Bimala Tumkhewa, an iconic decide in
Nepal's scholarly firmament, possesses managed to carve out a single-of-a-kind region of
attraction within Nepali writings together with her suggestive poems and
constant advocacy for women's rights and cultural illustration. Born in 1978 in
Tehrathum of Nepal, Bimala's path from the calm hills of her
birthplace to the bustling streets of Kathmandu displays the evolution of her
poetic sound and intensity in commitment to societal alteration.
The soon existence of Bimala flowed like a
winding stream between the kind weapons of writings and the loyal
struggles of her household. Born to parents who had endured the agony of childlessness,
she occurred in a single surviving child-her birth being a acerb-sugary achievement
of their unsuccess. But the silhouette of hardship fell upon her childhood as she cut
two brothers go away, their imprints slice into her gentle core in the stains of
tears.
Her dad, a former British Army fighter
with an abiding adore of writings, guided her whereas the nascent fancy of
Bimala found comfort in storytelling and poetry. It was amidst the verdant
landscapes of her homeland that Bimala first submerged her quill into the inkwell
of creativity, crafting verses echoing the rhythms of nature and the whispers
of communal grievance. The knowledge implanted in her a profound meaning of empathy,
and a extremely keen awareness of the disparities that pervaded Nepali community.
The topography of Bimala's scholarly journey
began to take form since her childhood in Tehrathum. Drawn by dint of the charming
charm of meter, she trod the path of individual-discovery via the calming
beat of her poems. Fuelled by dint of a passion for storytelling and an innate meaning
of fairness, the poetic meanderings of Bimala turned poignant reflections upon
the human condition-a mirror to the nation in flux.
Soon enough, her scholarly skill drew
focus from the Nepali scholarly earth, catapulting her into overnight
stardom as a sound of morals and compassion. In 1999, she came upward with her
first collection of poems, "Bimala Tumkhewaka Kabitaharu," announcing
the coming of a prodigious talent whose words spoke for the aspirations of an
whole generation. With all following collection, "Nadi, Chaalra
Tarangharu" in 2004, "Samsmaran Euta Budho Rukhko" in 2009, and
"Hatkelama Prithvi Liyera Ubhiyeko Manche" in 2019, Bimala continued
her position as a outstanding poet, weaving tapestries of feeling and understanding
enthralling readers in Nepal and beyond.
However, Bimala's scholarly chase was not
to be limited to the domain of meter alone. She knew the ability of the pen in
bringing alteration, and thus she entered into journalism, lifting her sound to
highlight urgent communal issues, especially women's rights and cultural
depiction. The late common Secretary of Sancharika Samuha-Forum for Women
Journalists and Communicators and a core member of the Women Security Pressure
cluster championed gender fairness with unwavering resolve via the
amplification of the voices of the most marginalized women, challenging the
patriarchal norm that filtered via all level of Nepali community.
Bimala entered the field of journalism when
Nepal was going via maybe the darkest phase in its modern account-the
Civil War. In the introduction of chaos and doubt, she was leading drawn to the
pulsating core of Kathmandu, her abode now, location she became a resolute
supporter for push freedom and communal fairness. She refused the attract of an
apparently easier existence overseas, completely certain that her meter and journalism
are powerful weapons in some kind of opposition against oppression and
inequality.
Central to Bimala's creative and advocacy
endeavors is her unwavering belief in the ability of barbarism to form
perceptions and challenge dominant narratives. Being capable to compose in twain
Nepali and Limbu, she works over language and cultural divides in Nepal
with skill and poise, urging upon greater inclusivity for voices that might
stay unnoticed. Her sharp writing upon personality, barbarism, and ability forces
reflects poignantly upon Nepali community's stormy moments and forces the
readers to face uneasy truths, embracing variety as an natural
atom of their divided legacy.
Bimala possesses not gone unnoticed in that field
and possesses been overwhelmingly approved twain in her nation and overseas. Steeped in
the wealthy tapestry of Nepali tradition and account, her works found vibration
among scholars and enthusiasts akin, not to mention even finding their path
upon college classroom curricula. In 2016, she represented Nepal at a
reputation meter celebration in Sweden, enthralling audiences with her lyrical skill
and impassioned advocacy. Consecutive awards in 2020 and 2021 strengthened her
position as single of the most admired figures of Nepali writings, recognizing
lasting commitment towards exploring for fact and fairness with ink.
