Vijaya Malla was born on June 24, 1925, in
Nepal. His birth into a fertile family instilled in him respect for learning
from a tender age. His father was working in Kalaiya, so he spent his childhood
there. He read Nepali and Hindi well. When in 1932 he came to Kathmandu, he
joined the High School at Darbar. At home, his dad and brother were into
literature, which inspired him to write. He began publishing in a journal named
Sarada in the year 1940. He made many friends, which included other well-known
writers of the time.
Although he started studying science in
college, he got involved in politics against the ruling government. He even
went to jail for three years in 1948. Later, he worked for a magazine connected
with the Nepali Congress Party. But when the king took over in 1958, he quit
politics and focused on writing.
Vijaya Malla played so many important roles
in the literary world, had the facility to be part of different writers'
groups, and entry into the Royal Nepal Academy. He wrote about real life and
human feelings through his poems, stories, and novels. Some works were
translated into English or have even been translated into film.
He was awarded many literature prizes,
amongst them awards and medals by the government. On the year 2001, after he
breathed his last, the government named an award after him to acknowledge star
novelists in Nepal.
Early Life and Literary Influences
Vijaya Malla was born on June 23rd, 1925 in
Kathmandu and has since then become a legend in Nepalese literature. His
childhood in Om Bahal was consumed by a family deeply steeped in literature.
His father, Riddhi Bahadur Malla, was the editor of Sharada, a prestigious
Nepali literary magazine. Such a childhood marked the beginning of Malla's
interest in literature. First studying at Durbar High School and then at
Banaras Hindu University, despite breaks caused by political turbulence, he
came upon giant authors such as Shakespeare, Chekov, and Ibsen.
Literary Beginnings and Style
Malla's literary career started in 1940
when his first poem, "Marnu Parcha Hai Dai," was published in Sharada
magazine. Often, his works smelled of Freudian philosophy and showed great
psychological insight. Apart from this work, he also discharged the duties of a
secretary at the Nepal Academy and contributed much to his involvement with the
cultural and intellectual life of Nepal.
Political Involvement and Imprisonment
The socio-political scenario of Nepal
influenced Malla to a great extent, mainly the killing of four martyrs by the
then Rana government in 1941. These incidents moved him more into politics,
joining Nepal Praja Parishad in 1948. For this, he was put behind the bars for
