Parijaat was born in 1937 in Darjeeling, a
hilly area. She had her schooling there and came to Kathmandu in 1954. She
completed her education and received a Bachelor's degree. Then, unfortunately,
she suffered paralysis due to sickness at the age of 26 years. Then her sister
proved to be of considerable help to her.
Collections of her writings were compiled
and published in 1997, consisting of some poems, short stories, and novels. Her
famous novel is entitled "Siris ko Ful," for which she won an award
in 1965.
People said Parijat was a deep thinker,
very humane. Although not all of her later works had the same success as this
first novel, "Siris ko Ful", she kept writing. She believed in the
power of literature to show the good in people.
Besides that, some of her famous works are
included but are not limited to "Siris ko Ful" and
"Mahattahin"-novels, "Adim Desh"-a story collection, and
"Dhuppi Salla Ra Lali Guransh Ko Phed Ma"-essays. She used to write
poetry, too.
She thought literature was the need of the
hour in developing a country. She termed herself an honest writer who took up
her social priorities seriously.
Early Life and Background
Parijat was an important name in Nepali
literature. Born as Vishnu Kumari Vaiba/ Chekudolma in 1994, her mother had
named her Parijat after finding the flower. Her father's shift from the
military to medicine selling brought financial struggles while her childhood
was afflicted with sickness and isolation.
Challenges and Influences
Parijat had been ill since childhood, with
arthritis bothering her throughout her life. Her introverted nature and
fondness for nature and poetry shaped her creative pursuits amidst adversity.
Her mother's death in childhood added to her independent spirit.
Early Pursuits and Academic Journey
She disowned her father's dream about her
as a medical professional and pursued writing and the arts more seriously. She
went to school in Darjeeling before she migrated to Kathmandu, where she was
involved with theater and literature, including acting in 'Yugko Shikar.'
Though doing very well in university, she had chronic illness and resigned from
teaching.
Despite the health problems she suffered
from, Parijat's flow of writing was substantial and fascinating enough to bring
up works such as 'Shirishko Phool.' Even though other writings attained
critical acclaim, 'Shirishko Phool' became her most lasting output. On the one
hand, Parijat struggled with paucity, while on the other, she attained literary
recognition in addition to the prestigious Madan Award.
Personal Problems and Marriages
Personal life was not easy for Parijat,
filled with health problems and economic insecurities. Her relationships,
especially with Shankar Lamichhane, were always a subject of curiosity,
reflecting the restlessness of her personal journey.
Philosophical Evolution and Activism
Parijat's involvement with the different
literary movements in Nepali literature, such as Romanticism and Marxism,
gradually took shape, placing her at the center. Her writings thus carried
progressive ideology and advocacy of human rights that established her place in
the sociopolitical discourse.
Legacy and Posthumous Recognition
The contribution of Parijat outlived her as
it continued to inspire several generations of writers and readers alike. She
was accorded numerous posthumous tributes in the form of postage stamps,
educational institutions, bearing her name-a testament to her iconic position
in Nepali literature.
Conclusion: Timeless Impact
Her death in 2050 created a vacuum in
Nepali literature, but her works still echo with the essence of Nepali culture
and language. She remains immortal with the undisputed fact that literature can
cross boundaries and inspirit future generations.
जूनी काट्नु एउटा बाजीधमिरा लागेको धरतीमाथि उभिएर माटोको माया ? एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति म कसरी व्यक्त गरुँ ? मैले जमिन नखोजेको विरोध मैले परिभाषा लाउन नखोजेको आमाको माया जब रमाइलो दिन र रंगीन भ्रमहरुको जुवा फुकेको थियो शायद म अनुपस्थित थिएँ आफ्नै स्थितिहरुमा आफ्नै समयहरुमा कि मैले हारमाथि हार खाएको हुनुपर्छ म बाजी मार्न बिर्सन्छु म बाजीलाई अर्थ दिन बिर्सन्छु मान्यता दिन बिर्सन्छु मलाई नसोधे हुन्छ जुनी काट्नु कुनै गाह्रो काम होइन अप्ठ्यारो इतिहास होइन । |
आन्दोलनचुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको माटोमा फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले हत्केलामा यसै निचोर्न सक्तैन एउटाले अर्कोलाई मार्नैपर्छ यसो गर्नलाई तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ । मण्डप भित्र मन्त्रहरूले कति दिन छलाउन सक्छ मुक्तिलाई के हो र मन्त्र मुक्तिको निम्ति ? लात्ते भकुण्डो होइन मुक्ति भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति होस गर्न पर्छ यस्तो सोच्नलाई मुक्ति साङ्लामा बाँधिइन सक्ने बस्तु होइन आकाश भरी पहिले बाटै तैनाथ गरेर छरिता बाजाहरूको जमातमा उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष होस गर्नु विडम्बना हुनेछ लुम्बिनी र शान्ति क्षेत्र काँक्रा र फर्सीका बिऊ जस्तो पट्ट पट्ट फुटेर समयअनुकूल माटो र ऋतुमा झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर मुक्तिका चाहनाहरू चुँडालेर कथित बलियो बन्धनबाट आँप, बेल र पिपलका रंगीचंगी पातहरूको । होस गर्न पर्छ यतिखेर निर्धाका मुटु निचोर्नेहरूले शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन् एकपछि अर्को लस्कर लागेर |
मान्छे मरुभूमि होइनसास छउञ्जेल आश हुन्छ भन्छ खुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छ जतिसुकै डढेलो लगाउन् अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ। छोप्छन् आलो चिहानलाई आलो सम्झनालाई विस्मृतिका झारपातहरुले भन्छ त्यही विस्मृतिका हाँगा–हाँगामा फुल्छन् सक्रियताका फूलहरुे मान्छे मरुभूमि होइन ए 164 मान्छे मरुभूमि होइन प्रवृत्ति एकाएक र अन्तिमपल्टलाई कहिल्यै मर्दैन मन त पल्हाउँछ घरीघरी, जाग्छ घरीघरी मान्छेको मन मरुभूमि होइन। किन के फरक छ दास युग र अहिले त्रासदी भोग्नलाई? जिउँदो मान्छे डढेंकै छ सुकुम्बासीको छाप्रोभित्र। तर आज त्रासदी दुःख भएर थुप्र्रै–थुप्रै दुःखी मान्छेहरुका सम्बेदनशील मनहरु एउटा चाहनामा उनिएर बसेका छन्। गल्ती गर्यो, जसले दुःखी मान्छेलाई मरुभूमि ठान्यो गल्ती गर्यो, जसले संगीनमा उनिएको सुकुम्बासी बाबुको रक्ताम्य लाश हेरेपछि नाबालक छोराका आँखाहरु ढुंगा हुन्छन् भन्ने ठान्यो गल्ती गर्यौ, जसले खरानीको डल्ला भएको छोराको लाश देखेपछि सुकुम्बासी बाबुको छात्ती बाँझो बगर बन्छ भन्ने ठान्यो। नाबालक आँखाहरु ढुंगा हुन सक्दैनन् बूढाको छाती बाँझो बगर हुनसक्दैन आलो चिहानमाथि फुल्नै परेको छ सक्रियताका फूलहरु। मान्छे मरुभूमि होइन रगत पात्लिंदैन भन्छ रगत उम्लन थालेपछि पोख्नपर्छ भन्छ नदी नै हो भान्छेको सहने शक्ति, पचाउन त सबै पचाउँछ तर यस नदीमा पनि खतरा रेखा हुन्छ भन्छ बाढ आउनुपर्छ भन्छ, बाढ रगतको हिसाब किताब त हुन्छ हुन्छ किनकी मान्छे मरुभूमि होइन। |