As Bimala Tumkhewa continues her job of weaving words into attractive tapestries of meter, with ceaseless advocacy for women's rights and cultural depiction, her legacy blazes bright as an inspiration for generations to come for writers and activists akin. She at formerly invites her readers upon a journey of individual-discovery and communal change in what she challenges each single to face their biases and to learn to look the beauty of variety in anything form it comes. Living in a earth complete of grievance and inequality, the sound of Bimala rings noisy and apparent like a clarion bawl for compassion, empathy, and over all, the enduring ability of writings to illuminate the darkest corners of the human knowledge.
रातो गुलाफमायाले मेरो आँखामा नियाल्दै भन्यो- गहिरो पीडा छ तिमीसँग सबै सपना भत्किएको समुद्र हिमाल र महादेशहरु नाघ्दै आइपुगेको एक्लो मान्छे तिमी कुनै देशको एक्लो राजा जस्तै फेरि भन्यो- तिमी छौ र यो मरुभूमिमा पानीको दह छ तिमी छौ र संगीत छ तिमी छौ र मेरो आँखामा सपना छ औंलाहरु सुम्सुम्याउँदै भन्यो फेरि- एक्लो तारा हेर त मुस्कुराइरहेको… मैले सोधेँ के हामी रातो गुलाफको पत्रमा शीत झैं सुहाउन सक्छौं ! जवाफमा तिम्रो आँखामा मेरो जस्तो सपना थिएन एक्लो राजा जस्तो उदास जीवन जस्तो सैनिकको कब्जामा परेको निहत्था मान्छे जस्तो मैले हेरिरहेँ सबै सपना भत्किएको तिम्रो आँखा कति हुरी सहेर कति दुःख काटेर उभिएकी छु तिम्रो सामु रातो गुलाफ लिएर म भन्छु, तिमीसँग पनि मेरो जस्तै सपना होस् । |
अन्तिम कवितायो हावाको तेज गति भन्दा निष्ठुर मरुभूमिमा एक्लै उभिरहेँ… मसँग न तिम्रो माया छ न कुनै गुनासो। जीवन भन्नु मृत्यु रहेछ भर्खरै भएको बादलको झ्ुण्ड त्यहीं छ यी रूख र फूलहरू त्यहीं छन् तिम्रो नाममा लेखेको अन्तिम कविता मसँगै छ तर, म कोसौं पर पुगिसकें तिमीले पूरा गर्न नसकेको कसम जस्तै। कति, असहज भएँ म तिम्रो पीडालाई बुझनै नसक्ने घाम भन्दा चर्को पीडा लिएर म, एक्लै जलिरहें मसँग न तिम्रो माया छ न कुनै गुनासो। |
जाँडको झोकसबै सम्झिँदा झोक मात्र चलेर आउँछ र, मैले खाएँ आज रक्सी। घर मैले सम्हाल्नुपर्ने यो घुमाउरो डाडाँभन्दा ठूलो पिर बोकेर रातदिन मै जोतिनुपर्ने मै दबिनुपर्ने तिम्रो स्वर चाहिँ सधैं चर्को हुने। घरमा तिमी पनि छौ भन्नु मात्र हो तर, भएभरको समस्यासँग मै मात्र जुध्नुपर्ने दुःख सुखसँगै काटौंला एकबारको जुनीमा सँगै हाँसौला भनेर पो तिमीसँग आएको हो। बिहे भएको यत्रो सालमा न मायाले बोलाएको कुनै दिन था’छ न सँगै हाटबजार गइएको छ आफ्नो भन्नु दुःख सुखको साथी नै एउटा रक्सी छ। तिम्रो स्वास्नी हो तर नोकरभन्दा कम छैन आज, यसै यसै खुन उम्लिएर आएको छ मलाई नबोलाऊ मलाई नचलाऊ जाँडको झोक तिमीमाथि पर्ला र जाला ख्यालख्यालमा चार इन्च। |
