Dhruva Thapa was born in Itahari, Nepal upon
the 15th 24 hours of joke 1026. He is single of the great men in Nepali writings and
community. The renowned litterateur Dhruva Thapa, known all above Nepal, at give
lives in San Francisco, USA. He possesses been jogging a eatery business since
2002. He as well manages the net magazine "Our Samaj.net," thereby
continuing his contribution to Nepali writings and community overseas.
Thapa possesses gained a expert's Degree in
English and Geography. He taught at Tribhuvan University in Itahari, Nepal, for
7 years. Thapa was capable to manage the current Preparatory Boarding institute in
Itahari. He possesses as well actively participated in many communal organizations,
comprising Child Nepal Santha, location he was the establish leader, and the
global Nepali Literary Society in California, location he serves as
leader.
His scholarly journey is impressive, no
uncertainty. He possesses labored as Founder and Editor-in-Chief at "Our
Samaj.net" and labored as Editor-in-Chief for diverse associations'
publications in twain Nepal and America. He labored as an editor at Pratibha
institute journal in Nepal and Kosheli Bhitte journal from 1997 to 2001. He did
his editing job during college days in Darjeeling whereas operating at Agan
Literary journal from 1990-1994 and connected the up Bengal World University
learner group.
Thapa's scholarly works span diverse genres
of stories, poems, and songs that are published in unlike newspapers. He is
a lyricist for the tune album "final Target" and possesses contributed
as a columnist to the American Chronicle and Vishwaparikrama newspaper. His
contributions to writings be in possession of authorized him to many awards first and
next places in meter and attempt competitions during his school years. He was
awarded the Nepali Literary reporting Award in 2010 and as Poetry Ambassador
by dint of the global Poetry Society, USA in 2006.
Dhruva Thapa possesses been a fruitful author
throughout his existence, and his writings be in possession of continuously appeared in English,
Nepali, and some Hindi writings. A book named "Dhruva Thapa's Poems and
Songs," published by dint of the Writers Club, Kathmandu in 2010, contains 32
poems and 27 songs. Edited by dint of Govind Giri "Prerna," that book is
considered the first major publication of the author and reflects his profound
connection to Nepali community and his innovative powers.
Thapa began writing meter from as soon as
the tertiary grade; however, his published works came much later, maybe as
he was more complex in journalism. His meter frequently reflects the
socio-political surroundings of his period by dint of blending his personal experiences
into broader issues in community. His poem "Challaru Samudraka"
epitomizes the natural human connectedness, whereas "Failavat" peers
into the human mind.
In short, Dhruva Thapa's existence and works
stand as account to his commitments towards Nepali barbarism and writings.
His works be in possession of left an indelible sign upon twain Nepali and international scholarly
landscapes, making him a celebrated shape among the Nepali community
worldwide.
यो मनबिहानको शर्योदयमा खै किनहो म सधै सुर्यग्रह०ा लागेको देख्५ु चैत बैशाखको ३ामले पिल्सिएको नांगो ८ा८ाझै, यो मन, खै किन हो उजा९ र बन्जर बनेको ५ जता ततै सिमसारमा उम्रेका लेउ जस्तै कले६ी परेका अबोध ओ७हरु कुनै रौनकता बिहिन बाचेको देख्५ु । जो साउनको भेलबा६ उम्केका केही मा५ाका भुराहरुजस्तै नांगो धर्तिमा उफ्रिरहका ५न पानी बिनाको मा५ा नहो ् जस्को न कुनै गन्तब्य ५ न त ५ कुनै लक्ष्यनै मात्र पलभरको निम्ति बाच्ने असफल प्रयासमा यो मन आगोमा पोलेको शुनझै दन दन दन्किएर खरानीमै बिलाई रहे५ । ख९ेरी लागेर चर्किएका बन्जर भुमी झै चिरा चिरा भएर फा६ेका ५न् यि मनहरु कतै कसैले, आशाका फलहरु रोपेका ५ैनन, खहरे खोलाको भेलले बगाएर ल्याएका उमंगहरु हजारौ प६क ७ोकर खादै मुर्५ापरेको ५ चारैतिर सारा सपनाहरु दैवी प्रकोप र भुकम्पमा किल्चिएर ग्रसित हुदापनि बाच्न असफल प्रयास गरी रहेका ५न् खै किनहो यो मन हिरोसिमा र नागासाकि भएको ५ । जहा मादल र बासुरीको धुन बज्दापनि मृत्युको बिगुल बजेको भान हुन्५ खै किनहो हिजाज मात्र शुर्यगहन लाग्५ र यो मन ज्वार भा६ाको हुरीमा परेर बाच्दा न बाच्दै सुनामीको चपे६मा लोप हुद५ कुनै अस्तित्वनै नराखी । |
तिम्रो यादमाहरपल हरक्षण तिम्रै यादमा म बाच्ने कोशिस गरिरहेछु न चाहदा नचाहादै पनि तिम्रै निम्ति हास्ने कोशिस गरिरहेछु कस्लाई पोखाउ यो मनको बह सिमसार झै भएको छ गह । तिमी देखि टाडा रहेर हास्न त्यसै कहा सकिदो रहेछ र । यो स्वार्थी संसारको कोलाहलमा एक्लै बाच्न कहा सकिदो रहेछर तिम्रो मायालु स्पर्सको खोजीमा म त पागल सरह भएको छु किन होला- अचेल म त पानी बिनाको माछा भएकोछु चेसको गोटी जस्तै कति नचाउ यो मनलाई बलिको बोका जस्तै कति चढाउ यो मनलाई कति गरौ सम्झौता आफनै भाग्यसित कति गरौ आशा यो स्वार्थी संसारसित अव त बिस्वास उठिसक्यो कस्लाई विस्वास गरौ ? |
कालो वादल छायोहिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो सधै हिडने गोरेटोमा कालो वादल छायो, साथी संगी इष्ट मित्र सवै टाडा भए आफैले लाएको घाउ झनै गाडा भए, जाति धर्म वर्णभेदले सबै टाडा भए । आफनै देशमा विश्वासको कालो वादल छायो, हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो सधै हिडने गोरेटोमा कालो वादल छायो । हाट वजार मेलापात माया साटन छाडे जात जातको खुरापातमा ज्यानै काटन थाले । खै कस्तो दिन दशा यो देशमा आयो सधै हिडने गोरेटोमा कालो वादल छायो, हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो सधै हिडने गोरेटोमा कालो वादल छायो । |
हो बा तिमीले रोकेर अब रोकिन्नजनताको अधिकार अब खोसिन्न् जनता आफै बुझ्ने र जान्ने भइसके कसलाई काखा र कसलाई पाखा लाउने यसको ज्ञान अब जनतामा पलाई सके त्यसैले तिम्रो बमको प्रहारले पनि रोकिन्न तिम्रो आतंक र बिद्रोहले पनि रोकिन्न चक्का जाम र टायरको धुवाले पनि रोकिन्न हो बा तिमीले रोकेर अब रोकिन्न !! सिद्धान्तको नाममा इमान बेच्नेहरु जनताको नाममा देशलाई ऋण बोकाउनेहरु दुइ शब्द परोपकारको मन्त्र जप्न नजान्नेहरु देशको ढुकुटीमा गिद्दे नजर राखेर बकुलाले माछा कुरे जस्तै कुरेपनि तिम्रो फोस्रा र खोक्रा भाषणले जनता को मन अब पगाल्न सकिन्न हो बा तिमीले रोकेर अब रोकिन्न !! निर्बोध बालाको टाउकोमा बम हानेर निर्दोष जनताको अधिकार हनन गरेर बर्बरता र आतंकको खेति गर्नेहरु एक फेर आफ्नै संतानलाई बम हानि हेर एक फेर आफ्नै घर सल्काई हेर कि तिमीले त्यहाँ न्यानो पाउछौ कि शान्ति? एक फेर आफैलाई ऐनामा हेरीहेर कि त्यहाँ आफ्नै भविस्य देखिन्छ कि देखिन्न? हो बा तिमीले रोकेर अब रोकिन्न !! तिमि भित्रको सानो मुटुलाई एक फेर आफैले प्रश्न सोधी हेर देशलाई एक फेर मुटुको छेउमा राखी हेर हिमाल,पहाड र मदेसलाई एकफेर छोई हेर यसले एउटा सिंगो देस बोक्छ कि बोक्दैन? र त्यसलाई फेरि एकपल्ट टुक्राई हेर त्यसले तिम्रो मुटु दुख्छ कि दुख्दैन ? त्यसले तिम्रो मुटु सुक्छ कि सुक्दैन ? त्यसैले त बा अब तिमीले रोकेर रोकिन्न !! |
एउटा अनुतरित प्रश्नअहिले म प्रशान्त महासागरको किनारमा उभिएर आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु दिनभरी सबैलाई भत भति पोलेको यो घाम निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ पारि छितिजमा माझीहरु आफ्नो डुंगा किनारा लाउदैछन चरा चुरुंगी गुडमा फर्कने हतारमा आकासिदै छन् म भने चुपचाप समुन्द्रको क्षालमा आफ्नो अस्तित्व खोज्दैछु मार्टिन लुथरको जस्तै मेरो पनि ” आइ हेब अ ड्रिम” खोज्दैछु मुटु चुडिने चिसो हावाको बेगले ल्याएको क्षालभित्र हरेक देशको नदि , नाला र ढल मिसिएको पानी छुट्याउने एउटा नया काम थालेको छु , यो पिउनै न सक्ने पानी भित्र जीव कसरि बाचेको छ त्यसको बारेमा जान्ने असफल प्रयास गरि रहेछु कहिँ कतै कुनै सामुन्द्रिक जीवले आफ्नो सिमाना तोकेको छैन कसैले सानो भएकोमा र कसैले ठुलो भएकोमा संकुचित वा दम्भमा एक अर्कासित जुधेको देखेको छुइन सबै एकसाथ समुन्द्रमा आत्म निर्भर भएर बाचेको छ नकि कुनै देशको नदि नाला अलग भएरै बगेको छ समुन्द्र हो जब सबै मिसिन्छ एक रंगमा समाहित हुन्छ हिमाल , पहाड र तराईको पानी जब समुन्द्र मिसिन्छ तब सब एक हुन्छ र त्यसैलाई समुन्द्र भनिदो रहेछ हो हामि समुन्द्र नभएको तर हजारौ नाला नदिको बिचबाट हजारौ मिलको दुरीसम्म ठक्कर खादै खारिएर आएको हौ कलकल निर्मल , निश्चल नदि नाला हुदै बिशाल समुन्द्र हुनु पर्ने हाम्रो मन किन संकुचित र सागुरो हुदैछ ? किन हामी यस्तो बिशाल समुन्द्रमा समाहित भएरपनि आफ्नो हृदयलाई फराकिलो समुन्द्रजस्तै पार्न सकेनौ ? किन हामि मार्टिन लुथरले उखालेर फालिसकेको जात , जाति , बर्णभेदमा अल्झिएर एक अर्का देखि टाडीदैछौ? बिभिद संकृति र जातीय पहिचान भएको हाम्रो अस्तित्व किन इन्द्र धनुष भएर आधा आकासलाई ढाक्न सकेनौ ? किन इन्द्रधनुषको रंगलाई एक एक गर्दै छुट्याउन खोजिंदैछ ? किन तिमि र म संगै उभिदा उसलाई संका लाग्छ ? किन हामि एक अर्काको बिश्वासको पात्र बन्न सकेनौ ? किन हामी यहा आएर पनि एक हुन् सकेनौ ? किन आज हामि एउटा अनुतरित प्रश्न बनि रहेका छौ ? आखिर किन ? |
फेरि बैँस फर्की आउने छ !वसन्त ऋतु सँगै फेरि हासेको छ जीवन ऋतुहरु संगै फेरि बाचेको छ जीवन लाचार र विवश भई झरेका पातहरू मक्किएर ,गलेर फेरि उर्बर मल बनेर फेरि त्यहाँ नयाँ जीवन यौवन बनेकोछ मेरो घर नजिकको एउटा मेपलको रुख। हरेक ऋतुहरु संगै जुझ्दै लड्दै हरेक मौसम संग हातेमालो गर्दै बसन्तको आगमन संगै बिछिटटै राम्री भएर बेहुली झैँ लजालु बन्दै मुस्कुराएको देखेको छु आफ्नै बैसमा मोहित हुँदै , हजारौ चराचुरुंगीलाई आफैतिर आकर्सित गराएको देखेको छु अनि आफै देखि भुतुक्कै हुदै लजाएर सिशिरको आगमन संगै बिचिप्त बन्दै हाँगाबाट एक एक गर्दै झरेकोपनि देखेको छु । तर उ रत्तिभर अफसोस र चिन्तत् छैन सधै सकारात्मक सोचमा बाचेको छ हरेक सुख र दुखमा हासेको छ। किनकी उसले जीवन र प्रकृतिलाई बुझेको छ। त्यसैले त उ आफैमा गर्ब गर्छ “हिजोको बसन्तमा फुलेको फुल हु मआज झरे त के भो? परिवर्तन सत्य छ एक दिन फेरि यहि रुपमा फर्की आउनेछु।” हो त्यही निर्दयी सिशिरको आगमनमा तिम्रो त्यो सुन्दर रुप विधवाको जस्तै हिमको खास्टोले ढाकेकोपनि देखेको छु सिसिरको त्यो कठोर यातनामा तड्पिदै हरेक बर्ष तिमि सहिद बनेकोपनि देखेको छु। बैसमै बिधवा भएकी नारी जस्तै एउटा कालखण्डको अवसान भएको देखेको छु। तिम्रो त्यो पीडापनि हरेक पल अलिकति भोगेको छु। ओह हो ! यो ऋतुहरुको कस्तो अनौठो खेल ? यो जीवन चक्रकोपनि कस्तो अनौठो मेल ? एक पछि अर्को बिस्तारै फेरिदै जाने समयको गति र तालमा बदलिदै जाने। मन्द गतिमा बगेको नदीको चाल जस्तै थाहै नपाई यो जीवन चक्रपनि बर्तमान देखि बिगतमा बदलिदै जाने। तर म ढुक्क छु फेरि एक दिन मेरो घर अघिका ति मेपलका पातहरु वसन्त ऋतु सँगै नया पाउला बनि फागु खेल्न तम्सिदै रंगी बिरंगी रुपले सबैलाई मोहित पार्दै एउटा नया जीवनको बिजारोपण हुनेछ । आतेस लागेर भागेका चरा चुरुंगीहरु त्यही मेपलको छहारीमा फर्किनेछन् मेरो देस र प्रशान्त महासागर तरेर साइबेरिया र मेरो देसको हिमाल तरेर आफ्नो माया पिरतीको चिनो नयाँ सन्तानलाई साथमा लिएर बिस्तारै बिस्तारै यहि फर्कने छन। म यहि हुनेछु तर मेरो मेपल्को रुखमा बस्ने चरा मेरो देसको हालचाल बुझेर फर्की आउने छ मैले नबुझ्ने भाषामा मेरो देसको गुण गाउनेछ। फेरि प्रकृतिले चारै तिर हरियाली फैलाउने छ। हो आज त्यही मेपलको रुखमा खोइ कहाँ बाट एउटा माकुरी आफ्नो जाल बुन्न तल्लिन छ सायद आफ्नो सन्तानलाई नयाँ घर बनाउन चारैतिर भागी रहेछ तर उसको नियति पनि कस्तो ? एक दिन उसकै सन्तानले रगत चुसेर मार्नेछ र नया जीवनको खोजीमा त्यहाँ बाट अन्त कतै बसाइ सर्ने छ र फेरि एउटा कालखण्डको अवसान हुनेछ । हे प्रकृति यो कस्तो अनौठो तिम्रो लिला ? जुन युगौ युग देखि चलि आएको छ। हो त्यसैले त म बिस्वस्त छु … विधवा जस्तै बनेका मेपलका रुखमा फेरि बैँसको त्यो रुप फर्की आउने छ यसरीनै प्रकृतिको यो मेल चलि रहने छ। यसरीनै ऋतुहरुको यो रेल चलि रहने छ। त्यसरीनै जीवन मृत्युको खेल चलि रहने छ। |
जहाँ पैसाले बितेका पल किन्न पाइदैनमलाइ एक्लै लड्दै उठ्न देउ मलाइ आफ्नो बाटोको काडा आफ्नै हातले हटाउन देउ मलाइ स्वार्थी मान्छेको साथ चाहिदैन जहाँ पैसाले बितेका पल किन्न पाइदैन । मलाइ मेरै गाउको धुलोमा खेल्न देउ मलाइ मेरै गाउको समस्या झेल्न देउ मलाई मेरै गाईको दुध पिउन देउ मलाई मेरै गाउमा जीउन देउ मलाई यहाको भौतिक सुख चाहिदैन जहाँ पैसाले बितेका पल किन्न पाइदैन । मलाई एक मुट्ठी सफा स्वास फेर्न देउ मलाई निर्मल झरनाको पानि पिउन देउ मलाई आफ्नो बाटो आफै रोज्न देउ मलाइ यो सब भौतिक सुख चाहिदैन जहाँ पैसाले बितेका पल किन्न पाइदैन । मलाइ आफनै संसारमा रम्नदेउ मलाई आफ्नै दुखमा गम्न देउ मलाइ एकपल म भएर बाच्न देउ मलाइ यो सब सम्मान चाहिदैन जहाँ पैसाले बितेका पल किन्न पाइदैन । मलाइ कोहिनुरको त्यो ताज नदेउ मलाई अस्वमेघ घोडाको राज नदेउ मलाइ अमृत मन्थन गरेर पनि नदेउ मलाइ विश्व बिजेताको ताज् चाहिदैन जहाँ पैसाले बितेका पल किन्न पाइदैन । मलाइ बरु सक्छौ बने ……. बुद्धको जस्तो अलिकता बौदीकता देउ गान्धीको जस्तो अलिकता अहिंसा देउ मदर टेरेसाको जस्तो अलिकता हृदय देउ मलाइ हिटलरको जस्तो सासन चाहिदैन जहाँ पैसाले बिताका पल किन्न पाइदैन । |
कस्तो तिम्रो बानि हो ?कटरिना, सुनामी, स्यान्डी , किन तिमि रिसाउछौ ? प्रकृतिको सुन्दर देनलाई किन यसरी गिज्याउछौ ? निर्मल शान्त सितल गंगा कलकल बग्ने पानि हो क्षणमै उग्र बनि आउने कस्तो तिम्रो बानि हो ? डेब्बी, जोयसी. लेस्ली पनि तिम्रो अर्को नाम् हो संसारलाई आतंकित पार्ने यहि तिम्रो काम् हो ? नारि सुन्दर सुशील हुन्छिन तिमि भने एति उग्र भैरव काली दुर्गा भन्दा तिमि किन अति उग्र ? कसले तिम्रो इज्जतमा हात हाल्न आयो ? थाहै न दिई तिमि भने लात हान्न आयौ कस्तो कस्तो रुप तिम्रो चिन्नै गाह्रो भयो गंगामाता तिम्रो रुपलाई जान्न गाह्रो भयो । कटरिना र सुनामीलाई तिमिलेनै हो पठाएको अहिले फेरी स्यान्डीलाई तिमीले किन पठाएको ? पेट्टी, राफेल, टोनी लाइचै कहिले न पठाउनु है नारीलाई अबला भनि कहिले हेला न गर्नु है … नत्र भने नारीले रुप धेरै लिन सक्छिन एकै रातमा संसारको ज्यानै लिन सक्छिन । |
एउटा झिनो सपनाशुन्यताको धरातलबाट उक्ल दैजिवनका हरेक जोड घटाउमा आफुलाई बराबर राख्दै अघि बडिरहेको छ एउटा झिनो सपना । कहिले एक मा एक घटाउदै कहिले सात मा सातले गुना गर्दै आठौ आर्चयको खोजिमा लम्किरहेछ कता हो कता एउटा झिनो सपना । खगोल शास्त्रको गणितिय शुत्रभित्र रसायन शास्त्रका शुत्रहरुले जन्माएका अति शुक्ष्म रासायनिक प्रयोगहरुमा थाहै नपाई रुमालिएको छ एउटा झिनो सपना । ईतिहासका पानाहरुमा धमिराले घर बनाउन अगण्य कमिलाहरुलाई समेत गुहारेको यस जटिल परिश्थितिमा थाहै नपाई शुर्य ग्रहणको कालो बादलले छोप्दा उल्काका झिल्का जस्तै यस विशाल ब्रमाण्डमा विलीन हुन पुगेको छ एउटा झिनो सपना । समुद्र मन्थन गरेर निकालेको अमृत जस्तै अस्वमेघ यज्ञको त्यो स्वेत घोडा जस्तै शिवको जटाबाट बग्दै गरेको गंगाजल जस्तै अनवरत समयको गतिसंगै दौडिरहने अति पवित्र र चोखो छ यो झिनो सपना । एउटा नाबालाक बच्चाले फुलाउदा फुलाउदै फुटेको बेलुन जस्तै यो वायु मण्डलमा समाहित भएकोे छ मलाई लाग्छ मेरो यो एउटा झिनो सपना जुन कहिले विपना हुन नपाउदै हिटलरको तानाशाहिमा ग्यास च्याम्बरभित्रै निरंकुशताको शिकार बनेर कतै यस्को अन्त त हुने हैन? |
तिमि कुरा काट्दै गरजिन्दगीको गोरेटोमा हरपल हरदम हिडी रहेछु लक्ष्य मा पुगे या पुग्न सकिन यसको अड्कल तिमि काट्दै गर मलाइ मतलब छैन तिमि कुरा काट्दै गर . सफल भए या असफल भए धनि भए या गरिब भए सुख पाएकि दुख पाए रक्सि पिएकी अमृत पिए यसको अड्कल तिमि काट्दै गर मलाइ मतलब छैन तिमि कुरा काट्दै गर . कसरि मलाइ खसाल्ने कसरी मलाइ उछिन्ने कसरी मलाइ होच्याउने यहि तिमि सोच्दै गर जाल झेल र बल्छी थाप्दै गर मलाइ मतलब छैन तिमि कुरा काट्दै गर . मैले खाए कि खाइन ? मैले लाए कि लाइन ? म उ सित बोलेकी बोलिन ? मेरै बारेमा दिन रात कुरा साट्दै गर मलाइ मतलब छैन तिमि कुरा काट्दै गर। बस मलाई मतलब छ त् मेरो कामको, मेरो इमान्दारिताको मेरो इज्जतको , मेरो भविस्यको मेरो आफ्नो , मेरो हर सुभ चिन्तकको तर तिमि भने मेरै पछी लागेर अफ्नै भविस्यलाइ ढाटदै गर मलाइ मतलब छैन तिमि कुरा काट्दै गर। नत मलाइ फुर्सद छ तिम्रो कुरा काट्ने नत मेरो त्यस्तो समय छ खेर फाल्ने नत मेरोमा केहि छ तिम्रो मुख टाल्ने नत मलाइ चासो छ अरुलाई खसाल्ने त्यसैले तिमी मेरो बारेमा जे बाटन मन लाग्छ बाट्दै गर मलाइ मतलब छैन तिमि कुरा काट्दै गर। |
चौक वजारको सालिकसानै देखि त्यहा चौक वजारमा माछा किन्दा देखि वस चढदासमेत अढेस लाग्ने गरेको सालिक आज………………….. गायव । मथिंगल रन्थनिन्छ सानै देखिदेख्ने वानी परेको स्थान मारित्तोपनाले गिज्याउछ सायद तर आज……………..गायव गायव भएको छ एउटा सालिक इतिहासको पाना नपढदै पढेको त्यो चौक वजारको सालिकसधै मेरो वाल्यकाल देखि युवा अवस्थासम्मको एक्लो र अटल साक्षी जस्ले मलाई हरपल रमाएको,गाएको कहिलेकाहि एक्लै रोएकोपनि देखेको छ त्यही सालिक अहिले शुन्यमा परिवर्तित भएको छ । म जस्तै धेरै परिवर्तनको साक्षी त्यो सालिकले मौन भएरै गाजाको धुवामा उभिएको थियो मौन भएरै वाजाको तालमा नाचेको थियो मौन भएरै हरेक घटनाको साक्षी भएको थियो तर आज उस्को अनुपश्थितिको साक्षी कोहि छैन तर आज उस्को वकालति गरिदिने कोहि छैन तर आज उस्को योगदान र इतिहासका पानापल्टाईदिनेपनि कोहि छैन………….. छ त मात्रचौक वजारले आफैलाई सोधेकाप्रश्नहरु…. शुन्यता, निश्तव्दता, खालीपन र अनुत्तरित शंकाहरु । तर कता कता त्या छ आशा मर्न आटेकोलाई जीउने आशा टाढिन आटेकोलाई मिल्ने आशा न हुनेलाई केहि पाउने आशा रित्तो स्थानमा केहि भरिने आशा जीन्दगी आशै आशमा वित्ने होकी ? आशा गरौ भविस्यमा त्यहफेरी नया सालिक उभिनेहोकी ? बुदेश्काल्को साथ दिन दुख सुखको गाथा सुन्न भूत बर्तमान र भविस्यको लेखा जोखा गर्न … |
मध्ये रातमा अचानकएउटा भुस्याहा कुकुर बिच बाटोमा थर थर कामिरहेछ पुसको जाडोमा कसैले सहारा दिँदैन निर्दयी यस सहरमा एक्लै कुइँकुइँ कराउँछ मध्यरातमा त्यहि मध्ये रातमा अचानक भुस्या कुकुरका छाउराहरु कराउन थाल्छ खोक्रो आमाको स्तनमा मुख गाड्छ एक थोपा दुध न आउदा सबै डाको छाड्छ त्यही मध्ये रातमा अचानक एउटा लावारिस बालक अगुल्टो बोकेर कराउन थाल्छ चोक बजारको अन्धकारलाई चिर्दै आफूभित्रका सम्पूर्ण कुण्ठलाई चिर्दै गरिबि र बेसहाराहुनुको बाध्यतालाई चिर्दै त्यहि मध्यरातमा अचानक एउटा गरिब र अवहेलित बृद्ध , युगौ युग पिल्सिएको घाउमा अलिकति नुन चुक र खोर्सानी थप्छ अलिकति दुख र बेदना पोख्छ अलिकति क्षय रोगको किटानु खोक्छ एउटा अनन्त गरिबीको व्यथा पोक्छ तर त्यस मध्ये रातमा अचानक कुनै मसिहा आउदैन उसको दुख बुझ्ने कुनै न्यानो हात आउदैन उसको आशु पुछ्ने चारै तिरबाट मात्र आउछ ब्वासका हुंकार उसको मासु लुछ्न, उसको रगत चुस्न उसको अस्तित्व मेट्न तर कोहि आउदैन त्यो घोर अन्धकारलाई चिर्न त्यहाको दुख र बेदनालाइ बुझ्न |
जसले जति खाएपनि हुन्छसाथि यो नया नेपाल हो पुराना सबै भुलेपनी भो नया नेपालमा जसले जे गरेपनि हुन्छ जसले जति खाए पनि हुन्छ गरिब देशको धनि प्रजा देसै भरि छ कर्जई कर्जा जे मनलाग्छ त्यहि गरजा नया नेपालमा जसले जे गरेपनि हुन्छ जसले जति खाए पनि हुन्छ गिद्दले झैँ देश लुछेर जुकाले झैँ देश चुसेर खोक्रो भयो देश आज थोत्रो भयो भेष आज नया नेपालमा जसले जे गरेपनि हुन्छ जसले जति खाए पनि हुन्छ नेता सबै सपना बाड्दै हिडछन् जनताको मन फाडदै हिड्छन देशलाई तल तल गाड्दै हिड्छन नया नेपालमा जसले जे गरेपनि हुन्छ जसले जति खाए पनि हुन्छ |
देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथीकसले कसको कुरा सुन्ने ? सबै अरुलाई होच्याएर आफुलाई पार्छन माथि देश त त्यस्तै भो बिदेशपनि दुशित भो साथी। सात समुन्द्र पारिपनि छैन कोहि आफ्नो साथी लड्छन सबै यहाँ पनि भन्दै सानो र ठुला जाति विश्व कहाँ पुगिसक्यो हामि कहिले उठ्ने माथि देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी। बरु परिचय दिदा नेपाली न भनेकै जाति देश र रास्ट्रियतालाई कतै राखेर थाती लड्न थालेका छौ भन्दै बंश र जाति कस्तो रोग लाग्यो यो नेपाली माथि भानिदेउन कसो गरौ ए मेरा साथी देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी। शान्ति र संविधानलाई राखेर थाति लड्दै छौ आज खोजि विभिन्न जाति कसरि नङ र मासु झैँ मिलेका साथी बैरी भयो आज फरक हुदा संस्था र पार्टी कस्तो दिन आयो भनन ए साथी किन लड्छौ एक अर्काको नाकै काटी तिमि र म मा को हो तल र माथि थाहै न पाई मित्रता टुट्यो है साथी यस्तो नया नेपाल त न भएकै जाति देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी . फेरी पहिला जस्तै कहिले बनौला साथी नाच्दै गाउदै गाउभरी तल र माथि मिटाइ सबैको धर्म र जाति चलाउन पाउ एउटै अक्षता पाति के त्यस्तो दिन हेर्न चाहना छैन साथी ? देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी . आऔ एक जुट भइ हिडौ साथी फाली सब बैरी भाव माथि यसपालाको दशैमा यहि आशिर्बाद थापौ निदार माथि… गरौ आक्रमण भेदभाव माथि के आज मलाइ साथ दिन्छौ साथी ? देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी . हामी सबै हौ नेपाली सबको एउटै जाति गरौ विजय आज हामी भेदभाव माथि…. सबै ले भानौ हाम्रो हो नेपाली जाति … एउटै बोटको हौ हामि फुल र पाति मान्छे ले नै हो बनाएको यो भिन्न जाति यसलाई सबै मिलि फालेकै जाति मरे पछी सबै जानु छ माथि कि के भन्छौ हे मेरा साथी…. देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी . |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/
Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide