Go through the poignant verses by Sarita
Tiwari, an important Nepali poet. Her well-known works include "Buddha ra
Lavaharu," "Astitwoko Ghoshanapatra," and "Prashnaharuko
Karkhana."
Sarita Tiwari's poems have sounding tones
in the Nepalese literary world, and some of her writings have turned out to be
iconic items in modern Nepali literature. Her works include the celebrated
"Buddha ra Lavaharu" (Buddha and Lava), which depicts with innocent
simplicity the poignancy of love and spirituality and stirs timeless emotions
across cultures. Another formidable collection is "Prashnaharuko
Karkhana" (Factory of Questions), acclaimed for incisively engaging with
questions on societal issues and existential dilemmas wherein Tiwari confronts
fearlessly the convoluted aspects of contemporary Nepali life with lyric grace
and profound insight. Along with many other poems, these stand as eternal
testimony to Sarita Tiwari's literary acumen and to the unfailing capture of
human experience in unmatched eloquence.
Sarita Tiwari became born in Pokhara,
Nepal, on the 15th of April 1979, and is considered one of the extremely good
figures in Nepalese literature. She is an acclaimed poet, an writer, and a
social suggest. Her journey through the realms of poetry and prose has covered
over two decades of travel with deep commitment to social discourses and
artistic expressions.
She spent her childhood in Nawalparasi,
where she was raised under the influence of her mother, who was a
well-acknowledged ratyauli singer known to sing melodiously in different kinds
of cultural ceremonies. As a child, Sarita drew inspiration from the rhythmic
cadence of her mother's performances and thus started to build a foundation for
her own poetical ventures.
In fact, it is during schooling that the
seeds of Sarita's literary aspirations were sown when she came to know about
her latent talent for crafting verses. Encouraged by her teachers, she
participated with all seriousness in writing competitions and never missed an
opportunity to prove her poetic prowess before securing prizes. This early
recognition ignited her love for literature and impelled her towards an
in-depth exploration of the realm of words.
When in 1997 Sarita got enrolled at Prithvi
Narayan Campus, Pokhara, she was immersed in the ardor of an immensely fertile
literature scene. Her association with established writers and poets of repute
started then. With guidance by mentors like Saru Bhakta, she studied
intricacies of poetic expression and ways of thematic exploration. It was in
this environment that Sarita's original voice started to ring loud with
authenticity and depth.
The year 2001 saw the publication of the
poetry collection entitled "Buddha ra Lavaharu", a very important
juncture in Sarita's literary career. This seminal work showed her ability to
carve through delicate and complex emotional landscapes with finality, weaving
together the threads of love, loss, and spiritual introspection in exquisite
lyricism. The collection immediately started receiving accolades from critics,
thus establishing Sarita as one of the strong literati in the Nepali literary
scene.
Over the years, Sarita continued the
process of refining her skill, with ever deeper explorations of the complexity
of human life and society. In 2011, her second poetry collection,
"Astitwoko Ghoshanapatra," put her further as a poet full of much
intensity and sensitivity. In such evocative lines, Sarita battled existential
questions, testing the very fabric of identity and belonging.
However, it was her third work,
"Prashnaharuko Karkhana," launched in 2016, that brought Sarita into
the current limelight of Nepali literature. This collection of 34
heart-touching poems epitomized the spirit of modern Nepal, scathing commentary
on pressing social issues and cultural phenomena. From gender inequity to
political turmoil, Sarita confronted the realities of her society head-on,
infusing her verses with empathy and urgency.
The thematic richness and resonance of
"Prashnaharuko Karkhana" won Sarita widespread critical acclaim,
which culminated in its being shortlisted for the prestigious Madan Puraskar in
2015-2072 BS. Such recognition underlined Sarita's status as a poet of vision
unafraid to question convention and provoke thought through her art.
Beyond her literary engagements, Sarita
Tiwari is an active campaigner for social change through the articulation of
