The wife of the noted social activist
Sarvahadur Limvu and a resident of the exquisite, diminutive Kurule Tenupa
village lying amidst the stunningly gorgeous Dhankuta district, Budharani Limvu
is the mother of Tanka Samwahamfe Subba, a poet of repute and the youngest son
in their family. Tanka Samwahamfe Subba came into limelight with the creation
of poetry collection titled work "युद्ध भित्र उभिएका वुद्धहरु" The rise of this kind of literature from an
individual with a very normal kind of upbringing and a conventional family
background is much like the growth of plants supplied with the proper amount of
fertilizer and water.
Sir Bahadur Limbu was known as an aspired
seeker to make sure that all human beings enjoy the same warmth of the sunshine
of education and has dedicated his whole life for educational activities. This
indeed is the noblest of the noble undertakings that emanate from the warm and scared
love of parents who are committed to providing their children with a worth
ecosystem of education that they so rightly deserve. It is here in the
countryside environment that Tanka Samwahamfe has eloquently illuminated the
brilliance of education, an achievement fashioned by the enabling environment
oiled by his loving parents.
This inborn talent or gift does not get
modified or changed by family backgrounds, societal surroundings, or expanse of
space. It may, therefore, be said that real talents are like a heap of sand in
the continuing current of a river or clothes in the fury of a powerful wind:
they just sail smoothly towards their target.
Flipping through the pages of primary,
secondary, and modern Nepali literature, the year 2018 stands out as the epoch
when Ramakant Baral presented "अदभूत रामायण" in the
modern era, giving priority to classical themes. During the secondary period,
Kuru Tenupa saw Agni Prasad Baral dance with "नेपाली भजनमाला."
Tanka Samvahamfe has successfully amalgamated modernism into the literary
scenario with his work "युद्ध भित्र उभिएका वुद्धहरु.". According to the poet himself, Buddha Standing Among the
Chaos of War has flourished in the field of Nepali literature as proof of his
intellectual training amid modern liberalism. Though the composition is his
third, "युद्ध भित्र उभिएका वुद्धहरु\" marks his inaugural foray into the realm of romantic
literature.
This achievement rebukes writers of today
for their statement that family background and village ambiance have nothing to
do with one's personality. Bitter it may be, the truth cannot be denied, and we
must forget the past and march towards the day. Among all the upcoming and
established poets and writers, during his academics, when Niran Literary
Magazine, Volume No. 044/045 was about to be published, Tanka Samwahamfe came
into prominence with his poem 'मन'. Later, he went to South Korea around 047/048 and left an indelible
mark in the field of literature.
When Tanka Samwahamfe went abroad in search
of employment, his heart felt fertile ground in Korea and Hong Kong. Perhaps he
was fascinated by the charm of "चौविसेको मुस्कानले" "बस्ति देखि शहर सम्मले"
and the fragrance of Tenupa and Kuru flowers. According to overseas citizens,
the poet is a farmer of love, manufacturing feelings that echo love and
respect.
Introduction: Many Facets in Literature
Tanka Sambahamfe Subba is one of the most
prominent literary figures in Hong Kong, as he is not only a good poet but also
a successful lyricist. Tanka Sambahamfe Subba was not confined to being a poet
only; instead, he also spread his wings towards the music industry and to date
has two songs to his discography. Sambahamfe is influential in the
intellectual, cultural, political, and social circles of Hong Kong because of
his stewardships: president of the Nepali Literature Foundation Hong Kong and
general secretary of the ANESAS Hong Kong Chapter. He has thus also served
tirelessly toward the progress of Nepali literature within the community.
Literary Initiatives and Organizational Leadership
Over the years, he has been engaged in
various publication activities of literary works and maintains several blogs
like www.srasta.blogspot.com, www.kavitakusum.blogspot.com, and leads
www.limbuwan.blogspot.com-literature, art, culture. He promotes and organizes
events for the talents of Limbuwan artists through this blog, hence is very
instrumental in the cultural development in the community.
Literary Resistance against War: Poet for Peace
Sambahamfe's expression is a resonance of
the feelings of Hong Yug Anonymous, the creative anarchist poet, who declared,
"युद्ध नै ठीक छैन" War is not right, in full opposition to unrest and
destruction. The poet preaches peace and humanity. For him, power, weaponry,
corruption, inconsistency, war are elements through which to position himself
regularly. According to the poet, War in no way should be justified nor be
considered proper on any form as it furthers the destruction of humanity.
"युध्दभित्रका उभिएका वुध्दहरु":
A Profound Collection
The famous poetic work by Sambahamfe is
"युध्दभित्रका उभिएका वुध्दहरु", a collection of abstract pictorial poems, 41 in number. This
composition deals with life and worldview, migrant sentiments, nostalgic
reflections, and profound love for the country. The themes are very close to
the heart of the poet. Even though he has been abroad for nearly twenty years,
he has portrayed the beauty of his country, addressing the sufferings of the
nation and remembering moments of joy and solace.
Poem Title: Pleading Painfully for Peace
"युध्दभित्रका उभिएका वुध्दहरु" literally translates into "Buddhas Standing Upright to
War Victims." In the titular poem, Sambahamfe eloquently remembers the
Buddha while delineating the pain inflicted by war. It is a jolting reminder of
the poet's yearning for peace. Using "Buddha" as a symbol of peace
reflects how Nepali poets and writers uniformly aspire toward a world without
war. It is through his literary works that Tanka Sambahamfe emerges as not only
a poet and lyricist but also a powerful advocate for peace and cultural
enrichment in Hong Kong.
टंक सुब्बा – मान्छेलाई मान्छेबाट बञ्चित गर्नुमाएउछा मान्छेलाई मान्छेबाट बञ्चित गर्नु भनेको खेल होइन दैवको दोष होइन भाग्यको कर्म होइन भावीले लेखेको श्राप होइन सतिले दिएका निर्विवाद खेलवाड हो दोस्रो मानवको । एउटै पङ्तीमा उभिएको मान्छे एउटै संसारमा जन्मेर हुर्केको मान्छे किन ठूलो र सानो हुन्छ किन घृणा र माया हुन्छ किन अधिकार जन्मसिद्घ खोसिन्छ मान्छे एउटै हुनु पर्ने हो किन मान्छेबाट वञ्चित गरिन्छ निर्विवाद दुष्टचाल हो दोस्रो दानवको । स्वतन्त्र जिउनु नैर्सर्गिक अधिकार किन स्वतन्त्र छैनन् जीवनहरु किन निरीह छन् मनहरु किन वर्वादीमा छन् खुशीहरु किन मृत्युमात्र कुर्नु विवश छन् मान्छेहरु त्यसैले एउटा मान्छेलाई मान्छेबाट वञ्चित गर्नु भनेको खेल होइन दैवको दोष होइन भाग्यको कर्म होइन भावीले लेखेको श्राप होइन सतिले दिएका निर्विवाद महाजाल हो दोस्रो महामानवको |
टंक सुब्बा – कृत्रिम ब्रह्माजीहरुसृष्टिका महान् स्रष्टा ब्रम्हाजी उसका असंख्य पुजक मनुष्यहरु कालो मोहले ब्युझदा आफैंलाई ब्रह्मावतार सम्झी जंगबहादुरले अपनाएको कोतपर्व जस्तै हिंसा अपनाएर तमाम मान्छेहरुमाथि रगतको फाल्सा फाल्सामा मनाइरहेछन् खुशीयालीहरु मनोमानी श्रेष्ठताको पगरी गुथेर ओहोर दोहोर गर्ने बाटाहरुमा विछ्याइरहेछन् कुनियत र आफैंलाई सर्वेसर्वा ठानेर लेखिरहेछन् बठ्याईको इतिहास तर कलियुगिन ब्रह्माजीहरु मौकामा चौका हान्नलाई आशिर्वाद थापेर औकात भुलेकाछन् र ब्युझाउन पुगेका छन् दन्त्यकथाका मृत पात्र महिषासुर बदलिंदो समयको धारिलो खुकुरी उचालेर बजार्न पुगेका छन् निर्दोष मान्छेहरुको गर्धनमा जसलाई उपलब्धी मानेका छन् रुम्जाटारका माहुतेहरु अनि चिथोर्न खोज्छन् विश्व मानचित्रलाई हत्केलाले छेक्न खोज्छन् घामलाई बलात्कार गर्न खोज्छन् समयलाई र अवतार बदल्न खोज्छन् जीवनलाई सृष्टिका महान् स्रष्टा बन्नलाई तर मान्छे कहिल्यै भगवान् बन्न सक्दैन भगवान न त मान्छे जस्तै तैपनि युगको मजेत्रो ओढेर कहलिएका युग पुरुषहरु जति नै अजर बन्न चाहे पनि कालो पाटीमा लेखेर अक्षर मेटिए झैं मेटिएका छन् र मेटिनेछन् समयको डष्टरले तिनीहरु त्यसैले यहा देखिसकेका छन् सबैले हिरोशीमा र नागाशाकीको विभत्स यहा भोगिसकेका छन् सबैले हिटलरको क्रुरता अब भोग्न बाकी केही छैन अब देख्न बाकी केही छैन थाहा भैसकेको छ सबैलाई आफ्नो भविष्यको स्वरुप जति नै कुशल खेल प्रदर्शन गरे पनि वञ्चित हुनेछन् कृत्रिम ब्रह्माजीहरु अस्वीकृत हुनेछन् सृष्टिका कृत्रिम स्रष्टाहरु । |
टंक सुब्बा – म एउटा यात्री हुजन्में हुर्केर सृष्टिको श्रृखलामा कर्तव्य बोध भए पछि अन्तहीन सपनाको वस्तीबाट पोख्दै रङ्गीन विचारहरु चेतनामा गोरेटाहरु छाम्दै प्राप्तिको लागि गन्तव्यमा सम्झौताको वेगवान नदीहरुमा शुभमुहुर्त गरेको छु जीवन यात्रालाई जुन यात्रा साकार पार्न हिंडेको म एउटा यात्री समयको तन्दुरुस्त घोडाहरु माथि आसिन भएर धकेल्दै जादा जीवनरथ कहीं बग्दै जान्छ सलल पानी झै कहीं मोडिदैं जान्छ विकट भै कहिले उज्यालोमा कहिले अध्यारोमा कहिले एकान्तमा कहिले समूहमा कहिले हासोमा कहिले रोदनमा गुज्रदैं जान्छन् ती क्षणहरु यी क्षणहरु किन नहोस् असम्भव चाल्न थालेको छु उत्साह वाधेर पाइलाहरु जुनपाइला सफलतामा टेकाउन हिंडेको म एउटा यात्री । असीमित यात्राहरुको दौरानमा उभ्छन् अग्लिएर बाधाका पहाडहरु असीम वेदनाको सागरमा अनायस थपिनु पुग्छन् नीरका थोपाहरु पर्खदा पर्खदैं गोधुली साझमा अस्ताउन पुग्छन् निर्मम दिनहरु समयको उतारचढावमा विछोडिदै जान्छन् सहयात्रीहरु विवशताको बज्रपातमा टुट्दा रहेछन् धैर्यताका बाधहरु छुट्दा रहेछन् कसम खाएका वाचाहरु तर पनि घाइते भएको मनलाई घिस्याउनु पर्दोरहेछ विश्वासको वैशाखी टेकेर असहज बन्दारहेछन् यात्राहरुमा सहज देखिएका गोरेटाहरु त्यसैले चपाउन थालेको छु कठिनतालाई जुन कठिनता सहजै पार गर्न हिंडेको म एउटा यात्री । बढिरहे निरन्तर यसरी निःसंकोच पाइलाहरु टाढिने छैनन् अवश्य ती गन्तव्यका गोरेटाहरु भङ्ग हुने छैनन् मोहमा बाधिएका मोक्षहरु मरुभूमि बन्ने छैनन् आत्मामा बाचेका विश्वासहरु त्यसैले बुन्न थालेको छु यावत सपना जुन कठिनता सहजै पार गर्न हिंडेका म एउटा यात्री । बढिरहे निरन्तर यसरी निःसंकोच पाइलाहरु टाढिने छैनन् अवश्य ती गन्तव्यका गोरेटाहरु भङ्ग हुने छैनन मोहमा बाधिएका मोक्षहरु मरुभूमि बन्ने छैनन् आत्मामा बाचेका विश्वासहरु त्यसैले बुन्न थालेको छु यावत सपना जुन सपनालाई जीवन्त पार्न हिडेको म एउटा यात्री हु । |
टंक सुब्बा – प्रसान्त महासागरको छालसंगसगरमाथा झैं अग्लिएर प्रसान्त महासागरको छेवैमा उभ्दा पाइतालाहरु सुम्सुम्याएर भाग्छन् अनायासै छालहरु र छलाङ्ग मार्दै जिस्क्याउछ उत्ता गहिरार्इमा पुगेर महासागर उसको वालुवासरिको वक्षस्थलमा गर्मी छल्ने अनगिन्ति मान्छेहरु सागरको मोहकतामा डुवेका पर्यटकहरु र आलिङ्गनमा बाँधिएका प्रेमीप्रेमीकाहरु हराएकाछन् सवै महासागरको अङ्गालोमा त्यसवेला लाग्यो मलाई कसैलाई कसैको पर्वाह छैन समयको कुनै मतलव छैन किनकी दृश्यहरु अवलोकन गर्दा त्यहि यथार्थ झल्किरहेछ यसरी प्रसान्त महासागरको अङ्गालोमा सवै हराउँदा म पनि हराएछु तर उसको चिसो स्पर्शले थाहा पाए महासागरको माधुर्यता हो त्यसै वेला मेलै देखे मुस्कुरार्इरहेको प्रसान्त महासागर अथाह नीलो आँखाहरुमा र उर्लिदै आउँने अनगिन्ति लहरहरुमा तव सम्झे छङछङ गर्दै वग्ने जरुवा खोलाको साङलो पानीलाई तव सम्झे हिमालसँग विछोडिदै भाग्ने हरियो तम्मोर नदीलाई र सम्झे सवै खोलानाला र नदीहरुलाई किनभने उनीहरुको गन्तव्य यहि महासागर हो भनेर र चित्त बुझाए महासागरको नुनिलो स्वाद चाखेर अनि महासागरको फैलावटलाई नियाल्दा देखे व्हेल माछा झैं डुवुल्कि मार्दै आउँने अजङ्गको पानी जहाजलाई जो क्षणभर मै मेरै नजिक भएर पौडिदै गयो अर्को महासागरतिर तव मलाई पनि जीन्दगीको महासागरमा त्यसरी नै पौडीन मन लाग्यो समुद्र माथिको निलो आकासलाई हेरे त्यहाँ स्वतन्त्र उडेका चराहरुलाई देखे तव त्यसरी नै उड्न मन लाग्यो आफ्नै स्वतन्त्र आकासभरि यसरी प्रसान्त महासागरसँग झुम्दा एउटा अपरीचीत मान्छेले सोध्यो के तिमी प्रसान्त महासगरसँग प्रेम गर्न चाहान्छौ ? उसको सोधाइले मेरो अग्लिनुको स्वभिमान त्यसै होचीएर गयो किनकी मेरो देशलाई महासागरले कतै मायाँ गरेको छैन भूपरीवेष्ठित देश हुनुको पीडाले त्यसै घोचिरह्यो मैले सानो छँदा प्रसान्त महासागर ठानेको त्यो गरम खोला काली दह यौवनमा नाउ खियाउँदै डुलेको फेवाताल त्यो भन्दा विशाल सम्झेको सप्तकोशी प्रवाह यीनै हुन् भूपरिवेष्ठित आँखाले देखेका महासागरहरु यीनै हुन् मैले देखे र जानेका महासागरहरु किनभने आज मलाई त्यहि महसुस भैरहेछ महासागरको न्यानो अङ्गालोले वाँधीदा सोचे प्रसान्त महासागरले सगरमाथालाई अलिकति मायाँ गरेको भए सायद हाम्फाल्थे होला सगरमाथावाट प्रसान्त महासागर गहिराईमा र छलाङ्ग मार्दै पौडिन्थे होला उसको न्यानो अङ्गालोमा यसरी महासागरको अनगिन्ति छालहरुसँग हराउँदै टोलाई रहदा सम्झेँ यहाँ पो रहेछ सारा जीन्दगी तव प्रत्तिउत्तरमा भन्न मन लाग्यो त्यहि अपरीचित मान्छेलाई के तिमी सगरमाथालाई प्रेम गर्छौ ? |
टंक सुब्बा – विपत्तिमा परेका छन् चराहरुफूलहरु टिपिएकाछन् विषालु हातहरुले र कुल्चिएका छन् भूइभरि थुङ्गाहरु चैत्र वैशाखको विकराल मौसम जस्तै पिउदैछन् फसादी करेसावारीहरु तसर्थ बिताइरहेछन् संक्रामक क्षण दिनहरु अनायस फूलसंग रमाउने चराहरु हिंसामा अनुवाद भएपछि अनिदो भोग्दैछन् आफ्नै वासस्थानमा चराहरु व्यथित छन् समयको प्रदूषित आचरणले किनभने रुखहरु विरुप भएर हरियालीबाट बिछोडिएका छन् वनपाखाहरु उजाडिएका छन् परिवेशमा संगिनीहरुको भाका संगीतमा नउनिए पछि दुख्दा रहेछन् छातीहरु त्यसैले क्षणहरु सन्त्रासमय बनेका छन् किनकी शिकारीहरु बन्दूक भिरेर वन पसेपछि विपत्तिमा परेका छन् चराहरु |
टंक सुब्बा – आकास मान्छे र व्वासाहरुमौन मौन आकास हुडुलिएर कालो बादलसंग रोइरहेथ्यो परिवेशको माथि- माथि थाहा थिएन कसैलाई के भएको हो कुन्नी रिसाएको हो कि बादल ? भन्नेहरु भन्थे यहाको रीत हो भनेर व्यस्ततामा हराएका मान्छेहरु पर…… जंगलमा धारिलो नड्ग्रा फिजाएर खित्का छोड्दै थिए हुचिलहरु तल…….चौरभरि त“छाड मछाड गर्दै लुछाचुडिमा मस्त थिए व्वासाहरु अमुक थिए दर्शकहरु हेर्दै सन्त्राशमय दृश्यहरु । |
टंक सुब्बा – गोरेवहादुरहरुहिजो तागाधारीको विरुद्धमा कलम समाउनेहरु जनजाति हु भनेर उत्ता हिन्दुधर्म मान्नेहरु दशै हाम्रो चाड हुदै होईन भनेर खुसुक्क दशै मनाउनेहरु विजया दशामीको दिन निर्धक्क पुरेतहरु कै हातवाट टीका थापेर जमरा सिउरदै भने धेरै वर्षपछि टीका थाप्दा साह्रै मजा भो यसरी आफ्नै वोलीवचनमा आफैलाई खिल्ली उडाएर प्रतिष्ठालाई दहि चिउरासंग मुछेर हसुरे पछि निमेष भर मै गर्लाम्म ढले अहिन्दुहरुको आखामा गोरेवहादुरहरु स्वामी प्रपन्नचार्यको उपदेश पीएर अहिन्दु मंगोलहरु हिन्दुहरुको पुरानो सिरक ओढ्दै भने पुरानो चलन भनेर पो टीका लायौ टीका लाएर के भो ? आखीर वडादशै मनायौ हिन्दुहरु पनि त ल्होसारमा आउछन् चासोक तङनाममा च्याव्रुङ ठोक्दै धान नाच्छन् चण्डीमा खुट्टा मर्काउदै साकेलामा छाउछन् र भने धर्मनिरपेक्ष भैसक्यो नेपाल जातिपाती,छुवाछुत र धर्मको कुरा नगर आजको माग भनेको धार्मीक सहिष्णुता हो तर निधारमा टीका टासेर दुनियाको नजरमा आफैलाई उपहास गरे गोरेवहादुरहरु इतिहासले भन्छ आदिवासी जनजातिहरुको चाड हुदै होइन दशै थाहा पाएर वुझ पचाउछन् अहिन्दुहरु हरेक जनजातिको महानचाड हुन्छ भनेर कति पटक म फलाकु देवारीले झैं तै पनि किन छायामा परेकाछन् हाम्रा महानचाडहरु ? र किन राष्ट्रिय चाड वनेनन् ती चाडहरु ? हिजो संस्कार लादेर पेलियौ हामी शासनसत्ताको वुटले कति कति थिचीयौ अनि उपल्लो भन्ने अभिजात वर्गको प्रवृतिले त्यसै त्यसै हेपीयौ हिजो जे भयो भयो अव त्यो कदापी हुने दिनु हुदैन तर पनि अहिन्दु हु भन्ने थाहा हुदाहुदै टीका लाउने रहर पो साचेका रहेछन् गोरेवहादुरहरु देशमा पुरानो मान्यता भत्काएर नयाको सुरुआत भैरहेको वेला हरेक जातिले आफ्नै र् धर्म,संस्कार र संस्कृति खोज्ने,वुझने वेला हामी कति भदौमा आखा फुटेको डींगो भएका छौ सधैसधै हरीयो मात्रै देख्ने कि त धर्मको स्लोपोइजनले भ्रमीत भएर सुकेको पराललाई हरीयै देखिरहेछौ यो हाम्रो अज्ञानता हो यो हाम्रो महाभुल हो तर साचो कुरा तितो हुन्छ उनीहरुलाई वरु महानता सम्झीन्छन् दशै मनाउन गोरेवहादुरहरु परिवर्तीत समयको वेग भेउ नपाउनेले समयसापेक्ष छु भनेर किन ढाट्ने आफैलाई आखा देखेर पनि अन्धोछु भन्नेहरुलाई ? वोली आएर पनि लाटोछु भन्नेहरुलाई ? अव हाम्रो भन्नु केहि छैन मात्र यति भन्छौ व्युझ,जाग र आफैलाई चिन यदि समानता चाहान्छौ भने यदि जातिय पहिचानको शीर ठाडो राख्न चाहान्छौ भने तर हिजो सम्म दशै वहिष्कार गरेर हिड्नेहरु आज दशै हाम्रै महानचाड हो भन्दैछन् गोरेवहादुरहरु |
टंक सुब्बा – मनको रुपरङ्ग देखिदैनमनको रुपरङ्ग देखिदैन केवल हृदय भित्र सल्वलाईरहन्छ /छचल्किरहन्छ त्यसैले मन सधै के गरु कसो गरु भईरहन्छ मनको कुनै प्वाख हुदैन तर उडि रहन्छ जताततै मनको कुनै पाईला हुदैन तर डुलिरहन्छ सारा संसार कहिले दुख कहिले सुख अनुभव गरीरहन्छ पदचाप दिईरहन्छ मुटु भित्र निरन्तर अनि पानी झैं कहिले कहि छयालब्याल वाटो भरि पोखिन्छ उन्मत भएको मन सम्झना र तिर्सनाको दोसाधमा फूलिरहन्छ जीन्दगी संग समयको घोडा माथी चढेर आकाश पाताल हुइकीरहन्छ पलपल छातीमा धड्कन झैं धड्किरहन्छ कहिले निभ्छ कहिले वलेर आगो झै दन्दनी पोल्छ /जलाउछ परिवर्तित मौषम जस्तो मनको कुनै अङ्ग हुदैन कुनै रङ्ग हुदैन त्यसैले त क्षण क्षण मै मोडिन्छ/ तोडिन्छ कहिले तितो कहिले मीठो भोग्छ भोगीरहन्छ मनले कहिले आशु कहिले हासो टेक्छ मनले कहिले आफ्नो कहिले पराई देख्छ मनले जीवनको उचाई र गहिराई नाप्छ मनले त्यसैले त मनको रुपरङ्ग देखिदैन केवल हृदय भित्र सल्वलाईरहन्छ /छचल्किरहन्छ |
टंक सुब्बा – भावनाको क्यान्भासमा दुनियालाई पोत्दाहृदयको सुन्दर छटामा यर्थाथको क्यान्भास उभ्याएर अंगाले जति अन्तरआत्माले भ्याए जति नाङ्गो आखाको ज्योतिले कल्पनाको समतल भूमिबाट कोर्न थाल्छु दुनियाका सच्चा आकृतिहरु रङ्गीन विचारहरुको कलमले जीवनको पानाभरी उज्यालो र अध्यारो एउटै समयका दुइपाटाहरु कुल्चदै स्वच्छ भावनाले दिनथाल्छु मूर्तरुप मुहारमाथिको थप मुहारहरु विवशताको बज्रपातले तहसनहस भएका चेहराहरु प्रसङ्गवस उदासिन बनेका मुखाकृतिहरु अमूर्त बन्न खोज्दा गलत आभाषमा मडारिन्छन् महशुसहरु त्यसैले अर्जाप्दै विचारका धारहरु पुनःजन्माउन खोज्छु क्यान्भासमा असिमित प्रतिविम्वहरु तर तस्वीरहरु बोल्दैनन् खुशीका मुस्कानहरु छर्दैनन् तब सन्देह गर्छु आफ्नै परिश्रममा सशंकित बन्छु आफ्नै विचारहरुमा अनि तपस्या गर्छु सत्यता पाउनको लागि प्रतिविम्वहरुमा विम्वित भएर छाउनको लागि किनकी म र तिनीहरुमा कुनै अन्तराल छैन महरुबाट सम्बन्धित भएर जीवन पाएकाहरु आकृतिबाट आफन्तमा परिणत भएका चित्रहरु सल्बलाउन पुग्छन् कृत्रिम दुनियामा जहा सोच्दा सोच्दै भुलिने हुन् कि ? जहा पोत्दा पोत्दै मेटिने हुन् कि ? त्रसित बन्छु तस्वीरहरु म जस्तै जीउन पाउछन् कि पाउदैनन् भनेर पोख्न थाल्छु थरिथरिका रङ्गहरु पोत्न थाल्छु क्यान्भासको मुहारभरी दुनियाका जीवित प्रकृतिहरु । |
टंक सुब्बा – जिउनुका क्रम उपक्रमहरुपछ्याउँदा पछ्याउँदै गोरेटाहरुले आफ्नो स्वरुप बदल्न थालेपछि अनगिन्ति उकाली र ओह्रालीहरु आउन थाल्छन् अनगिन्ति घुम्ती र मोडहरु छाउन थाल्छन् तव जिउने क्रमका सीधा धर्साहरु अस्वभागिक रुपले बाङ्गोटिङ्गो बन्न थाल्छन् अनि नचाहेरै पनि संकट मोलेर कठिनाईसँग पौँठेजोरी खेल्नु पर्छ र झेल्नु पर्ने अनेकौ पाटाहरु पार गर्दै समय सापेक्ष बन्नको लागि तिनै स्वरुप बद्लिएका गोरेटाहरुलाई पछ्याउन विवश बन्नु पर्छ सहज यात्राको खोजीमा जब पाईलाहरु अगाडि बढ्न खोज्छन् तब तिनै जिउनुका क्रम उपक्रमहरु मडारिन थाल्छन् अनेकौ समस्याहरुको हुरी बताससँग तै पनि जोखिम यात्रालाई पछ्याउनु परेकै हुन्छ यसरी नै हरेक मान्छे जीवन जिउनुको नाममा फँस्दै जान्छ कहाली लाग्दा गोरेटाहरु पछ्याउँदै सवैलाई लाग्छ यस्ता गोरेटाहरु नाँघ्दै जाँदा गन्तव्यमा पुगिन्छ आखिर कहाँ छ त्यो गन्तव्य ? किन कसैले किटान गर्न सक्दैनन् ? कि, त्यो नै अन्तिम गन्तव्य हो ? यहाँ त अन्तिम भन्नु पनि झुटो मात्र रहेछ किनकि अन्तिमपछि पनि अनगिन्ति अन्तिमहरु हुँदारहेछन् अब कुनलाई अन्तिम गन्तव्य ठान्ने ? जब कि, अन्तिम सोंचेको र ठानेको गन्तव्य नै अन्तिम नभई दिएपछि जीवन यसरी नै सत्यताको खोजीमा झुटोको आवरणभित्र फँसिरहेको हुन्छ तर पनि बाँचुन्जेल अनेकौं आँधी-वेहेरीको सामना गर्दै अगाडि बढ्नुलाई जीवन ठान्दछ, वास्तवमा त्यो त जिउनुको क्रम-उपक्रम मात्र रहेछ आखिर पछ्याउँदा पछ्याउँदैका गोरेटाहरुले आफ्नो स्वरुप बदल्न थालेपछि अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन् अनगिन्ति घुम्ती र मोडहरु छाउन थाल्छन् तव जिउने क्रमका सीधा धर्साहरु अस्वभागिक रुपले बाङ्गोटिङ्गो बन्न थाल्छन् । |
टंक सुब्बा – पहाडउ……त्यो पहाड मेरा बा ‘ ले देखाएका हुन् म सानो छदा अग्लो कहिल्यै नझुक्ने त्यो पहाड सायद बालाई पनि हजुरबाले देखाएको हुनुपर्छ किनभने उनले देखे र त मलाई देखाएका हुन् त्यसैले त पहाड प्रत्यक्ष उदाहरण वन्दै आएको छ आदर्शको प्रतीक हुदै आएको छ परापूर्व कालदेखि आकास छामेर हाम्रै सामु ठिङ्ग उभिदिए पनि यदि हजुरबाले बालाई नदेखाएको भए पहाडको महत्व बालाई थाहा हुने थिएन र हाम्रो लागि पहाड पहाड हुने थिएन किनकी पहाडको पहिचान नै हजुरबा हुदै म सम्म आईपुगेको हो आजभोलि हरेक पूर्वजहरुवाट हरेक सन्ततीमा पहाडको उचाई देखाउँने संस्कार वसेकोछ हो त्यसैले त पहाडलाई चिन्यौ र त्यसको उचाई अमरत्वलाई पनि हामीले स्विकार्यौ हुन त पहाडलाई पहाडै नमाने पनि त्यो पहाड नै हो त्यसैले त पहाडलाई आस्था वनाएकाछौ सफलताको केन्द्रविन्दु मानेकाछौ हामीले पहाडलाई देखेर त्यसको अमरत्वलाई वुझयौ त्यसको अग्लाईलाई जान्यौ त्यसैले त अग्लिनुको महत्व वढाएको छ पहाडले किनकी पहाड सधै अग्लो हुन्छ र त्यसको उचाई कहिल्यै घट्दैन तसर्थ पहाडसँग दाँजीन नखोजे हुन्छ मात्र पाठ सिके हुन्छ किनभने पहाडको उचाई युगौदेखिको हो युगौदेखि पहाडले आफ्नो उचाइको लागि वाढीपहिरो सहदै आएकोछ महाभूकम्पहरु थाम्दै आएकोछ यसर्थ पहाडको उचाई कहिल्यै घट्दैन त्यसैले पूर्खाहरुले आफ्नो उपदेशमा पहाडलाई देखाउँने गर्छन् पहाडको अमरत्व वुझाउँने गर्छन् त्यहि कुरा वुझेर त मलाई दायित्ववोध भएको छ त्यसकारण मेरा बाले जस्तै मेरो अवोध छोरालाई उ……..त्यो पहाड जस्तै अग्लो वन्नु पर्छ भनेर पुरानो यथार्थ सुनाई रहेछु उसले पनि देख्यो त्यो अग्लो पहाड किनकी उसका कलिला औलाहरुले त्यहि पहाडलाई ताकिरहेछ सायद भोलि उसले पनि यस्तै दायित्व पुरा गर्ने छ जसरी हजुरबा हुदै म सम्म आईपुगेको थियो यसरी पहाड सवैको लागि उदाहरण वन्दै आएको छ |
टंक सुब्बा – इहलीलाअपरिचित परिवेशभित्र जीवन पाएर एक्कासी धरतीमा पाइला टेक्दा एउटा नाबालक तर्सिएको हुन्छ उज्यालोसंग लखेटिएको हुन्छ नौलो आभाससंग र बेस्सरी चिच्याएको हुन्छ अबोध संसारसंग थाहा हुन्न मातृवात्सल्य सम्झौता गरेको हुन्न समयसंग तर जीवन ग्रहण गरे पछि हात फैलाएर आफन्त बन्छ आत्मीयता गास्छ क्रमशः दिनहरुसंग हातेमालो गर्दै ऊ एउटा सशक्त मान्छे बन्छ अनि सुनियोजित विचार उभ्याउछ मियो बनेर सिङ्गो अस्तित्व जमाउछ र मान्छे हुनुको प्रमाण पत्र ओढेर सल्बलाउन पुग्छ आफन्तहरुको भीडमा जहा” परिचित हुदाको परिधि अपरिचित बन्छ बिरानो हुनुको पीडाले कोलाहलभित्र चिच्याउछ कसले सुन्दो हो, बुझ्दो हो चित्कारहरु मूर्खता संज्ञा दिनु सिवाय दुनियाको आखामा केही हुन्न अब मानवताको लामो इतिहास बोकेर मात्र के भो ? एकले अर्कालाई नचिने पछि उज्यालो मात्र देखेर के भो ? भविष्य अन्धकारतिर धकेलिए पछि आश्वासन मात्र ओढेर के गर्नु ? अर्थविहिन जिन्दगी भएपछि औचित्य के रह्यो र ? इहलीलाको तर पनि दुनिया कै लागि हास्नु पर्ने/बाच्नु पर्ने एकमुठ्ठी श्वास फेर्नलाई जोखिम सहनु पर्ने मृत भएर जाने इहलीलालाई बाचुञ्जेल |
टंक सुब्बा – आउँनुहोस्एकैछिन भए पनि आस्था र विश्वास रोपीएको चौतारीमा भलाकुसारी गरौ सन्चो र विसन्चोको अनि चर्चा गरौ विद्यमान परिस्थितीको गाउँ ,वस्ति र शहरमा वसोवास गर्ने उस्तै हामी नेपाली समयको काँटासँगै हतारमा कति भागदौड मात्र गर्ने ? एकैपल भए पनि पीडाग्रस्त मनहरु विसाएर अलिकति सोचौ हाम्रो सुन्दर भविष्यको वारेमा र छलफल गरौ देशले भोगेका दुर्गतिहरुको वारेमा एउटै देशका हामी बहुल जनता बहुल संस्कृति भाषा र लिपिहरु तर सवैको उस्तै पीडा र भोगाईहरु छन् तर सवैको उस्तै कथा र व्यथाहरु छन् त्यसैले साझा यो चौतारी जस्तै देशलाई कसैले विखण्डन गर्नु हुदैन कसैले बाड्नु चुड्नु हुदैन कसैले विरुद्धमा सोच्नु हुदैन किनकी देश हामी सवैको साझा हो देश भएर हामी छौ हामी भएर देश छ त्यसैले हाम्रा समान विचारहरुको सम्मानमा एकले अर्काको गर्नु पर्छ समान छन् हिड्ने वाटाहरु समान छन् हेर्ने समान दृष्टिहरु समान छन् पुग्ने लक्ष्यहरु समान छन् जिउँने आधारहरु तसर्थ अस्तित्वको हिफाजत गरौं र हामी रमाउँने माटोको रक्षा गरौं आउँनुहोस् यो समानताको घरमा वसेर हामीले महत्वपूर्ण निर्णयहरु गर्नु छ हाम्रो भविष्य हाम्रो देशको लागि र सद्भावको पारीलो घामहरु बोकेर एकअर्का विचको वैमान्यस्यताका हटाउँनु छ भ्रष्ट विचारहरुलाई कुल्चनु छ । द्वन्द र द्वेशलाई विर्सीनु छ भातृत्वको अङ्गालो हाल्नु छ किनकी हामी एउटै देशका उस्तै जनता हौं सुन्दर विचारको मुहान खोलेर आपसी हितकै कुराहरु गर्नुपर्छ द्वन्दका घाउहरुमा मल्हम लगाएर पहिरो गएको आत्मीयतालाई जोड्नु पर्छ सुमधुर सम्वन्धका पुलहरु बनाउँनु पर्छ । केहि क्षणको आवेगमा आफ्नै घरको सर्वनाश गर्नु कदापी उचित होईन वरु सोचौ अलिकति भएपनि आफ्नै घर निर्माणको वारेमा आफ्नै देश विकासको वारेमा किनकी हामी एउटै घरका एकै परिवार जस्तै हौं अव हामीले वुझ्नु पर्छ घरको गरिमालाई अव हामीले सोच्नु पर्छ परिवारको महत्वलाई मपाईत्वको ताण्डप नृत्य गरेर कलहको वीउ रोप्नु केवल निरर्थक छ सवैको लागि किनकी हाँस्नको लागि देशमा शान्ति चाहिन्छ बाँच्नको लागि स्वतन्त्र देश चाहिन्छ त्यसैले आउँनुहोस एकै पलक भए पनि उदेश्यका घुम्टोहरु ओढेर पुनर्संरचना गरौ यो सुन्दर देशलाई त्यागौ युद्धका मोर्चाहरु र अङ्गालौ वुद्धका सन्देशहरु सगरमाथा जस्तै अग्लो नेपालको गौरव हामीले विश्व सामु वचाउँनु छ भने हो यहि कुरा सोचौं हामी सवैले एकैक्षण भए पनि शुन्दर शान्त यो मातृभूमिको लागि शुन्दर शान्त यो देशको लागि |
टंक सुब्बा – अभियानअहिले हामी अभियानमा छौ त्यो कसैलाई थाहा होला कसैलाई थाहा नहोला कुन अभियानमा छौ वा कस्तो अभियानमा छौ भनेर तर हरेक मान्छेले चाहेर होस् या नचाहेर होस् आफ्नो जिन्दगीको अभियानमा भने सम्मिलित भैसकेको हुन्छ वास्तवमा अभियान नै संकल्पको यात्रा हो कसैले विश्वास नगरेको पनि हुनसक्छ कसैले संकल्प नवुझेको पनि हुनसक्छ कसैलाई दायित्व वोध नभएको पनि हुनसक्छ तर मान्छले जीवन पाएपछि अभियानमा स्वतह जुटी सकेको हुन्छ कतिलाई व्यस्तताले थाहा नहोला कतिलाई वास्तै नहोला कि जीवन कुन अभियानमा छ भनेर वा कस्तो अभियानमा छ भनेर तर कुनै न कुनै अभियानमा जीवन संलग्न भैसकेका हुन्छ जव थाहा पाउछौ अभियानलाई तव शुरुआत भैदिन्छ अभियानका अनेकौ मोडहरु अभियानका अनेकौ श्रृङखलाहरु त्यहि क्षण हरेकलाई दायित्व वोध भैदिन्छ वा उत्साहहरुले आफै र्छाईदिन्छ अथवा अभियानले जिन्दगीको सुरुआत गरीदिन्छ त्यसैले हरेक मान्छेमा अभियानले कुनै न कुनै संकल्प जन्माई दिन्छ हो त्यहि संकल्पले सपनाहरुको अभियानमा सामेल गर्राईदिन्छ कतिलाई लाग्दो हो अभियान नभए पनि जिवन चलिरहन्छ तर उसलाई त्यहि कुरा आभास नहुन सक्छ कि जिवन नै अभियान हो भनेर तर बाच्नुसंग सम्झौता गर्दा अभियान अभियान जस्तो नलाग्न पनि सक्छ तर अभियानले अवोध जिवनलाई पनि अभियानमा डोर्याएकै हुन्छ त्यसकारण कसैले कुनै अभियानमा छुर्इन भने पनि कसैले कुनै दायित्व महसुस नगरे पनि कसैले कुनै संकल्प नभएको ठाने पनि समय र परिस्थितीले सवैलाई अभियानमा दौडार्इ रहेको हुन्छ अभियान अभियानै वनेर चलिरहेको हुन्छ तसर्थ हरेक मान्छेको जिवन यात्रा नै अभियान हो त्यो कसैलाई थाहा होला कसैलाई थाहा नहोला कुन अभियानमा छौ वा कस्तो अभियानमा छौ भनेर तर अभियान भने सवैको निरन्तर चलिरहेकै हुन्छ |