अनुभूतितिम्रो स्पर्श कैयौं वर्षदेखि यहीँ कतै मभित्र अल्झिरहेछ र, अल्झिरहेछ त्यतिबेलै सुकिजानुपर्ने यो आँसुको मुहान मसँग झरीमा रुझेर हतार गर्दै भीड पन्छाउँदै तिमीसम्म आउने त्यो चाह छैन सँगै, आकाश नियाल्नु, प्रेमको कुरा गर्नु केही छैन तर, किन दोहोरिन्छ अतृप्त चाहना किन बिर्सिनसक्नु ती क्षणहरुले पछ्याइरहन्छन् सायद, अल्झिएर अतीतहरुमा बाँच्नु जीवन हो । |
छली मुस्कानतिम्रो आँखामा देखिएको सपना जस्तो मसँग केही छैन जीवनको उमंग छन् त खालि यी नीला सागर छन् जसमा सलबलाइरहेछन् अनेक दुःखहरु यो विरही क्षितिज छ र केही उदास गीतहरु छन् जो तिम्रो सम्झनामा अनायासै आइदिन्छ अब, दोहोरिने छैन कहिल्यै पृथ्वीमा एउटा यस्तो सत्य तिम्रो आँखा जस्तै सुन्दर तिम्रो मुस्कान जस्तै शालीनता हिँडेर कहिल्यै नसकिने यी बाटाहरु जस्तै देखेर कहिल्यै नसकिने यी सपनाहरु जस्तै एक्लै मुस्कुराइरहेकी तिमी थाहा छ तिमीलाई ? तर, जीवन जस्तै छली तिम्रो मुस्कान मलाई औधी मन पर्छ । |
मेरो कथाको पनि कविता लेख्नु है !राम्रोसँग देश देख्न नपाउँदै चुल्हो सम्हालेर जुग बित्यो बिहे गरेर यो घरमा आएपछि रातदिनको टोकसो लोग्नेको हरेक रातको बलात्कार सबै सम्झँदा अरुणको भेल जस्तै आँशु आउँछ । नानी, मेरो विहे हुँदा संसार उज्यालो देख्थें उमेरले डाँडा काट्नै लाग्दा म एक्लो भएको छु घरले खाएर म बुढी भइसकें घर जस्ताको त्यस्तै छ मेरो पेटबाट जन्मिएको मेरो जेठो छोरा यो घरको मालिक भएको छ थाहा छ ? घर बनाउँदा मेरो रगत पसिना भएर बगेको छ । तर, घर कहिल्यै मेरो भएन म कहिल्यै यो घरको हुन सकिन बुढा मरे मरेकै ठिक भो बाँचिन्जेल पनि कम्ति सास्ती थिएन । मर्न सकिएन, अपमान सहेर कति बस्नु ? यस्तो घर के घर ! अब म अर्कै घर बनाउने सुरसारमा छु तुम्खेवा नानी, मेरो कथाको पनि कविता लेख्नु है । |
आवाजकविता सडकमा रगताम्य भएर उभिएको बेला मलाई जिन्दगीको गीत गाउन मन लागेको छ अझ यस बखत म संवेदनाको बत्ती बालेर चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू । मलाई भन्न मन लागेको छ जीवन- विरक्त अनुभूतिमात्र होइन म चेतनाको निम्ति म निर्माणको निम्ति यस बखत ध्यानमग्न छु कहाँबाट आयो यो अत्यास लाग्दो बुटका पदचापहरू कहाँबाट आयो यो अत्यासलाग्दो मान्छेका आवाजहरू मान्छे, तिम्रै बस्तीमा मात्र किन गाइन्छ मृत्युको गीत – च्यातिएका बिम्बहरू नमिलेका सपनाका प्रतिच्छायाँहरू चट्टानजस्तै सपना खसेर जब आक्रान्त बनाउँछन् मस्तिष्कहरू लाईम चेतनाको बत्ती बालेर पर्खिरहन्छु तिमी आउने साँगुरा गल्लीहरू । भत्किएर गइसकेछन् मेरो विश्वासका आदिम संरचनाहरू मेरो लक्ष्यको आकाश तर पनि, विश्वासहरु संगाल्दै विचारहरु अँगाल्दै म पुनः संरचनाका निम्ति म पुनः निर्माणका निम्ति पर्खिरहेछु तिमी आउने साँगुरा गल्लीहरू । |
जुवेदा खातुनसबै यसै भन्छन् छोरी भएर जन्मनु दक्षिणी हावाको तेज तुफान हो त्यसो हो भने हावालाई रोक्न सम्भव छ ? यसै भन्थिन् आमा मजस्तै अनपढ बन्न दिन्न यो छोरीलाई म हुर्किंदै गएँ सँगै आमाको सपना पनि । मेरो दुःख पटपटी फुटेको बाँझो खेतलाई थाहा छ दुःख अरूलाई बाँड्न सकिन्न रेडियो नेपालमा नारायणगोपालको गीत सुन्दै धेरैपल्ट आमाको सपना सम्झिएँ । म हराउन चाहन्छु विचारको जंगलमा जसरी उज्यालो हुँदा कराउने गर्छन् भालेका बथानहरू र, हामी नौलो बिहानीको प्रतीक्षामा हुन्छौँ । म आगोजस्तै बल्न चाहन्छु जल्न चाहन्छु आफैँसँग मलाई तिमीले दिएको मृत्यु स्वीकार छैन । यो देशमा छोरी भएर जन्मनु संसारको सबैभन्दा ठूलो अपराध हो ? देश म तिमीसँग बोल्दैछु छोरा भएर जन्मँदा कति हिसाब चुक्ता गर्नुपर्छ म, जुवेदा खातुन तिम्रो ऋण तिर्न तयार छु । |
सिमलको नाङ्गो हाँगाधेरै बर्षअगाडि हाम्रो प्रेम साटिएको फलैँचा त्यसरी नै ठिङ्ग उभिएको थियो बाटो छेउमा लहरै उभिएको सिमलको रुखमा चैत – त्सरी नै नांगीएको थियो म थिएँ, मेरा रहरहरु थिए केवल तिमी थिएनौ अब, एक्लै रोएको मादलको ताल हुन सक्छ यो फलैँचा… यो बाटो… रआत्मीय लाग्ने हावाको स्पर्श फेरि पनि मृत्युदण्ड घोषणा हुन सक्छ कुनै प्रेमी नागरिकलाई र सुदुर गाउँमा रोइरहेकी हुन सक्छे बुढी आमा- आफ्नो सन्तानको सम्झनामा… जसरी धेरै अघिरोएकी थिएँ म प्रियतमको नाममा एउटा अप्रितम साँझ साँच्चै, सत्र बर्षपछाडि त्यही फलैँचामा उभिएर सोचिरहेछु… देखिरहेछु… यो फलैँचायो सिमलको रुख हामीलाई हेदैँ दौडने ती बच्चाहरु ठूला भैसकेछन् पहाड भन्दा अग्लो मात्र म, प्रेमको नाममा त्यागको नाममा एउटा पृथक इतिहास बाँचिरहेछु देखिएका… सिमलका नाङ्गा हाँगाहरुजस्तै |
माफ गरआमाले भनेको सयौं भाकल गरेपछि तागेरा निङ्वा भुमाङलाई रात–दिन मागेपछि बिहे भएको सत्र वर्षपछि म जन्मिएकी रे। म, जन्मिंदा बाउले खुशीले तीनतले घर झिसमिसेदेखि बिहान लगाएर लिपेको रे आमाले चाहिं झन्डैले मेरो पूरै नाभी काटेको रे बुबाले हर्षले गाँडसहितको कुखुराको मासु पकाएर दिएको रे म, जन्मिंदाको यस्तै–यस्तै किस्सा, कहानी छ यसो विचारेर ल्याउँदा झन्डैले त्यसैवेला मरेकी म। मेरो नाम हर्कमाया, पिपिला, कृष्णकुमारी, जीतमाया नामकै राम्रज्ञी छोरी जीतमाया भनेर आमाले बोलाउँदा मैले आमालाई भनेकी थिएँ आमा, म, संसार जितेर देखाउँछु सारा खुशी तिम्रै पोल्टामा ल्याइदिन्छु यसो भन्दै आमाको पटुकीमा घुसि्रंदा निस्किएको गन्ध अहिले पनि नाकमै छ। तर, समयकाल बित्दै जाँदा थाहा भयो मलाई राखिदिएका ती नामहरू मेरो आफ्नो थिएन जब, मेरो बिहेको कुरा छिनियो घरछेउको सप्तमी बजार गुराँसको बोट र हिमाल घरदेखि अलि माथि अमृतबाजेको नाममा बनाएको फलैंचा आमाले दिनहुँ दिने भाती जाँड केही पनि आफ्नो लागेन सप्पै–सप्पै अँध्यारो मात्र देखें कि मेरो जिन्दगी