two years until 1950. When Nepal Praja Parishad took the shape of Nepali
Congress, he first joined this political party. He later joined Praja Parishad
under the leadership of Matrika Prasad Koirala.
Legacy and Impact
However, Vijaya Malla's contribution does
not stop at his literature. He was an extremely active participant in the
political realm in Nepal. Since his works retain the intricacies of human
psychology and the socio-political entity that is Nepal, they remain immortal
to inspire generations to come. In fact, through such multifaceted engagement
with literature and politics, Malla is often an influential figure, indeed very
revered for his lasting impact upon Nepalese culture and society.
झण्डा उठाउँदै आएको तिमीलाई१ तिमी जन्म्यौ । त्यो वेला शायद आकाश तार-तारामय हुँदो हो ! अथवा जून हाँसिरहेको हुँदो हो या त सूर्य बलिरहेको हुँदो हो ! बालक, तिमी जन्म्यौ ! तिम्री आमाको ओँठमा एउटा सानो मुस्कान नाच्यो होला,, तिम्रो बाबुको गालामा खुशीको लहर दौड्यो होला । तर मलाई भने लाग्छ – हाम्रो घरमा एउटा नयाँ ताकत लिएर एउटा नयां जिन्दगीको शुरुवात भयो, एउटा नयाँ शक्ति, अन्धकारको एक कट्टर दुश्मनको उदय भयो । २ बालक ! स्याहार–सुसारले, म्वाइँहरू पाउँदै, तिमी हुर्कंदै जानेछौ,, मायाले, अँगालोमा गुटमुटिदै तिमी बढ्दै जानेछौ, कुनै बेला, म बस्ने गरेको झ्यालबाट त्यो विशाल आकाशलाई जब तिमी निहार्नेछौ, … जब तिमी हजारौं समस्याले भरिएको- मानिसहरू दब्दै पिसिंदै गइरहेको- तलको यो पृथ्वीलाई हेर्नेछौ । बालक ! उम्लिरहेको जवानी लिएर जब तिमी त्यही बाटो कुल्चनेछौ जहाँ म कुनै वेला कुल्चने गर्थे त्यस वेला के तिमी आफ्नो कर्तव्य संस्झोइनौ ? ३ सम्भव छ अनाचार र दुराचारसित भिड्दा-भिड्दै तिम्रो काकाको हार हुनेछ,, दुश्मनको सामना गर्दा-गर्दै तिम्रो काकाको अन्त हुनेछ । सम्भव छ- स्वतन्त्रताको संग्राम नै मेरो नाशको बिउ हुनेछ । तर, बालक ! यो पृथ्वीलाई प्रिय मान्दै आमाबाबुको माया पिउँदै आफ्नी प्रियतमलाई म्वाई खाँदै । उसको हृदयको धड्कनलाई सुन्दै हिंड्दा के वास्तविक संसारलाई तिमी नबुझौला ? सधैं बन्धनमा छु भन्ने चाल नपाऔँला ? ४ तिम्रो काकाको पराजयमा दुश्मनले चहाड मनाउनेछन् उनीहरूको मुठ्ठीमा बलसञ्चय हुँदै गएको ठान्नेछन् । तर मेरो बालक, तिमी भन, के उनीहरूले साँच्चि नै जित्न सक्लान् त ? तिमीले झन्डा उठाउँदै अग्लाउँदै आएको के तिमीलाई उनीहरूले देखोइनन् ? .. मेरो पछि-पछि स्वतन्त्रताको पताका फहराउँदै बढिरहेको के तिमीलाई उनीहरूले देखोइनन् ? ५ बालक ! मलाई पक्का विश्वास छ, हाम्रो घरमा एउटा नयाँ जिन्दगीको शुरुवात भएको छ, एउटा नयाँ जिन्दगी, अन्धकारको एउटा जबर्दस्त दुश्मनको जागा भएको छ । |
तिमी हाँसेप्रिये, त्यो दिन सम्झँदा तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ। अहिले चीसो हावाले कानमा सरसराएर भनेको तिमीले बोलेजस्तो लाग्छ । पर्वतको अविच्छिन्न मालालाई हेरेर विस्मयलाई अँगालेजस्तो हात बाँधेर भनेकी थियौ – यसको पार पाइन्छ ? मैले भनेथेँ-पाइन्छ । बागमतीको नागबेलीलाई हेरेर अनिश्चितताले औँला टोकेझैँ तिमीले त भनेकी थियौ – यसको मूल भेटिएला ? मैले भनेथेँ –भेटिन्छ । पहाडलाई चुम्बन गर्न लागेको गुलाबी बादललाई संकेत गरी तिमीले भनिथ्यौ – यसलाई समेट्न सकिएला ? मैले भनेथेँ – सकिन्छ । त्यसो भए – मैले भनेथेँ-ब्रम्हाण्ड नै सानो हुनेछ तिमीले एकफेरामात्र हाँसे। |
क्रान्तिको मिमिरे उज्यालोमायो कसको सपना फुरिरहेछ ? अन्यायले लुछ्तै हिँड्ने, बोक्सी दिउँसै डुल्ने, मानिस चुसिदै गल्ने, यस्तो भूमण्डलमा- आज निर्धक्क भई मुक्तकण्ठले यो कसको स्वर गुजिरहेछ ? यो कसको सपना फुरिरहेछ ? हाहाकारको राज्यमहाँ नित हेलाँ नै पिउनुपर्ने, अपमानको सदा लक्ष्य भई मानवता नै बेच्नुपर्ने ! यस्तो विवशताको अन्धकारमा, यो कसको शिर उठिरहेछ ? यो कसको सपना फुरिरहेछ ? मसानमा मृत्यु नाचेझैँ जीवनसा नित रात थियो, आँसु पिउँदा, हाँसो पुछ्दा घाँटी ऐँठ्ने हात थियो, आज मूर्छापर्दो आँखामा, यो कसको ज्योति उघ्रिरहेछ ? यो कसको सपना फुरिरहेछ ? |
आकाश रोयो होलात्यो पर माथि आकाशमा, दिउसै दिन रोएको, छटपटाएको, आँसु-झारेको तिमीले देख्यौ ? यसरी विस्मयले सोधेको मलाई अहिले संझना छ । प्रिय ! उहिले वायुमा ओसारिएका सुस्केराहरुलाई कान थुनी धिक्कारेको, म संझन्छु । त्यो रुने वृहत आकाशको कमजो- रीलाई, व्यथाले दुहेको त्यो वर्षालाई घृणा गरेको, अहिले म संझन्छु । त्यो व्यापक रुञ्चे आकाशभन्दा आफूलाई बलियो संझेको, ओहो अहिले संझना छ । प्रिय, अहिले भने, – वायुमा सुस्केराहरु मेरै ओसारिन्छन्, मेरै निराशाहरु त्यो डाँडाभन्दा माथि माथि उडछन् । अनि माथि आकाशमा आँधी उठाउँछन् वर्षा वर्षाउँछन् । उफ ! प्रिय ! मेरो यो वियोगको छिनमा वर्षा त्यहाँ, बढ्यो होला ! आकाश त्यहाँ रोयो होला ! |
यस धर्तीको पानीमाएक अँजुली पानी उठाएर ओठसम्मन् जब जब लान्छु बागमतीको अकस्मात् बज्र गिरेझैँ आकाशबाट या नजिकैबाट कसैले फू गरेर मन्त्र फुकेझैँ, या छली रामले बालीलाई हानेझैँ वाण या शकुन्तलालाई दिएझैँ श्राप दुर्वासाले परिवर्तित हुन्छ त्यो पानी रातो बाफिलो रक्तमा ! तप्कन्छ यही औँलाको काप कापबाट त्यही रक्त विस्तारै धरतीमा । म तिर्खाएको तिर्खायै, शुष्क कण्ठ यस्सो उचाली आकाशतिर ताक्तछु फगत आकाशतिर ताक्तछु, अभिशप्त, विवश, व्याकुल । किन आकाशका ताराहरू हेर्दैनन् अहिले अनुहार आफ्नो यस धरतीको पानीमारु किन नारसिस हुँदैन मोहित आफ्नो छायाँको सौन्दर्यमा ? के भो यस धरतीको पानीमा अचानक यस बीसौँ शताब्दीमा ? म खोज्दै खोज्दै पुग्दछु, विक्षिप्त पागलझैँ पृथ्वीका सारा नदीहरूमा— गङ्गा, भोल्गा, ह्वाँग–हो मिसिसिपी, अम्याजाँ, नाइल, जताततै बदलिन्छ पानी, अकस्मात् रक्तमा ! मानौँ चन्द्रावतीले सराप पाएझैँ ! तिर्खाएको तिर्खायै पानी खोज्दै छु यस बीसौँ शताब्दीमा म विष पिएझैँ एउटा मानिस अभिशप्त, विवश, व्याकुल। गुलाफको फूलमा अहिले किन बारुदको गन्ध आउँछ ? अङ्कमालमा मुटु किन, बोल्दछ बमको आवाजझैँ किन हरेक झाँग झाँगबाट चितुवा लुकेझैँ शङ्का चिच्याउँछ ? हरेक क्षण किन त्रास ओसारिएर यस धरतीमा लहराउँछ ? के भो यस धरतीको पानीमा ? बाघले मृगलाई मार्दै पछारेझैँ नदीका किनार किनारमा, रगत त्यसैको मुछिई बगेझैँ, किन रातोपन छ यस पानीमा ? कुनै सुनकेशरी मैयाँ नुहाउँदिनन् अब यस बीसौँ शताब्दीको जलमा । बगरेखानाबाट धारो छुटेझैँ के सारा नदीका मुहान भए रक्तरञ्जित ? म तिर्खाएको तिर्खायै, शुष्क कण्ठ यस्सो उचाली, आकाशतिर ताक्तछु फगत आकाशतिर ताक्तछु अभिशप्त, विवश, व्याकुल ! के भो आज यस धरतीको पानीमा अचानक यस व्यापक महान् बीसौँ शताब्दीमा ? |
महान् लेनिनप्रतिकहिले नबजेको मास्कोको विराट् घण्टा एक दिन तुफानी रातमा बज्छ । सुन ए दुनियाँवासी ! कहिल्यै नगर्जने मास्कोको विशाल तोप तिम्रो घोर निद्रामा गर्जन्छ । धरती काम्छ, चट्टानहरू फुट्छन् हिउँका आँधी मच्चिन्छन् विशाल गगनभेदी महलहरू चुरचुर भई धरतीमा गाँजिन्छन् । पर्ख, यो पत्थरमा पाइला नहाल । यस पत्थर–पत्थरमा आत्मा छन् । यहाँ नचिच्याऊ, यहाँ पाइला पाइलामा इतिहास छन् । यो १९०५ सन्को चट्टानको ढिक्का हो, यो उफ्रन्छ, यो दगुर्छ, यो हिँड्छ । नपत्याए सुन, यो जीवनको गाथा गाउँछ । ऊ, को आयो हेर, नेभा नदीको तीरबाट लाख लाख मानिसको जुलुस लिएर । यो विशाल काया को उठ्यो धरती–आकाश एक गरेर ? यो कसको निनाद, यो कसको वज्रघोष ? सारा राष्ट्रको छटपटी, पीडालाई आफ्नो छातीमा बोकेर को चिच्याउँछ, को हाँक दिन्छ, सम्पूर्ण विश्वलाई चट्टानको शरीर उचालेर ? एउटा पहाडको टाकुरामा एक पाइला हाली को फड्कन खोज्छ अर्को टाकुरामा ? पृथ्वीलाई आफ्नो बाहुमा उठाएर को यसरी हिँड्छ आँखाभरि सपना लिएर ? पर्ख, ऊ नजिकै आयो, सम्पूर्ण विश्वलाई ढाकेर । सुन, उसको आवाज हरसडकबाट आइरहेछ । हरमोडबाट आइरहेछ, हरघरले गुन्जाइरहेछ, हरइँटले बोलिरहेछ, हरपत्थरले दोहो¥याइरहेछ । के कोमल छैन– गुलाफको पत्तीझैँ मुलायम ? के मीठो छैन, आमाको स्नेहझैँ मधुर ? हरविश्वको कानले बहिरो सुनन सक्तछ त्यस आवाजलाई जो कानको प्वालमा गुन्जिरहन्छ– दिल्लीमा सुन, बोनमा सुन, सुन वासिङ्टनमा, पेरिसमा सुन, पेकिङमा सुन, सुन काठमाडौँमा । सुन भियतनाममा, जापानमा, जतासुकै सुन । के आवाजले छुँदैन तिम्रो मुटुलाई थपथपाएर, सुमसुम्याएर ? ऊ, आइरहेछ सशक्त खुट्टाले भुइँमा टेकेर लेनिन पराधीनता, शोषण, असमानतालाई कुल्चेर, लेनिनग्रान्दको बीच चोकमा, रातो झन्डा फहराएर लेनिन । |
कलम रोक ?युगको भावना मार्न चाहने ए हत्यारा ! तिमी मलाई भन्छौ, ‘कलम रोक!’ म सोच्छु यो पहाडलाई, यो नदी नालालाई यो खेतलाई, यो हरियाली बगैंचालाई यो सुन्दर सुन्दर – हावामा नाचिरहने, हावामा उडिरहने हावामा बोलिरहने धानको चालालाई किन मसान बनाउँदैनौ ? किन मसानको आगोले भस्म गर्दैनौ ? यदि कोही भोका भोकले चिच्याउँछ भने त्यसको पेटमा विषको छुरी किन रोप्तैनौ ? यदि शिशु दूधको मुन्टा खोज्दै मरेकी आमालाई चुस्तै कहालिन्छ भने घाँटी अँठयाएर त्यसको प्राण किन छिन्दैनौ ? तर तिमी मलाई भन्छौ – कलम रोक ? ए हत्यारा ! फेरि म सोच्छु — त्यो मुखबाएर, हात फैलाएर भ्रम गर्ने, मौका नपाएर, भविष्यको सुन्दर सपना देख्न खोज्छ भने त्यसको आँखाको गेडीलाई त्रिशूलले किन घोच्दैनौ ? किन झिक्तैनौ त्यो नग्न कङ्कालमा त्यो टेढो थोङ्ने मानवमा तिम्रो विरोधको आगो झल्कन शक्छ भने ए बलिष्ट ! एकै घुस्साले त्यसको मिति किन पुग्याउँदैनौ ? तर तिमी मलाई भन्छौ – कलम रोक ! ए हत्यारा ! तिम्रो द्रोहमा जहाँ जहाँ रुख उम्रन्छ, त्यो जङ्गलमा डढेलो किन लाउँदैनौ ? गरीबको छातीमा असन्तोषको ज्वाला जल्छ भने ‘दानवताको भावना उर्लन्छ भने तिम्रो ठूला ठूला यन्त्रहरुलाई हत्याउन खोज्छ भने ए बलवान ! ए पराक्रमी ! सम्पूर्ण संसारलाई नै किन ध्वंस गर्दैनौ ? सम्पूर्ण विश्वलाई नै किन चकनाचूर पार्दैनौ ? तै पनि तिमी मलाई भन्छौ – कलम रोक ? |
गद्य-गीतत्यो पर माथि आकाशमा, दिउसै दिन रोएको, छटपटाएको, आँसु-झारेको तिमीले देख्यौ ? यसरी विस्मयले सोधेको मलाई अ- हिले संझना छ । प्रिय ! उहिले वायुमा ओसारिएका सुस्केराहरुलाई कान थुनी धिक्कारेको, म संझन्छु । त्यो रुने वृहत आकाशको कमजो- रीलाई, व्यथाले दुहेको त्यो वर्षालाई घृणा गरेको, अहिले म संझन्छु । त्यो व्यापक रुञ्चे आकाशभन्दा आफूलाई बलियो संझेको, ओहो अहिले संझना छ । प्रिय, अहिले भने, – वायुमा सुस्केराहरु मेरै ओसारि- न्छन्, मेरै निराशाहरु त्यो डाँडाभन्दा माथि माथि उडछन् । अनि माथि आकाशमा आँधी उठाउँछन् वर्षा वर्षाउँछन् । उफ ! प्रिय ! मेरो यो वियोगको छिनमा वर्षा त्यहाँ, बढ्यो होला ! आकाश त्यहाँ रोयो होला ! |
यान्त्रिकतासडक-सडक, होटल-होटलमा कागजका कोरा पर्चाहरूमा केही लेखिएजस्तो, केही कोरिएजस्तो यन्त्रमानव पकेटमा हात हालेर बिस्तारै हिँड्छ, हाँसेर हिँड्छ । मानौँ यस दुनियाँमा केही भएको छैन मानौँ यहाँ केही समस्या नै छैन! ए पत्थरका सालिकहरू, तिम्रो जीवन र मृत्युलाई छुट्ट्याउन पनि गाह्रो भो, साँच्चै गाह्रो भो! |
छोरीलाई मानचित्र पढाउँदारातो रगतले कोरिएको साँध छ खेतमा डिल लाएझैँ हेर, हरेक राष्ट्रका फाँटमा! यो हो भारत, यो हो पाकिस्तान हिन्दू-मुसलमानको रगतले मुछिएको यही हो रेखा महान्! यो जर्मनी, यो इङ्गल्यान्ड यो रुस, यो जापान। अणुबमले खाएको, हेर नागासाकी, हिरोसिमा! हिटलरको भूतले सताएको यही हो युरोप कङ्काल, यही हो अमेरिका, डलरको देश- ‘अणुबम’ को निर्माता शान्तिको सन्देश। जता हेर रातो रगतले लाएको छ घेरा परेवालाई गन्जकमा बन्द गरेझैँ मानिस छन् बन्दी यस खोरमा। मेरी छोरी, (कुनै दिन त्यस्तो आउला) जब सबले मिलेर, हातमा हात गाँसेर, अङ्कमालमा बाँधिएर- हब्सी, आर्य, मङ्गोल पलिनिसियन, द्रविड, काले सबले पुछ्नेछन् आँखाको प्याला घोप्ट्याएर आसुँले त्यो रक्तरेखा। अनि, धेरै कालपछि- मेरी छोरी, कुनै दिन त्यस्तो आउला त्यो रातो रेखा खोजे पनि तिमी पाउनेछैनौ त्यहाँ। |
CHHATIWAN (ALSTONIA SCHOLARIS)
CHIRAITO (SWERTIA ANGUSTIFOLIA)
CHIRAITO (Swertia bimaculata )
CHIRAITO (Swertia multicaulis)
DATIWAN (ACHYRANTHES BIDENTATA )
DHASINGARE (Gaultheria fragrantissima)
DRONAPUSPA (LEUCAS CEPHALOTES)
GOBRESALLA / TALISPATRA (ABIES SPECTABILIS)
GUJARGANO (CISSAMPELOS PAREIRA)
INDRAJAU ( Holarrhena pubescens )
JAMANE MANDRO (MAHONIA NEPAULENSIS)
JATAMANSI (NARDOSTACHYS GRANDIFLORA)
KAKAD SINGHI (Pistacia chinensis)
KAKOLI ( Fritillaria cirrhosa)
KALO SHARIVA (CRYPTOLEPIS BUCHANANII)
KALO SHARIVA (ICHNOCARPUS FRUTESCENS)
KALO-BIKHA (ACONITUM LACINIATUM)
LAGHU PATRA (PODOPHYLLUM HEXANDRUM)
Medicinal Plants of Nepal! Preserving the Past, Healing the Future
NAGEBELI (LYCOPODIUM CLAVATUM)
PANCHAUNLE (Dactylorhiza hatagirea)
https://easyayurveds.com/shop/
https://easyayurveds.com/neem-capsule-price-in-easy-ayurved-nepal/