टंक सुब्बा – हतारहरेक दिन हाम्फाल्दै कुदिरहेछु म हतार हतार कुन्नी के लाई हो हतार थाहा छैन तर पनि हतार छ एकदमै साह्रै हतार छ एकैछिन थकाई मार्ने मौका छैन कतै पुगि हाल्नु छ कतै पुग्नु छैन र पनि केहि गरी हाल्नु छ केहि गर्नु छैन र पनि विना वित्थामा हतार छ जव घडीको काँटा हतार हतार कुदेको देख्छु जव डुव्दै गरेको घामलाई देख्छु र मेरो अगाडी हिड्दै गरेको मान्छेलाई देख्छु तव झन झन हतार लागेर आउँछ समयको काँटा कुद्नुले घाम डुव्दै जानुले र मेरै अगाडी मान्छे हिड्दै जानुले एउटा अर्को हतार जन्माउँछ सायद त्यसैले होला हतारले हाल्फाल्दै कुदाईरहेछ यहाँ सवैलाई हतार छ मलाई मात्र होईन किनकी म देखिरहेछु सवै कुदिरहेछन् हतारहतारमा हाम्फाल्दै हाम्फाल्दै कहाँ पुग्नलाई हो थाहा छैन सोध्दा मात्र हतार छ भन्छन् कसैलाई फुर्सद छैन भलाकुसारी गर्ने हतारै हतार छ सवैलाई हतार भन्दा अरु केहि छैन जस्तो छ यहाँ किनकी हतार हुनुले यहि कुरा दर्शाउछ आखिर यो हतार किन सवैलाई ? हिजो पनि त थियो होला हतार आजको जस्तै त्यसैले भोलि पनि हतार नहुने कुरै भएन ए ! बाबा यो हतार केलाई हो ? बाह्रौकाल हतार हामी के सम्झौता गरेकाछौ र हतारसँग ? हतारले हतार लगाउँछ हामीलाई थाहा छ समय आउँछ रोकिदैन निरन्तर गईरहन्छ कस्ले रोक्न सक्छ र समयलाई ? कस्ले भेट्न सक्छ र समयलाइ ? मात्र हामी अनुभूति गर्र्छौ ती सवै समयको सायद त्यसैले हामीमा हतार जागेको हुनुपर्छ ओ हो यो कस्तो हतार ? के लाई हतार ? किन हतार ? हिजो भन्दा आज हतार आज भन्दा भोलि हतार रफ्तार झन झन बढीरहेछ हतारको हाम्फाल्दै जति कुदे पनि हतार लागि रहन्छ लौ हजुर केहि गर्दा भएन हतार कहिल्यै रोकिएन हतार कहिल्यै सकिएन हतार पछि हतार आईरहेछ र गईरहेछ के हो यो हतार ? चाहे जे सुकै होस् दुनियाँलाई हतार छ ले हतार लगाएको छ समयको काँटा भन्दा पनि हतार हाम्फाल्दै कुदने वनाएको छ हतार भन्दा हतार |
टंक सुब्बा – सपनाम संग एउटा यस्तो सपना छ जुन सपना रातको क्षणिक निद्रामा झुल्किएको सपना होइन समयसंगको बलियो सम्झौतामा कठिनले उभ्याएको सपना हो उज्यालो घाम जस्तै हुन्छ कहिल्यै नसिद्घनिे युग जस्तै हुन्छ गासिएका छन् जहा उमङ्गहरु सुन्दर फूलको माला जस्तै बनेका छन् जहा गोरेटोहरु मूलबाटो जस्तै अग्लिएका छन् जहा चुरे पहाडहरु सगरमाथा जस्तै यसरी जीवन्त बनेका सपनाहरु निर्मल निश्चल नदी झैं बगेका हुन्छन् मोती झैं अध्यारोमा चम्किएका हुन्छन् दुनियामा साकार भएर उभिदिएका हुन्छन् त्यसैले फराकिलो विश्वासहरुको फाटमा जोश र जागरसंग मौलिनेछ आराम नपाएका जीवनहरुको वेदना पखाली दिनेछ सहारा नपाएका हातहरुको साहारा भैदिनेछ मेरा सपनाहरु नेपोलियनको भन्दा कुनै फरक छैन गौतम बुद्घको भन्दा कुनै अन्तर छैन महात्मा गान्धीको भन्दा कुनै भिन्न छैन यस्तै कर्मठहरुको काधहरुमा मलिलो मस्तिष्कहरुमा उमार्ने चेष्टा गरिरहेछु सपनालाई कालान्तरसम्म त्यसैले मसंग भएको सपना रातको क्षणिक नि द्रामा देखिएको सपना होइन जीउदो मान्छेले उज्यालो पाउने सपना हो घाम जस्तै हुन्छ हिमाल जस्तै हुन्छ कहिल्यै नसिद्घीने युग जस्तै हुन्छ । |
टंक सुब्बा – जिउनुको अनेकौं छालहरुछाल उपछालहरु केन्द्रित हुदै समुद्रको भीषण छालसरी छचल्किने जिउनुको अनेकौं छालहरु किनारासम्म नपुग्दै जिन्दगीको किनारासम्म नछुदै भावनाको दुर्घटनामा फस्छन् सग्ला विचारहरु तर पनि दिनखोज्छु आकृति पोतेर रङ्गहरुले यथार्थका सपनाहरु खोज्छु अलग्याउन वास्तविकताको धरातलमाथि अस्तित्वका हिमालहरु तर अनायस परिस्थितिका काला ज्वारहरुले भत्किन पुग्छन् आस्थाका बलिया बाधहरु अनि तुहिन पुग्छन् जीवित भैसकेका सपनाहरु जसको असीम वेदनाले छट्पटाएर जिन्दगीको दोसाधमा दोस्न पुग्छु निर्दोष उही भाग्यहरु छाम्न पुग्छु निर्दोष उही पुर्पुरोहरु चिथोर्न पुग्छु पुराना उही घाउहरु तर जेनतेन जिउनु पर्ने जीवन कुल्चदैं आखा चिम्लेर ती तीता अतीतहरु खोज्न थाल्छु उत्साहका क्षणहरु रोज्न थाल्छु नया-नया दिनहरु जीवन जीवन जस्तै उभिदिओस् भनेर थप्न थाल्छु पर्खाल अठोटको बित्दै जाने समयको छातीलाई सुम्सुम्याएर तर यहा छैन रहेछ सहज ओढ्नलाई सफलताका पछ्यौरीहरु बरु रहेछन् होडबाजीहरु जिउनुमा त्यसैले खोज्छु हरदिन फराकिला गोरेटोहरु भेटिदैनन् अकस्मात छाएको अध्यारोले आवेशले नाघ्न खोज्छु बाधाका पहाडहरु तै पनि उभिदिन्छु तूफानहरुको पृष्ठभूमिमा सहदै जोखिम आधीहरु कोरिंदा रहेछन् त्यहा पनि कर्तव्यका रेखा छातीभरि सल्बलाउदा रहेछन् त्यहा पनि एक डंगुर मृगतृष्णा मनस्पटलभरी छचल्किदा रहेछन् त्यहा पनि छाल उपछाल हुदै जिउनुका अनेकौं छालहरु समुद्रको भीषण छालसरी |
टंक सुब्बा – नया प्रयासहरुदुःख र सुखका ती दुइ पथहरु पहिल्याएर प्रशन्नतालाई वास गराउनु छ भने अथवा प्रतिष्ठालाई सगरमाथा झैं उभ्याइ राख्नु छ भने पहिचान ओढेर सगौरव उभिनु छ भने प्रत्येकको धड्कनमा नबीन प्रयासहरु जारी गर्नु नितान्तै आवश्यक हुन्छ । डुबेर जिन्दगीको गहिराइमा आशाका मोतीहरु टिप्नुछ भने अथवा समयको पुरै मुटु छाम्नु छ भने भावनाको आगनमा सफल योजनाहरु अंगाल्नुछ भने अमृतसरी कठिनतालाई नवीन प्रयासहरु गतिशील तुल्यानु अत्यन्तै जरुरी हुन्छ । विवशताको सागरमा उभिएर परिस्थितिका छालहरु सहजै कुल्चनुछ भने अथवा लम्केर आकासगंगालाई छुनुछ भने यात्राका हरेक मोडहरु साहसले नाघ्नुछ भने बाधाहरुको बन्धनलाई तोड्न नवीन प्रयासहरु जाग्नु ज्यादै आवश्यक हुन्छ । जिएर भावनालाई बचाई राख्नुछ भने अथवा अध्यारोलाई कुल्चेर उज्यालो ल्याउनुछ भने लक्ष्यहरु संगालेर गन्तव्यमा पुग्नुछभने किंकर्तव्यविमूढ मनहरुमा नया प्रयासहरु समेट्नु सदैव आवश्यक हुन्छ । अमानवीयताको कोलाहलमा मानवतालाई जोगाई राख्नु छ भने अथवा महानतालाई घामसंग बाधी राख्नु छ भने तुषारापातले ओइलाएका आत्माहरु लालीगुरास झैं फुलाउनु छ भने त्याग र तपस्यामा अजेय साहस बटुलेर नया प्रयासहरु हृदयमा झ्याङ्गीनु नितान्तै आवश्यक हुन्छ । |
टंक सुब्बा – लिम्वुवाननेपाली मानचित्रमा युगौ देखि लिम्वुवान थियो अहिले पनि उस्तै छ कहाँ मेटिएको छ र त्यसको अस्तित्व ? सदैव वाँची रहने छ यो धरती रहुन्जेल वरु लिम्वुवानलाई सत्तासीनहरुले अनेकौ जाल विछ्याएर नामोनिशान बनाउन खोजे सीमा रेखाहरु भत्काए एउटै नेपाल भने र कहिल्यै नउठ्ने गरी टाउकोमा कुल्चन खोजे तर कहाँ तिनीहरुले सोचे जस्तै लिम्वुवान कुल्चिईयो र ? वरु भित्रभित्रै जीउँदो भएर आजभोलि जागेको छ यसरी लिम्वुवान कहिल्यै हारेन शत्रुहरुवाट वरु हारे लिम्वुवानसँग निहुँ खोज्नेहरु लिम्वुहरुको पराक्रम देखेर सम्वन्धको हातहरु बढाउनु पर्यो राजा महाराजाहरुले र सम्झौता गर्नु पर्यो लिम्वुवान सदासदाको लागि स्वतन्त्र छ भनेर लिम्वुवान छ र त लिम्वुहरु छन् लिम्वुवानवासीहरु छन् अव किन तर्सिने होला लिम्वुवान स्वायत घोषणा गर्नको लागि वरु सोध्नुहोस लिम्वुहरुलाई र लिम्वुवानवासीहरुलाई कहाँ देखि कहाँ सम्म लिम्वुवान थियो भनेर अनि सम्झौता गर्नुहोस् लिम्वुहरुसँग र लिम्वुवानवासीहरुसँग लिम्वुवान कहाँ देखि कहाँ सम्म हुनु पर्छ भनेर लिम्वुवान लिम्वुवानवासीहरुको आस्था वनिसकेको छ र लिम्वुवानमा वहुल भाषा,संस्कृति र धर्मको स्वतन्त्रत प्वाँखहरु फैलिसकेको छन् अव कसैले अपमान गर्न नखोज अव कसैले वेर्इमान गर्न नखोज लिम्वुवानको लागि लिम्वुवानवासीहरु भोलि हतियार भएर उठ्न सक्छन् त्यसैले लिम्वुवानलाई आरक्षणको प्रलोभन नदेखाए हुन्छ सहानुभूतिको माला नपैर्याए हुन्छ किनभने लिम्वुवानले चाकरीको भाषा वोल्दैन चाप्लुसीको भाषा वुझदैन मात्र लिम्वुवानवासीहरुको लागि लिम्वुवान भएर बाच्न चाहन्छb |
टंक सुब्बा – जिवन चित्रयो समयको क्यान्भासमा खै ! कसरी कोर्ने होला ? अस्तित्वको कुचीले आफ्नै जिवनचित्र जहाँ मैले चाहे जस्तै समयहरु पर्याप्त छैनन् र मैले खोजे जस्तै रङ्गहरु छैनन म मात्र देख्छु धमीला किरीङमिरीङ ,धर्सैधर्सा र थोप्लाहरु मलाई लागिरहेछ मेरा लागि पर्याप्त समयहरु यिनै हुन् त्यसैले जीवनचित्रलाई आफ्नै सीप र कलाले रङ्ग भर्न थाल्छु आफ्नै मेहनत र खुशीले रङ्ग पोख्न थाल्छु र जीवनलाई मूर्तआकृतिमा उतार्ने प्रयास गर्छु जीवनको फैलावटमा आउँने दुख कष्टहरुलाई कुल्चदै स्वतन्त्र बिचार उभ्न खोज्छु स्वतन्त्र भावना बाँच्न खोज्छु तर हरेक नयाँ समयले नयाँ रङ्ग घोप्ट्याई दिन्छ र नयाँ रङ्गीन दिनको सुरुआत गरिदिन्छ तिनै दिनहरुसँग रम्न थाल्छु आत्मियता गाँस्न थाल्छु क्षणहरुसँग घोलिन थाल्छु तव सोच्छु जीवनलाई कस्ता दिनहरुसँग सामेल गराउँ ? जहाँ चाहे जस्तै दिन बिताउँन पाईयोस् जहाँ ब्यवधानहरुलाई कुल्चिन सकियोस् यसरी म सरल ढङ्गले सोचिरहन्छु अस्तित्व र जीउँनुलाई जीवनसँग जोडेर सोच्छु सोच्दासोच्दै दिवास्वप्ना देख्न थाल्छु त्यहाँ पनि यथार्थ भोगाईहरु अनुभव गर्छु सवै कुरा उस्तै पाएपछि लाग्यो समयको रङ्ग जहाँ पनि उस्तै हुँदोरहेछ तसर्थ समयको क्यान्भासमा अनेकौं रङ्गहरुले उदाएका दिनहरु छाम्न खोज्दा अनायासै वद्ली दिन्छन् तर पनि आफ्नै हिसावले बाँच्नुको आयतनमा उपायका हातहरुले निरन्तर रङ्गार्इरहेछु आफ्नै जिवनचित्र |
टंक सुब्बा – पाइतालाहरुआजभोलि म सँग सम्वन्धित मेरा एकजोर पाइतालाहरु स्वतन्त्र मार्गमा गतिशील भैरहेकाछन् जुनवेला उसको स्वतन्त्रता खोसीएको थियो त्यो स्वतन्त्रता अहिले प्राप्त भएकोछ त्यसैले पाईतालाहरु आयतनको खोजिमा दौडीरहेकाछन् पहिचानको खोजिमा लम्किरहेकाछन् गाउँवाट विलाएका पाइतालाहरु शहरवाट हराएका पाइतालाहरु आज पाईतालाहरु कै कोलाहलबाट नयाँ यात्राको तय गरीरहेछन् हिजो विर्सीएका पाइतालाहरु हिजो छोडिएका पाइतालाहरु आज परीवर्तनको वाटोमा हुरीवतास भएर वेगीदैछन् जो यहि देशमा उपेक्षित थिए तीनै पाईतालाहरु आज हरेक ध्रुववाट आज हरेक दिशावाट आज हरेक स्तरवाट केन्द्रतिर क्रमश नयाँ सोच लिएर निरन्तर वढीरहेकाछन् नयाँ घामको उज्यालो वोकेर निरन्तर उदाईरहेकाछन् जुनवेला यिनै पाईतालाहरु शासकहरुको कालो नियमले निषेधित थिए वाञ्चित थिए पीडीत थिए तर तिनै शासकहरुको विरुद्धमा आन्दोलन छेडे पछि र्इतिहासले नयाँ मोड लिएकोछ त्यसैले त ती नदेखिएका पाईतालाहरु आफ्नो अस्तित्व खोज्दै आफ्नो र्इतिहास खोज्दै मुल सडकमा आईपुगेका हुन् त्यसकारण प्रत्येक पाईतालालाई पाईतालाको सरोकार वढेकोछ प्रत्येक पाईतालालाई पाईतालाको अधिकार चाहिएको छ किनकी पाईतालाहरुलाई थाहा छ पाईतालाहरुको सम्मान हुनुपर्छ भनेर पाईतालाहरुको स्थान हुनुपर्छ भनेर यसरी मसँग सम्वन्धित मेरा एकजोर पाईतालाहरु पनि आजभोलि यहि सडकमा मिसीएकाछन किनकी यो सडक सम्म आईपुग्नलाई पाईतालाहरुले वलिदान चडाएकाछन् त्यसैले अव यो सडकमा हरेक पाईतालाहरुको उपस्थिती अनिवार्य भएकोछ यर्सथ यो सडक हरेक पाईतालाहरुको लागि हो त्यसैले त पाईतालाहरु कहिल्यै नटेकिएका ठाउँहरुमा टेकिएकाछन् कहिल्यै नपुगेका ठाउँहरुमा पुगेकाछन् पाईतालाहरु हिजो सम्म सपनाको खोजीमा थिए स्वधिनताको खोजीमा थिए स्वतन्त्रताको खोजीमा थिए तर आज तिनै पाईतालाहरु सफलताको मार्गमा पुगेकाछन् अव मसँग सम्वन्धित मेरा एकजोर पाईतालाहरु मात्र नभएर सवै पाईतालाहरुले यो सडकमा हिड्ने समान अधिकार पाएकाछन् त्यसैले यो सवैको साझा सडक हो |
टंक सुब्बा – प्यारो गाउको सम्झनामाकसरी बाचेको होला त्यो मेरो प्यारो गाउ कुरुले तेनुपा वर्षौं भयो अलग्गिएर न्यानो काखबाट आस्थाको उज्यालो खोज्दै हिडेको धकेंलिदै विवशताको हुरीसंग पुगेछु बिरानो देशमा त्यहा पनि सपनामा सधैं देख्छु विपनामा धिक्कारिदा दिनरातसंगै हुन्छु यादहरुमा अल्मलिंदा इच्छा थिएन मलाई आफ्नो गुडलाइै छोडेर मुङ्लान पस्नु उद्देश्य थिएन मेरो मातृवात्सल्यबाट टाढिनु तैपनि मनमा जागर बाधेर छाम्दैछु मीठो सपनाको आकास हिमशिखर जस्तै विश्वास पालेर फक्राउदैछु ओंठमा लालीगुरास तर क्षितिज पारी बनेको छ आफ्नै गाउ“ जुनवेला थाहै भएन बालापनबाट तन्देरीमा उभिएको थाहै भएन वात्सल्यप्रेम मुटुमा झ्याङ्गीएको अब म कसरी पल्टाउ अतीत बनेका ती क्षणहरु बरु एकान्तमा सधैं दुःख्छन् घाउ बनेर नसम्झुभन्दा पनि देख्छु झल्झली रुझ्दै बिताएका साउने झरीहरु देख्छु अझै झरना समीप नाच्दै गरेका परीहरु झझल्को बनेर सताइरहन्छ यो छातीभरि त्यसैले माटोको मायामा भिजेर बाचिरहेछु प्यारो गाउको सम्झनामा मेरो जिन्दगी लेखिदिने स्वर्गद्वारी कुरुले तेनुपा बिरानो नसम्झे हुन्छ मलाई तिम्रो वेदना पोखिएको छातीभरी छरिदिनेछु खुशी ल्याएर तिम्रो उजाड मुहारभरी छाइदिनेछु हरियाली वसन्त भएर तिम्रो प्यारो काखभरी आउने छु तातो माया सम्हालेर परदेशी नसम्झे हुन्छ मलाई आउने छु भोलि बिहानको न्यानो घाम बोकेर । |
टंक सुब्बा – विडम्वनाभित्रको मखुल्ला- खुल्ला परिवेश उज्याला उज्याला दिनहरु त्यसभित्रको म बाटो हराएको बटुवा झैं हराएको हुन्छु शून्यतामा र समयको पावन्दीसंगै बगिरहेको हुन्छु खोलाको पानी झैं पीडा ग्रस्त छु आफैं पिंजडाभित्रको सुगा झैं तर म भाग्न अभ्यस्त छुइन ब्रह्माण्ड भन्दा कहीं टाढा माटोको प्रेमले हो कि ? बेहोसी छु होसमा आखा खोले पनि उज्यालो छैन अन्धकार ओछ्याएर पनि आभाष छैन दिनहरु सारा बदलिए पनि दिगभ्रम जस्तै लाग्छ आफूले आफैलाई भुल्दा हल्लै हल्ला झैं लाग्छ एकान्तमा ब्युझदा विडम्वना छाएको हो कि कुन्नी । थाहा छैन निर्मोही बनेका छन् आफन्तहरु एक्लो बनेका छन् हुलमा रहने प्राणीहरु उपस्थिति आफैमा दुष्ट बनेको छ । यहा मान्छे हुनुको अर्थमा पर्खाल अर्कै छ वास्तविकताको अब कसरी साटौं विषम परिस्थितिमा भावनाहरु अब कसरी टेकौं जोखिम ठाउमा पाइलाहरु जहा सुरक्षति रहनको लागि यताउति आखा डुलाउदा डुलाउदै पर्दा खस्छ अध्यारोको जसले छोपिरहन्छ मलाई र सधैं छट्पटिहन्छु विडम्वनाभित्रको म । |
टंक सुब्बा – मेरो देशअहमता बोकेर जलभण्डारको व्यर्थै बगिरहेछ मेरो देश खोलानाला र नदीहरुमा ऐलानी बढिरहेछ जल प्रवाह अङ्गालेर घाटी सुकिरहेछ मेरो देशको तिर्खाहरुमा नागबेली आकारले अग्लिएका महाभारत र चुरे पहाडहरु अभिषप्त भएर उभिरहेका छन् चुचुराहरुमा सुन्दर श्वेत छङछङ् गर्ने झरना भएको मेरो देश विपत्तिमा दुःखिरहेछ मनोहर दृश्यहरु मेरो देश हिम फेदीमा गुरास भएर फुल्छ डाफे भएर हास्छ असीम आस्थाभरि नेपाली भएर बाच्छ बाच्नु मै विवश छन् वेवारिसको घुम्टो ओढेर बस्तीहरु त्यसैले लोकभाका र दोहोरी गीत बसाइ सरेछ कि कुन्नी देखिन्छ हालीमुहाली पाहुना संस्कृतिको मुर्चुङ्गा र बिनायो विलाप गरिरहेछन् किन हो कुन्नी धुन सुन्दा पञ्चैबाजा र मादलको नया उन्मादले हो कि कुन्नी । मेरो देशमा भन्न थालिएको छ यी बाजाहरु आदिम युगको वीर सपूतहरुको देश भूमि आर्जेर पनि सीमित छन् किताबका ठेलीहरुमा इतिहासहरु गौतम बुद्घले जन्म लिएको देश शान्ति छरेर पनि कैदि भएका छन स्वतन्त्रताहरु दौरा सुरुवाल र ढाकाटोपी राष्ट्रिय भेष भएको मेरो देश टाइसुटको शोषणमा परेर हो कि कुन्नी अब संग्रहालयमा मात्र प्रदर्शन गरिने भएको छ । |
टंक सुब्बा – म र मान्छेसजिव मांसपेसीले छोपीएको जीवित अस्थिपञ्जर म मान्छे केवल एउटा मान्छे हुनु भन्दा पर अरु साइनो छैन केहि मान्छेले ग्रहण गर्नु पर्ने त्यो जीवन म संग विल्कुलै छैन खोक्रो अत्यान्तै खोक्रो केहि नभए जस्तो शुन्यतामा पाइरहेछु आफैलाई जो हुनु पर्ने सुन्दर जीवन जो पाउनु पर्ने अशल जीवन म मात्र देख्छु वारम्वार देखिरहन्छु तर त्यो आफ्नो वन्दैन अथवा म हुदैन त्यो केवल छचल्किरहन्छ मेरै नजरको सम्मुख र कता हो कता वतासिन्छ म भन्नु मात्र प्रतीक भएको छु मान्छेको म मै बाट वाहिरीए पछि म मै बाट हराए पछि म मान्छे देखिनु केवल त्यो मान्छे भएर मात्र हो म मान्छे भएर मैले चाहे जस्तो जीवन कहाँ पाएको छु र? मात्र जीवन जीएकोछु त्यसैले अहिले सम्म मैले मान्छे हुनुको अनुभव गरेको छैन म भित्र भएको मान्छेलाई खोज्दै हिड्दा कुल्चेको छु मैले समयका अप्ठ्यारा लेकवेसी र कुइनेटाहरु र सहेको छु त्राणको लागि असैह्य पीडाहरु तर खोई त्यो मैले खोजेको मान्छे ? काहा छ ? वरु खोज्दा खोज्दै म हराएकोछु आफैसंग कराएकोछु आफैसंग नपाउनुको चोटले घाइते भएकोछु आफैसंग तर मैले देखेको छु मान्छेले आफ्नो जीवन पाएको सुन्दर सुखी हुन सक्छ जस्ले त्यस्तो जीवन भोगेकोछ उसलाई जीवन जस्तो नलाग्न सक्छ त्यो त थाहा भएन किनकी मैले उसको जस्तो जीवन पाएको छैन अथवा मेरो जस्तो जीवन उसले देखेको छैन मात्र त्यो मेरो अन्दाज हो कि त्यो जीवन यस्तै होला भनेर त्यसैले म मात्र म हु सजिव मांसपेसीले छोपीएको जीवित अस्थिपन्जर म मान्छे केवल एउटा मान्छे हुनु भन्दा पर अरु साइनो छैन केहि तर पनि धुइपताल खोजीरहन्छु म भित्रको मान्छे अथवा मान्छे भित्रको म |
टंक सुब्बा – उहिले र अहिलेउहिले अहिलेको जस्तो थिएन अमनचयन थियो न्याय निशाफ थियो जीवनको मुल्य थियो त्यसैले अघाउन्जेल हाँस्न पाइन्थ्यो कुनै व्यवधान थिएन बाचुन्जेल जिवन बाँच्न पाईन्थ्यो अहिले एक्कासी बद्लिएकाछन् समयका अनुहारहरु र वेग्लिएका छन् वर्तमानले वोल्ने भाषाहरु त्यसरी नै विचारहरु पनि वाडीएकाछन् चुडीएका छन् फुक्लिएकाछन् फलस्वरुप मानविय आस्थाहरु भत्किएकाछन् मानविय विश्वासहरु लच्किएकाछन् मानविय संवेदनाहरु हराएकाछन् मात्र स्वार्थ व्युँझिएकोछ मान्छेहरुमा यसरी मानवत्व लोप भएपछि यहाँ हिंसा बढेकोछ यहाँ हत्या बढेकोछ त्यसैले मान्छेहरुको मन दुख्दैन किनकी उनीहरुको मुटु ढुङ्गा जस्तै भएकोछ त्यसकारण मान्छेले मान्छेलाई हेर्ने दृष्टि र दृष्टिकोण जङ्गवहादुरको जस्तै वनेकाछन् अचेल यी आँखाहरुमा दृष्टिप्रेम छैन अचेल मान्छेहरुको हृदयमा भातृत्व प्रेम छैन आधुनिकताको नाममा विकासको नाममा मान्छेहरु यान्त्रिक बनेकाछन् त्यसैले मान्छेले मान्छेहरुको अस्मिता लुटेकाछन् आकांक्ष थुतेकाछन् यसरी मान्छेले मान्छेलाई निर्मम शिकार वनाएकाछन् यहाँ दृश्यहरु देख्ने आँखा मात्र छन् सहयोगका आँखाहरु छैनन् सद्भावका आँखाहरु छैनन् त्यसैले ती आँखाको कुनै काम छैन किनकी आँखा भित्र आँखाहरु छैनन् अहिले यसरी परिभाषीत भएकोछ उहिले त्यस्तो थिएन जो अहिले भैरहेकोछ उहिलको र अहिलेको परिस्थिती यहाँनेर यसरी छुट्टीएकोछ यहाँनेर यसरी वेग्लिएकोछ यहाँनेर यसरी निर्जीव वन्दै गएकोछ अहिले सुनियोजित ढङ्गले लुटिनु र भुटिनुको खेल खेलिन्छ त्यसैले अहिलेसँग न्याय गाँसीएको छैन निशाफ जोडिएको छैन मात्र महत्वकांक्ष छोडिएको छ मात्र स्वार्थ गोडीएकोछ जस्ले वर्वरता थपीरहेकोछ जस्ले क्रुरता निम्त्याईरहेकोछ अहिले यसरी वौलाहीरहेछ अहिले यसरी मौलाईरहेछ तर उहिले त्यस्तो थिएन अमनचयन थियो न्याय निशाफ थियो जीवनको मुल्य थियो त्यसैले अघाउन्जेल हाँस्न पाइन्थ्यो कुनै व्यवधान थिएन बाचुन्जेल जिवन बाँच्न पाईन्थ्यो |
टंक सुब्बा – देशको आत्मा कथासंकल्पको पहाड चढ्नलाई भीमफेदीवाट आस्था र प्रतिष्ठाका पाइलाहरु चाल्दै जादा क्रमशः एकदिन शिखर भएर उभिदिए म जहावाट दृष्टिहरु फैलाउदा देखें देशलाई पढें उसका मुहारहरु मौन थियो धुम्मिएको बादल जस्तै निहाले सर्वाङ्ग देखें प्रत्येक गोरेटोहरुमा लाठी र बुटहरु क्रुरताले बज्रिएका अधिकारहरु खोसिए निर्ममताले बाच्नेका कोही विनाकसुर सहदै थिए कृतिम यातनाका चर्का कोर्राहरु भोग्दै थिए राक्षसीपनका सजायहरु दृश्यहरु फेरे अर्कोतिर त्यहा एउटा पाइतालाले असंख्य टाउकाहरु कुल्चने नियत पालेर बोल्दै थिए पाल्छी भाषामा षड्यन्त्रका सम्वादहरु घन्काउदै थिए खोक्रो आदर्शका नाराहरु उतार्दै थिए देशका अस्थिपन्जरहरु अब म नागरिक हुनुको पराकाष्ठामा बाधिएर लेखौं कसरी आत्मा कथाहरु धेरै पीडाले विह्वल छ देश आफै भित्र गुम्स्याएर व्यथाहरु वर्वराउछ आफै सत्यताका कथाहरु त्यसैले यस बेला म सिङ्गो देशको दर्दमा उभेको छु तर पनि स्वीकारेको छुइन हार बाधाहरुले परेको छुइन दोधार बरु उत्साह बाधेर स्वाभिमानले भिजेको देशलाई विश्व मानचित्रको पृष्ठभूमिमा कुदिरहेछु सुनौलो अक्षर वीरताको छिनोले निको पार्न खोजिरहेछु देशको घाउ स्वतन्त्रताको मलमले लेख्न लागिरहेछु देशको आत्माकथा समयको कलमले |
टंक सुब्बा – मान्छे आडम्वरी हुन सक्छसेवामा श्रद्घाले शिर झुकाएर कसैले पाउ छुन्छ भने अथवा निश्वार्थ प्रेमले ओतप्रोत भएर सच्चा हृदय कसैले देखाउछ भने सायद कोही नहोला यस जगतमा प्रश्न चिन्ह खडा गर्ने किनकी भावनाको पुल हो विश्वास तर प्रिय जनहरु क्षणभर मै आत्मा विश्वास पैचो नदिनु होला आफन्त सम्झेर हरदम यहा झुक्नुमा खोक्रो आश्वासनको आडम्वर मात्र हुन सक्छ आश्वासनको आकर्ष नृत्य मात्र हुन सक्छ त्यसैले यहा अक्सर मान्छेहरु प्रतिघात उमार्ने गर्छन् विवेक छरेर चोखो सम्झने गर्छन् समाजमा कलुषित भएर अहिंसावादी भन्ने गर्छन् नेपथ्यमा नरसंहार अपनाएर सावधान अवसरको घुम्टो ओढेर समाजमा बहुरुपी बन्नेहरुसंग बाहिर राम राम बगलीमा छुरा लिनेहरुसंग अब यहा क्षणहरु छैन विलखवन्दमा पर्ने बाल्नु पर्छ सबैले उज्यालाका दीपहरु गाउनु पर्छ सबैले स्वतन्त्रताका गीतहरु तोड्नु पर्छ सबैले उत्पीडनका पर्खालहरु यदि असमर्थ भइयो भने अजङ्गको सिंह बन्न सक्छन् स्यालहरु त्यसैले कुनै सिमा छैन आजभोलि विश्वासको नाघिसकेका छन्/कुल्चिसकेका छन् सत्यताका बाधहरु होशियार अन्तरालको पहाड उभेको हुन सक्छ भावनामा जोखिम पाइलाहरु उचालेका हुन सक्छन् आश्वासनमा मानवता नमौलाएर उजाड बन्न सक्छ धरतीमा त्यसैले हेक्कालिनु हुदैन मान्छे आडम्वरी हुन सक्छ विश्वासमा । |
टंक सुब्बा – महाशय !महाशय ! किन अपमान गर्दै हुनुहुन्छ कवि र कविताको ? के एउटा कविता च्यातेर, कविको विचारलाई च्यातिदिएँ भन्ने ठान्नुहुन्छ ? देश र जनता हुन् कवि र कविता । के सारा जनतालाई दमन गरेर सत्ता टिकाउन सक्नुहुन्छ एक्लै ? के देश र जनताको साथ चाहिन्न र महाशयलाई ? महाशय ! कवि, कवितामा बाँचेको हुन्छ । कवि, कविताको सुन्दर छटामा हाँसेको हुन्छ । के कविको सुन्दर कवितालाई च्यातेर न्याय गरेझैं लाग्छ ? कविको एउटा कविता च्यातेर, महान नठान्नु होला महाशय ! किनकि कविसँग अनेकौ शक्तिशाली र खतर्नाक कविताहरु हुन्छन्, एउटा सुन्दर र निर्दोष कवितालाई च्यात्न सक्नुहोला तर खतर्नाक कवितालाई कहिल्यै च्यात्न सक्नुहुन्न । किनभने त्यो कविता निडर हुन्छ, व्रिद्रोही हुन्छ, बरु उल्टै महाशयलाई च्यातिदिन सक्छ, आफैले कविता च्यातेझैं, किनकि कविको खतर्नाक हतियार हो कविता । महाशय ! राम्ररी सोँच्नुहोला, कविताको हत्या अपहरण किन गर्दै हुनुहुन्छ ? महाशयलाई थाहा छ, कविता सबैलाई मनपर्छ र कविता महाशयलाई पनि मनपर्छ, तर किन क्रुर बन्दै हुनुहुन्छ, कवि र कविताको लागि ? महाशयलाई थाहै होला, अस्तिको जनआन्दोल-२ मा कति कविताहरु कुटिए / लुटिए / भुटिए कति कविताहरु शहीद भए, के त्यसको लेखाजोखा छ महाशयसँग ? नहुन सक्छ, किनभने आदेश मात्र पालना गर्नुहुन्छ महाशयले । के यो देशको सच्चा नागरिक भएर, कहिल्यै सोँच्नुभएको छ, कवि र कविताको सम्मान गर्नुपर्छ भनेर ? महाशय ! थाहा पाई राख्नुहोस् म कवि हु कविता लेख्ने, त्यसैले देशको कविता लेख्छु, र्सवाङ्गीण विकासको कविता लेख्छु, जनचेतनाको कविता लेख्छु, देशवासीको सुख-दुखको कविता लेख्छु, यसरी लेखिएको कविताको दुश्मन कसरी बन्नुभयो ? के व्यक्तिस्वार्थको लागि त्यसो गर्नुभएको त होइन ? म बारम्बार देखिरहेछु, कवि र कविताको विरुद्घमा हुनुहुन्छ, देश र जनताको लागि लेखिएको कविता के कहिल्यै पढ्नु भएको छ ? यदि पढ्नु भयोभने, त्यहाँ नेपाली सुगन्ध पाउनुहुन्छ, त्यहाँ प्राकृतिक सुन्दरता देख्नुहुन्छ, त्यहाँ जाति, भाषा, संस्कृति भेट्नुहुन्छ त्यहाँ वहुल विचारको चौतारी टेक्नुहुन्छ, त्यसैले कवि कहिल्यै देशद्रोही हुँदैन । महाशय ! कविले देश बेचेर खान जान्दैन, कविले आफैलाई वन्दकी राख्न खोज्दैन, कविले ऋणै ऋणको भारी बोकेर हिँड्न चाहँदैन, कवि सधैँ उन्मुक्ती चाहन्छ, कवि सधैँ स्वतन्त्रताको वकालत गर्छ, त्यसैले महाशयको विरुद्घमा कविता लेख्छ कवि, त्यो महाशयलाई मन पर्दैन, किनकि महाशयले च्यात्नु भएका सवै कविताहरु, महाशयकै विरुद्घमा लेखिएका कविताहरु थिए । महाशय ! २३८ वर्षदेखि थिचिँदै आएका कविताहरु, आज आफ्नो हक-अधिकार खोज्दै उठेकाछन् । जाति, भाषा, संस्कृति खोज्दै उठेकाछन् । किनभने, यो देश, मात्र कथित जातिहरुको होइन, यो देश, सम्पूर्ण कविताहरुको देश हो । महाशयलाई सपनाजस्तै लाग्न सक्छ, किनकि, भर्खरै मात्र कविताहरुको जनआन्दोलन -२ ले वन्दुक हारेको छ, शासक हारेको छ, राजा हारेको छ, त्यसैले कविताहरु अहिले कविता भएकाछन् । थाहा पाई राख्नुहोस् महाशय ! कवि र कविता भनेका देश र जनता हुन् । |
टंक सुब्बा – म र सपनाहरुमेरा कुमारी सपनाहरु हरेक दिनको आगमनलाई पछ्याउँदै मेरै सामु आईपुग्छन् र न्यानो स्पर्श गर्छन् सुकोमल ओठहरुले चुम्छन् अनि हृदयलाई सुम्सुम्याएर आलिङ्गनमा वाँधिन्छन् तव म सपनाको मायाँ जालमा फसेर एकहोरिन्छु तर सपनाहरु अनायासै टाढीन्छन् विछोडिन्छन् यसरी सपनाहरु मसँग टाढिए पनि मेरो मनले सधै ती सपनाहरुलाई छुन खोज्छ तर सपनाहरु हुदैनन् तव प्राप्तिको लागि अनेकौ मनका प्वाँख फैलाउछु र सोच्छु उड्दै सपनाको देशमा पुग्न पाए हुन्थ्यो तर मैले सोचे जस्तै सपनाको संसार कहाँ भेटिएला र ? मात्र सम्झन्छु सपनाहरुका न्यानो स्पर्श सपनाहरुका सुकोमल चुम्वनहरु र आलिङ्गनहरु अतितहरुले यसरी समाउँदा सपनालाई चौतर्फी खोज्छु समयलार्इ पछ्याउँदै दगुर्छु तर सपनाहरु भेटिदैनन् नपाउँनुले थाकेर हैरान हुन्छु तर पनि सपनाहरु संग भेट्ने रहरहरु मर्दैनन् आकांक्षाहरु टर्दैनन् सपनाहरु सुकोमल वनेर नआई दिए पनि वाँचेकैछन् यी मनहरु आशा र भरोसाहरु म सधै देख्छु सपनाहरुलाई देखिरहन्छु परीपरीका सपनाहरु थरीथरीका सपनाहरु रङ्गविरङ्गका सपनाहरु तर अनुभव गर्न सक्दिन अङ्गाल्न पाउँदिन तव सोच्छु कस्का लागि हुन यी सपनाहरु ? केका लागि हुन यी सपनाहरु ? त्यसै रुमलिन्छु सुन्दर सुन्दर सपनाहरुको प्रतिविम्व देखेर उत्साहित हुन्छु कुनै न कुनै सपना मेरो पनि त होलान् भनेर खोज्न थाल्छु सपना हिड्ने गोरेटाहरु जहाँ एउटा सपनालाई देख्दा नदेख्दै धेरै धेरै सपनाहरु पो देख्न पुग्छु तव यस्तो लाग्छ सपनाहरु केवल सपनै मात्र हुन् जो भेट्नै नसकिने जो अङ्गाल्ने नसकिने तर पनि अनवरत हिउँद वर्षा खपी दिन्छु दुख सुख व्यहोरी दिन्छु तै पनि सपनालाई भेट्न सकिएन यतिका उमेर वितिसके खोई कहाँ सपनाहरु आफ्ना वनेकाछन् र ? तर पनि कुमारी सपनाहरु हरेक दिनको आगमनलाई पछ्याउदै मेरै सामु आईपुग्छन् र स्पर्श गर्छन् ओठहरुले चुम्छन् अनि हृदयलाई सुम्सुम्याएर आलिङ्गनमा वाँधिन्छन् तव म सपनाको मोहमा फसेर सम्मोहित भैदिन्छु तर सपनाहरु अनायासै टाढीएर जान्छन् विछोडिएर जान्छन् |
टंक सुब्बा – छातीमा दौडिएका यो मनअनियन्त्रित सोंचाइहरुको कोलाहलमा एकरास तीव्र आकांक्षाहरु बोकेर लामो यात्रा पार गर्दा लखतरान भएको यो छाती सुस्ताएको हुन्छ वेस्सरी समयको पन्यालो परिसरभित्र इच्छाहरुको पवित्र मफलर भिरेर नित्य सल्बलाइरहन्छ यो मन अब कसरी प्रस्तुत गरौं अभिव्यक्तिमा जहा आत्मामा छचल्किएर आउछन् अनेकौं मोडहरु अब कसरी पल्टाउ जिन्दगीको किताब जहा पाना पल्टाउदै अतीत बनेर जान्छन् सुनौला क्षणहरु अब कसरी चालौं यात्राहरु जहा जति बढ्यो उति अनन्त हुन्छन् गोरटोहरु त्यसैले अलिकति विश्वासमा बाधी राखौं भन्छु भावनालाई तर पल-पल मै साटिन्छन् चाहनाहरु क्षण-क्षण मै बदलिन्छन् सपनाहरु तैपनि उघ्रिहाल्छ कि समयको ढोका भनेर प्रतीक्षामा प्रचूर आशाले थप उत्साह पालेर गुज्रदै गएका दिनहरुसंग संग्राम गरिरहन्छ व्यर्थै यो मन विपनीमा चलाएका जति पनि कदमहरु अवरुद्घ हुदा प्रायश्चितले पिरोलिन्छन् मुटुहरु र आवेशमा भावशून्य भएर सोच्छु नहुत्तिएर चुपचाप उभिदिए हुन्थ्यो आस्थाहरु हिमाल झैं निश्चल तर बगिरहन्छ समय परिवर्तनको नदीमा त्यसैले प्रत्येक बिहानीको आगमनसंगै असीमित इरादा अंगालेर हरदम छातीबाट दौडिएर संसार रिङ्छ यो मन । यथास्थितिको परिधि नाघेर चल्बलाइरहन्छ यो मन |
