaicha
(Khandakabya, 2061 B.S.)
Pāilākā Dōbaharu Hsāraṅgīkā Bāḍulīharu
(Poetry Collection, 2061 B.S.)
Ā\"su Benīkō (Khandakabya, 2062 B.S.)
Kharānī Gaṅgā (Khandakabya, 2065 B.S.)
Udbōdhana (Khandakabya, 2065 B.S.)
Mā'ilī (Khandakabya, 2067 B.S.)
Tapasvinī (Mahakabya, 2069 B.S.)
Mērō Pālpā (Long Prose Poem, 2071 B.S.)
Sarama Harā'ēkō Sahara (Poetry Collection,
2072 B.S.)
Difficulties and Steadfastness
Salim Miya Khati has faced many hitches in
preserving his writings, especially when modern technology was not available. A
number of his early compositions were also lost. Assisted by his grandson,
Shubh Sapkota, Khati has been able to preserve his latter-day works. Though
already elderly and his hearing problem compelling him to use a hearing aid, he
continues writing, feels better, and happy in so doing.
Philosophy and Impact
Khati perceives literature as an
amalgamation of truth, wisdom, and beauty. According to him, literature not only
reflects society but also embellishes humanness by making events and emotions
alive through words. He perceives the role of critics in understanding and
appreciating literature and feels saddened due to the lack of critical
engagement in Nepali literary circles. His works represent not only the
generation in which he lived but also bridged to the younger generation of
poets and writers.
Conclusion
Ajambar Dhoj Khati remains an important
figure in Nepali literature. Inspirational in this regard is his dedication to
his work despite personal and professional challenges that life gave him. He
still calls for more understanding and love of literature, as he encourages a
new generation to approach it with passion and commitment. His life and works
inspire examples of undying power through poetry and the written word in
shaping cultural and personal identity.
मुफ्तको शौदा शुभकामनानदिने बराजु जस्ता छन् हाम्रा नेताहरू दिन पर्दा बुधबार पनि बार्छन्, नाँच्न आफै जान्दैनन् आँगनलाई दोष दिन्छन्, लाज ढाक्न खोज्छन् लाज ढाक्ने कुरा टाउकोमा बाँध्छन् जहाँ ढाक्नुपर्छ उघारै राख्छन् यिनीहरूलाई थाह हुँदाहुँदै पनि ढाँटेको कुरा काटे मिल्दैन नकचरा भएका छन् बुड्डै शरीर लाज पचाउँछन्। (१) आफूलाई आफैले होइन अरूले ठूलो भने सुहाउँछ औकात हेरेर बन्दोबस्त सोच्नुपर्छ घाँटी हेरेर गास बनाउनुपर्छ धाक र धक्कुले ठूलो होइन यो त बुझ्नुपर्ने कुरा हो आफै भनिरहने कुरा होइन (२) यी आफै थातथलो ठेगान नभएका जोगी अझ दिन खोज्छन् दानी बन्न खोज्छन् दिन सक्ने कुरा त किन दिन्थे र? गर्न सक्ने कुरा त किन गर्थे र? दिने भए देशलाई दिइसक्थे यिनले दिन सक्ने शान्ति, सुरक्षा गर्ने भए समय छँदै देशलाई संविधान बनाई सक्थे। लाज हराएका खन्चुवाहरू बुद्ध जयन्ति आउन पाउन्न दशैं र तिहार, नयाँ वर्ष लाग्न पाउन्न उछिन्दै मुफ्तको सौदा शुभकामनाका दानी बन्छन् धनधान्यपूर्ण चिरायुको शुभकामना दिन्छन् यदि साँच्चै पुग्ने भए यिनीका बचन किन दिन्थे शुभकामना आफै राख्थे लाज हराएका यिनीहरू के गर्दैनथे ? जे पनि गर्थे (३) यी मान्छे होइनन् मान्छे जस्ता हुन् बाँदर पछि मान्छे जन्मेझैं मान्छे पछि जन्मेका प्राणी यिनै हुन् आज नेपाल यिनै अनौठा प्राणीको हातमा छ अनिश्चित भविश्य बोकेर कष्टकर जीवन बाँचेको छ। |
उद्बोधनव्योम खासा नीर रंगको प्राची सुन्दर किरण झुल्का गम्भीर बहँदी सलल काली भुलभुलेछन् जलका भुल्का। गजूर छानो, सुनको मन्दिर, घडी र घण्टा बजिरहेछन् प्रातको प्रारम्भ हो यो विहगगणका मधुर गुञ्जन। ।। १।। टलक सुन्दर शीत थोपा अल्भि्कएका द्रुमहरु छन् प्राचि उघ्री शीत छुँदा इन्द्रेणीका लहर बन्छन। आज यस्तो दिल छुँदो दृश्यमाथि दृष्टि राखी एक कवि उ टिप्न खोज्छ शीतलाई गीतमाथि। ।। २।। विषयसित उ खेल्न खोज्छ भावनामा उड्न खोज्छ लेख्न बाँकी कापीमाथि शब्द–फूलका हार खोप्छ। ।। ३।। कुत्कुति छ हृदयमा अनि मन छ केही गाउँ जस्तो भुल भुले त्यो मूल जस्तो फक्रिएको फूल जस्तो। ।। ४।। कस्तो क्षण हो प्रकृति आफै गीत जस्ता, नृत्य जस्तो मुग्ध क्षण यो मोहक बेला जगत नै हो प्रेम जस्तो कल्पनामा रमण गर्ने – लाई सुन्दर उपहार कस्तो ।। ५।। यो बेलामा त्यो कविले फेरि दृश्य देख्छ कस्तो स्वर्गबाट ओर्ले जस्तो एक नौलो दृश्य अर्को हुन् यी पङ्ती काव्यका कि परबाट हेर्दा लाग्छ हुल मान्छेको अनौठो ।। ६।। क्षितिजपारि सुदूरबाट आइरहेछन् आइरहेछन् स्वच्छ छन् परिधान उनीका खाली खुट्टा हिंडिरहेछन्। हातमा छन् सुमन माला पूजाका थालीहरु हृदयभित्र नरम भाषा भाषाभित्र भजनहरु ।। ७।। भजन कस्ता? रोए जस्ता हृदय कस्ता? चुँडिए जस्ता कदमहरु छन् लखेटे जस्ता हिंड्दा हिंड्दै मध्यदिनमै दोबाटोमै लुटिए जस्ता कसरी? किन? के भएर कर्ममा पनि हारे जस्ता ।। ८।। भक्त कस्ता? भक्त यिनी छन् भक्ति सारा व्यर्थ लाग्छन्। भजन जसका निम्ति गर्छन् तिनैबाट परित्यक्त यिनी छन् मन्दिर ढुँड्दै जहाँ जान्छन् मन्दिरहरुको द्वार लाग्छन भेटका यी प्रथम क्षणमै घडी र घण्टा मुक बन्छन्। ।। ९ ।। वेदना यस्तो सहेर फेरि पनि यी भक्ति गर्छन् हृदयभित्र चोटहरु छन् चोटभित्र पीप भर्छन्. यिनै चोट यिनै पीप वेदनाका गीत बन्छन् यिनै मनका भजन गाई याचनामा हृदय थप्छन्। ।। १०।। |
आफै स्याल, कुखुराको कालदुष्ट भाषा क्लिष्ट भाषा, अश्लिल भाषा भाषाहरू कपट दिलका भाषाहरू, जहर हुन् यी जहर बोल्छन् व्यभिचारी हुन्छन् बोलीहरू। (१) यी भाषाहरूमा अनुहारहरू लुकाइएका हुन्छन् बोलीहरू चपाइएका हुन्छन् ढाँटेर आफ्नै मुटुलाई कुराहरू देखाइएका हुन्छन् अनौठा बोल्छन् अनौठा विषय छल, प्रपञ्च भाषा नागवेली हिंड्छन् यी त्यस्ता गोहीहरू हुन् आँखाबाट आँसु झार्छन् मन पगालेर नहुनु हुन्छन्, नगर्नु गर्छन्। (२) किन बोल्छन् मान्छेहरू यस्तो भाषा, किन रून्छन् यस्तो आँसु किनभने अझै बाँकी छ फेरि पनि भ्रम छरेर बिग्रेको बुद्धि उमार्न त्यही बिग्रेको बुद्धिमा शेष बिताउन अन्धेर मचाउन उल्लु राज गर्न। (३) यस्ता भाषाहरूमा कुरा मात्र होइन कथा लेखिन्छन् आत्मकथा लेखिन्छन्, कविता लेखिन्छन्, प्रबन्ध लेखिन्छन्, यस्ता भाषाहरूमा लेखिएका ग्रन्थ भेटिन्छन् पुराण पढिन्छन्, सप्ताह ठानिन्छन् क्रिया, अन्तर्क्रिया, गोष्ठी र भाषण त के गिन्ती अनगिन्ती, यी सबै रचिन्छन् भ्रम जाल एकथरी मान्छे हुन्छन् यसरी बाँच्न आफूलाई रूचाउँछन्। (४) अचार हो उनीहरूलाई उनीहरूको व्यभिचार सधै सधै यसैसित खान्छन् गास दुईचार मिठो हुन्छ रे स्वाद सर्प हुन् यिनीहरू आफ्नो खुट्टा आफै देख्छन् अजिंगर हुन् आहारा भगवानले दिन्छन् (तब त छन् अझै पनि यी अनौठाहरू) आफ्नै स्वास्नीलाई सती साध्वी पनि बनाउँछन् सीता जस्ती व्यभिचारिणी पनि बनाउँछन् नाक काटिएकी सुर्पणखाँ जस्ती स्वार्थ हो स्वार्थ यसैमा छ भन्छन् परमार्थ न ऋण सित लाज, न घीनसित शर्म अनौठा धर्म छ ! अनौठा कर्म छ ! यी निर्घिणी पाप दुहेर खानेहरूको। (५) फेरि पनि किन यी निर्घिणीलाई सज्जन हुन मन लाग्दो हो सप्ताह, पुराण र यज्ञहरू सत धर्मात्मा हुन मन लाग्दो हो एक थोप्ला चन्दन र दुई पैसा दक्षिणा बाँडेर आफूलाई के बनाउन मन लाग्दो हो? किनभने बकुल्ला ध्यान बकुल्लाको माछा खाने पत्यारिलो धन्दा हो माछो मार्ने कला हो बिरालोले क48ठी लाएर साधु बनेको मुसा खान फरक नपर्ने उपाय हो भगवान ठान यी बाचाल यी सबै कुचाल हो कुचाल कुचालको महाजाल हेर आज खुलामञ्चमा भन्दैछ देशलाई –गुहार ! गुहार ! जोगाऊ ! जोगाऊ ! हे कुखुरा जोगाऊ आउँदैछ कुखुराको काल…., परबाट स्याल…, आफै स्याल, कुखुराको काल। |
यो शताब्दीको अनौठो व्यंङ्गयो बार बन्धन केही नभएको खुला सीमानामा जति पल्ट गए पनि जाउन् जतिपल्ट आए पनि आउन् छेकिन्नन् मेरा पाइलाहरु तर जब जब यो शरहदको सीमाना नेर म अमीलो भएर पग्लन्छु अनि छेकिन्छन् मन भित्रै बार लागेर यिनीहरु। मन भरी बोकेर कष्ट यहींबाट मेरो रौख–यात्रा प्रारम्भ हुन्छ यो देश पराई लाग्छ सबै अनुहार अपरिचित छन् डर लाग्छ, जहाँ जहाँ पुग्छु मन लुछाउँछु, लुछाउँछु जति पर पर हुँदै जान्छु झन् झन् भय भेटाउँछु जहाँ पुग्छु, घिनाउँदै पुग्छु जहाँ पुग्छु, डराउँदै पुग्छु जहाँ पुग्छु, हराउँदै पुग्छु। जति नजिक छौं हामी सीमानाले त्यतिनै टाढा छौं हामी मनले र व्यवहारले जति बन्धनहीन छौं हामी सीमानाले त्यतिनै हामी छेकिएका छौं मन मनका बारले “साथी” सम्बोधनमा पनि, किनभने यो सम्बन्धन हो सम्बोधनलाई उ हुन्डारहो, भाषा पनि त्यस्तै बोल्छ बैशाक जेठको लु हो उसको बोली उ उत्तप्त त्यस्तै बोल्छ…., हामी बोल्ने भाषामा गंगा र यमुनाको प्रवाह हुन्छ, शुभ शान्त हिमाल झैं शान्त हुन्छ उसले त मनभित्र पनि सर्प पालेको छ जहर संगालेको छ हाम्रो मन भित्र शिव बसेको छ गुराँस फुलेको छ उ कौवा झैं कराउँछ हामी डाँफे भएर रमाउँछौं (यही अन्तरमा) जहाँ पुगे पनि पहिला शंसय पुग्छ, जहाँ पनि अविश्वासको कारोबार हुन्छ। मनभित्र यहींबाट प्रारम्भ हुन्छ यौटा कथा पतिपरायण नारी सीताको प्रारम्भ आँशुबाट अनि अन्त्य पनि आँशुको यौटा कथा असह्य बेदना भएको व्यथाको, जो शंकाको मनले पतिबाटै अग्नी परिक्षामा पोलिन्छिन् पतिबाटै अपहेलित घरबाट निकलिन्छिन्, बाँच्दा बाँच्दै पनि यौटा शरणार्थीजीवन वनमा फेरि धपाइन्छिन्, खोसिन्छिन् न घरमा बस्न पाइन् न वनमा बस्न पाइन् अन्ततः आत्महत्यामा आफूलाई रित्ताइन्, ऐतिहासिक सम्बन्ध भारत र नेपालको चएनै छ, रामायण पढ्दै जानु त्यस्तै भेटिन्छ। फेरि यो शताब्दीमा आज पति बाँचेका छन् यी उदन्डहरु आउँछन् अशोकस्तम्भ उखाल्न अशोकका चेलाहरु उजार्न आउँछन् बुद्धका जन्मस्थल र गाउँहरु फेरि आउँछन् बनाउन खन्डहर यी ववन्डरहरु यी पञ्तचशीलका भवत्त श्रृगंाल यिनीकै कारण यहाँ बुद्धहरु बेहाल। निर्लज्ज साँध मिचहा साँढे हुन् यी बार नभएको सीमानामा सँधै सीमानामा पैरो हाल्छन् आफ्नो देशलाई विस्तार दिन सीमाना जाच्छन् जंगेपिल्लर धकेलेर साँध सार्छन्। यिनै हुन् मेरो देशलाई दुख्नेहरु कालापानीमा परेड खेलेका छन् महाकालीको मुहान फर्काएका छन् हाम्रो सप्तकोशी र सप्त गन्डकको पानीलाई अड्कलेर बग्न दिएका छन् हामी पनि एक अनौठो प्राणी आफैले आफैलाई चिन्न नसकेको थोरै बुद्ध भएर धेरै बुदेधु छौं, नुनसंग साटिएका हामी हाम्रो खून पनि सस्तो छ एक पेट खान आमा र बाबुलाई मार्ने कसम खाएर आसाम रिफेलमा राइफल बोक्छौं, लद्दाखमा सीमा चौकी कुछौंं बसन्तपुरको डबलीमा नेपाल छिनाउँछौं विदेशी दूताबारमा सुरक्षाको परेड खेल्छौं। हामी अरुलाई मात्र हौं वीर भक्तिसिंह र बलभद्र कुँवर हामी अरुलाई मात्र हौं वीर उजिरसिंह र वीर अमरसिंह, हामीलाई त हामी (रामका पीडनले आत्महत्या गरे पनि फेरि राम त्याग्न नसकेकी) सीताको खान्दान हौं, जन्मेर नेपालमा विदेशमा मर्न सिकेका छौं, पति परायणले मख्ख छौं, इमान्दार छातीमा टाँसेर सतर्क मुद्रा बेइमानको ढोका कुछौं असमान सम्झौतामा हस्ताक्षर गरेर नेपाली बोल्छौं, नेपाली भन्छौं यो शताब्दीको अनौठो व्यंग हुन्छौं। |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/
Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide