100 New Nepali Haiku For Haiku Lover

100 New Nepali Haiku For Haiku Lover

 Haiku is a customary Japanese meter form known for its brevity, simplicity, and focus upon capturing a instant or feeling in a concise manner. Here's a breakdown of the supplied satisfied:


Definition of Haiku: This part outlines which haiku is. It's a form of meter originating in lacquer, typically composed of triple lines with a syllabic design of 5-7-5. Haiku frequently presents a single image or feeling without versing. It's noted for its brevity and impact upon English meter, particularly via the Imagist movement.


Common Poetic Images in Haiku: Haiku frequently employs imagery connected to nature and periodic changes. It uses kigo, what are words or phrases that indicate the period, to arouse specific feelings or atmospheres. Examples of common images contain cherry blossoms, satellite phases, downpour, and diverse wildlife.


Structure of Haiku: This part describes the customary arrangement of haiku, what consists of triple lines with a syllabic design of 5-7-5 or a total of 17 syllables. In Japanese, haiku are frequently written in a single line with a kireji, or cutting term, used for musical result.


Writing Haiku: Effective haiku relies upon capturing singular images and nature themes using concise barbarism. It frequently utilizes kigo to place the feeling and may incorporate punctuation or kireji for beat.


Examples of Haiku in Literature: This part is left blank, likely for the addition of specific examples of haiku from writings to illustrate the concepts discussed.


    उमेश पराजुली

    पढ्ने केटो
    फेसनको होडमा
    पढाई छाड्यो

    सिन्दुर पोते
    अत्याधुनिक नारी
    लाउन छाडे

    तृष्णाको खेती
    लाहुरेको जीवन
    मार्मिक व्यथा

    अध्यारो मन
    विरक्तिएको रात
    न्याहुली रोयो

    म स्कूल जान्न
    फेसनको होडमा
    म के पढछु 

    माधव श्रेष्ठ

    खातेको घर
    नाङ्गो सडकमाथि
    धनीको कार ।

    भ्रमरा भुल्छ
    फूलवारी बीचमा
    बासना लिदै

    जिउँनु पर्छ
    सुख दुःख जिन्दगी
    संघर्ष गर ।

    यथार्थ भित्र
    महल भो सपना
    झुपडी बास ।

    हिराछवि श्रीशा

    नेपाली शिर
    नाकाबन्दीको खेल
    सगरमाथा
    छिमेकी राष्ट्र
    हेपाटाइटिस बी
    नरेन्द्र मोदी
    भारतीय जाल
    नाँच बसन्ती नाँच
    मधेसी जनता
    चीनको हात
    भारतलाई पीडा
    एकादेशमा
    ग्याँस उड्यो
    दाउराको खलियो
    शुभः तिहार
    भुकम्पको घाउ
    पेट्रोलको जलन
    ग्याँसको मृत्यु

    शेखर बिकल्प

    पिताको पत्र
    प्रवासी सहरमा
    प्रभाती घाम ।

    कविको मन
    राँगे भिरको रुख
    सधै हरियो ।

    हाईकु यात्रा
    शब्दको जुलुसमा
    बैरागी कवि !

    काला बादल
    क्षितिजपारी गाउँ
    शून्य आभाष !

    प्रेमको चिनो
    सिरानी छेउ टाटो
    बा का पसिना !

    शेखर बिकल्प

    धुँवाको तातो
    मसानको उज्यालो
    उस्ताको उस्तै ।

    गाइने दाइ
    सारंगीको साइनो
    अमर ज्वाला !

    विकल्प हावा
    अक्षरको गर्जन
    शब्द बगर !

    मितकी स्वास्नी
    जवानीको झरीमा
    पुर्णेको जून !

    शब्द कृषक
    समयको घोषणा
    बहुला कवि ।

    आँखामै आयो
    बार्दलीमा उभिँदा
    कान्छिको मायाँ ।

    कालको डेरा
    जिन्दगीको बैशाखी
    निल्नु न थुक्नु !

    विष्णुबहादुर सिंह~
    खोलाको पानी
    निष्ठुरी भइदिँदा
    लोड सेडिङ ।

    जमरा हत्या
    बडादसैँको रङ
    संस्कृतिसँग ।

    अँध्यारो रात
    कसैको भयो साथ
    बैंसको मात ।

    बाँच्ने रहर
    शून्यतामा हराइ
    वियोग पीडा ।

    सानो झोपडी
    सवारीका ताँतीमा
    कम्पन दृश्य ।

    महलभित्र
    झकिझकाउ दृश्य
    मन अदृश्य ।

    आडम्बरमा
    वेदनाको सहारा
    तृष्णाको भोक ।

    शान्तिको खोज
    बन्दुकहरू माझ
    नाटक मञ्च ।

    बुद्ध सन्देश
    आजको सपनामा
    भोलिको आसा ।

    घायल रूप
    प्रेमको छटपटी
    मनको तृष्णा ।


    उज्ज्वल जी.सी.~
    मान्छेको मन
    पापपुण्यको वस्ती
    प्रायः अँध्यारो ।

    ढुङ्गाको मुटु
    पग्लिएन आँसुले
    र्व्यर्थको नाता ।

    स्वार्थको माया
    क्षणभर गुलियो
    नमीठो सत्य ।

    स्वयम्भूमाथि
    उडेर कागहरू
    हरायो शान्ति ।

    कागको हूल
    एक्लिएको बकुल्ला
    सत्यको रूप ।

    इष्र्याको ज्वाला
    दन्कियो आँखाभरि
    मेटियो भाग्य ।

    मनको ढोका
    खोलेर अँधेरीमा
    झरेछ यौन ।

    फूलको गुच्छा
    फक्रियो वसन्तमा
    भवरा दङ्ग ।

    हीरारत्न श्रीशा

    बिग्रँदो राष्ट्र
    पुरुषको बखेडा
    नारीको इज्जत्

    आकास आधा
    सुनसान छ धर्ती
    अज्ञानी धेरै

    जन्मदै हेला
    महिलाको भूमिका
    मुर्ख समाज

    बलियो राजा
    निर्धोलाई शोषण
    यहाँको नीति

    हिंसाको घैँटो
    लाजलाग्दो संस्कृति
    नारी अस्तित्व

    नारी करणी
    सरकारी फैसला
    पैसाको बिर्को

    फोस्रा भाषण
    एन.जी.ओ. लैनु गाई
    उस्तै छ ब्यथा

    छाडा शृङ्गार
    बाँदरलाई लिस्नो
    आपूm नि खोटी

    अँध्यारो देश
    भोकमरी जनता
    नेताका धाक

    १०
    मुस्ताङ गाडी
    पानी छेक्ने कपडा
    आँखामा छारो

    ११
    नेताको स्वार्थ
    जनताको सपना
    लंकामा सुन

    १२
    हिंसाको अड्डा
    बहिरो सरकार
    सत्ताको फुर्ती

    १३
    कुर्सीको मोह
    पदको मनोमानी
    बन्दुके शासन

    १४
    मीठा सपना
    दश वर्षको युद्ध
    तातो न छारो

    दिपक अभिमन्यू

    आधा गिलास
    छचल्किएको वैंश
    पोख्खिन सक्छ

    छड्के हेराई
    उन्मत्त त्यो यौवन
    पुगी हाल्यो नि

    पैसाको नशा
    दिनदिनैको माग
    अतृप्त मन

    कहिले कहि
    असन्तोषी मन यो
    अधुरो ईच्छा

    हीरारत्न श्रीशा

    आमाको आँसु
    घर खेत बन्धक
    बाध्यता मेरो
    सुन्य छ वस्ती
    डलरको सपना
    निष्ठुरी छोरो
    प्रचन्ड घाम
    डाक्टरको ओखती
    छैन सितल
    बुद्धको देश
    हत्या र लुटपाट
    सगरमाथा
    मूर्ति छ चोखो
    नयाँ युगको मान्छे
    विद्या पुरानो
    वीरेको कथा
    नेताजीको भाषण
    सुस्तश्रवणको गीत
    युद्धको इच्छा
    पहिचानको खोजी
    विकाऊ नेता

    प्रेम लिम्बु नुगो

    जनतालाई
    हर्ष न बिस्मात छ
    यो संबिधान ।
    [1]

    नेताहरु त
    संबिधान नाटक
    कुर्सीको मोह ।
    [2]

    संबिधान त
    कागलाई बेल पो
    जनता हिस्स ।
    [3]

    मति बिग्रेछ
    भ्रष्टचारी नेताको
    छैन कानुन ।
    [4]

    देश चलेको
    सात बर्ष भएछ
    संबिधान खै ?
    [5]

    तरुण पौडेल

    खोई त मेरो
    समाजवादी फल
    अभिवादन

    सूर्य र ताँदो
    सगरमाथा काँध
    घाँटीको हड्डी

    मधेसी काँडो
    कालापानीको जदौ
    सिदरबार

    ल्हासामा मेघ
    तरुलको गाँनोमा
    कोशी रौद्रता

    म्यादी सपना
    काफल लटरम्म
    लंकाको लौका

    फापिलो याम
    बनजुकाको खेती
    जलचक्कर

    नागिन्द्र आचार्य

    खेतमा विउ
    असारको महिना
    छैन खेतला
    नरोपी खेत
    नबस्नु दाजुभाई
    परदेशमा
    भोकमरीले
    सताउनेछ यहाँ
    गरिबलाई
    ए स्वदेशमा
    फर्की आउ नेपाली
    विदेश छाडी

    कृष्णसिंह पेला

    नयाँ भित्तामा
    पुरानै क्यालेन्डर
    तीतो अतीत

    स्वनामधन्य
    मारक विषजन्य
    त्यो अम्लबर्षा

    न बाट सुरु
    अचम्मको दर्शन
    न मा नै अन्त्य ।

    नयाँ नेपाल
    पुरानै गोलमाल
    खबरदार ।

    आकाश थाम्ने
    हुटिट्याउँको भ्रम
    यौटा दुस्वप्न ।

    मसाने गल्ली
    आत्माका सौदागर
    प्रभात हुँदैछ ।

    डरायौ तिमी ?
    डराउनु पर्दैन
    म निरामिष ।

    रुमानी राई

    १) फुल्दछ बुकि
    ढकमक जिन्दगी
    ढुङ्गा चिरेर ।

    २) लामो छ बाटो
    उकाली र ओर्हाली
    यात्रा जारी छ ।

    ३) बिझेको काँडा
    घरिघरी बल्झन्छ
    तिम्रो सम्झना ।

    ४) थुक्यौ आकास
    छिटा तिम्रै मुखमा
    लाजैमर्नु छि:

    ५) घुर्मैलो जून
    नमेटिने तस्विर
    उनको याद ।



    ६) सारङ्गी धून
    जो देशसङ्गै रुन्छ
    गाइने दाइ ।



    ७) चिन्छौ के तिमी
    ओ ! आदिवासी आँखा
    सिंहदर्बार ।



    ८) घाम लागे न
    आँगनमा फिजाको
    बिस्कुन सुक्छ ।

    ९) तिम्रो नाकले
    परैबाट चिन्छ है
    सिंहदर्बार ।


    १०) शिर क्षेदित
    मुर्कुट्टाहरु यहाँ
    ताण्डव नृत्य ।

    ११) ढुङ्गे ईश्वर
    ढुङ्गाकै मान्छेहरु
    ढुङ्गा पुज्छन् ।

    १२) देशको गित
    पराधिन संगित
    कसरी गाउँ ।


    १३) लेख्न बाँकि छ
    सिसिफसको नियात्रा
    देशको छातिमा ।

    १४) ढुक्क नबस
    सिसाको घरभित्र
    ढुङ्गा बर्सेला ।

    १५) छाँया पर्दैमा
    तर्सन थाले गाँठे
    मुर्कुट्टाहरु ।


    १६) कोप्चे पहाड
    यो देशको मुहार
    कुहिरोभित्र ।

    १७) उस्तै बग्दैछ
    ताङ्माया र मेङ्खुवा
    मलाई चुम्दै ।

    १८) त्यो डाँडा स्कुल
    पढ्दैछु यो जीवन
    नबुझे ननि ।

    ( ५ फेब्रुअरी २०१४ )

    १९) खोकिरहन्छ
    यो मेरो बूढो देश
    सतिको क्ष्राप ।

    २०) यात्रामा सधैं
    गाइरहन पाउँ
    खोलाको गित ।

    २१) विजय पक्का
    अन्धकार विरुध्द
    अक्षर युध्द ।

    २२) नथाप साँघु
    खोलापारिकी नानी
    झुठो सपना ।

    २३) फर्किए घर
    कति सपनाहरु
    बाकसभित्र ।

    २४) सौदा गर्दैछु
    आफैलाई बेचेर
    प्रवासी फूल ।

    २५) विपनाहरु
    जो आत्महत्या गर्छन््
    मरुभूमिमा ।

    २६) आँसुको फूल
    फुल्ने हो कि नफुल्ने
    टिपिरहेछु ।

    २७) झसङ्ग भएँ
    खोला तरेपछी पो
    तिमी छुटेछौ ।

    २८) आफ्नै मुहार
    ऐनामा हेर्दै हाँस्छन्
    बुख्याँचाहरु ।

    २९) उहीँ रगत
    जात,धर्म र वर्ण
    हाम्रो सिमाना ।


    ३०) शिरको टोपी
    नझरोस् हाछिउँ मै
    फुत्रुक्क भुईंं ।

    ३१) सजाई राखे
    शिरैमा शिरफुल
    हितको माया ।

    ३२) पानीले धुन्न
    न आगोले नै खान्छ
    माया पिरती ।


    ३३) फक्रदैछ फूल
    खुन र पसिनाको
    रङ्ग उनेर ।

    ३४) निलो आकास
    सहिदको सपना
    शान्त जीवन ।

    ३५) गाउँछ गित
    यो देशको माटोले
    युग पुरुष ।


    ३६) बुझ्नै गाह्रो भो
    देशको राजनिती
    अमुर्त कला ।

    ३७) कति उफ्रेका
    ख्स्रा भ्यागुताहरु
    कुवाभित्र छि:

    ३८) कहिले लाग्ला
    मूर्ख स्यालहरुको
    घैटोमा घाम ।


    ३९) ए ढाक्रे दाइ
    कति दु:ख बोक्छौ हौ
    पहाडसंगै ।

    ४०) धमिलो पानी
    सर्पको बिगबिगी
    माछाको काल ।

    ४१) उधारो आस्था
    रातो गुलाब-फूल
    प्रेम दिवश ।


    ४२) प्रेम मर्दैन
    जसरी वैली झर्छ
    गुलाब फूल ।

    ४३) प्रेम फुल्दछ
    आकृतिमा होइन
    हृदयभित्र ।

    ४४) मूल्य तोकेर
    जोखिन्न तराजुमा
    शाश्वत प्रेम ।


    ४५) कसले भन्यो
    संघियताले सानो
    देश टुक्रन्छ ।

    ४६) काटिनु पर्छ
    समानान्तर रेखा
    वक्र रेखाले ।

    ४७) बूढो समय
    काँचुली फेर्नु पर्छ
    युगानुकुल ।


    ४८) मृत्यु कुल्चेर
    फुल्नु पर्छ जिन्दगी
    मीठो रहर ।

    ४९) विमान निस्कियो
    आकासको यात्रामा
    गन्तव्य चुम्न ।

    ५०) आकासतिर
    हेर्दाहेर्दै बिलायो
    द्रुत विमान ।

    ५०) घर छोडेर
    हिडेका यात्रीहरु
    फर्केनन् घर ।


    ५२) संविधान नि
    बाँदरको हातमा
    नरियल भो ।

    ५३) सिंहदर्बार
    स्यालहरु रत्तिने
    पाखावारि झैं ।

    ५४) फुल्छ सपना
    सिंहदर्बारभित्रै
    रित्तो विपना ।


    ५५) तिमी हाँस्दा ती
    जूनतारा नि हाँस्छन्
    दिल खोलेर ।

    ५६) कहिले फुल्ला
    दिलशोभाहरुको
    आँसुको फूल ।

    ५७) अल्ला’को फूल
    बुर्काभित्रै फुल्दछ
    अनि झर्दछ ।


    ५८) यो ब्ल्याक कफी
    कति्ञ्जेल पिउँ म
    दुख्दै प्रवास ।

    ५९) म पिउँदैछु
    कि,तिमी पिउदैछौ
    कफी-समय ।

    ६०) स्वादिलो छ यो
    रङग कालो भए नि
    कफी-जिन्दगी ।

    मनु लोहोरुङ राई

    जीवन भन्नु
    उर्लदो त्यो खहरे
    भेलबाढीमा ।

    बाँसको तामा
    आकास छुन्छु भन्छ
    खोक्रो घमण्ड ।

    जीवन-दियो
    निभ्छ,जब तुरिन्छ
    तेल-सलेदो ।

    आफू जलेर
    अन्धकार चिर्नु छ
    मैन नियती ।

    झिलिक्क झिल्का
    चकमक जिन्दगी
    दर्शन-ढुङ्गा ।

    वर्षिन थाल्यो
    झुप्राहरुमा आँसु
    वर्षाको याम ।

    माना सपना
    तुल्याउनु छ मुरी
    कठै किसान ।

    रोपाईं गरुँ
    बाउसे अरबमा
    हिलाम्मे बाटो ।

    उर्लियो खोला
    धमिलो भेलबाढी
    अनिदो गाउँ ।
    यथार्थ

    बजारभरी
    बग्रेल्ती पाईन्छन
    व्यापारी प्रेम।।

    राजनीति

    सपना बाँडी
    सस्तो बजारभर
    दाम कमाऊ।।

    भोको

    लाज पचाई
    सम्मानका खातिर
    उ बाँचेको छ।।

    देश

    गुँड रित्तियो
    बचेरा उडेपछि
    माउ छोडेर।।

    नेता

    जनतासँग
    आँशु साटेर पनि
    महलमै छु।।

    चीर हरण
    बुभुक्षुको बुभुत्सा
    काम देवता !

    देव दानव
    मानव अमानव
    धर्म अधर्म !

    प्रलयंकारी
    विनाशकारी शमा
    बाँकी छ भोग्न !

    शमाको बीज
    खोजेर कहाँ खोज्ने
    मन भित्रै छ !

    झरेको आँसु
    बाध्यताको सितन
    पिउनै पर्ने !

    संयमित छौ ?
    प्रक्षेपणकोलागि
    आगोको बीऊ !

    वन डढेर
    आत्तिहाल्नु पर्दैन
    सम्हाल्नु मन !

    परिवर्तित
    गतिशील सोचाई
    युगको वाणी !

    ह्वार-ह्वारती
    दन्किएको हृदय
    सल्किरहोस् है !

    बीज नमास्नु
    फेरि कसरि बाल्ने
    जलन दीप !
    फोर्रा हाने नि
    ननिभ्ने रहेछ त:
    मनको ज्वाला !

    जल्नुको मज्जा
    मैनबत्तीले बुझ्छ
    प्रकाश छर्की !

    मन र बत्ती
    यथार्थता बाँच्नुको
    भोग्नै पर्ने है !


    जीवन

    फेरि भूकम्प
    अस्थीपञ्जर थुप्रो
    जीवनको बाटो ?

    कार्यकर्ता

    मौरि फूलमा
    पातहरूको नृत्य
    फलको आश

    निती निर्माता

    शिंह दर्बार
    बाँस, टाट हाम्लाइ
    तिम्लाइ सुन

    नेता

    भाषण बाजी
    आश्को पोको कुरून्तै
    भान्साको मेसो

    जनता

    तिठ्लाग्दो छोरो
    जुनको पार ताप्दै
    सूर्योदय आश्


    शान्ति ॐ शान्ति
    त्रिपिटक रक्ताम्य
    डर अन्त्यको ।

    हिमाल रुन्छे
    प्रकृतिको काखमा
    आँशुको ताल ।

    फूल बगैचा
    माहुरीको साम्राज्य
    सेक्स फ्रिडम ।

    कला-संस्कृति
    नेपालीको आँगन
    हाँस्नै पाएन ।

    गीतमा पाउ
    या कवितामा गाउँ
    तिम्रो त्यो रुप ।

    सधैं झगडा
    अस्तित्व मेट्ने दाउ
    खाडल खन्दै ।

    देश डुब्दैछ
    नैतिक नग्नतामा
    गरिबी आँशु ।

    —बिदेशी भूमि—
    बिदेशी भूमि
    दिनरात बेचैन
    छायाँ नै मात्र

    फूल र काँडा
    सत्य र असत्यको
    मिठो संगम

    पाटले ढाक्यो
    हावाले म्वाईँ खायो
    प्रेम बन्धन

    यो शहरमा
    जूनले चियाएर
    आँशु खसाल्यो

    फूल टिपेर
    देवतालाई चढाए
    मोक्षको भ्रान्ति

    नारी पुरुष
    धरती र आकाश
    सृष्टि चक्र यो

    फूलको बास्ना
    वुद्धको निर्वाणमा
    सत्य र तथ्य

    आमाको प्रेम
    गुलाबको सुघन्ध
    निलो आकाश


    कुलेसो बग्यो
    खालि पारेर पानी
    अजुँली रित्तै ।

    चोखो भो जल
    चेपुवा बाट भेल
    पिएर लाग्ने ।

    रातको माया
    नजर छेउ लाए
    रोपिन्न बिउ ।

    रुखको छेको
    सियाँल माथि मन
    मुटुमा बादल ।

    नापेर बित्ता
    पसारी दुई हात
    च्याप्छु पखेरा ।

    झोलिको भिक्षा
    जोगिनीको तिउँन
    जोडिको रात ।

    सर्बनाम भो
    तिमीले दे’को माया
    नजुध्ने नजर ।

    सुहागरात
    बसन्त गोडमेल
    रित्तो खटिया ।

    हिउँदे याम
    परदेशको घाम
    मनैमा शीत

    चिसो रातमा
    ओढेर यादहरु
    बिहानी कुर्दै

    शान्ति बोकेर
    उड्ने परेवाहरु
    डुबे हिलोमा

    सपना यहाँ
    कहिल्यै ब्युँझिएन
    बिपना बनी

    काँडामा फूल
    देखेर जिउनु पो
    सार्थक जीवन

    भोला सिवाकोटी ‘पुरानाघरे

    प्राचिन घाम
    सभ्यता जलाउँदै
    ओरालो लाग्यो ।

    आँखाको फुलो
    नउम्रिने बिउ भो
    कुमारी मन ।

    बैंशको फूल
    आगो नै पानी हुन्छ
    तिम्रो पिरती ।

    हाम्रो देशमा
    पैसाकै मान्छे बन्छ
    आत्मा हरायो ।

    रित्तो गाग्रो झैंं
    छछल्किएर रह्यो
    हाम्रो साहित्य

    लाै सक्छाैं भने
    स्वर्ग बसार्इं साराैं
    भूटानतिर ।

    ओसियो चुलो
    कर्म या भाग्य भन्नु
    बुहारी मत ।

    आँसु पोतियो
    मृत सम्झनाभरि
    अमिलो हियो

    सम्झे नजिक
    बिर्से टाडा हुन्छुु कि ?
    चेलीको मर्म ।

    १०
    तीर्खा हत्यामा
    नदी नै जेल चलान्
    यो वर्तमान ।

    ११
    नसामा पानी
    शरणार्थी जीवन
    बाँचेको मृत्यु ।

    १२ देशले माग्यो
    मरेन, मर्छ किन ?
    मर्द सहिद ।

    १३
    वैंशमा खेल
    उमेरको होली लौ
    पछतो रोप्न ।

    शशीकला थापा सुब्बा 

    १.
    हिमाली चरो
    चारोको खोजीमा
    बालुवा माथि

    २.
    थाप्लोमा ऋण
    अरबको जागिर
    भेड़ीगोठालो

    ३.
    हिउदे झरीमा
    भिजेको बुड़ो भाले
    नँया नेपाल

    चिजु श्रेष्ठ

    शहर हेर्ने
    यो बुढेसकालमा
    मेरो रहर ।

    सारै नै राम्रो
    काठमाण्डु शहर
    दुर्बिन बाट । ।

    ढुङ्गाको बस्ती
    दुषीत महानगर
    यो काठमाडौ । । ।

    गुरु गोपिलाल

    औसीको रात
    दियोको प्रकाशमा
    मेरो तिहार ।
    ———
    आशाको दियो
    चिर्दै अध्यारोलाई
    बल्दैछ आफु । ।
    ———
    प्रकाश छर्ने
    आफु जलेर पनि
    चाहना मेरो । । ।

    जयदेव गोविन्द

    आँखाभरि बादल
    झरी दरर !

    शून्य बगर
    विदीर्ण काकाकूल
    “नवीन युग !”

    प्यासी भमरो
    पल्लवित बगैँचा
    मनको लड्डु !

    बाढी-पहिरो
    नदीको अट्टाहास
    चीत्कृत माझी !

    भाषाको भूमि
    बेमौसमी गुञ्जन
    शब्दको दशा !

    लैनो क्षितिज
    आँधी-हुरी-सुनामी
    सानो नेपाल !

    तातेको बाटो
    कोपिला झैं अप्सरा
    काँढे कुदृष्टि !

    एक्लो चन्द्रमा
    रात्रीकालीन जात्रा
    मूक-दर्शक !

    जाँदा आउँदा
    सडकको किनारा
    मातेको फूल !

    जोडी ढुकुर
    खुलायाम अँगालो
    नूतन माया !!

    विरक्त डाँफे
    तिर्खाएको मुनाल
    कुवामा ब्वाँसो !

    राहत आयो
    ओथारो छ पसिना
    माग्ने बनायो !

    निर्जन झाडी
    सिकारीको लस्कर
    एक्लो हरिण !

    विधान आयो
    ताजमहल छाड्दा
    मुसो रिसायो !!

    सग्लो अक्षर
    बाङ्गोटिङ्गो वाचन
    पढेको मूर्ख !!

    मेची र काली
    सिमानाको पहाड
    दीर्घ विछोड !

    सूर्यास्त पछि
    जुनकिरीको लर्को
    बिजुली बत्ती !

    तन्नेरी फूल
    मौरीको मृगतृष्णा
    दु:खान्त कथा !

    धमिलो दह
    माछाको अन्तर्द्वन्द
    प्रसन्न बल्छी !

    कैयौँ वसन्त
    पुरातन पल्लव
    “नयाँ नेपाल” !!

    प्रकाश पौडेल ‘माइला’

    मायाको चिनो
    जाइफूल फक्रेछ
    तृष्णा मेटियो

    विशुद्ध माया
    आगलागी हुर्कदै
    टालो फाटेछ

    कालो चियामा
    ओठको लाली झर्यो
    स्वादको झट्का

    तेजिलो सुर्य
    हिमालमा पोखियो
    पिन्गला भूमि

    हाइकु तिर्खा
    अलिखित करुणा
    सागर यात्रा

    छायाले ढाक्दै
    सुकिलो बिचारमा
    अमिलो शब्द

    उज्ज्वल जी.सी.

    १.
    बनियो दाश
    भोको पेट रोएर
    शुन्य उपाय ।

    २.
    बनेछ देश
    बाठाका ऑंगनीमा
    गाउँ दुर्गम ।

    ३.
    सपना रोप्न
    पसिना झर्दाझर्दै
    सुक्छ रगत ।

    ४.
    कलम छैन
    बन्दुकको नालभित्र
    युद्धको त्रास ।

    ५.
    तीतो सुवास
    वैलाएको कमल
    नमीठो सत्य ।

    ६.
    रानीपोखरी
    सम्झनाको प्रतीक
    हरियो स्वार्थ ।

    ७.
    नाङ्गो शरीर
    छताछुल्ल छ लाज
    घोप्टियो ऑंखा ।

    ८.
    माधूर्य बोली
    श्रवण जति ग¥यो
    समय खति ।

    ९.
    चिप्लो छ कुण्ड
    मनको आकर्षण
    अँध्यारो दूलो ।

    १०.
    भत्कियो मन
    अविश्वासी हुरीले
    जाग्यो वितृष्णा ।

    ११.
    आकाश जत्रो
    नदेखिने विश्वास
    मायाको तौल ।

    १२.
    दन्कियो आगो
    प्रेमको प्रतीक्षामा
    चिसो सिरानी ।

    १३.
    बुद्धको ऑंखा
    अँध्यारो छ लुम्बिनी
    हिँसाको धूवॉं ।

    १४.
    प्रेम प्रस्ताव
    जुवामा अन्धो च्यॉंखे
    लाग्दैन दाउ ।

    १५.
    नेताको धन
    बॉंडिन्छ भाषणमा
    जनता भोकै ।

    क्षेत्र प्रताप अधिकारी

    थुम्का मुन्तिर-
    सुरुङभित्र सानो
    तामाको टुसो ।

    किशोरीबोट
    छातीमा मीठो चोट
    काचो बेलौती ।

    कुरैकुरामा
    तामा खाने तिर्सना
    ओइलाएछ ।

    सालीको भट्टी –
    तातेको तिनपाने
    मातेको बैंस ।

    ठूल्ठूला ताल –
    तालमा समागम
    खहरेहरू ।

    अगम्य सेती –
    सेतीमाथि सुकला
    महेन्द्र पुल ।

    गाउँलेबाला –
    छातीमा चिटिक्क छ
    नौगेडी माला ।

    ह्याङ्जाली पाखा –
    पाखामा राम्रा आँखा
    आँखामा सान ।

    सानको स्पर्श-
    मान्छेभित्र उजेलो
    नयाँ बिहानी।

    सुतेकी सेती
    उठेको माछापुच्छूे
    पोख्रेली र्स्पर्श ।

    फेवाको पानी
    पानीमा द्यौलागिरी
    जलसम्भोग ।

    टुसुक्क सानी
    मुसुक्क मुस्कुरायो
    पुतली फूल ।

    निराजन राजालिम ‘बतास

    (i)
    दशै,तिहार
    धर्म सहिस्णुताको
    मिठो प्रेरणा।

    (ii)
    आरती गरें
    शान्तिको दिप बाल्दै
    लक्ष्मी पूजामा।

    (iii)
    मनोकामना
    पूर्ण हुने आशाले
    दियो जलाएँ।

    (iv)
    मन्द दीपले
    जुन र तारालाई
    जिस्काइ रह्यो।

    (v)
    लोड सेडिङ
    यी दियाका ज्योतिले
    छेक्न सक्लान?

    (vi)
    दक्षिण झर्छ
    लाचार शरीर यो
    कात्रोमा पनि।

    (vii)
    नर र नारी
    रथका दुई पांग्रा
    खोई मलामी?

    (viii)
    हठात् भयो
    युद्द र पिडा बोकी
    मेरो नेपाल।


    दिङ्लाली कान्छो

    १.
    लाग्छ मलाई
    सुवास् आइरहेको
    केवल तिम्रो !!

    २.
    रहर भयो
    सागर पारी जाने
    सकिएला र ?

    ३.
    पत्थर भयौ
    पग्लिनु पर्ने थियो
    चिनिन मैले !!

    ४.
    जिन्दगी संधै
    बने हुन्थ्यो शरद
    हिलो न धूलो !

    ५.
    मेटाइ दिनु
    मेरा निशानिहरु
    मरेको दिन !

    CHAMPA (MICHELIA CHAMPACA)

    CHHATIWAN (ALSTONIA SCHOLARIS)

    CHIRAITO (SWERTIA ALATA)

    CHIRAITO (SWERTIA ANGUSTIFOLIA)

    CHIRAITO (Swertia bimaculata )

    CHIRAITO (Swertia multicaulis)

    CHITU (PLUMBAOO ZEYLANICA)

    CHUTRO (BERBERIS ARISTATA)

    CHUTRO (BERBERIS ASIATICA)

    CHYURI (AESANDRA BUTYRACEA)

    DATIWAN (ACHYRANTHES BIDENTATA )

    DATIWAN (ACHYRANTHES ASPERA)

    DHASINGARE (Gaultheria fragrantissima)

    DHATURA (Datura metel)

    DHATURA (DATURA STRAMONIUM)

    DHUPI (JUNIPERUS COMMUNIS)

    DRONAPUSPA (LEUCAS CEPHALOTES)

    GHUIKUMARI (Aloe barbadensis)

    GOBRESALLA / TALISPATRA (ABIES SPECTABILIS)

    GOKHUR (TRIBULUS TERRESTRIS)

    GUJARGANO (CISSAMPELOS PAREIRA)

    HARCHUR (VISCUM ALBUM)

    HARRO (TERMINALIA CHEBULA)

    INDRAJAU ( Holarrhena pubescens )

    JAMANE MANDRO (MAHONIA NEPAULENSIS)

    JAMUN (Syzygium cumini)

    JATAMANSI (NARDOSTACHYS GRANDIFLORA)

    KAKAD SINGHI (Pistacia chinensis)

    KAKOLI ( Fritillaria cirrhosa)

    KALO SHARIVA (CRYPTOLEPIS BUCHANANII)

    KALO SHARIVA (ICHNOCARPUS FRUTESCENS)

    KALO-BIKHA (ACONITUM LACINIATUM)

    LAGHU PATRA (PODOPHYLLUM HEXANDRUM)

    MAHARANGI (MAHARANGA EMODI)

    MAJITHO (RUBIA MANJITH)

    Medicinal Plants of Nepal! Preserving the Past, Healing the Future

    NAGEBELI (LYCOPODIUM CLAVATUM)

    NAGKESAR (MESUA FERREA)

    NEEM (AZADIRACHTA INDICA)

    NUN DHIKI (OSYRIS WIGHTIANA)

    OKHAR (JUGLANS REGIA)

    PADAMCHAL (RHEUM AUSTRALE)

    PADBIRI (Paederia foetida)

    PANCHAUNLE (Dactylorhiza hatagirea)

    PANGRA (ENTADA PHASEOLOIDES)

    PASHANVEDH (BERGENIA CILIATA)

    PUSKARAMUL (INULA RECEMOSA)

    https://easyayurveds.com/shop/

    https://easyayurveds.com/neem-capsule-price-in-easy-ayurved-nepal/

    https://easyayurveds.com/ajwain-oil-carom-oil-for-pain-relief-relaxation-improved-blood-circulation-stress-reduction-mental-relaxation-and-relief-from-arthritis-100ml/

    https://easyayurveds.com/amla-powder-gooseberry-powder-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-powder-100gm/

    https://easyayurveds.com/brahmi-bati-price-in-nepal/

    https://easyayurveds.com/confido-tablets-for-libido-testosteron-and-erectile-dysfunction/

    https://easyayurveds.com/arjuna-chaal-powder-supports-heart-health-manages-cholesterol-level-promotes-healthy-metabolism-diabetes-weight-loss-terminalia-arjuna-100gm/

    https://easyayurveds.com/ashokarishta-ayurvedic-syrup-for-women-relief-from-irregular-and-heavy-menstruation-and-hormonal-imbalance-with-ashoka-dhataki-by-dabar-450ml/

    https://easyayurveds.com/ashwagandha-withania-somnifera-ayurvedic-herbal-supplement-promotes-vitality-and-strength-support-for-stress-ashwagandha-powder-100gm/

    https://easyayurveds.com/ashwagandharishta-helps-boost-immunity-stress-buster-for-health-strength-wellness-naturally-enhances-fertility-libido-by-baidyanath-450ml/

    https://easyayurveds.com/avipattikar-churna-gastric-churna-for-hyperacidityflatulence-bloating-nausea-heart-burn-and-digestion-ayurvedic-abhipattikar-churna-100gm/

    https://easyayurveds.com/brahmi-brahmi-powder-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-centella-asiatica-100gm/

    https://easyayurveds.com/chyawanprash-with-yarshagumba/

    https://easyayurveds.com/castor-oil-arandi-oil-price-in-nepal/

    https://easyayurveds.com/yarshagumba-price-in-nepal/

    https://easyayurveds.com/isabgol-bhusi-price-in-nepal/

    https://easyayurveds.com/himcolin-gel-price-in-daraz-nepal/

    https://easyayurveds.com/baidynath-shilajit-price-in-nepal/

    https://easyayurveds.com/goksura-gokharu-powder-price-in-nepal/

    https://easyayurveds.com/giloy-gurjo-gudduchi-powder-price-in-nepal/

    https://easyayurveds.com/shilajit-capsule-price-in-nepal/

    https://easyayurveds.com/dushmularishta-price-in-online-shopping-nepal/

    https://easyayurveds.com/moringa-price-in-nepal/

    https://easyayurveds.com/kaauso-price-in-nepal-mucuna/

    https://easyayurveds.com/jethimadhu-price-in-nepal/

    https://easyayurveds.com/jaiphal-oil-price-in-nepal/

    https://easyayurveds.com/benefits-of-jamun-seed-powder-for-diabities-and-constipetion/

    https://easyayurveds.com/liv52-price-in-nepal/

    https://easyayurveds.com/shilajit-price-in-nepal/

    https://easyayurveds.com/liv52-price-in-daraz-nepal/

    https://easyayurveds.com/khadirarista-price-in-nepal/

    https://easyayurveds.com/bramhi-oil-ghod-tapre-oil-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-bacopa-monnieri-oil-100ml/

    https://easyayurveds.com/amla-juice-gooseberry-juice-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-juice-with-aloe-vera-100gm/