विजयजीवनको पूर्व–पश्चिम कुनै यात्रा यस्तो भएन जहाँ पाइतालामा काँडा नबिझेको होस्, जहाँ औलामा ठेस नलागेको होस् दश बिसौनी एक पुल्टुङबाजी नडराई हिंडिरहेका सहयात्रीहरु देखेपछि जीवनप्रतिको कलिलो अनुभूतिलाई एउटा माइल ढुंगामा यसरी लेखेर आएको छु, एकथरीको जीवन विजयबाट शुरु भएर पराजयमा अन्त हुन्छ अर्काे थरिको जीवन पराजयबाट शुरु भएर पराजयमा अन्त्य हुन्छ कुनै अनुभूतिको नाउँ जीवन हो? कुनै दिन जीवनलाई मैले कर्कलाको पातको पानीजस्तै सँगालें कुनै दिन जीवनको अनुभूति मर्करी जस्तो फुटेर कोसौं भाग लाग्यो कुनै दिन अञ्जुलीभरिको पानी जस्तै अनुभूति जीवनको छताछुल्ल भई भुईभरि छरियो बीस कोल्टे आँशु केही एक कोल्टे हाँसो फेर्न पाएँ आजभोलि म रित्तो पेट र नांगो आङमा अनुभव गरिरहेछु र अनुभूति पसीना र थकानमा बाँच्दैछ र अनुभूति थोरै ज्याला र धेरै असन्तुष्टिहरुमा साटिंदैछ “नसहनु” भन्ने एउटा अनुभूतिमा छाम्दैछु, तौलँदैछु त्यसले अनुभूति विद्रोहमा जाग्दैछ चक्रको यस बिसौनीमा चाहे पाइतालाभरि काँडा बिझेको किन नहोस् म फेरि अर्को माइल ढुंगामा अर्को चिनारी लेख्दैछु, जीवन पराजयबाट शुरु भएर विजयमा अन्त हुन्छ। एउटा व्यक्तिको जीवन इतिहासको प्रतिनिधि हुन सक्दैन त्यसैले जीवन निश्चितरुपले यस्तै हुन्छ। जीवन पराजयबाट शुरु भएर विजयमा अन्त हुन्छ। कुनै समय सुस्केरामा छाम्न पर्दैन जीवनलाई, झुल्कँदा र अस्ताउँदा घाम यसरी रातै हुन्छ जीवन आफै एकदिन विजय भएर जन्मनसक्छ सुकुमारी पाइतालाहरुको भरमा उभिएर म अनुभूतिको अन्तिम चिनारी लेख्नेछु जीवन विजयबाट शुरु भएर विजयमा अन्त हुन्छ। |
जुठी दमिनिको अभिव्यक्तिजदौ हजूर…. मालिक अलिक टाढै बस्नुस् नाउँ लक्ष्मी, आमाको एउटी छोरी न जेठी न कान्छी न ठूली न सानी गरीबको घरमा बत्ती बलेकी थिएँ हजूर बत्ती । तर कर्मको खोटी अलच्छिन् मोरी बाह्र वर्ष नपुग्दै पोली खाएँ बा आमा असारको पैह्राले किचेर एक चिहान परे कठै हाट भरेर फर्केकाहरू । कहाँ जाने अभागिनी आँखोको सोझी मावल हुत्तिएकी सौतेनी माइज्यूछोरीको रूपमा यो त डङ्किनी रहिछ आमा बाबु ज्यूँदै खाई भन्दैभुत्लाउने गर्थी । हजूर मालिक, मेरो बिहे नभएको होइन ढाँटेर के हुन्छ? सौतेनी माइज्यूले उसैको भाइको सौता हाली दिएकी मेरी जेठी पिण्ड रोगी म त काम गर्न गएकी, मालिक हजूर, कसैको जुठो खाएर हुर्केकी होइन म त आएको तीन दिनम ैमुखिनीले न्वारान गरिदिई जुठी, जेठीमाथि सौता हुन जुठे दमैसँग पोइल आएकी म जुठी कान्छी । पुर्परोमा यस्तै रहेछ मालिक सबै जुठी कान्छी भन्छन ् हाम्लाई यस्तो माया पिरती क्यै थाहा छैन हजूर आइमाईको जातले छोरा छोरी पाउनु कुन महाभारत भयो त । टालाटुली बटुली आफै सिलाकी यो चोली जुम्रा पर्छ घरिघरि केलाउन पस्न पर्छ कुनाकुनी, लाज शरम एउटै हो हजूर आइमाई जातको रूझ्नु,भिज्नु,चिसिइनु,खट्नु सुख्खा खोकी लाग्छ ज्वरो आउँछ रातभरि मर्ने काल आउँदैन बाँच्ने मन छैन मालिक, साह्रै नै बाँझो भएको छ ऊ त्यो वनमारा फैली झ्यामिएको पाखाजस्तै सक्नुहुन्छ भने दखल गरिदिनुस्,जोती दिनुस् क्यार जदौ हजूर…. बिउ छर्न लायक बनाई दिनुस् क्यार। |
मानुषीतिमी र म एउटै होइनौं एक–अर्काका पूरक मात्र हौं त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरुका भागीदार हुनसक्दैनौ म तिम्रो मृतदेहसँग जिउँदै मर्नसक्छु म तिमीहरुको सामूहिक बलात्कार खपेर बाँच्न सक्छु तिमीलाई त त्यसो कहिल्यै भएन, तिमीले रजस्वलाको कष्टप्रद क्षण भोगेका छैनौ तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन तिमीलाई गर्भधारणको अतिशय पट्यारलाग्दो अवधि थाहा छैन तिमीलाई प्रसवकालको सीमातीत कष्ट भोग्नु पर्दैन हो, म तिमीबिना आमा बन्न सक्दिनँ तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु । तिमी मेरो उत्पीडन बुझ्दैनौ म तिम्रो उत्पीडन बुझ्छु आऊ आज हामी उत्पीडनहरु साटासाट गरौं हामी मानसिकताले एकाकार हौं हामी एक–अर्काबिना बाँच्न सक्ने प्राणी होइनौं म तिम्रो हात दह्रो गरी समाउँछु तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पु ¥याऊ त्यहाँ, जहाँ तिमीलाई मैले सभ्यताको आदिकालमा पु¥याइसकेकी थिएँ । |
मृत्युधेरै अघि एक साँझ चराहरू निन्याउरा भएर हाँगातिर बसिरहेको बेला घरका समस्याहररूले पिल्सिएर आफै पनि झोक्रिएर बसिरहेको बेला मलाई एउटा कविता लेख्न मन लागेको थियो मृत्यु अभिशाप हो मृत्यु विसंगति हो मृत्यु जीवनको अन्त हो भनेर । मृत्युको कुरालाई धर्म ग्रन्थहरूबाट जस्ताको तस्तै ग्रहण गरेकी छु मैले तथापि मसँग मृत्युको केही आलो व्यथा छ जीवनको विकराल दुःखहरूबाट तर्सेर एकपल्ट मैले मृत्युको पछ्यौरामा मृत्यु लुकाउने दष्प्रयास गरेकी छु तथापि मसँग मृत्युको केहि साक्षात् कथा छ । मट्मास दिएर नून साट्न आएकी साँघुरो भिरालो बाटोमा पेटभरि आहार नभएर बाङ्गो टिङ्गो हिँडिरहेकी एउटी गरिब आमाको थुन्सेबाट आँत सुकेको बालख छोरो अरल्लिएर रुँदा फुत्केर कालीको बौलाहा छालमा खस्यो उसको मृतयु भयो ज्वरोको धङ-धङीमै ठालुले जोताको एउटा निर्धो तन्नेरी रुखको हाँगा काट्दा काट्दै असंतुलित भएर भूईंमा खस्यो उसको मृत्यु भयो रक्सी खाएर रङ साइडतिर हाँकिरहेको महानगरको एउटा सफेद पोशले एउटा झुम्रे रिक्सावाललाई हाकाहाकी चेप्ट्याएर मार्यो उसको मृत्यु भयो अझ थुप्रै सामूहिक मृत्युहरू भए खान नपाउनेहरूको अधिकार खोज्नेहरूको दुई पाइलो जग्गा माग्नेहरूको अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन आज मलाई फेरि एएटा कविता लेख्न मन लागेको छ मृत्यु विसंगति होइन मृत्यु जीवनको अन्त होइन भनेर मृत्यु त सहिद भएर रातो झण्डाभित्र सुरक्षित भीडहरूबीच हिँड्दो रहेछ मृत्युको अर्को नाउँ बलिदान रहेछ मृत्यु बाँच्दा रहेछन् जिउँदाहरूको मानसमा सम्झना भएर अन्यायमा परेर मेरका मृत्युहरू डरलाग्दा आक्रोश भएर जुर्मुराउँदा रहेछन् प्रतिशोध भएर जताततै पुषकार गरी हिँड्दा रहेछन् मृत्यु त संगठन भएर अंगालोतिर बाँधिइदा रहेछन् नारा भएर भित्ताहरूतिर लिपिदा रहेछन् पर्चा भएर हातभरि छरिइदा रहेछन् कहाँ मर्दा रहेछन् र भोका किसान जिउँदै डढ्ने सुकुम्बासीका मृत्युहरू उनीहरूका मृत्यु त संघर्ष गर्न तमतयार आएको विशाल विशाल जुलुसमा हिँड्ने संघर्षकारीहरूको पाखुरी पाखुरीमा मु्ठ्ठी भएर कसम भएर अठोट भएर प्रतिज्ञा भएर ज्यूँदै ज्यूँदै जाग्दा रहेछन्, बल्झिदा रहेछन् मृत्यु त संगीन भएर वर्ग शत्रुको छातीतिर तेर्सिइदा रहेछन् बन्दूक भएर पड्किदा रहेछन् । |
लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र१. जीवनसाथी ! धेरै-धेरै प्यार मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा एउटा हृदय उनेर पठाऊँ एउटा हृदय जडेर पठाऊँ एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ एकपल्ट दोहोर्याऊँ शताब्दीअघिको प्रेमको भावुकता तर आजको सीमारेखा कुन स्वतन्त्र चराले उड्न पायो र ? यो कुँजिएको अस्तित्व कुन सुस्केराले विश्वको हावामा बिसाउन पायो र ? २. प्रिय ! हेर्नै नपाई आँखाबाट ओझेल भएका तिमीलाई बोल्नै नपाई टाढा भएका तिमीलाई मस्तिष्कमा उभ्याउने यथेष्ट साधन नै छैन रकेटको उडानले कल्पनालाई ढिलो बनाइसकेछ क्यार मानचित्र राखेर उड्दाउड्दै पनि दुर्घटनामा परिदिन्छ मेरो आतुरता अब म… अब म सात समुद्र पार गरेर आउँदिनँ तिमीलाई यहीँ म मेरै चौतारीमा हेर्छु किनभने शरीरसँगै मेरो मस्तिष्क पनि सीमित भएको छ ढुंगामा परिणिता गौतमी जस्तै ३. प्रिय ! प्रेम एक मृगतृष्णा प्रेम एक चखेवाको लोभ मेरा निम्ति प्रेम एक निर्जीव सत्य मानौं काकाकुलको तिर्खा मानौं घामलाई प्रेम गर्दागर्दै सूर्यास्तमा जाम परेको क्लिसो यो नश्वर शरीर यो अनन्त चाहना तर, प्रेम दुई शरीरको मिलन तिम्रो अँगालाभित्र म मृत्युलाई छेकबार हालिरहेछ इच्छाको ताँती प्रत्येक रात- आह, म मेरा मीठा सपनाहरूलाई हेर्दै पोल्दै गर्दै छु । ४. प्रिय ! तिमीले लेखेका थियौ म तिम्रो वालेटको तस्बिरमा मुस्कुराउँछु रे तिमी मलाई पाएर हराउन चाहन्नौ रे मेरो सम्झनापत्रले तिमीलाई ‘फिनिक्स’ले झैँ ब्युँझाउँछ रे मेरो माया तिमीलाई वटवृक्षको मायालु छाया रे आह! यी सब इतिहासबद्ध भइसके कसरी मैले बाँचेको थाहै नपाई एक लामो अवधि बिताइसकेछु अब तिमी अवश्य पाउनेछौ मलाई ‘फिनिक्स’लाई झैँ आफ्नै खरानीमा जुनी फेरेको होइन तर भन्नै नपाई मनको कुरा सधैं-सधैंका निम्ति सुतेको निद्रामा । ५. प्रिय ! म मरिसकेँ तिम्रो प्रेमलाई आफूसँग जलाइसकेँ, गाडिसकेँ म सुतिसकेँ सुत्नका निम्ति छँदै छ चीरनिद्रा तर बाँच्ने तिमी त भोलि ब्युँझन्छौ नयाँ घामसँगै तिमी नरुनू सङ्घर्षलाई व्यङ्ग्य गर्दै तिमी मान्छौ ? कति बलियो थियो मेरो अन्त्य जसले अनन्तको एक हिस्सा चोइट्याएर लग्यो कति बलियो मेरो मृत्यु जो अमरत्वलाई नै अधमरो बनाएर गयो प्रेम मर्दैन तर यसलाई मार्नुपर्छ मेरो अन्त्य जस्तै तिम्रो आरम्भ पनि बलियो हुनुपर्छ अब यहाँ आउँछ यस पत्रको शेष मेरो पत्रको शेष तिम्रो ‘फिनिक्स’ को शेष जीवनसाथी तिमीलाई मेरो सबै प्यारको अवशेष । |
एउटी स्वास्नीमान्छेको अन्तरवार्ताज्यू, काम गरेकोमात्र थाहा छ दुःख पाएको मात्र थाहा छ फाटेको चोलो र जडाउरी गुनिउँ लगाएकोमात्र थाहा छ जोबन सोध्नु भएको ? त्यो त हजुर आएको गएकै थाहा छैन । खै, जान्ने सुन्नेले भनेको मेरो जोबन त जिम्मुवालको ऊ त्यो गहँुबारीमा सप्रिसक्यो रे उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे खै, कुन्नि कस्तो अनौठो मेरो आँखा र ओठमा नफुलेर मेरो जोबन अर्काको सम्पतिमा फुल्ने