https://easyayurveds.com/ajwain-oil-carom-oil-for-pain-relief-relaxation-improved-blood-circulation-stress-reduction-mental-relaxation-and-relief-from-arthritis-100ml/
https://easyayurveds.com/amla-powder-gooseberry-powder-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-powder-100gm/
https://easyayurveds.com/brahmi-bati-price-in-nepal/
https://easyayurveds.com/confido-tablets-for-libido-testosteron-and-erectile-dysfunction/
https://easyayurveds.com/arjuna-chaal-powder-supports-heart-health-manages-cholesterol-level-promotes-healthy-metabolism-diabetes-weight-loss-terminalia-arjuna-100gm/
https://easyayurveds.com/ashokarishta-ayurvedic-syrup-for-women-relief-from-irregular-and-heavy-menstruation-and-hormonal-imbalance-with-ashoka-dhataki-by-dabar-450ml/
https://easyayurveds.com/ashwagandha-withania-somnifera-ayurvedic-herbal-supplement-promotes-vitality-and-strength-support-for-stress-ashwagandha-powder-100gm/
https://easyayurveds.com/ashwagandharishta-helps-boost-immunity-stress-buster-for-health-strength-wellness-naturally-enhances-fertility-libido-by-baidyanath-450ml/
https://easyayurveds.com/avipattikar-churna-gastric-churna-for-hyperacidityflatulence-bloating-nausea-heart-burn-and-digestion-ayurvedic-abhipattikar-churna-100gm/
https://easyayurveds.com/brahmi-brahmi-powder-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-centella-asiatica-100gm/
https://easyayurveds.com/chyawanprash-with-yarshagumba/
https://easyayurveds.com/castor-oil-arandi-oil-price-in-nepal/
https://easyayurveds.com/yarshagumba-price-in-nepal/
https://easyayurveds.com/isabgol-bhusi-price-in-nepal/
https://easyayurveds.com/himcolin-gel-price-in-daraz-nepal/
https://easyayurveds.com/baidynath-shilajit-price-in-nepal/
https://easyayurveds.com/goksura-gokharu-powder-price-in-nepal/
https://easyayurveds.com/giloy-gurjo-gudduchi-powder-price-in-nepal/
https://easyayurveds.com/shilajit-capsule-price-in-nepal/
https://easyayurveds.com/dushmularishta-price-in-online-shopping-nepal/
https://easyayurveds.com/moringa-price-in-nepal/
https://easyayurveds.com/kaauso-price-in-nepal-mucuna/
https://easyayurveds.com/jethimadhu-price-in-nepal/
https://easyayurveds.com/jaiphal-oil-price-in-nepal/
https://easyayurveds.com/benefits-of-jamun-seed-powder-for-diabities-and-constipetion/
https://easyayurveds.com/liv52-price-in-nepal/
https://easyayurveds.com/shilajit-price-in-nepal/
https://easyayurveds.com/liv52-price-in-daraz-nepal/
https://easyayurveds.com/khadirarista-price-in-nepal/
https://easyayurveds.com/bramhi-oil-ghod-tapre-oil-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-bacopa-monnieri-oil-100ml/
https://easyayurveds.com/amla-juice-gooseberry-juice-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-juice-with-aloe-vera-100gm/