Poetry enjoys a peculiar stature in the
opulent world of twentieth-century Nepali literature. While the short story,
drama, and novel have also seen significant growth, almost every Nepali writer
writes poetry. The diversity and maturity of Nepali poetry have evolved since
the beginning of Sharada. In this journey, the poets have played an important
part, standing for various steps and styles of growth.
The Founding Fathers of Nepali Poetry
Nepali poetry, one of the resplendent and
affluent genres of twentieth-century literature, interestingly has been shaped
by a number of great poets. Till today, Lekhnath Paudyal, Balkrishna Sama, and
Lakshmiprasad Devkota are regarded as founding fathers who prepared the ground
for modern Nepali poetic expression. Each of them brought his unique styles and
contributions that influenced the course of the evolution of the literature.
Lekhnath Paudyal: Master of Form and Melody
Lekhnath Paudyal is considered by many the
supreme exponent of meter, alliteration, and melody, and he played a very
important role in shaping Nepali poetry. His mastery in formal composition
ushered in a poetic "school" that reverberated with his influence.
Though his influence weakened with time, his legacy remained in poets who
continued to carry the torch of his unique craftsmanship.
Balkrishna Sama: A Dramatist with a Rebel Spirit
Balkrishna Sama was an ethos dramatist who
contemptuously rebelled with élan against the traditional conventional forms of
his time. Compositional sensitivity, intellectual depth, clarity of thoughts
mark his works, which commanded respect not only as a poet but also as a social
reformer. Sama is still present and accounted for, particularly among the poets
of today who draw their inspiration from him.
Lakshmiprasad Devkota: The Genius Erratic
Lakshmiprasad Devkota was an erratic genius
who showed Nepali poetry a revolutionary tone. In the early years of his
career, he praised folk meters; later, he went into epic compositions and,
finally, adopted free-verse forms. His position in modern Nepali literature has
thus been likened to that of a meteor in the sky, a signal of the full maturity
of Nepali poetry.
The Sharada Era: Influence and Evolution
The Sharada era marked the beginning of
poets who took influence from their pioneering contemporary but added different
dimensions to the genre, each one in his way. Some of the prominent figures
during this time were Siddhicharan, Vyathit, and Rimal. Their works mirrored
different perspectives, and through them, various social causes. Thus, this
period, a period of influences, was the transitional epoch for Nepali poetry.
Nepali Poetry in the 1960s: Winds of Change
It was not until the 1960s that there was
truly a break with the conventions of the previous twenty years. The
intellectual topography changed substantially, and this can be seen from the
kind of new writers who appeared during this period. Mohan Koirala, one of the
important poets of this era, represented a change in philosophical perspective,
drawing influences from beyond traditional borders.
Bhupi Sherchan: Satire, Humor, and Mass Appeal
Bhupi Sherchan's entry marked the
transition in language, tone, and purpose of Nepali poetry. His rhythmic free-verse
forms combined the satirical element with simplicity in language to reach a
greater number of readers. The influence of Sherchan was to reverberate right
through the 1960s as a new insight into the realities that went on within
society.
Poetry and Political Expression: 1970s and Beyond
After the 1960s, Nepali poetry again voiced
its protest against social and political ills. During the "street poetry
revolution" of 1979-1980, poets joined the political turmoil. This revival
of poetry as an effective medium for social criticism and political dissent
joined the voice of the great poet Lakshmiprasad Devkota.
Various Voices and Shifting Trends
It is a landscape of Nepali poetry that has
many voices beyond ethnic and gender boundaries. While historical figures like
Lekhnath and Devkota gave it a beginning, women and members of other ethnic
groups are equally contributing to the ever-changing canvas that is Nepali
literature.
Literary Institutions and Recognition
The literature of Nepal hovers around
cities such as Kathmandu and Darjeeling, each having their own identity. The
literary organizations such as Royal Nepal Academy and Madan Puraskar Guthi
have played a major role in encouraging as well as rewarding the works of
established poets. Yet, with every fall, the poets of Nepal are thriving to
build up the literature.
