peruse in that choice by dint of person Prasad Subba
some of the most renowned Nepali poems, full with cultural wealth and
sensitive deepness. His works circle a bell with readers all above the international.
Manprasad Subba become born in Darjeeling,
subcontinent, upon month tertiary, 1952. He possesses written many poems and a special novel.
He possesses as well labored upon essays and edited journals in twain Nepali and English
languages. Subba possesses translated poems and stories from Nepali and Hindi into
English. His works are famous and be in possession of been translated into languages like
English, Hindi, and Maithili. Important organizations like Sahitya Akademi in
fresh Delhi be in possession of published his translations. Subba's impact spreads in the
domain of diverse South Asian languages too. He possesses represented South Asian and Nepali writings
at many national and international events. Besides writing, he possesses taught
English writings at school and college levels in Darjeeling. Few among them
are the Vidyasagar Higher Secondary institute and Bijanbari Degree College.
Born upon month 3, 1950, in Bijanbari,
Darjeeling region, Manprasad Subba appeared as a star in the South Asian Nepali
meter earth. He possesses left an indelible sign upon the scholarly landscape, most
notably in the realm of trial neo-writing in Nepali writings. The
journey of Subba was that of ceaseless intellectual discovery, creative
innovation, and deep introspection throughout his existence.
Early Life and Education
Manprasad Subba was born to Dhanmaya Subba
and Ambardhoj Subba in the pictorial city of Bijanbari. developing upward in the green
hills of Darjeeling, he grown an appreciation for nature that later
manifested in his poetic expressions. His formative years fell within the wealthy
cultural ambience of the area, steeped in the traditions of Nepali
writings.
After soon schooling, Subba did his higher
research with an ever-passionate attraction in writings. He completed his master's
in English writings, what actually formed a walking rock to his scholarly
works. The scholarly skill combined with keen scholarly perception thus created
an venture in individual-discovery and the innovative journey.
Literary Career
Subba's entrance into the earth of writings
began with his job at the local school as a main educator. He continued to
grow as a poet, with an active and alert stance to his writing.
His works mainly reflected his experiences approximately the nuances of existence interwoven
with his observations approximately changes in community.
Subba grown a flavor in that region of
meter for experimentation and thing fresh. His poems are in easy words,
and that simplicity possesses gone to the core of the readers as a mirror reflecting
strong philosophical ruminations upon the human condition. His poetry could
beautifully portray the sighs and groans of existence as it registered the struggles
of an individual man to the greater hurts in community.
Subba's scholarly journey was speckled with
landmarks of achievement and congratulatory clapping. His poem, 'Pratikriya',
gained him common acknowledgment, comprising the 'Diyalo Award'. This merit did
much in founding the author as single of those scarce poets who possess immense
pledge and sensitivity.
The publication of the great collection
'Adim Basti' of his poetical works solely obtained Subba's position in the
pantheon. The 'Sahitya Akademi Award' that collection gained brought into acute
focus how heavily his contributions weighed in Nepali writings. Successive
publications enlarged the corpus of Subba's job into a melting pot of diverse
themes and motifs.
Legacy and Recognition
In 1993, Manprasad Subba received the
'Ratnashri Swarna Padak,' what is a great acknowledgment and confirmed that his
contribution to the earth of writings might be recalled for generations to
come. His contribution to Nepali meter was read and appreciated by dint of commonwealth
beyond borders. additional than the unlike forms of awards and acknowledgment, it was
the echoes of his poetic lyrics that kept Subba active.
Literary Works
The contribution of Manprasad Subba to the
scholarly corpus speaks volumes approximately his innovative talent and creative sight.
Besides, his creation belongs to a broad spectrum of themes and genres that
continue to enthral readers as of their suggestive images and deep
insights into the human condition. Here is a itemize of some of his published
works:
1.
"Tyō emōṛasamma Pugeko emānche" (book)
2.
"Biblyāntō Yugabhitra Kārtun emāncheharū" (Poetry Collection)
3.
"Bukhyācāharūko Deshamā" (Poetry Collection)
4.
"Āfaint Bastī" (Poetry Collection)
5.
"Ūṣmā" (Poetry Collection)
6.
"Ṛitu Kyanbhasamā Rekhāharū" (Poetry Collection)
7.
"Akṣara Arkestrā" (Poetry Collection)
8.
"Kinārākā Āvājaharū" (Poetry Collection)
9.
"Bhuiṁphuṭṭā Śabdaharū" (Poetry Collection)
Conclusion
Manprasad Subba stands as a glowing instance
of how skill can impact existence and the reverberations of poetic articulation.
Through his writings, he travels above the topography of human knowledge,
showing the deepness of feeling and the complexity of being. A poet with a
see, a maverick poet, and an distinguished scholarly shape, he inspires generations
with his understanding into existence and eternal poetry as he stamps Nepali writings
with an indelible sign.
गंगा सम्झेर गंगाको किनारमाआफ्ना पापहरू जे जति छन् (अञ्जानमै गरिएका भएतापनि) पखालेर यति सहजै मुक्त हुन चाहन्न म भोग्न चाहन्छु चुपचाप म तिनीहरूका परिणतिहरू बस् यत्ति कि ती परिणतिका आगोहरूबाट भएर म निक्खर निस्किन पाऊँ चाहे मेरो त्यो निक्खर अंश तोलाभरि मात्र किन नहोस्! यति मात्र कि तिमीबाट मैले एक अञ्जुली मौनता मागेर फर्किनुछ । गंगा ! आएको होइन म तीर्थ गर्न पनि तिम्रो किनारसम्म आएको हूँ सिर्फ तिम्रो तरल देहलाई हेर्न तिम्रो कोमल्य सुम्सुमाउन । |
यौटा प्रेम कवितासमयको सडक हिँडदा हिँड्दै एकछेउ डिलनेर बसेर हामीले जे जति कुराहरू गर्यौँ ती कुराहरू दन्त्यकथाका मधु-मालतीले बात मारेका होइनन् ती त हामीले बाँचेका क्षणहरू हुन् हामी जो ढुंगाको चेपमा उम्रेको घाँसजस्तै यसबेला एकदमै यहीँनिर छौँ । कसैले ती कुरामा अर्कै-अर्कै कुराहरू देखेर भ्रम मात्र हो भनिदिँदैमा हामीले बाँचिसकेको त्यो क्षण कहाँ फेरिन्छ र१ त्यो क्षणभित्र देखेको सत्य कहाँ साटिन्छ र ११ हामीले त्यसबेला मन खोलेर हाँसेका हँसाइहरू कुनै टूथपेष्टको विज्ञापनलाई थिएनन् हामीले बोलेका ती शब्दहरू कुने नाटकको निर्देशकले रटाएका होइनन् । घडीको घेरोबाट मुक्त क्षणहरूसित म उपभोक्तावादको बजार छोडेर टाढा पुगेको थिएँ म ती क्षणभरिका विश्वास र आत्मविश्वासको कुरा गरिरहेछु । कतै तिमीलाई मेरो यस्तो कुरा वहियात त लागिरहेको छैन र ? |
कविको निमित्त एउटा कविताऊ कवि हो । त्यसैले उसलाई उसका कविताहरूमा कहिल्यै नखोज्नू । त्यहाँ हुँदैन ऊ । बरू तिमी हुन्छौ, म हुन्छु र हामीजस्तै थुप्रै अरूहरू हुन्छन् । ऊ त आफूलाई आफ्नो कोठाभित्रै छोडिराखेर निस्कन्छ कवितामा – तिमी-हरू अनि म-हरू भएर । ऊ आफ्ना घाऊहरुलाई शब्दहरूको बिस्कुन बनाएर कविताको घाममा सुकाऊँदैन अनि आफ्ना खुशी नै पनि दाँतमा चम्काएर कुनै टूथपेष्टको विज्ञापनमा हाँस्दैन ऊ । बरू आफ्नो घाऊको एक छेऊबाट यस्तो गाउँँको मानचित्र खिँच्छ कवितामा जुन गाउँँ भर्खरै दङ्गामा परेर तहसनहस भएको छ । शब्दहरूमा अवतरित कवि आफू हुनै पाउँँदैन कवितामा त्यहाँ त हुन्छ उसले निर्माण गरेको यौटा हात्ती जसलाई छामेर अन्धा हातहरूले आ-आफ्नै विश्वास देख्ने गर्छन् । कविताको मूल सडकबाट सँधै किनारिएको हुन्छ कवि । कविको सास फेराइ र कविताको लय दुइटा अमिल्दा कुराहरू रहेछन् । |
छेउबाटगाउँका मुखिया बूढा भन्थे- हिँडे छेउ लाग्छ…. अरे ! यहीँ त बसेको छु म शताब्दी शताब्दीको भुइँमुनि पैताला रोपेर बसेको बसेकै बसिराखेकै छु आमाको सालनालसितै तर किन आज म छेउ लागिसकें हँ ? कुन्नि कस-कसले हुत्याएर ठेलेर डिलमै पुर्याइसक्यो मलाई डिलमुन्तिर चैं छ मुख आँ गरिबसेको- विलुप्तिको ब्ल्याकहोल ! मुखिया बूढा भन्थे- ….बसे लेउ लाग्छ । खै ! कुन जालीको कर्तुतले हो यो जीउमा लेउ लाग्नै दिँदैन डार्विनले छामेको मेरो छेपारीको लेउ ब्लिचिङ पाउडरले पिल्साएर मलाई भर्खरै लडिझरेको ढुङ्गा हो भन्दै रडाको मच्चाउँछ पर्चा । मेरी बोजू भन्थिन्- छेउको सियो माझमा पुग्छ…. खै ! सिएको सिएकै सिएको सिएकै तर अझै म छेउको छेउमै माझ कुन मुलुकको नाम हो थाह छैन । |
यौटा कविताहीन कविताअखबारको पृष्टमा ऐना हेरेर शुरू हुन्छ उसको दिन… आधुनिक दन्त्यकथाको एक देवता ऊ रिमोट-कन्ट्रोल हातमा लिएर टी.भी. स्क्रीनको अँध्यारो शून्यमा संसार बनाउँछ बद्लाउँछ, अल्पाउँछ साबुन-पानीका फोकाहरू सानो पाइपबाट उडाउऩे खेले झैं शब्दहरू फुरूरूरू… फुकिपठाउँछ ऊ दिनभरि। उसको मुखबाजाको आरोह-अवरोहले ट्राफिक जाम गरेर दिनैपिच्छे हल्ला बजिरहन्छ चर्को स्केलेटरको आरोह-अरोहसहित उक्लिँदै ओर्लिँदै हराइकेको आफैलाई कहिलेदेखिन्। कुन्नि को भइसकेको ऊ कहिलेदेखिन्। सुपर मार्केटको एक पसल सङ्गीतको एक एक सप्तक बज्छ उसको दाँतको की-बोर्डमा। कहिले चाहिँ खाली खोक्रो एलिभेटरमा चढेर आधुनिक देवत्वको स्काइस्क्रेपर उक्लिन्छ अनि दुइ-चार हात रमी दुइ चार पेग रक्सी र आइमाइको केही तातो नि-श्वास आह मज्जा छ उसलाई स्वचालित औंलाहरूले ताछेर साँझको घामलाई सुन्तला जस्तो केस्रा,केस्रा खाइबस्छ गफको रस निल्दै। करेन्सी नोटमा छापिएको कुनै पनि चित्र हेरेर भ्यानगगको प्रशंसा गर्छ ऊ ‘All that glitters is not gold’ भनिवरि गर्वसाथ औल्याउँछ उसको चम्किँदो दराजतर्फ सजिल्द शेक्सपियर देखाउँदै दिनको उज्यालोलाई सधैं ऊ आफ्नो टल्किँदो हाँसोमा फिजाउँछ अनि रातको अन्धकारलाई चाहिँ ओभरकोट बनाएर ओढ्छ। यस्तो उसलाई तिमीले जहीं पनि जहिले पनि भेटेकै हुनुपर्छ न्यूयोर्क बेजिङ काठमाण्डुमा अनि कुकुर-लुतोले पिल्सिरहेको हाम्रो दार्जीलिङ पनि। |
जङ्गलको कुरातिम्रो रिमोट सेन्सिङ स्याटलाइट कत्तिको संवेदनशील छ हँ ? यो जङ्गलको सास फेराइ सुनेनौ? त्यसो भए मेरो कथा, मेरो शास्त्र पनि सुनेनौ । भुइँमा फैलिँदै पर पर पुगेका यी लहराहरूमा कान थापेर सुन त – मेरो रगत कुदिरहेको थाह पाउनेछौ तिमी बोल्छौ मशिनको भाषा त्यसैले यो जङ्गललाई तिमी ठीक बुझ्न सकिराखेको छैनौ तिम्रो कर्पोरेट व्याख्याले त झन् यो कथाको एक एक वाक्यलाई शब्द/शब्द गिंडेर क्षत-विक्षत पारेको छ तिमी पहिले आफूलाई परफ्युमहरूबाट मुक्त गर अनि थाह पाउनेछौ रूखहरूको सासमा कसको ढुकढुकीको सुगन्ध छ तिम्रो विचारलाई आजै पाल्सी कुराहरूबाट छुटकारा दिइहाल अनि पो मेरो फेदाङमाको मुन्धुमले तिमीमा बेस्सरी कम्प छुटाउनेछ तिम्रा सारा कणहरू तरङ्गित हुनेछन् र तिम्रो आँखाको रानीमा टाँस्सिएर बसेको सिसाको लेन्स आफै उप्केर खस्नेछ त्यसपछि तिम्रो छ्याङ्ग उघ्रेको आँखाले देख्नेछ जङ्गलको ईश्वर अनि किराँती बिजुवाले लुइँचेको प्वाँखको धारले च्वाट् च्वाट् अदुवा काटेको पनि तिमी देख्नेछौ जीउमा कम्प छुटेपछि तिम्रो दुवै कान बुच्च्याएर बसेको इयरफोन उप्किएर खस्नेछ आफै त्यसपछि तिम्रो छ्याङ्ग खुलेको कानले सुन्नेछ जङ्गलको आदिम गीत अनि सुन्नेछौ मेरो वनझाँक्रीको ढ्याङ्ग्रोको ढङढङ ढङढङ पनि मेरो कथाको एक एक ध्वनिलाई देखिसकेपछि तिमी यसरी मुखभरि आराको दाह्रा लिएर डरलाग्दो हाँस्नेछैनौ जङ्गलको गीतको लयमा तिम्रो ढुकढुकी चल्न थालेपछि पातको प्यान्टी लगाएर निस्फिक्री हिँडिरहेका वनकन्याहरूलाई तिमी राल चुहाउँदै पछ्याउनेछैनौ |
ग्रीष्म-यात्र – १उखरमाउलो गर्मी छ । हिवडदा हिँडदै आँखाहरू सियाँल खोज्छन् अनि फेरि मलाई तिम्रो याद आउँछ । थर्ममिटरका पाराहरु मेरो अनुहारमा कोरिएका छन् उमेरको डिग्री अङ्कित गर्दै । घाम अबिराम वर्षा छ । यो अग्निवर्षाको तापमा पग्लेर दिनहरू/अझै हिँडिनसकिएको यो बाटो बनेर बगेका छन् । यो बाटोछेउ कतै सपनाका हाँसहरू खेल्ने एक जोडी धाप थिए ग्रीष्मको बलजफ्ती दखलमा ति कहाँ हराए, ताहा छैन । (यस बेला फेरि मलाई तिम्रो शितल आँखाहरूको संझना भइरहेछ ।) यस्तरी रापिएर धापिएय पनि यात्रा घिस्रिरहन सक्दो रहेछ । घामका लपलपाउँदा लप्काहरू जलेर मेरो यो बाटो छटपटिरहेछ । यतिबेला म यौटा रुखको एक अञ्जुली सियावल पिएर शीतल हुन चाहान्छु । तर खै, तिमी त्यहाँ जो रुख उभिएथ्यौ, आज कहाँ छौ ? टाढा कहाँबाट आइरहेको न्याहुलको एकहोरो आवाज मात्र सुनिरहेछु |
जेठ – २०५७उन्मत्त छ जेठ महिना । त्यसको वाफीँदो उत्तेजनाको पसिना मातलाग्दो फूलहरू भई फुटिनिस्केको छ शिरीष र चिलाउनेको बोटमा । उन्मादको यो कत्ति शितल अभिव्यक्ति ! मान्छेहरूको उम्लिँदो उन्मादको आगो संझेर म यो जेठको पोल्दो अँगालोबाट एक तमासको शितलता पाइरहेछु । शिरीषको शिरभरि अनि काँधभरि अभावका घाउहरू बर्साइदिने नयाँ नयाँ भावहरू मन खोलेर फुलेका छन् प्रेमको उच्चतामा उक्लेपछि थाहै नपाई आवेगहरू पनि फूलहरूमा अनुदित हुँदारहेछन् । आह ! यो गर्मीलाई म तातो चिया जस्तो पिइरहेछु । चिलाउँनेको बोटभरि नै उज्यालोका अनगिन्ती थोप्ला थोप्ला बिम्बहरू दशै दिशा तर्फ एकै साथ हेर्दै निर्दोष आँखाहरुसित फक्रेका छन् । बोधहरु फूलेको अबोद अभिव्यक्ति ! अनि कत्ति निस्काम पनि !! यी गाउँ-बस्तिमा गर्मीको मौसम दुइ महिने छुट्टीमा आएको लाहुरे जस्तै हुन्छ तर शहरको भागदौडको यांत्रिक ग्रीष्म जस्तो संवेदनहीन हुँदैन त्यो |
शिशिरको एक साँझ बुबाको मृत्य समझेरधरतीको धमिलो र फुस्रो पानामा शिशिरले आफ्नै उपसंहारको अन्तिम अरफहरु लेखिरहेथ्यो । खचेरासरिका क्षितिजका आँखाहरू बुढ्याइँको तुवाँलोले धमिलिएका थिए । कुप्रिएका बुढा डाँडाहरू नाङ्गा रुखहरूका लौरो टेकेर दिनभरि मधुरो घाम तापिरहन्थे । हो, यस्तै समय/मेरो बुबा आफ्नो आखिरी ढुकढुकी गन्ती गर्दै थिए । बित्दो शताब्दीको कम्बल ओढेर यौटा विगत युग बित्दै थए मेरा बुबा । उनको आँखामा थियो परम्पराको पानी जसले मेरा आँखा पनि भिजाइरहेथ्यो । त्यै पानीले सिञ्चित् म एक वर्त्तमान उभिएको थिएँ उनको अघि । अनि बिते उनी/घरभरि रिक्तताहरु छोडेर । बिते चिसा दिनहरू कति उनी घरभित्रै हुनुको झझल्कोहरूसित । हामी उनलाई बँचाइराख्न चाहन्थ्यौँ सायद हाम्रा कुराहरू सुनिदिउन् भनेर अनि हामीले गरेका कामहरू हेर्दै हामिलाई सह्राना गरिदिउन् भनेर तर उनको विचार र बोलीलाई चाहिँ अस्वीकारेर । झजल्को झस्काहरू बिस्तारै बिलाउन थाले । अनि एक दिन देखेँ हिँउँदका पखेरामा सिमल र फलेदो/फूलहरुमा नाङ्गै व्यक्त भइरहेको । रिक्तता झन्झनाइरहेको गरभित्र पनि नयाँ आएका गौँथलीहरु पसेर चिर्विराउँदै गुँड बानउँने ठाउँ हेरिरहेको बाबुको बित्नुमा त्यो चिर सत्यलाई स्वीकारेर म आफैँ पनि त्यै सत्यमा मिल्न गइरहेको….. |
मेरो शब्द (?)फूलको पराग यौटा अक्षर पाएँ। एक छेउका ढुङ्गा र एक चिम्टी माटो पनि मेरो हातमा आएर अक्षरहरू नै भइदिए। अनि ती अक्षरहरूलाई एक थोपा पसिना र एक थोपा आँसुले मुछेर यौटा शब्दको आकृति दिए र मेरो सासको गन्ध हालेर मेरो स्वरको तरङ्गसित छोड़िदिएँ। मबाट छुटेपछि, त्यो शब्द पुरै डुलन्ते भयो। जता गयो त्यतैको भयो। जोसित बस्यो उसैको भयो। तर अड़िएर कतै बस्न सकेन। अचेल त्योसित मेरो कतै भेट भइहाले तापनि त्यसले कहिले काहीँ बोलाउँछ मलाई। म रामर्री चिन्दिनँ त्यसलाई। त्यसले कहिले काहीं बोलाउँछ मलाई। तर त्यसको स्वर निकै भिन्दै भएको छ। भिन्दै भइरहन्छ। एकपल्ट सोधें त्यसलाई – ” तँ किन यसरी बद्लिरहन्छस् हँ, मेरो शब्द?” त्यसले ठाड़ै जवाब दियो – “अरे! तिमी चैं किन बद्लिन चाहँदैनौ? के तिमीले आफूलाई कहिले नबद्लिने भगवान सम्झेको? बद्लिरहनुमा आनन्द छ। बद्लिरहनुमा त गति छ अनि जीवन छ। बुझ्यौ?” |
मेरी किराती आमाएक खाँट्टी किराती आइमाइ मेरी आमा मनुवा-दहको सप्फा तरल ऐनामा सृष्टिको सौन्दर्य देख्नसक्ने संवेदनाको औतार सुम्निमाको सन्तान/अनि पशुत्व र मान्छेत्वको अनन्त द्वन्दलाई सेकमारी फूल र ओन्दोङ फूलको कलशहरूमा जोखना हेर्दै चुपचाप सुर्ताले सुकिरहेकी तिगेञ्जोङनाकी नातिनी मेरी आमा तरुणी छँदा लामो केशमा लहरे फूल लाच्छा भएर लहरिन्थ्यो’रे दुबोको हरियो चउरको चौबन्दी बाँधेर अनि फूलहरू फुटिनिस्केका धरतीको पन्ध्र हाते फरियामा बेह्रिएर उर्वर धरतीको एक टुक्रा हिँडथिन’रे उनी । बारीमा आफैले फलाएको कोदोलाई उत्साहको जाँड बनाई छिप्पाउँथिन अनि सुत्केरीमा त्यै खाएर तीन दिनमै तंग्रिन्थिन उत्साह र टको त्यै अमृत उनको स्तनबाट चुसेर म हुर्केँ । नाबालक मला कोक्रोमा बोकी काम गर्दै मीठो स्वरमा पेरेङवा साम्लो गाउँथिन् आमा र त्यै साम्लो सुनेर निँदाउँथेँ म । ज्वरोले सपनाहरू डढाउँन खोज्दा अर्थात टाउको दु:खेर विपनाहरू बाङ्गिन थाल्दा मेरी आमा उनैको कथाकी चरी भएर मलाई चिम्फिङ-खानाक्पा खुवाउँथिन् अगाध स्नेहको अबिजाल झोल पिलाउँथिन भविष्य निरोगी होस् भनेर/कहिले एकाबिहानै बिखुमाको टुक्रा निल्न दिन्थिन् अक्षर नचिन्ने आँखाले हेरेरै साँझपख डुलि हिँड्ने सामहरू चिन्ने गर्थिन् त्यसैले साँझ परेपछि सुसेली नमार्नू छो छो गरेर मात्रै खानेकुरा खानू भन्थिन् अक्षर नचिन्ने तिनै चिम्सी आँखाले रातका रहस्यहरू पढथिन् बिहानै माङहरुसित बात मार्थिन् सुकेको तितेपाती धुपौरोमा हालेर धुप मगमग बाल्थिन् युमा पज्थिन् अझै पुज्छिन् युमा पुज्दा पुज्दा मेरी किराती आमा अब आफै युमा भइसकिन् |
पृथ्वी / अपृथ्वीउनीहरूले एक दिन मलाई विशेष अतिथि हो कि विशेष ग्राहक बनाएर यौटा यस्तो ठाउँमा पुर्याए जहाँ ‘देवीदेवताहरू’ र उनीहरूका प्रतिनिधि यक्षहरू मात्र थिए अनि ती प्रत्येकसित मेरो परिचय गराइयो l उनीहरू ‘हल्लो’ भन्दै मसित हात मिलाइरहेका थिए l उनीहरूका शरीरबाट निस्किरहेको अत्तर-बास्नाबिच मेरो पसिनाको गन्ध बेपत्ता होला जस्तो भइरहेको थियो अनि जब त्यो भव्य भवनको खिड्कीबाट बाहिर हेरिपठाएँ पृथ्वी त कता हो कता टाढा लाग्यो … । म उकुसमुकुसिएँ भित्रभित्रै छटपटिएँ र त्यहाँबाट उम्कने उपाय सोच्न थालेँ …। केही छिनपछि माझको मन्चबाट एक जना देवताले वक्तव्य दियो- ‘हामी पृथ्वी परिवर्तन गर्ने परिकल्पनामा लागिपरेका छौं …’ अनि उसले दिव्य पावर-पोइन्ट माध्यमद्वारा परिकल्पनाको प्रारूप प्रदर्शन गरिरहेको थियो l आफ्नो प्रस्तुति टुङ्ग्याउँदै उसले भन्यो- ‘आज हामीबिच हाम्रा अतिथि पृथ्वीको पल्लो पाखामा बस्नेहरूका एक प्रतिनिधि छन् (मतर्फ दाहिने हात तेर्स्याउँदै) उनले हाम्रो परिकल्पनामाथि मन्तव्य राख्नेछन् l’ अकमक्क पर्दै उठें म l तर अचम्म हठात् मेरो वाक्य कड्केर फुट्यो- ‘पृथ्वीलाई यसरी टाढा पार्ने यो अपृथ्वी जहाँ पसिनाको गन्धले निर्धक्क सास फेर्न पाउँदैन, कसको सृष्टि हो यो ? अपृथ्वीका अदृश्य अक्कलहरू किन पृथ्वीलाई पिर्ने परिकल्पनाहरू गरिबस्छन् ? ए पृथ्वीवासी हो ! उठ, अनि त्यो अपृथ्वीको अ-लाई च्वाट्ट छिन्ने गरी काट त्यै अ-ले सिर्जेको हो यो दूरत्वको अँध्यारो भ्वाङ !’ |
पृथ्वी-दिवसमाझिसमिसेमा पृथ्वीको निधारबाटै आकास आङ तन्काउँदै उठ्छ । पृथ्वी भएकैले आकास उठ्छ यसरी तल्तिर धरती र समुद्र नहुँदो हो आकासको मन केमा अडिन्थ्यो कुन्नि ! घाम जन्मिनलाग्दाको टाइगरहिल अनि त्यो ट्याक्सी ड्राइवर जो एक झप्को निद्रापछि अँध्यारोमै उठेर सनराइज हेर्ने सिजनर्स लिएर जाने गर्छ उभन्दा पहिल्यै उकालै-उकालो हिँडेर पुगिसकेकाछन् त्यहाँ तातो चिया बेच्ने दिदी-बैनीहरु अलि मुन्तिर सिन्चेलको जङ्गल अझै छ त्यसैले त्यहाँबाट देवी-देउता उठिबास लागिहालेको छैन हामीलाई हमेशा मायाले हेर्दै कहिले नथाकी उभिरहने कञ्चनजङ्घाले हाम्रै लागि पर्यटकहरु निम्त्याएर केही खर्च गर्न लाउँछ तह तह डाँडाहरू टेक्दै आँखाहरु तल गैह्रीतिर ओर्लिन्छन् त्यहाँ खोलामा रनेहरु आधारातसम्म जाल हान्छन् बगरमा भने आफ्नो दुःखलाई टुक्रा टुक्रा फुटाएर थुम्का-थुम्का गिट्टी बेचे तापनि कहिल्यै फुटाइनसकिएको दुःख थुप्रो लागेकैछ छेउमा पाखामा खेतबारीको गरा-गरा देखेर बाबुको निधारको याद आउँछ अनि ती हिलाम्मे बाउसे र रोपाहारहरु जसको कुत्कुत्याइमा धरती साह्रै उन्मत्त भएकी हुन्थी खेतबाट आइरहेको गीलो माटोको एक तमासको गन्ध अझै थाह गरिरहन्छु अनि फेरि मलाई आमाको छातीको याद आउँछ.. आमाको छातीमा के के पो फुलेन-फलेन र ! |
यौटा कविताहीन कविताअखबारको पृष्टमा ऐना हेरेर शुरू हुन्छ उसको दिन… आधुनिक दन्त्यकथाको एक देवता ऊ रिमोट-कन्ट्रोल हातमा लिएर टी.भी. स्क्रीनको अँध्यारो शून्यमा संसार बनाउँछ बद्लाउँछ, अल्पाउँछ साबुन-पानीका फोकाहरू सानो पाइपबाट उडाउऩे खेले झैं शब्दहरू फुरूरूरू… फुकिपठाउँछ ऊ दिनभरि। उसको मुखबाजाको आरोह-अवरोहले ट्राफिक जाम गरेर दिनैपिच्छे हल्ला बजिरहन्छ चर्को स्केलेटरको आरोह-अरोहसहित उक्लिँदै ओर्लिँदै हराइसकेको आफैलाई कहिलेदेखिन्। कुन्नि को भइसकेको ऊ कहिलेदेखिन्। सुपर मार्केटको एक पसल सङ्गीतको एक एक सप्तक बज्छ उसको दाँतको की-बोर्डमा। कहिले चाहिँ खाली खोक्रो एलिभेटरमा चढेर आधुनिक देवत्वको स्काइस्क्रेपर उक्लिन्छ अनि दुइ-चार हात रमी दुइ चार पेग रक्सी र आइमाइको केही तातो नि-श्वास आह मज्जा छ उसलाई स्वचालित औंलाहरूले ताछेर साँझको घामलाई सुन्तला जस्तो केस्रा,केस्रा खाइबस्छ गफको रस निल्दै। करेन्सी नोटमा छापिएको कुनै पनि चित्र हेरेर भ्यानगगको प्रशंसा गर्छ ऊ ‘All that glitters is not gold’ भनिवरि गर्वसाथ औल्याउँछ उसको चम्किँदो दराजतर्फ सजिल्द शेक्सपियर देखाउँदै दिनको उज्यालोलाई सधैं ऊ आफ्नो टल्किँदो हाँसोमा फिजाउँछ अनि रातको अन्धकारलाई चाहिँ ओभरकोट बनाएर ओढ्छ। यस्तो उसलाई तिमीले जहीं पनि जहिले पनि भेटेकै हुनुपर्छ न्यूयोर्क बेजिङ काठमाण्डुमा अनि कुकुर-लुतोले पिल्सिरहेको हाम्रो |