Get haunted by a mystic world of poetry
created by the amalgamation of enchanted words by Prakash Sayami. Feel intense
emotions and vivid imagery through his selected poems.
Prakash Sayami is a Nepali filmmaker,
writer, and cultural personality who is one of the most prolific Nepalese
artists of present times. He projects his multi-faceted talent not only through
his cinema but also through his poignant Nepali poetry. In his verses, Sayami
reaches deep into the very core of Nepali culture, emerging with raw emotions
of love and loss, of identity and what it truly means to be Nepali. With his
insight so keen and words so eloquent, he resonates through the reader with his
poems, offering an insight deep into the Nepali experience while capturing the
rich tapestry of emotions that define the Nepali spirit. Each of these speaks
to Sayami's literary merit and his relentless commitment to the beauties of
Nepali language and culture.
Prakash Sayami is a Nepali Writer and
filmmaker. To date, he has directed six movies and works on a program for
Ujyaalo Radio Network called Ajar Amar Geetharu. He started his career in 1986
as an assistant director and scriptwriter for various Nepali films. His first
movie as a director changed into launched in 1993. In 2008 he was named
vice-president of the tune Royalty Society of Nepal, which safeguards the
copyrights of musicians. Sayami learned filmmaking in Bombay.
He is also an author of 11 books in Nepali
and English languages, related to films, music, and poems. A few of his
writings are Chalchitra Kala Ra Pravidi, Kathmandu Selfie, Ray: the Man of
Cinema. Not only Nepali but also one movie he has directed in Maithali. He has
recorded two Nepali poems and compiled a collection of movie songs.
Prakash Sayami is an asset in the Nepali
film industry, born on 21 March 1965 in Kathmandu, Nepal. He is one of those
persons in our Nepalese film industry who has multipurpose personas as a film
director, writer, producer, and many more. He is currently busy producing the
"Ajar Amar Geetharu" program for the Ujyaalo 90 Network.
Early Beginnings and Education
After his college days, Sayami moved to
Bombay (now Mumbai) to pursue his interest in filmmaking. In Bombay, he joined
the Indian People's Theatre Association and was trained there in scriptwriting
and film direction. Trained under stalwarts like Basu Bhattacharya and Sagar
Sarahadi, he began his career.
Directorial Journey
Sayami started his filmmaking career in
1994 with his maiden film "Prithivi," starring Rajesh Hamal, which
became a box office success. Other films he did, such as "Simana"
(Avatar), also helped him to establish himself in the local film fraternity.
Notably, he introduced new talents in the industry through his films, such as
actors Simanta Udas and JolShah.
Varied Contributions
Apart from filmmaking, Sayami has immense
contribution to Nepali culture and media. He has authored many books in Nepali
and English languages, which include film theory to poetry. He has actively
promoted Nepali music and literature also, curated collections of poems and
songs.
Cultural Advocacy and Recognition
Sayami's influence reaches beyond
entertaining audiences. He has been a panel judge in several talent shows and
film festivals to contribute to recognizing emerging talents. Besides that, his
work received international recognition; for instance, the Universal Peace
Federation recognized him as an Ambassador for Peace in the year 2014.
Language and Cultural Competence
Apart from Nepali, he is proficient in
Nepalbhasa, English, and Hindi-which ultimately makes him bridge the cultural
gap through his communication in multilingualism, enabling communication and
collaboration across diverse communities.
Essentially, Prakash Sayami epitomizes all
the qualities of being a multidimensional cultural ambassador by adding to
Nepali cinema and arts through creative works and efforts at advocacy.
अवतारकुनै दिन तिमी मुसा थियौ, त्यो पहिलो सत्य थियो पछि तिमीले मुसाको मासु खान बिरालो भयौ … स्वभावैले तिमीलाई बिरालो भन्दा शक्तिशाली बन्नु थियो तिमीले रूप फेरेर कुकुर भयौ … कुकुर भएर तिमीले दासता बाहेक केही स्वीकारेनौ फेरि तिमीले रूप परिवर्तन गर्यौ तिमीलाई कुकुर भन्दा बलियो बन्नु थियो तिमीले अवतार परिवर्तन गरेर बाघ भयौ ।। बाघै त थियौ तिमी .. तर बाघ भएर पनि तिम्रो अहम् बद्लिएन .. बाघलाई पनि शासन गर्न तिमी विस्तारै विस्तारै … सिंह बन्दै गयौ … सबैको राजा सिँह । सिंह त कहाँ थियौ र तिमी ? आवरण मात्रै त थियो , आफूलाई छोप्ने र अरूबाट बच्ने तिम्रो खोक्रो आवरण । बिरालोदेखि कुकूर कुकुरदेखि बाघ बाघदेखि सिँह हुँदा तिमीले धेरै पटक अवतार बदल्यौ तर तिमीले तिमी भित्रको मुसाको लोभ कहिल्यै बदल्न सकेनौँ । तिमीभित्र मुसा सधैँ बाँचिरह्यो .. अन्ततः तिमी मुसा नै हौ । |
ई सलाईका काँटीहरूबट्टामा थुनिएर अँध्यारोमा लुकेर लामबद्ध भएर सलाम पर्खेर कैद यातना सहेर बसेका एउटै वेशमा एउटै देशमा एउटै मुद्रामा एउटै मुद्दामा सैन्यशक्ति जस्तै तथस्थ भएर बसेका ई सलाई काँटीहरू काठका हुन् तर बिजुलीका पाठ हुन् निर्जीव छन् तर ज्योत र जाग्रत छन् ननिभे पनि कथा छ निभे पनि व्यथा छ ई सलाईका काँटीहरू धागो जस्तै उनिएर आगो बोकेर बसेका वीर क्रान्तिकारीजस्तै हाडहरूको रूप लिएर पहाड तोड्ने क्रममा तैनाथ सशस्त्र सैनिकजस्तै क्षेप्यास्त्र हो कि अर्थशास्त्र हो कि भ्रम बोकेर बसेका छन् ई सलाईका काँटीहरू जलेपछि कोही इतिहासमा बन्छन् कोही उपहास बन्छन् |
कुनै एउटा यस्तो दिनघामसँग बोलेर हामी कविता पढ्दैछौँ घामसँग खेलेर हामी कविता लेख्दैछौँ घामसँग हिँड्दै हामी कविता बाँच्दैछौँ घामसँग हाम्रो साइनो छ, कविताको । घाम पर्खालमाथि चढ्छ, हाम्रो कविता सस्वर हुन्छ घाम डाँडामाथि हिँड्छ हाम्रो आवाज अझै प्रखर हुन्छ पानीसँग पनि हामी लेख्छौँ, पढ्छौँ र बोल्छौँ हामी कविता लेख्छौँ घामपानीको, एकदिन हाम्रो कविता घाम बन्ला सबैलाई न्यानो देला वा पानी बन्ला, सबैलाई जीवन देला फेरि पनि हामी कविता लेखिरहौँला तर कविता त हामीसितै रहन्छ कुनै एउटा यस्तो दिन घाम रहला पानी रहला हाम्रो कविता नरहला तर हामी घामपानीमा कविता भएर जानेछौँ । |
तिमीलाई देखेको समयतिमीलाई देखेको समय मभित्र मौन उज्यालो खस्छ अथाह वेग लिएर तिमी समक्ष मेरो सामुद्रिक मनले कविताको भूगोल बनाउँछ यत्र तत्र । चूपचाप तिमी कतै चूपचाप म कतै दुई अपरिचित जहाजजस्तै हामी नाइल नदीको किनार भएर बगिरह्यौँ समय एक स्थिर स्वर भएर पर्खिरहेछ, हामीलाई- चूपचाप । सिमानाको बाटो भएर बसेका तिम्रा अचल नयनमा असमान जुलुस देख्छु आमन्त्रणको । म नतस्मतक ऐना सम्मुख सिँदूरको प्रतोलिका लिएर उभिएकी विधवा झैँ तिम्रा आँखाका गुफामुनि आत्मसमर्पित छु प्रिय ! हामी कविताका दुई पंक्ति झैँ किनार किनार छौं हामी कविताका दई मुद्रा झैँ अधर अधर छौँ तिमीलाई देखेको समय मैले मेरो ईश्वर मरेको घोषणा गरेँ तिमीलाई देखेको समय मैले मेरो नयाँ ईश्वर जन्मेको घोषणा गरेँ । |
मेरो अनुहारमेरो अनुहार मेरो भएर पनि मेरो होइन यो रगतको प्रतिविम्ब मात्र हो । मेरो गीत मेरो भएर पनि मेरो हुन सकेन । मेरो स्वर मेरो आँसु मेरो पसिना यो बादलको बद्लिँदो रूप मात्र हो म रुन सक्छु म बोल्न सक्छु म हाँस्न सक्छु तर यो मेरो बौलाहापन मात्र हो मेरो अनुहार मेरो समय मेरो भएर पनि मेरो होइन म हारेको छु । |
अर्द्धसत्यम कविता भएर तिम्रो ओठमा आउन चाहन्थेँ तिमीले मलाई शब्द शब्दमा उनेर कागजमा थुनिदियौ म तिम्रो मनमा सजिन चाहन्थेँ आत्म भएर तर तिमीले मलाई ढुङ्गा बनाएर मन्दिरमा थन्काइदियौ |
परिभाषाधेरै कुरा बद्लिएको छ यो मानवशालामा । नबद्लिएको एउटा कुरा छ यो त्यो हो परिभाषा । परिभाषा, सबैका दुइटा भएको छ । नयाँ र पुरानो । दरबार नयाँ सडक नयाँ कानुन नयाँ संविधान नयाँ तर मान्छे पुराना भएका छन् । मान्छे पहिले थिए अहिले जनता भएका छन् पहिले मूर्त थिए अहिले अमूर्त भएका छन् शासक चाहन्छन् हतियार किन्न विदेश भ्रमण गर्न वा सेना रुपान्तरण गर्न । तर नाम सारिन्छ जनताको । साँच्चै यो कुरा नयाँ भएको छ दरबार पुरानो राजा नयाँ राजा पुरानो युवराज नयाँ नयाँ अनुहार यति विध्न छाए यो शहरमा आँखा खोल्न पनि गाह्रो भो आँखा पुरानो चश्मा नयाँ यो अन्जान शहरमा नचिनिकन नमस्ते सलाम दुआ भन्न गाह्रो भो बीच बजारमा उभिन्छु, देख्छु बजार पुरानो बजार भाउ नयाँ पहिले तोलामा बिक्थे नेता अहिले मासामा बिक्न थालेका छन् यो कुरा नयाँ भएको छ नवीनतालाई जोगाउने कुरामा इतिहास पुरानो भो मुश्किल छ यो समय यति धेरै नयाँ अनुहार नयाँ आवाजको कोलाहल आवाज चिन्ने कला पुरानो कुशलता नयाँ भएको छ नयाँ नयाँ यति नयाँ अब नयाँ भन्ने शब्द नयाँ अर्थ पुरानो भएको छ यो कविता छापिउन्जेल कविता नयाँ कवि पुरानो यो कविता पढुन्जेल पाठक नयाँ कविता पुरानो सबथोक नयाँ अर्थ पुरानो भएको छ, ए । |
सपनाको तस्वीरझोलामा बोकेर आएका थिए उनीहरूले आफ्नो आँखाको तस्वीर । दरबार पस्नु अगि नै झोला खोसियो द्वारमै । के के थिए झोलामा के के हराए झोलाबाट उनीहरू आफैँ अल्मलिए । झोला खोज्दाखोज्दै बितेको रात एउटा सपना बित्यो रामविलासको जीवनमा । झोला पोको पार्नु अगि रामविलासले धेरै सपना पोको पारेको थियो बाटो बाटोमै लुटियो उसको सपना । ऊ धेरै पटक यो शहरमा देव दर्शन गर्न आयो । ऊ धेरै पटक सिंहदरवारमा कैँयौ सरकार पुर्याउन आयो आज उसको सपना लुटिँदा आज उसको झोला खोसिँदा न उसँग रुने कुनै सरकार छ न कसैको सरोकार छ । साला सेठले उसलाई लिलाम गरिदियो शहरमा । करोडौँ अनुहारका बीच एउटा अमिल्दो अनुहार लिएर रुँदै गर्दा उसलाई सम्झाउने अर्को रामविलास अब यो शहरमा छैन । रामविलास भन्छ, नरो , नरो । यो सरकारले आँसु पुछ्न आयो भने त्यसमा पनि कर लगाउँछ , यो साल सेठले हाम्रो आँसु खोस्यो भने त्यो पनि हिराको भाउमा बेच्छ आँसुको धेरै किनबेच हुन्छ यो शहरमा । रामविलासलाई हेर्दै रामविलास आज भन्दैछ, तिमी रोयौ तिमी किसान हौ तिम्रो आँसुमा नून छ ऊ रोएन ऊ मसान हो उसको आँखामा खून छ … करोडौँ अनुहारमा आफ्नो अनुहार खोज्दै रामविलास झोला बोकेर आएको थियो यो शहरमा झोलामा थियो उसको सपनाको तस्वीर … झोलामै थियो । |
शान्ति-युद्ध !सङ्कटकालीन सहरमा कल्पना गर्नोस् यहाँ सूर्य पहिले उदाउँछ कि स्टोभ पहिले बल्छ ? भगवान्ले बचाएका मान्छेहरू छन् कि मान्छेले लुकाएका भगवान्हरू ? अझै पनि यहाँ कवितामा भन्दा भाषणमा विश्वास गर्ने पापीहरू छन् विषले मर्ने भन्दा नेताको विश्वासले मारिएका जनताहरू छन् अनुमान गर्नोस् यो पुसको घाम हो कि असारको वरसात… तैपनि सोच्नका लागि स्वतन्त्रता छैन यहाँ सोच्नोस् ! यो उज्यालोको छटपटी हो कि अँध्यारोको ताप यहाँ झन्डामा भन्दा बढी झगडामा विश्वास गर्छन् मान्छेहरू अझै पनि मान्छे यहाँ रात र दिन छुट्याउन नसकेर निद्रामा रोइरहेका छन् भन्नोस् ! यो प्रश्न हो कि उत्तर ? यो सत्य हो कि गलत ? तर पनि मान्छे यहाँ बोल्नुमा भन्दा चुप हुनुमा शान्ति देख्छन् यो कस्तो शान्ति युद्ध हो हार्नेका लागि भन्दा जित्नेका लागि पश्चात्ताप छ मर्नेका लागि भन्दा बाँच्नेका लागि अपसोच छ । … |
पहाडको बाटोमलाई पहाडको बाटो एकदम मनपर्छ भीडमा हिँड्दा एक्लै लाग्ने एक्लै हिँड्दा अग्लो लाग्ने तिनीसितको सामीप्य मलाई वेलाको धुनजस्तै लाग्छ, मैले पहाडलाई नजिकबाट देखेको छु कहिले आमाको आँसुमा कहिले बाबुको हाँसोमा मैले पहाडलाई दुःखले स्पर्श गरेको छु पहाड देख्दा मलाई आफूसँग हराएका बचपनका साथी याद आउँछ जो साना–साना कुरामा ठूलाठूला झगडा गर्थे जो झिनामसिना खुसीमा असमान सपना देख्थे गोटी हराउने खेलमा कट्टी भन्थे कान्छी औँला जुठो पारेर कैयन् रात बोलचाल बन्द गर्थे त्यही औँला जुठो पारेको रात नराम्रो सपना देख्थे अनि भोलिपल्ट त्यही सपना हाँसेर सुनाउँथे मलाई पहाडको त्यस्तो हाँसो मनपर्छ मलाई पहाडको बाटो मनपर्छ कहिलेकाहीँ म एक्लो हुँदा पहाडलाई सम्झिन्छु र, सम्झेकै साँझ एक्लै रोएको छु तिनी पनि त्यसरी नै रोएकी होलिन् जसरी अनिच्छापूर्वक बिहे भएकी एक कन्या बिहे अगिको रात आफ्ना भावी पतिलाई सम्झेर रोएकी होलिन् मलाई पहाडको त्यस्तो आँसु मनपर्छ जसमा कतै सपना कतै विश्वास कतै सङ्कट त कतै आफ्नोपनको भर हुन्छ मलाई त्यस्तो आँसु मन पर्छ पहाडलाई मैले नजिकबाट देखेको छु आमाको चस्मामुनिको बाटो भएर झरेका आँसुलाई पुछ्न खोज्दा खसेर चोक्टा चोक्टा भएर फुटेको देखेको छु बाबुको ढाडमा चढेर हेर्न खोजेको बाजेको पुरानो तस्बिरमा झल्किएको ब्ल्याक् एन्ड व्हाइट पोट्रेटजस्तै धमिलो धमिलो देखेको छु मलाई पहाडको अतीत मनपर्छ पहाड कसैलाई छेकेर बँचाइरहन्छ पहाड कसैलाई देखेर फकाइरहन्छ पहाड कसैलाई टेकेर उँचाइ दिइरहन्छ दुःखको तीललाई पहाड बनाउने राजनीति ऊ जान्दैन सुखको डिललाई लछार पछार गर्ने राजनीति ऊ जान्दैन छोडेर गएका फर्किएनन् फर्किएका बस्दैनन् त्यो जानेर पनि ऊ भविष्यवाणी भन्दैन पहाड कहिलेकाहीँ हेमानको पहाड भन्दा एक्लो हुन्छ उसका समस्या पहाड नै भए पनि ऊ तराई झर्न मान्दैन त्यसैले ऊ अझै पहाडकै बाटो चढ्छ र, भन्छ मलाई पहाडको बाटो मनपर्छ धेरै दिनको बिदामा पहाड गएर फर्केको लाहुरेजस्तै म आज फर्केर पहाडजस्तै एक्लो भएको छु । |
गालिबको चिहानघर वा सपिंग मल बन्ला हाउजिङ वा आकाशे बजार बन्ला केही पनि बन्नसक्छ यो भूमिमा । धेरैवर्ष पछि यहाँ गगनमहल बन्ला वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन । व्यस्त भरिभराउ वा हेर्नै नसकिने अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा गजल रेस्त्राँ तर हुनेछ यहाँ एउटा पुस्तक पसल त्यो भवनको टाकुरामा रहेको गजल रेस्त्राँमा कुनै गायिकाले गालिबकै गजल गाएर गाहकी बढाउला वा हुनसक्छ त्यो गगनचुम्बी भवनको पुस्तकपसलमा कुनै सेल्सम्यानले गालिबकै बोली बोलेर उनका दीवान ए गालिब वा उनको गजलको सीडी बेचिरहेका हुनेछन् हुनेछ कुनै सभाभवनमा गालिबको शतवार्षिकी त्यहाँ कुनै मन्त्री भनिरहेका हुनेछन् गालिब गत शताब्दीका महान् चित्रकार ॥ अनि बोल्दा बोल्दै उनका झरेका आँसुलाई क्यामेरामा कैद गर्न टीभी च्यानलका लेन्सहरु तेस्रो विश्वयुद्ध गरिरहेका हुनेछन् तर कसैलाई थाह हुनेछैन जहाँ त्यो गजल गाइँदैछ जहाँ त्यो दीवान ए गालिब बेचिँदैछ जहाँ त्यो स्मृतिसभा हुँदैछ त्यही भवनको जगमा गालिबको चिहान छ भनेर । |
घरबाट आमाको चिठी आएको छमैले सम्झे त्यो मेरो घर । जो एक्लो छैन यो मुलुक जस्तै । त्यो घर म खूब सम्झिन्छु, घरको कोठा सम्झिन्छु कोठाका कुना कुना सम्झिन्छु तर बिर्सिन्छु आफैंलाई आमाको पत्रमा वज्यैको चर्चा छ वज्यै एक्लै सुसाईरहन्छिन् र कोठाको शून्यतामा आफ्ना तस्विरहरु सम्झेर । वज्यैको कोठा उज्यालो छ त्यहाँ एउटा वूढो दराज छ जहाँ माया ममताका शव्दकोषहरु पान पाना पल्टिएर बसेका छन् वूढो दराजमा पुराना कितावहरु छन् स्वजनहरुका बारेमा लेखिएका, वज्यैको कोठामा एउटा पुरानो भर्याङ छ जसले जुगौं पुरानो सम्झना र संगत बोकेको छ म सम्झिन्छु त्यो धुन र भुल्छु मायाको वालापनमा आमाको कोठामा एउटा ठूलो कुर्सि छ शक्ति र शासनको षडयन्त्रबाट मुक्त । यसमा बस्न आमालाई मात्र सुहाउँछ एउटा झगडालु ऐना पनि छ भित्तामा हाम्रो अनुहारलाई जिस्काई रहन्छ हामी विरोध गथ्यौं यो ऐनाको र ऐना पनि हाम्रै प्रतिवाद गर्छ यो ऐना हामी भन्दा पहिल्यै आमासंग भएको यो घरको प्रमाण छ । हामी घर स्वीकाछौं यो ऐनको अगाडि । सुनेको छु, आमा पनि एक्लो हुँदा यही ऐना अगाडि हारजितको खेल चल्थ्यो रे यही घरमा यौटा मटान छ जहाँ एउटा आयाहिन सन्दुक छ त्यहाँ अनेक सम्झनाहरु छन् पूर्वजका यसलाई वषौं देखि बोक्दै आएका छन् हाम्रा खलकले, त्यो घरमा एउटा बुँईगल छ, बुँईगलमा त्यहाँ पुरानो घरको अखबार जस्तै छ बिहानको खबर बोकि ल्याउँछ र हामी बिउँझन्छौ झ्याल पनि छ, जहाँ कविताका अक्षरहरु घामको भाषा पस्ने गर्छ र हाम्रो गीतलाई सस्वरता दिन्छ उडिरहेको आकासको पाना हाम्रो छानामा आएर गीत भन्छ म सम्झिन्छु हाम्रो घरमा पिंढि छ जहाँ शक्ति र सहमतिका वैठक हुन्छन् जसरी त्यो पिंढीलाई म सम्झिन्छु त्यसरी अरु पनि सम्झिदैं होलान्, यो मेरो सम्झना छ म बिर्सिन सक्दिन त्यो पिढीको सहन भूमि त्यो भरेङको अहोरात्र ओहोर दोहोर त्यो कोठाको ग्रुप फोटो यहाँ सबथोक छ, र म पनि सम्झिन्छु त्यो मेरो घर । |
इतिहासम एउटा जङ्गलको कविता लेख्दैछु मेरो अगाडि एउटा घनघोर जङ्गल छ कवितामा सबको कथा छ धर्मको निम्ति दिनरात लड्ने धार्मिक मुल्लाहहरु जस्तै अनुहार भएका कुकूर विरालोको झगडा छ कवितामा मान्छेहरु जस्तै देखिने कमजोर लाग्ने निरीह पंछीको चिरविर छ राजनीतिक प्राणी जस्तै रङ्ग बदलिरहने ब्वाँसाहरुको जीवनशैलीमा छ्यापछयप्ति छ मेरो कविातामा म सोचिरहेछु यो कवितामा कस्तो चित्र छुटेको छ चुनाउ नै नजिति राजा हुन सक्ने अरु माथि शक्ति थोपर्न सक्ने ‘सिंह’राज को गर्जन पनि छ, कवितामा अवला जस्तै लाग्ने कैयन दुर्वल गाई वस्तुको पनि चर्चा छ जो आफ्नो शरीरको अन्तिम सास छउञ्जेल अरुलाई दूध पियाई रहने आमा जस्तै लाग्छ, कवितामा जङ्गलको प्रशस्त चर्चा छ कवितामा जङ्गल र हरियाली छ धर्म÷पाप, अन्याय–अत्याचार, एकांकि जीवन देखि सहअस्तित्वको बयान छ जङ्गलको कविता पढ्दै गर्दा मेरो एक पाठकले मलाई सोधे कवितामा सबथोक छ÷तपाँईको चर्चा खै ? म अल्मलिन्छु र खोज्छु आफुलाई आफ्ने कवितामा । जङ्गलको यो कवितामा म पनि छु प्रि पाठक ! म पनि छु कतै बाघको अहंमा अलिकति छु कतै कुकूरको भुकाईमा अलिकति छु गाई–बाख्रा, गोरु–गधामा सबैतिर छु । तर, तपाँईले पो मलाई पढ्नु भएन त वा पढेर पनि चिन्नु भएन म छु, प्रिय पाठक ! म यो कवितामा बारम्वार पुर्नजिवित भएको छु । म यो कविताको एक हिस्सा हैन उक अतित हुँ । मलाई बिर्सि पो सके ! |
परदेशमाधेरैबेरदेखि सङ्घारमा कसैको आहटले कसैको पदचापले ढोका ढक्ढकाइरहेजस्तो धेरै दिनदेखि आकाशमा कागले बादललाई जिस्काइरेहजस्तो कोही आउने सन्देश लिएर बिहानीमा सूर्यले पुलिन्दा ल्याएजस्तो हुलाकीले चिठी लुकाएर डाँडामाथिबाट चिहाएजस्तो वर्षौंवर्षदेखि दाहिने आँखा फर्फराइरहेको छ यो परदेशमा । दैलो खोली हेर्दा सङ्घारमा कोही रहेनछ बलेसीमा चैतको चञ्चल हावाले पो जिस्केको रहेछ को आउँछ र, यहाँ ? को आउनु थियो र ? कसले पो मेरो नाउँमा चिठी ल्याउँछ यो परदेशमा छिमेकीका छानामा सुकाएको पलँगको तन्नामा मंसिरको बैँशालु घाम लडिबुडी खेल्दैछ मेरो सिरानीमा माघको कठ्याँग्रिदो रात लमतन्न छ हे धरा ! मलाई एकमुठी घाम पठाइदिनु यो परदेशमा । सात साल आयो सत्र साल गयो छत्तीस नाघ्यो छयालीसले छायो कसैलाई नपर्खिनु भन्थ्यो समयले यो परदेशमा । नसम्झिनु भन्थ्यो आफ्नो घरलाई पनि । असारको झरीले बगाएछ त्यो घरलाई । त्यो बालापन र त्यो बैंशलाई । सबैलाई साँचेर राखेको छु यो बैंशको क्यालेण्डरमा । आफैलाई राखको छु यो परदेशमा आफैलाई झुकाएर राखेको छु यो परदेशमा । |
CHHATIWAN (ALSTONIA SCHOLARIS)
CHIRAITO (SWERTIA ANGUSTIFOLIA)
CHIRAITO (Swertia bimaculata )
CHIRAITO (Swertia multicaulis)
DATIWAN (ACHYRANTHES BIDENTATA )
DHASINGARE (Gaultheria fragrantissima)
DRONAPUSPA (LEUCAS CEPHALOTES)
GOBRESALLA / TALISPATRA (ABIES SPECTABILIS)
GUJARGANO (CISSAMPELOS PAREIRA)
INDRAJAU ( Holarrhena pubescens )
JAMANE MANDRO (MAHONIA NEPAULENSIS)
JATAMANSI (NARDOSTACHYS GRANDIFLORA)
KAKAD SINGHI (Pistacia chinensis)
KAKOLI ( Fritillaria cirrhosa)
KALO SHARIVA (CRYPTOLEPIS BUCHANANII)
KALO SHARIVA (ICHNOCARPUS FRUTESCENS)
KALO-BIKHA (ACONITUM LACINIATUM)
LAGHU PATRA (PODOPHYLLUM HEXANDRUM)
Medicinal Plants of Nepal! Preserving the Past, Healing the Future
NAGEBELI (LYCOPODIUM CLAVATUM)
PANCHAUNLE (Dactylorhiza hatagirea)
https://easyayurveds.com/shop/
https://easyayurveds.com/neem-capsule-price-in-easy-ayurved-nepal/
https://easyayurveds.com/ajwain-oil-carom-oil-for-pain-relief-relaxation-improved-blood-circulation-stress-reduction-mental-relaxation-and-relief-from-arthritis-100ml/
https://easyayurveds.com/amla-powder-gooseberry-powder-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-powder-100gm/
https://easyayurveds.com/brahmi-bati-price-in-nepal/
https://easyayurveds.com/confido-tablets-for-libido-testosteron-and-erectile-dysfunction/
https://easyayurveds.com/arjuna-chaal-powder-supports-heart-health-manages-cholesterol-level-promotes-healthy-metabolism-diabetes-weight-loss-terminalia-arjuna-100gm/
https://easyayurveds.com/ashokarishta-ayurvedic-syrup-for-women-relief-from-irregular-and-heavy-menstruation-and-hormonal-imbalance-with-ashoka-dhataki-by-dabar-450ml/
https://easyayurveds.com/ashwagandha-withania-somnifera-ayurvedic-herbal-supplement-promotes-vitality-and-strength-support-for-stress-ashwagandha-powder-100gm/
https://easyayurveds.com/ashwagandharishta-helps-boost-immunity-stress-buster-for-health-strength-wellness-naturally-enhances-fertility-libido-by-baidyanath-450ml/
https://easyayurveds.com/avipattikar-churna-gastric-churna-for-hyperacidityflatulence-bloating-nausea-heart-burn-and-digestion-ayurvedic-abhipattikar-churna-100gm/
https://easyayurveds.com/brahmi-brahmi-powder-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-centella-asiatica-100gm/
https://easyayurveds.com/chyawanprash-with-yarshagumba/
https://easyayurveds.com/castor-oil-arandi-oil-price-in-nepal/
https://easyayurveds.com/yarshagumba-price-in-nepal/
https://easyayurveds.com/isabgol-bhusi-price-in-nepal/
https://easyayurveds.com/himcolin-gel-price-in-daraz-nepal/
https://easyayurveds.com/baidynath-shilajit-price-in-nepal/
https://easyayurveds.com/goksura-gokharu-powder-price-in-nepal/
https://easyayurveds.com/giloy-gurjo-gudduchi-powder-price-in-nepal/
https://easyayurveds.com/shilajit-capsule-price-in-nepal/
https://easyayurveds.com/dushmularishta-price-in-online-shopping-nepal/
https://easyayurveds.com/moringa-price-in-nepal/
https://easyayurveds.com/kaauso-price-in-nepal-mucuna/
https://easyayurveds.com/jethimadhu-price-in-nepal/
https://easyayurveds.com/jaiphal-oil-price-in-nepal/
https://easyayurveds.com/benefits-of-jamun-seed-powder-for-diabities-and-constipetion/
https://easyayurveds.com/liv52-price-in-nepal/
https://easyayurveds.com/shilajit-price-in-nepal/
https://easyayurveds.com/liv52-price-in-daraz-nepal/
https://easyayurveds.com/khadirarista-price-in-nepal/
https://easyayurveds.com/bramhi-oil-ghod-tapre-oil-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-bacopa-monnieri-oil-100ml/
https://easyayurveds.com/amla-juice-gooseberry-juice-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-juice-with-aloe-vera-100gm/