नै यस्तै हो भावीले लेखेको छालाले छेकेको कसैले नदेखेको। त्यति धेरै भाकल गरेर जन्मिएकी म छोरी हर्कमाया, पिपिला, कृष्णकुमारी, जीतमाया यसरी हुर्किएकी रिकुटेनीकी एक्ली छोरी मेरी आमा र बाउको मायाको संसार दरबारकी राजकुमारी जस्तै खुशी–खुशी हुर्किएँ आमाले भनेको मेरो नेप्टो नाकमा हिमाल हाँसेजस्तै उज्यालो झल्किन्छ रे। सानोमा आमालाई बाचा गरेकी थिएँ– संसारभरिको खुशी तिम्रै पोल्टामा ल्याइदिन्छु बल्ल थाहा भयो बाँचीखान नदिंदोरहेछ यो समाजले, यो राज्यले माफ गर आमा तिमीसँग गरेको बाचा पूरा गर्न सकिनँ यो जुनीमा। |
जीवन विरुद्धको सङ्गीतकसले बजायो मान्छेको बस्तीमा दुःखको बाँसुरी एकोहोरो ? मैले पनि थुप्रै सपनाहरू लिएर तिमीसँगै दाँजिँदै क्षितिज नियालेकी थिएँ घामको यात्रामा समयको बैँशलाई कुमारी आमा बनाउँदा देश छिया छिया छ बस्ती उदास उदास छ । अचेल निरश छ समुद्रको सुसाइहरू कसले बगायो रगतको समुद्र ? मैले पनि त्यसदिन आकाश नियाल्दै तिमीसँगै समुद्रको फैलावट नियालेकी थिएँ यात्रामा… आदिज्ञान प्राप्त स्थानबाट हृदयको कलिलो जन्महरूलाई म फेरि मृत्यु बाँड्न चाहन्न म, राजमार्गमा उभिएर प्रेमप्रदेश नियालिरहेछु मान्छे सपनामै भए पनि प्रेमको भोको हुन्छ मान्छे सपनामै भए पनि शान्तिको कामना गर्छ ओ, जिसस ! ओ, बुद्ध ! ओ, रावण ! आउ चिर हेर मान्छेका मुटुहरू आउ चुम र बुझ् आँखाको भाषाहरू त्यहाँ पाउने छौँ तिमीले अभिमानको विरुद्धमा सामीप्यको जुलुसहरू बन्दुकको विरुद्धमा राष्ट्रियताको प्रेमहरू कसले बजायो ? मान्छेको बस्तीमा जीवन विरुद्धको सङ्गीत ? |
मेरो पनि कवितामेरो जीवन राम्रोसँग देश देख्न नपाउँदै चुलो सम्हालेर जुग बित्यो । बिहे गरेर यो घर आएपछि ससुराको हेराइ सासूको रातदिनको टोकसा बात–बातमा कुटाइ लोग्नेको हरेक रातको बलात्कार सबै सम्झ्ँदा अरुणको भेल जस्तै आँसु आउँछ । नानी, मेरो बिहे हुँदा संसार उज्यालो देख्थेँ फुलेको गुराँस जस्तै… उमेरले डाँडा चढ्नै लाग्दा म, एक्लो भएको छु । घरले खाएर म बूढी भइसकेँ घर जस्ताको त्यस्तै छ छोरो यो घरको मालिक भएको छ थाहा छ, घर बनाउँदा मेरो रगत पसिना भएर बगेको छ । तर, घर कहिल्यै मेरो भएन म, कहिल्यै यो घरको हुन सकिनँ । बूढा मरेकै ठीक भो बाँचुञ्जेल कम्ती सास्ती दिएन मर्न सकिएन अपमान सहेर कति बस्नु ? यस्तो घर के घर ? अब, अर्को र बनाउने सुरमा छु नानी मेरो कथाको पनि कविता लेख्नु है ! |
हजार सपना र मनमायायो बाटोको अन्तिम बिन्दु यो आकाशको क्षितिज र उसले कुल्चिएर गएको पाइतलाको खत कसरी हरायो कतै, समुद्रको तूफान भएर । पीरले पोतिएको उसको कालो अनुहार पृथ्वीको कुन रेखामा पर्छ सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई तूफानजस्तो जङ्गलका यी चोर बाटोहरूमा हिजोजस्तो केही छैन लोग्नेको मृत्युँसगै आफ्नो भन्नु ट्यारलीङ्गको रातो साडी छ जसलाई- जतनसाथ राखेकी छे काठको पुरानो बाकसमा । धर्ममा बाँधिएर कसरी मानिस दास बन्छ र पूरै पूरै जीवन स्मृतिजस्तो लोग्नेको धुमिल तस्बिर हेर्दै बितेर जान्छ उसको अस्तित्व भनौं उसले हेर्ने आकाश आर्मी नं. १२१५४३१ गोर्खा इन्जिनियरकी विधवा पत्नी मनमाया लिम्बू मूलढोकाको शिरमा सजिएको केही पुरानो तक्मा अब, उसको आँखाको क्षितिज भएको छ रातो सिन्दूरसँगै उसको आफ्नो छुट्टै परिचान छैन सायद, सपना देख्ने हक पनि छैन तर, कालो सागरजस्तो कालो जीवन भोगेर कसरी उभिइरही ऊ एक्लै यो ठाउँमा छातीमा दोस्रो विश्वयुद्धको पुरानो चोट लिएर कसरी बाँची यस समयसम्म ? उसको पीरले पोतिएको यो वनजङ्गल पृथ्वीको कुन सिमामा पर्छ ? भन्छे, यो मन पत्थर भइसकेको छ । तर, यस धर्तीमा पहिलोपल्ट आँखा खोल्दा यस धर्तीमा पहिलोपल्ट पाउ राख्दा कसैको सपनाको सुन्दर छोरी थिई र, जीवनको साठी वर्ष आर्मी नं. १२१५४३१ गोर्खा इन्जिनियरकी विधवा पत्नी भएर बिताई जवाफ देऊ । जवाफ देऊ उसको पीरको जवाफ देउ उसले भोग्न नपाउँदै गुजि्रएर गएको जवानीको उसको रहरलाग्दो सपना पग्लिएर कसरी अरुण बग्यो यो पहाडको खोंचमा ? धेरै प्रश्नहरू उसलाई पछ्याउँदै टक्क अडिएको छ र, मनमाया उभिएकी छे यो राज्यको व्यवस्थाको अघि यो आकाशको मुनि कहिल्यै नसकिने प्रश्नै प्रश्न भएर ??? |
गडतीरमा उभिएरछातीमा — संवेदना सकिएको बेला यो निर्जन टापूमा गाउनको निम्ति अब कुनै गीत छैन भर्खरै — आफन्तको मलामी गएर अस्ताएको दिन उस्तै हुन सक्छ जहाँबाट रोएका थियौँ हामीले आफैलाई बिर्सिएर । यो बत्ती निभेको गडतीर नदीको बेप्रवाह छाल मोडर्न निक्काले देखेको सपनाजस्तै फरक हुन सक्छ — आफ्नै अँध्यारो छायाँसँग आउने अलग–अलग आकृतिजस्तै । छालजस्तै बगेर गैरहेछ प्रेमको अधुरो प्रसङ्ग हामीले देखेको बत्तीको मधुरो प्रकाशसँगै … सुरक्षित छैन हाम्रो अस्तित्व÷हाम्रो प्रेम मोर्डन निक्काले देखेको सपनाजस्तै छातीमा संवेदना सकिएको बेला यो निर्जन टापूमा गाउनको निम्ति अब कुनै गीत छैन । |
मृत्युजीवन आकाशमा अनन्त भएर बिलाउँदै छ म जहाँबाट दोस्रो आकाश नियालिरहेछु म जहाँबाट मृत्यु भोगिरहेछु धूवाँ भएर फैलिएको आँसुको रङ्ग मृत्युको एकादेशमा पृथक् रहने छ मृत्यु — सत्य प्राप्तिको मृत्यु हो तिमीले बाँचेको जीवन म जल्दै गरेको जीवन भोग त ! कति सत्यता छ÷कति रिक्तता छ तिमी बाँचेर पनि हाँस्न सकिरहेका छैनौ म जलेर पनि पीडामुक्त छु तिमी बाँचेर पनि अपूर्ण छौ म जलेर पनि पूर्ण छु । |
हिउँको अतीतहिउँको छातीमा किनार हुँदै बग्नु बगिरहनु सन्दिग्ध हुन सक्छ घाउले बिथोलिएको मुटु त्यो साँझ यो बाटोमा दुख्दै हिँडेको विगत र — साउनको उपल्लो रात रोएको आँखा पुरानो भैसक्यो होला उसको छातीमा ……. सपनाले वृद्ध भएकी कुमारी केटी बैँस कुँजिएको देश म, अग्लो पहाडलाई हेर्छु ऊमाथि बगेको झरना र उसले रोएको बाँसुरीसँग जीवनका पछिल्ला रातहरु रोएका छन् । |