Vasu Shashi's unlike collections of Nepali poems are the personification of Nepali writings-believe sensitive deepness, wealth of cultural legacy. His renowned collection of Nepali poems stands as a account to the talent of meter and the deepness of understanding into human behaviorism. From works like "Pani Galdain," what touches the extremely core of maternal adore, to "Desh ie Desh Khoi," what echoes with democracies and openness, Shashi captivates his readers with his suggestive imagery and sincere emotions. Poem after poem in his collection is a opening to the wealthy tapestry that is Nepali tradition and community-a poignant thought of adore, freedom, and all that is intrinsically attractive approximately humanity. His meter stamps the autograph of Vasu Shashi in indelible ink over the scholarly firmament, bringing everlasting sugariness to the ears that listen his poetry.
Vasu Shashi-the label reverberates in the
annals of Nepalese writings as an immortal shape, recalled for his
priceless contribution to the landscape of writings. Vasu Shashi was born in
the core of Kathmandu upon the 13th of Chait, 1993, and grew upward to be a beacon
of creativity and intellect, leaving an indelible sign upon the canvas of Nepali
barbarism writings.
Early Life
and Education:
Vasu Shashi was born to Bhumimananda Vaidya
and Hitkumari, brought upward in an economically poor surroundings. His household originally
belonged to the medical occupation and became economically lacking owing to the
soon demise of his dad. Coming from such an economically backward class
household, Vasu was resolute enough to be learned. therefore, he began his
schooling. He connected the College of Education at the age of 21 years for his
research in VED.
Literary trip and Love:
Literature was an flee during his
formative years, and Vasu Shashi found passion in it. His senior brother,
Govindadev Vaidya, as well a author, motivated Vasu to begin his journey in
writings. He edited some reputed scholarly publications such as Goretto,
Lokdut, and Nav Nirman Quarterly, displaying his acute insight twain as an editor
and a author.
It was then, whereas smitten with his
writings job, that Vasu Shashi found love in the bewitching assemblage of his
friend and confidante Zhulum Shrestha. The fight of existence, what drew them
closer to each other, built the gentle shoots of adore grow, smoldering Vasu's
creativity. Their bond grew more than being friends into streams of never-ending
poems committed to their adore.
Career and Social Activism:
Vasu Shashi's adore for writings coexisted
with the soul of communal maintenance. He believed in the transforming part of
schooling and place upon the mantle of a educator, dispensing acquaintance to youthful
minds. Though financially compensating solely in tiny quantity, Vasu did not cringe
in his commitment to schooling; that gained him admire and respect.
Vasu Shashi's ascend to talent standing in the
earth of academia began to lure focus in twain fields. He connected
Farping Boarding institute, location his instruction met with students in
forming character and intellect. His natural flair for inspiring others gained
him the respect of his peers and students akin.
Apart from academics, Vasu Shashi was
deeply complex with communal job: he unlocked a library in the Pashupati region and
contributed much to community. The philanthropic works at his behest were
account to his commitment for the betterment of community coupled with
intellectual growth.
Literary Legacy and Contributions:
The works of Vasu Shashi portray a tapestry
in what the versatility and scope from the genres to themes of the multilingual
poet, playwright-novelist, and interpreter be in possession of traveled over human emotions
and experiences. These volumes are delegate of his writerly versatility
and deepness, more than two dozen publications jogging between Nepali and Newari
languages.
His significant works contain the play
"Basuririm Naataya Dhunaru," reflecting the gentle and torrid shades
of communal alteration; his novel "Phool Oilae Phra" evolves a mind, with
bright thrown upon those invisible aspects of Nepali community. Vasu Shashi's adore for
humanity, meter, and his belief in government somehow juxtaposes with the
extension of his commitment to communal fairness and fairness.
Apart from writings, the contribution of Vasu
Shashi lengthened to interpretation, radio plays, telefilms, and screenplay writing,
making him a adaptable celebrity in the Nepali cultural stadium. His works
enriched Nepali writings and inspired generations of writers and poets in
occasions to come.
Legacy and Remembrance:
The abrupt demise of Vasu Shashi possesses built
him fall into the category of a bygone period; however, his legacy possesses continued
via the Vasu Shashi monument Council. Formed in his recollection, that board is
committed to the upkeep of his scholarly legacy and to the actor of Nepali
writings. It stands as account to the lasting impact and significance of
Vasu.
The publication of "Vasu Shashi Smriti
Granth" and other initiatives such as the Vasu Shashi monument Award
continue to inspire future generations to support his ethos of creativity,
compassion, and communal duty. The path main to his home is
called after him-a fitting homage to his abiding legacy in Nepali writings
and community.
In core, Vasu Shashi's existence and works
stand as a tangible will to the transformative ability of writings and the
legacies that outlive single lengthy after he possesses given his existence to its chase. His
words keep reverberating, over period and space, reminding us of the deepness with
what skill could feel our earth and fair how the innovative human soul can be
enduring.
रूख आफ्नो छायालाईरूख आफ्नो छायालाई नजीकै बिछाएर उभिरहन्छ ! त्यो उसको अनुकृति हो त्यसलाई ऊ हेरिरहन्छ ! आफ्नो भन्नु पनि त्यही हो उसको ऊ त्यसलाई घामपानीकन खपेर पनि बनाइराख्छ ! ऊ हेर्छ कहिलेकाहीँ यसो हल्लिएर कि त्यो जीवित छ कि छैन ! अनि आफूसंगसंगै चल्बलाएको देखेर मन मायाले ऊ आफ्ना पातहरू ओढाएर त्यसलाई बचाउन खोज्छ ! कतै ढल्नै परे पनि ऊ त्यसैलाई गएर ढाक्न पुग्छ ! अनि त ऊ भुत्रै भएर गए पनि त्यो पनि उसैको सामु भरिरहन्छ ! |
आकाशको यत्रो उचाइका लागिआकाशको यत्रो उचाइका लागि मेरो होचाइ जिम्मेदार छ जो भुमरीभित्र पर्दा पानीमा पग्लिएर जान्छ मानो क्यै’ नक्यै’ यस्तो छ जो केवल आगैआगो हो । किन्तु त्यो हिउँ हिउँ भए पनि म होचो जरूर छु अवश्य पनि हुनु एउटा कमी हो । ऐना त हो, खस्यो टेबुलचाट र चकनाचूर यस हृदयमा भयो- जसका सबै टुक्राहरूलाई एउटा बाढले बगाएर लग्यो । हुन सक्छ रूपलाई त्यसले सहन नसकेको हो अथवा हावा चलेको मात्रै किन्तु त्यहाँ पनि त्यो कमी थियो र यस चाँदनीको व्यर्थता मैबाट पैदा भएको हो- जरूर समय एउटा क्रिया हो किया, जो एउटा कमी हो । |
यस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमायस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमा र एउटा यस्तो क्षण उत्पन्न भयो जब तिमी तिमी रहिनौ, म म रहिनँ ती म र तिमीको एउटा हामी बन्यो हामी अर्थात् एउटा आजु जिन्दगीको तेलकासामा हामी अर्थात् एउटा बिहान पर्वत र आकाशका बीचमा साउनले एक वर्षा पानीजस्तै मैले अलिकति आफू तिमीलाई दिएँ तिमी एउटा नदी बनेर देखापर्यौ एउटा रातो नदी र तिम्रो सिउँदमा र मेरो नसामा बग्यौ मैले विस्तारै गीतहरू बन्द गरेँ र तिमीलाई सुनेँ तिमी मेरो छातीमा बज्यौ मैले तिमीलाई हेरेँ र सपनाहरू देख्न छाडिदिएँ ताराहरूकी चाँदनी मैले ताराहरूलाई नै फर्काइदिएँ फूलहरूलाई मैले तिम्रो गाला हैनन् भनिदिएँ, मैले वसन्तलाई अब मेरो कोठामा ठाउँ छैन भनिदिएँ तिमी एउटा साथ र अभिभूत भयौ सिङ्गै ममा तिमी, सिरसिरे हावा एउटा रूखमा तिम्रो साथ, एउटा रूप एक चौटा बादलमा म तिम्रो ओठमा देखापरेँ मैले आफ्नो उपस्थितिलाई तिमीमा भेट्टाएँ मैले तिमीलाई पाएँ र लौ, यो सारा संसारका प्रति भयाल लगाइदिएँ |
मेरो रात, मेरा सपनाहरूबाटमेरो रात, मेरा सपनाहरूबाट मुक्ति देऊ मलाई ! म केवल सुत्नलाई पल्टेको हुँ लछार पछार नगर निद्राभित्र मलाई ! म कुनै शिकार खेल्दिनँ यस वापलाई हटाइदेऊ ! सित्तै गए जाउन मेरो आँखाहरू निभाइदेऊ यो क्यै देखानपार्ने बत्तीलाई ! मरीचिकाका विषयमा क्यै भन्नु छैन प्यासबाट यसकै छुट्टी देऊ यस मृगलाई ! लहरहरू नहुनु पनि नदीको सौन्दर्य हो र बिनाछाल पनि बग्छ, बग्छ यो बग्न देऊ यसलाई ! थाकेको शिर बिसाउनै परे ढलिदिन्छ यो रूख एक्लै, बिल्कुल एक्लै उभिन देऊ यसलाई ! हुरी चल्छ, आँधी आउँछ उड्न देऊ, यो बगर उड़ाएर बस्छ आफूलाई ! अरू क्यै होइन, अरू क्वै होइन मुक्ति देऊ आफूबाट आफूबाट मुक्ति देऊ मलाई ! यो नर्सिसस, यसलाई यसको छायाँबाट मुक्ति देऊ, मुक्ति देऊ आफ्नै छायाँबाट मलाई ! |
एउटी वेश्ये चाहिनेजस्तो यो रातएउटी वेश्ये चाहिने जस्तो यो रात, बुद्धले घर छाड्दाकोजस्तो यो रात मलाई के हेर्नु छ र मैले यो बत्ती बालिराखेको छु यो कोही एक्कासि चिच्याएर ल्याउला जस्तो रात यो कसैले घाँटी थिच्न आउला जस्तो रात आत्महत्या मानिसहरू यस्तै रातमा गर्दा हुन यो मरीचको पीरोजस्तो रात, यो सबैले कोठाबाहिर फालिदिएको रात कदाचित धरतीको आफ्नै स्वभाव-समय रात हो कदाचित् उपस्थितिको अभिव्यक्ति रात हो, जडको पनि, जीवको पनि ए स्वास्नीमान्छे, तिमी कहाँसम्म पुग्न पनि त्यतिकै गाह्रो तिमी कहाँबाट फर्कन पनि त्यतिकै गाह्रो यो त्यही गान्होजस्तो रात, यो तिमीजस्तै रात, यो मजस्तै रात, यो तिमी र मको हामीजस्तो रात, यो आदमले फल खाँदाको जस्तो रात । |
खोज्दा खोज्दा मैले यो बिर्सेँखोज्दा खोज्दै मैले यो बिर्से कि म के खोजिरहेको छु – मलाई बत्तीहरू देऊ मैले आफ्नो स्मृतिलाई देख्नु छ आफूलाई हेर्नु छ र यस रातलाई उज्यालो पार्न छ ! जो पाइएन त्यसले जो छन् ती सबलाई निरर्थक तुल्याइरहेछ ! म सहन सक्तिन कि म यी मेच-टेबुलहरूमा वितेर जाउँ ! कदाचित् मानिसदेखि पारी जानलाई म रवाना भएको थिएँ ! मैले जे जति छोएँ ती सुवर्ण बने ! किन्तु त्यसैले मेरो स्पर्शलाई बस्तुको उता जान दिएन ! ( यी जो जुत्तामा मेरा खुट्टा परे मलाई धापमा गाडिएजस्तो भयो ) बत्तीहरू देऊ बत्तीहरू देऊ – गुमसुम यस अँध्यारो-उज्यालो रात जो आई बसेको छ यहाँ यसमा कदाचित आज त्यो आउने हो जसको नहुनु ममा उकुसमुकुसाइरहेछ लौ, पोखरीमा परेको मेरो मायाबाट पनि म भित्र गएँ – जरूर म अस्तित्व देखि पर पुग्छु र त्यसलाई जसलाई मैले बिर्से म आफ्नो उपस्थिति सुम्पिदिन्छु ! मलाई बत्तीहरू देऊ, मलाई बत्तीहरू देऊ |
यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्नेयो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने अधिकार छ भने देऊ पृथ्वीका प्रत्येक भविष्यलाई म सपनाबाट औंलाहरूमा उतारिदिनेछु त्यसपछि न कुनै धोबी हुनेछ न अग्नि परीक्षा र स्वास्नीमान्छेले लगाएका आलिङ्गनका चूरी हिरोशिमाहरूमा गएर फुटने छैनन्, मेरी छोरीले कोठाको रङ्ग कोतर्न आउन पनि यति ढिलो गर्ने छैन र यो मुटु हानेपिच्छे म वरद होऊ एउटा दरिद्रता जो, म सहन सक्तिन त्यो हो लंगुर एउटा मृत्यु, जसबाट यो तन पीडित हुन्छ, त्यो हो पर्खाल मान ए आमा हो, तिम्रा छोराहरू अनि स्वास्नीले छिनेर नलिने हुन्छन हरेक जना करङ्गहरूको कैदबाट उम्कने छ- र त्यसपछि न कुनै व्यापारको जरूरत पर्नेछ न कुनै व्यवसाय शेष रहनेछन् केवल क्रियाशीलताहरू, केवल जीवनहरू । |
मेरो निमित्त यो संसार ठूलो छमेरो निमित्त यो संसार ठूलो छ त्यसैले म एउटा घर बनाउँछु । यो सानो शरीरले यत्रो विशालतालाई कसरी सहोस । यो एउटा मनले यतिका सब जनासँग कसरी भ्याओस् । मसँग गिदी पनि यो माथाभरि मात्रै छ । र सपना मेरो निद्रादेखि बाहिर जान सक्तैन- ए उकुसमुकुस, ए उकुसमुकुस तिमीलाई मृत्यु चाहिन्छ, मृत्यु चाहिन्छ ! किनभने तिमीले आफूबाट क्षमा नपाइ हुन किनभने तिमीले आफूलाई क्षमा नदिइ हुन तिमीले आत्म-हत्या गर्नैपर्छ ! तिमीले आत्म-हत्या गर्नैपर्छ । |
रूख माथि माथि जाँदा जाँदारूख माथि माथि जाँदा जाँदा निहुरन्छ ! माथि गएर सब थोक हेर्ने उसको इच्छाका पातहरू फतफति मर्छन् ! जाँदा जाँदा ऊ जान्दछ कि जान सकिन्न ! इच्छाहरू छउन्जेल रहेका उसको जिउका चिल्लापनहरू सुक्दै सुक्दै जान्छन् ! त्यो रूखमुनि बसेर हेर, देखिन्छ : आकाश खिल्लि उड़ाएर हाँसी हाँसी उल्टो माथि माथि गैरहेको हुन्छ ! |
म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँम यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ यस टेबुललाई जस्तै, यी बालबच्चालाई जस्तै यो अवश्य धरतीमा हराएर जानेछ, मभित्र सुकेर जानेछ । चाहे म झलमल्ल उज्यालो पारेर राखूँ चाहे चिम्झिरहूँ यो निरपेक्ष मेरो उमेरजस्तै बितेर जानेछ । यो बम खसाल्न तयारहरू पनि निदाए कि जस्तो रात, यो रोगी र भोकाहरू पनि सुते कि जस्तो रात सम्भवतः जिन्दगी भयमुक्त हुनेछ यस रातलाई समातेर बचाउन सकिए, यस अन्धकारलाई सेफमा भरेर राख्न सकिए |
रूख आफ्नै छायामारूख आफ्नै छायामा पनि गएर सुस्ताउन पाउँदैन ! उ त्यसलाई वर्षाको पनि छानेको पानीले धुन्छ ! घाममा सुकाएर पातहरूले पुछी राख्छ ! तर त्यसैमा पनि बसेर ऊ. आजीवन उभिरहन पर्नुको थकाइ मार्न पाउन्न ! अझ जति जति त्यसको जरूरत बढ्छ उसलाई उति उति टाढा जान पर्छ त्यसबाट ! तब त ऊ थाल्दछ आफूलाई ऊ भकाभक सुकाइदिन ! आफ्नो जरालाई समेत पृथ्वीदेखि उखेल्न ! जे होस्, उसको सृष्टि नै यस्तो |
रूख एकपल्ट निस्कन्छ धरतीबाटरूख एक पल्ट निस्कन्छ धरतीबाट र सदाका लागि बाहिर पर्छ ! पहिले पृथ्वीको भित्री तहलाई सकसक लाग्छ बाहिर के भइरहेछ हेर्न ! सँगसँगै आफूलाई पनि सबका बीच लगेर व्यक्त गर्न ! त्यो उत्सुकता उकुसमुकुसाउँछ भित्रभित्रै कसिएर ! कहिलेकाहीँ खल्बलाउँछ भुइँचालो बनेर ! त्यसको प्रकट रूप रूख एक पल्ट देखापर्छ र एक पल्ट ऊ जो निस्कन्छ सदाका लागि बाहिर पर्छ ! |
यो रूख यतिमात्रै होइनयो रूख यतिमात्रै होइन जति कि देखापरेको छ ! योसँग आफू सुकेर जाने अवस्था छ आगामी वसन्त पनि छ ! यसलाई उताबाट हेर यसको अर्कोर्को आकारलाई हेर ! योसँग दाउरेका दुइ चार छाक छन आफू नहुनु पनि छ !! यसको छायालाई केही बेर काखमा उठाऊ र स्पर्शको कम्पन देऊ ! योसँग आफू हुनुको बोध छ, हावा लाग्नुको खल्बली पनि छ ! यो रूख यतिमात्रै होइन जति कि देखापरेको छ ! यसका पातहरू जे खोजेर मर्छन योसँग तिनका अभाव पनि छ |
बाटो टुङ्गिन्छ पाइलेपिच्छेजब मलाई यो बताइयो कि हिँड्नाले मात्रै पुगिँदैन तब मैले पुग्नुलाई छाडिदिए र हिँड्नुलाई वरण गरे त्यस दिनदेखि मेरा यात्रा र जीवन एउटै बने मलाई थकाई लाग्न छाड्यो मैले हतारिन छाडे । अब मलाई चिन्ता छैन कि मैले हिँडेको जति सोरेर लगी कसैलाई बुझाउनु छ । अब मलाई चिन्ता छैन कि पर गएर मैले कसैलाई भेट्नु छ । जुन ठाउँमा टेक्छु त्यहाँ मेरै मात्र खुट्टा हुनेछ- आफआफैँमा पर्याप्त अब मेरा जानुहरू नअड़न पर्ने भए मलाई- अब छोटा मेरा बाटाहरू । अब हिँडन सिद्धिन्छ बाटैपिच्छे बाटो टुङ्गिन्छ पाइलैपिच्छे । |
पछि जति निहुरन परे पनिपछि जति निहुरन परे पनि रूख धरतीलाई छुदैनन ! ! कुतूहलले उठेका थिए यिनी प्रभात आउने बाटो हेर्न ! हाँगाहरू फैलिएका छन यिनका किरणहरू संगाल्न ! पात पात छन् प्यासा हेर आफूमा आकाशको रङ्ग उतार्न ! बतासैमात्रमा पनि उताउलो यिनी अब आफूलाई मर्मराइदिन ! आफ्नो छायालाई पनि चलाइरहन्छन् ‘उठ्न’ भनी यिनी माथि लैजान ! अब जरासमेत शिर उठाउँछन मोटो देखि यिनका उँभो उँभोको बादल पिउन ! कि ढाल्ने पर्छ यिनलाई फेरि पृथ्वीमै पछार्न ! नत्र शिशिरै पनि खप्ने बानी भैसक्यो यिनको आफूलाई उभ्याइराख्न ! |
सबभन्दा एक्लो जीवसबभन्दा एक्लो जीव रूख हो जो कसैसित भेटन जाँदैन ! के आफ्नो छायाको मान्द्रो विद्याउँछ जो उसकै हावाले च्यातिदिन्छ ! अरूहरू उसका कोही छैनन् ऊ आफूबाट उडेर जाने चरासित जतिकै निशंग छ ! ऊ मानो केबल एउटा ठाउँ हो जहाँ वसन्त आफूलाई उपलब्ध गर्न आउँछ ! अथवा समयमात्रै हो जो जहिले पनि केवल ‘बित्छ’ ! उसका बारेमा सबभन्दा व्यर्थ कुरो हो साथमा अरू रूख पनि हुनु, उसका हाँगाहरू भाँचिनु, अथवा ऊ उम्रदै नउम्रेको हुनु ! क्यै’ नहुनु बरोबर क्वै’ नहुनु बरोबर ऊ आफूमात्रै छ ! ऊ एकान्तमा छ होइन ऊ स्वयं एक्लो छ ! |
मेरो भागको मेरो बिहानमेरो भागको मेरो बिहान मैले सित्तै फालिदिएँ । दुइजना तरुणीहरू दुइ-दुइ पल्ट मकहाँ आए मैले उनीहरूको वास्तै गरिनँ । यो मेरो मन मैले यसमा मनपरी कुरा खेलाएँ ! रूखबाट झरिरहेका थिए फतफती पातहरू मलाई त्यही हेरिरहन मनलाग्यो, हेरिरहे ! मलाई मन परेन- मैले कुनै पनि बालकलाई कोठाभित्र आउन दिइनँ ! कुनै अखबार पढिनँ, कुनै गीत सुनिनँ क्यै’ काम गरिनँ ! हिजो अस्ति कमाइरराखेको केही पैसा छ त्यसैबाट क्यै’ खान्छु ! अथवा यो मेरो पेट मै यसलाई भोको राख्छु ! मेरो कुनै आग्रह छैन, मृत्युको कामना पनि गर्दिनँ ! मेरो शरीर यो यसलाई म जे इच्छा भयो त्यही गर्छु ! मानिसहरू मेरा विषयमा कुरा काट्छन, काटुन फुर्सतको समय बिताउँछन्, बिताउन ! वास्तवमा आजको बिहान मेरो निमित्त भएको पनि होइन ! मैले पनि यसलाई सित्तै फालिदिएँ सो त्यो पनि कसैको विरुध्दैपनि होइन, कसैको निमित्त पनि होइन |
रूख उभिरहन्छरूख उभिरहन्छ निरूपाय ऊ लाचारीग्रस्त छ ! संपूर्ण आकाश खुला छ उसका अगाड़ि किन्तु ऊ उड्न सक्तैन ! आफूजस्ताहरू धेरै भए पनि आसपासमा ऊ बहुत एक्लो छ ! कति छन् छोएर हेर्ने वस्तुहरू उसका वरिपरि किन्तु ऊ जान सक्तैन ! आफू व्यक्त भएको छायामा पनि कालो धब्बाबाहेक ऊ केही देख्दैन ! उसलाई अनुभूत हुन्छन् धेरै कुराहरू किन्तु ऊ भन्न सक्तैन ! उसका अङ्ग प्रत्यङ्गहरू मर्छन बारम्बार किन्तु ऊ सँगालेर राख्न सक्तैन ! कतै कहालिएर ढल्न परे पनि ऊ निसहाय उसलाई कोही सँभाल्न आउँदैन ! |
यौटा यस्तो फूल चाहिन्छहाज त्याग्न सकोस वासु शशी वासु शशी वासु शशी वासु शशी देवतालाई चढ़ाइएर प्रसाद बन्ने भाग्यलाई जो त्याग्न सकोस् मालामा गुँथिने रहरलाई, म त्यस्को रातो सौन्दर्यलाई आँखाले उठाएर लगी रगतमा घोलिलिनेछु, मेरो मुटु र नसामा बगाएर मेरो उमेरभरको आयु दिनेछु, र त्यसले थाहा पाउने छः एक पल्ट बिरुवामा फूल दुइ पल्ट फुल्न सक्तछ अर्को पल्ट मान्छेको मनमा एउटा नदी चाहिन्छ बग्न छाडियो भने कुहिनेछु भन्ने डरले मुक्त नदी, किनारहरूले जोड़िएर अस्तित्व मासिदिन खोजे तिनका माथि-माथि उत्रने हिम्मत भएको नदी म त्यसैमा आफूलाई पखाल्नेछु, आफूलाई डुबाउनेछु, आफूलाई भिजाउनेछु म आफ्ना स्पर्शको होहल्ला मचाइदिनेछु त्यसको जीउभरि म आफ्ना स्पर्शको हलचल मचाइदिनेछु त्यसको अन्तर अन्तरसम्म म छचल्काइदिनेछु त्यसलाई पिउनेछु त्यसलाई र परितृप्त हुनेछु र त्यसले पनि थाहा पाउनेछ कि त्यो पानी हो र त्यो अरूलाई पनि पानी-पानी बनाउन सक्तछ अरे, त्यस्तै फूल एउटी स्वास्नीमान्छे हो स्वास्नीमान्छे, जो केवल स्वास्नीमान्छे हो र फगत त्यस्तै स्वास्नीमान्छेमात्र लोग्नेमान्छे पाउन सक्तळे लोग्नेमान्छे, जो लोग्नेमात्रै होइन, मान्छे पनि हो र त्यस्तै स्वास्नीमान्छेमात्रै त्यस्तो नदी हो जसलाई सुहागिन भन्न सकिन्छ अरू सब त बिधुवा हुन बिधुवा र त्यस्ताको ओछ्यानमा सुत्नेहरू पनि सब विधुरै विधुर |
यहाँ यस बस्तीमायहाँ यस बस्तीमा श्री जो रूखहरू खड़ा छन् सो यही भन्छ कि धरती यहाँ पनि बाँकी छैन, कि प्रकृति यहाँ पनि निथ्रिसकेकी छैन ! र यहाँ पनि यी रूख रूख नै हुन् सो शायद यही सावित गर्छ कि यो ठाउँ पनि जंगल बन्न सक्छ ! जे होस, वन छाडेर यी सब शहर घुम्न आएका छन् घरबाट भागेका हाम्रा छोरा-छोरीजस्तै ! यहाँ अब यही सम्झिने छ कि रूख हैनन यी रूखहरू क्वै’ अर्कै हुन्, अर्कै, कदाचित् हावा र छायाँका व्यापारीहरू ! |
एउटा प्रेमपत्रतिमीकहाँ आउने कुराको रूखको टुप्पोमा चढेर एउटा बाँदरजस्तै मेरो मन टुक्रुक्क बसिरहेछ परपरसम्म चियाएर । मेरा हातहरू छन्— मबाट उम्केर तिमीलाई छुन आउन चाहन्छन् छाउराले घर फर्केका मालिकको खुट्टा चाटेझैँ गरेर । अवश्य मेरो मन र हातको— मबाट अलग— तिमीसँग एउटा अर्कै सम्बन्ध छ, नरिवलभित्रको तरलजस्तो सम्बन्ध । वास्तवमा नदीका तीरैतीर लखेटालखेट गर्न जाने हौ भने यही घाममै हो। वास्तवमा तिमीलाई छुन जाने हो भने यही जाडोमै हो। (साँच्चै, मान्छेलाई छुनुजति सुखद अरू क्यैहुन सक्दैन हगि ?) तिमी पत्याउँछौ भने म पनि समयहरूको इनार–पिँधबाट माथि उक्लिरहेछु— एउटा समययुक्त स्थिति अर्थात् तिमीसँगको भेटसम्म पुग्न । एउटा लहर पानीबाट उत्रिन खोजिरहेछ किनारैकिनार भागेर जान । तिमीले ठीक भनेका थियौ— मानिस सबभन्दा बढ्ता मानिसकहीँ पुग्न चाहन्छ, कसैकहाँ पुग्न नपर्ने भएको दिन खुट्टा भाँचिनैपर्दैन तर हिँड्न नसकिने हुन्छ तिमी पनि त पर्खिरहेकी हौली त्यसैले जुन तारा जहाँ हुनुपर्ने हो त्यो त्यहीँ छ । एउटा बिरुवाले वसन्तलाई कुरेजस्तै कुरिरहेकी हौली ठिङ्ग उभिएर, चारैतिर आफ्नो पहुँच फिँजाएर । तिमीले बताएकी थियौ— मेरो छायाबाहेक तिमीमाथि पर्ने अरू कुनै छाया छैन, मेरो साथबाहेक तिमीले बस्ने ठाउँ अरू कहीँ छैन । यो कल्पनाले मुग्ध भएर म ऐना हेर्छु— अहो। लौ हेर, यसमा त तिम्रो अनुहार देखा परिरहेछ । यसमा मेरा म्वाइँको लाली लगाएका मुस्कानजस्ता ओठहरू फरफराइरहेछन्, मेरो दर्शनको गाजल लाएका आँखाहरू हाँसिरहेछन्। मलाई सम्झना छ तिमीले गाएकी थियौ— …सुगा वनमा बस्दा–बस्दा वनजस्तै हरियो भएछ, …यो नदीबाट जति पानी झिकेपनि यसले आफूमा घाउ हुन दिँदैन, …मानिस अन्धो हुन्छ— आँखा फुटेर होइन, अँध्यारोभएर होइन, सपना देख्न छोडेर, …मानिस चिसो हुन्छ— आगो नपाएर होइन, सूर्य नभएर होइन, मानिसको न्यानोनपाएर, …अरूलाई माया मार्नुजस्तो कुरूपता संसारमा अरू क्यै हुन सक्दैन तिम्रो स्नेह आउनेछ, तिम्रोस्नेह आउनेछ तिमीकहाँ त्यसरी नै जसरी मेरो देशका पर्वतहरूबाट हिउँ पग्ली–पग्लीकन हामीकहाँसम्म आइपुग्छ । भएभरका फूलहरू बगैँचालाई फर्काएर, आकाशको चन्द्रमा आकाशैलाई सुम्पेर तिम्रो सम्पन्नता आउनेछ तिमीकहाँ हंसहरू एक बथान पोखरीमा आएजस्तै। र हामी फेरि कुदाकुद गर्नेछौँ अनकन्टार एकान्तहरूमा । र हामी फेरि तिर्खाले चुरचुर भएपछि एकअर्काका अधर र जिब्रो चुस्नेछौँ। तिमीकहाँ पुग्ने कुरा मेरो प्रत्येक पहिलो पाइलानजिकै बसिरहेछ एउटा पाखामा घामनजिकै छायाजस्तै। (जब–जब कसैको माया पाउँछु म तब–तब मलाई बढ्ता बाँच्ने इच्छा लाग्न थाल्दछ ।) फेरि हामी भन्नेछौँ— मानिसले मानिसलाई मन पराउनुजस्तो सुन्दर अरू केही छैन, मानिस र मानिसको सम्बन्धजस्तो मधुर अरू केही हुन सक्दैन |
झुसिल्किरे ताराहरू चबाइरहेछन्झुसिल्किरे ताराहरू चबाइरहेछन रातका तिमिरे पातहरू ! म अनुभव गरिरहेछु मलाई भोली बिहानको कुनै जरूरत छैन ! यो धमिलो चन्द्रमा केही बेर मेरो जुत्ता लगाएर जानेछ ! वर्तमान सिध्दिँदै जानेछ मेरो मुटुबाट ढुकढुकीहरूमा ! उमेर जतिको धमिरालू अरू क्यै रहेनछ जेहोस, ज्यादाभन्दा ज्यादा अरू दश पन्ध्र बर्ष बाँच्नु छ ! किन्तु अहो, यस कुराको पनि दुःख लाग्दैन शायद रहस्य यो हो कि अब जिन्दगीको माया लाग्न छोडेक शायद सत्य यो हो कि जीवनमा भविष्य भनेको रहेनछ |
पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छपर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ यद्यपि यो हो कि पर्खाल राम्रो पनि बन्न सक्छ, त्यसमा लहरहरू लाग्छन्, यद्यपि यो हो कि पर्खालभित्र जे–जति पर्छ त्यो आफ्नो हुन्छ, सुरक्षित रहन्छ, पर्खाल सायद नभई हुन्न मानौँ देवता हो त्यो किन्तु पर्खाल पर्खाल मात्रै हो त्यो आकाशमा पुग्न सक्दैन र भित्रै पस्नेहरू त त्यसलाई उक्लने पनि हुन्छन् र पर्खाल, त्यो भत्कन पनि सक्छ परन्तु अचेलका सहर–सडक जो बालबच्चाका लागि काम लाग्दैनन् र अचेल मानिसले जो मानिसहरूबाट आफूलाई बढ्ता अलग्याउनुपर्छ पर्खालमाथि चाहे जतिसुकै खेद प्रकट गरूँ म त्यसलाई लगाउँछु (पर्खाल सायद सबभन्दा अप्रिय आवश्यकता हो) सायद यो जमानामा हामी पर्खालको जरुरत मिटाउनलाई पर्खाल लगाउँछौँ हामी पर्खालका विरुद्ध पर्खाल लगाउँछौँ (तर) लगाउँछौँ, लगाउँछौँ यद्यपि पर्खाल लगाएपछि धेरै कम भित्र पर्छ (हुन त सब थोक सबभन्दा बढ्ता चाहिने युग पनि यही हो) पर्खाल, लोग्नेमान्छेजस्तो पर्खाल, टाउको लगेर ठोक्न पनि हुने पर्खाल । |
पुग्छु भनेर गएको ठाउँपुग्छु भनेर गएको ठाउँ पाइलैपिच्छे पर सर्छ ! यताउति घुम्तीहरुमा आकल झुकल कहिलेकाही पुगे जस्तो पनि लाग्छ ! तर पुग्ने रहर तीव्र छन् जीवन्त बनाउछन ! र, जहाँजहाँ मानिस पुगेको छैनन् पृथ्वीका ति चौटाहरु सित्तै गएका छन् ! र, हिमाल पनि त्यसैले हो पग्ली पग्लीकाँ मानिसको धरिति डुल्न आउछन !! |
Bhana Bhanaयो देश अहिले आफ्नो गौरव गाथा गाउने मुडमा छैन यो देश अहिले आफ्नो इतिहास पल्टाइरहने फुर्सतमा छैन यो देशमा अहिले दुई वटा हिमालयहरू छन्– एउटा हिउँको हिमालय, अर्को, मानवीय दुःख–दरिद्रताको हिमालय पहिलो हिमालय यो देशवासीहरूलाई विधवाको सेतो कपडा र फुलेको कपालजस्तै लाग्छ, किनभने यिनीहरू अहिले भोका र नाङ्गा छन् दोस्रो हिमालयले यिनीहरूलाई खाइरहेछ जसरी यिनीहरूका महापुरुषहरू यिनका वर्ष दिनको भोजन पाइने मूल्यको रक्सी एकै साँझमा सखाप पार्छन् । थाहा छ, यहाँ आउने विदेशीहरू यस देशको सौन्दर्यले मुग्ध हुन्छन्, यहाँ व्याप्त शान्तिले चकित हुन्छन् कोही यस्ता पनि छन् जो भन्छन् काठमाडौँ संसारको सबैभन्दा ठूलो पाइखाना हो जे होस् तिनका दृष्टि किन हामी आफ्नै आँखाले हेर्न सक्छौँ हाम्रो जिन्दगीको बाजी राखेर जुवा खेलिरहेछ अहिले यो देश हामीलाई पनि हारेपछि आफ्नै अस्तित्वको बाजी राख्नेछ यो देश । थाहा छ, यहाँ पनि फूलहरू छन्, फुल्छन् तर, ती फूलका मालाहरू तिनलाई लगाइदिइन्छ जो हाम्रो मतबिनै हाम्रो प्रतिनिधित्व गरेको दाबी गर्छन् र शासनको नाममा शोषण गर्छन् र हामीलाई हाडखोर बनाउँछन् हेर्नोस्, रुग्णताले निस्तेज आँखाले फूलको सौन्दर्य त के फूलै पनि देख्न सक्दैन । काखमा मरेको बच्चा राखेर कुनै आमा देवताको पूजा पनि गर्न सक्दिन ज–जसका खेत र खलियानहरू लुटिए तिनले कसरी मान्ने यो देशमा कानुन छ र न्याय हुन्छ ? जसको हातमा कुनै काम पर्दैन र माम नपाई सुत्न नसकेर टोलाइरहन्छ उसले कसरी देख्ने– यो देश सुन्दर छ ? जतिखेर हामीलाई थाहा छ, यहाँ झुटो नबोली काम चल्दैन बेइमानी नगरीकन, अरू त अरू छाकै टर्दैन आत्मा र अहम्लाई नदबाई टिक्नै सकिँदैन हो, यो सर्वनाशको सलह लागेको बेला यो देश बालीनालीको गीत कसरी गाओस् ? यो द्रौपदीको चीरहरण भइरहेको बखत मानवीय मूल्यहरूको जयजयकार कसरी गरोस् ? (आखिर महाभारत हुन्छ भन्ने थाहा छ, जित अर्जुनकै हुन्छ भन्ने पनि थाहा छ) तर, कम से कम यो, मानिसको आत्मा पनि मरेको बेला यो देश आफ्नै गौरवगाथा गाउने मुडमा छैन यो देश आफ्नै इतिहास पल्टाइरहने फुर्सतमा छैन । विडम्बना हेर्नोस्, छिमेकीहरू आउँछन् र भन्छन् यो त हङकङ रहेछ यसै देशका निवासीहरू देख्छन्– केही पनि छैन जे छन् ती तिनका पहुँचदेखि टाढा छन् के त यो देश नागरिकहरूको देश होइन, एउटा बजारमात्रै हो ? पसलहरूको एउटा समूहमात्रै हो ? यो देशसित एउटा गौरवगान होइन, यो देशलाई कसले एउटा बजार बनायो भन्ने प्रश्न छ, यस देशलाई एउटा देश हुनुको मर्यादाबाट कसले च्युत ग¥यो भन्ने प्रश्न छ हुन पनि साँच्चासाँच्चै आफ्नै देश हो भने मानिसहरूले यहाँ बस्ने ठाउँ पाउनुपर्छ, यहाँ कमसेकम खान–लाउन त पाउनुपर्छ । थाहा छ, ती मानिसहरूले नै पुल बनाएका हुन् म तिनको श्रमको प्रशंसा गर्छु, तर थाहा छ ? तिनीहरूले ती पुलहरू कहिल्यै तर्न पाएनन् धेरैजसो पुलमुनि झुन्डिएर मरे– डोरी चुँडियो, खोलाले बगायो र कसैले थाहा पाएन (कसैले थाहा पाउने जरुरतै ठानेन) थाहा छ, यिनीहरू नै नभए नेपाल एउटा देशै मानिँदैन (थाहा छ, सय–पचास ब्वाँसाहरू कुदाकुद गर्दैमा नेपाल एउटा देश मानिने होइन) तर, यिनै देश बनाउनेहरूको देश खोई ? देश अर्थात् जीवनयापनको ग्यारेन्टी, देश अर्थात् जीउज्यानको सुरक्षा, देश अर्थात् सामाजिक आवश्यकताहरूको परिपूर्ति यस्तो कृतघ्नताका बेला यो देशलाई पालनपोषण र परिमार्जन गर्नेहरू तिरस्कृत र घृणित रहनुपरेका बेला यो देश अहिले आफ्नो गौरवगाथा गाउने मुडमा छैन यो देश आफ्नो इतिहास पल्टाइरहने फुर्सतमा छैन । |
बारम्बार म एकबाट छुट्टिएर गइरहेछन्बारम्बार म एकबाट छुट्टिएर गइरहेछन् अनेक कुराहरु— हातबाट औँलाहरु आँखाबाट निकटता खुट्टाबाट पुग्नुहरु ! म एउटा गाँठो, फुस्किँदै गइरहेछु फुस्किँदैछन् मुटु, मन देहबाट उमेर, अङ्ग–प्रत्यङ्गहरु ! टुक्रा–टुक्रा काटिँदै गइरहेछन् इच्छा, आकांक्षाहरु टुक्रिंदै गइरहेछन् निद्रा, सपनाहरु ! हिजो–अस्तिहरु चुँडिएर गए भत्किएर गए भोलिहरु ! मैले त्यो ऊँट हराएँ जो हिड्थ्यो लुखुर लुखुर मरुभूमि मेरो मस्तिष्कमा ! मलाई हलचल गर्न नहुने भयो पल्लो कोठाका बमहरुमा धक्का लाग्ने डरमा ! हो, यो सत्य होे जे म छु त्यसको कुनै विकल्प छैन ! तर त्यो पृथकता पनि कुनै मन्चिन्ते झोली होइन रहेछ । प्रतिज्ञभूमि कहीँ पनि छैन भनेर म जहाँ उभिएँ स्वर्ग त्यो पनि होइन रहेछ । यी नकारात्मकताहरुको बाटो गरी एउटी बेस्सेजस्तै मेरो हृदय मबाट गयो । अब म एक थुप्रो बालुवा हुँ सिर्फ एक थुप्रो बालुवा जसलाई मनको तूफानले अलिकति उडाएर लैजान्छ, मस्तिष्कको हुरीले अलिकति छर्पष्ट पार्छ, तनको पानीले अलिकति बगाएर लैजान्छ प्रत्येक बिहान, प्रत्येक साँझ प्रत्येक दिन, प्रत्येक रात । परन्तु म किन चिन्ता गरुँ — म आफूलाई सोरेर राखूँ भने त्यो पनि त कुनै देवता होइन । म नभई हुन्न भन्ने क्यै छैन, म नभई हुन्न भन्ने क्यै छैन |
मेरो देशको पुस्तकमेरो देशको पुस्तकका पृष्ठहरू ठाउँ–ठाउँमा च्यातिएका छन् ! यसलाई पढ्ने मेरा बालकहरूले अवश्य ‘यो त भएन बा !’ भन्नेछन् ! यसका पन्नाहरूको अक्षर नै मेटिने गरी ठाउँ–ठाउँमा कालो मसी पोखिएको छ ! यसलाई पढ्ने बालकहरूले अवश्य ‘यो त नराम्रो भो बा !’ भन्ने छन् ! अनि म बाँझोले बादललाई झैं हेरिरहुँला– तिनीहरूले ती चौटाहरू ल्याएर जोडेको ! दागहरू माझेर पुस्तक सफा पारेको ! हो, मेरो देशको पुस्तकका पृष्ठहरू ठाउँ–ठाउँमा च्यातिएका छन् ! |
भाषाहावासँग पनि छ भाषा कुनै अल्लारे प्रेमीझै पातका कान फुस्फुसाउँदै गाउँछ प्रीतिको गीत र काउकुती लगाएर भाग्छ! रुखका हाँगाहरू मच्चाउँदै गर्छ दिशाहरूसँग भद्र अवज्ञा र हिंड्छ आफैंले ठम्याएको बाटो बगरको बालुवा रिंगाएर उठाउँछ धूलाका कणहरूको भीषण भुमरी बटुल्छ पत्कर र काँसका फूल सोहोरेर दगुर्छ प्रकाशको सारा गति! पृथ्वीको जम्मै वेग!! यो धर्तीमा तिमीले सबभन्दा मौन ठानेको हावाको ओठमा पनि छ शक्तिशाली भाषा यो तीन पाउण्डको गिदीभित्र चूपचाप बसेको विवेकले ऐन मौकामा केही सोच्न, केही भन्न इन्कार गर्यो भने केही बोल्ने, केही लेख्ने सामर्थ्य गुमायो भने यही हावाले घचेट्दै घचेट्दै पृथ्वीपारि पुर्याउने छ मलाई मसँग त सिङ्गो मानिसको ओठ छ इतिहासको बर्बर दोख छ रगत कट्कटिएको चोट छ यो मौनताको महासागरमा नबोल्नु पनि घोर हिंसा हो म हावाका ओठहरूसँग आवाजको कला सिकेर आउँदैछु सुन!! | फूलहरु१. निला, पहेंला फूलहरु गुलावी फूलहरु सेता,राता फूलहरु आहा ! कसरी खेलिरहेका छन् फूलहरुको प्रदेशमा-अनेकथरी फूलहरु मलाई फूलहरुले एक्कै स्वरमा आत्मसम्मानका गीतहरु गाएको मन पर्छ माफ गर म फूलहरुलाई सौन्दर्यका निधि मात्रै मान्न सक्दिनँ मलाई फूलहरुले आफ्नै काँधमा युग बोकेर हिँडेको मन पर्छ मलाई फूलहरुले सगौरव विजय जुलुस निकालेको मन पर्छ तर तिमीले देख्यौ/देखेनौ ? आज पनि मान्छेको हाटबजारमा हतार-हतार बेचिंदै थिए अंगालाभरि फूलहरु तिमीले देख्नेछौ मेरा आफन्त फूलहरु भोलि बिहान मान्छेका अतिदुर्गन्धित गल्लीहरुमा अर्धमुर्छित बेवारिसे आवस्थामा फ्याँकिनेछ्न २. मैले बडो आदरसाथ फूलहरुलाई उठाएर राखेकी छु आस्थाको उच्चतम् पहाडमाथि र नाम दिएकी छु – ‘आमा’ आहा ! कसरी खेलिरहेका छन् फूलहरुको देशमा अनेकथरी फूलहरु |