marginalized voices, expressing solidarity with causes dear to her heart. Her
commitment toward justice and equality at all times sparkles as a beacon of
light that inspires one and all around her for an engaged critique with the
world outside.
She has been continuously enriching this
landscape of literature with her profound insights and creative expressions,
and is still continuing from Chitwan, along with her family. A poet, author,
and social advocate, she rises as a testament to the change that words evoke and
the eternal marks left by one bold enough to speak truth to power. In Sarita
Tiwari, Nepal has found not only a brilliant literary star but also an
undaunted voice for change and progress.
निराश्रित कोपिलाहरुआँशुसंगै निदाउनु आँशुसंगै ब्युँझनु सङ निर्बोध आँखाभरी आँशु सक्रिय छ आँशु र पीडालाई नै स्वजन स्वीकार्दै निर्विकार आँखाहरु दु:ख रोइरहेछन कृत्रिम गमलाका फुलहरु कोठाभरी, बैठकभरी बार्दलिभरि सजाइएका छन् कोठाबाहिर खण्डहरु भू-क्षेत्रमा निराश्रित कोपिलाहरु असिना र आँधी खेप्दै छन् महाशय ! हाम्रै बस्तीमा हाम्रै शहरमा कोपिलाहरुमाथी गोलाबारी गरिएको छ डढेर छट्पटाउदै आँशुसंगै अन्त्य हुन मन्जुर कोपिलाहरुको दर्दनाक व्यथा भो नसुनिदिनुस मसानहरुको हूलले जिउदै डढाईराखेको भो नहेरिदिनुस मानवता हेरिरहोस टुलुटुलु युग सभ्यताको अट्टालिकाबाट चियाईरहोस चिथोरेर चोक्टा चोक्टा झिकेर फुल्नुअगावै कोपिलाहरुलाई चपाई-चपाई निलिएको भैगो नहेरिदिनुस यहाँहरु त शिस्ट र शभ्य मान्छे सुकिला मान्छे |
जुन, म र शहरफक्रनै लागेका मेरा समयहरु मैले जुनलाई दिएँ जुनले मलाई असंख्य न्याना उज्यालाहरू दियो र मैले आफ्नो अनुहार जूनै जूनले धोएँ जूनसंगै फुलेका सम्पूर्ण रहरहरु शीतलाई दिएर छाडें, र जुनेली बाटो हुँदै म एक नुतन शहरमा आइपुगें शहरका उदाश निधारभरी कोलाहलका अक्षरहरु थिए शहरको कर्कश र तितो-तितो साँझसम्म यत्रतत्र घुम्दै युद्धपीडित शरणार्थी शिविरको एउटा ख्याउटे मान्छेले झैं खुबै आशाले शहरका आँखा हेर्न खोंजे विस्मय ! आँखाभरी आगो बलेको देखें मैले आगोमय शहर देखें मान्छेहरु डढिरहेको देखेँ यद्धपि आगो भयानक हुन्छ म आगोसंग आत्मसमर्पण गरेर कायर मृत्यु मर्न चाहन्नँ बरु आगोबिच डढी- डढीकन म शहरलाई जूनको उपत्यका बनाउन बाँच्छु म नानीहरुलाई जूनको उज्यालो बाँड्न बाँच्छु |
म तिमीसंग सह-अस्तित्व बाँच्दिनँजब अस्तित्व बोकेर महासत्तको मिथकहरू मेरो सीमाभित्र प्रवेश हुन्छन् आमाहरुका सपनाहरु चोरी हुन थाल्छन जल अवस्थितिपुर्ण मेरा सीमाहरुबाट पानीहरु हराउँछन र क्रमश: हामी काकाकुलको स्थितिमा आइपुग्छौं तिमी कस्तो देशभक्ति गाँउछौ ? पत्थरहरु त गीत गाउँदैनन् पत्थरहरुभित्र मुटु हुदैन माया हुदैन जेसुकै भनौं पत्थर संवेदनामा कहिल्यै रुँदैन नखरा नपार मैले बुझिसकें तिमी स्वाभिमान बेचेर देश भुट्ने सपना किन्छौ म त आफ्नै पाखुरीले सृजना रोप्ने मान्छे आफ्नै पसिनाले माटो भिजाएर आफ्नै औंलाहरुले भाग्य खेप्ने मान्छे मलाई सपना देख्न मन लाग्छ – मुक्तिको यतिखेर भयानक अग्निमा होमिएर मानचित्रभरी दुखेको छ देश ए मिथकहरू ! रगत उम्लन देऊ म अप्रितम संचेतेनाको चिराग बालेर बस्तीहरुमा आउनेछु तिम्रो शमनीसत्तालाई चिर्दै मान्छे-मान्छेसम्म आउनेछु |
मजुवा पोखरीको किनारमा उभिएरयो हावामा उनीहरूको मृत्युअघिको अन्तिम चीत्कार छ उनीहरूको हृदयबाट निस्केको अन्तिम आह ! छ पसिनाम्य लखेटाईपछि जो लडाइए भुईंमा र झम्टिइए मृगको पाठोलाई भोको बाघले झम्टिएझैं ! यो हावामा यो गाउँ ,यो बस्ती ,यो सारा जगतसँग गरेको अन्तिम गुहार छ उनीहरूको जसले मानिसहरूको विवेकका आखिरी किनारहरूमा पुग्ने भीषण कम्पन छोडेको थियो यहीँबाट तर कहांसम्म पुगेर फर्कियो त्यो कम्पन ? कसैले भन्छ? ककसलाई हल्लाएर छोडेको छ त्यसको तरङ्गले? जबकि , हामीलाई थाहै छ, मानिसहरू कसरी चलाउछन बजारमा सरमको मण्डी ! कसरी साट्छन अज्ञात लोभहरूसित बुद्धिका पेचकिला ! मौन छ यो हावा तपस्यामा मग्न जोगीझैं हज्जारौं पल्ट सोध्नुस केही बोल्नेवाला छैन यो न दिन सक्छ अभियुक्तको कुनै हुलिया न भन्न सक्छ घटनाको साबुत विवरण कारण छैन यो हावासँग कुनै भाषा छैन शब्दहरूको क्रीडाभूमिजस्तो ओठ, छैन जोखिमहरूको साइरनबीच पनि बौरिएर उठ्ने हृदय छैन तीन पौण्डको तौलमा विवेकको संग्रहालय सजाउन सक्ने त्यस्तो अदभूत र विलक्षण गिदी यद्यपि यी जम्मै कुरा भएर पनि मानिसहरू यस्तरी मौन छन् मानौं यो कुनै मौनब्रतको स्पर्धा चलिरहेको युग हो… ** ** ‘पज’ बटन दबिएर चुपो लागेर उँघिरहेको घण्टाघर जस्तो प्रतिक्रियाहीन यो पोखरी ! यहाँ केवल लेउको साम्राज्य छ अब यो नीलो नीलो पानीमाथी म देख्छु नाङ्गा आँखैले एउटा अकथनीय कथा हाडमांसको सिंगो सबुत बनेर उभिरहेको ! कस्तो दिगमिगलाग्दो यो पानी ! कति कुरुप हो यो पानीको छाया ! कति भयावह हो पानीभित्र पौडँदै हिँडिरहेको सूर्यको प्रतिबिम्ब ! मान्नुहोस् जीवनका सारा सौर्न्दर्यले आत्मसमर्पण गरेको ठाउँ हो यो कति डरलाग्दा लाग्छन् यहाँ उनीहरूका प्रलाप निचोरिएर उछिट्टिएका चित्कारका चोक्टाहरू जो अल्झिन्छन तपाईंको प्रत्येक पाइलामा र सोध्छन् प्रेतझैं जुरुक्क उठेर तपाईं कुन पक्षमा हुनुहुन्छ – न्यायको या शक्तिको? सबका सब ओठहरू बन्द छन् ,यो अर्कै कुरा हो शब्दहरूले छुद्र ढाल बोकेर हिँडेका छन् ,यो अर्कै कुरा हो शब्दहरू षडयन्त्र र कुटनीतिको भुमरीमा फँसिसकेका छन् ,यो पनि अर्कै कुरा हो तर साक्षी आँखालाई थाहा छ- उनीहरूका मृत देहमा ओठहरू काट्टिएका थिए ! जीब्राहरू सुन्निएका थिए ! र बगिरहेको थियो योनिबाट धर्तीको आत्मा च्यातिएर निस्केको लाभाजस्तो रक्तधारा! यी रुखहरूले देखेका होलान् कसरी लुछिए तिनका छाला ! कसरी च्यात्तिए कोमल गालाका लाली! कसरी खोलिए तिनका एक एक वस्त्र र पारिए तिनीहरू निर्वस्त्र, नग्न ! फाट्टिए कसरी उनीहरूका जाँघ र पस्यो एकाएक कुनै सुरुङ मार्गभित्र छिरेको सर्पाकार ट्रेनजस्तो रहस्यमय त्यो ‘कीरा’ ! पोस्टमार्टम रिपोर्टमा भनिएको छ- यो नृशंस हत्याको एकमात्र अभियुक्त त्यही क्रूर ‘कीरो’ हो र बाँकी जम्मै तथ्यहरूमाथि मौन छ डाक्टर ! त्यो कीरो जसलाई संसारको कुनै जीव विज्ञानीले चिनेको छैन आजसम्म तर चिनेका छन् कोखिलामा हत्यारो अनुहार लुकाएर न्यायको गुड्डी हाँक्ने प्रशासकले डाक्टर ,वकिल ,’समाजसेवी’ सबैले! त्यही ‘कीरोकथा’ भित्र लुकेको छ हज्जारौं तहहरूले खाँदिएर बनेको फोसिलभन्दा पनि आदिम भयंकर सत्य ! ** ** उभिएर यो पोखरीको छेउमा हेर्दाहेर्दै – म देख्दैछु पानीको सतहमा सहस्र जुगभरीका योनीहरूको जुलुस तैरिरहेको म देख्छु एकाएक पानीभित्रैबाट विष्फोटको भयानक म्याग्मा लेदो बनेर निस्किरहेको रोकिने छैन निश्चय पनि यो जुलुस औडाहा र उत्तापको आँधी जब बन्ने छ बबण्डर कसैले थेग्न सक्ने छैन प्रश्नैप्रश्नका कोलाहलको बाढी आधा पृथ्वी उचालिएर उठेको योनीहरूको एकमुष्ट , विशाल हुण्डरीले जब बाध्य पार्ने छ, एकदिन सहस्र धैर्यको बाँध फुटाएर बाउने छ कहिल्यै केही नबोल्ने हावाले पनि आफ्नो मुख तब उघ्रने छ सत्यको अन्तिम पर्दा च्यात्तिने छ ‘अभियुक्त कीराहरूको’ यो कपोलकल्पित संकथन एकदिन पराजित हुनुपर्ने छ यी सारा झुठहरूले ! सारा षड्यन्त्रले ,सारा खेलहरूले र जित्नुपर्ने छ उनीहरूले जसले आफूसँग एक योनी हुनुकै ‘अपराध’ मा अनाहक पाएका छन् बीभत्स मृत्युदण्ड ! |
मेरो प्यारो मुर्चुङ्गामेरो प्यारो मुर्चुङ्गा ! खर्कतिर लाग्दा अँगालाभारी धुन समेटेर ल्याउनु मैले ओढेका रहरहरु मैले पिएका कहरहरु र अनुभव गरेका खुशीहरु सम्पूर्ण त्यही धुनमा मुछेर म तिमीलाई खर्कभरी छर्छु ! म आफ्नै वरिपरी जमेकी छु हिउँले छोपेका चाहन विस्वासहरु बरफ बनेका छन् सपनाहरु गोठ, तगरा, वन र खोल्साहरुमा फिँजारेका तरंगहरु सब भयावह वर्तमानमुनि पुरिएका छन् र पनि प्रतिक्षारत आशाहरु एउटा आयाम र उज्यालोको स्वागतार्थ एक नितान अनुभूतिमा समानान्तर धुनहरुक रेखा कोर्छन जिजीबिषाहरुले निथ्रुक्क रुझाएको रात स्वयंमा बिक्षिप्त र तितर-बितर भएका बेला म धुनहरु सम्झन्छु मुर्चुन्गाका मेरो प्यारो मुर्चुङ्गा ! खर्कतिर लाग्दा अँगालाभारी धुन समेटेर ल्याउनु म तिमीलाई खर्कभरी छर्छु ! |
बालुवामथिको देशअचेल अक्सर मेरा सपनाहरु पानीमा डुब्छन म पानीमाथि हाँसीरहंछु बालि छैनन् खेतहरुमा बालुवा छ गाउँ बिरामी छ शहर हरामी छ आँखा बन्द छन् कलम बन्द छ थुप्रै आँखाहरु बारुदले भुटीएपछी अस्मिताका पर्खालहरु भत्किएपछि धेरै कुराहरु लुटिएका छन् शान्ति-प्रदेशका हरेक किल्लामा मानबरक्तका पसल खोलिएका छन् पेटहरु भोकै छन् फसल पोलिएका छन् म आँखामा देशको सपना पालेकी छोरी देशको पिंढीमा बसेर रुँदी छु रात छिप्पिदो छ अन्धकारमय ! भयावह ! जब उज्यालो हुन्छ म देख्छु भयङ्कर बाढी उफ् सबैथोक बाढीले डुबाइदिएछ पानिभित्र / बालुवाभित्र मेरा प्रियजनहरु ! मेरो माटो चारैतिर समाप्ति चारैतिर विनाश म देशकी छोरी सम्बेदनाशुन्य पानीमाथि हाँसिरहेकी छु हा …….. हा……….. हा…….. यो देश आफैमा एउटा बहुला खोला बनिरहेछ क्रमश……… |
अलिखित इतिहास र अभिनव जिन्दगीअलिखित इतिहासमा तिमी थियौ म थिएँ उनीहरु थिएर सघन जंगलहरु थिए हामी आपसमा प्रेम गर्थ्योँ रुखहरु आनन्दविभोर हुन्थे प्रफुल्ल बतास हाम्रा खुशिनेरै बहन्थ्यो हाम्रा आस्थानेरै बहन्थ्यो पानि – छातीभित्र एक अर्को सुर्य लुकाएर प्रेम निम्ति हामीलाई सुभकामना दिन्थ्यो अलिखित इतिहासकाकागज छैनन् अक्षर र हरफहरु छैनन् जसमा युद्ध थिएन, ईर्ष्या थिएन चट्टानहरु मुस्कुराउँथे चराहरु प्रिती गाउँथे हामी त्यी सुकोमल मंजुलतामा अमर प्रेम र बन्धुत्वक भाषाहरु पातमा लेख्थ्यौँ अफसोस ! हामीसंग कागज थिएन यो बर्षौं पहिलेको कुरा हो अभिनव जिन्दगीको यात्रामा हामीले कागज, कलम र मसि मात्रै होईन कम्प्युटर पनि पायौं दुर्भाग्य ! अब यहाँ सुन्दर सघन जंगलहरु छैनन् शितल अप्रमेय बतासको बहाव छैन सुर्य प्रतिबिम्बित गर्न सक्ने पानी छैन मान्छेहरु रुखाझें उदार छैनन् आकाश र पानीझैं निस्वार्थ छैनन् प्रेम र शन्तिहेतु पंक्षीझैं कलरव गाउँदैनन् मान्छेहरु – प्रेमलाई घृणा गर्छन अलिखित इतिहासलाई घृणा गर्छनत्यसैले मान्छे त्यो इतिहासका साक्षीहरुलाई ध्वंश पार्दछ म – मेरो स्वार्थको निम्ति बिनादोष आकाश र पानीलाई बिटुल्याउन सक्तिनँ निर्दोष रुखहरुको हत्या गर्न सक्तिनँ कारण : मा पृथ्वीको अस्मितालाई प्रेम गर्छु म अलिखित इतिहासलाई प्रेम गर्छु त्यो इतिहासलाई मान्छेले निर्लज्ज कुल्चेको छ / थुकेको छ संचेतनाभन्दा सुदुर निर्वासित गराइदिएको छ के हामीफेरि त्यो इतिहासलाई दोहोर्याउन सक्तैनौ ? जहाँ प्रकृतिसंगै हाँस्न सकून मान्छेहरु मान्छे संगै हंसिरहोस प्रकृति जहाँ हिन्दु, मुस्लिम, इसाई….. सबको साझा घर होओस जहाँ अशेष प्रेम र बन्धुत्व होओस |
लालबहादुरतिमीले देख्तैनौ तिमीले बुझ्दैनौ पढ्छौ मात्र लालहदुरको कथा जो आगोको मुस्लोबाट हुर्रिदै दासताको बगरमा थेचारिन्छ किताबका पन्नाहरुमा लालबहादुर छापिन्छ: उ पीडा गायनका अन्त:धुनहरु शीत जस्तै ओकल्छ आँखाबाट गीत जस्तै फलाक्छ भाकाबाट हर नांगै पेट भोकै जहाँ परिवार उफ् ! सुस्केराले गरिबको युग बोलाउँछ लालबहादुर समयका त्रासदीय बाढी सँग भयभीत हुँदै बञ्जरमाथि दशनंग्रा खियाउँछ तरउसको पसिनाको उब्जनीमाथी अरु नै कोहि भागिदार बन्छ जति हाड घोटे पनि जति पसिना बगाए पनि ऊसंग संधै बगर हुन्छ, पथ्थर हुन्छ सिस्नु र खोले हुन्छ र पनि जिन्दगीले निवृत्ति नपाएसम्म हिउँद-बर्षा ऊ निरन्तर घोटीइरहन्छ निरन्तर जोतिइरहन्छ |
अन्त:बोध बुद्धका आँखाहरुनिर्निमेष अनन्त चेतनाका आँखाहरुले बुद्ध मलाई टिठलाग्दो गरि हेरिरहेछ यो बाटो हुदै जाँदा यो बाटो हुँदै आउँदा जीवन यात्राका सन्धि-बिग्रहहरुमा घुम्ती बिसौनीहरुमा मेरो अन्त: बोधभित्र कदाचित बुद्ध मुसुक्क नहाँसेको होइन , तर म बिचारका बहसहरु गरेर नथाक्ने मान्छे, झन्डाका भाषान्बाजिहरुले नअघाउने मान्छे भर्खरै नृशंस किसिमले मारिएकोएउटा भर्भराउँदो बिहानको सनाखत गरेर फर्कदै छु हतार हतार यतिबेला अनन्त चेतनाका आँखाहरुले बुद्ध मलाई टिठलाग्दो गरि हेरिरहेछ |
सत्याग्रह: घाइते भूगोलको सिमनाभारीलालीगुराँसका सजल आँखाहरुबाट शीत बग्दै छ कि आँशु? बीभत्स युद्ध असन्तुलनमा रगतपिच्छे मेरा आस्थाका क्षितिजहरु सिमनानेरै सत्याग्रह गरिरहेछन ए कसले बजाइरहेछ यहाँ आतंकका साइरनहरु ? थाह छ? गुराँसहरुलाई फाँसीमा लटकाइएको साँझ कति बेली, चमेलीहरुले आत्मदाह गरिसके ? अर्तनाद र प्रलाफरुले ब्याप्त सशंकित अन्धेरिहरु पछि यो भयानक पार्श्वभूमिमा मेरा थुप्रै प्रियजनका लाशहरु भेटिएका छन् म घाइते भूगोलभित्र मान्छे निस्सासिई-निस्सासिई मार्दै गरेको हेर्न सक्तिन, म युद्धजनित मिसाइलका बर्बर बुटले कुल्चेर कसैले इतिहासलाई कुरूप बनाउँदै गरेको हेर्न सक्तिनँ यतिबेला म मुटुभरी संवेदनाका नीलडामहरु र आँचलभरि विमोचित चोटहरु बोकेर सिमानानेरै सत्याग्रह गरिरहेछु- युद्धविरामका निम्ति |
बुद्धं शरणम् गच्छामीकहाँ हुदो रैछ र थकान आस्थाले घ्च्घच्याएपछि बिस्वासले डोर्याएपछी मैले अक्षरहरु जस्तै पाइला टेकें पद्चाफारू हिड्यौं र आरोहण गर्दै कविता प्रदेश यात्राको टुंगोमा जब मैले पध्मासिन बुद्धलाई देखें मलाई लाग्यो यदि नदि कबि हुदो हो त कविता यात्रामा हामिसंगै उकालो लाग्दो हो ओयो सुर्म्यशैल प्रदेशमा मकविता लेख्छु बुद्धम शरणम् गच्छामी सुरभिहरुमा अप्रतिम सुरभी आँखाहरुमा बिराट र प्रदीप्त आँखा जो बन्द गर्दा तत्वज्ञानीहरु जीवन दर्शनको गहिराइमा पुग्दछन जो उधारेर मुस्काउँदा असंख्य दिब्य प्रभा खुल्दछन् मेरो देशको गौरब – बुद्ध संसारको सौरभ – बुद्ध कहाँ हुदो रैछ र थकान आस्थाले घ्च्घच्याएपछि बिस्वासले डोर्याएपछी |
क्रमश: जीवन कविताभित्रमलाई आफ्नै आँखाले भेट्टाएका क्षितिजहरु मन पर्दछन चाहे ती जतिसुकै सुदूर किन हाहोउन मलाई आफ्नै पौरखले चुल्याएका आस्थाहरु मन पर्छन चाहे ती चट्टानी पहाडहरुझैं कुरूप किन नहोऊन मलाई आप्ठेराहरु मन पर्छन जोखिमहरू मन पर्छन अचेल त झन अनास्थाक असुरक्षित सडकहरुमा एकलै धावा बोल्दै हिड्न मनपर्छ मलाई मलाई सम्झना छ मैले ककटेल सभ्यता पिएको साँझ मेरा आँखाहरु म बाट छुट्टिएका थिए र आत्माले सम्बन्ध-बिच्छेद गरको थियो मैलेआफ्ना आँखाहरुसंग घुँडा टेक्तै प्याला फालिदिएँ र आत्मासंग माफ मांगे त्यो बिहानी थियो त्यहा कविता थियो मैले यावत किरणहरु पिएर कविताका जिन्दगीको बाटोमा नवीन यात्रा सुरु गरेदेखी मलाई संघर्षहरुमन पर्दछन स्वाभिमानका दिग्विजयी शिखरहरु उक्लदै मलाई कविताका मुस्कानहरुसंगै हाँस्न मन पर्छ आमा ! मलाई बाँच्नका निम्ति दीर्घायुको आशिर्बाद नदिनु मलाई कविताका जीवनहरुसंगै बाँच्न मनपर्छ |
मनसुननानू ढोका ढक्ढक्याइरहेछ कोही सुन त बतास चलिरहेको छ बाहिर मनसुन शुरु भएको छ त्यो समयको नयाँ झोक्का हुन सक्छ जसले खट्खट्याइरहेको छ हाम्रो घरको ढोका या तिमीलाई ऋतुपर्वको निमन्त्रणा दिन रङ्गीन छाता लिएर उभिएकी हुन सक्छे तिम्रो प्रिय साथी अथवा भर्खरै सिमसारबाट चरेर फर्केको उडानरत घाइते बकुल्ला हुन सक्छ फड्फडाउदै पखेटाहरू अन्तिम सास फेरिरहेको त्यो सानो प्वालबाट चियाएर हेर त केही त हुनुपर्छ अवश्य हाम्रो ढोका बाहिर मनसुन अक्सर मनोरञ्जनभन्दा त्रासदी भएर भित्रिएको छ यो ढोकाबाट तिमी सानै छौ छोरी अहिल्यै सबैकुरा बुझ्न सक्तिनौ बिजुली चम्किरहेछ, चट्याङ् पर्दैछ र अबरुद्ध छ टेलिफोन झ्यालका पल्लाहरू बेस्सरी लगाउनु पर्छ दक्षिणी हुरी अलिक साह्रो चल्दैछ यस्तोमा दक्षिणमुख किञ्चित कमजोर ढोका आफै पनि खट्खटिन सक्छ शंसयमा छु म जे पनि हुन सक्छ बाहिर आँखाभरि नयाँ नयाँ हतियार बोकेर क्यान्टोनमेन्टबाट भाग्दै गरेको भूतपूर्व छापामार हुन सक्छ वा सम्भावित अनिष्टको सङ्केत गर्न सदाशयतापूर्वक आइपुगेको शुभेच्छु छिमेकी हुन सक्छ अनुमान गर्न सकिदैन चोर, लुटेरा, सिपाही, पत्रकार वा कुनै भिखारी ? अथवा साना नानी बोकेर कतै टाढा जान हिडेकी एक्ली आइमाई ? वा हुन सक्छ खाकी लुगा लगाएको सुखद समाचारको पुलिन्दा हातमा लिएर हसिलो मुद्रामा उभिरहेको हल्कारा ढोका ढक्ढक्याइरहेछ कोही नानू जोसुकै पनि हुन सक्छ बाहिर पर्ख, म पनि आउदै छु साबधानीपूर्वक बिस्तारै खोल्नुपर्छ ढोका |
किशनवासखारै एकजोर हलगोरुसंगै खेतका निम्ति प्रस्थान गर्छ – किशनवा किशनवा न देशमा प्रजातन्त्र आएको खबर कसैले दिएथ्यो उसलाई न मानबाधिकारको कुरा कसैले सुनायो न त उसलाई अरु दुनियाँदारीको नै चासो छ कसैको बन्धक किशनवा कसैको हरुवा किशनवा मानौँ, उ कुनै मान्छे होइन मानौँ, उ मान्छेका वर्गभित्र नै पर्दैन किशनवा ! गुनासाहरु थिए, थिएनन् कुन्नि ईस्वरसंग भाग्यसंग मान्छेहरुसंग वा आफैसंग र पनि चुपचाप-चूपचाप एउटा थोत्रो जिन्दगि बाच्छौ तर थाह छैन कसैलाई तिमीले कति हराभरा शरद् सिर्जेका छौ लेखाजोखा छैन तिमि कसरी मुस्कुराइरहेछौ भात रोटीभित्र जो आफू निख्लै पेट जुनी गुजर्छौ यति धेरै उदार छौ र पनि यति धेरै महान् छौ र पनि किशनवा ! तिम्रो अनुहार अखबारहरुमा छैन तिम्रो कुनै चर्चा परिचर्चा छैन |
ग्लोव: एक कैदी संवेदनाकाँचका बिस्वाशहरु टुटेको रात युगिन सम्भावनाका हस्ताक्षर-पत्रहरु जलाइएपछि जब युद्धको घोषणा हुन्छ- यज्ञका हवनकुंडमा पोल्दै मान्छेका आला लाशहरु बीभत्स आतंकको मध्यान्तरमा ऊ क्रुरताका रगतपिच्छे हातले लाशहरु डढेको खरानी निधारभरि दल्छ यतिबेला ब्रमाण्डीय एक मुठ्ठी सास बाँचेर मेरो ग्लोब कैदी संवेदनाहरु खेपिरहेछ र पिंजडाभित्र आस्थाका इन्द्रेणी सपनाहरुको क्षयीकरणपश्चात पनि निर्वासनका आन्धेरिहरुभित्र संघर्ष गर्दै छन् | म यो मसानहरुको जंगलमा युगीन कोरसबिनाको जिन्दगी बाँच्न सक्तिन म यो मुर्दाघाटको अमिलो साँझमा सुकोमल रहरहरुका कविता लेख्न सक्तिनँ म मसिहाको मुर्तिमाथि चढेर भित्ताभरि नारा लेखिरहेछु ” … … … मुर्दाबाद ! ” र यहि बाटो हुँदै ताता बारुदी हावाहरू जोड-जोडले हुइँकिरहेछन् मेरो बिरुद्धमा | हो म मारीइसकेको छु आरोपित भएर र यतिखेर सनाखतबिना मेरो लाश सिमानानजिकै पल्टिरहेको छ |
दुर्गाकुमारीलाई चिठीदुर्गाकुमारी ! बिक्षिप्त शहरिया परिबेशदेखि लेख्दै छु तिमीलाई यो चिठी तिमीले उपहार दिएका नुतन रहरका फूलहरु मेरा अनुभूतिका बगैंचाभरी एक्कैचोटी फुल्दै छन् बरु ओइलिएछ तिमीले मेरा स्वागतमा पहि-याएको सयपत्री हार दुर्गाकुमारी ! यो “लिखितम धनी ………” तमसुक होइन, तिम्रो र मेरो बिशुद्ध नाताको घोषणापत्र हो आखिर तिमीले पनि त महसुस गरेकी छौ नी कसरी बाँधिएका छौं हामी सुरुप अनुभूतीका सर्बोच्च बन्धन भित्र तब त तिमीले-हामीले अैंचोपैंचो गरेका दुख:सुखहरु हिउँ प्रदेशझैं बिल्कुल सेता विस्वासहरु र गुलाबझैं ताजा मायाहरु हरदम मेरा सम्झनाभरि कुंदिएका छन् अरुहरुकै निम्ति समस्त पग्लन सक्ने ए, आमा दुर्गाकुमारी ! ए, छोरी र बुहारी दुर्गाकुमारी ! कति बीभत्स छ तिम्रा जिन्दगीका जमिन्हारुको क्षयीकरण कति भयंकर छ तिमीभित्र शताब्दीदेखि दन्किरहेको आगो रुनु जति रोइसक्यौ आजसम्म अब त आफ्नै निम्ति हाँस्नुपर्छ तिमीले जीवनका उकाली-ओरालीहरु खेप्दै खर्कमा होओस या टारीमा पंधेरीमा होओस या बारीमा आफ्नै उचाइको धौलागिरि हाँस्नुपर्छ आफ्नौ जागृतिको स्वाभिमान बाँच्नुपर्छ |
हे देवीहे देवी ! देखाइदेऊ यो दैत्यहरुको साम्राज्यमा तिम्रो बिराट काली रुप दुई हातमा चम्चमाइरहेको त्रिशुल क्रोधले धप्धपाइरेका आँखा रगत लप्लपाइरहेको जिब्रो घँुडा घुँडा छुने खप्परको माला भष्मले पोतिएको अर्धनग्न जिउ ! बालखैदेखि देखेकी हुँ दशैँघरहरुमा राखिएका तिम्रा मूर्ति तिम्रा चित्र,पोष्टर ,थरि थरि कलाकृति र बाघमाथि विराजित तिम्रो ब्राण्डेड तस्वीर जहीँ कहीँ देख्छु अझै पनि फुटपाथमा पूजाकोठामा वा आस्थाका नाम अनाम दुकानहरुमा तर हे दुर्गे ! मलाई हेर्नु छ तिमीले हुङकार गरिरहेको रौद्ररुप ! जब ताक्थे असुरहरुले देउताहरुको राज र डग्मगिन्थ्यो स्वर्गको सिँहासन त्यसपछि तिम्रो अर्चना गर्थे काँतर देउताहरु र तिमी बनिदिन्थ्यौ तिनको सुरक्षाका लागि ढाल ज–जसका लागि लडेपनि आखिर सावित गरेकी हौ तिमीले अपराजेय वीरता तर हे महाशक्ति ! तिमीले महिसासुरबध गरेर फर्किएपछि पनि घुमिरहेको छ पृथ्वी तिमी उभिरहँदैमा कहाँ उभिरहन्छ र घडी ? युगका युग कल्पका कल्प कुन निद्रामा छौ देवी ? पग्लँदा पग्लँदैको तामाजस्तो रुप लिएर कहिले हो तिमी जुरुक्क उठ्ने ? हेर्नुछ मलाई दैत्यहरुको संहार गरिरहेको तिम्रो हिरोइक अन्दाज ! थाहा छ ? तिमी निदाइरहेको बेला उनीहरुले तिमीलाई बोक्सी बनाए र बलात् ख्वाए रछ्यान बलजफ्ती थुनेर कोठीभित्र गरिदिए ‘वेश्या’ करार र नैतिकताको सफेदपोष भिरेर लेखे धर्मका नाममा पापका मन्त्र तिमी निदाएपछि अवचेतनमै घोकाइएको हो तिमीलाई सहनशीलताको अद्वैत वर्णमाला र गराइएको हो तिम्रो चेतनामाथि पक्षाघात त्यसपछि नै थालिएको हो तिम्रो निरपेक्ष सौन्दर्य पूजन तिम्रा आँखा र ओँठहरुको विज्ञापन तिम्रा भङ्गिमा र सेक्स अपिलको चर्चा र सिद्धिएको हो यो चराचर जगतमाथि तिम्रो अपार शक्तिको भाष्य । यतिबेला तिम्रो योनीमा हाम्फालेर सारा लाजहरुले गरेका छन् आत्महत्या र स्थापित भएको छ मात्र पाँच इन्चको बर्बर बस्तुको सत्ता जहाँ आफ्नै छोरीमाथि घोप्टिएर तृप्त भएको बाउ हरिया दाँत ङिच्याएर गरिरहन्छ यो फोहरी सत्ताको पहरेदारी अचाक्ली भो ! अतिचार भो !! हे महामातृका ! द्वार द्वार, गाउँ—शहर नरही कहीँ खाली ठाउँ बनेको छ घिनै घिनहरुको साम्राज्य अब त ब्यूँझिदेऊ यो कठोर निद्राबाट देखाइदेऊ तिम्रा कोटी कोटी हातहरुको शक्ति देखाइदेऊ तिम्रो त्यो दुर्लभ रुप तिम्रो क्रोधको हुण्डरीले आओस् भयङ्कर उथलपुथल उठोस् साराका सारा हिमालहरु छिचोल्ने ज्वार समुद्रमा वा फुटुन् जम्मै महासागरहरु छिद्रै छिद्रा भएर चाल्नी परोस् धरती बरु सिद्धियोस् सभ्यता र रित्तियोस् पृथ्वी चाहिएन, युद्धबन्दीजस्तो पराजयको बिल्ला लागेको आत्महन्ता जिन्दगी मलाई लड्नु छ तिमीसितै उभिएर इतिहासको अन्तिम लडाईँ र वरण गर्नु छ बरु शहादत । |
बजारविरुद्धउसित हिँड्नलाई छैनन् गोडा बलजफ्ती खोसेर लगेको छ उसले मेरा गोडाहरु र तिनैले टेकेर उक्लिरहेको छ सुपरमार्केटको सिँढी चढिरहेको छ मल्टिनेशनल कम्पनीको लिफ्ट र मानिसका आङ्आङ्मा फड्किँदै मरिरहेको छ सभ्यताको चेतनामा बुर्कुसी उसित हात पनि छैनन् मेरै हातले उभ्याउँछ कर्पोरेट बिल्डिङ् मेरै हातले घुमाउँछ माउस मेरै हातले थिच्छ किबोर्ड मेरै हातले जोड्छ, घटाउँछ र ठीक पार्छ हिसाबकिताब र रचना गर्छ मेरै हातले कस्मेटिक अर्थतन्त्रको घुमीघुमी नसिद्धिने भुलभुलैया अनुहार त झन् छँदै छैन उसको त्यसैले बनाएको छ मेरै अनुहारको मुखौटो त्यहाँ फिट गरेको छ उसले मेरै नापका गुच्चाजस्ता आँखा गुच्चाका आँखाले मान्छे मान्छे देखिन्नँ देखिन्छ केवल बजारतन्त्रको गुलाम ती आँखाले हेर्दा एउटै देखिन्छ गुहेकीरो र मान्छे गुहेकीरो जो आजन्म डुबिबस्छ आदिम रछ्यानमा र रछ्यानलाई नै भाषा भन्ठानेर रछ्यानलाई नै देश भन्ठानेर त्यसैको अखण्डताका नाममा बजाइरहन्छ भक्तिसङ्गीत गाइरहन्छ राष्ट्रिय गीत यतिबेला छैनन् मसित कर्मशील हात छैनन् गतिशील गोडा बनाएर नितान्त निरीह र एक्लो उसले छोडिदिएको छ मसित केवल मुख र मलद्वारको बीचमा एउटा अगस्ती पेट खोपडी उप्काएर निकाल्नुअघि उसले मेरो अन्तिम पुँजी सोच्दै छु उसलाई पराजित गर्न सक्ने रकेट लन्चरजस्तो कविताको भाषा तपाईंलाई के लाग्छ साथी सम्भव छ बजारलाई भाषाले परास्त गर्न ? |
पिकदान या पाइखानासुकिलो छ तपाइँको दौरा बेदाग छ सुरुवाल ठूलै छ शान र शौकत तपाइँको तर सारै नराम्रो छ आदत नबिर्सिकन प्रत्येक दिन थुक्नुहुन्छ खकार भरिएको थुक मेरो दैलै अगाडि र बनाइदिनुभएको छ मेरो प्रवेशद्वारलाई पिकदान । शरमहीनता तपाइँको सर्वकालिक स्वभाव हो हिड्दा हिड्दै बाटोमा जब महसुस हुन्छ लघुशङ्काको जहीं कहीं निकाल्नुहुन्छ गुप्त अङ्ग र सम्पन्न गर्नुहुन्छ सुचीकर्म मानौं, कुनै पनि सार्वजनिक ठाउँ तपाइँका सहज पाइखाना होउन् । ठान्नुहुन्छ आफूलाई अब्बल नश्लको उत्तराधिकारी उच्चकोटीको भाषाको वक्ता तर तपाइँकै मुखमा छ झुण्डिएको दुनियाँको सबभन्दा निकृष्ट शब्दकोश । भनाउनुहुन्छ आफूलाई नैतिकताको पवित्र पुजारी तर चाहिन्छ तपाइँकै जिब्रोलाई हरसाँझ भर्जिन आँसुको नुनिलो सितन । बजाउनुहुन्छ मन्दिरमा सबभन्दा चर्को सुनिने गरी घण्ट फलाक्नुहुन्छ भद्रसभामा घाँटी च्यातिनेगरी कानूनका दफा तर तपाइँ नै हो धर्म र मानवताको दुच्छर अभियुक्त तपाइँ नै हो कानूनले पर्साइ छोडेको मत्ता साँढे । एकातिरको आँधी एकातिरको झोलुङ्गो सामले, दामले, दण्ड या कुन्नि के ले कसरी–कसरी पुग्नुभएको छ यतिबेला यो देशको महान संसदमा र, बन्नुभएको छ माननीय अब निश्चित छ एउटा कुरा मुलुकको संसद भवन कि बन्नेछ पिकदान कि पाइखाना । |
दैनिकीसबेरै उठेर उघार्नु छ घरका ढोका बढार्नु छ कसिंगर र धुलो पुछ्नु छ भुईं चमक्क चम्किएको भुईं हेर्दै मुस्कुराउनु छ गृहिणी मुस्कान सजाउनु छ बैठक मिलाउनु छ शयनकक्ष र ओलम्पिकको स्वर्णपदक जित्ने दौडजस्तो दौडनु छ भान्साको अविदित भूगोलमाथि बिहानभर चिया चमेना भात भान्सा टिफिन पानी सिद्धिएपछि यो सबै चटारो कतै अनन्तको उडान भर्ने तयारीजस्तो निस्कनु छ बाच्ने उपक्रमको दैनिक धावनमार्गमा मानौं पर्खेर बसेका छन् बाटो वारिपारि प्रकृतिको अशेष गीत गाउने चराहरू वा लालयित छन् आँखैअघि ठोक्किन हावाको लयमा नाच्ने पुतलीहरू सँँुघ्दै बाटोको परिचित गन्ध छिचोल्दै मानिसहरूको भीड र महसुस गर्दै हृदयमा बाटोमा हिँडिरहनुको आनन्द पुग्नु छ कहीँ, कुनै नियमित गन्तव्यमा र बिसाउनु छ झोला फर्कनु छ तीब्र रफ्तारमा थामिनु छ आगनको पृथिबीमाथि र खोल्नु छ ढोका घरैभरि मलाई पर्खेर बसेका अनगिन्ति छन् बेफुर्सदी क्यालेण्डरजस्तो टागिएको छ अदृश्य साँझ बिहानको निजी कार्यतालिका र त्यसैका मसिना कोठाहरूमा बाँडिनु छ प्रत्येक दिन आफँैलाई टुक्रयाएर सिर्फ म जान्दछु मेरा घरका भित्ताहरूको लिपि र मात्र मलाई थाहा छ कहाँनेर छ मेरा पसिनाको मसीले लेखेको गुमनाम किताबखाना जब अलमस्त निदाउँछ रात थाकेर लस्त भएको जीउलाई थुपारेर सनातन बिछ्यौनामा डुब्दै उत्रन्छु अवचेतन र्याल र बिर्यको दलदले समुद्रमाथि र किनारमा निस्केर दोहोर्याउँछु मनैमनमा मयल र पानीको दुःख र निर्वाणको यात्रा र गन्तब्यको जीवनभरिको अकथ्य कथा र सम्झन्छु निदाउनुअघि हरेक रात गृहस्थीको अज्ञात प्रोफाइलमा खज्मजिएर सकसले सास फेरिरहेको कदाचित पूरा हुन नपाएको कविता । |
जिब्रोउहिले थिएन यति लामो जिब्रो कसरी भयो यो यति लामो पातलो र तिखो ? छुराजस्तो ? तपाईंले उर्दी गरिसकेपछि मौन नै रहनुपर्थ्यो तपाईंले आज्ञा दिइसकेपछि बोल्दाबोल्दै पनि अडिनुपर्थ्यो तर किन चुप लाग्दैन यो ? तपाईंलाई केही थाहा छ ? अपलक तपाईंले रुङ्दारुङ्दै तपाईंले शासन गर्दागर्दै किलकिलेदेखि दाँतको फेदसम्मको आयतन नाघेर पुगिसकेको छ जिब्रो कचहरीमा थानामा अड्डामा पुगिसकेको छ संसदमा जीवविज्ञानीहरू समेत हैरान हुने गरी फेरिसकेको छ जिब्रोले रुप आकार र ठेगाना कति फुस्रो भएको तपाईंको अनुहार ? कहाँ उड्यो गालाको लाली ? हेर्न लायक छ तपाईं डराएर बर्बराइरहनुभएको दृश्य ! के तपाईंलाई लागिरहेको छ साँच्चिकै डर निहत्थो जिब्रोसित ? तर रहेन जिब्रो अब केवल एक मौन ज्ञानेन्द्रिय (ज्ञानी इन्द्रिय) ! योचाहिँ सत्य हो । |
अन्तिम लडाइँहे देवी ! देखाइदेऊ यो दैत्यहरूको साम्राज्यमा तिम्रो बिराट कालीरुप दुई हातमा चम्चमाइरहेको त्रिशूल क्रोधले धप्धपाइरेका आँखा रगत लप्लपाइरहेको जिब्रो घाँडा घुँडा छुने खप्परको माला भष्मले पोतिएको अर्धनग्न जीउ ! बालखैदेखि देखेकी हुँ दसैाघरहरुमा राखिएका तिम्रा मूर्ति तिम्रा चित्र, पोस्टर र थरी थरी कलाकृति खुबै मन परेको हो तिम्रो सौम्य मुद्रा आभूषण र वस्त्रादिले सुशोभित बाघमाथि विराजित तिम्रो ब्रान्डेड तस्बिर जहीं कहीं देख्छु अझै पनि फुटपाथमा पूजाकोठामा वा आस्थाका नाम अनाम दुकानहरुमा तर हे दुर्गे ! मलाई हेर्नु छ तिमीले हुङ्कार गरिरहेको रौद्ररुप ! जब ताक्थे असुरहरूले देउताहरूको राज र डग्मगिन्थ्यो स्वर्गको सिंहासन त्यसपछि तिम्रो अर्चना गर्थे काातर देउताहरु र तिमी बनिदिन्थ्यौ तिनको सुरक्षाका लागि अविजित ढाल ज जसका लागि लडे पनि आखिर सावित गरेकी हौ तिमीले अपराजेय वीरता तर हे महाशक्ति ! तिमीले महिसासुर वध गरेर फर्किएपछि पनि घुमिरहेको छ पृथिवी तिमी उभिरहादैमा कहाँ उभिरहन्छ र घडी ? युगका युग कल्पका कल्प कुन निद्रामा छौ देवी ? पग्लादा पग्लादैको तामाजस्तो रूप लिएर कहिले हो तिमी जुरूक्क उठ्ने ? हेर्नु छ मलाई दैत्यहरुको संहार गरिरहेको तिम्रो हिरोइक अन्दाज ! थाहा छ ? तिमी निदाइरहेको बेला उनीहरुले तिमीलाई बोक्सी बनाए र बलात् ख्वाए रछ्यान बलजफ्ती थुनेर कोठीभित्र गरिदिए ‘रन्डी’करार र नैतिकताको सफेदपोष भिरेर लेखे धर्मका नाममा पापका मन्त्र पसे संसद्, बनाए कानुन तिमी निदाएपछि अवचेतनमै घोकाइएको हो तिमीलाई सहनशीलताको अद्वैत वर्णमाला र गराइएको हो तिम्रो चेतनामाथि पक्षाघात त्यसपछि नै थालिएको हो तिम्रो निरपेक्ष सौन्दर्य पूजन तिम्रा आँखा र ओठहरुको विज्ञापन तिम्रा भङ्गिमा र सेक्स अपिलको चर्चा र सिद्धिएको हो यो चराचर जगत्माथि तिम्रो अपार शक्तिको डिस्कोर्स यतिबेला तिम्रो योनीमा हाम्फालेर सारा लाजहरुले गरेका छन् आत्महत्या र स्थापित भएको छ मात्र पाँच इन्चको बर्बर जिनिसको सत्ता जहाँ आफ्नै छोरीमाथि घोप्टिएर तृप्त भएको बाउ हरिया दाँत ङिच्याएर गरिरहन्छ यो फोहरी सत्ताको पहरेदारी अचाक्ली भो अतिचार भो हे महामातृका ! द्वार द्वार गाउँ-सहर नरही कहीं खाली ठाउँ बनेको छ घिनै घिनहरुको साम्राज्य अबत ब्युँझिदेऊ यो कठोर निद्राबाट देखाइदेऊ तिम्रा कोटी कोटी हातहरुको शक्ति देखाइदेऊ तिम्रो त्यो दुर्लभ रुप तिम्रो क्रोधको हुन्डरीले आओस् भयङ्कर उथलपुथल उठोस् साराका सारा हिमालहरु छिचोल्ने ज्वार समुद्रमा वा फुटुन् जम्मै महासागरहरु छिद्रै छिद्रा भएर चाल्नी परोस् धरती बरू सिद्धियोस् सभ्यता र रित्तियोस् पृथिवी चाहिएन, युद्धबन्दीजस्तो पराजयको बिल्ला लागेको आत्महन्ता जिन्दगी मलाई लड्नु छ तिमीसितै उभिएर इतिहासको अन्तिम लडाइ र वरण गर्नु छ बरू शहादत । |
दुख्वा ‘तोर नाउँ कथि हलही ?चुरमुनिया मोहना शोभना कलधरा या अरु केही जे पनि हुन सक्थ्यो तर लेखिएको छ नागरिकतामा मेरो नाम– दुखा महतो म जन्मिएपछि लगत्तै माइले खाएको हो मेरी आमालाई र छोडेको हो मेरा गालामा अवशेष दक्षिणको रुखो हावाले तानेर अचानक जब हराए बा एकाएक चुाडिएको हो मेरो सुखको संसार र बनेको हुा दुनियाको दुख्वा बगरको कााशजस्तो बारीको बकैनाजस्तो जसरी बढ्छन् चिङ्ना जसरी हुर्किन्छन् सुागुरका पाठा यही व्यवस्थाको रछ्यानमा घोप्टो पर्दै हुर्किएा म दुखवा र गुमाएा आफ्नो असली नाम उभिनलाई मात्र पैताला छन् मसित र ओढ्नलाई छ जम्मै आकाश अरु के के कुरा गुमाएपछि भइन्छ सर्वहारा मैले त गुमाएको छु नाम समेत के कसैले फर्काइदिन सक्छ मेरो नाम? यो सर्वहारा अनुहारको सर्वसुलभ तस्वीर खिच्न पाङ्ग्रा गुडाउादै मच्ची मच्ची आउाछ एन्जिओ झण्डा हल्लाउादै आउाछन् रङ् रङका पार्टि के के नै दिने हुन् जसरी नसोधून कसैले मेरो नाम मलाई थाहा छ कसैले कहीँबाट दिन सक्तैन कसैको नाम मेरो सिरानीमुनिबाट खुसुक्क निकालेर जसले लगेको छ आमाले राखिदिएको मेरो नाम त्यही नामको खोजीमा निस्केको छु म नाम खोज्न निस्केको यो मानिससित नसोध्नू झुक्किएर पनि तोर नाउा कथि हलही ? यो व्यबस्थाको ढड्ढाभित्र उधिनेर कथम् भेटाएछु भने भन्नेछु एकदिन गर्वसाथ यतिखेर त निस्केको छु नाम खोज्न । –।–।–।– दुखवा, तिम्रो नाम के हो ? |
आदिवासीयो माटोमा खसेको आदिम बीउ हुँ म यसैमा बनेको हुँ बिरुवा यहींको हावामा सास फेरेर हुर्किएको हुँ यहींको पानीले तृप्त भएर अघाएको हुँ यहीं गडेका छन् मेरा जरा यसैमाथि फैलिएका छन् मेरा हाँगा यही माटोले बनेको हुँ म यसैमा उभिएको रुख हुँ ऋतुहरू फेरिँदा यहीं झरेको हुँ र फेरि पलाएको हुँ भोगेको हुँ यहीं हिउँदको ठिही र वर्षाको झरी यही धरतीको शारदीय छटामा मिसाएको हुँ आफ्नो बैंसको लालीमा कालान्तरदेखि उसैगरी बाँचिरहेको छु यहीँ पचाएको छु हावा र पानी हात्तीका सुँडमा बेरिँदै गैंडाका पाइतालामुनि लछारिँदै बाघ–भालुसँग लड्दै रचेको छु यो श्रापित कालापानीमा सुनको उपत्यका यो माटो मेरी आमा हो यसैले लेखेको आख्यान हुँ म खाली छन् जमिन्दारको बहिखाताका धमिला पृष्ठ त्यहाँ भेटिन्न कुनै हिसाब कुन–कुन महाराजको सवारीमा मैले मुटु फुट्नेगरी बाटो खनें कति हल जोतें चौधरीको खेत कति दिन फरुवा चलाएँ एक धरो लगौंटीले कति वर्ष–महिना र दिनको लाज ढाकें तर राखेको छु मैले एक–एक हिसाब न पटवारीलाई थाहा छ न चौतरियालाई थाहा छ तर थाहा छ मलाई कहाँ–कहाँ चुकाएको छु मैले सास फेरेको मूल्य यो माटोको विकल्पमा मेरो कोही छैन सहोदर कुनै इष्टमित्र, कुनै प्रियजन यो माटोबेगर कोही छैन मेरो आफन्त यसैमा पुरिएका छन् महामारीले मासिएका मेरा पुर्खाहरुका हस्तिहाड औलोले निलेका मेरा दौंतरीहरुका करङ हैजाले सोहोरेका मेरा केटाकेटीका कलिला खप्पर म तिनै अवशेषको साक्षी भएर बसेको छु नबिराई कुनै हरफ म तिनै त्रासदीको कथा भन्न उभिएको छु । |
घुरअब घुर बालेर बस्छ अकलुवा घुर ! र, घुरको आगोमा मिसाउाछ सम्झादा सम्झादै भाउन्न छुट्ने केही झुर स्मृति त्यसैमा झोस्छ सिद्धान्तले लपेटिएका फर्जी शब्द थप्छ त्यहीं दूरन्त क्रान्तिका खलनायकहरुको कुटिल तस्बिर ! घुरको वेदीमा चट्चटाएर बल्नेछन् उधारा र ढााटले भरिएका बेइमान हरफहरु र हावाको लहरसागै हुर्हुरिादै उडेर हराउनेछन् हावामै ताप्नेछ अकलुवा पिठ्युा तेस्र्याएर, पैताला उचालेर एउटा फरक स्वादको आगो ! हेर्ने छ आाखा नझिम्क्याई आगोको मारूनी नाच र कुरी बस्नेछ आगोछेउमै तबसम्म जबसम्म निभ्ने छैन ऊभित्रको डहन ! आवेशमा छ अकलुवा तीव्र झोंकमा छ आज घाम छोप्न गएकी छोरीलाई चिहानमा भेटेको दिन बरू ऊ पहाडझैं शान्त र सोचमग्न थियो ’मुठभेड’ मा बलात्कृत भएर जंगलमा मृत भेटिएकी पत्नीलाई देख्दा बरू थियो ऊभित्र क्रान्तिले सिकाएको उद्दाम हौसला र आशा त्यो बलिदानको अनुष्ठानमा चरनाम नाङ्गो भएको मान्छे ऊ त्यो अद्भुत स्वप्नको मूल्यमा सर्वस्व गुमाएको योद्धा ऊ क्रान्तिका खरिदार, दलाल र ग्राहकको मेलामा पुगेर फर्केदेखि लगातार निकाल्न खोज्दै छ हिसाब कि क्रान्तिले क कसलाई सिध्याएर गयो ? र बनाएर गयो क कसलाई ? अरे भाइ ! क्रान्ति भनेको कुनै सर्प–सोपानको खेल हो ? क्रान्ति जुवाको खालमा हुर्याउने हुकुमको एक्का हो ? अथवा क्रान्ति कसैको ’बाप’ को जागिर हो ? थुतेर झोस्न मन छ उसलाई अब यही आगोमा अविच्छिन्न मुकुटधारणको उखरमाउलो सपनाले रौसिएर क्रान्तिका अर्थहरु बटार्दै र बङ्ग्याउादै प्राधिकारसहित उसको सर्वहारा आङमाथि उक्लेर बर्बराइरहेको इतिहासको सबभन्दा धुर्त जिब्रो ! |
प्रश्नबा ! तपार्इंको काँधमा चढेर मलाई हेर्नु थियो संसार तपाईंका पाखुरीहरूलाई सिरानी बनाएर सुन्नु थियो जादूको कुनै बाकस खुलेजस्ता कथा र तपार्इंकै छातीमा ढुक्कले निदाएर देख्नु थियो इन्द्रेणीजस्ता सपना कुलै कुलो त्यो साँघुरो आलीको बाटोमा मलाई हिँड्नु थियो तपाईसित पाइला–पाइला नाप्दै र, पुग्नु थियो खेतमा तपाईंले जोतिरहेको खेतमा पछि–पछि आएर किन चरिरहेका होलान् चिबेचराका बथान सोध्नु थियो तपाईंसितै तपार्इंले बनाएको खरैमाथि उक्लेर सुनाउनु थियो मेरा साथीहरूलाई आँप र कटहरका रुखहरूलाई टाढा–टाढा उभिएका घरका छानाहरूलाई र, अझैटाढा उभिएका पहाडहरूलाई ‘…हेर, कति अग्लि भएकी छु म !’ कति धेरै थिए मभित्र प्रश्न कसले फुलाउँछ होला बोटका हाँगाभित्र पसेर फूल ? कसले चलाउँछ होला चारैदिशामा बसेर पङ्खा हम्केजस्तो हावा ? ओहो ! कसले पो वर्षाउँछ होला आकासबाट यस्तरी पानी ? केले बनेको होला पानी ? पखाल्न सक्छ कि सक्दैन होला यसले मयल जसरी काती परेर बसेका दुःख ? तर बा, किन त्यस्तो हुँदैन जस्तो हामी सोच्छौं जस्तो कल्पना गर्छौं ? हल्लिरहेको छ मेरो स्यानो मुटु काँपिरहेका छन् मेरा जोर आँखा जसरी पग्लिन्छ मैनबत्ती र, सिद्धिन्छ आगोको सुता मभित्र सिद्धिएका छन् अरु सारा प्रश्नहरू तर, बाँकी छ एउटा प्रश्न त्यसले थिचिरहेको छ गरुङ्गो ढुङ्गाले जसरी मेरो आत्मा अँठ्याएर दुवै हातले मेरा साना नाडी च्यापेर बलिया तिघ्राहरूले मेरो कमलो जिउ चिथ्रा–चिथ्रा पारेर सिकार लुछिरहेको कुनै बाजजस्तो त्यो कुनै दन्त्यकथाको अजङ्ग दैत्यजस्तो अँध्यारो र कुरूप छायाँ किन तपाईंको अनुहारसित हुबहु मिल्छ ? |
भाषाहावासँग पनि छ भाषा कुनै अल्लारे प्रेमीझै पातका कान फुस्फुसाउँदै गाउँछ प्रीतिको गीत र काउकुती लगाएर भाग्छ! रुखका हाँगाहरू मच्चाउँदै गर्छ दिशाहरूसँग भद्र अवज्ञा र हिंड्छ आफैंले ठम्याएको बाटो बगरको बालुवा रिंगाएर उठाउँछ धूलाका कणहरूको भीषण भुमरी बटुल्छ पत्कर र काँसका फूल सोहोरेर दगुर्छ प्रकाशको सारा गति! पृथ्वीको जम्मै वेग!! यो धर्तीमा तिमीले सबभन्दा मौन ठानेको हावाको ओठमा पनि छ शक्तिशाली भाषा यो तीन पाउण्डको गिदीभित्र चूपचाप बसेको विवेकले ऐन मौकामा केही सोच्न, केही भन्न इन्कार गर्यो भने केही बोल्ने, केही लेख्ने सामर्थ्य गुमायो भने यही हावाले घचेट्दै घचेट्दै पृथ्वीपारि पुर्याउने छ मलाई मसँग त सिङ्गो मानिसको ओठ छ इतिहासको बर्बर दोख छ रगत कट्कटिएको चोट छ यो मौनताको महासागरमा नबोल्नु पनि घोर हिंसा हो म हावाका ओठहरूसँग आवाजको कला सिकेर आउँदैछु सुन!! |
फूलहरु१. निला, पहेंला फूलहरु गुलावी फूलहरु सेता,राता फूलहरु आहा ! कसरी खेलिरहेका छन् फूलहरुको प्रदेशमा-अनेकथरी फूलहरु मलाई फूलहरुले एक्कै स्वरमा आत्मसम्मानका गीतहरु गाएको मन पर्छ माफ गर म फूलहरुलाई सौन्दर्यका निधि मात्रै मान्न सक्दिनँ मलाई फूलहरुले आफ्नै काँधमा युग बोकेर हिँडेको मन पर्छ मलाई फूलहरुले सगौरव विजय जुलुस निकालेको मन पर्छ तर तिमीले देख्यौ/देखेनौ ? आज पनि मान्छेको हाटबजारमा हतार-हतार बेचिंदै थिए अंगालाभरि फूलहरु तिमीले देख्नेछौ मेरा आफन्त फूलहरु भोलि बिहान मान्छेका अतिदुर्गन्धित गल्लीहरुमा अर्धमुर्छित बेवारिसे आवस्थामा फ्याँकिनेछ्न २. मैले बडो आदरसाथ फूलहरुलाई उठाएर राखेकी छु आस्थाको उच्चतम् पहाडमाथि र नाम दिएकी छु – ‘आमा’ आहा ! कसरी खेलिरहेका छन् फूलहरुको देशमा अनेकथरी फूलहरु |