टंक सुब्बा – समयको नया अनुहारहरेक दिन नया सडकमा जिन्दावाद र मुर्दावादको नारा जुलुस अनगिन्ति मागहरु पुरा गर्न भूगोलपार्कमा जारी हुन्छन् रिले अन्सन र आमरण अन्सनहरु दवावमूलक पर्चा पोष्टर र विज्ञाप्तिहरु छरीन्छन् शहरभरी त्यसपछि सुरु हुन्छ मसाल जुलुस अनि चक्काजाम जस्ले मेची देखि महाकाली सम्मको नेपाल वन्द भैदिन्छ तव यात्रुहरु वाटो मै अलपत्र पर्छन् विरामीहरु अस्पताल नदेख्दै विदा हुन्छन् व्यापरीहरुको व्यापार चौपट्ट वनिदिन्छ देश कतातिर मोडिदै छ त्यो कसैलाई मतलव छैन मात्र नया आन्दोलनले दिएको स्वतन्त्रता भोग्न हतारीएका छौ हामी सवै हतारमा उठार्इन्छन् वुदाहरु र दवाव दिईन्छ सरकारलाई आन्दोलनकारी र सरकार वीच असहमती भए पछि एकाएक लाठीचार्ज भैदिन्छ अनि वन्दुक कुर्लन्छ सडकमा लाशहरु देखिन्छन् सन्सनीपूर्ण समाचार वन्छ रेडियो टेलिभिजन र अखवरहरुको लागि सामान्य घट्ना हुन यी आजभोलिका त्यो हामीले नचाहेर पनि पढ्नु पर्छ,सुन्नु पर्छ देख्नु पर्छ,भोग्नु पर्छ आन्दोलनले दिएको नया उपलब्धि परीवर्तनले जन्माएको नया अनुहार जो हामी दिन प्रतिदिन भोगीरहेछौ घट्ना पछि अक्सर सरकारले एउटा आयोग गठन गर्ने गर्छ र आयोगले जाचवुझ पछि प्रतिवेदन सार्वजानीक गर्छ यसरी त्यहा निर्दोषहरु मारीएका छन् त्यहा धनजनको क्षति भएकोछ पत्रकार सम्मेलन मार्फत हंगमा मच्चाईन्छ क्षतिपूर्तिका कुराहरु उठ्छन् जसलाई सरकारको दायित्व ठहर्यार्इन्छ पत्रपत्रिकाहरुमा वहस सुरु हुन्छ श्रृंखलावध्द र् तर्कवितर्क छापीन्छ वुध्दिजीवीहरुको र अन्तमा मानवअधिकारकर्मीहरु कुर्लन्छन् अनि देशभरी तातो समाचार मडारीन्छ अरु व्यापार चौपट्ट भएको वेला पत्रपत्रिकाको व्यापार फष्टाउछ सम्वेदनाहरु छापीन्छन् मर्नेहरुको सदनमा कुन पार्टीले आफ्नो शहिद वनाउने भनेर होडवाजी मच्चिन्छ त्यसैले अव युध्दमा जानु पर्दैन शहिद वन्नको लागि जहा जसरी ढले पनि जहा जसरी मरे पनि कुनै एउटा पार्टीले झण्डा ओढार्इ दिए पछि त्यो शहिद वनिदिन्छ अनाम शहिद मात्र समाचारमा छापीने समाचारे शहिद तत्पाश्चात घट्नाहरु सेलाउदै जान्छन् विलाउदै जान्छन् जनमानसवाट तर पीडीत पीडा मै जलिरहन्छ यसरी हिंसाको परीवर्तीत स्वरुप आन्दोलनको उपलब्धि ठानेर हामी उपयोग गरीरहेछौ समयको नया अनुहार भयावह हुदै जादा पनि हामी त्यसलाई सहज सम्झीरहेछौ |
टंक सुब्बा – वर्षाबादलको जलमग्न छाती निचोरेर जब आकास चुहिन्छ तब माटोमा उदाउछन् असीमित खुशीहरु उर्वर भएर बेहुलीको घुम्टो झैं हरियाली छाउदा मुस्कुराउछन् डाडापाखाहरु र श्रद्घाञ्जली हुन्छ खडेरीको त्यसैले वर्ष न्यानो आभाष हो बसन्तको जादू हो सिर्जनाको किनभने सृष्टिले प्रेममय साथ दिएर आत्मीयता फैलाउछ हरेकको जीवनमा कहिले काही हिंसात्मक बने पनि रमाइलो हुन्छ वसन्तको आगन उत्साहप्रद हुन्छ ऋतुराजको आगमन चराचुरुङ्गीको आवाजहरुसंग गुञ्जायस प्रकृतिका धुनहरु साइनो भएर गासिन्छ मौसम अदभूत छ यहा वर्षा यदि बाटो भुल्यो भने कहीं काकाकुल बन्छन् सारा प्राणीहरु हाहाकार मच्चिएर सम्भवतः हट्न सक्छ पदचिन्ह जिउदो रहनुको सूचीबाट पहिरिन सक्छ पुरानै पहिरनमा ब्रह्माण्ड तर मेघ गर्जिएर बिजुली चम्कदा चुहिन थाल्छ आकास तब छरिन्छन् कोपिलामा मधुमुस्कानहरु खोज्छन् गगन चुम्न कलिला मुनाहरु अनि हराभरा बन्छ उजाड छटा कृषकको पसिना फल्छ खेतबारीमा त्यसैले बादलको जलमग्न छाती निचोरेर आकास चुहिदा असीमित ब्यग्रता छाउछ धरतीमा पानीका थोपाहरुले उजाड डाडापाखाहरुको मुहारमा हरियाली छाउदा श्रद्घान्जली हुन्छ सुख्खा यामको । |
टंक सुब्बा – युद्घभित्र उभिएका बुद्घहरुसर्वाङ्ग पुरिएर ठिहीले कठाङ्ग्रिएको रात हंगामा मच्चाएर युद्धले प्रदुषित भएको परिवेश जहा जिउने रहरहरु थुप्रै साचेर कुरुक्षेत्रमा ओर्लिएका लडाकुहरु काम्दा हुन् लुगलुग मुटु छेड्ने सिरेटोले र प्रतिक्षा गर्दा हुन् अर्को दिनको न्यानो घाम अनि चुर्लुम्म डुब्दा हन् सुनियोजित भविष्यको परिकल्पनामा तर उनीहरु रणभूमिमा लादिएका तैनाथ सिपाहीहरु कुरिरहेछन् आदेशका अन्तिम घडीहरु अजङ्गको युद्घपोत जस्तै जसलाई देखेर त्रासले हल्लिएका कातर मुटुहरुझै भयभित हुदा हन् आफैलाई योद्घा सम्झने वैरीहरु यसरी जिउदै मृत्य अंगालेर जुझारु समयको रुखो छातीमाथि अणु परमाणुको सान्निध्यमा उभेर पुकार्न बाध्य भएका छन् भातृत्व प्रेमले ओम शान्ति ओम शान्ति युद्घभित्र उभिएका बुद्घहरु दिनचर्या यहा भैसकेको छ दंगा फसादमा जिउनु रीत यहा बसिसकेको छ प्रतिकुल मौसमहरु पिउनु आचरण यहा बनिसकेको छ पक्ष र विपक्षको गोरेटोहरु समात्नु त्यसैले सन्त्रस्त हुदैनन् महाकालको सवारले किनभने कुशल खेलाडी भैसकेका छन् खतराको शंखनाद हुदैन युद्घको सामिप्यताले किनभने कुशल नायक बनिसकेका छन् द्वन्दको तसर्थ प्रश्न चिन्हका आकृतिहरु खडा गर्दै अस्तित्वको देशमा युद्घ विभीषिकाको विज्ञप्ती भएका छन् निर्दोष मान्छेहरु तर पर्वाह छैन कसैलाई बरु उल्टै डस्न खोज्छन् गोमन सर्प झैं मपाईंत्वको हिटलरहरु बरु उल्टै मौका छोप्न खोज्छन् साधु बिरालो झैं प्रतिघातका जुडासहरु । उठ जाग युद्घ भित्र उभिएका ए बुद्घहरु हो जन्मन सक्छ अवश्य तिमी उभिएको भूमिमा पनि अर्को बुद्घ उदाउन सक्छ अवश्य तिमीभित्रको अध्यारोमा पनि अर्को घाम र फुल्नेछन् असख्यौ विश्वासका फूलहरु अनि पूर्णविराम हुनेछन् अविराम युद्धहरु त्यसैले सम्झौताका पत्रहरुमा बन्धुत्वको हस्ताक्षर गर र उडाउ शान्तिका सेता परेवाहरु भूल हुन नदेऊ ननिम्त्याऊ विध्वंसका क्षणहरु यसरी जिउदै मृत्यु अंगालेर जुझारु समयको रुखो छातीमाथि अणु परमाणुको सान्निध्यमा उभेर पुकार्न बाध्य भएका छन् भातृत्व प्रेमले ओम शान्ति ओम शान्ति युद्घभित्र उभिएका बुद्घहरु |
टंक सुब्बा – दुनिया भित्रको नाटकशुन्य शुन्याकासमा….. जन्म्यो होला कसरी ? गोल गोल ब्रम्हाण्डको सुनौलो मञ्च उघ्र्यो होला कसरी ? फङ्लङ्ग आग्लो घचेटेर यो सृष्टिको ढोका भरियो होला कसरी ? रोशनी चारैतिर हरियाली आए होलान् कसरी ? दुनिया भित्रको नाटकमा तमाम यी पात्रहरु मिथ्या कल्पना जस्तो एउटा दन्त्य-कथा जस्तो कविले लेखेको कविता जस्तो थाहा छैन तर पनि धकेलिदैं परिस्थितिसंग बाध्य भएका छौं भोग्न बेकसुर सजायहरु समात्दैं अनिश्चित दिनका फेरामा ब्यहोरी रहेछौ नाटकीय पलहरु बाधिदै दायित्वको डोरीले हिंड्न शाहस गरिरहेछौ आपत्तकालिन गोरेटाहरु कोरिदै वर्तमानको अस्पष्ट आकृतिहरुसंग नाटकका परिदृश्यहरुमा दोहोरिन्छन् उस्तै क्षणहरु पोतिन्छन् उस्तै रङ्गहरु यथास्थितिबाट अनुवाद भएर विडम्वनामा हासो अनि रोदन जन्म अनि मृत्यु टेकिन्छन् प्रत्येक पाइलाहरुमा सजीव नाटकका फाटकहरुमा थाहा छैन, पर्दा खस्ने हो कहिले ? समयको ढोका बन्द हुने हो कहिले ? सृष्टिको । |
टंक सुब्बा – सगरमाथा र शेर्पाहिउँको थुप्रोहरुमा प्रयासका पाइलाहरु अविरल चाल्दै विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्ने म तेन्जिङ नोर्गे शेर्पा व्रम्हाण्डको प्रथम हिममानव भएर पनि विवशताले टाढीनु पर्यो आफ्नै आगनवाट त्यहि पाइलाहरुलाई पछ्याउँदै जोखिमपूर्ण हिमालको अंगालोमा फेरि हिमचितुवा भए म आङरिता शेर्पा समयले छेकेर छेक्न नसक्ने युद्धले भड्काएर नभड्किने गोर्खाली आज शेर्पा भएर जन्मेको छ नेपाल प्रत्येक नयाँवर्षो आगमन सँगै समस्याको सगरमाथा आरोहण गरेको हुन्छ शेर्पाले तर हामी पत्रपत्रिकाको समाचार पढेर उसलाई प्रशंसा गर्छौ वास्तवमा उसले जीन्दगीको वाजी थापेर बाच्नुको हिमाल उक्लेको हुन्छ यसरी नै बाच्नुको हिमाल चढ्दा माथि सगरमाथाको अंगालो मै विलान भएका पासाङ ल्हामु शेर्पा र वावुछिरी शेर्पा आज सम्झनाको लहरमा मात्र बाचेकाछन् उनीहरु तर पनि शेर्पाहरुको हिमाल चढ्ने बिवशता कहिल्यै ओर्लदैन बरु झन माथि माथि उक्लि रहन्छ हिमालको चुचुरा तिरै अरुहरुको सौख र होडवाजीको हिमयात्रामा जोखीमका पाइला उचालेर कृतिमान तोड्ने म आप्पा शेर्पा बिश्व नायक भएको छु तर गौरव मात्र छ मलाई मेरो महान कार्यको वास्तवमा मेरो यथार्थता विर्सेकोछ देशले जति जति यो हिमालको अग्लाई चमेर फर्कन्छु आफ्नै गाउँ तव मैले गरीवीको खास्टो ओढ्नु पर्छ त्यो मेरो अवस्था देशलाई थाहा भएर पनि वेवस्ता गरेकोछ सारा देशवासीलाई थाहा भएर पनि त्यसको मतलव छैन तर पनि त्यो शेर्पा हो भन्छन् अनि उसको शाहसको कुरा गर्छन् र उसैले मात्र हिमाल चढ्नु पर्छ भन्ने ठान्छन् विश्वको अग्लाई हो सगरमाथा यहाँ जस्ले चढे पनि हुन्छ तर शाहसी शेर्पाका पाईलाहरु सवै भन्दा पहिले टेकिएकाछन् त्यसैले त हिमालसँग हार्दै नहार्ने भएकोछ शेर्पा सगरमाथा चढ्नुको विश्व कृतिमा भएकोछ शेर्पा नयाँ इतिहासको पाना थप्ने भएकोछ शेर्पा |
टंक सुब्बा – अस्मिताको खातिरमुटु छेड्ने चित्कारहरुले गाढा निद्राको तन्द्राबाट एक्कासी ब्युझिएका छन् निद्रित मेरा आखाहरु झस्किएका छन् भयभीत आवाजहरुले र तत्काल दृष्टिहरु हुत्याउदा देखे त्यहा हुलका हुल व्वासाहरु एकातिर देखें त्यही निरीह मान्छेहरु अर्कोतिर ढुङ्गा हानाहान गर्दैछन् तिनीहरु सडकमा अस्मिताको खातिर अध्यारो छैन विडम्वना भैरहेछ मध्यदिनमा सगबगाई रहेछन् भोको पेटमा हिंस्रक जनावरहरु क्षणभर मै कोतपर्व अपनाएर बगाएका छन् रगतका नदीहरु त्यसैले असुरक्षति भान भैरहेछ आफ्नै धरती अस्मिताको खातिर निरुपाय र असहयोगले कमजोर भैरहेछन् मनस्थितिहरु वर्वरतामा होमिएका छन् यथास्थितिहरु जो आफ्नै देशमा पनि बाच्नु परिरहेछ शरणार्थी झैं त्यसैले बाध्य हुनु पर्दोरहेछ हतियार उठाउन अस्मिताको खातिर कोही चिथोर्दै छन् रक्ताम्मै पारेर स्वाभिमानलाई कोही विशालु तरवार चम्काउदै छन् खतरा मोल्नलाई वैमनस्यता बढिरहेछ मान्छेहरु बीच सायद त्यसैले होला तनावग्रस्त कुरुक्षेत्र जस्तै गोलि हानाहान भैरहेछ अस्मिताको खातिर |
टंक सुब्बा – कोलम्वस पाइलाहिड्दै छु म अनन्त यात्रा पछ्याउँदै कोलम्वस पाइला विना तयारी विना कम्पास विना मार्गचित्र वढ्दैछु निरन्तर गन्तव्य छुनलाई हुनत लक्ष्यसम्म पुग्नलाई सम्भावनाका धेरै वाटाहरु हुन्छन् मात्र धैर्यता खाँचो हुन्छ मात्र आत्माविश्वासको अवश्यकता हुन्छ चाहेपछि अवश्य पुगीन्छ यात्राहरु वेग्ला वेग्लै हुन सक्छन् वाटोहरु फरक फरक हुन सक्छन् मात्र गन्तब्यमा पुग्नलार्इ कोलम्वस पाईला पछ्याउँन सक्नु पर्छ त्यसैले त हरेक दिन कठिनाइहरु पन्छाउँदै तेहिँनेर पुगौ भन्छु जहाँवाट सपनाहरु झुल्कन्छन् कहिल्यै नपुगेको ठाउँ पुग्नलाई अन्दाज गर्दै यहाँ सम्म आइपुगेको छु थाहा छैन अव वाटो कतातिर मोडिने हो ? थाहा छैन अव यात्रा कतातिर लम्किने हो ? तर मलाई विश्वास छ कुनै नयाँ दृश्य देखिनेछ कुनै नयाँ गन्तब्य भेटिनेछ त्यसैले त हतारिंदैछु नयाँ पलहरु छुने उमाङ्ग बोकेर म कोलम्वस पाइला पछ्याउँदैछु अनेकौ अभिलाषा र अठोट वाधेर पछ्याउँनुलाई जीवनसँग गाँसेकोछु हरेक दिन कोलम्वसले झैं गोलव्रम्हाण्ड रिङदैछु नयाँ गन्तब्यको खोजीमा निरन्तर निरन्तर पुग्नुको असीम तिर्खा वोकेर हिडिरहेछु लामो यात्रामा विना तयारी विना कम्पास विना मार्गचित्र कोलम्वस पाईला पछ्याउँदै गन्तव्यमा अवतरण हुनलाई |
टंक सुब्बा – नयाँ मान्छेउ नयाँ युगको नयाँ मान्छे अथवा यो देशको नयाँ मान्छे हाम्रै समुदायवाट जन्मेको नयाँ मान्छे जसरी परिभाषा गरेपनि उ नयाँ युगको नयाँ मान्छे हो हामी जस्तै भएर पनि यो देशको लागि नयाँ भएर आएको छ त्यसैले उसलाई नयाँ देखिरहेकाछौ हिजो उ हामीसँगै हिड्दा हाम्रो लागि नयाँ थिएन तर उसले परिवर्तन हुरीवतास वोकेर आएपछि यहाँ नयाँ मान्छे भएको हो किनभने उसको परिवर्तीत विचारले हामी सवै नयाँ पथमा हिडेकाछौ उसको नौलो प्रभावले हाम्रा दृष्टिकोणहरु नयाँ भएकाछन् त्यसैले हामी नयाँ भएकाछौ उसले केहि नयाँ सम्भावनाहरु उसले केहि नयाँ लक्ष्य र उदेश्यहरु समयको ढाकरमा वोकेर ल्याएकोछ नयाँ युगलाई डोर्या उँदै आएको छ त्यसैले उसको आगमन र्सवत्र नौलो वनेको हो यर्सथ हामी प्रत्येक दिन नयाँ योजना तय गरिरहेकाछौ नयाँ कुराको विमर्श गरिरहेकाछौ जो हामीले नयाँ देख्न खोजीरहेथ्यौँ त्यहि समय नयाँ मान्छेले ल्याएको हो अव हामी हरेक कुरा नयाँ विचारको सामार्थ्यले पुराना संरचनाहरु बदल्न चाहान्छौ तिनै संरचनाहरु वदल्नैको लागि नयाँ मान्छेको आवश्यकता थियो हो त्यहि नयाँ मान्छेले हाम्रो आवश्यकता पूर्ति गरिदिएको छ त्यसैले त उसको हातेमालोमा उनीएकाछौ किनकी हामीले नयाँ सपनाहरु देख्दै जानुछ त्यहि सुनौलो क्षण यहाँ आईपुगेको छ जस्ले नयाँ युगको ढोका खोलेर नयाँ वास्तविकता पदार्पण गरि दिएकोछ किनभने उ नयाँ युगको नयाँ मान्छे अथवा यो देशको नयाँ मान्छे हाम्रै समुदायवाट जन्मेको नयाँ मान्छे जसरी परिभाषा गरेपनि उ नयाँ युगको नयाँ मान्छे हो |
टंक सुब्बा – समयसमय अविरल आइरहन्छ विना मुहानको पानी जस्तो पर्खदैन डुवी जाने घाम जस्तो प्रकृतिले प्रदान गरेको निःशुल्क उपहार प्राप्त भइरहन्छ बाच्नको लागि प्राण जस्तो तर थाहा हुदैन हामीलाई सहज असहज बनेर पाइलाहरुमा गतिशील भएर उर्लिदिंदा बनिदिन्छ सृष्टिको नियम जस्तो विद्यमान बगिदिने नदीहरुमा जन्म र मृत्यु दुइ किनारा भएर बगे जस्तो समय बलवान हुन्छ रोकेर रोकिदैंन/छेकेर छेकिदैन त्यसैले घाम बन्छ कहिले सफलताको औंसीको रात बन्छ कहिले असफलताको फक्रिन्छ कहिले रङ्गीविरङ्गी फूल भएर बसन्तहरुमा पोलिन्छ कहिले आगोको राप बनेर छातीहरुमा धड्कन हो कि कुन्नी खुल्दुलीमा आखा जति च्यातेर हेरे पनि देखिंदैन कहीं हतारिएर जति भेट्न खोजे पनि भेटिदैन कही व्यस्त व्यस्त भइरहन्छ हरपलमा समय छाइरहन्छ सदैव दिनहरुमा, रातहरुमा र स्पर्श गरिरहन्छ अनुभूतिहरुमा विना आकृतिको भावना जस्तो । वर्तमान छचल्किरहन्छ भविष्यको पानीमा रोकिदैन भूतकाल पहिरो गए जस्तो पर्खदैन डुवी जाने घाम जस्तो |
टंक सुब्बा – सम्मोहनहरेक दिन यो सडकमा ओहोर दोहोर गर्दा थुप्रै थुप्रै र्इच्छा आकांक्षहरु फूलेको देख्छु सपनाहरु झुलेको देख्छु त्यसै वेला मैले टेक्दै गरेका सडकहरुले आकार वदल्न थाल्छन् दिशा परिवर्तन गर्न थाल्छन् तव मैले नसोचेको परिस्थिती मडारिएर आईदिन्छ अनि त्यसले वेस्सरी कुल्चिन्छ थाहा थिएन यहाँ यस्तै होला भनेर तर हिड्दै जाँदा अनगिन्ति चोटहरु सहन पुगे अनगिन्ति दुखहरु भोग्न पुगे लाग्थ्यो अव कसरी हिड्ने होला यी सडकहरुमा ? जहाँ अनेकौ वाधाहरुछन् जहाँ अनेकौ अड्चनहरुछन् तर त्यसलाई पन्छाएर हिड्नै पर्दोरहेछ यसरी अप्ठ्याराहरुसँग कतै ठोकिएर पनि कतै चोईटिएर पनि यात्राका क्रमहरु जोड्नै पर्दोरहेछ लाग्थ्यो खुशीहरु कहिल्यै उदाउँने छैनन् लाग्थ्यो आकांक्षहरु कहिल्यै छोइने छैनन् तर उज्याला दिनहरुको आगमनले सपनाहरु फूल्न थालेपछि मैले नाप्दै गरेका सडकहरुले आकार वदले पनि दिशा परिवर्तन गरे पनि मेरो उत्साह मरेन मेरो यात्रा विथोलिएन समयले अनेकौं प्राहार गरे पनि मेरो बाच्ने र्इच्छा घटेन वरु झन आशाका मुनाहरु पलाईरहे तव नयाँ दिनहरुसँग सम्झौता गरेर म हाँस्न मञ्जुर भैदिए त्यसैले त विवशतामा पनि सम्मोहित भएका छन् मेरा जिजीविषाहरु |
टंक सुब्बा – बिश्वास भित्रका बिद्यमान क्षणहरुमपार्इत्वले पराकाष्ठ नाघेपछि संवेदना भत्किएकाछन् आस्था पुरीएकाछन् त्यसैले त हामी विच परिचय हराएको हो सम्बन्धका हातहरु छुटेपछि हाम्रा आँखाहरु मात्र आँखा भएकाछन् जहाँ देखेर पनि देखिहेका छैनौ मात्र औपचारीकताको हेरार्इ छ यसरी हामी मान्छे भत्किएकाछौ त्यसैले वेखवर भएकाछौ एकार्कामा अपरिचित भएकाछौ एकआपसमा फलस्वरुप मान्छेका कुरा मान्छेमा पुग्दैन मान्छेको आवाज मान्छेले सुन्दैन एउटालाई चोट लाग्दा अर्कोलाई दुख्दैन यसरी हामी भातृत्व प्रेमवाट हराएकाछौ विलाएकाछौ टाढीएकाछौ एउटै आकास ओढेर वाँचेका हामी उस्तै मान्छेहरु वाडिएकाछौ चुडिएकाछौ छुट्टीएकाछौ जस्ले मान्छे भित्रको मानवत्व हराएको छ किनकी मान्छे बेग्लिएकाछौ परिस्थितीले बिचारले भावनाले यसर्थ स्वार्थ पूर्तिको लागि मान्छेहरुले मान्छेहरुको अस्तित्व मेटेकाछन् बिश्वास कुल्चेकाछन् आस्था च्यातेकाछन् अव मान्छे मान्छे विचको घनिष्टता वाँकी छैन मान्छेलाई मान्छेको मान्यता छैन र्इर्श्याले द्वशले द्वन्दले एकले अर्कालाई बिर्सी दिएकाछन् हो त्यसैले हाम्रो शुन्दर जीवनको आभा हराएको छ नाता टुक्रिएको छ फगत एक्लो बनेको मान्छेले मान्छेको सीमारेखा नाघेपछि भावनाका साघुहरु भत्किएका छन् आस्थाका गल्लिहरु पुरीएका छन् |
टंक सुब्बा – यो जिन्दगीको नशारुमल्लिदै प्रत्येक गोधुली साझ क्षत-विक्षत आफ्नै आशाहरुको माझ खन्याउदै विवशताको बोतलबाट समयको रित्तो प्यालाभरी-भरी झुम्दै यथार्थको वरिपरि बेमञ्जुर पिइरहेछु म यो जिन्दगीको नशा थाहा छैन यसरी पिउनु पर्ने हो कतिञ्जेल ? थाहा छैन यसरी जिउनु पर्ने हो कतिञ्जेल ? नशाबाट अलिकति तंग्रिएर होस हराएको मान्छे बौरिए जस्तै मुश्किलले खोज्न थाल्छु आफैंबाट हराएका मनहरु भावनामा अलिकति बाधिएर झुण्ड हराएको चरी झैं मुश्किलले छाम्न थाल्छु आफैंबाट बिराना भएका लक्ष्यहरु आशा थियो संयोगवस जम्काभेट होला कि भनेर तर यहा उदाएर अस्ताए कति घामहरु फक्रिएर ओइलिए कति फूलहरु तथापि भेट्न सकिएनन् हराएका ती मनहरु देख्न सकिएनन बिरानो भएका ती लक्ष्यहरु जसको असीम बेदनाले च्यातिए धुजाधुजा भएर हृदयका पानाहरु दुःखिरहे अलिकति पीडा थपिदा घाउहरु तर पनि सहेर परिस्थितिको चोट ऐलानी छातीहरुमा मुस्कुराउन खोज्छ जीवन रात आछ्याएर रङ्गीन दिनहरुमा पीडामय क्षणहरु पीउदै उभ्न खोज्छ सपना यहा वास्तवमा जीवन कहा मुस्कुराएको छ र ? सपना कहा उभिएको छ र ? त्यसैले रुमल्लिदै प्रत्येक गोधुली साझ क्षतविक्षत आफ्नै आशाहरुको माझ खन्याउदै विवशताको बोतलबाट समयको रित्तो प्यालाभरीभरी झुम्दै यथार्थको वरिपरि बेमञ्जुर पिइरहेछु म यो जिन्दगीको नशा । |
टंक सुब्बा – लालीगुरासलालीगुरास तिमी नफुले फुल्दैनन् सुनगाभा र सयपत्री फूलहरु हास्दैनन् वनपाखा र भीरपखेराहरु किनकी सेता सेता हिमालका फेदीमा छौ अग्ला अग्ला पहाडको टाकुरीमा छौ छौ, सुशोभित सुनाखरी जस्तै छौ हर्षित लालुपाते जस्तै र नाच्छौ डाफे मुनालसंग गुञ्जदा लोकलहरी त्यसैले फुलाएका छौ देशलाई मुहारभरी लालीगुरास खिलिएकी छौ तिमी हरियाली चुल्ठोभरी वैंशालु युवतीको चुल्ठोमा खिलिएको फूल झैं मुस्कुराइरहेकी हुन्छौ झरिवादल र ठिहीमा पनि वैंशको सहरमा मुस्कुराएको मान्छे जस्तै सारा क्षण लजाइरहेछ ति म्रो लालीमा देखेर फुलेका छन् सुनाखरी र सयपत्री ति म्रै आभाष पाएर त्यसैले जगमगाइ रहेछौ प्रतिष्ठा बनेर फूलहरुको प्रतिनिधित्वमा फुलेका राष्ट्रियता जगाएर कहिल्यै नअघाइने ति म्रो रङ्ग चहार्छ मुटु बनेर धड्किन्छ सारा अङ्ग लालीगुरास तिमी नफुले पालुवा मौसममा कोइली बोल्दैन तिमी नफुले नदीनाला सुसाउदैन तिमी नफुले दुःखका क्षणहरु भुलिदैन तिमी नफुले नेपालीको मन फुल्दैन तिमी नफुले खुशियालीमा देश झुम्दैन त्यसैले ओइलिएका मनहरुमा ताजा फूल भएर फुल हरेकको आखामा रोशनी भरेर फुल हरेक वर्षको चहलपहलसंगै युगौं युग फुल लालीगुरास तिमी सबैको मिठो सपना भएर फुल |
टंक सुब्बा – हर्केविवशताको कालो बादल मडारिने आकास ओढेर कहाली लाग्दो निराकार झुप्रोमा व्युझिएको हर्के जीवन छाम्न पाएर पनि आज व्यवधानको शिकार भैरहेछ एकलाशमा मुखुण्डो ओढी मान्छेको जोगाउनलाई दुइमुठ्ठी प्राण आज डुबुल्कि मार्दै आहतको पोखरीमा बिरानो भैरहेछ आफ्नै आगन खोजी गर्दा बासको सहारा नपाएर आफन्तहरुको गुल्जारमा हिडिरहेछ मलामी भएर गल्लीगल्ली आफ्नै जिउदो लाशको उसले पनि देख्यो सबैले देखेको जूनघाम सबैले रङ्गीने क्षणहरुमा ऊ पनि रङ्गीयो व्यहोर्योग लान्छनाहरु पनि सबैले व्यहोर्ने ठाउहरुमा तर मरुभूमिको यात्री जस्तै छट्पटिनु पर्दा अभावहरुमा अर्थ व्यर्थ छ हर्के हुनुको निरीह मन बाधेर आशाहरुले गर्न खोज्यो सम्झौताहरु धेरै समयसंग गर्न खोज्यो संघर्षहरु धेरै बाध्यताहरुसंग तर जन्मन सकेनन् विकल्पहरु दिगो हुन पाएनन् उपायहरु खर्चिनु पर्योप उपलब्धी विहीन पलहरु त्यसैले हुन सकेन, कुनै रङ्ग हर्के जिउनुको हर्के, आज परिस्थितिको ज्वलनमा ह्वारह्वार्ती जलिरहेछ भावनाको चितामाथि खोज्दा खोज्दै शीतल छहारी बूढो भएर एउटा रुख बज्रिएछ आफैंमाथि खुशी चुडाएर हास्न खोज्दा बल्झीएका व्यथाहरुले दुःखिदिन्छ कोमल छाती रहर कति-कति कुल्चिएर उभ्दा पनि पटक-पटक मर्दै जिएको छ, वर्वादीहरुमाथि तसर्थ हर्के जीवन छाम्न पाएर पनि आज व्यवधानको शिकार भैरहेछ एकलाशमा मुखुण्डो ओढी मान्छेको जोगाउनलाई दुइमुठ्ठी प्राण आज डुबुल्कि मार्दै आहतको पोखरीमा बिरानो भैरहेछ आफ्नै आगन खोजिगर्दा बासको सञ्जीवनी नपाउदा आफन्तहरुको बजारमा मृत्यु घोषण गरिरहेछ गल्ली-गल्ली आफ्नै जिउदो लाशको । |
टंक सुब्बा – देश र क्रसफायरिङ्गउहिले लाहोरबाट निभृत भएर फर्किएको लाहुरेले आफ्नो स्मृति कथा सुनाउँदा क्रसफायरिङ्गका कुरा गर्थे हामी केटाकेटी रोमाञ्चित भएर सुन्ने गर्थ्यौ र सोध्थ्यौ क्रसफायरिङ्ग भनेको के हो ? उसले भन्थ्यो हामी सुनी रहन्थ्यौ मलायाको जंगलमा वन्दुकको ड्याम्म…डुम्म…आवाजसंगै छेवैका साथीहरु ढल्थे र गोलीहरु आगोका झिल्का झैं माथि आकासमा देखिन्थे उसले भन्थ्यो हामी सुनी रहन्थ्यौ वोर्नियोको जंगलमा मेसीन गनको भुटुटु… भुटुट…आवाजसंगै छेवैका साथीहरु भुटिन्थे र गोलीहरु आगोका फिलुङ्गा वनेर छेउ मै आईपुग्थे मर्नु र वाच्नुको दोसाँधमा उभेर हामी बाँच्नेहरुले भाग्यवश जन्मभूमि नेपाल देख्यौं उसले क्रमश भनिरहन्थ्यो हामी निरन्तर सुनीरहन्थ्यौ मलाया र वोर्नियोको क्रसफायरिङ्गले धेरै नेपालीले नेपाल देख्न पाएनन् धेरै नेपालीले परिवार भेट्न पाएनन् त्यसवेला आफ्नो छातीमा झुण्डिएको तोक्मा छाम्दै उसले रोएको हामीले देख्यौ त्यसवेला रुनुको अर्थ हामीले वुझेनौ मात्र रमिते वनिरह्यौं उसको पीडाले हाम्रो अवोध मस्तिष्कलाई छोएन त्यसैले हाम्रो मन पनि रोएन त्यसकारण क्रसफायरिङ्ग भनेको हामीलाई थाहा भएन हामीले मात्र सोच्यौ जंगलमा खेलिने आगोको खेल हो र ठान्यौ साह्रै मज्जा हुँदो हो पुन हामीले सोच्यौ क्रसफायरिङ्ग भनेको आगोसँग सम्वन्धित कुनै जात्रा हो अहिले ती लाहुरे हाम्रो सामु छैनन् तर उसले भनेको क्रसफायरिङ्ग यो देशको छातीमा वसाँर्इ सरेकोछ वल्ल थाहा भयो दशवर्षसम्म चलेको क्रसफायरिङ्गले र त्यो पनि थाहा भयो क्रसफायरिङ्ग कति विनासकारी हुदोरहेछ भनेर आज हरेक नेपालीलाई थाहा भएकोछ क्रसफायरिङ्ग भनेको के हो ? अव हामीले कुनै निवृत लाहुरेको कथा सुन्नु पर्दैन उसको उदाहरण पेश गरी रहनु पर्दैन किनभने हामी सवै क्रसफायरिङ्गवाट बचेका लाहुरे भएकाछौ र हाम्रो देश लाहुरेको स्मृति कथा जस्तै वनेको छ अहिले हामी यो देशको निवृत लाहुरे भएकाछौ त्यसैले त हामी कतिसँग आफ्नो अङ्ग छैन आफ्नो परिवार छैन आफ्नो घरवार छैन मात्र हामीसँग युद्धको घाउ छ हाम्रो छातीमा वीरताको कुनै तोक्मा छैन तर हाम्रो हातमा अधिकार छ किनकी हामीले कुसंस्कारको विरुद्ध लडेका थियौ अन्याय अत्याचारको विरुद्ध लडेका थियौ परिवर्तनको लागि लडेका थियौ त्यसैले अहिले नयाँयुग ढोका खुलेको छ तर क्रसफायरिङ्गले वनाएको खतहरु कहिल्यै नमेटिने मेडल वनेकाछन् हामी सारा नेपालीहरुको छातीमा |
टंक सुब्बा – विभाजित छन् आकासहरुआकांक्षहरु थोपारेर आफ्नै उजाड छातीमाथि एक डंगुर बा“धिएका छौं हामी समयसंग सम्मोहनमा न्यानो आभाषले नछुट्ने गरी थुम्थुम्याउछौ दुःख सुखलाई समयको आलिभरी फोडिरहेछौ दुःखको पहाड कर्तव्यको आवादी खेतहरु बिराउन असारमासको रोपाहार झैं हस्याङ्ग फस्याङ्ग गर्दै धरतीको वक्षस्थलमा रोप्दै छौं विश्वासहरु समयको पाखाभरी खण्डित जीवनका कालखण्डहरु कुल्चदैं प्रतिवद्घताले बोकेका छौं आखाभरी भविष्यका सुन्दर प्रतिविम्वहरु आस्थाको खलेगराबाट आत्मसाथ गर्दा जीवन भोग्न बाध्य हुन्छौं व्यवधानको उत्तारचढावहरु अब यहा जीवन मुहर्तलाई जुनसुकै परिवेशबाट इतिश्री किन नगरौं संसार हो त्यो मानवताको देश हो त्यो बन्धुत्वको तर यहा विभाजित छन् आकासहरु उस्तै जिजीविषाहरु उभिएको ब्रम्हाण्डमाथि उस्तै मान्छेहरुको शीरमाथि |
टंक सुब्बा – आत्मा विश्वासको उज्यालोमाअन्धकार फैलिएको आत्माभित्र विश्वासको राको बालेर कर्तव्यलाई छाम्दा देखिन्छन् थुप्रै हराएका गोरेटाहरु बाधिन्छन् थुप्रै नबाधिएका लक्ष्यहरु तर जीवनको शाश्वत पक्षलाई अङ्गालेर प्राप्तिको लागि गन्तव्यतिर हुइकिनु पर्दा जतिसुकै रुझ्नु परे पनि साउने झरिमा जतिसुकै कठाङ्ग्रिनु परे पनि हिउदको जाडोमा साकार सपनाको पहाड छातीमा उभ्याएपछि अथवा युद्घभूमिको सिपाही भैसकेपछि बाच्नु हुदैन कहिल्यै इच्छाहरु बन्दकी राखेर बरु कठिनले विजयका क्षणहरु उभ्याएर बाच्नुपर्छ अटल हिमाल झै किनकी जीवन भनेको दीप हो उज्यालो अन्धकारमा पनि बलिरहने आकांक्षा हो बलिया जीउनको लागि प्रयासरत भैरहने यान हो जीवित एकयुगबाट अर्को युगमा अवतरण गराउने आभाष हो समयको परिवर्तित अनुभूतिमा छाइरहने तर कहिलेकही नित्य आउने दिनहरुसंग अपरिचित बन्न पुग्दा विना कम्पास हिडेको दिशाविहीन यात्री झै अन्योलको भुमरीमा फस्नु पर्दा सहासले आत्मा विश्वासको दियो लिएर उज्यालो पाउदा भेटिन्छन् अनगिन्ती नभेटिएका गोरेटोहरु बाधिन्छन् अनगिन्ती नबाधिएका लक्ष्यहरु बग्छन् अनगिन्ती नबगेका खोलाहरु देखिन्छन् अनगिन्ती सफलतामा हिड्दै गरेका मान्छेहरु । |
टंक सुब्बा – कुन उत्सवको तयारीमा ?दरिद्रताको टापुमाथि चुहिएको फगत रगत र पसिना हुस्की र ब्राण्डीसंग प्याला भरी भरी मद्होस् हुदै मध्यानी रातमा निर्मम उठाएर ओंठसम्म मदिरा सल्बलाइ रहेछन् यत्रतत्र तिनीहरु कुन उत्सवको तयरीमा ? हर्षोल्लास छैन यहा कुनै विजयको मौसम छैन यहा कुनै चाडपर्वको तर पनि मनाइरहेछन् प्रत्येक साझ रहस्यमय उत्सवहरु अनभिज्ञ छन् उत्सवमा जुटेका पाहुनाहरु अस्पष्ट छन् रमझममा उभेका आफ्न्तहरु भोज र मोजमा छरिएको रौनकताले बिर्सिएर आफैंलाई कोलाहल भित्रबाट बिष्फोटित चियर्स आवाजहरुसंगै मिस्सिदा निरवताको छाप्रोमाथि चुहिएको फगत रगत र पसिना हुस्की र ब्राण्डीसंग प्याला भरी भरी मद्होस् हुदै मध्यानी रातमा निःसंकोच उठाएर ओंठसम्म मदिरा खोजिरहेछन् झुम्न तिनीहरु कुन उत्सवको तयरीमा ? पोखिएर असमानता छ्यालव्याल घाइते भएको देश चर्मराइरहेछ प्रत्येक दुर्घटनाहरुले आर्तहरुको घाउ झैं छट्पटाइरहेछ बेदनाहरुले रोगी मान्छेको पीडामय छात्ती झैं तर अझैं सक्षम भएका छैनन् मल्हम पट्टी बाध्न उपचारार्थक देशभक्तिहरु अझै बढ्न सकेका छैनन् सिमा सिमामा रक्षार्थको लागि पुरुषार्थका कदमहरु केवल दीनताको मझेरीमाथि चुहिएको फगत रगत र पसिना हुस्की र ब्राण्डीसंग प्याला भरी भरी मद्होस् हुदै मध्यानी रातमा निःसन्देह उठाएर ओंठसम्म मदिरा सोचिरहेछन् तिनीहरु कुन उत्सवको तयरीमा ? काचुली फेरिएर आदिम समाजबाट क्रमशः हुदै गयौं प्रवेश सशस्त्र युगको भीडतिर उज्यालो पाउ”दा अलिकति विवेकको कुल्चिरहेछौं निर्मम आफ्नै वस्तीहरुलाई जहा असंख्यौं चित्कारहरु छन् मानवताका जहा असंख्यौं नाङ्गा आङ्हरु छन् स्वाभिमानका तर चिहाएनौ कहिल्यै यी परिवेशहरु बरु मूर्ति झैं नतमस्क कुल्चिएर दुनियाको उज्वल भविष्यलाई उभिरहेछौ मपाईंत्वले त्यसैले दरिद्रताको टापुमाथि चुहिएको फगत रगत र पसिना हुस्की र ब्राण्डीसंग प्याला भरी भरी मद्होस् हुदै मध्यानी रातमा निर्धक्क उठाएर ओंठसम्म मदिरा ओढ्न चाहिरहेछन् महानता तिनीहरु कुन उत्सवको तयरीमा ? |
टंक सुब्बा – वर्तमान परिस्थितीको रमीते हामीहामी रमीते मात्र भएकाछौ वर्तमान परिस्थितीको किनकी हाम्रै आँखाको सामुन्ने भयानक घट्नाहरु श्रृङखलावद्घ घटीरहेकाछन् दर्दानक दृश्यहरु चरणवद्घ देखिरहेकाछौ यिनै यथार्थ दृश्यहरु दोहोर्याउँदै /तेहर्याउँदै हामी हेर्न विवश भएकाछौ जहाँ निहत्था मान्छेहरु वेकसुर लुटिन्छन् भुटिन्छन् थिचिन्छन् किचिन्छन् यी सबै सबै क्षणहरु हामीले भाग्दै आएकाछौँ जहाँ छलपूर्ण खेलहरु खेलेर हाम्रा सुनौला सपनाहरु खोसी दिन्छन् जस्ले हाम्रो जीवन नारकीय पलहरु भोग्न विवश भएको छ मान्छेहरु मान्छे कै विरुद्धमा उभेपछि मान्छेहरु प्रकृतिको विरुद्धमा जुटेपछि अन्त्यहिन अघोषित युद्घ निम्त्याएकाछन् जहाँ युद्घ लड्नेहरु लडिरहेकाछन् जित्नेहरु जिति रहेकाछन् हार्नेहरु हारीरहेकाछन् यो विमेलको कुम्भमेलामा हारगुहार चल्दैन आपसी सहयोग र सद्भाव हुदैन मात्र मान्छेहरुले मान्छेहरु कै हुर्मत लिने गर्छन् सत्ता र शक्तिको उन्मादमा मानवताको कुरा गर्छन् हत्याहिँसाको विरोध जनाउँछन् तर विडम्वना हत्याको श्रृङखला उनीहरुले नै रचेका हुन्छन् जव मान्छेहरु हत्या हिँसाको प्रतिरोधमा उभ्छन् तव आफ्नो कालो कर्तुत लुकाउँन आश्वासनका विज्ञाप्तिहरु छापीन्छन् पर्चा पम्प्लेटहरु बाडिन्छन् औपचारिकताको लागि सहानुभूतिका शब्दहरु ओकलिन्छन् तर मौकाको फाईदा उठाउँन उनीहरु कहिल्यै पछि पर्दैनन् यसरी उनीहरुको सामु हाम्रो उपस्थिति फन्दामा फसेको निरिह सिकार भएको छ किनकी हाम्रा आवाजहरुलाई बाध्यताले वाधी दिएकाछन् त्यसैले हामी निःशब्द भएकाछौ किनकी हाम्रै आँखाको सामुन्ने यस्ता अनेकौ भयानक घट्नाहरु श्रृङखलावद्घ घटीरहेकाछन् दर्दानक दृश्यहरु चरणवद्घ पदार्पण भैरहेकाछन् यिनै यथार्थ दृश्यहरु दोहोर्याउँदै /तेहर्याउँदै हामी हेर्न विवश भएकाछौ जहाँ निहत्था मान्छेहरु वेकसुर लुटिन्छन् भुटिन्छन् थिचिन्छन् किचिन्छन् तर उनीहरु आवाजहरुलाई सुनिदिने कोही हुदैनन् त्यसैले हामी रमीते मात्र भएकाछौ वर्तमान परिस्थितीको |
टंक सुब्बा – अथाह प्रश्न चिन्हहरुअथाह रहस्यमय एउटा पिण्डलाई उर्बर देखेर हरदम अंगाली रहेछैा हामी आवास सम्झेर जसलाई आदि अनादि कालबाट आजसम्म आजबाट क्रमशः अस्तित्व रहुञ्जेलसम्म जुनबेला आवादी थिएन होला यो भू-मण्डल थिएन होला मस्तिष्क छरेर मानवता उमार्ने थिएन होला समाज आफन्तको साइनोलाई उभ्याउने भए केवल हिंस्रक पाषण युग तर आज कोल्टे फेरेर युगले चौतारी भएको छ सुख दुःख बाड्ने फूलबारी भएको छ, विचारहरु फुल्ने त्यसैले यहा मान्छे भएको छ दुनियालाइ हाक्ने तर क्षणभर मै अतीत बन्दै जाने समयले भङ्ग भएका छन् ती महत्वाकांक्षी सपनाहरु जति हिड्दै गए पनि नपुगिने गन्तव्य पार गर्दै आधुनिक युगका उकाली ओरालीहरु ओर्लिएका छन् मान्छेहरु होडबाजीका जटिल मैदानमा जहा विभाजित सपनाहरु ओढेर अहोरात्र अपनाइरहेछन् नाटकीय खेलहरु जन्माइरहेछन् टेष्ट ट्युबबाट कृत्रिम सन्ततीहरु तिनीहरुमा नरोपिन सक्छ मानव प्रवृत्तिहरु नफुल्न सक्छ प्रेमका फूलहरु त्यसैले विस्फारित मुद्रामा छ धर्ती फलामका मान्छेहरु देखेर तसर्थ अन्योलको बाक्लो तुवालोले कहालीलाग्दो भैसकेको छ यो आगन असामञ्जस्यपूर्ण छ झन् कति परिस्थितिको ज्वालन त्यसैले समयको सुरक्षति यान हाकेर सुनौलो भविष्यको काखतिर खै कुन्नी माडिने हुन् कसरी ? अनगिन्ती ती मोडहरु खै कुन्नी जितिने हुन् कसरी ? अनगिन्ती ती होडहरु तर यान्त्रिक प्राङ्गणको नेपथ्यबाट उदाइरहेछन् स्नेहका घामहरु पोतिदैंछन् जीवनका आकृतिहरु जसले विचलित हुदै उभ्याइदिएका छन् यान्त्रिक सौंचका ठेकेदारहरुले अबोध मान्छेहरुको सामु अथाह…… अथाह…… ? …….प्रश्न …….चिन्हहरु |
टंक सुब्बा – जस्तै जस्तैसोचाइहरुको समस्थलीमा उभिएर अन्दाज गर्दा उस्तै-उस्तै जीवनको गहिराइमा डुबेर वास्तविकतलाई छाम्दा त्यस्तै-त्यस्तै अब भिन्नता के भनौ समान मान्छे भएर जिउदाका क्षणहरु एउटै आकास सबैले ओढे जस्तै-जस्तै समयको चाल्नोबाट भाग्यवस छानिएर बाच्दा आशाहरु बाधिन्छन् धेरै जहा रङ्गीने सपनाको दुनिया झन् हुन्छ उस्तै-उस्तै र व्यवधानको सागरभरी मडारिने ज्वारभाटा त्यो पनि हुन्छ त्यस्तै-त्यस्तै अपवादमा यो मन मुस्कुराउदा लाग्छ मलाई सारा मुस्कुराए जस्तै-जस्तै परिस्थितिवस वर्वादिएका पलहरु अतीत बनेर भोग्नु पर्ने पीडाहरु हुन्छन् त्यस्तै-त्यस्तै आफ्नाआफ्नै स्वाद हुन सक्ला अनुभूतिहरुमा तर दोहोरिएर आउने दिनहरु हुन्छन् सधैंको जस्तै-जस्तै नदीको प्रवाहसंग चालेका पाइलाहरु यात्रामा अघिपछि भए पनि हिंड्ने गोरेटोहरु हुन्छन् उस्तै-उस्तै गाउवस्ती सहर जहा रहे पनि प्रत्येकले व्यहोर्नु पर्ने अड्चनहरु हुन्छन् त्यस्तै-त्यस्तै अन्तराल नै के छ भनौं मैले जिएको जिन्दगी तिमीले भोगे जस्तै-जस्तै । |
टंक सुब्बा – हामीहामी उस्तै आकास ओढेर एउटै ब्रह्माण्डमाथि व्यस्तव्यस्ततामा हराएका उस्तै मान्छेहरु प्राणको थमौतीमा अस्तित्वलाई कुल्चदै समयको चौतारीमा भागवण्डा गरेर सुख-दुःखलाई कार्यक्षेत्रको लामो दौरानमार् कर्तव्यशील बनेर चढ्दै गरेका हुन्छौं प्रतिवद्घतामा आस्थाका पहाडहरु जीवनको पवित्र शिविरमा ओतप्रोत भएर प्रेमको भावनाले दर्दनाक क्षेत्रहरुमा छरिरहेका हुन्छौं खुशीयालीका वर्षातहरु दायित्वको एउटै मालामा गासिएर भावनाको एउटै शुत्रमा बाधिएर हुर्काइरहेका हुन्छौ साहसले देशभक्तिका विरुवाहरु जहा महानताको शिर ठाडो उभ्याएर जीवित रहनका लागि जीवनलाई जहाबाट शुभारम्भ गरेपनि वर्तमानको शीतल छहारीमा दुःख बेचेर सुख किन्ने उस्तै मान्छेहरु साटिरहका हुन्छौं एकार्कामा भातृत्व र बाछिरहेका हुन्छौं बन्धुत्वको डोरी त्यसैले हामी उस्तै आकास ओढेर एउटै ब्रह्माण्डमा व्यस्त व्यस्ततमा हराएका उस्तै मान्छेहरु । |
टंक सुब्बा – समयको डुङ्गाजिन्दगीको महासागरमा समयको डुङ्गा चढेर हुइकिरहेछौं हामी नाघेर अनेकौं छालहरु बटुल्दै छौं हामी तलासीको अनेकौ पलहरु र धकेल्दै छौं भविष्यको सुदूर आगनतिर जहा उत्तारचढाव छ महासागरको जहा सम्भावना छ आधीवेरीको सजिलो छैन तिनीहरुको सामना डुङ्गामाथिको यात्रु भएपछि व्यवधानको उपस्थितिलाई व्यहोर्दै जानु कर्तव्यलाई कर्तव्यनिष्ठ भएर निभाउ“दै जानु भूमिका हुन्छ सबैको यहा आपतविपदमा टर्छन् कति बसन्तहरु यहा आफैभित्र पर्छन् कति ज्वारभाटाहरु यही आरोह अवरोह पार गर्नु नै त उपलब्धी रहेछन् यात्राको तर थुप्रै क्षणहरु गुजार्दा पनि देखिएका छैनन् कुनै अर्को ठाउको निशानी भेटिएका छैनन् कुनै अर्को क्षितिजको बिसौनी लाग्दो हो समयको डुङ्गामा चढ्ने प्रत्येक यात्रुहरुलाई अब त नजिकिनुपर्ने हो गन्तव्य तर यहा लम्बिरहेका छन् विना सूचना यात्राका दूरीहरु कुनै सार्थक आभासहरु छैनन् केवल अनुभूति मात्र संगालिरहेछौं टाढा पुगेको जीवन गतिलाई मात्र अंगालिरहछौं आशाको समयको डुङ्गा भोलि कहा पुग्ने हो थाहा छैन के हुने हो थाहा छैन तर पनि महासागरको किनारासम्म पुग्ने अठोट बाधेर अभिभारा बोकेका छौं-डुङ्गा चढ्नुको त्यसैले त हामी माझी मात्र भएका छौं-समय खियाउनुको |
टंक सुब्बा – पाइतालाहरुआजभोलि म सँग सम्वन्धित मेरा एकजोर पाइतालाहरु स्वतन्त्र मार्गमा गतिशील भैरहेकाछन् जुनवेला उसको स्वतन्त्रता खोसीएको थियो त्यो स्वतन्त्रता अहिले प्राप्त भएकोछ त्यसैले पाईतालाहरु आयतनको खोजिमा दौडीरहेकाछन् पहिचानको खोजिमा लम्किरहेकाछन् गाउँवाट विलाएका पाइतालाहरु शहरवाट हराएका पाइतालाहरु आज पाईतालाहरु कै कोलाहलबाट नयाँ यात्राको तय गरीरहेछन् हिजो विर्सीएका पाइतालाहरु हिजो छोडिएका पाइतालाहरु आज परीवर्तनको वाटोमा हुरीवतास भएर वेगीदैछन् जो यहि देशमा उपेक्षित थिए तीनै पाईतालाहरु आज हरेक ध्रुववाट आज हरेक दिशावाट आज हरेक स्तरवाट केन्द्रतिर क्रमश नयाँ सोच लिएर निरन्तर वढीरहेकाछन् नयाँ घामको उज्यालो वोकेर निरन्तर उदाईरहेकाछन् जुनवेला यिनै पाईतालाहरु शासकहरुको कालो नियमले निषेधित थिए वाञ्चित थिए पीडीत थिए तर तिनै शासकहरुको विरुद्धमा आन्दोलन छेडे पछि र्इतिहासले नयाँ मोड लिएकोछ त्यसैले त ती नदेखिएका पाईतालाहरु आफ्नो अस्तित्व खोज्दै आफ्नो र्इतिहास खोज्दै मुल सडकमा आईपुगेका हुन् त्यसकारण प्रत्येक पाईतालालाई पाईतालाको सरोकार वढेकोछ प्रत्येक पाईतालालाई पाईतालाको अधिकार चाहिएको छ किनकी पाईतालाहरुलाई थाहा छ पाईतालाहरुको सम्मान हुनुपर्छ भनेर पाईतालाहरुको स्थान हुनुपर्छ भनेर यसरी मसँग सम्वन्धित मेरा एकजोर पाईतालाहरु पनि आजभोलि यहि सडकमा मिसीएकाछन किनकी यो सडक सम्म आईपुग्नलाई पाईतालाहरुले वलिदान चडाएकाछन् त्यसैले अव यो सडकमा हरेक पाईतालाहरुको उपस्थिती अनिवार्य भएकोछ यर्सथ यो सडक हरेक पाईतालाहरुको लागि हो त्यसैले त पाईतालाहरु कहिल्यै नटेकिएका ठाउँहरुमा टेकिएकाछन् कहिल्यै नपुगेका ठाउँहरुमा पुगेकाछन् पाईतालाहरु हिजो सम्म सपनाको खोजीमा थिए स्वधिनताको खोजीमा थिए स्वतन्त्रताको खोजीमा थिए तर आज तिनै पाईतालाहरु सफलताको मार्गमा पुगेकाछन् अव मसँग सम्वन्धित मेरा एकजोर पाईतालाहरु मात्र नभएर सवै पाईतालाहरुले यो सडकमा हिड्ने समान अधिकार पाएकाछन् त्यसैले यो सवैको साझा सडक हो |
टंक सुब्बा – यस्सिम्मा… टोक्नेठीक मेरैसम्मुख उभेको सालको बूढो रुख जस्तै कति उभिनु ठिङ्ग स्थिर आङको खोपडीमा ! बेगवान मनहरु हुइक्याउँदै, झापड हान्ने एक झोक्का बतासले ‘झप्पु’ हानेर जब कतै भाग्छ, तब गाली गर्छु ‘तथानाम’ त्यसलाई अनि मुर्मुरिन्छु रिसले चूर भएर खै ! कता गयो त्यो पनि आ’ छैन सदाझैं ? कति ठडिनु छेउमै अग्लिएको टावरसंग दाँजिदै ? उमेर मात्र तन्किन्छ त्यो टावरको तलाभन्दा धेरै, त्यसैले लाग्छ छलूँझैं बाटो कहिले, केही ‘यस्सिम्मा… टोक्ने परिस्थितिलाई । सकिए जस्तो छ यात्रा पनि, किनभने, प्रत्येक दिन र रात काट्दै छु एउटै आयतनमा पत्थरको सालीक झैं, हिउँदको कक्रिने जाडो र वर्खाको प्रचण्ड गर्मी ताप्ने गरेको छु यथास्थानबाटै, देख्छु पर पहाडको रङ्ग मौषमले पोते अनुसार मात्रै स्पर्श गर्छु दृष्टिका हातहरुले त्यसलाई र हरदिन उकाली-ओराली गर्ने दुई पाईला सोँच्छु अब त्यहा पुग्ने छैन, किनकि, बाँधिएको छु -फन्फनी अचेल ‘यस्सिम्मा… टोक्ने वाध्यताले । आफ्नै शिरमाथि जून-घाम र ताराहरु उदाएर आउनु त्यो महत्वको विषय किन हुदैन र ? तर सिमलको रुखझैं जिङ्गृङ उभेर समय हाम्फाल्दै कुदेको हेर्नु बाहेक -फुर्सद छैन मलाई । मान्छेहरु हूलका हूल दोहोरीलत्तमा चौतर्फी हाँकिन्छन् -उद्देश्यहरु बाँधेर म भने, थिचिएको छु नउठ्ने गरी, मेरैअगाडि घरको खाँबो-दलिनले थिचिएसरी ‘यस्सिम्मा… टोक्ने दायित्वले । यो ठाउँमा उभिन बेकार सोँचौ भने थुप्रै-थुप्रै सपनाहरु पालेको छु यहिँबाट, थुप्रै-थुप्रै सपनाहरु छामेको छु यहिँबाट, तसर्थ मूर्तीको नियतिलाई कुल्चेर प्रयोजन खोज्छु चलायमान क्षणहरुसंग र अनुवाद खोज्छु जीवनका सही मार्गहरुमा अन्तराल-अन्तरालहरुमै तर यो गति, जति धकेल्न खोजे पनि ठाउँको ठाउँ सालको बूढो रुख जस्तै मक्किँदै गएको छु म, मेरो छेउको त्यही टावर जस्तै रित्तिँदै गएको छु म, ‘यस्सिम्मा… टोक्ने समयसंग ।। |
टंक सुब्बा – हातहरुहातहरु उठार्इरहेकाछौ धेरै पहिले देखि उनीहरुको विरुद्धमा किनभने हामीलाई हाम्रो हात चाहिएको थियो हाम्रो आवाज चाहिएको थियो हाम्रो स्वतन्त्रता चाहिएको थियो किनकी यी हातहरु हाम्रो भएर पनि हाम्रा भएका थिएनन् आज तिनै हातहरु उन्मक्तीका साथ उचाली रहेकाछौ त्यसरी उठीसकेका हातहरु अव कहिल्यै गल्दैनन् अव कहिल्य ढल्दैनन् अव कहिल्य झुक्दैनन् अव कहिल्य फुट्दैनन् अव कहिल्य लुक्दैनन् किनभने हातहरु पहाड वनेर उठीसकेकाछन् हातहरु गाउँ वस्ति शहरवाट उठेकाछन् हरेक तह र ताप्कावाट जुटेकाछन् देशको अङ्ग अङ्गवाट ब्युँझेकाछन् हिमाल पहाड तर्राईवाट जागेकाछन् जुनवेला हातहरु सत्ताका साङलाहरुले वाँधिएका थिए आज तिनै हातहरु उन्मुक्तीको लागि उठेकाछन् अव यी हातहरु यसरी नै उठ्नु पर्छ अव यी हातहरु यसरी नै जुट्नु पर्छ गाउँ वस्ति शहरवाट हरेक तह र ताप्कावाट देशको हरेक अङ्ग अङ्गवाट वहुल विचार भएर उठ्नु पर्छ वहुल जाति धर्म संस्कृति र भाषा भएर उठ्नु पर्छ समावेशी र संघीयताको पक्षमा जुट्नु पर्छ किनकी तिनै वहुल हातहरुको संरचनाले वनेको छ यो देश हातहरु आज अस्तित्वको युद्ध मोर्चामा छन् आफ्नो नश्लको अभियानमा छन् जहाँ कहिल्यै नदेखिएका हातहरु देखिएका छन् जहाँ कहिल्यै नसुनिएका आवाजहरु सुनिएका छन् यसरी सदियौं देखि उठेका हातहरुलाई दमनकारी हातहरुले दमनको ज्वालामा कतिलाई होमे दमनको संगीनमा कतिलाई घोचे तर हातहरु उठी नै रहे परिवर्तनशील समयले हातहरुका विरुद्ध हातहरु नै उठी दिएपछि साथहरुका विरुद्ध साथहरु नै जुटी दिएपछि ढलेकाछन् दमनकारी हातहरु गलेकाछन् दमनकारी ती हातहरु डढेकाछन् दमनकारी ती हातहरु हारेकाछन् दमनकारी ती हातहरु यसरी स्वतन्त्रता लागि र्सार्वभौमको लागि स्वभिमानको लागि अस्तित्वको लागि कहिल्यै नढल्नेगरि उठेकाछन् हातहरु हातहरु हतियार हुन् आफ्नो विरुद्धमा उभ्नेहरुको लागि हातहरु कलम हुन् साँचो र्इतिहास लेख्नेहरुको लागि त्यसैले हरेक देशमा परिवर्तनको लागि हातहरु उठेका हुन्छन् त्यसकारण यो देशमा पनि हातहरु धेरै पहिले देखि उठेका हुन् धेरै पहिले देखि जुटेका हुन् किनभने सवैलाई विश्वास थियो यसरी उठि सकेका हातहरुले देशको मुहार फेर्नेछ भनेर देशको पुन निर्माण गर्नेछ भनेर तर्सथ हाम्रा हातहरु आजभोलि हाम्रै भएकाछन् अव कसैले जोरी नखोजे हुन्छ हातहरुसँग किनभने हातहरु व्युँझि सकेकाछन् गाउँ वस्ति शहरवाट हरेक तह र ताप्कावाट देशको हरेक अङ्ग अङ्गवाट अव कसैले छेक्न नखोजे हुन्छ किनकी हातहरु स्वतन्त्र भैसकेकाछन् |
टंक सुब्बा – विदेशी प्रेमीका प्रतिप्रिय अन्ना जुन बेला म आलिङ्गनमा थिए भनेकी थियौ तिमीले लेख्नेछु कथाहरु सगरमाथाका देख्नेछु गाथाहरु वीरताका जसले मेरो देश र मप्रतिका त्रि्रो न्यानो आस्थाले प्रफुल्लित भए गौरवान्वित भए कृतज्ञ भए पाहुना भएर जुनदिन यो आगनमा रम्न थालयौ हिउ संग गम्न थाल्यौ पुर्खाको इतिहाससंग तब मौन भएर अचानक खिचिरह्यौं घर दैलो र वस्तुस्थितिलाई अब म तिम्रो मनस्थितिको युगल बनेर चिनारी गराउ कसरी जीर्ण भैसकेका स्थलहरु सुसेली हालौ कसरी टुटेफुटेका मनहरुलाई तर पनि हतारिरहेछु सोध्न तिम्रो अन्तर आत्मालाई कस्तो छ प्रिये रीतिथिति यो देशको आकृति प्रकृति यो भेषको अवाक भईन् मेरी मायालु उल्लास हराएको मोडमा केवल एकहोरो हेरिरही सुनिरही जसले म जलिरहे अप्रत्यासित प्रश्नहरुको आगोमाथि यसपाली झुण्डिनन् उनी मेरो ओठमा बाधिनन् उनी मेरो अङ्गालोमा साटिएनन् आत्माहरु उनीसंगको साक्षात्कारमा औंसीका रातहरु पोखिए बिदाइको क्षणहरुमा तसर्थ अमुक हुनुको विवशता जुनदिन पर्दाफस भयो त्यो दिन समाचार पत्रको अग्रपङ्तीमा छापेको रहेछिन् मेरो महानता र यथास्थितिलाई । |
टंक सुब्बा – मेरो कबिता तिमीलाईसोची रहेछु म यसपालीको भेटघाटमा के उपहार दिउँ तिमीलाई ? म सँग एउटा साग्लो जीन्दगी छ र छन् कोमल हृदयहरु त्यहि हृदयबाट फक्रिएका केहि सुन्दर कविताहरु छन् तिनै कविताहरुको माला गाँसेर तिम्रो आगमन पर्खिरहेछु तिमी आउँने गोरेटोमा कविताका गुच्छाहरु छरीरहेछु । र अन्धकार रातहरुमा कविताका दीपहरु जलाईरहेछु यसरी म तिम्रै लागि कविता लेखिरहेकोछु तिम्रो आगमनको खुशीयालीमा तिम्रो आगमनको सम्वोधनमा एउटा कविता वनेर लेखिँदैछु एउटा सरिता भएर फूल्दैछु किनकी तिम्रो आँखामा कविता भएर देखिनुछ यसरी जीन्दगीभर लेखिएका कविताहरु तिम्रो लागि भएनन् भने मैले कविता लेख्नुको कुनै महत्व हुदैन यसर्थ मेरा कविताहरुको लागि तिमी विम्व भएर आउँनु पर्छ तिमी प्रतीक भएर छाउँनु पर्छ तव मात्र मेरा शव्दले पूर्णता पाउँनेछन् तव मात्र मेरा कविताले जीवन पाउँनेछन् तव मात्र नयाँ संसारको सिर्जना हुनेछ यदि मेरो कवितामा तिमी प्रतिविम्व भएनौ भने त्यो कविता अनर्थको हुनेछ त्यसैले म भन्छु तिमी कवितामा स्वतन्त्र विचार भएर आउँनु पर्छ सुनौलो जिवन भएर वाँच्नु पर्छ उज्यालो घाम भएर उदाउँनु पर्छ तव मात्र मैले कविता लेख्नुको उदेश्य पुरा हुनेछ त्यसकारण सोची रहेछु म यसपालीको भेटघाटमा के उपहार दिउँ तिमीलाई ? म सँग एउटा साग्लो जीन्दगी छ र छन् कोमल हृदयहरु त्यहि हृदयबाट फक्रिएका केहि सुन्दर कविताहरु छन् तिनै कविताहरुको माला गाँसेर तिम्रो आगमन पर्खिरहेछु तिमी आउँने गोरेटोमा कविताका गुच्छाहरु छरीरहेछु । र अन्धकार रातहरुमा कविताका दीपहरु जलाईरहेछु यसरी म तिम्रै लागि कविता लेखिरहेकोछु |
टंक सुब्बा – म मदन र मेरी मुनाउता नेपालबाट म मदन र मेरी मुना सपनाहरू खोज्दै अर्को भोट हङकङ टेकेको पनि बर्षौ वितिसकेछ तर म मदन र मेरी मुनाका सपनाहरू सपना बनेर अझै आएका छैनन् घाम भएर अझै उदाएका छैनन्, हङकङमा हामीले परीपरीका सपनाहरू देख्यौ तर मात्रै देख्यौ थरीथरीका सपनाहरू भेट्यौ तर मात्रै भेट्यौ किनकी यहाँ त ती सपनाहरू देख्ने र भेट्ने संयोग मात्र मिलेको छ तर पनि त्यसको मोहले छुन खोज्दा यहाँको अग्लो महलहरू भन्दा माथि अग्लिएकाछन् सपनाहरू चुम्न खोज्दा यहाँको भूमिगत रेल भन्दा तिव्र गतिमा हुईकिएकाछन् सपनाहरू भेट्न खोज्दा यहाँको दुईतले गाडीभन्दा हतार-हतार गुडेकाछन् सपनाहरू त्यसैले म मदन र मेरी मुना सपनाहरूको रमिते मात्र भएकाछौँ तै पनि हाम्रा मनहरू त्यसै त्यसै लोभिएकाछन् सपनाहरूलाई देखेर यसकारण सपना खोज्नेहरूको भीडमा धकेलेर हङकङ शहरमा बर्षौदेखि हराई रहेकाछौँ उत्ता गाउँलेहरू सोच्दै होलान् मदनले सपनाको महल ठड्याई सक्यो उत्ता शहरका आफन्तहरू भन्दै होलान् मुनाले सपनाको भकारी भराई सकि तर यता हङकङ शहरमा म मदन र मेरी मुना जीउँनुको बाध्यताले जीवन यन्त्रवत बनाई रहेकाछौँ किनकी दिनभरीको जोखीम र हैरान मोलेर हरेक साँझ लखतरान निदाएका हुन्छौँ र हरेक विहान अल्लामको घण्टिले शिथिल जीउलाई उठाईरहेका हुन्छौँ यो यन्त्रवत जीवनको भोगाईहरूमा खोई कहाँ छ र ? बिहानीको त्यो मीठो निंद्रा खोई कहाँ छ र ? मखमलको त्यो नरम ओछ्यान खोई कहाँ छन् र ? ती आफन्त जनहरू यहाँ त सपनाले सवै सुखशान्ति र चयनहरू निर्मम लुटि दिएको छ निर्मम खोसी दिएको छ, हङकङका चाईनिज सिफुहरू सपना दौडेको देख्छन् घोडारेसमा र घोडासँगै दौडाउँछन् महिनाभरी कमाएको सपना पनि तिनै सिफुहरू सपना नै छापीएको देख्छन् मार्क सिक्समा पनि र स्वास्नीको सपनाले किनी दिन्छन् मार्क सिक्स तर, जब घोडा दौड सकिन्छ र मार्क सिक्स खोलीन्छ तब उनीहरूको हातबाट सपना टाढी सकेको हुन्छ तत्क्षण पाश्चातापले पोलिँदै रीसले मुर्मुरीदै र्फकन्छन् खाली हात आफ्नै घरतिर यसरी सपनाले म मदन र मेरी मुनालाई मात्र नभएर चाईनिज सिफुहरूलाई पनि छक्याउँनसम्म छक्याएको छ तै पनि हामीले सपनालाई खोज्न छोडेनौँ खोजीरहेकाछौँ यता हङकङ पसेदेखि त्यसकै पछिपछि दौडिरहेकाछौँ थाहा छैन सपना कहिले भेटिने हुन् ? थाहा छैन सपना सपना भएर कहिले आउँने हुन् ? तर पनि खोज्ने क्रम निरन्तर जारीछ यसरी हङकङमा म मदन र मेरी मुनालाई वर्षौ देखि सपनाले अल्मल्याएकाछ । |
टंक सुब्बा – एउटा युगएउटा युग लेख्नलाई श्रमजीवी हातहरुले देशको छाती-छातीमा हलो र कोदालोले बारीको कान्ला-कान्लामा खेतहरुको गरा गरामा गाउघरको दलान दलानमा निधारबाट परिश्रम बगाएर जो बिहानीको घामसंग उदाउछ त्यही मान्छे । केवल एउटा युग बनेको हुन्छ । हरियाली बसन्तको आचलसंग फूलवारीका फूलहरुसंग खेतवारीको बालीनालीसंग जिएको हुन्छ एउटा युग नपत्याए आफ्नो परिश्रममा रमाउने कृषकहरुलाई सोध नपत्याए आफ्नो पाखुरी बजार्ने श्रमजीवीहरुलाई सोध पसिनामा मान्छे भिजेको छैन भने अन्नमा मान्छे धन्य भएको छैन भने अथवा युगमा मान्छे उभिएको छैन भने किनकी सपना हो युग हिमाल उभेको हुन्छ र उभेका हुन्छन् आकांक्षाहरु अनि अठोट धरतीमा सिचाइ हुदा फुल्छन् सिर्जनाका फूलहरु त्यसैले टागिन्छन् अनन्तसम्म सन्ततीका पुलहरु जसबाट सजिलै हिड्ने गर्छ युग र समयका नदीहरु तर्दै आइपुग्ने गर्छ हामीसम्म तसर्थ एउटा युग लेख्नलाई चाले हुन्छ जोसिलो कदमहरु बोके हुन्छ भरिला उद्देश्यहरु जहा रङ्गीएर आफ्नै श्रममा मान्छे एउटा युग बनेको हुन्छ । |
टंक सुब्बा – शब्दकोष र शब्दहरुशब्दहरु शब्दकोषको पर्खाल नाघेर बाहिरीएकाछन् जुन शब्दहरु युगौ देखि शब्दकोषमा कैदी थिए तीनै शब्दहरु आज स्वतन्त्र भएकाछन् त्यसैले यी शब्दहरु यत्रतत्र,सर्वत्र वोल्न थालीएको छ लेख्न थालीएकोछ सुन्न थालीएकोछ भेट्न थालीएकोछ र त्यसका अर्थहरु खोज्न थालीएकोछ शब्दमा मात्र सिमीत रहेका शब्दहरु यसरी ब्युझेर उठेकाछन् यसरी जुर्मुराएर हिडेकाछन् र सशक्त आवाजहरुमा परिवर्तीत भएकाछन् आजभोलि तिनै शब्दहरु जताततै घन्किन थालेकाछन् तिनै शब्दहरुको संयुक्त आवाजले शासक थर्काएकोछ सरकार डराएकोछ किनकी शब्दहरु शब्दकोषबाट विद्रोह गरेर उन्मुक्त भएका हुन् सुनामी छाल बनेर शक्तिसाली वनेका हुन् खिया परेका शब्दहरुको अर्थ नलाग्ने भएकोछ र त्यो अपरिभाषीत भएकोछ शब्दकोषमा उपेक्षित शब्दहरु शब्दकोषमा अपहेलित शब्दहरु आफ्नो आत्मासम्मान लागि र पहिचान लागि नयाँ युगसँग नयाँ अर्थमा नयाँ समयसँग नयाँ परिभाषामा आदिम शब्दकोषको चौघेरा नाघेर अस्तित्वमा आएका हुन् त्यसैले शब्दहरु अव साच्चैका शब्द भएर आएकाछन् नयाँ परिस्थितीमा पनि शब्दहरुले प्राचीन शब्दकोषलाई पुकारी रहे शब्दहरु शब्दबाट मूल्यहीन हुनेछन् शब्दहरु शब्दवाट अर्थहीन बन्नेछन् किनकी नयाँ शब्दहरु वहुल अर्थमा जन्मिएकाछन् त्यस कारण नयाँ शब्दहरु पुरानो शब्दकोषमा अटाउँदैनन् नयाँ शब्दहरुलाई नयाँ परिवेश चाहिएको छ नयाँ शब्दकोष चाहिएको छ यर्सथ नयाँ शब्दहरुले पुरानो शब्दकोषको संरचना भत्काएर नयाँ शब्दकोषको निर्माण जुटेकाछन् किनभने पुरानो शब्दकोषमा नयाँ शब्दहरुको अर्थ र परिभाषा हुदैन |
टंक सुब्बा – कम्प्यूटर साथीब्रह्माण्डलाई अवलोकन गर्न यो जमानामा चराहरु झै प्वाख फिजाएर उडिरहनु पर्दैन शून्यकाशमा क्षण-क्षणको परिदृश्य बटुल्नलाई पाउकष्ट गरिरहनु पर्दैन सडक-सडकमा एउटा साघुरो कोठामा भलाकुसारी गरे हुन्छ कम्प्यूटर साथीसंग जसले अमनचयन देखाउछ छिनभरमा मनुष्यको पदार्पण गराउछ श्रव्यदृश्य कोसौं टाढाको र ताजा सन्देश फैलाउछ द्वीप महाद्वीपका सागर महासागरको देश महादेशको ऐना भएर उभिदिन्छ कम्प्यूटर साथी सारा ठाउको कौतुहल मेटाउछ मानवको भू-अखण्डता हेर्नलाई स्पर्श गरे हुन्छ कम्प्यूटर साथीलाई जसले हृदयका पानाहरु पल्टाएर देखाउन थाल्दछ युद्घमा होमिएका मान्छेहरु अभावले जीर्ण भएका देशहरु प्रकृति प्रकोपले जीण भएका वस्तीहरु कही हर्षोल्लासले उडाइएका बेलुनहरु यसरी छामेर संसारलाई उभ्याइ दिंदोरहेछ आखा अगाडि अनेकौं रङ्गहरु जसले विह्वल हुन्छु र बेस्सरी चिच्याउछु वेदनाले हडबडाएर अंगाल्छु कम्प्यूटरलाई अनि सल्बलाउछु अध्यारो कोठाभित्र पाउछु आफैंभित्र दुःखेको संसारलाई यहा सारा कुरा देख्न र जान्नलाई काफी छ मेरो साघुरो कोठा काफी छ मेरो कम्प्यूटर साथी अब कुनै लोकको प्रतिविम्व हेर्नलाई हुइकिरहनु पर्दैन आकासमा रकेट चढेर सूचना पाउनलाई हिंडिरहनु पर्दैन सडकमा पाउकष्ट गरेर हाजिर छ सधैं कम्प्यूटर यदि खेलाडी बन्न चाहानु हुन्छ भने कुनै खेलको आवश्यक छैन उत्रनु खेल मैदानमा खेलाए हुन्छ मस्तिष्क उफारे हुन्छ विवेक बन्न सक्नु हुन्छ सयौं खेलको नायक यसरी कम्प्यूटरको छातीमा सारा कुरा भरिन्छ र कोरिन्छ भने सत्यतालाई दखिन्छ र सुनिन्छ भने म यो साघुरो परिवेशबाट पठाइरहेछु सन्देश शान्तिको जहा जहा अशान्त हुन्छ त्यहा त्यहा पुर्या्ई देऊ हृदयमा प्रेमका गीतहरु गुञ्जाइदेऊ पाषण छातीहरुमा कोमल आत्मालाई फुलाई देऊ परम साथी हुनुको अर्थ बुझिदेऊ मानिदेऊ किनकी म सधैं हाजिर छु तिम्रैं सामु |
टंक सुब्बा – भावप्रष्ट बोलीहरुगौण इशारा शब्दका केही अंशहरु विचारलाई अभिव्यक्तिमा प्रस्तुत गर्दा कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु नबुझिने नजानिने झट्टसुन्दा तर भावप्रष्ट छन् बोलीहरु इश्वरले दिएको बरदान पाएपछि जीवन नस्वीकारी कहा भो र ? प्रकृतिको कुरुप नियति सहज असहज नब्यहोरी कहा भो र ? मान्छे हुनुको अर्थलाई अंगालेपछि भावीको लेखान्त भन्न कहा पाइयो र ? एउटा सग्लो शरीरबाट वञ्चित भएपछि गौण इशारामा शब्दका केही अंशहरु अन्तरआत्मालाई अभिव्यक्तिमा व्यक्त गर्दा कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु नबुझिने नजानिने झट्टसुन्दा तर भावप्रष्ट छन् बोलीहरु । दृश्यको अनौठो साहारा अस्पष्ट भाषाका दिल पुकारा प्रत्येकको छातीमा झ्याङ्गीने मायाको लहरा जसले गहिराइ बोकेको हुन्छ सग्लो मान्छेको जस्तै स्वाभिमान बोकेको हुन्छ उच्च हिमाल जस्तै सत्यता डोर्याएको हुन्छ भगवान जस्तै बुझ्न नसकिएला क्षणभर मै पढ्दा अमुक मान्छेको मुहार तर बेदना हुन्छ उस्तै चाहना हुन्छ त्यस्तै काटे रगत हुन्छ रातै त्यसैले उपेक्षामा अपेक्षा बोकेर गौण इशारा शब्दका केही अंशहरु भावनालाई अभिव्यक्तिमा प्रस्तुत गर्दा कठोरले आ उ, ता तु गरेर पोखिन्छन् शब्दहरु नबुझिने नजानिने झट्टसुन्दा तर भावप्रष्ट छन् बोलीहरु |
टंक सुब्बा – गणतान्त्रिक धुनआजभोलि गणतान्त्रिक धुन निरन्तर वजिरहेछ हामी त्यहि धुन सुनेर खुशीयालीको मनाईरहेछौ यी धुनहरुसंगै अरु धुनहरु पनि वज्न थालेकाछन् र तालहरु पनि फेरिन थालेकाछन् त्यसैले धुनहरुमा अनेकता पाईन थालेकाछन् धुनहरुमा विभिन्नता देखिन थालेकाछन् यसरी हामीहरु आआफ्नै धुनमा खुशीयाली मनाईरहेछौ कोही भन्छन् राजाको अवशान पछि संघीय गणतन्त्रको धुन बजेको हो कोही भन्छन् दशवर्षे जनयुद्घले कोही भन्छन् बाह्रवर्षे प्रजातान्त्रिक अभ्यासले कोही भन्छन् आम नेपालीको चाहानाले जेसुकै भएपनि गणतन्त्रको धुन आजभोलि निरन्तर वजिरहेछ माथि देखि तलसम्मकाले यो धुन बजाईरहेकाछौ अथवा त्यसको उपभोग गरिरहेछौ त्यसैले त अनेकौ धुनहरु सुनिरहेकाछौ अव कुन धुनलाई कसरी सुन्ने होला ? किनकी कसैका धुनहरु मिल्दैनन् थरिथरिकाछन् कसैका तालहरु मिल्दैनन् परिपरिकाछन् यहाँ मात्र आआफ्नै धुनहरु बजिरहेकाछन् सवैको एउटै धुन बन्न सकेको छैन सवैको एउटै ताल हुन सकेको छैन तर यो गणतन्त्रको धुनमा नाच्नेहरु आआफ्नै तालमा नाचेकाछन् कोही हर्षे नाचेकाछन् कोही विस्मतले नाचेकाछन् धुनहरु बज्न थालेपछि सवैलाई आआफ्नै तालले नाच्न मन लाग्छ यो गणतान्त्रिक धुन हो त्यसकारण धुनको समान अधिकार छ सायद त्यसैले होला मान्छेहरु कोहि राष्ट्रिय धुनमा छन् कोहि अन्तर्राष्ट्रिय धुनमा छन् कोहि संघीय धुनमा छन् कोहि क्षेत्रीय धुनमा छन् कोहि जातीय धुनमा छन् कोही छुट्टै राज्यको धुनमा छन् जे होस् गणतान्त्रिक धुनलाई सवैले सुनेर उपयोग गरिरहेछन् भोलि यो धुन कसरी वज्दै जाने हो थाहा छैन तर धुनले हरेक दिन उचाई लिदैछ स्थायित्व कायम गर्दैछ त्यसैले त धुनहरुसंग समूह देख्न थालिएका छन् मण्डली भेट्न थालिएका छन् तर यहाँ अझै पनि मान्छेहरु कति शास्त्रिय धुनमाछन् कति आधुनिक धुनमाछन् कति उत्तरआधुनिक धुनमाछन् यसर्थ सवै नेपालीहरु आआफ्नै धुनमा छन् सवै नेपालीहरु आआफ्नै तालमा छन् कसैले कसैका धुन सुनेका छैनन् कसैले कसैका ताल बुझेका छैनन् मात्र गणतान्त्रिक धुन बजिरहेछ सत्ताकालाई सत्ताको धुन बजिरहेछ पदकालाई पदको धुन बजिरहेछ तर जनताहरुलाई भने महङ्गी ,गरिवीको धुन बजिरहेछ चोरी,डकैती,हत्या,अपहरणको धुन बजिरहेछ यथार्थमा असुरक्षाको धुन बजिरहेछ एउटै देशका भिन्नभिन्नै धुनहरु एउटै देशका वेग्लावेग्लै तालहरु गणतान्त्रिक धुनसँग मिसीएर निरन्तर वजिरहेकाछन् कतै चर्को कतै मधुरो बजेकाछन् कतै मधुरो कतै चर्को सुनिएकाछन् तर धुनहरु सवैतिर बजिरहेकैछन् वास्तवमा सत्ताका धुनहरु तल धेरै सुनिएकाछन् जनताका धुनहरु माथि थोरै मात्र सुनिएका छन् यहाँ गणतान्त्रिक धुन यसरी नै गुन्जिरहेछ हामी सवैले सुनिरहेकाछौ गणतान्त्रिक धुन मज्जैले सुनिरहेकाछौ त्यहि धुन सुनेर खुशीयालीको मनाईरहेकाछौ तर यो धुन अव कहिले सम्म बज्ने हो थाहा छैन तै पनि हरेकले धुनको आशा गरेकाछन् तै पनि हरेकले धुनको भरोसा गरेकाछन् किनकी यो धुन युगौंपछि गुन्जेको मौलिक धुन हो त्यसैले धुनसँग हरेकको जिवन गुन्जिनु पर्छ त्यसैले धुनसँग हरेकको विचार समेटिनु पर्छ किनभने यहि धुनको लागि धेरैले रगत वगाएकाछन् धेरैले पसीना पोखाएकाछन् धेरैले सिंदूर पुछेकाछन् धेरैले आफन्त गुमाएकाछन् तसर्थ गणतान्त्रिक धुन मात्र धुन वन्नु हुदैन देशको धुन वन्नु पर्छ विकासको धुन वन्नु पर्छ शहिदको सपनाको धुन वन्नु पर्छ समग्रमा नेपाली जनतालाई सम्वोधन गर्ने धुन वन्नु पर्छ |
टंक सुब्बा – सहरको निद्रामा ब्युझेको मकोलाहलै कोलाहल पिएर व्यथा बल्झाउछ पहरेदारहरुसंग रातमा जाग्रम बस्छ रङ्गीचङ्गी बेलुन भएर आकासभरी रौनकतामा उड्छ दिन र रात दुइपाउ भएर उभ्छ तर यो सहर आज गाढा निद्रामा परे झैं छाएको छ सन्नाटामा हराएको छ चहलपहलबाट गलेको छ सहरवासीहरुको दुःखमा । निर्जन छ यो सहरको परिवेश देखिन्नन् कुनै पदचिन्हहरु ठिहीले रात जम्दा अन्धकार हासे जस्तो श्मशान जागे जस्तो उज्यालो भागे जस्तो क्षणहरुमा निदाएका छन् तमाम सहरवासीहरु तर म एक्लै ब्युझे होला कसरी ? अध्यारोको साम्राज्यलाई चिरे होला कसरी ? रात विथोल्ने कुनै आवाजहरु छैनन् कुम्भकर्णका निद्राले छोपिरहेछ सहरलाई भाले डाक भैसक्यो हटेको छैन अझै कालो चुक पोखिएको रात औंसी परेछ कि कुन्नी जून पनि लुकेको छ । उज्यालो बाचेको बेला थिएन कुनै वेदना थियो त केवल हजारौंको प्रेम तर आज कथा जस्तै भएको छ सहर अझैं ब्यूझेको छैन चल्मलाएको छैन आखा खोल्नै बिर्सने हो कि भनेर झक्झकाउदै छु बारम्बार सहरलाई संजीवनी भर्दैछु बिहानीसंग ताजा भएर उठ्न सकोस् भनेर तर अझै यो सहर गाढा निद्रामा परेको छ ठिही परेको रातमा कठाङ्ग्रिएको छ । |
टंक सुब्बा – आजको अस्वअ अथवा अस्तित्व स्व अथवा स्वभिमान हरेक देश र जनतासंग गासीएको टासिएको अलङ्कार हुन् यी दुइ अक्षरहरु त्यो हरेक देश र जनताको लागि प्रीय हुन्छ अ र स्व अथवा अस्व कुनै देश र जनताले गुमाउन चाहदैनन् जव अस्व गुम्छ तव त्यो देश देश रहदैन र जनता जनता हुदैनन् अथवा देश र जनता भए पनि कठपुतली वन्नु पर्छ कसैको त्यसैले त अस्वको लागि हरेक युगमा हरेक देशमा हरेक मान्छेमा युद्घ वाचीरहन्छ कस्लाई सह्य होला र ? स्वभिमान खोसीएको कस्लाई मञ्जुर होला र? अस्तित्व लुटिएको त्यसैले अस्व गुमाउनु भन्दा देश युद्घघोष गर्न तयार हुन्छ र जनता देशको लागि वलि चढ्न तयार हुन्छन् तसर्थ हरेक देश र जनतालाई अति प्रीयकर हुन्छ अस्व तर विडम्वना त्यहि अलङ्कारहरु युगौ देखि कुल्चेकाछन् लुटेकाछन् त्यसको विरुद्घमा आवाजहरु उठाए पनि ब्यर्थ भएकाछन् ती आवाजहरु किनभने लुटिनेहरु लुटिएकैछन् कुल्चिएकाहरु कुल्चिएकै छन् यहाँ त कसैको स्वभिमानलाई कुल्चिएर उभ्नु पनि स्वभिमानै ठान्छन् मान्छेहरु र अस्तित्वलाई अपहरण गर्नुलाई पनि मानवता नै सोच्छन् मान्छेहरु यो कस्तो मत्स्यन्याय हो ? जव कि देश र जनतामा स्वार्थ पूर्तिको लागि स्वभिमानको हवला दिएर अरुको स्वभिमानलाई आफैले हडप्नु ? र मानवताको वकालत गरेर निर्दोष र निरीहहरु माथी हमला गर्नु चरीत्र वनेकोछ आजका हिट्लरहरुको अरुको सामु अस्वको वखान गरेर भित्र हिंसा र हत्याको योजना वुन्छन् त्यसैले वर्तमान भयानक संकटहरु ब्यहोर्दै गुज्रिरहेछ |
टंक सुब्बा – दिनघाम बोकेर जन्मने दिन पारिलो र न्यानो हुन्छ उज्यालो र हर्षक हुन्छ जसले जमेको तुषारो हटेर बग्छन् उत्साहको नदीहरु छुन पुग्छन् व्योमलाई छातीबाट हाम्फालेका मनहरु अनि साइनु गासेर दिन सपना भएर फुल्छ मानिससंग पीडाका कैयौं क्षणहरु भुलाएर जतिसुकै घातक बनेर आए पनि दिन पारिलो र न्यानो हुन्छ उज्यालो र हर्षक हुन्छ तथाकथित बहकाइका पलहरु उकाली ओरालीहरुमा समेटिंदा जल्न पुग्छन् आशाहरु अध्यारोमा डुब्न पुग्छन् पाइलाहरु तसर्थ सन्त्रास फैलन्छ भावनाकासभरि दिनहरु फेरि आफन्त नबन्लान् कि भनेर तर नित्य झैं उदाउदा प्रफुल्लित हुन्छु र हतारले धकेल्न थाल्छु जीवनरथ स्वीटर बुनेझैं बुन्न थाल्छु आकांक्षाहरु अनि सुम्सुम्याउन थाल्छु फराकिला पथहरु बढ्दै आउने अधेरीले कुल्चन्छ कि भनेर बाधाहरु पन्छाउदैं हुइकिन थाल्छु बतास झैं दिनसंग सहयात्री बन्न सकिन्छ कि भनेर तर सधैं बिरानो बनिरह्यो आफैसंग हातेमालो बनेका दिनहरु सधैं उदाएर अस्ताइरह्यो पाहुना बनेर पर्खाइमा , सेताम्मै केशराशी फुलाएर सारा जीवन भुलाएर उभ्याउन खोजें दिन बचाउन खोजे दिन कहिल्यै उभेनन् सामुन्ने बगिरहे नदी झैं पग्लिरहे हिउ झैं थामिएनन् कहिल्यै दिनमा सारा कुरा हुन्छ थाहा छ सबलाई त्यसैले घाम बोकेर जन्मने दिन पारिलो र न्यानो हुन्छ उज्यालो र हर्षक हुन्छ । |