रे के भन्नुभयो, निकै हिस्सी परेकी छु रे ? ज्यू, त्यो दहको पानीमा हेर्दा त्यसतै त्यस्तै लागेको थियो तर के भरपर्दो हुन्छ र पानीमुनिको छायाँ । ढाँटेकी भए हजुरको मासु खाने मेरी बास्सै ! लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी टोपीमा लालुपातेको फूल घुसारेर निधारमा तीनवटा सितारा टांसेर गालामा अलि अलि लाली घसेर आएको मेरो बैंसे दुल्हा आरन जस्तै अँध्यारो र खलाँती जस्तै धुस्रो थियो ए, हाँस्नु भएको हजूर त ! यसको गोडा पखालेको पानी खानू साँझ बिहान बुढी बज्यैले भन्दा घुम्टोभित्र म रोएकी खै, कसरी देखाउँ गालामा आँशुको डोब बस्दैन हजूर पहरामा खहरेको डोब बसेजस्तो । ज्यू, माइत त सात खोला सात डाँडा उता छ मैले बालखकालमा देखेकी सपना जस्तै मेरो मुुटुभित्रै भएर पनि कति कति टाढा । जै जन्म सोध्नुभएको ? ज्यू इनै दुइटा छोरा च्याँसे पुन्टे, डेढ वर्षको फरक छ ढाँटेको भए यो आगो हातैमा हजूर । यो च्याँसे मुखियाको घर बनाउने ढुंगा बोक्दा बोक्दै पाएकी नाम्लो त थाप्लोमै थियो गाँठे फरियामा पोको पारेर ल्याएँ छाप्रोमा साल नाल काटेँ फेरि मुखियाको धान गोडदा गोडदै हिलोमै जन्मियो यो पुन्टे हिलोमा जन्मिनेहरुलाई काहाँ लेखेको हुँदोरहेछ र सिमलको भुवा ? ज्यू, हुर्काउँदैछु हजूर हुर्काउँदैछु भुतुङ्गै जनावरहरु जस्तै कुकुर र सुँगुरका बच्चाहरु जस्तै । ज्यू, माया लाग्छ यै बूढा कामीको गरीबीभन्दा अर्को छनौट नै के छ र जीवनमा ? म पनि त चायाँ र कलेटी तर्साउँने भइसकें के म स्वास्नीमान्छे जस्ती छु र ? ल फेरी हाँस्नुभयो हजूर त ! जीवनको अर्थ ज्यू, केही बुझ्या छैन मेरो कामीको रंग र फलामको रंग एउटै छ हजूर । च्याँसे–पुन्टेको छालाको रंग र बाटोको धुलोको रंग एउटै छ , म पनि त हजूर फोहोर, मैला, ध्वाँसो जस्तै छु कामी रुने होइन कहिल्यै उसका पसीनाको रंग र मेरो आँशुको रंग एउटै छ हजूर ! ज्यू, ज्यू काम गर्नेहरुले खान पाउनुपर्छ भन्ने कुरा भर्खर भर्खर पो थाहा पाउन लागेकी छु हजूर ! |
CHHATIWAN (ALSTONIA SCHOLARIS)
CHIRAITO (SWERTIA ANGUSTIFOLIA)
CHIRAITO (Swertia bimaculata )
CHIRAITO (Swertia multicaulis)
DATIWAN (ACHYRANTHES BIDENTATA )
DHASINGARE (Gaultheria fragrantissima)
DRONAPUSPA (LEUCAS CEPHALOTES)
GOBRESALLA / TALISPATRA (ABIES SPECTABILIS)
GUJARGANO (CISSAMPELOS PAREIRA)
INDRAJAU ( Holarrhena pubescens )
JAMANE MANDRO (MAHONIA NEPAULENSIS)
JATAMANSI (NARDOSTACHYS GRANDIFLORA)
KAKAD SINGHI (Pistacia chinensis)
KAKOLI ( Fritillaria cirrhosa)
KALO SHARIVA (CRYPTOLEPIS BUCHANANII)
KALO SHARIVA (ICHNOCARPUS FRUTESCENS)
KALO-BIKHA (ACONITUM LACINIATUM)
LAGHU PATRA (PODOPHYLLUM HEXANDRUM)
Medicinal Plants of Nepal! Preserving the Past, Healing the Future
NAGEBELI (LYCOPODIUM CLAVATUM)
PANCHAUNLE (Dactylorhiza hatagirea)
https://easyayurveds.com/shop/
https://easyayurveds.com/neem-capsule-price-in-easy-ayurved-nepal/
https://easyayurveds.com/ajwain-oil-carom-oil-for-pain-relief-relaxation-improved-blood-circulation-stress-reduction-mental-relaxation-and-relief-from-arthritis-100ml/
https://easyayurveds.com/amla-powder-gooseberry-powder-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-powder-100gm/
https://easyayurveds.com/brahmi-bati-price-in-nepal/
https://easyayurveds.com/confido-tablets-for-libido-testosteron-and-erectile-dysfunction/
https://easyayurveds.com/arjuna-chaal-powder-supports-heart-health-manages-cholesterol-level-promotes-healthy-metabolism-diabetes-weight-loss-terminalia-arjuna-100gm/
https://easyayurveds.com/ashokarishta-ayurvedic-syrup-for-women-relief-from-irregular-and-heavy-menstruation-and-hormonal-imbalance-with-ashoka-dhataki-by-dabar-450ml/
https://easyayurveds.com/ashwagandha-withania-somnifera-ayurvedic-herbal-supplement-promotes-vitality-and-strength-support-for-stress-ashwagandha-powder-100gm/
https://easyayurveds.com/ashwagandharishta-helps-boost-immunity-stress-buster-for-health-strength-wellness-naturally-enhances-fertility-libido-by-baidyanath-450ml/
https://easyayurveds.com/avipattikar-churna-gastric-churna-for-hyperacidityflatulence-bloating-nausea-heart-burn-and-digestion-ayurvedic-abhipattikar-churna-100gm/
https://easyayurveds.com/brahmi-brahmi-powder-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-centella-asiatica-100gm/
https://easyayurveds.com/chyawanprash-with-yarshagumba/
https://easyayurveds.com/castor-oil-arandi-oil-price-in-nepal/
https://easyayurveds.com/yarshagumba-price-in-nepal/
https://easyayurveds.com/isabgol-bhusi-price-in-nepal/
https://easyayurveds.com/himcolin-gel-price-in-daraz-nepal/
https://easyayurveds.com/baidynath-shilajit-price-in-nepal/
https://easyayurveds.com/goksura-gokharu-powder-price-in-nepal/
https://easyayurveds.com/giloy-gurjo-gudduchi-powder-price-in-nepal/
https://easyayurveds.com/shilajit-capsule-price-in-nepal/
https://easyayurveds.com/dushmularishta-price-in-online-shopping-nepal/
https://easyayurveds.com/moringa-price-in-nepal/
https://easyayurveds.com/kaauso-price-in-nepal-mucuna/
https://easyayurveds.com/jethimadhu-price-in-nepal/
https://easyayurveds.com/jaiphal-oil-price-in-nepal/
https://easyayurveds.com/benefits-of-jamun-seed-powder-for-diabities-and-constipetion/
https://easyayurveds.com/liv52-price-in-nepal/
https://easyayurveds.com/shilajit-price-in-nepal/
https://easyayurveds.com/liv52-price-in-daraz-nepal/
https://easyayurveds.com/khadirarista-price-in-nepal/
https://easyayurveds.com/bramhi-oil-ghod-tapre-oil-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-bacopa-monnieri-oil-100ml/
https://easyayurveds.com/amla-juice-gooseberry-juice-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-juice-with-aloe-vera-100gm/