Naresh Shakya has been in poetry, which
rips the heart out and brings forth emotion. He was born to Gangaprasad and
Jagat Kumari Shakya in Dharan in Marg, 2003, and ever since then, lived a life
of struggle, resilience, and brilliance in literature. In academics, he passed
his B.A. examination in 2023, continuing up to his M.A. Although he was able to write stories,
essays, criticism, and plays adeptly, it is his poetry that has etched his name
in the history of Nepali literature.
The poems of Shakya epitomized a life full
of myriad experiences and sufferings. His poems standing for the people have
echoed the voice of struggle, injustice, and resilience. It was amidst personal
and political turmoil that his journey into poetry began, scarred by mental
injuries from numerous battles against conspiracies, frauds, and political
betrayals. His commitment to social causes and his political engagements, more
so with the Communist Party, had disillusioned him because he was faced with
contempt and insults from the very society he tried to uplift.
Events that added to the sadness of
Naresh's life included the loss of some of his works taken by someone on the
pretext of printing. With or without such discouraging events, he never stopped
writing. Thus, his poetic contributions are in thousands of poems, which are
described as visual and poignant. His life-which he lived with unyielding
self-respect-often found him at odds, isolated, and misunderstood by his own
peers and society
He lives in a small room in his uncle
Sekuwa's house in Chapagaon and represents the pain of a sensitive poet.
His body, with its medium build, frizzy
hair, and drooping eyes, reflects the poetic soul within him. Influenced by the
likes of Gopal Prasad Rimal, Bhupi Sherchan, and Parijat, Naresh draws
inspiration from social oppression and injustice, themes that permeate his
work.
The poetry of Shakya does not identify with
religious fundamentalism or bias but reflects the form and situation in life,
as it naturally takes place with all its joys and pains. His progressive
attitude and artistic sensitivity gave birth to some poems that are small,
powerful, blending style and theme in an almost mesmerizing effect:
"Akshar Bichar". He challenges mainstream literary tradition by
subscribing to a more creative line-one that befits contemporary realities.
One of his touching verses tells about the
sorrow of his heart as regards to the condition of his homeland:
"The demonic colors of darkness are
prevalent on the horizon. Demon lust for empire has shown its beard on the
earth. Peace has been disturbed in the human settlements. The blissful sleep is
breaking. All human chains have been hijacked. Life is stuck in the land of
unending sorrow."
Naresh Shakya, amidst all hardships, thus
remains a beacon of hope-a belief in natural right of man to seek light amidst
darkness. His poetry bears testimony to this indomitable spirit that inspires
and continues to echo with all those fighting the adversities of life.
फूल सदृश कविताहरूम फूलका कुरा उठाउन चाहन्छु कवितामा फूलको प्रसङ्ग फूल सदृश नरम र कोमल हुन्छन् कविताहरू मनलाई छुने र आकर्षित गर्ने फूलहरू छर्छन् वासना कवितामा फूल सुन्दर र सुगन्धित हुन्छ कविता सरह । फूललाई सुरक्षा गर्ने जिम्मेवारी काँडाको हुन्छ उसको कोमलता र सुन्दरताको रक्षा गर्ने फूलमा जस्तै कवितामा रम्ने अभिरुचि राख्ने कवितानुरागी हुन्छन् अल्पायुमै कविता फूल सदृश अमर हुन्छ । कविताले फूल सरह आँधी बेहरीको सामना गर्नुपर्ने हुन्छ असिनाको कटु प्रहार आरोप, प्रत्यारोप र तीक्ष्ण प्रहार कटु वचन सहन बाध्य हुन्छन् कविताहरू आलोचनाको कविताहरू आलोच्य हुन्छन् प्रशंसित पनि कविताले हिँड्न पर्छ सङ्कटको बाटो अँध्यारो र अप्ठ्याराहरूको बाटो कविता सङ्कटमय पथ हिँड्छ उज्यालोको चाहना र अभिलाषा बोकेर कविताले आक्रमण सहन्छ बेथिति र कुरूपताहरूको अन्योल र अस्पष्टताहरू विस्थापित गर्छ सूर्यका किरणहरूले कञ्चन हिमाल चुमे सरह फूलले, कविताले धर्तीलाई चुम्छ अविच्छिन्न माया गर्छ । |
हत्केला र भाग्यहरूहत्केलामा कोरेका भाग्यरेखाहरू चिर्दै आफ्नै हातले कर्दले रोपेर रगताम्य पार्दैं अब हामी आफ्नो भाग्यरेखाको निर्माण आफै गर्छौ, अब हामी आफ्नो भाग्यको निर्माण आफै गर्छौं । कसले लेखिदियो प्रारब्धमा हाम्रो कुन विधिको विधानले कि हामी शासित, दासपुत्र मात्र भएर जन्मन योग्य छौं स्वीकार्य छैन हामीलाई दासत्वको यो बन्धन, स्वीकार्य छैन हामीलाई धर्मको, रुढिको यो आदेश शासन जसले महान् वैज्ञानिक ग्यालिलियोको दुःखद अवसान गरायो जसले सत्यको, तथ्यको अन्वेषण गर्नुबाट हामीलाई रोक लगाउँछ भीरु बनाउँदै । कविहरू ! अब कवितालाई नयाँ रुपमा स्थापित गर चिन्तकहरू, दार्शनिकहरू ! अव चिन्तनको नयाँ धरातललाई स्पर्श गर प्रसार गर, इतिहासका पानाहरू धर्मग्रन्थ, वेद र पुराणहरू विकृतिले