सरोज धिताल – आँसु र उत्सवसक्नेहरू भन्छन् उत्सव हो जिन्दगी– रमाऊ हावामा उडिरहेछन् अवसरहरू हात बढाऊ र च्याप्प समाऊ । आँखामै अल्झिन्छु एकछिन् भन्दा पनि मुहारमै टल्किन्छु एकछिन् भन्दा पनि आश्रय नपाएर भुइँमा टप्किने आँसुले– आँसु नै रहन देऊ मलाई एकछिनभन्दा पनि छरिएर भुइँमा धुलोसँग हराउने आँसुले– कहाँ खोजोस् अवसर ? उत्सवको त के कुरा ? |
सुषमा मानन्धर – छ कि छैनहाँगा हाँगै पालुवा झुले फूलको डाली छ कि छैन रोपेर मात्र हुन्न फूल हुर्काउने माली छ कि छैन भर्यौ होला मनका कुना कतै खाली छ कि छैन कति गर्छौ रीसै मात्र दिने ताली छ कि छैन सोझी परें बरु तिम्रो मन जाली छ कि छैन |
Bikram Subba – Basantaखैँचेर ताँदो हिमालले शिशिरका सिरेटा फटाफट प्रहार गर्यो वृन्दावनका पहेँला पातहरु पटापट ढले.. बोट विरुवाहरु बेवस्त्र नाङ्गा भए घात प्रतिघातपछि हारेका रुखका हाँगा-हाँगा… र उमेर पुगेका यौवना विरुवाहरुलाई देखेर पर्यावरणलाई पनि लाज लागेछ क्यारे… मौसमको अदृश्य हातले फागुनी पहिरन पहिर्याएर फूलका सिऊरहरू शिरमाथि उमारिदियो… रानीवनका हाँगाहाँगामा उभिएर बसन्तले बैंशालु हात गाउँतिर हल्लाईरहेछ तर म हैरान छु जंगलको दशगजा नाँघेर नजिकैको गाउँ-घर र जिन्दगीतिर फैलिनबाट कुन वनदेउताले छेक्छ बसन्तलाई ? |
युद्धप्रसाद मिश्र – जनघोषहाम्ले आज अमानवी दमन यो बिर्सेर के पाउने बाँचेको छ परम्परा रगतको सट्टा रगत नै लिने खाई घातक मार दुर्दमनका पीडा सहन्नौं अब खप्नुसम्म खप्यौं दुरापद ठूला हेरी रहन्नौं अब आगो आज उठी सक्यो झुपडीमा बन्दै गई उन्मना हाम्रो के अब झुक्न सक्छ र यहाँ विज्ञानवादी फना उठ्दैछन् हँसिया हलो र खुकुरी खुर्पी खुँडा बञ्चरा उठ्दैछन् नवचेतना सजग भै आत्मा भएका दरा पथ्र्यो के जनमुक्तिको विजय श्री अध्यात्मदेखि तल टथ्र्यो के बदला नलिकन त्यसै हाम्रो रगतको भल दिन्छौं पारि सखाप नै प्रतिक्रियावादीहरूको हठ उम्लेको छ असह्य भै हृदयको हाम्रो व्यथा उत्कट धर्तीमा सुखशान्तिका किरणले र्छाईदिने लक्ष्यका हामी न्याय उचाल्न वीरगतिको बाटो लिने पक्षका पीडाग्रस्त बनी गई शरणमा पर्दै ठूलाका मुनि सच्चाइसित थर्र थर्र डरले नार्मदको के जुनि ? |
श्याम दाहाल – मेरो रामपुरनागी नाघेर लेकाली कुद्छ कुइरो उँभैतिर चुइँयाँ स्थान पुगी फक्र्यो, पानी बोकेर बादल गज्र्यो धुम्धाम आकाश चम्की बिजुली झिलमिल पानी वर्षेर माटाको, सुगन्धमय रामपुर उच्च पर्वत मालाले, घेरेको छ उपत्यका छाँगा सुन्दर झर्नाले, चारैतिर सुशोभित हिमका कण बोकेर वायु घुम्छ सबैतिर यिनकै काखमा जन्म्यो सुरम्य टार रामपुर लेक-बेँसी घुमी पन्छी यसैभित्र रमाउँछन् प्रकृतिका नयाँ भाका, घर-घरै पुर्याउँछन् यहीँको पञ्चतत्त्वमा, बिउँत्यो सकल जीवन शिवदूती बगिरहन्छिन् जीवन-मरण-साथमा कोसौँ पाउ पसारेर, सुतेझैँ लाग्छ रामपुर सबैका साथमा आशीष दिन्छन् उनका दुवै कर बाहुन, क्षत्री, दमैं, सार्की, घर्ती, कामी, सबैतिर जन्म-मरणका घाट, सबै हिन्दू बराबर दिन-रात खियाएर, पौरखी कर्म-पाखुरा पसिना फल्दछन् मोती भाग्य-रेखा बनी पूरा दायाँ-बायाँ कर्म-नदी, सुसाई बग्दछन् जब लाखौं तरङ्ग फालेर, जगाई दिने रामपुर मनका भाव बिउँझेर, देखिन्छ दिव्य-सुन्दर जेसे, पातले सोलाखर्क, थुम्की ककनीका वन चिसापानी कटुँजेकै, थाप्ला छन् हिमका घर ओर्लिन्छन्, दूधका छाँगा, मनमोहक सुन्दर वन-पात सँगै हिंड्ने काम आफ्नो भए पनि मन बोकेर अर्काको, आफैँभित्र लुकाउने कहाँ-कहाँ ? पुगेका छन् ? गाउँ थियो एकै घर सम्झनाका तरेलीमा उर्लिंदै आउँछ रामपुर |
राकेश कार्की – गाउँलेहरुरातदिन कुटोकुम्लो गर्ने गाउँलेहरु जति जोताए पनि मुस्काउने गाउँलेहरु भोकभोकै बगेका पसिना सुकाउनेहरु मन भरीको दुःख आफैभित्र लुकाउनेहरु तर पनि भोलीको मिठो आशमा रमाएकाहरु एक्कैछीन आनन्दले हातगोडा फिंजाएकाहरु आज अलपत्र यत्र तत्र छरिएका छन् कति त माटो मुनी त्यसै पुरिका छन् ।। मास्न सक्नेले शुरुमै जड्गल मासे पशु पंक्षी अनि वन्य जन्तु नाशे अहिले हेर गाउँलेहरु मासिदै छन् गाउँ गाउँ निसास्सिदै छन् ।। अन्तरिक्षमा घुम्दै मार्ग खोज्नेहरु मङ्गल ग्रहमा पनि पुग्न खोज्नेहरु यहाँ मङ्गल ग्रह पुग्नुभन्दा कति गाह्रो छ नवैवटा ग्रह चढनुभन्दा कति साह्रो छ आफू जन्मेको गाउँ पुग्नलाई आफू हुर्केको आँगन टेक्नलाई भोकै भए पनि हातगोडा फिजाउनलाई निष्फिक्री पसिनाले शरीर भिजाउनलाई ।। निराशा छ गाउँलेसँग अब आशा छैन मेलापातमा रमाउने पिरतीको भाषा छैन पसिना छ गाउँलेसँग गाउँको खेत बाँझो छ विस्तारित परिवार अब सास धान्न गाह्रो छ तरुल भ्याकुर खोतलुँ भने आफ्नो गाउँ छैन अलपत्र शहरको पेटीमा, भीख मागेको हैन बोल्दै बोल्दैन गाउँले खाली मनभित्र रुन्छ गाउँलेले बोले पनि अब कसले पो सुन्छ ।। |
मन्दिर Rabindra Nath Thakurपुजारी ! भजन, पूजन, साधन, प्रार्थना यमि सबैलाई एकातिर राखिदेऊ । ढोका बन्द गरेर मन्दिरको कुनामा किन बसिरहेछौ ? आङ्खनो मनको अन्धकारलाई लुकाएर बसिरहेछौ, तिमी कस्तो पूजामा एकचित छौ ? आँखा खोलेर एकपल्ट हेर, तिम्रो मन्दिरमा देवता छैन ! जुन रुखा जमीनलाई नरम पारेर कृषकहरुले खेतीपाती गरिरहेछन्, जुन ठाउँमा रोजगरीहरुले पत्थर फोरेर बाटा बनाइरहेछन्, तिम्रो देवता त्यहीं गएको छ ! उ घाम–पानीमा सधैँ एकै रहन्छ, उसका दुव हात माटोले पूर्ण छन्, उसको नगीचमा जानुछ भने सुन्दर वस्त्र त्यागेर माटोले भरिएका बाटाबाट जाऊ ! तिम्रो देवता मन्दिरमा छैन, भजन, पूजन, साधन एकातिर राखिदेऊ ! |
प्रकाश सापकोटा – जसै तिम्रो हृदयकोजसै तिम्रो हृदयको आकार बदलियो सोच्यौ होला तिमीले यो संसार बदलियो सम्झन्छु नानाथरिका कसम, किरिया ती हो, छैन फाइदा अब जो पत्यार बदलियो गाउँछु, गाउँछु नि जिन्दगीको गीत अझै त्यो अर्कै कुरा हो, सहसा झन्कार बदलियो जिउँछु जिन्दगि, सकार्छु भोगाई अनौठा फरक यत्ति हो, जिउने आधार बदलियो |
डा. जयन्त कृष्ण शर्मा – रगत उत्तर-आधुनिकरगत त सबैको रातै नै हुन्छ। हो, सानै देखि उसले यस्तै देखेको छ। जयन्तकृष्ण फगत् एक्लै आफैंसँग बात मार्छ: प्रश्न गर्छ, उत्तर दिन्छ आफैं प्रतिवाद गर्छ – रगत सबैको साँच्चै नै उत्तिकै रातो हुन्छ नि ! कसरी हुन्छ त त्यसोभए धेर अथवा थोर हिमोग्लोविन !! लेखापानी पुग्दा-पुग्दै लखतरान परेकी जयमाया हिमोग्लोविन घटेरै हो कि कसो थलासेमियामा थला परेको उसले सम्झेको छ। आफैंसँग छलफल गर्न खोज्दछ उ, हो, धेर-थोर जेसुकै नहोस् रगत रातो रातै हो। कालो-गोरो जोसुकै नहोस् रगत सबैको रातै हो। हो त, धनी-गरीब जोसुकै नहोस् काटे रगत् रातै निस्कन्छ। निष्कर्षमा पुगी सक्छ उ । बिस्तारै आफैंसँग बात मार्न थाल्छ – काटे रगत साँच्चै रातै निस्कन्छ त ? निस्कँदै निस्केन रगत् नै भने ?? जयबहादुर पहेंलेग्रस्त हुँदा रगतमा प्लेटलेट नै घटिसकेको भन्दै डाक्टर आत्तिएको अनि.… पित्तरोग, फेरि ल्यूकोपेनिया भन्दै दबाई-बुटी गर्दा -गर्दै सर्बस्वान्त सबै-सबै अनि.… छलफल अब के गर्नु छ र उसले ! रगतकै बीमार हेर्न रगत नै जाँच गर्दा-गर्दै पनि दिनहुँ डाक्टरकै थिएन केही-कुनै छलफल ! र पनि,आफैंसँग छलफल गर्न उद्दिग्न छ उ आफैंसँग मन्थन गर्छ : रगत् उसका निम्ति चिन्हारी हो रगत् उसका निम्ति समानताको प्रतीक हो, मान्यता हो। अचम्म: मानि ल्याएको मान्यताको पनि यसरी अवमानना हुन सक्छ र ? थापेर राखेको प्रतीकको पनि यसरी विचलन हुन सक्छ र ?? भित्री खबर। जयलाई ब्लड केन्सर : पुष्टी छैन ! उ अस्पताल दगुर्छ। हो, रगत् तीन – तीन महीनामा साटी रखे बिमारी ढुक्क बाँचि रहन्छ। डाक्टर कुरामा अटल छ। जयबहादुर यता गरीब छ। उसको शरीरमा अब आफैंलाई मार्ने रगत बसेको छ। उसलाई आज बँचाई रहेको रगत् भोलि उसैलाई मार्न तत्पर छ। जयन्तकृष्ण छक्क पर्छ: हो, रगत भिन्न छ अनि रगत कमश: भिन्न हुँदै पनि जाँदै छ। कुनै रगत भित्र्याउँदा मान्छे बाँच्छ, कुनै रगत निकाल्दा मान्छे बाँच्छ ! रगत थरी-थरीको ब्लड-बेंकमा छ जयबहादुरलाइ साट्न तर रगत छैन उसलाई चाहिने माइनस् रगत् साथी-भाइ कसैको मिल्दैन। जयन्तकृष्ण अलमल्ल छ। उ आज ठोकुवा गर्न सक्तैन : रगत सबैको रातो, एउटै नै हुन्छ ! आफैँलाई नै घरी-घरी प्रश्न गर्छ – संसार पनि यो के रगत जस्तै नै छ त ? उत्तर छैन। एकैछिन् विसाउँछ। फेरी प्रश्न गर्छ – रगत जस्तै यो संसार छ कि संसार जस्तै यो रगत छ !! |
कुन्ता शर्मा – आमाकवि ! सजिलो हुन्छ आमाको प्रशंसामा कविता लेख्न उत्कृष्ट शब्द संयोजन गर्न भावविह्वलताको प्रदर्शन गर्न हो साँच्चै नै सजिलो हुन्छ आमाको महानताको कविता लेख्न । आमाका चाउरी परेका गालाहरू आमाका धूमिल हुँदै गएका आँखाहरू आमाका श्रवणशक्ति हराउँदै गएका कानहरू आमाको सन्तुलन गुमाउँदै गएको शरीर अनि स्मरणशक्ति हराउँदै गएको मस्तिष्क त्यतिबेला साँच्चै नै गाह्रो हुन्छ अति नै असहज हुन्छ कवि ! स्नेहपूर्वक छेउमा राख्न आमालाई । आमाको गर्भावस्थाको सकस आमाको कठिन प्रसववेदना आमाले आँखा चिम्म गर्न नपाएको रात आमाले थकाइ मार्न नपाएको दिन अहिले कल्पनामा पनि नआउन सक्छ तिमीलाई अनि टाढै राख्न खोज्छौ तिमी जर्जर भएकी असक्त आमालाई । चाउरीले पुरिएका आमाका गालाहरू अस्थिपञ्जर भएको शरीर यौवनका मधुर आकाङ्क्षाहरू सबैसबै नै पोखिए तिमीमाथि नियास्रो, फुस्रो अनि एक्लो जीवनका कष्टकर क्षणहरू बिर्सँदै छोराको कोमल र मृदु मुस्कानमा कसरी जीवन उत्सर्ग गरिन् आमाले आफ्नो लावण्ययुक्त यौवन कसैको न्यानो अँगालोमा रमाउने चाहना हजारौँ इन्द्रधनुषी सपनाहरू कसरी तिलाञ्जली दिइन् आमाले । फर्केर आउँदैन बितेको समय नदीमा बग्दै गएको छालजस्तो आमाले आफ्नै बारेमा सोचेको भए आफ्नै सुखमा मात्र रमाएको भए के हुने थियौ होला आज तिमी ? लुटाहा, फटाहा या हत्यारा हली, गोठालो या चाकर आफ्नो जीवन उजाडेर सारीको सप्कोभित्र तिमीलाई नअटाएको भए छोराछेउ बग्दै आउने आँधीबेहरीहरूबाट पहाडजस्तो उभिएर नजोगाएको भए के हुने थियौ आज तिमी ? त्यसैले कवि ! सुन्दर शब्दहरूको संयोजन गर वाक्यवाक्यमा भावुकता भर रसाऊन् पाठक र श्रोताका आँखाहरू बढून् मुटुका स्पन्दनहरू सजिलो बाटो चुन कवि ! साँच्चै नै गाह्रो हुन्छ वृद्धा आमालाई स्नेहको छहारी दिन बरु एकदमै सजिलो हुन्छ आमाको महानतामा लच्छेदार कविता लेख्न । कवि ! मृत्यु भएपछि आमाको सजिलो हुन्छ मूर्ति बनाउन बिहानैपिच्छे फूल चढाउन, धूप बाल्न आमाको नाममा सानो–सानो पुरस्कार स्थापना गर्न श्राद्ध गर्न अनि गतिला–गतिला पिण्ड बटार्न काजक्रियामा खर्च गर्न दान गर्न, भागवत पढाउन सजिलो हुन्छ सबै कुरा गर्न तर निकै गाह्रो हुन्छ असक्त आमालाई आफ्नो सामीप्य दिन आमाका सुखदुखका दुईचार कुरा सुन्न आमाको जर्जर शरीरलाई सुम्सुम्याउन आमाका गालाहरूमा स्नेहको चुम्बन गर्न आमाका थोते गिजाहरूमा हाँसो छर्न कवि ! बरु साँच्चै सजिलो हुन्छ आमाको महानता बखानेर कविता लेख्न । |
कुन्ता शर्मा – सपनाहरू भयावह हुन्छन् किन ?भयभीत–भयभीत भएर विषम बिपनासित थाकेर फत्रक्क गलेर पल्टिएपछि निद्रादेवीको काखमा बिर्सिएर विसङ्गतियुक्त बिपनालाई सुन्दर शीतल स्वप्नलोक भेटिए हुने बिपनालोकका झञ्झावातहरू मेटिए हुने । हत्या, हिंसा र त्रासदीयुक्त वर्तमानहरू भोगेर युद्ध, रक्तपात र आर्तनादहरू खेपेर थाकेको आतङ्कित विश्वप्राङ्गणमा आजित भएर अत्यासलाग्दो बिपनासित सपनामा राहतको परिवेश भेटिए हुने बिपनालोकको निराशा मेटिए हुने । जँघारजस्तो जाग्रत् अवस्था छाडेर आक्रान्त भएर लथालिङ्ग बिपनासित प्रवेश गरेपछि स्वप्नलोकमा दुखेर मरणान्त भएको चेतना पुगेपछि विश्रान्तिको स्वप्नमन्दिरमा मन कष्टका पहाडहरूले नथिचिए हुने हृदयकुञ्जमा चिन्ताको तिर नरोपिए हुने । बलात्कृत विखण्डित बिपनासँग थाकेपछि सन्त्रासको डढेलोले नराम्ररी पाकेपछि अप्रिय अत्यासलाग्दा चित्रहरूले बिपनालाई नपछ्याए हुने प्रस्तर स्वप्नलोकमा काँडा नओछ्याए हुने । दिनदिनै अनुहार फेरेर आउने समस्याका तिरहरूले हरेक घुम्ती र दोबाटामा भेटिने चिन्ता र पीरहरूले कतै चिमोटिएर कतै लुछिएर भुतुक्क दुखेको मन भतभती पोलेको छाती फत्रक्क गलेको शरीर जब पस्रन्छ गहिरो नीँदको दुनियाँमा त्यतिखेर त्यो सपनाको स्पर्शहीन लोक सुन्दर शीतल भए हुने बिपनाको व्याकुलताले नछोए हुने । बारूदको धुवाँभित्र हराएका गाउँ र सहरहरू दन्किएका डढेलाहरू अनि भताभुङ्ग भएका रहरहरू बर्बरताका हृदयविदारक दृश्यहरू मूच्र्छित–मूच्र्छित हुन पुग्दै समस्याका पहाडहरूले ङ्याकिएर बिपनामा निद्रापछि शान्त प्राङ्गण भेटिए हुने निराशाको कालो छाया मेटिए हुने । आजित भएर लथालिङ्ग बिपनासित सिरानी हालेर अस्तव्यस्ततालाई बल्लतल्ल आएको एकझप्को निद्रा आँखाहरूसँगै बाँधिएपछि चेतना अवचेतनामा फेरिएपछि प्रवेश गरेपछि स्वप्नलोकमा शरीर निचेष्ट भएपछि पनि रातको पर्दामा सपनाको पोखिँदै जान्छन् अनिष्टतम दृश्यहरू घेरिँदै जान्छन् भयावह ध्वनिहरू अनिच्छित युद्ध र सन्त्रासहरूले पछ्याउन छाड्दैनन् किन ? सपनाहरू भयावह हुन्छन् किन ? सपना त आखिर सपना न हो के जान्छ कसैको त्यो त छहारीमुनिको चौतारीझैँ भए हुने त्यो त वसन्तको सुन्दर फूलबारीझैँ भए हुने डढेलोजस्तो परिवेशले पोलेको मनमा उमङ्गका तरङ्गहरू डुलिदिए हुने प्रसन्नताको इन्द्रधनुष झरिदिए हुने तर सबै–सबै कल्पना हुँदै छ विकृतिले बिपनाको सपनालाई छुँदै छ सबै कुरा उस्तै–उस्तै छ सपना पनि बिपनाझैँ दुरूस्तै छ चाहना तनावमुक्तिको, चाहना आत्मसन्तुष्टिको बलात्कृत, तिरस्कृत हुन्छन् किन ? सपनाहरू भयावह हुन्छन् किन ? रातहरू अझ प्रपातयुक्त बन्दै छन् कोमल स्पर्शहरू अझ आवेगयुक्त बन्दै छन् मगनमस्त छन् सबै आफ्नै धुनमा ग्रहण लागेको छ सद्भावनाको जूनमा छाडिदिऊँ बिपना त जे छ जस्तो छ पुगेपछि विश्रान्तिको स्वप्नमन्दिरमा दुखेको चेतनालाई, घाइते भएको मनलाई शीतल लेप गरिदिन पाए हुने तर उपेक्षित गर्दै सुख–शान्तिका तिर्सनाहरू अवसादका छायाहरू निरन्तर पछ्याइरहन्छन् किन ? सपनाहरू भयावह हुन्छन् किन ? |
दामोदर पुडासैनी किशोर – दुनैडाँडाका छालहरूमा कुहिरोको टोपि पहिरेर जूनेली चित्रमा अनुबाद हुन खोज्दैछन् पहाडहरू नदीका महान मूर्च्छनाहरू सुँघेर खोजिरहेछु मैले कसैको पहाडभन्दा अग्लो बिश्वास साँझहरू सर्बस्व सुम्पेर सपना देख्न लालायित छन् जीवन भित्रका पिलपिले ताराहरूको हरेक साँझ पिउँदा पिउँदै थकित बनेको शरीर र, यारचा गुन्भुको जोड घटाउ ठूली भेरीको बहाब जस्तै अनन्त बनेको छ जसरी गुमनाम भागेको पतिको संझनालाई इख्याउँदै पालैपालो जिल्लाका ठूला हाकिमहरूलाई स्कचका बोतलबाट झिँगिन टि सर्ब गरेर ईच्छा आकाँक्षाका सूचिहरू सूचिकृत गराउँन सफल हुन्छिन् सधैं सहरकै सर्बोत्कृष्ठ मैतालु मैसाब शहरका घरका छानामाथि ठड्याइएका लिँगाहरूमा मायाका नेजा फेर्ने हतारो छ हरेक नीला शरदहरूमा लुकिचोरी लाएको मायाको मोल नौ लाख चुक्ता गरेको छ भर्खरै भियाग्राको पारखी यारचा ब्यापारीले हरेक क्षण चुकुलको चाँजोपाँजोमा तम्सिरहेका सरकारी कर्मचारीहरूबाट तल्लो दुनैदेखि उपल्लो दुनैसम्मका होटलहरूमा कटुवाल घोषणामा हुँदैछ पाएको,लाएको र खाएको अमिलो पारदर्शन जागिरमा भर्खर छिरेका लोक सेवाका प्रियपात्रहरू ‘यसमा के छ ?’ र ‘ यो के कुरा हो ? ‘ को जबाफ खोज्दै भौतारिरहेछन् भेरीका किनारहरूमा उता भर्खरैको निर्वाचनमा जोड घटाउ बिगार्न सफल जनप्रतिनिधि दफा उपदफा लेखेको पुस्तक नभेटेर र, कर्मचारीको अपब्याख्यामा धर्मराएर कुर्लेर भाषण गर्छ – तालाकुचि बोक्न्याहरूलेनै यहाँ ध्वस्त पारिरह्याछन् राष्ट्रको ढुकुटी जुफाल ,मोतिपुर र कार्कीबाडाबाट पाचघण्टा पैदल हिंडेर दश रूपैयाँ दाना स्याउ बेचेका रानीसाहेब र मैसाबहरूले झिसमिसेमै सुरूप सुरूप पिएका छन् सिन्के चाउचाउको पिरो झोल र किनेका छन् साँझलाई एक बोतल खोयाबिर्के फर्कदा भेरीको झोलुँगे पुल तरेर माग्दैछन् डाक्टर श्रीकान्त अग्रवालसंग रातमा पसिना आउँने र दिनमा पेट फूल्ने रोगको औषधि भित्रभित्रै उगुच पल्टेका कयौ घाउहरूले टनटनि दुखाइरहन्छ रात र दिनलाई त्यो सबै डाक्टरलाई देखाउन लाज लागिरहेछ उनीहरूलाई जिल्लाको ब्यथा टुँगियोस् जिल्लामै नआओस् राजधानीमा एउटा गहन चिन्तनमा छ सिँहदरबार उता छार्का ताँगसोँग,भिजेर,तिन्जे र सालदाँगमा राज्य पुग्नै नसक्ने निर्णयमा पुग्यो जिल्लाका भद्र भलाद्मी र कर्मचारीको बैठक लावन,शहरतारा र धो तिरबाट झरेका एकहूल घोडचढीहरू भर्खर ओर्लेका छन् पहेला घोडाहरूबाट ठूलीभेरीलाई कहाँनेर थिचेर बिच्छ्याउन सकिन्छ एउटा आरामदायी ओछ्यान कर्के नजरले हेर्दैछन् कुना कुनाका मान्छेहरू हतारमा गाँसिएको एउटा दूनो फनफनी घुमिरहेछ भेरीको अलल्ले छालहरूमा सुनको सिरानीमा मस्त निदाइरहेको राजकुमार सपना देखिरहेछ ब्यूँझेपछि धामी पतुर्ने |
बि. जे. बान्तवा राई – बुबा!बुबा! कतै तिम्रा सन्तानहरुको मायाबाट ओझेलिएका त छैनौ, तिमी? सबैले आमा सम्झिदा आमासँगै लहरिने बुबालाई बिर्सिंदा, तिमीलाई पिंडाले भतभती पोलेको त छैन? लाग्दो हो तिमीलाई, मैले कहिल्यै माया मेरो सन्तानलाई दिन सकेनछु ताकी आज म मेरै सन्तानको माया बाट, सम्झना बाट क्षितिज भित्र थुनिएको छु। लाग्दोहोला कहिलेकाहीं तिमीले गरेका सबै दुख तिम्रा सन्तानहरुले देखेनन। लाग्दो होला तिमीले एकान्तमा रुएका आँशुहरु कसैले देखेनन अनी तिम्रा ति फोका उठेका हातका निशानीहरु तिम्रा सन्तानले देखेनन, लाग्दो होला कतै तिमी एक्लै त छुईन यहाँ भनेर, सुम्सुम्याउदो होलाउ तिम्रो पिल्सिएको पिठ्युँ, अनी तिम्रा तालुहरु जहाँ सन्तानको भारले किचिएका, अनी पटक पटक कर्तब्य बोक्नुको पिंडा, त्यसै त्यसै छटपटी हुँदोहोला, डाको छोडी रोऊँ भने हुतीहारा भन्ने डर, नरोऊँ भने आज बैंशले डाँडा काट्दा सन्तानहरुले आमा च्यापी बिर्सिंदाको पलहरु तिमीलाई धेरै दुख्दो हो, तिम्रा ति पाईतलाहरुमा अझै ति तिखा काँढाको डोबहरु होलान, हिंजो सन्ताहरुको लागी त्यो उकालो ओरालो अनि भञ्ज्याङ चौतारी गर्दै बिताएका क्षणहरु कतै तिम्रा ति मस्तिष्कमा कालोबादल झैं मडारिएका त छैनन? तर,,,, तर,,,, यदी तिमी यी सोंचहरु सँग निस्सासिएका छौ भने, अनी यी कालामन सँग आत्तिएका छौ भने, आजै त्यागी देऊ सबै ति तिम्रा शंकाहरु, तिम्रा सन्तानहरु तिम्रा लागी मात्र मौन छन, तर तिम्रो महत्व त्यहाँ छ, स्वास र जिबन झैं तिम्रा सन्तानहरु तिमी बिना अनी तिमी तिम्रा सन्तान बिना कहिल्यै कहिल्यै पुरा हुन सक्दैनौ। तिमीलाई मौनतामा छोडेर कहिल्यै भाग्न सक्दैनन तिम्रा सन्तानहरु, उनीहरुलाई थाहा छ, तिमीले दिएको ओतहरु तिमीले पिएका चोटहरु, अनी तिमीले मेटाएका दुखका खोटहरु, तिमी त्यो अँध्यारो जलिरहने एउटा दीप हौ, मोतीको उज्यालो केवल अँध्यारोमा देखिन्छ रे, तिमी त्यो मोती हौ, जुन युगौंयुग असल पिता बनेर उभिएका छौ नि-सन्देह, नि-संकोच अटल सगरमाथा झैं अटल हिमालय झैं |
टंक सुब्बा – मान्छेलाई मान्छेबाट बञ्चित गर्नुमाएउछा मान्छेलाई मान्छेबाट बञ्चित गर्नु भनेको खेल होइन दैवको दोष होइन भाग्यको कर्म होइन भावीले लेखेको श्राप होइन सतिले दिएका निर्विवाद खेलवाड हो दोस्रो मानवको । एउटै पङ्तीमा उभिएको मान्छे एउटै संसारमा जन्मेर हुर्केको मान्छे किन ठूलो र सानो हुन्छ किन घृणा र माया हुन्छ किन अधिकार जन्मसिद्घ खोसिन्छ मान्छे एउटै हुनु पर्ने हो किन मान्छेबाट वञ्चित गरिन्छ निर्विवाद दुष्टचाल हो दोस्रो दानवको । स्वतन्त्र जिउनु नैर्सर्गिक अधिकार किन स्वतन्त्र छैनन् जीवनहरु किन निरीह छन् मनहरु किन वर्वादीमा छन् खुशीहरु किन मृत्युमात्र कुर्नु विवश छन् मान्छेहरु त्यसैले एउटा मान्छेलाई मान्छेबाट वञ्चित गर्नु भनेको खेल होइन दैवको दोष होइन भाग्यको कर्म होइन भावीले लेखेको श्राप होइन सतिले दिएका निर्विवाद महाजाल हो दोस्रो महामानवको |
दामोदर पुडासैनी किशोर – मसाडा भग्नावशेषमा जीवनको सुगन्धमन बलियो बनेको बेला नचाउँन सकिन्छ सँसारलाई आफ्नै मुठ्ठिमा निष्फिक्री चाल्न सकिन्छ पाइला घनघोर साँपमार्ग र अग्नीनदीहरूमा र ,खडा गर्न सकिन्छ दरबार शुष्क मरूभूमिका डाँडाहरूमा हजारौ मान्छेका पाइलाहरू सँगै हिँडदैमा सुरक्षित नठान कहिलेकहि जीवनभन्दा मृत्यु प्यारो लाग्ने क्षणपनि आउँनसक्छ सामुहिक यात्रा त्यागेर सामुहिक आत्महत्या सवल र मीठो लाग्नसक्छ बिउ च्याप्न नसक्ने माटोमाथि कसैले ठड्याइदिनसक्छ आलिसान महल उभ्याइदिनसक्छ जतासुकै किल्लाहरू परेड खेल्छन् सिपाहीहरू घामको ओजदार छातिमा समय ढलेपछि भने खण्डहरमा परिणत हुनु बाहेक के गर्न सक्तछ र जीवनले पनि ? बाँच्ने क्रममा कुन अनकन्टारकोलागि खनियो बाटो कहाँ कहाँ खनिए आशाका कुवाहरू कत्ति गरिए अहमका घोषणा जीवनका खण्डहर र भग्नाबशेषहरूसँग सोधिरहेछु घरका केही अवशेषहरू भेटिए केही भेटिँए पुराना लत्ता कपडा भेटिए केही पुराना चित्र,गीत र सँबादका हरफ यिनै साक्षीहरूका माझमा बसेर जीवनको मीठो जूनको रोशनी चाखिरहेछु जीवनका खण्डहरहरू छामेपछि मृत सागरमा पनि एउटा बिरूवा उमार्ने साहस बढेकोछ खण्डहरनै होस् कसैको उपस्थितीले मात्र ब्युँझनेरहेछ जीवन म एक्लै छु र ,सधैं तिमी आउँने बाटोमा आँखाहरू उमारिरहेछु |
Anju Grg ‘उडिरहेका छन् यो मेरो मन’के भयो मलाई,आज यो मन बसमा छैन मेरो पंख त छैन तरै पनि उडिरहेका छन् मन मेरो। उसले मायाका दुई शब्द के राखेथ्यो, यो मन आकाशैमा उड्न थाल्यो। शब्दका प्रभाव यति धेरै रह्यो त्यसैमा यो मन डुब्दै गयो। उसको भनाइले मनभित्र छोयो, आँखामा सपना निरन्तर बड्यो, उसको भनाइले यो मन छोयो। केहिछणको मिठो बोली कानमा आइपर्यो, मनलाई खुशी पारी दङ्ग बनाई गयो। यो मेरो मन आज उडेर गयो। बादलवारी- बादलपारी गरी उडिरहेका छन् यो मन आज चरिसरी। एक ठाउँ पछि अर्को गरी उडिरहेका छन् यो मन आज चरिसरी। मिठा- मिठा भावनालाई प्रस्फुतित गर्न शब्दले पनि दिइरहेका छन् साथ बयान गर्न। हृदयको कुनाबाट आईरहेका छन् मिठो धुन त्यस धुनमा मिसिएका छन् मायाका अविग्न गुण। नाच्न चाहन्छ आफ्नै गीत को धुनमा मग्न बनि, बग्न खोज्दैछन् कसैको हाथमा नअडिने गरी। यो मेरो मन आज उडिरहेका छन् अविरल गतिमा बगिरहेका छन् आफ्नै बसमा छैन आज पंख छैनन् तरै पनि उडिरहेका छन्। |