परिपूर्ण छन्, इतिहासलाई त्यस दुर्गन्धबाट दुर्गन्धको पीडाबाट मुक्त गर । तोडिदेऊ सदियौँदेखि मस्तिष्कको ढोकामा लागेका ताल्चाहरू विचारमा लागेका अङ्कुशेहरू बन्धनहरू फुकाल, जसले मुठ्ठीभरका मानिसलाई मात्र विशिष्ट श्रेणी शासक–श्रेणी प्रदान गर्दछ । ती यन्त्रहरू यन्त्रका ती पुर्जाहरू जो निष्कर्म बनेका छन्, खिया लागेर जसबाट उर्वर केही उत्पादन हुँदैन जसले अवरुद्ध गर्छ चेतनाको नयाँ प्रवाहलाई विपुल प्रवाहलाई प्रगति, परिवर्तनको सतत र उद्दाम गतिलाई जसले नकार गर्दछ अपरिमित समभावनाको अस्तित्वलाई, फ्याँकिदेऊ त्यो मृत अस्त्रलाई अस्त्रको त्यो पाषाण भण्डारलाई जसले मनुष्यलाई नयाँ प्रतिस्थापित गर्दैन जसले लाखौलाख जीवनका समूल विनष्टि सिवाय केही दिन सक्दैन । पृथ्वीको सभ्यतालाई नष्ट हुनुबाट बचाऊ सागरको वातावरणलाई दूषित हुनुबाट बचाऊ विध्वंसक आणविक प्रयोगहरूबाट, स्वस्थ्य चिन्तनको हावालाई बग्न देऊ पुनः एकचोटि एकपटक पुनः गुञ्जी उठ्नू शून्यलाई चिर्दै भोल्गाको तटदेखि क्यारिवियनको टापुसम्म इतिहास थर्काउने युगान्तकारी आवाज, शङ्खघोष गर्दै इन्कलाबको प्रतिस्थापन गर्दै नयाँ मनुष्यलाई । |
मेरो कविताको शक्तितिम्रो बमभन्दा धेरै संहारक छ मेरो कविताको शक्ति यसको निशाना अचुक छ यसले ताकेको गोलीले सीधा शत्रुको छाती भेदन गर्छ जिउँदाहरूको हड्डी रगत, पसिना र आँसुले निर्मित तिम्रो शोषणको महलमा यसले धावा बोल्छ र देख्दादेख्दै एकैछिनमा तिम्रा विशाल पिरामिडहरू गल्र्याम्म ढल्छन् बाँकी रहन्छ मात्र भग्नावशेष । तिम्रो तोपभन्दा धेरै दुरगामी र द्रुतगामी छ मेरो कविताको मारक शक्ति तिम्रो तोपले विनष्टि सिवाय केही दिन सक्दैन खेतमा लहलह बाली फलाउन सक्दैन बुभुक्षा मेटाउन सक्दैन तृष्णा तृप्त पार्न सक्दैन बालकहरूको ओंठको खोसिएको मुस्कान फिर्ता दिन सक्दैन मात्र सिउँदाहरूको सिन्दुरको अपहरण मेरो लेखनीले दिन्छ प्रेरणा जीवन बाँच्ने बाल्छ उत्साह र उमङ्गको ज्योति कहिलै ननिभ्ने । |
सुम्मिनालाईओ सुम्निमा ! मेरो मुटुभरिको अथाहअथाह चाह तिमीलाई स्वीकार गर ल ! तिमी त फुलिसकेकी छ्यौ बैँसको हाँगामा लालुपातेको जोवनसरह ढक्कमक शारदीए घाममा मुसुमुसु कौमार्य छरेर तिम्रो लेकाली यौवन मेरो नजरको प्यालामा मदिरासरह छचल्किँदो छ मेरो प्रेमको, हार्दिकताको यो ग्रिटिङकार्ड उपहारस्वरुप स्वीकार गर ल ! मेरो मुटुमा बजिरहेको सङ्गीत धिन्ताङ्धिन्ताङ्को अविरल धुन मायाको पयरहरु उन्मुक्त गतिमा नाचिरहेछ स्वर लहरीमा पालामको मेरो मायाको नजराना कोसेली हार्दिकताका साथ स्वीकार गर ल ! ओ लुङा ! हाम्रो बैँसको भाकाले सुरिलो धुनले पिरतीको नौतुम सनातन चाहनाले ढाकोस्, गुन्जियोज वनपाखा भञ्ज्याङ अनि चौतारी हर मेलापात ल ! |
मेरो मृत्यु कवितामेरो मृत्यु साधारण हुनेछ घटित हुनेछ सामान्य घटनासरह कसैलाई थाहा पनि हुने छैन न कुनै रोदन न कुनै क्रन्दन मेरो पार्थिव शरीरलाई स्वजनहरूद्वारा छिटोभन्दा छिटो उठाएर लगिने छ र दफनाइनेछ माटोमा एकपटक माटोमा मिलेपछि त्यो सदाको लागि विस्मृत हुनेछ स्मृतिपटलबाट मेरो मृत्यु हिमालय पहाडजस्तो न अग्लो हुनेछ न गरुङ्गो किनभने मैले कसैको हितको र महान काम गरेको छैन न देशभक्तिपूर्ण युद्धमा एउटा सिपाहीले जस्तो जीवनदान गरेको छु न आन्दोलनमा शहादतप्राप्तिको सम्मान र अवसर नै पाएको छु पार्टी नीति र सिद्धान्तप्रति आस्थावान र समर्पित व्यक्ति पनि म होइन । म यो भूमण्डलको कुनै महत्वपूर्ण घटना नै होइन मेरो मृत्युमा कुनै शोकसभाको आयोजना हुने छैन पार्टीको झण्डा मेरो शवमाथि ओढाइँने छैन कुनै समाचारपत्रको मुखपृष्ठमा ताजा समाचार बनेर प्रकाशित हुने छैन म एउटा सामान्य मान्छे मृत्यु पनि सामान्य हुनेछ मेरो मृत्यु कसैका निम्ति पनि अपूरणीय क्षति बन्ने छैन । |
क्यामिलाक्यामिलाका आँखाहरूमा उठिरहेछ छाल समुद्रको गहिरा नीला आँखाहरूमा तैरिरहेछ रंग सपनाको। क्यामिलाका मनहरू औधि भएर उठिरहेछन् वर्षौंदेखिका दमित चेतना विष्फोट भएर क्यामिला आत्मसात् गर्न खोज्छे आफ्नो देशको विशालतालाई, महानतालाई पर्वतहरूको उच्चता सागरको गहिराइलाई गुम्फित भावनाका साङ्लाहरू चुडाल्न खोज्छे यो विभेदकारी संरचनाको। हजार हजार आँखाहरू क्यामिलाको भाषा बोलिरहेछन् हजार हजार मुटुहरू एकसाथ धड्किरहेछन् हजार हत्केलाहरू एकजुट भएर क्यामिला समर्थनमा जुटिरहेछन् यो वर्ग भेदमा अडिएको शासन विरूद्ध यो निरंकुश दमनकारी व्यव‚था विरूद्ध क्यामिलाको अर्को नाम हो विदा्र हे चुनौती हुँकार चक्रवात भक्षकहरूका विरूद्ध। क्यामिला बाँध्छे जीवनको परिभाषा गतिमा प्रगतिमा द्वन्द्वमा ऊ देख्छे प्रत्येक कुरामा परिवर्तन क्षण क्षणमा पुरानाको अन्त्य नयाँको उदयमा। प्रशान्त महासागरमा ज्वारभाटा उर्लिरहेछ उत्ताल तरंग तूफानी वेगको संहार गर्दै अमानवीय शासनको अहं कारको कुरूक्षत्रेलार्इ परास्त गर्दै । |
बग्नुनिःसर्त बगेँ थाहा छैन कहाँ पुग्ने हो ? जीवन बगेर यतिका सङ्घर्षहरूको परिणाम र परिणति के हुने हो ? कसका लागि ? अनिश्चित नै म बग्दैछु । म र्झन तैयार भएँ ओर्लन शिखरबाट कोलाहलसहित निनादसहित अवरोहण बाटाका बिघ्न बाधाहरू छिचोल्न तैयार दुर्गम, दुःसाध्य कष्ट र पीडाहरू भोग्न तैयार अनभिज्ञ म बगेँ मेरा लक्ष्यहरू । म निर्विकार, निराकार बगिरहेछु मेरो बग्नुको कुनैस्वार्थ छैन स्वान्तः सुखायजस्तो कुनै द्विविधा वा भ्रम पालेको छैन मेरो बास्नाबाट कोही अविभूत हुन्छ भने सिञ्चित हुन्छ भने कुनै आपत्ति वा विरोध छैन गर्व पनि छैन । ममा अन्तर्निहित गुणहरूको स्वयं प्रशंसक पनि होइन म प्रज्ञा हुँ राग, द्वेष, घृणा र लालसाबाट वञ्चित मुक्त । कहिलेदेखि सुरु भयो मेरो महामिनिष्क्रमण महायात्रा ? अन्त्य कहाँ हुने हो ? मलाई बोध छैन विश्व विजेताको पगरी गुँथ्ने सपना मैले देखेको छैन लालसा छैन अविराम छ मेरो गति, यात्रा अविराम । |
म सपनाको रङ च्यातिदिन्छुम सपनाको रङ च्यातिदिन्छु रक्तरञ्जित हुदै सपना भुइमा पछारिन्छ अथाह बेदनाले कराउदै म विजयीभावले मुस्कुराउछु परपीडकजस्तै । युगबाहकहरूले आदिमकालदेखि नै सपनाको रङ कोर्दै आएका छन् एउटा सुन्दर र सुखद भविष्यको परिकल्पना र हामी बाध्य छौ यो युटोपियामा जीउन जीवनको आहुति शहादतको नाममा प्राण सिर्जित गर्न । ओ, मुक्तिका बाहकहरू हो । ओ, सपनाका सौदागरहरू हो ।। भो ! अब हामीलाई अर भ्रम नपढाओ सुन्दर क्षितिज नदेखाओ तिम्रा सिद्धान्तहरू धर्मग्रन्थहरू सब बकवास मात्र हुन् घोषित गर्ने पक्षमा छु महामना तिमीहरू तिमीहरूका आदर्श वाक्यका शासनको बोझ खप्न शासित हुन अब हामी अस्वीकार गर्छौं । अब लेख्दिन म रङ्गहरूको सपना त्यसको क्रूर हत्या गरिदिन्छु बिनारङ्ग बिनाकुची मेरो क्यानभासलाई नग्न नै राम्रो देख्छु विसर्जित गरिदिन्छु म सपनालाई अर्थहीन सपनालाई । |
वर्तमानको टापुमा बन्दी मवर्तमानको टापुमा एक्लो बन्दी छालहरू मेरो भावना हिर्काइरहन्छन्, चिन्ता–नदी मलाई घेरिरहन्छन्, डुङ्गाहरू छैनन् जसमा चढेर म यो चिन्ता–नदी उम्कन सकूँ, छालहरू घचेट्न सकूँ, (यो अस्वस्थ परम्परा) आफन्तको सहरमा निर्विघ्न पाइला टेक्न एक मुटुमाया पोख्न तर मात्र निर्मोहको सीमाहीन विस्तार मेरा आँखा बिझाउन आउँछ मलाई ठुङ्न आउँछ, निरन्तर घाइते मेरो योद्धा उठ्छ, लड्छ उठ्छ, लड्छ वर्तमानको टापुमा एक्लो बन्दी छालाहरू मेरो भावना हिर्काइरहन्छन्। |
पग्लेर पनि तिम्रो मुटुबाटपग्लेर पनि तिम्रो मुटुबाट मात्र ग्लेसियर बहन्छ, जमेर तिम्रो मुटु हिमशिला बन्छ, दुवै स्थितिमा तिम्रो उपस्थिति— हाम्रा निम्ति कति निरङ्कुश र क्रूर विषाक्त र वेदनायुक्त छ ? तिम्रो कोखमा जीवनरस सिञ्चन हुने उर्वरता होला के हामी कहिल्यै त्यस्तो आशा गर्नसक्छौँ? तिम्रा ओठमा मानवता सिर्जना गर्ने प्यास तृप्त पार्ने गर्माहट होला के हामी कहिल्यै त्यस्तो किञ्चित् अभिलाषा गर्नसक्छौँ ? प्रगतिको मार्गप्रशस्त हुन सक्ने सम्भावनाका सारा सुन्दर र रहरलाग्दा क्षितिजलाई ओझेल पारेर ठिही र स्याँठमा अनुवाद गरेर तिम्रो निर्जीव र संवेदनाहीन सुन्दरतामा हामी किन गर्व गरौँ ? किन प्रशंसा गरौँ ?? पग्लेर पनि तिम्रो मुटुबाट मात्र ग्लेसियर बहन्छ । |
तारहरूआऊ, टुटेका यी तारहरू जोडौँ सुक्ष्म यन्त्रले रसायनिक प्रकृयाले टुटेका तारहरु जोड्नुको अर्थ भाँचिएका मनहरू जोड्नु हो एकपटक जोडिएपछि जुन अपूर्व धुन सप्तम स्वर यसको साजबाट निस्कन्छ गुञ्जन्छ त्यो साँच्चै नै मनमोहक र विमुग्धकारी हुन्छ । आजसम्म छरिएर टुक्रिएर यत्रतत्र बसेका मुटुहरू जब एक ठाउँमा मिल्न आउँछन् त्यो समवेत स्वरको मिठास, माधुर्य अर्कै खालको आल्हादकारी हुन्छ । छरिनुको तिक्तता क्षतिको बोध हामी सबैले गरिआएके हो आ-आफ्नो डम्फू मात्र बजाउँदा विकर्षण पैदा भई हेयता र उपेक्षा खप्नु परेकै हो मनको पोल्टाभरि सँगालेर वितेका तीता अनुभवहरू आऊ जोडौँ टुटेका तारहरू तारहरू जोड्नुको अर्थ आत्मसात गरौँ । |
आऊ हामी मुस्कान साटासाट गरौंआऊ, हामी मुस्कान साटासाट गरौं मुस्कुराऔं हाँसौं नाचौं , गाऔं जिन्दगी झंकृत साज भई उठोस् तिम्रो हृदय कमलिनी फुलोस् मेरो पनि । दुइ पलमै बितिजाने हाम्रो जिन्दगी होइन बिहानी उदाएर साँझ अस्ताउने मरुभूमिको यात्रा जस्तो जिन्दगी पहाड उक्लिनुको कठिनाई जस्तो काँडाको माझ फुल्ने व्यवधानहरूको जिन्दगी आऊ, हामी अंकमाल गरौं । चुमौं एक अर्कालाई ह्रदय साटासाट गरौं । हाम्रो टाउको माथि सँधैभरि झुण्डिएको छ डेमोकल्सको तरवार विपदाहरूको वीच घेरिएका छौं तूफानहरू अवात जावत गर्छन भक्षकहरू छन् मँडारिरहेका दुइ क्षण भए पनि उत्सव मनाऔं जिन्दगीको रमाइलो गरौं । रमाइलो कुराकानी गरौं आऊ हामी एक अर्कालाई माया गरौं । “मरु” मा फूल फुलाऔं मायाको सरोबर हुर्काउँदै के थाहा ? भोलि नै हामीले बित्नु पर्ने हो कि ? यो अनिश्चित जिन्दगीको यात्रालाई पूर्णविरामको चिन्ह दिनु पर्ने हो कि ? संकटको भुमरीमा फँसेको आँधी वीच छटपटाएको यातनाको पहाडले थिचिएको आऊ, हामी मरुद्यान सजाऔं ओसिस् । वसन्त मनाऔं एक ऋतु हरियालीको वसन्त फेरि शिशिरको हिउँदको प्रताडना सहनु त छँदैछ । एउटा घनघोर कालो रात अमावस्याको झेल्नु छँदैछ एक पल भएपनि यो जिन्दगीलाई माया गरौं म्वाइँ खाऔं आल्हादित बनौं आऊ हामी मुस्कान साटासाट गरौं । |
म रातलाई अङ्कमाल गर्छुअन्धकारको आवरणमा एकान्त प्रेमका इच्छाहरू विउँझन्छन् एकान्तको परिवेशभित्र वासनाका ज्वारहरू उर्लन्छन् संभोगका कृयाकलापका प्रमाण स्वरुप रात गर्भिणी हुन्छे रातले गर्भधारण गर्छे एउटा अलौकिक दिवाको दिवसको । निद्राहरु तत्पर छन् – सचेत बिउँझन सुषुप्तीहरू तत्पर छन् – जागृत हुन म रातको पहिरन च्यातेर धारिलो तरवारले धारयुक्त हतियारले सृजना गर्छु – नवोन्मेष तुफानी चराको अमर गीतको एउटा अमलेख पंक्षीको । मलाई रात्री कालिन स्थितिसँग कुनै विमोह छैन वैरभाव छैन रात्री त प्रभातको सुसूचक हो, मलाई अमावश्यको उपस्थितिसित कुनै विरोध छैन विग्रह छैन अन्धकार त उज्यालोको पूर्वाभास हो पूर्वाभ्यास हो यसर्थ म रात्रीलाई अंकमाल गर्छु प्रेयसी सरह प्रेम पाशमा बाँध्छु । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/
Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide